सार्कको झण्डामा कतिवटा परेवा ?

– ईश्वोरा भट्टराई


दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिने १८ औं शिखर सम्मेलन आगामी मंसिर महिनामा नेपालको राजधानी काठमाण्डौको राष्ट्रिय सभागृहमा हुँदैछ । सार्क सदस्य राष्ट्र भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, भूटान, माल्दिभ्स र बंगलादेशका राष्ट्रप्रमुख एवं सरकार प्रमुख आउने छन् । आयोजक राष्ट्र नेपालले १८ औं सार्क शिखर सम्मेलनको तयारी तीव्र रुपमा गरिरहेको छ । यसअघि २०४४ सालमा सार्कको तेश्रो शिखर सम्मेलान र २०५८ सालमा एघारौं शिखर सम्मेलन नेपालमा सम्पन्न भएको थियो । दक्षिण एशियाका राष्ट्रहरूबीच, क्षेत्रीय शान्ति, सुरक्षा र विकास गर्ने उद्देश्यकले स्थापित ‘सार्क’को झण्डा फेर्ने कुरा अहिले उठिरहेको छ । सार्कको झण्डा फेर्नुको अहिले कुनै तुक छैन । सार्क राष्ट्र गठन हुँदा सात राष्ट्र थियो । गठन समयमा लोगोको डिजाइन गर्ने क्रममा प्रत्येक मुलुककोलागि एक–एक वटा परेवा (शान्तिको प्रतीक चिन्ह) राखिएको थियो । सार्कको सदस्यमा अफगानिस्तान राष्ट्र थपिएपछि सातवटा परेवाको ठाउँमा आठ परेवा समावेश गरी साविककै झण्डालाई कायम गर्दा सार्कको सपना पूरा हुन्छ । सार्कको लोगो फेर्ने कुरा मनासिव ठहर्दैन । सार्कको उद्देश्य अनुरुप झण्डा र लोगो भएकोले यसलाई बदल्ने कुरा चर्काउन सम–सामयिक हुँदैन । सार्कको साविकको झण्डामा अफगानिस्तानको समेत झण्डा समावेश गरी सार्कको धारणालाई सकारात्मक र सार्थक तुल्याउनु पर्दछ ।
सार्क सचिवालय नेपालमा छ । सार्कको गतिविधि अति सुस्त छ । यस अघिका सार्क सम्मेलनहरूले पारित गरेका प्रस्ताव, सार्क राष्ट्रहरूका बीचमा भएका सहमति र सँझौता, सार्क बडापत्रमा उल्लेख गरिएका अक्षरहरूलाई अक्षरस कार्यान्वयनमा कुनै उत्साह र लगनशीलता देखा पर्न सकेको छैन । सार्क सम्मेलन, सम्मेलन मात्र भएको छ । उल्लेखनीय सहमति खासै केही छैन । १८ औं सार्क शिखर सम्मेलनले नयाँ सहमति र संझौताको साथै पुराना सहमति र सँझौतालाई कार्यान्वयनमा विशेष जोड दिइनु पर्दछ । सार्क सचिवालयलाई बलियो बनाउँदै नियमति क्षेत्रीय कार्यक्रमको तर्जुमा गरिनु पर्दछ । सार्क नाम मात्रको हुनु हुँदैन । यसले आÇना गतिविधिलाई निकै प्रभाकारी बनाउन सक्नु पर्दछ । सार्क राष्ट्रहरू बीचको एकताले दक्षिण एसियामा सुरक्षा, शानित र विकास एकै साथ गर्न सक्दछ । सार्क राष्ट्रहरू कृषि प्रधान छन् । सार्क राष्ट्रले खाद्य सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ । सार्क राष्ट्रहरूको मेलमिलाप र साझा कार्यक्रमले सिंगो संसारलाई नै प्रभावित पार्न सक्दछ ।
सार्क राष्ट्रहरूमा भएको साधन श्रोतको उचित उपयोग र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्न अति आवश्यक छ । सार्क राष्ट्रहरूका बीच साझा व्यापारको अवधारणा आउनु पर्दछ । सार्क राष्ट्रका बीचमा उत्पन्न हुने सबै खालका द्वन्द्व र समस्यामा सार्क सचिवालयको ध्यान आकर्षण भई द्वन्द्व र समस्या समाधान गर्न तत्काल पहल गर्ने परिपाटी बसालिनु पर्दछ । शानितको प्रतीक चिन्ह परेवालाई आÇनो झण्डा बनाएको सार्कले क्षेत्रीय विकास र शान्तिलाई पहिलो प्राथमिकता दिनु पर्दछ ।
सार्क स्थापनाकालदेखि हालसम्म नेपालले सार्क वडापत्रलाई सघाउन विशेष योगदान दिंदै आएको छ । सार्क सम्मेलनलाई सफल पार्न सबै नेपाली आ–आÇना तहबाट जुटेका छन् । सार्क सम्मेलनको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल सक्षम छ । विश्वका १२६ राष्ट्रले नेपालको शानित क्षेत्र प्रस्तावलाई समर्थन गरेका थिए । नेपाल सदैव क्षेत्रीय शान्ति मात्र नभएर सिंगो संसारकै शानित र समृद्ध चाहन्छ । विश्वको उच्च शिखर सगरमाथा हिमालको काखमा रहेको नेपाल एउटा आकर्षक पर्यटकीय गन्तव्य हो । सार्क सम्मेलन जस्तै विश्वका ठूला–ठूला सम्मेलन निरन्तर नेपालमै आयोजना भइरहोस् भन्ने चाहना नेपालीहरूको हो । सार्कले झण्डा फेर्ने होइन, झण्डामा एउटा परेवा थपेर पूरानै झण्डा कायम गर्नु पर्दछ तब मात्र सुनमा सुगन्ध जस्तो बन्न जानेछ ।

SHARE THIS

Author:

Facebook Comment