– प्रवीण अधिकारी
महाभारत श्रृखलाको लगभग ४६४८ फिटको उचाईमा रहेको एतिहाँसिक सिन्धुलीगढी किल्ला सदरमुकाम सिन्धुलीमाढीवाट करिव १६ किलोमिटर उत्तर र राजधानीबाट १ सय ४० किलोमिटर पूर्वमा रहेको छ ! विक्रम संम्बत २०१९-२० सालसम्म सिन्धुली गढी पूर्व दुई नम्बर क्षेत्रको प्रशासकीय केन्द्रको रुपमा परिचित थियो भने पूर्वी तराईका जिल्लादेखि काठमाडाैं जाने सवैले यो पैदल बाटो प्रयोग गर्ने गर्दथे ! सिन्धुलीगढी ऐतिहासिक दृष्टिले समग्र नेपालको इतिहाँसमा महत्वपूर्ण स्थान हो !
सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित इतिहाँस हो ! त्यस क्षेत्रमा निर्माण गरएिका खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले पनि हाम्रा पुर्खाको जीवित इतिहाँसका रुपमा रहेकाछन ! हाम्रा बहादुर पौरखी योद्धा पुर्खाहरुले अपनाएको युद्ध रणनीतिको जिउँदो जाग्दो इतिहाँस याँहा पुग्दा देखिन्छ ! क्याप्टेन किनलकले आफ्नो डायरीमा उल्लेख गरेको सिन्धुलीगढी दरबारलाई याँहाको आकर्षण मध्येको एक स्थान हो जुन सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा रहेकोछ !
इतिहाँस भित्रको इतिहाँस :
================
विक्रम सम्वत् १३६७ मा सिम्रौनगढका सेनाहरूले (डोयहरू)काठमाडौंँमा ब्यापक लुटपाट गरेर बनेपा हुँदै जनकपुर फर्किदा कमलामाई मन्दिरमा चढाएको मुकुट , मुलकोट, खुर्कोट जस्ता कोट लागेका स्थान ,सुल्तान समसुद्दीनको काठमाडौंँ आक्रमण , विसं १४०६ मंसिरमा राजा जयस्थिति मल्लको पालामा बंगालको सुल्तान समसुद्धिन इलियासले काठमाडौंं ध्वस्त बनाएको इतिहासको कारण सिन्धुलीगढी प्रमुख रणनितिक नाकाको रूपमा सधैं रहन पुगेको थियो ! पटक पटक काठमाडौंँ माथि आक्रमण हु्ँदा सिन्धुलीगढीको यही नाकाबाट शत्रुहरू आउने भएकोले सधैं यो ठाउँ मुख्य नाकको रुपमा प्रख्यात रह्यो ! जयस्थिति मल्लका नाति यक्ष मल्लले मिथिला, मोरङ्ग र मगध राज्य माथि आधिपत्य जमाएपछी पूर्वका शासकहरूले काठमाडौँ माथि आक्रमण गर्न नसकून भनेर विसं १५०० तिर यो गढी शसक्त वनाइएको थियो ! पछि मिथिला, मगध लगायत बंगालका ब्यापारिहरू दोलखा, काठमाडौंं बनेपासम्म ब्यापार गर्नको लागि आवत जावत गर्ने प्रमुख नाकाको रूपमा सिन्धुलीगढी रह्यो ! विसं १६५७ कान्तिपुरका तत्कालीन राजा शिव सिं मल्लले मकवानपुर, सिन्धुली र मोरङमा आधिपत्य जमाएपछि बंगालका शक्तिशाली शासकहरूले कान्तिपुर माथि सैन्य कार्यवाही गर्न नसकुन भनेर विसं १३६७ देखि राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको देखिन्छ !
पृथ्वीनारायण काल
============
हामीले हाम्रा पूर्खाहरूले युद्ध जितेको बिजयका क्षणलाई भने सम्झन सकेका छैनौ । न ती बिजयलाई सही रुपमा उत्सवका रुपमा मनाउने प्रयास नै गरेका छौं ! नेपालको अस्तित्व बचाउने त्यो स्थल उजाड छ ! आश्विन २४ ( काशीको मतमा कार्तिक २४ ) गते विजय पाएको त्यो दिन नेपालीको आँखाबाट धुमिल भै सक्यो ! मुलुकको अस्तित्वनै रहने कि नरहने भैराखेको बेला सिन्धुली गढीको बिजयलाई सम्झिने युवा पुस्ता देखिदैन ! नयाँ पुस्ताले सिन्धुली गढीको महत्व र भावना नबुझी ,पुर्खाको पौरख नबुझी नेपालको मायाँ पल्हाउदैन ! केहि बर्षअघि इतिहासकार दिनेशराज पन्तले प्रकासमा ल्याएको टेकबहादुर कामीको संग्रह र किनलकको डायरीको तथ्यलाइ आधार मानी असोज २४ वा कार्तिकको पहिलो हप्ताबीचको समय अग्रेजलाई हराएको मिति भनि उदघोस गरेका थिए !
बाइसे चौबिसेको रुपमा टुक्रिएको कमजोर र आन्तरिक बिग्रह्मा फसेको नेपाल देखेर आँखा गाडेर बसेका ब्रिटिशहरुले बुढा महाराज श्री ५ पृथ्वीनारायण शाहको नेपाल एकिकरणको अभियानलाई नियाल्दै गरेका बखत मकवानपुर र कीर्तिपुरलाई क्रमशः वि.सं. १८१९ र वि.सं. १८२३ मा पराजित गरी गोर्खा राज्यमा गाभेपछि कान्तिपुरलाई गाभ्नु पर्ने आबश्यक भै सकेको थियो !कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिन वंगालका गभर्नरसँग शैनिक सहयोगका निम्ति फकिर रामदास र उमदा मुसलमान ब्यापारीलाई दूत वनाई सहयोगको याचना गरेको कुरा पृथ्वीले आफ्ना दुत हरुमार्फत थाहा पाइसकेका थिए !
फकिर राम दाश र उमदाले कान्तिपुरका राजा जयप्रकाश मल्लको अनुरोध इस्ट इन्डिया कम्पनी अन्तर्गत वंगालका तत्कालिन गभर्नर ह्यारी वेरेल्स्ट समक्ष पुर्याएपछि ब्रिटिशहरु " के खोज्छस् काना आँखो " खोज्दै किनलोकको नेतृत्वमा बेलायती फौज उत्तरतर्फ हिडाउन आतुर भयो ! यता पृथ्वीले आफ्ना चुनिएका र विश्वाशी सेनानायकहरू सिन्धुलीगढी र हरिहरपुर् गढिमा तैनाथीको लागि पठाए ! किर्तिपुर जिताउने श्रीहर्ष पन्त र मकवानपुर जिताउने काजी बंशराज पाण्डे (कालु पाण्डेका छोरा) लाई दक्षिणी मोहडातर्फको दुर्ग पौवागढीमा तैनाथ गरिएको थियो भने यसैगरी शिकारी अफिसर वंशु गुरुङ्ग र खजान्ची विरभद्र उपाध्याय नेतृत्वको फौज ठूलो गढीमा तैनाथ गरिए ! सिन्धुलीगढीको युद्धमा किनलोक नेतृत्वको व्रिटिश शेनालाई नराम्रोसँग पराजय भोगाए ! किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई विसं १८२४ कार्तिक महिनामा सुरुमा परास्त मनस्थिति बोकी सिन्धुली गढीबाट पार गर्न नसक्ने भएर क्याप्टेन किनलकको फौज काठमाडौं पुग्न हरिहरपुर गढीको वाटो रोज्न बाध्य भयो ! रात विरात, खोलाको भेल, अनेक दुख कष्ट सहदै किनलक आफना सहयोगी फौजसहित हरिहरपुर गढी पुगे ! त्यहाँ पनि कठिन भुबनौट, भोक प्यास , सैनिक निराशा र थकाइको कारणले किनलक को हरिहर्पुर्को ईरदा पनि निराश पूर्ण हुनपुग्यो ! उनको नेतृत्व गोर्खाली शेनाको अगाडि उभिन सकेनन् र तल हट्टीतिर लागे ! त्यतिखेर १६०० कम्पनी सेनाहरू सिधुली गढ़ीको युद्घमा मारिए भने कप्तान किनलोकसहित बचेका ८०० सेनाहरू रौतहटको जंगलमा गाउँ तीर छिरेर कर अशुल्न थाले ! यता पृथ्वीनारायणका शेनाले करिव १० महिनापछि इन्द्रजात्राको दिन काठमाडौं कब्जा गरे ।
महाशक्ति बेलायती साम्रज्यवादको मनोवल झार्न सक्षम गोर्खाली शेना
=============================================
बेलायती साम्रज्यवादलाई तत्कालिन संसारमा कसैले हराउन सकेका थिएनन् ! त्यतिखेरको स्पेन र क्यानाडाजस्ता शक्तिशाली राष्ट्रलाई अमेरिकाबाट चुटेर निकालेको , सिन्धुलीगढीमा गोर्खालीसँग युद्घ गर्नु भन्दा करिव ४ वर्ष अगाडि मात्र बेलायतले फ्रान्स जस्तो शक्तिशाली राष्ट्रलाई धुलो चटाएको थियो ! अभिमानी व्रिटिशहरुको नेपाल छिर्दाको मनोवल झार्न गोर्खालीहरुको भुटेको मकै र गुन्द्रुकको तागत काफी भएको थियो ! त्यो अजेय शक्ति सिन्धुलीगढीमा नराम्रोसँग पराजित भयो ! सिन्धुलीगढीको यूद्घमा गोर्खालीले व्रिटिश शेनालाई पराजित गर्न नसकेको भए सिङ्गो नेपालको निर्माण सम्भव हुने पनि थिएन ! जसले जे सुकै भनोस बुढा महाराज पृथ्वी नारायण शाह कालिन गोर्खाली शेनाको पौरखको गाथा नेपालको ईतिहांसमा स्वर्णाक्षरले लेखिएको छ ! इतिहासकारहरूले यसको ब्याख्या आआफ्नै ढंगले गरेको भएता पनिसिन्धुली गढीको जित गोर्खाली सेना र नेपाल एकिकरणको कोशेढुगा हो !
नेपाल अंग्रेज युद्ध (विसं १८७१-१८७३) अबधिभरी सिन्धुलीगढी सम्बेदनशील नाकाको रुपमा रहेको थियो ! यस नाकासहित विजयपुरदेखि हरिहरपुरगढीसम्मको लागि नेपालका तर्फबाट काजी जनरल भिमसेन थापाका भाई कर्णेल बख्तावरसिं थापा सेक्टर कमाण्डर रहेका थिए भने काजी रणवीर सिंह थापा सिन्धुलीगढीमा स्थानीय कमाण्डरको रुपमा रहेका थिए ! ठूलो सतर्कताका तथा निगारानी अपनाइएको यस युद्धमा अंग्रेजहरूको कुनै शक्तिले काम गर्न सकेको थिएन !
नभएको भए आजको नेपाल कसरी ठडिन्थ्यो ?
=============================
१) वि.स. १८०१ आश्विन १५ गते नुवाकोट विजय !
२) वि.स. १८११ श्रावण २७ गते नालदुम (नगरकोट) विजय !
३) वि.स. १८१२ श्रवन १४ गते चौबिसी सिरंचोक विजय !
४) वि.स. १८१६ आषाढ २१ गते शिवपुरी विजय !
५) वि.स. १८१६ माघ १ गते काभ्रे विजय !
६) वि.स. १८१८ जेष्ठ ३० गते चौकोट विजय !
७) वि.स. १८१९ भद्र ९ गते मकवानपुर विजय !
८) वि स. १८१९ आश्विन २ गते तिमाल प्रदेश विजय !
९) वि.स. १८१९ आश्विन २० गते सिन्धुली विजय !
१०) वि.स. १८१९ आश्विन २२ गते हरिहरपुर विजय !
११) वि.स. १८१९ माघ १० गते मकवानपुरमा मीर कासिम संगको युद्ध विजय !
१२) वि.स. १८२० कार्तिक १० गते धुलिखेल विजय !
१३) वि.स. १८२३ किर्तिपुर विजय !
१४) वि.स. १८२४ कार्तिक सिन्धुलीमा अंग्रेज किनलक संगको युद्ध विजय !
१५) वि.स. १८२५ आश्विन १३ गते कान्तिपुर विजय !
१६) वि.स. १८२५ आश्विन १५ गते ललितपुर विजय !
१७) वि.स. १८२६ मंग्शिर १ गते भक्तपुर विजय !
१८) वि.स. १८२७ फाल्गुनमा तनहु विजय !
१९) वि.स. १८२८ पौषमा सताहूँ विजय !
२०) वि.स. १८३० भाद्र चौदंडी विजय !
२१) वि.स. १८३० भाद्र विजयपुर विजय !
पृथ्वीनारायण शाहको फौजलाई २४८ वर्षअघि भीर, पाखा , थुम्का , उकाली–ओराली छिचोल्दै सिन्धुलीगढी सिन्धुली गढ़ीको सुरक्ष्या गर्न निकै गाह्रो भएको होला ! सिन्धुलीगढी नआइपुग्दै पौवागढी तथा ढुंग्रेबास इलाकामा लुकेको गोर्खाली फौजले अगाडि र पछाडि दुईतिरबाट व्रिटिश्को १ हजार ६ सय दुश्मन मार्न समय लाग्यो होला ! विसं १८२४ असोज /कार्तिक २४ गतेको यो लडाइँ अंग्रेजहरूसँगको पहिलो लडाई थियो ! सिन्धुलीगढी, किल्ला, तोप राख्ने घर, टुँडिखेल, सेनाले कवज खेल्ने र हातहतियार लुकाउने ठाउँसहित गढीको संरचना यथावत् छन्, आजसम्म ! अन्ततः १८२५ सालमा नेपाल एकीकरण सम्भव भयो र सिन्धुलीगढी ऐतिहासिक धरोहरको रूपमा परिचित हुन पुग्यो।
राणाकालमा पूर्व २ नम्बर क्षेत्रमा बडाहाकिम अड्डा बनाएपछि गढीमा फौजको छाउनी, बिभिन्न अड्डा ,अदालत, स्थापित गरिएको थियो ! अंग्रेजहरूलाई नेपाली सेनाले आक्रमण गरी विजय ठाउँमा माओवादीले सशस्त्र विद्रोह गरेको सुरुआतको दिन २०५२ साल फागुन १ गते रुकुम र रोल्पासँगै सिन्धुलीगढी दरबारको प्रहरीचौकीमा पनि आक्रमण गर्यो ! यो ऐतिहासिक स्थल इतिहासविद्, अन्वेषक र इतिहांसकारकोलागि अध्यन केन्द्र हो ! किल्ला, तोप राख्ने घर, टुँडिखेल, सेनाले कवज खेल्ने ठाउँ, फौज राख्ने छाउनी इतिहाँसको धरोहर हो ! डलर खाने गणतन्त्रको लागि यो स्थानको महत्व नहोला तर नेपाल र नेपाली पनमा अभिमान गर्नेकोलागि यस ठाउँको महत्व उच्च रहनेछ !
वर्तमान नेपलमा
===========
सिन्धुलीगढीमा एतिहासिक महत्व विलुप्त भएको छ ! त्यहाँ आश्विन शुक्ल सप्तमी तिथिमा बडा दशैंको फूलपाती बढाई सेलाएको छ ! त्यँहाको पुरातात्विक तोप निस्क्रिय राखिएको छ ! भैरवनाथ तोप ठूलोगढीमा उत्तरपटी फर्काएर पड्काईन्थ्यो भने काली तोप सानोगढीमा दक्षिणपटी फर्काएर पड्काईन्थ्यो ! सिन्धुलीगढी भन्ने वित्तिकै नेपालको सानको रुपमा रहेको थियो ! तर आजभोली ऐतिहासिक सिन्धुलीगढी भग्नाबशेषमा सिमित रहन पुगेको छ ! भत्किएको दरबार दयनीय अवस्थामा छ ! सिन्धुलीगढीलाइ प्राचिन स्वरुपमा जिउदो उधाहरण बनाउन सकिएको खण्डमा सिन्धुलीको विकासको उसकै आम्दानीले पुग्नेछ ! विश्वमा साम्राज्य कायम गर्दै हिड्ने अँग्रेजको सेखी झरेको दिन १८२४ मा कर्तिक २४ गते को महत्व उज्यालिनेछ !
(अधिकारीको फेसबुक वालबाट साभार)