नारीमाथिको विभेद, चुनौती र समाधान

-निरन्जन घिमिरे

लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिको पद तथा विश्वको ५२ औं स्थानमा पर्न सफल महिला महामहिम विद्यादेवी भण्डारी हुनु भएको छ । नेपालकोलागि यो खुशीको कुरा हो । सर्वप्रथम मेरो तर्फबाट हार्दिक महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई सफलताको शुभकामना छ ।

विगत जनयुद्ध देखि खस्किएको नेपालको स्थिति शान्ति सम्झौता र संविधान निर्माण एवं जारी भएपछि पनि नेपाली जनताले कुनै पनि किसिमको राहत महशुस गर्न सकिरहेका छैनन् । आशा गरौं विश्वकै शक्तिशाली महिला राष्ट्रपति भएको मुलुक नेपालमा अब उपरान्त नेपाली जनता अझ भन्नुपर्दा देशका गरिब अनि पिछडिएका महिलाहरुले केही हदसम्म राहत पाउँछन् कि भन्ने आशा राख्दछु ।

हाम्रो देश नेपाल सुन्दर भएतापनि विकासको हिसाबले धेरै कुरामा गरीब छ । एक त गरिब देश, गरिब जनता त्यसैमाथि सधैंको बन्द, हडताल, लडाइँ झगडा, हत्याहिंसा, लुट्पाट, अपहरण, बलात्कार, भ्रष्टाचार यी सम्पूर्ण कुराले नेपाली जनता पीडित छन् । यिनै कारणले गर्दा देशका युवाशक्ति आफ्नो देश छाडेर विदेशीन बाध्य छन् र आफ्नो देशको युवाशक्ती बहिरिनु भनेको देशकोलागि दुर्भाग्यपूर्ण कुरा पनि हो । जसोतसो ऋण धन गरेर बिदेश त लाग्छन् तर त्यहाँ पनि सुरक्षित छैनन् । उदाहरणकोलागि भर्खरैको काबुलको घटना विदितै छ । आफ्नो परिवारलाई जसोतसो विदेशै गएर भएपनि खान लाउन पुर्‍याउँछु भन्ने उद्देश्य बोकी विदेश हिडेका युवा जादा लागेको ऋण तिर्न पाएको छैन घरमा शव अर्थात लास आइपुछ कस्तो बिडम्बना ! अनि यो दोषीको भागिदार चैं नेपालका सम्पूर्ण राजनीतिक दल नै हुन् किनकी देशमा खाली कुर्सीको लागि मात्रै तछाड र मछाड गरिरहे देश र जनताको वास्ता गरेनन् त्यसो गर्नुको साटो सबै मिली देश विकासमा लागेको भए न त युवा विदेश नै जानु पथ्र्यो  न त यो दिन नै देख्नु पथ्र्यो । समस्या त त्यहाँ छ जो मर्ने मरेर गए, बाँच्नेलाई सधैंको पीडा पिडित हुनेमा पनि महिला नै पर्छन् अझैं दु:ख कति बेला लाग्छ जतिबेला महिलाले नै महिलाको कुरा कट्दै हिंड्छ्न अनि महिलाले नै महिलाको घर बिगार्छन् ।

एक विवाहित महिला जब कुनै कारणवस उस्को श्रीमानको मृत्यु हुन्छ अनि त्यही घरकै अरु महिलाले भन्छन् पोइ टोकेर मोरिस अझै पुगेन किन बस्छेस् यो घरमा गैहाल यहाँबाट । हेर्नुस् त कस्तो अचम्म छ ।

यस्ता घटनाहरु पिछडिएका गाउले अशिक्षित अनि बेरोजगारी महिलामा बाक्लै घट्ने घट्छन कति दु:खको कुरा छ घाउमा मलम लगाइदिनुको साटो उल्टै कोट्यायर ठूलो बनाइ दिन्छन् । बारम्बार यस्ता घटना महिलामा नै घट्छन कारण अशिक्षा, बेरोजगारी, गरिबी साथसाथै बेरोजगारीका कारण महिलामा अलि बढी रिस गर्ने बानी पनि हुन्छ । गाउँ घरका महिलाहरूको उदाहरणहरु हेर्नुस् । एउटा महिला चिटिक्क परेर टन्न गर गहना लगाएर हिंडोस त अर्कि दुई मिलेर के भन्छन् ऊ हेर्न त्यसले फुर्ति देखाकी अनि अर्किले भन्छे तेहित लोग्ने चै मोरि मोरि बिदेशमा दु:ख गरेर पैसा पठाउछ अनि उस्को चै दिन भरी घरमा बाँस हुन्न अनि यस्ताले लगाई हाल्छन् नि टन्न गहना होस् के कुरा गर्नु यस्ताको हिंड जाउ । अचम्म छ वास्तविक के हो थाहा छैन त्यसै शंका गर्छन् अनि कुरा काटेर बस्छन् यो महिलाहरुको कम्जोरी पन हो कुरा बुझ्दैनन् अनि आफ्नै खुट्टामा बन्चरो हान्छन् ।

गल्ती लोग्ने मानिसमा पनि धेरै छ यस्ता घटनाका पत्र फेरि छोरा मान्छेनै हुन जस्ले छोरा र छोरीको भेदभाव गरि छोरालाई किताब र छोरीलाई हातमा हसिया दियो जस्ले छोरालाई बोर्डिङ र छोरीलाई स्कुलमा हाल्यो । धिक्कार छ तिनीहरु महान पुरुषलाई पनि यो धर्तिमा बाँच्ने अधिकार छैन जसले दिनदहाडै नारिको अस्मितामाथि खेली बलात्कार गरि निर्ममतापूर्वक हत्या गर्‍यो, यस्तालाई कडा भन्दा सजाय हुनुपर्छ खुल्ला ठाउँमा सबैको अँखा अगाडि दिनु पर्छ ता कि अर्को पल्ट यस्तो घटना घट्नु त के कसैले कल्पना पनि गर्न नसकोस् यस्ता अपराधीलाई कडा कारबाही गर्नुको सट्टा टन्न सरकारी रासन खुवाएर मज्जाले चारैतिर सुरक्षा दियर पालिन्छ अनि यस्ता घटनाहरु दोहोरी रहन्छन् । यस्तो गल्ती गर्नेलाई फलामले फलामलाई नै काट्छ भने जस्तै गर्नु पर्छ यस्तालाई फाँसी हुनु पर्दछ ।

राष्ट्रपति पदमा महिला निर्वाचित भएपछि नेपालभरीकै महिलाहरू हर्षविभोर भई खुशीले गदगद भएका थिए । सबैको एउटै आशा एवं विश्वास थियो, अब नेपालका महिलाले हिजोको दिनमा झैं यातना, अपहेलना, विभेद, अन्याय, अत्याचार, दुराचार र बलात्कारको शिकार हुन नपर्ला । राष्ट्रको प्रमुख पदमा महिला पुगेपछि महिलाको समस्यालाई सम्बोधन हुनेछ र निराकरण पनि । तर स्थिति ज्यूंका त्यूं छ या भनौं पहिलाको भन्दा पनि धेरै नाजुक नै भैसक्यो तर पनि अझै सुधार हुन सकेको छैन ।

राष्ट्र र महिलाको समस्यालाई सम्बोधन गरी विभिन्न तरिकाले त्यसको निराकरण गर्न सकिन्छ । कसरी भन्दा गाउँ गाउँमा रोजगारीमुलक शिक्षा, जनचेतनामुलक कार्यक्रम, रोजगारीका लागि आवश्यक सामग्री अनि अति नै सहुलियत दरमा सरकारी ऋण दिने ब्यबस्था मिलाइदिने हो भने यी यावत कुराहरुबाट महिला आमा दिदिबहिनीहरुले सास्ती खेप्नु पर्ने थिएन । सबैमा लगभग समानता पनि आउने थियो सबै आ आफ्नो काममा व्यस्त हुन्छ न कसैको कुरा नै काट्छन न कसैसँग रिस न त अरुको भरमा नै बाँच्नु पर्दछ । महिलाहरु प्राय: अरुको भरमा बाँच्नु पर्ने भएको करणले पनि हेपिन बाध्य छन् । यदि महिलालाई आफै आफ्नो भरमा बाँच्न सक्ने व्यवस्था मिलाइदिने हो भने विस्तारै परिवर्तन हुन्छ सबैमा समानता आउँछ सबैले कुरा बुझ्छन् । गाउँ विकाश हुन्छ अनि गाउँको विकास हुनु भनेको नै देशको बिकास हो । तसर्थ सबै मिलेर पिछडिएका महिलाहरुको हितको लागि आवाज उठाउँ । उनीहरुलाई पनि एक सभ्य र शिक्षित नागरिक बनाउँ ।

प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment