डा. बाबुराम भट्टराई ज्यू,
नमस्कार ।
हामी आफ्नो देशको बारेमा बुझ्न सक्ने, चिन्ता गर्न सक्ने भएका थियौं र त तपाईहरुको मिठासे कुरामा अल्मलियौं जुन भाषणभित्र मात्र सिमित रहेछ तर व्यवहार भने ठिक उल्टो देखिदै छ ।
तपाई डा. बाबुराम भट्टराई ज्यु, म परे सरकारी स्कुलमा अध्ययन गरेकी साधारण नारी । सुनेकी छु डा. ले जीवन दान दिन्छ्न अरे, मर्न लागेकोलाई बचाउने प्रयास गर्छन् अरे तर तपाईलाई ठिक उल्टो देख्छु नि ? तपाई त जीवन दिने होईन लिने पो हुनु हुँदो रैछ क्यारे ?
डा. साहव प्रसङ्ग तिर ध्यान आकर्षक गराउन चाहान्छु ।
सुगौली सन्धीबाट अत्यन्त अन्यायपूर्ण ढंगले नेपालको ठूलो भूभाग हडप्न सफल भएका अंग्रेजसँग त्यस षड्यन्त्रलाई औचित्यता प्रदान गर्न नेपालका इतिहासकारहरूले लेखे । यसमा डा. साहबको भनाई के छ ?
भारतमा अँग्रेज हुकुमतका अन्तिम गवर्नर माउण्ट बेटनले नेपालको राणा सरकारलाई खबर पठाएर सोधेका थिए कि “सुनौली सन्धीमा गुमेको भूमि फिर्ता लिने हो भने हामी त्यसका लागि तयार छौं” ।
यस्तो पृष्ठभूमिमा सुनौली सन्धी खÞारिज गरेर नेपालको भूमि नेपाललाई नै फर्काईदिने हो भने सजिलैसंग नेपालले व्यवस्थापन गरेर स्थायित्व दिन सक्छ भन्ने देखेर नै अँग्रेज गवर्नरले राणा सरकारलाई प्रस्ताव पठाएका थिए भन्ने कुरा मैले यहाँ तपाइँलाई याद दिलाउनु नपर्ला ।
नेपालको इतिहासका लागि यो अवसर चानचुने र सामान्य थिएन । त्यस बखत जंगबहादुर राणा जस्तो हिम्मतीलो र आँटीलो राणा प्रधानमन्त्री भइदिया भए शायद यतिखेर हामी सुगौली सन्धीमा गुमेको भूमिको पनि नागरिक भइरहेका हुने थियौं । तर त्यसबखत नेपालमा पद्म शमशेको जस्तो भिरू, पाखण्डी र हुतिहारा शासक थियो । अँग्रेज गवर्नरको त्यस्तो प्रस्ताव आएकोमा पनि राणाहरूले आफ्नो स्वेच्छाचारी निरंकुश जहानियाँ सरकारलाई ठूलो चुनौती ठानेर अंग्रेजÞ गभर्नरको त्यस प्रस्तावलाई त्यसै तुहाइदिए । यसमा डा. साहबको के भनाई छ ?
सन १९५० को सन्धीले सुगौली सन्धीलाई खÞारिज गरेको छ । यस्तो अवस्थामा हामीले गुमेको भूभागमा दावा गर्न मिल्ने कि न मिल्ने डा. साहब ?
१९५० को सन्धीले १८१६ को सुगौली सन्धी स्वत: खÞारिज भएको होकि होइन डा. साहब ?
यदि त्यो खÞारिज भएको हो भने पूर्व दार्जिलिंग देखि पश्चिम किल्ला काँगड़ा सम्म नेपालको भूमि होकि होइन ?
तपाईं जस्तो राष्ट्रवादी नेताले जाति–जाति बीचकों सदभावलाई खलबलाउन निर्देशन दिनुको साटो बृहत् नेपाललाई नेपालीको भूमि बनाउन सबै जनजातिलाई तथा नेपाली सबैलाई मिलाएर उक्त भूमि फिर्ता लिन पहल गर्न किन पछि पर्नु भयो ?
संसद भित्र उक्त विषयमा प्रस्ताव राखि पारित गर्न के कस्ता कारणबाट हिचकिचाई रहनु भएको छ ?
नेपालको इतिहास र पुराना दस्तावेजÞहरूमा तपाईलाई विश्वास छैन ?
डा. साहब तपाईंको भाषणमा सबै भन्दा प्रभाव पार्ने कुरा के हुन्छ भने तपाईं मात्र आश्वासन बाँड््नु हुन्छ । नत्र भने किन तपाई सुगौली सन्धी अघिको नेपालको माँग भारत संग गर्नु हुन्न किन ? यस किन प्रश्नको के उत्तर छ तपाईंसंग ?
–निशा खनाल अर्याल
(राजविराज सप्तरी घर भएकी अर्याल हाल इजरायलमा हुनुहुन्छ ।)