Showing posts with label तपाईंलाई थाहा छ ?. Show all posts
Showing posts with label तपाईंलाई थाहा छ ?. Show all posts
किन जाग्दैछन् तराईका जनताहरु ?

किन जाग्दैछन् तराईका जनताहरु ?

– जनकमान डंगोल 

पंक्तिकारले राजतन्त्रको विषयमा लेख्ने गरेको लेखहरुमा सम्बोधनको अगाडी निलम्बित राजा भनेर लेख्ने गरेको छ । नेपालका महान विद्वान लेखक तथा पत्रकार महोदयहरुले पूर्व राजा भनेर सम्बोधन गर्छन् । किन त्यस्तो लेखे लेख्नेहरु नै जानुन ।

नेपालमा गणतन्त्रको स्थापना नेपाली जनताहरुको चाहनाले ल्याईएको हैन । विदेशीहरुको ईशारामा केहि राष्ट्रघाती नेताहरुले देश र जनता प्रति गद्दारी गरेको नतिजास्वरूप जबर्जस्ती लादिएको यो गणतन्त्र ठिक कि बेठिक भनेर देशमा दुई पटक संबिधानसभाको नाममा निर्वाचन समेत भईसक्यो । निर्वाचनको माध्यमबाट चुनिएको जनप्रतिनिधिहरुले आजका मितिसम्ममा गणतन्त्रलाई संस्थागतरुपमा स्थापना गर्न सकेका छैनन् । गणतन्त्र संस्थागतरुपमा स्थापना देखि लागु गर्न संविधान पूर्ण रुपमा बनेर लागु हुनु पर्दछ । जबसम्म संविधान पूर्णरुपमा लागु हुन्न तबसम्म चेपुवामा पारेर गद्दी छोडन बाध्य बनाईएका अर्थात पद निलम्बनमा पारिएका ज्ञानेन्द्र शाहको अगाडी लेखिने पद भनेकै निलम्बित राजा हो भन्ने यो पंक्तिकारको बुझाई हो ।

गद्दी छाडन बाध्य बनाइएका निलम्बित राजा ज्ञानेन्द्रले समय समयमा नेपाल अधिराज्यको विभिन्न धार्मिक मठ मन्दिरमा धार्मिक पुजापाठ गर्न भन्दै जाने गर्नु हुन्छ । जहाँ–जहाँ पनि राजाको भ्रमण हुन्छ, त्यहाँका नागरिकहरुको भीड हेर्दा नेपालमा अझै पनि राजतन्त्र प्रति जनताको माया तथा मानसम्मानमा कुनै कमि आएको छैन भन्ने भान हुन्छ ।

यसै साल जेष्ठ महिनाको दोश्रो साता नि.राजा ज्ञानेन्द्र शाहबाट पूर्वाञ्चल विकास क्षेत्रको धार्मिक मठ मन्दिरहरुमा पुजा आजा गर्न जाने क्रममा पूर्वका जनताहरुको भिडले नि.राजाको जयजकार गरेको देख्दा नेपालमा राजतन्त्रको अवसान अझै भएको छैन । अहिलेको शासन व्यवस्था मात्र छलावा रैछ भन्न कर लाग्छ । गद्दी छाड्न विवश बनाईएको नि.राजाको समर्थनमा जनता दिन प्रतिदिन जुट्नु भनेको अहिलेको शासन व्यवस्था र पार्टीका नेताहरुको लागी शुभ संकेत भने पक्कै पनि होइन ।

यहि २०७३ साल आषाढ महिनाको दोश्रो साता नेपाल विद्वत परिषद्को अगुवाईमा नेपालको मुख्य प्रवेशद्वार पर्सा जिल्लाको वीरगंजमा तराईको जनताहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेर “राजा आउ देश बचाउ” को गगनभेदी नारा लगाए । यस्तो देख्दा तराइमा केहि दिन अगाडी सम्म मधेसी जनताको हकहितका लागि लडेका हौं भन्ने विभिन्न मधेसवादी पार्टीका नेता तथा तिनका आसेपासेहरुले मुटु कमाउंदै आश्चर्यको साथ पक्कै पनि जिब्रो टोकेका होलान् ।

केहि दिन अगाडी सम्म मधेस भनेको हाम्रो हो र मधेशलाई छुट्टै राज्य बनाउनु पर्छ भन्ने सोच पालेका नेताहरुको विचारलाई लात हान्दै तराईका देशभक्त जनताहरूले यति छोटो समयमै हातमा राष्ट्रिय झण्डा बोकेर “राजा आउ, देस बचाउ” भन्ने नारा किन लगाए ?

केहि महिना अगाडी सम्म नेपाल भारतको दसगजा सिमा महिनौ महिना सम्म थुनेर सारा नेपाली जनताहरुलाई दु:ख दिनेहरु अरु कोहि नभएर मधेस र मधेसीको लागी लडेका हौ भन्ने केहि उग्रबादी सोच पालेका तराईबासी नेताहरु थिए । वर्तमान ओली सरकारले तिनीहरुको मागलाई बेवास्ता गरेपछि हाल राजधानीमा थुप्रिएर रिले अनसनको नौटंकी देखाएर बसेका छन् ।

सिमाना मध्येका केहि स्थानमा सदियौं देखि बसोबास गर्दै आएका नेपाली जनताहरुको जमीनलाई रातारात भारतीय भूमिमा जुन दिन गाभियो त्यस सम्बन्धमा मधेस र मधेसी लागि लडेका हौ भन्ने कुनै पार्टीका नेताहरुको मुखबाट एक शब्द पनि निस्किएन । देश र जनताको लागी लडेका हौं भन्ने कांग्रेस देखि कम्युनिष्ट लगायत अन्य पार्टीहरु समेत यस्ता बिषयमा मौन बसेको देख्दा तराईका जनताहरु आक्रोशित हुनु स्वभाविकै थियो ।

तराईमा बसोबास गर्ने हाम्रा नेपालीहरुलाई अहिलेका पार्टीका नेता देखि तिनका आसेपासेहरुले समेत जुन घटिया व्यवहार देखाएका छन त्यसलाई तराईका जनताहरुले राम्रैसँग मुल्यांकन गरेका छन् । मधेशीहरु नेपाली हैनन भनेर घटिया सोच राख्ने पनि प्रजातन्त्र देखि गणतन्त्रका नेता देखि तिनका आसेपासेहरु हुन भने यसैलाई आधार मानेर मधेशका मसिहा हौं भन्नेहरुले हिंश्रक आन्दोलन समेत चलाए तर तराइका नेपाली जनताहरुले के पाए ?

राष्ट्रवादको मामिलामा अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरु जति चिन्तित छन् त्यो भन्दा बढी चिन्तित तराईका नेपाली जनताहरु छन भन्ने उदाहरण अस्ति नेपाल विद्वत परिषद वीरगंज, पर्साले निकालेको र्‍यालीबाट पुष्टि हुन्छ । नेपालका अहिलेका राजनीतिक पार्टीका नेताहरु देश र जनता प्रति उत्तरदायी छैनन् । यिनीहरु देश र जनताको लागी नभएर विदेशीहरुको हकहितमा काम कार्यहरु गर्छन् भन्ने कुरा यिनीहरुले देखाएको छुद्र तथा घटिया व्यवहार समय समयमा गरेका र बिभिन्न नामका सन्धिसमर्पणहरुले पुष्टि भई सकेको छ ।

जब राजनैतिक पार्टीका नेता तथा तिनका जिम्मेवार कार्यकर्ताहरु देश र जनता प्रति बफादार हुन्नन् र देश र जनता भन्दा भन्दा बढी विदेशीको ईसारामा नाच्छन् भने अहिलेको कथित धर्म निरपेक्ष नामको गणतन्त्रको पछि किन लाग्ने ?

नेपालका सबै पार्टीका नेताहरु जनताको आक्रोशलाई आँखा चिम्लेर “कुनै जमानाका निरो सम्राटले जस्तरी बाँसुरी बजाउंदै  बसेका छन् । देश र जनताको जलेको ह्दयमा मल्हमपट्टी लगाउनुको साटो आँखा चिम्लेर बाँसुरी बजाउदै बस्छन् भने नेपालका जनताहरुले गणतन्त्र मुर्दावाद मात्र हैन देशमा फेरी हाम्रा बाजेको पालाको २०१७ साल पौष १ गतेको पंचायती ब्यबस्थालाई फेरी फर्काउनु पर्छ भनेर भन्न बेर छैन ।

आन्दोलनको माध्यमबाट व्यवस्था बदलिन सकिन्छ भनेर सिकाउने अहिलेका पार्टीका नेताहरुलाई अब हुने आन्दोलनले विस्थापित गरि दियो भने त्यो दिन नेपालका अहिलेका नेताहरुको स्थिति घरको न घाटको नहोला भन्न सकिंदैन । त्यसैले समयमै चेत खुलोस् भन्ने कामना भन्दा अरु के नै गर्न सकिन्छ र ?

प्रकाशन मितिः २०७३ असार २३ गते विहीबार
यसरी निम्त्याउँछ गरिबीले अपराधहरु

यसरी निम्त्याउँछ गरिबीले अपराधहरु

-सीता पौडेल
  बाल्यअवस्थामा पिङमा मच्चिमच्ची आकाश छुने रहर कसलाई हुँदैन र ? रहर गर्नु कुनै अपराध पनि त होईन ! तर हरेक रहर पूरा गर्न गलत बाटो अपनाउनु भने अपराध हो । आजभोलि यस्तै अनौठा खालका विकृतिहरुले सिमारेखा कोर्दै छ त्यो सिमारेखा झन् भन्दा झन् फराकिलो हुँदै गैरहेको छ । त्यसमा गरिबी पनि पर्दछ ।
कुरा गरौं गरीबीको छाना मुनि हुर्कने बालबालिकाहरुको । सधैं अभावै अभावमा हुर्कने गरेका बालबालिकाहरुको मन मस्तिष्कमा गरिबीले एक प्रकारको नराम्रो छाप पारिसकेको छ ।

उनीहरुका सानातिना रहरहरु पूरा नहुनु, खान इच्छ्याइएको कुरा खान नपाउनु, अरुले सुन्दर वस्त्र पहिरिएर हिंडेको देख्दा आफ्नो शरीरको च्यात्तिएको लुगाले गिज्याईरहेको भान हुनु र अरु स्कुले लुगामा ठाटिएर स्कुल गएको देख्दा र आँफु सानै देखि काममा खटिनु परेको कुराले उनीहरु भित्र गरिबीलाई लिएर एक प्रकारको घृणा भनु या आक्रोशले डेरा जमाएको हुन्छ ।

जतिजति उमेर बढ्दै जान्छ त्यति त्यति उनीहरुमा गरिबीको त्यो छाप गहिरिदै जान्छ । खाने, लगाउने र पढ्ने यी इच्छा मात्र नभई घरको कुनै सदस्य बिरामी पर्दा बेलामा सहि उपचार नपाउनु र कहिलेकाहीँ मृत्यु नै भएर आफन्तलाई गुमाउनु पर्ने स्थितिले पनि तिनीहरूको मन मस्तिष्क नै हल्लाएर राखिदिन्छ ।

यी यावत कुराहरूको चोटले मार खाँदै हुर्कदै गरेका हुनाले उनीहरु भित्र त्यो गरिबीपनलाई सधैंको लागि समाप्त गर्ने सोचले जरो गाड्छ र उनीहरू सारा हद पार गर्न पछि पर्दैनन् । फलत: उनीहरूबाट अपराध हुन पुग्छ ।

सुरुवात सानोतिनो चोरी पाकेटमारबाट हुन्छ भने, पछिका क्रमहरुमा लुट्ने, डकैती गर्ने, गुण्डागर्दी गर्ने अनि लागु पदार्थको ओसारपसार गर्ने काममा पनि संलग्न हुन पुग्छन् । बलात्कार र हत्या गर्न सम्म पनि पछि पर्दैनन् ।

पैसा उनीहरुको लागि एउटा नशा जस्तै बनी सकेको हुन्छ । विस्तारै आफू जस्तै साथीहरू भेटेर उनीहरु आफ्नै अखाडा र अड्डाहरु खोल्दछन् । जहाँ आफ्ना गैंगहरुसित मिलेर नशालु पदार्थको सेवन गरेर मस्त हुँदै आफ्नो अलग्गै दुनियाँमा रमाउँछन् ।

त्यसै गरि बालिकाहरु पनि गरिबीका कारण आफ्ना हरेक इच्छा अनि चाहनाहरु दबाउँदै हुर्किन थाल्छन् । उनीहरुमा पनि समय अनुसारको भित्री चाहना र इच्छाहरुले ढोका ढकढक्याउन थाल्छ । बढ्दो उमेर संगसंगै उनीहरुका इच्छाहरु तिव्र हुन थाल्छन् ।

राम्री देखिन, राम्रो लगाएर हिंड्न उनीहरूको यो इच्छालाई पूरा गर्न चेलीबेटी बेचविखन गर्ने जमातले राम्रो मौका पाँउछ, फलस्वरूप पैसा, माया मोहको जञ्जालमा फस्न पुग्छन् र बेचिइन्छन् ।

कोहीकोही त हरेक समस्याबाट बाध्य भई आफ्नो अगाडी अरु कुनै बाटो नदेख्दा आफू खुशी नै आफुलाई बेच्न बाध्य हुन्छन् र देह व्यापार सुरु गर्छन् ।

यसरी गरिबीले पनि निम्त्याउँछ अपराधहरु । यस विषयमा राज्यले अलिक गम्भीर भएर जनचेतना स्वरुपको केही कार्यक्रमहरु संचालनमा ल्याएर बालबालिकाहरुको मस्तिष्कमा परेको छापलाई शिक्षा अनि चेतनाको मद्दतले दुर गर्न सके देशमा घट्ने जघन्य अपराधहरुमा केही कमी आउँथ्यो कि...?

प्रकाशन मितिः २०७३ जेठ ०६ गते विहीबार
अर्को महाभारत

अर्को महाभारत

–अश्विनी कोइराला

एक जना ६९ वर्षका बृद्धसँग केही दिनअघि कुरा भएको थियो । त्यसलाई जस्ताको तस्तै राख्ने अनुमति चाहन्छु....
‘बा, मेरो नाम अश्विनी, लेख्ने काम गर्छु । मलाई तपाईंका पालामा हुने प्रेमका कुरा लेख्न मन लागेको छ । एउटा कुनै प्रेमकथा सुनाउनुस् न ।’
‘कति पढेका छौ ?’
‘विश्वविद्यालयसम्म ।’
‘अचेलका केटाहरू खुव पढेलेखेका भन्छौ, केही जानेका हुदैनौ । मेरो कथा बुझ्छौ त ?’
‘बुझ्ने प्रयास गर्छु, बा ।’
‘त्यसो भए हाम्रो देशको एउटा चर्चित प्रेमकथा सुने । त्यसलाई चारैतिर फैलिनेगरी लेखे । जनजनमा पुगे, त्यति भए तिम्रो नाम अमर हुनेछ...।’
उनले सुनाएको कथा जस्ताको तस्तै ...
एकजना बडे नाम भएका राजा थिए । साह्रै प्रतिभाशाली लेखपढ गर्न जान्ने, राजनीति बुझेका । मान्छेहरू भन्थे, राजा भोलिको भविष्य आजै देख्न सक्छन् रे ।
यिनै राजाका पालामा एक जना तिखो, साह्रै विद्वान् वाहुन केटो थियो । राजकाज बुझेको । उच्च पदमा पनि पुगेको । लेखपढ गर्न जान्ने र साह्रै असल । देश दुनिया बुझेको र जनतालाई माया गर्ने मान्छे । अँ त्यो बाहुन केटोको नजर साह्रै कामुक थियो । कुनै स्त्रीलाई एकपल्ट हेरपछि ती स्त्रीहरू भुतुक्कै हुन्थे ।
त्यो बाहुनसँग राजाको राम्रो दोस्ती थियो । राजाले नबुझेको कुरा बाहुनलाई सोध्थे, बाहुनले नबुझेको कुरा राजालाई सोध्थ्यो । बाहुन भए पनि ऊ प्रत्येक साँझको भेटमा राजासँगै जाँडपानी पनि खाइदिन्थ्यो । यसले उनीहरूको दोस्ती झन् गहिरो हुन थाल्यो । भेटघाटमा उनीहरूका श्रीमती पनि सँगै हुन्थे । यी दुईको प्रेम देखेर दुवैका श्रीमतीहरू पनि खुसी थिए । भारदारहरू बीचमा बाहुन र राजाको दोस्ती चर्चित हुन थाल्यो । हुँदा हुँदा राजालाई सल्लाहकार नै नचाहिने, बाहुनलाई अरु साथी नै नचाहिने । यसले देशको खर्चमा कटौति हुन थाल्यो । देश कमजोर हुँदा छिमेकी राज्यले फाइदा लिइरहेका थिए । अब त्यो रोकियो । राजाको चाकडी गरेकै भरमा खान पल्केकाहरूको पनि जागीर जान थाल्यो । जो दरवारबाट बाहिर निकालिन थाले, उनीहरू छिमेकी राज्यको जासुस भएर आफ्नो दुनो सोझ्याउन थाले ।
एक साँझ जाँडपानी खानुअघि नै बाहुनलाई राजाले थुनिदिए । बाहुनकी श्रीमतीलाई उनका आफन्तसहित देश निकाला गरिदिए । त्यसपछि राजाले कहिल्यै बाहुनको मुखमा हेर्दा पनि हेरेनन् । आफ्नो गल्ती केही नभए पनि यसरी थुनिनु पर्दा बाहुनलाई साह्रै चित्त दुख्यो । राजाले त भेट्न चाहेका थिएनन् तर रानी बाहुनलाई अति माया गर्थिन् । यो कुरा बाहुनलाई थाहा थियो । बाहुनले रानीसँग भेट्न चाहेको सन्देश पठाए । एक रात राजा राजधानी बाहिर गएको मौका छोपी बाहुनसँग भेट्न रानी गोप्य रूपमा थुनुवा कक्ष पुगिन् ।
‘महारानी साहिबा, मेरो के गल्ती थियो ? मेरो परिवारको के गल्ती थियो ? ममाथि किन अन्याय गरियो ?’ बाहुन आक्रोशित थियो ।
‘तिम्रो गल्ती केही थिएन, छैन । तिम्रो आँखाको गल्ती हो ।’ रानीले भनिन्, ‘तिम्रो आँखाले मलाई फकाइरह्यो, तर तिमी कहिल्यै अघि बढेनौ । एक दिन म बेलायती रक्सी खाएर मात्तिएकी थिएँ । तिमीसँग बात मारिरहेकी थिएँ, कुन बेला राजाले मलाई तानेर कोठामा लगे, होसै पाइन । मैले त तिमी ठानेर सबै कुरा भनेँ । मैले मन पराएको कुरा गरेँ । तिम्रो आँखाको प्रसंसा गरेँ ।’
‘अहो, महारानी, नकाम भएछ...... अनि के भयो ?’
‘राजाले मलाई एक झाप्पु हिर्काए । त्यसपछि रुन थाले । मात्तिएको स्वरमा राजा भन्दै थिए, ‘तिम्रो गल्ती छैन प्रिये, म स्त्री भएको भए म पनि उसलाई यसैगरी माया गर्थें । तर एउटा म्यानमा दुईटा तरवार बस्न सक्तैन । उसले अब नाङ्गो हुनुपर्छ । उसका दुर्दिन सुरु भए ।’
‘अब के हुन्छ त ? राजा र म एक ठाउँ नबसीकन यो देशको भलाइ हुँदैन । के भन्नुहुन्छ त महारानी ।’
‘राजनीतिका बीचमा स्त्री आउनु हुँदैनथ्यो । महाभारतमा पनि द्रौपदी आएकी थिई । यहाँ म आएँ । अब महाभारत हुन्छ । मलाई लाग्छ, यो महाभारत १८ दिनमा टुङ्गिने छैन । हामी कोही रहने छैनौं । यो प्रेम पनि वियोगमै टुङ्गिने भयो ।’
त्यसपछि रानी धुरुधुरु रुन थालिन् । आजसम्म पनि रोइरहेकी छन् ।
कथा भनिसकेपछि ती बुढाले मतिर हेर्दै भने, ‘यो कथा सबैलाई सुनाऊ, बुझाऊ र यसको प्रचार गर ।’
कथा कतै सुनेजस्तो–पढेजस्तो लाग्यो । तर कहाँ पढेको सम्झन सकिन । बुढालाई फकाएर सोधेँ, ‘बा, कथा लेख्न राजा र बाहुनको नाम चाहिन्छ । के थियो उनीहरूको नाम ?
‘राजाको नाम थियो, मवि र बाहुनको नाम विपी ।’

(कोइरालाको फेसबुक वालबाट साभार)
शिवतत्व, पशुपति र शैव सम्प्रदाय

शिवतत्व, पशुपति र शैव सम्प्रदाय

–प्रवीण अधिकारी

शिवतत्व :
शिवतत्व भनेको समस्त प्राणीहरुको बिश्रामस्थल हो ! मुलतः प्रकृति र पुरुष शिव र बिष्णु स्वरुपका हुन् ! यी दुई स्वरुपमा एकैतत्व भएपनि शिवमा सत्वयोग मिसिदा सात्विक भई विष्णु हुन् पुग्दछन भने उही शिवमा तमयोग मिसिदा तामस भई रुद्र कहलिञ्छन ! त्यसकारण यहाँ सत्व नियन्ता विष्णु र तम नियन्ता रुद्र हुन् भन्नेकुरो प्रत्येक सनातनीहरुले बुझ्नै पर्दछ ! यसरी हेर्दा तमनै रुद्र हुन् र तिनै काल पनि हुन् ! यसकारण महामृत्युन्जय महाकालेश्वर भगवान रुद्र हुन् पुगेका हुन् !

अर्कोतर्फ तम प्रधान प्रलयावस्थाबाटै यस पृथ्वीका समस्त अवयवहरुको शृष्टि भएको मानिएको छ ! त्यस्तो किनभने " तम " अर्थात अन्धकार अति उच्च अवस्था हो ! शृष्टिकालमा जीवजन्तु ब्याकुल हुदा तिनलाई दीर्ध सुसुप्ति दिन भगवानले प्रलयावस्था ल्याए ! तम प्रधानावस्था भएको हुदा त्यसैबाट उत्पादनावस्था र पालनावस्था व्यक्त हुन् पुग्यो र सबै चिज प्रलयावस्थामा रहन पुग्यो ! त्यै उत्पादन अवस्थाको निर्णायक ब्रह्मा कहलिए ,पालनावस्थाको निर्णायक विष्णु हुनपुगे , संहारावस्था र कारणावस्थाको निर्णायक शिव हुन् पुगेकाहुन ! यस संसारको शृष्टिको सुरुवाती कालमा र अन्तमा कारणावस्था रहन जाने हुदा प्रथमावस्थामा पनि शिव र अन्तमा पनि शिव तत्वनै रहन पुग्दछ ! तत्व योगीहरूले त्यसमै आत्मभाव दर्शाउने भएकोले शिवनै सवै बिद्द्या र भूतका ईश्वर मानिन पुगे , उनीनै महेश्वर हुन् पुगे र हुँदा हुँदा सबै प्राणीको मनमा उनीनै विराजमान हुन् पुगे ! यसै कारणले हाम्रो शरीरको एकादश प्राणनै रुद्र स्वरुप मानियो र त्यै प्राणले शरीर त्याग्दा मान्छे रुन थाले , त्यसैकारण उनलाई रुद्र भनियो ! हाम्रो शरीरको पाँच कर्मेंद्रिय , पाँच ज्ञानेन्द्रीय र एउटा मननै रुद्रको रुपमा परिभाषित हुन् पुग्यो ! यहि नै आध्यात्मिक रुद्र कहलियो ! आधिदैविक रुद्र यी भन्दा पृथक छन ! जसरी बिष्णु अधिश्ठाता हुन् त्यसरीनै रुद्र अहंकारका अधिष्ठाता हुन् पुगेका हुन् !

शिवको आत्मा विष्णु र विष्णुको आत्मा शिव हुन् ! तम कालो हुन्छ र सत्व शेतो हुन्छ . तिनको ध्यान जनित स्वरुप परिवर्तन हुदा सत्वगुणी विष्णु काला र तमोगुणी शिव सेता हुन् पुगे ! त्यै राधा रुपबाट शिवरुप उत्पत्ति भयो ! कृष्ण रुपबाट विष्णु उत्पत्ति भए ! काली रुपबाट विष्णु र शंकर रुपबाट शिव उत्पत्ति हुन् पुगे ! कालकुट विष र शेषनाग घाँटीमा बेर्न पुग्दा शिवको महामृत्युन्जय स्वरुप स्पष्ट हुन् पुगेको हो ! जटामा गंगालाई धारण गरेकोले उनले विश्व मुक्त गर्ने स्वरुप आफुमा अन्तर्निहित भएको बताए ! अग्निमय तेश्रो नेत्र नजिक चन्द्रकला धारण गरेर आफ्नो सम्हारकत्व र पोशकत्व स्वरुप विरुद्ध धर्मश्रयात्व देखाए ! यस लोककोलागि लोकाधिपति भएर पनि खरानी र बाघको छालालाई आफ्नो गहना र बस्त्र बनाएर यस संसारमा वैराग्यनै श्रेष्ठ हो भन्ने तुल्याए ! शिवको वाहन नन्दी ,उमाको वाहन सिंह ,गणेशको वाहन मुषा ,कर्तिकेयको वाहन मयुर रहेका छन् ! त्रिशुल र भैरवादीगण शिवको सेवा गर्न लालायित देखिन्छन ! सुर ,नर ,मुनि ,नाग ,गन्धर्व ,किन्नर ,अशुर ,दैत्य ,भुत ,पिशाच ,वेताल ,डाकिनी ,शाकिनी ,वृश्चिक ,सर्प , सिंह सबैले उनलाई पूजा गर्दछन ! आँक , धतुरो वेलपत्र ,जल र पन्चामृतले तिनको पूजा गरीन थालियो !

पारिवारीक स्वरुप 
शिवजीको परिवार अझ विचित्रको छ ! भगवती अन्नपूर्णाको भण्डार सधै भरिएको छ तर शिव सधै भिखारी स्वरुपमै वर्णित छन् ! कार्तिकेय सधै युद्धकोलागि उद्दत देखिंदा गणेश सधै शान्ति प्रिय रहन पुगेका छन् ! कार्तिकेयको वाहन मयुर ,गणेशको मुषा ,पार्वतीको सिंह र शिवको नन्दी त्यसमाथि सर्पहरुको आभूषण सहित उनको विचित्रको स्वरुप छ ! सबै एक अर्काको सत्रु भएतापनि ग्रिह्पति शिवजीको छत्र छायाँमा सबै सुख र शान्तिले रहेको देखिन्छ ! उनको घरमा विचित्रको स्वभाव र रुचिको सम्मिश्रण रहन पुगेको छ ! घरको शान्तिकोलागि आदर्शको शिक्षा पनि सनातनी हिन्दु समाजले शिवबाटै पाएको छ ! शिव र अन्नपूर्णा विभक्त देखिए पनि तिनले यस संसारको सबै ऐश्वर्य विष्णु र लक्ष्मीलाई अर्पण गरेकाछन ! त्यसकारण तिनै लक्ष्मी र विष्णुले यस संसारको सवै काम संरक्षण गर्न अवतिर्ण हुनेछन् भन्ने बिश्वाश जन जनमा रहन पुगेको छ !
शिव परिवार परस्पर विरोधी तत्वहरुको सामंजस्य स्वरुप हो ! उनको आवरण पनि विचित्रको छ ! टाउकोमा एकातिर चन्द्रमा छ, भने दोस्रो तिर महा विषधारी सर्प पनि उनको घाँटिमा माला छ ! उनि अर्धनारीश्वर हुन् ! तर कामजित छन् ! उनको गृहस्थी जीवन भएपनि उनी श्मशानवासी रहेका छन ! सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र हुन् ! उनको परिवारमा भूत-प्रेत , नंदी, सिंह, सर्प, मयूर ,मुषा ईत्यादि सबैको सामान्जस्यता छ ! उनि स्वयं द्वन्द रहित सह-अस्तित्वका महान विचारक हुन् ! वेदमा इनि रुद्र स्वरुपमा छन् ! शिवले छोडेमा यो संसारमा शव मात्र रहन्छ। हाम्रो शरीरको शिरमा ब्रह्माको बास छ ! विष्णु हृदय अथवा शरिरको मध्य भागमा रहेका छन् र शिवको नाभी स्थान भन्दा मुन्तिरको भाग हो ! त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिएको हो ! इनी सृष्टिको उत्पति , स्थिति एवं संहारको अधिपति हुन् ! संहारका देवता हुन् ! अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यिनको महाकाल स्वरुपनै ज्योतिष शास्त्रको आधार हो ! उनले लय र प्रलय दुवैलाई आफ्नो अधीनमा राखेका हुदा शिव देवताका पनि देवता अर्थात महादेव हुन् पुगेका हुन् ! इनी ईश्वरका पनि ईश्वर भएकोले महेश्वर भनिएका हुन् ! हिन्दु धर्ममा पर्ने शैव, शाक्त, वैष्णव, जैन, सौर, गाणपत, नाथ, सिख , बौद्ध आदि प्रमुख सम्प्रदायका भक्तजनहरुकालागि पशुपति मन्दिर समान आस्था एवं श्रद्धाको केन्द्र हो !

उपासनाको आधार :
शिवलिंग उपाशनाको रहस्यको आधार क्षेत्र भग हो , बीज लिङ्ग हो ! शिव सुक्ष्म अतिन्द्रिय लिङ्ग हो ! शक्ति शुक्ष्म अतिन्द्रिय योनि हो ! स्थूल लिङ्ग र योनि त् शुक्ष्म लिङ्ग र योनिको अभिव्यक्तिको सम्भावित रुप मध्ये एकरुप मात्र हो ! त्यसको प्रतिविम्ब हो !

पशुपतिको उत्पत्ति:
सिन्धु तथा वेविलोन सभ्यताको अनुदाननै लिङ्गपूजा हो भन्ने कुरा स्वीकारिएको छ ! तर पौराणिक कथानुशार महाभारतको युद्ध पछि पाण्डवहरूले भगवान कृष्ण र भिष्म पितामह सँग युद्धमा आफन्तहरू मृत्यु भएकाले गोत्रहत्याको पापबाट मुक्त हुनकोलागि के उपाय गर्नु पर्ला ? भनेर सोधेका थिए ! भगवान शिवको दर्शन गरेपछी गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाहा पाएपछी पाण्डवहरू शिवजीको दर्शन गर्ने हिमालयमा गए ! पाण्डवहरू आएको देखेर भगवान शिव भैंसीको रुप लगेर भैंसीको बथानमा लुकेका थिए ! पाण्डवहरूले भैंसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैंसीरुपी शिव जमिन भित्र धसिएका थिए ! यसरी शिवजी जमिनमा धासिएपछी भैंसीरुपी शिवको पुछर पाण्डवले स्पर्श गर्दा केदारनाथमा केदारनाथ भगवान प्रकट भए भने भैंसीरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवान प्रकट भएका थिए ! यसरी पाण्डवहरूले पशुरुपी शिवको पुछर स्पर्श गरेर गोत्रहत्यको पापबाट मुक्त भएका थिए ! पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिन थालियो र भगवान शिव जमिनमा भासिएर नेपालमा टाउको निकालेकाले केदारनाथमा पुछर र नेपालमा शिर मिलाएर एक ज्योतिर्लिंग मानिन थालियो !

शैव सम्प्रदाय :
हिन्दू धर्म भित्र ६ बटा संप्रदायहरु छन् ! ती हुन् - शैव, वैष्णव, शाक्त, नाथ, वैदिक (श्मार्त ) र चार्वाक । यस मध्ये चार्वाक संप्रदाय लुप्त हुन् पुगेको छ अरु बाँकी धेर थोर चलन चल्तीमा छन् ! यस मध्ये सबै भन्दा प्राचिन संप्रदाय शैव संप्रदाय मानिन्छ ! शैव सम्प्रदायको मूल रुप शुक्ल यजुर्वेदमा रुद्रको आराधनाको रुपमा छ ! ११ रुद्रहरु मध्येका प्रमुख रुद्रहरुनै पछिल्लाकालमा आएर शिव, शंकर, भोलेनाथ र महादेव भनिएका हुन् ! शिव उत्तर बैदिककालिन देवता हुन् ! ईनको ऋग्वेदकालिन स्वरूप रुद्र हो ! रुद्र रुप शिवको संहार गर्ने स्वरूप हो ! "रुतं हरिति पापात निबारयति स रुद्र " अर्थात रोग हरण गर्ने ,पाप नष्ट गर्ने नै रुद्र स्वरुप हो ! शिवबाट रौद्र रुप हटाइदिने हो भने ईनि शिव ,शंकर ,शम्भु भनेर पुकारिञ्छन ! शिवको प्रिय छाला हो ! शिवजीको शिव ,शंकर ,शम्भु भनेर पुकारिने स्वरूप छाला बेरिएको अवस्थामा हुन्छ !

जन्म-मरणको चक्रबाट मुक्त रहन हिन्दु धर्मीहरु चतुर्दशीको ब्रत बस्ने गर्दछन ! इनलाई तेस्रो आँखा भएकाले (त्र्यम्बकम्),निलो घाँटी भएका (नीलकण्ठ) ,जटा परेको कपाल (जटाधारी) ,शिरमा गंगा भएका (गंगाधर),शरीरमा खरानी धस्ने (भष्मांगर), बाघको छाला ओढ्ने (बाघम्बर), शरीरमा सर्पहरूको माला बेर्ने (नगेन्द्र हार), डमरू तथा त्रिशुल बोक्ने ,साँढे (नन्दी) चढ्ने, कैलासमा बस्ने ,तृनेत्र धारी पनि भनिन्छ !

शिव स्वरुप: 
शिव पूर्वमा रहंदा " भव " दक्षिण दिशामा रहंदा "शर्व " पश्चिममा "पशुपति " उत्तरमा "उग्र " र ईशान रुप भई अन्तरिक्षमा रहेका हुन्छन ! ईनि सँधै कल्याणकारी रहुन भन्ने अभिप्रायले "सदा शिव " भनि पुकारिन्छ ! भव ,पशुपति,महादेव र ईशान शिवको कल्याणकारी रुप हो भने रुद्र शर्व ,उग्र ,अशनि, शिवको विध्वंशकारी श्वरुप हो ! यीरुपवाट शिवजीलाइ आह्वान गर्दा अरुदेवताहरु त्रशित भएर आउन्नन भन्ने लोक मान्यता छ ! शिव सम्प्रदायले शिवका ५ मुख सद्दोजात ,वामदेव ,अघोर ,तत्पुरुष ,ईशानद्वारा आफ्ना भक्तहरुलाई आशिष दिन्छन भन्नेकुरा लिङ्ग पुराणमा वर्णित छ ! शिवरात्रिको पूजा रात्रिको चारै प्रहर गरिनु पर्दछ ! धतुरोको फूल, प्रसादमा भाङ, चरस शिवजीका प्रिय बस्तु मानिन्छन !दूध, दही, घिउ, सख्खर, मह जस्ता पाँच चिज जसलाई पञ्चामृत भनिन्छ, को प्रयोग हुन्छ !

शिवरात्रि पर्व: 
शिवलिङ्गको प्रादुर्भाव चतुर्दशी तिथिको दिन भएको थियो ! सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए ! त्यसकारण यो पर्व कालरात्री , मोहरात्री , सुखरात्री झैँ शिवरात्री भनि मनाउनु पर्ने कारण के हो भने यसै दिन प्रदोषको समयमा भगवान शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन भन्ने मान्यता शाक्तहरुमा रहेको छ !

फाल्गुन कृष्ण चतुर्दशीको दिन शिवरात्री पर्व मनाइन्छ ! यसलाई प्रतिवर्ष मनाउदा नित्य र कुनै काम बिशेषले मनाउदा काम्य हुन् जान्छ ! त्रयोदशी तिथिको रात्रीको आरम्भकालमा वा मध्यरात्रीकालमा चतुर्दशी तिथि मिसियो भने त्यसलाई शिवरात्री भनिन्छ ! शिवरात्री तीनवटा तिथिले (त्रिस्प्रिहा) (१३,१४,३० ) छोयो भने उत्तम मानिन्छ ! चतुर्दशी तिथिका अधिपति शिवजी हुन् ! प्रत्येक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई मास शिवरात्री भनिन्छ ! तर फाल्गुन कृष्ण चतुर्दशीको अर्धरात्रीकालमा शिव लिंगको प्रादुर्भाव भएको हुनाले यसलाई महाशिवरात्री भनिएको हो ! इनकी शक्ति (पत्नी ?) दुर्गा हुन् !इनको बासस्थान कैलाश पर्वत हो ! इनका छोराहरु कार्तिकेय र गणेश मानिएका छन् !इनकि एक मात्र छोरीको नाम " वनमाला " हो जसलाई " ओखा " पनि भनेर चिनिन्छ !

शिवको अवतार : 
शिव पुराणमा शिवको दश अवतारहरुको वर्णन गरिएको छ जो निम्नानुसार छ - १ . महाकाल, २ . तारा, ३ . भुवनेश, ४ . षोडश, ५ . भैरव, ६ . छिन्नमस्तक गिरिजा, ७ . धूम्रवान, ८ . बगलामुखी, ९ . मातंग र १० . कमल हो । यी दशैँ अवतारहरु तंत्रशास्त्र संग संबंधित छन् !
शिवजीको अन्य ११ अवतारहरुमा : 

१ . कपाली, २ . पिंगल, ३ . भीम, ४ . विरुपाक्ष, ५ . विलोहित, ६ . शास्ता, ७ . अजपाद, ८ . आपिर्बुध्य, ९ . शम्भू, १० .चण्ड तथा ११ . भव को उल्लेख गरेको भेटिन्छ !इ अवतारहरु बाहेक शिवजीको दुर्वासा, महेश, वृषभ, पिप्पलाद, वैश्यनाथ, द्विजेश्वर, हंसरूप, अवधूतेश्वर, भिक्षुवर्य, सुरेश्वर, ब्रह्मचारी, सुनटनतर्क, द्विज, अश्वत्थामा, किरात र नटेश्वर आदि अवतारहरुको उल्लेख पनि 'लिङ्ग पुराण' मा गरेको भेटिन्छ तर यी अवतारहरू अंशावतार मात्र हुन् ! सबै भन्दा चर्चित शिवजीको अवतार हनुमान र भैरव अवतार हो !

शैव ग्रंथ : 
वेदको श्‍वेताश्वतरा उपनिषद , शिव पुराण , आगम ग्रंथ र तिरुमुराई मुख्य हुन् !

शैव तीर्थ : 
बाह्र ज्योतिर्लिंग समेत काशी / बनारस , केदारनाथ, सोमनाथ , रामेश्वरम , चिदम्बरम , अमरनाथ र कैलाश मानसरोवर मुख्य हुन् !

शैव संस्कार :
१ . शैव संप्रदायका मान्छे एकेश्वरवादी हुन्छन ! ती शिवलिंगको पूजा गर्दछन !
२ . यस धर्मका संन्यासीहरु जटा पाल्द्छन !
३ . यिनका अनुयायीहरु कपाल खौरिञ्छन तर शिखा राख्दैनन् !
४ . शैवहरुले पूजा अनुष्ठान रात्री कालमा गर्दछन !
५ इनको आफ्नै तांत्रिक मंत्र हुन्छ !
६ . यी निर्वस्त्र पनी रहन्छन वा भिजेको लुगा पनि लाउछन , हातमा कमण्डलु , चिमटा राखेर धूनी मा रमाउ छन् !
७ . शैवहरु चंद्रमा मा आधारित व्रत उपवास गर्दछन !
८ . शैव संप्रदायमा समाधी दिने परम्परा छ !
९ . शैव मंदिरलाइ शिवालय भनिन्छ जहा शिवलिंग मात्र हुन्छ !
१० . यिनले विभूति ( भष्म ) लाउछन !

शैव साधु-संतहरु :
शैव साधु हरुलाई नाथ, नागा, अघोरी, अवधूत, बाबा, ओघड़, योगी, सिद्ध आदि भनिन्छ ! शैव संतहरुमा नागा साधु र दसनामी संप्रदायका साधुहरुको प्रभूता छ । संन्यासी संप्रदाय संग जोडिएका साधुहरुको यो संसार र गृहस्थ जीवन संग केही सरोकार रहन्न ! गृहस्थ जीवन जती कठिन मानिन्छ त्यो भन्दा सयौं गुणा कठिन नागा जोगीहरुको जीवन मानिन्छ ! शैव संतहरुमा गुरु मच्छेन्द्र नाथ, गुरु गोरखनाथ, सांईंनाथ , गजानन नाथ, कनीफनाथ, बाबा रामदेव, तेजाजी , चौरंगीनाथ, गोगादेव, शंकराचार्य, गोपीनाथ, चुणकरनाथ, भर्तृहरि, जालन्ध्रीपाव आदि हजारौ भक्तहरु प्रसिद्ध छन् !

शैव संप्रदायका उप संप्रदायहरु : शैवमा शाक्त, नाथ, दसनामी, नाग आदि उप संप्रदाय हुन् ! महाभारतमा माहेश्वर (शैव) का ४ संप्रदाय वताइएको छ - शैव, पाशुपत, कालदमन र कपालिक !

कश्मीरी शैव संप्रदाय : 
काश्मीरलाइ शैव संप्रदायको गढ़ मानिन्छ ! वसुगुप्तले ९औ शताब्दीको उतरार्धमा कश्मीरी शैव संप्रदायको गठन गरेका थिए ! त्यस भन्दा पहिले त्यहाँ बौद्ध र नाथ संप्रदायको हजारौ मठहरु थियो !

वीरशैव संप्रदाय : 
वीरशैव एक त्यस्तो परंपरा हो जसमा भक्त शिव परंपरामा बाँधिएको हुन्छ ! दक्षिण भारतमा यो परम्परा धेरै प्रचलित छ !यो वेदमा आधारित धर्म हो ! भारतको कर्नाटक राज्यमा यसका उपाशक धेरै छन् ! यस बाहेक भारतको दक्षिण राज्यहरु महाराष्ट्र, आंध्रप्रदेश, केरल र तमिलनाडु तथा अफगानिस्तान, पाकिस्तान, कश्मीर, पंजाब, हरियाणामा यो सम्प्रदाय छरिएको छ ! यस संप्रदायका उपाशक एकेश्वरवादी हुन्छन !

कपालिक शैव : 
कापालिक संप्रदाय लाइ महाव्रत-संप्रदाय पनि भनिन्छ ! यो तांत्रिकहरुको संप्रदाय हो ! मान्छेको टाउको धारण गर्ने भएकोले इन्लाई कापालिक भनिएको हो ! यो मत रावणका दाजु कुवेरले शुरु गरेका हुन् !

तमिल शैव : 
सम्पूर्ण तमिल क्षेत्र शैव पंथिहरुको बहुल क्षेत्र हो ! शिवपुत्र कार्तिकेयले यो मत चलाएको मानिन्छ !



अधिकारीको फेसबुक वालबाट बाट साभार
भगवान शिव सम्बन्धमा जान्नै पर्ने कुराहरु

भगवान शिव सम्बन्धमा जान्नै पर्ने कुराहरु

–प्रवीण अधिकारी
शंकरको " श " को अर्थ हो कल्याण र " कर " को अर्थ हो गर्ने ! शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ ! शिव ,अद्वैत ,कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् ! शिवनै ब्रह्मा हुन् ,ब्रह्मानै शिव हुन् ,शिवनै बिष्णु हुन् अनि बिष्णुनै शिव हुन् ! यस संसारको श्रिश्टि ,पालन र संहारकोलागि एउटै नाउ बिभिन्न नामले चिन्हीदै आएको छ !

शिवलिंग भगवान शिव प्रतीक हो ! निश्चल ज्ञान र तेज़को प्रतिनिधित्व शिवलिंगले गरेको हुन्छ ! 'शिव' को अर्थ हो - 'कल्याणकारी' र 'लिंग' को अर्थ हो - 'सृजनता ' ! शिवलिंग जल, दूध, बेलपत्रले पूजिन्छ ! लिंग को मूल मा ब्रह्मा, मध्य मा विष्णु र माथि पट्टि प्रणवाख्य स्वयम् महादेव रहेका हुन्छन ! शिवलिंगको वेदी महादेवी स्वरुप हुन् र लिंग स्वयम् महादेव ! शिवलिंगको मात्र पूजा गर्दा सबै देवी देउताको पूजा गरेको मानिन्छ ! शिवलिंगमा जल अर्पण गर्नुको अर्थ हो प्राणको सुरक्ष्या ! शिवलिंग माथि जल अभिषेक गर्नुको अर्थ हो परम तत्वमा प्राण विसर्जन गर्नु !

रुद्राष्टाध्यायी यजुर्वेदको एउटा अंग हो र वेद सनातनी हिन्दुको सर्बोत्तम ग्रन्थ हो ! वेद शिवको अंश हो यसकारण वेद: शिव: शिवो वेद: भन्ने गरिन्छ ! अर्थात् वेदनै शिव हो तथा शिवनै वेद हो , वेदको प्रादुर्भाव शिवबाटै भएको हो ! भगवान शिव तथा विष्णु एकांश भएकाले हरिहर भनिएका हुन् ! हरि अर्थात् नारायण (विष्णु) र हर अर्थात् महादेव (शिव) ! वेद र नारायण पनि एक हुन् ! वेदो नारायण: साक्षात् स्वयम्भूरिति शुश्रुतम् ! यसै कारण नेपाली संस्कृतिमा वेदको महत्व बढि छ र वेद कै ऋचा तथा सूक्तहरुले पूजा, यज्ञ, अभिषेक आदि गरिन्छ ! शिव, महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि सबै ब्रह्मकै पर्यायवाची शब्द हुन् ! रुद्र अर्थात् 'रुत्' र रुत् अर्थात् दु:ख नष्ट गर्ने रुद्र हुन् , रुतं--दु:खं, द्रावयति--नाशयति इति रुद्र:। रुद्रहृदयोपनिषदमा लेखिएको छ :-

सर्वदेवात्मको रुद्र: सर्वे देवा: शिवात्मका:।
रुद्रात्प्रवर्तते बीजं बीजयोनिर्जनार्दन:।।
यो रुद्र: स स्वयं ब्रह्मा यो ब्रह्मा स हुताशन:।
ब्रह्मविष्णुमयो रुद्र अग्नीषोमात्मकं जगत्।।
यही श्लोक अनुसार रूद्रनै ब्रह्मा, विष्णु हुन् सबै देउता रुद्रांश हुन् र सबैकुरो रुद्रबाटै उत्पन्न भएका हुन् ! रुद्रनै ब्रह्म स्वरुप हो , र उनीनै स्वयम्भू हुन् !

शिवलिङ्गको प्रादुर्भाव र चतुर्दशी तिथिको महत्व : 
शिवलिङ्गको प्रादुर्भाव चतुर्दशी तिथिको दिन भएको थियो ! सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए ! यो समस्त श्रिश्टिको रचना फाल्गुन कृष्ण पक्ष चतुर्दशी तिथिको दिन भएको थियो ! सनातनी हिन्दु परम्परामा एक बर्षमा चारवटा रात्री मनाइन्छ ! यो पर्व कालरात्री (बडा दशैं ), मोहरात्री (कृष्ण जन्माष्टमी ), सुखरात्री (लक्ष्मी पूजा ) झैँ शिवरात्री भनि मनाउनु पर्ने कारण के हो भने ईशान संहिता अनुसार यसै फाल्गुण कृष्ण चतुर्दशीको तिथिको मध्य रातमा निराकार ब्रह्म स्वरुप शिवलिंगको प्रतीक भै यस लोकमा अवतरित भएका थिए तथा यसै दिन प्रदोष कालमा भगवान शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन भन्ने मान्यता ईशान संहितामा उल्लेखित छ !
ईशान संहिता अनुसार महा शिवरात्रीकै दिन ब्रह्मा र विष्णु स्वरुप अगाडी अत्यन्त प्रकाशवान आकार प्रकट भएको थियो ! यसै दिन भगवान शिव र आदि शक्तिको बिहे हिमालय पर्वतमा भएको थियो ! यसैदिन भगवान शिवले ताण्डव र भगवतीले " लास्यनृत्य " गर्दा ती दुइको समन्वयले यस काश्यपी शृष्टिको सन्तुलन बन्न सकेको हो ! भगवतीको लास्यनृत्य नभएको भए शिवजीको ताण्डव नृत्यको कारण यो श्रिश्टी खण्ड खण्ड हुन् सक्थ्यो ! शिव रात्रिकै दिन समुन्द्र मन्थन गरिएको थियो ! समुन्द्र मन्थनबाट निस्किएको कालकुट बिष शिवजीले आजकै दिन ब्रह्माण्डको रक्षाकोलागि पिएका थिए ! त्यो बिष पिउदा घांटी निलो हुनपुगेकोले उनलाई उक्त दिनदेखिनै निलकन्ठ भनिन थालियो !

पारिवारिक स्वरुपको महत्व :
शिवजीलाई कालकुट विष र शेषनाग घाँटीमा बेरिएको हुँदा महामृत्युन्जय भनिएको हो ! उनले जटामा गंगालाई धारण गरेr उनले विश्व मुक्त गर्ने स्वरुप आफुमा अन्तर्निहित भएको बताए ! अग्निमय तेश्रो नेत्र नजिक चन्द्रकला धारण गरेर आफुमा सम्हारकत्व र पोशकत्व गुण रहेको जनाए ! लोकाधिपति भएर पनि उनले खरानी र बाघको छालालाई आफ्नो गहना र बस्त्र बनाएर यस संसारमा वैराग्यनै श्रेष्ठ हो भन्ने बताए ! शिवको वाहन नन्दी , कार्तिकेयको वाहन मयुर ,गणेशको मुषा ,पार्वतीको सिंह र शिवको नन्दी त्यसमाथि सर्पहरुको आभूषण ! सबै एक अर्काको सत्रु तर ग्रिह्पतिको छायामा सबै सुख र शान्तिले रहेको अवस्था ! कार्तिकेय सधै युद्धकोलागि उद्दत देखिन्छन तर गणेश सधै शान्ति प्रिय रहेकाछन ! घरको शान्तिकोलागि आदर्शको शिक्षा उनले यो लोकलाई दिएका छन् ! शिवजीको विचित्रको परिवार थियो ! उनको घरमा विचित्रको स्वभाव र रुचिको सम्मिश्रण रहेको थियो ! बेमेल भित्र सुख सान्ति र अनुपम मेलको सम्मिश्रण थियो ! सुर ,नर ,मुनि ,नाग ,गन्धर्व ,किन्नर ,अशुर ,दैत्य ,भुत ,पिशाच ,वेताल ,डाकिनी ,शाकिनी ,वृश्चिक ,सर्प , सिंह सबै द्वारा उनि पूजित भए पनि आँक , धतुरो वेलपत्र र जलमै आफु सन्तुष्ट हुने बताए !

भगवती अन्नपूर्णा उनकी अर्धांगिनी थिइन् तर उनि सधै भिखारीनै रहन पुगे ! शिव र अन्नपूर्णा विभक्त भएर यस संसारको सबै ऐश्वर्य विष्णु र लक्ष्मीलाई अर्पण गरे ! शिव स्वरुप परस्पर विरोधी तत्वहरुको सामंजस्य स्वरुप हो ! उनको टाउकोमा एकातिर चन्द्रमा छ, भने अर्को तिर महाविषधारी सर्प उनको घाँटिमा मालाको रुपमा रहेको छ ! उनि अर्धनारीश्वर हुन् तर कामजित छन् ! उनको गृहस्थी जीवन देखिन्छ तर आफु श्मशानवासी हुन् पुगेका छन ! सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र कहलिएका छन् ! उनको परिवारमा भूत-प्रेत , नंदी, सिंह, सर्प, मयूर ,मुषा ईत्यादि सबैको सामान्जस्यता रहेको छ ! उनि द्वन्द रहित सह-अस्तित्वका महान विचारक हुन् ! वेदमा उनि रुद्र स्वरुपमा छन् ! तिनले आँखा चिम्लिदा यो संसारमा शव मात्र रहन जान्छ !
हाम्रो शरीरमा त्रिदेवको स्थान : 
हाम्रो शरीरको शिरमा ब्रह्माको बास छ ! विष्णु हृदय अथवा शरिरको मध्य भागमा रहेका छन् र शिव को स्थान भन्दा तलको मुन्तिरको भाग हो ! त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिएको हो ! इनी सृष्टिको उत्पति , स्थिति एवं संहारको अधिपति हुन् ! संहारका देवता हुन् ! अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यिनको महाकाल नै स्वरुपनै ज्योतिष शास्त्रको आधार हो ! उनले लय र प्रलय दुवैलाई आफ्नो अधीन मा राखेका हुदा शिव देवताका पनि देवता अर्थात महादेव हुन् पुगेका हुन् ! इनी ईश्वरका पनि ईश्वर भएकोले महेश्वर भनिएका हुन् ! हिन्दु धर्ममा पर्ने शैव, शाक्त, वैष्णव, जैन, सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति मन्दिर समान आस्था एवं श्रद्धाको केन्द्रको रुपमा छ !

शिव स्वरुप :
शिव पूर्वमा रहंदा " भव " दक्षिण दिशामा रहंदा "शर्व " पश्चिममा "पशुपति " उत्तरमा "उग्र " र ईशान रुप भई अन्तरिक्षमा रहेका हुन्छन ! ईनि सँधै कल्याणकारी रहुन भन्ने अभिप्रायले "सदा शिव " भनि पुकारिन्छ ! भव ,पशुपति,महादेव र ईशान शिवको कल्याणकारी रुप हो भने रुद्र शर्व ,उग्र ,अशनि, शिवको विध्वंशकारी श्वरुप हो ! यीरुपवाट शिवजीलाइ आह्वान गर्दा अरुदेवताहरु त्रशित भएर आउन्नन भन्ने लोक मान्यता छ ! शिव सम्प्रदायले शिवका ५ मुख सद्दोजात ,वामदेव ,अघोर ,तत्पुरुष ,ईशानद्वारा आफ्ना भक्तहरुलाई आशिष दिन्छन भन्नेकुरा लिङ्ग पुराणमा वर्णित छ ! शिवरात्रिको पूजा रात्रिको चारै प्रहर गरिनु पर्दछ ! धतुरोको फूल, प्रसादमा भाङ, चरस शिवजीका प्रिय बस्तु मानिन्छन !दूध, दही, घिउ, सख्खर, मह जस्ता पाँच चिज जसलाई पञ्चामृतद्वारा शुक्ल यजुर्वेदको १६ अध्यायको रुद्राष्टाध्यायी शतरुद्रीय मन्त्रद्वारा रूद्र सूक्त सहित अभिषेक गरिन्छ !

शिवरात्रीकोलागि तिथि छनौट :
सनातनी हिन्दु परम्परामा क्षय तिथी कुनै कार्यकोलागि पनि उपयुक्त मानिन्न तर फाल्गुन कृष्ण चतुर्दशीको दिन शिवरात्री पर्व मनाइन्छ ! त्रयोदशी तिथिको दिन रात्रीको आरम्भकालमा वा मध्यरात्रीकालमा चतुर्दशी तिथि मिसिन पुग्यो भने त्यसलाई शिवरात्री भनिन्छ ! शिवरात्री तीनवटा तिथिले (त्रिस्प्रिहा) (१३,१४,३० ) छोयो भने अति उत्तम मानिन्छ ! चतुर्दशी तिथिका अधिपतिनै शिवजी हुन् ! प्रत्येक महिनाको कृष्ण पक्षको त्रयोदशी चतुर्दशी तिथिको संयोगलाई मास शिवरात्री भनिन्छ भने फाल्गुन कृष्ण चतुर्दशीको अर्धरात्रीकालमा शिव लिंगको प्रादुर्भाव भएको हुदा यसलाई महाशिवरात्री भनिन्छ ! शिवकी शक्ति (पत्नी ?) दुर्गा भगवती मानिन्छिन इनको बासस्थान कैलाश पर्वतमा रहेको ठानिन्छ ! शिवजीका छोराहरु कार्तिकेय र गणेश मानिएका छन् भने इनकि एक मात्र छोरीको नाम " वनमाला " हो जसलाई " ओखा " पनि भनेर चिनिन्छ !

अर्थ भित्रको अर्थ :
तपाइहरुले भगवान शिवजीको मूर्ति देख्नु भएको छ त्याँहा शिवजीको शीरमा जटा छ । त्यो जटामा एउटा द्वितीयाको चन्द्रमाको चिन्ह छ । तिनको निधारमा तेश्रो आखो छ ! घाँटीमा सर्प ,जटा र पाखुरामा रुद्राक्षको माला बेरिएको छ ! एउटा हातमा डमरु र अर्को हातमा त्रिशुल छ । संपूर्ण शरीरमा खरानी घसेको छ ! उनको शरीरको तल्लो भागमा बाघ वा हात्तीको छाला बेरिएको छ र उनी कैलाशमा बस्तछन भन्ने सांकेतिक अर्थ छ ! यी शिवजीका प्रतीकहरुको अर्थ के हो ? रहस्य के हो ? शिवजीको वेशभूषा यस्तो देखिनुको तात्पर्य के हो ? आउनोस शिवजी स्वरुप भित्र घोत्लियु जसमा प्रत्येक धर्मको मान्छेले त्यसमा आफ्नो प्रतीक खोज्न सकोस हिन्दू र हिन्दुत्वको व्याख्यामा आफ्नो ग्यान खर्चोस !

चन्द्रमा : 
शिव जी को एउटा नाम 'सोम' पनि हो ! सोमको अर्थ चन्द्रमा हो । उनको दिन सोमवार हो । चन्द्रमा मनको कारक हो । शिवजीले चन्द्रमा धारण गर्नुको अर्थ आफ्नो मन नियंत्रण गर्नु हो ! शिवजी संग सम्बन्धित सबै चाडपर्वहरु हन्द्रमासमा आधारित हुन्छन ! महाशिवरात्री ,मासशिवरात्री ,प्रदोष यसैका परिचायक हुन् ! र यी सबै चाडमा चर्द्र कलाको महत्व छ ! शिवजीको शीरको अर्ध चन्द्र शिव पन्थ र चन्द्र बंशीहरुको परिचायक हो ! मध्य देश (Middle east)को सबै राष्ट्रहरुको ध्वजामा त्यै आशय उल्लेखित गरिएको हो ! चर्चित चंगेज खानको झन्डामा पनि अर्ध चन्द्र अंकित थियो ! ईश्लाम धर्मको प्रतिक चिन्ह हो अर्ध चन्द्र यसैको फलस्वरूप हिन्दूको मकेश्वर महादेव मुसलमानहरुको पवित्र तिर्थस्थल मक्का हुन् पुगेको हो !

त्रिशूल:-
शिवजीको त्रिशूल सत्य ,तम ,राज स्वरुपको परिचायक हो ! जसलाई प्रोटोन ,न्युट्रोन र इलेक्ट्रोन पनि भनिन्छ ! यस बाहेक त्रिशूलको तिन शूलले उदय , शंरक्षण र बिनाश हुनेकुराको प्रतिनिधित्व गरेको हुन्छ ! यसैलाई भुत ,बर्तमान र भविष्य पनि भनिन्छ !

नाग :
शिवजीको नाग बंश संग गहिरो सम्बन्ध थियो ! इनि नाग बंशका आराध्य देव थिए ! त्यसकारण इनको गलामा नागले शोभा पाएको थियो ! नाग मान्छेको बोलीमा हुने बिषको परिचायक हो !
डमरु :
गहिरिएर बिचारने हो भने सबै हिन्दूको देवी देवताहरुसंग एक एक बटा बाद्द्य बादन रहेको छ ! यी सबैको प्रतीकात्मक अर्थ रहेको हुन्छ ! शिव संग रहेको डमरुको अर्थ हो यो विश्वमा नाद अर्थात ध्वनीको ठुलो महत्व छ ! इनि संगीतका जनक पनि हुन् ! शिवजीको प्रादुर्भाव हुनु भन्दा पहिले कसैले नाच्न ,गाउँन र बजाउन जान्दैनथ्यो ! याँहा डमरु अर्थात नादको अर्थ त्यसो ध्वनी संग सम्बन्धित छ जो यस ब्रह्माण्डमा सधैं विद्यमान थियो अर्थात " ओं " ! यहि नादबाट परा ,पश्यन्ति ,मध्यमा र वाणीको उत्पत्ति भएको हो !
साढे 
बृशभ शिवको बाहन हो ! याँहा बृशभको अर्थ धर्म हो ! वेदले धर्मको चार खुट्टो भएको बताएको छ ! याँहा धर्मको खुट्टो भनेको हिन्दुका चार पुरुश्वार्थ अर्थात धर्म ,अर्थ ,काम र मोक्ष हो ! देवादिदेव शिव यिनै चार पुरुस्वार्थहरु माथि बसेर हिडदछन ! शिवको बाहनलाई नन्दी पनि भनिन्छ ! याँहा नन्दी शब्द समुहका पर्यायवाची हुन जसले धर्मशास्त्र ,अर्थशास्त्र ,कामशास्त्र र मोक्षशास्त्रको रचना गरेका थिए !
जटा
शिव अन्तरिक्षका देउता मानिन्छन ! उनको नाउ व्योमकेश पनि हो ! यसकारण आकाश उनको जटा स्वरुप हो ! जटा बायु मण्डलको प्रतिक हो ! सौर्य मण्डलमाथि परमेश्ठी मण्डल रहेको मानिन्छ ! यसैको अर्थतत्व समातेर त्यसलाई गङ्गा भनिएको हो ! यसैकारण गङ्गा शिवको जटामा प्रवाहित छन् ! शिवजीले जटामा गङ्गा धारण गरेका कारण उनलाई जल चढाउने चलन चलेको हो !
भष्म
शिवले शरीरमा भष्म लाउछन ! भष्म यस संसारको निस्सारताको परिचायक हो ! यो आकर्षण ,मायाँ र मुक्तिको प्रतिक हो !
त्रिनेत्र 
शिवजीलाई त्रिनेत्र भनिन्छ ! उनको तिन आँखो छ ! प्रत्येक व्यक्तिको दुइ आँखी भुइको बिचमा ३ आँखो अर्थात अलौकिक दृष्टि रहन्छ भनिएको हो !
संसार र सन्यास
यसको अर्थ हो मान्छेले ध्यान ,साधना र सन्यासमा रहेर पनि संसारको जिम्मेवारी पुरा गर्न सक्तछ !
ब्याघ्र चर्म
शिवजीले आफ्नो अंगमा बाघ वा हात्तीको छाला बेरेको मानिन्छ ! याँहा हात्ती भनेको अभिमान र बाघ भनेको हिंसाको प्रतिक हो ! शिवजीले हिँसा र अभिमान दुवै दबाएर राखेका छन् !
पिनाक 
शिवजीले धनुष चलाउदा त्यसको आवाजले बादल छाटिन्थ्यो ! पर्वत हल्लिन्थ्यो ! भुकम्प आएको आभाष हुन्थ्यो ! शिवजीको धनुष ज्यादै शक्तिशाली भएकोले यसको प्रभावले त्रिपुराशुरको नगरी ध्वस्त हुन् पुगेको थियो ! देवी देवताको काल सकिएपछि शिवजीले त्यो धनुषको प्रयोजन सकियो भनि देवराज ईन्द्रलाइ दिई पठाएका थिए ! देवराज ईन्द्रले त्यो धनुष मिथिला नरेश राजा जनकका पूर्वज देवराजलाइ दिई पठाएका थिए ! देवराज राजा जनकका पूर्वज निमिका जेठो छोराका रुपमा परिचित व्यक्तित्व हुन् ! त्यै शिव-धनुष देवराजको धरोहर स्वरूप राजा जनक संग सीता बिबाह सम्म सुरक्षित रहेको थियो ! जसलाई सीता स्वयम्वरमा मर्यादा पुरुषोत्तम रामले तोडे र सीता स्वयम्वर हुन् पुगेको थियो ! भनिन्छ यो धनुष भगवान शंकरले आफ्नै हातले बनाएका थिए ! त्यसैले यसलाई कसैले उठाउन र ताँदो लाउन सक्तैन थ्यो ! तर भगवान रामले उठाएर यसको तांदोलाउदा भाचिन पुग्यो !
चक्र
एउटै चक्र काल ,प्रयोजन र प्रयोगको कारण बिभिन्न नामले चिनिन्थ्यो ! भगवान शिवको हातमा हुदा जुन चक्रको नाम भवरेंदु रहेको थियो , त्यै चक्र विष्णुको हातमा आउँदा कांता नामले चिन्हियो , त्यै चक्र भगवतीको हातको शोभा हुन् पुग्दा मृत्यु मंजरीको नामले जानिन्थ्यो र पछि त्यै चक्र भगवान कृष्ण संग जोडिदा सुदर्शन चक्रको नामले चिन्हियो ! तर त्यो कृष्णको सुदर्शन चक्रको निर्माण भगवान शिवले नै गरेका थिए ! निर्माण गरिसकेपछि भगवान शिवजीले श्रीविष्णुलाई दिए ! श्रीविष्णुले यो चक्र पार्वतीलाइ दिए पार्वतीले त्यो चक्र परशुराम लाई दिइन ! त्यसपछि मात्र भगवान कृष्णले त्यो सुदर्शन चक्र परशुरामबाट पाएका थिए !

त्रिपुंड
निधारमा शिवजीले त्रिपुंड तिलक लगाएका हुन्छन ! यो तीनबटा लामो रेखाको हुन्छ ! यो त्रिलोक्य र त्रिगुणको प्रतीक हो ! यो सतोगुण, रजोगुण र तमोगुणको पनि प्रतीक हो ! यो त्रिपुंड सेतो श्रीखंड चंदन वा भष्मको हुन्छ ! त्रिपुंड दुइ किसिमको हुन्छ !पहिलो तिन रेखा बीच रातो रंग को एउटा बिंदु भएको ! याँहा बिन्दु शक्तिको प्रतिक हॊ ! अर्को आम मान्छेले लाउने तीन धर्के त्रिपुंड ! यसले मान्छेको मन एकाग्र बनाउदछ ! बिन्दु भएको त्रिपुण्ड आम मान्छेले लाउन्नन !

रुद्राक्ष :
सकारात्मक ऊर्जा तथा रक्त संचार सन्तुलित राख्न शिवजीले रुद्राक्ष धारण गर्दथे !





अधिकारीको फेसबुक बाट साभारः

फेसबुकमा लाइक गर्नैपर्ने बाध्यता हट्यो, अब डिसलाइक पनि

फेसबुकमा लाइक गर्नैपर्ने बाध्यता हट्यो, अब डिसलाइक पनि

वीरगंज, फागुन १४ । संसारकै सबभन्दा बढी लोकप्रिय सामाजिक संजाल ‘फेसबुक’ ले प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राख्दै "लाइक" मात्र गर्नुपर्ने बाध्यतालाई हटाएको छ ।

केही महिना अगाडी क्याल्फोर्नियास्थित फेसबुक मुख्यालयमा आयोजित एक कार्यक्रममा फेसबुकका संस्थापक मार्क जुकर बर्गले घोषणा गरे अनुसार हालै "लाइक" मात्र गर्नुपर्ने बाध्यता हटाएको हो ।

फेसबुकले सन् २००९ मा ‘लाइक’ बटनको विकल्प उपलब्ध गराएको हो । त्यतिबेलादेखि नै ‘डिसलाइक’ बटनको माग हुँदै आएको छ ।

फेसबुक प्रयोगकर्ताहरुले आफ्ना साथीका तस्वीर तथा स्टाटसलाई मन पराएको अर्थमा ‘लाइक’ बटन प्रयोग हुँदै आएको छ । तर ‘डिसलाइक’ बटनलाई भने प्रयोगकर्ताले कसैको तस्वीर तथा स्टाटस ‘मन नपराइएको’ अर्थमा नभई सहानुभूति व्यक्त गर्ने तरिकाका रुपमा प्रयोग गर्ने फेसबुकको विश्वास छ  ।

जुकरबर्गले भने, ‘जब दुःखले भरिएका पोस्ट देखिन्छ, त्यसमा लाइक गर्नु असमवेदनशील मानिन्छ, यस्तो अवस्थामा माउसको क्रसर लाइक बटनमाथि लगेपछी "लभ",  "हाहा", "वाउ", "सैड" र "एंग्री"  बटन, को विकल्प प्रयोग गर्न सकिन्छ ।

यस अघि 
प्रयोगकर्ताले कुनै पनि पोस्टमा ‘लाइक’, ‘कमेन्ट’ वा ‘शेयर’ को विकल्प पाउँदै आएका थिए । तर कसैको निधन भएको पोस्टमा ‘लाइक’ गर्नु व्यवहारिक रुपमा राम्रो नदेखिएका कारण त्यस्ता पोस्टका लागि फेसबुकले ‘डिसलाइक’ विकल्प राखिएको जनाइएको छ ।
नेपालको प्रधानमन्त्री एउटा राजदुतले चलाउने पद

नेपालको प्रधानमन्त्री एउटा राजदुतले चलाउने पद

–ज्ञानमणि नेपाल

नेपालीको मनमा अद्वितीय जागरण राष्ट्रियताको भावना जनताप्रतिको असीम आस्था समर्पण भाव उद्वेलित हुन् नसकेको भए नेपाल एकीकरण हुन् सक्थेन । मुगल र अँग्रेजको शक्तिलाई हाँक दिंदै र परास्त गर्दै हामी नेपाली हुन पुगेका थियौं । त्यसताका विदेशका राजनीतिकर्मी र व्यापारी, व्यवसायीलाई नेपाल प्रवेश निषेध गरिएको थियो । यस्तो हुदा पनि चीनसँगको युद्धको वेग रोक्न कर्णेल विलियम कर्कपेट्रिक (वि.सं. १८४९) र पछि नेपालमा चीनको प्रभाव रोक्ने उद्देश्यले कर्णेल विलियम डगलस नक्स (वि.सं.१८५९ देखि १८६० सम्म) गरी दुई जना विदेशी कूटनीतिकर्मीले नेपाल प्रवेश पाएका थिए ।

कर्कपेट्रिक आइपुग्नुभन्दा पहिल्यै चीनसँग सम्झौता भइसकेको हुँदा उनलाई नेपालमा एक महिना पनि बस्न नदी फिर्ता पठाइयो । कर्णेल नक्सले त इष्ट इण्डिया कम्पनीको कोठी खोल्न भनी त्यस बेलाका मुख्य शासक दामोदर पाण्डेहरूसँग लाख नेहोरा गर्दा पनि र मागे जति पैसा दिने लोभ देखाउँदा पनि सफल भएनन् । नेपालका राष्ट्रप्रेमी देशभक्त शासकबाट उल्टै दुत्कारिँदा तिरस्कृत भएर वर्षदिन पुग्दा नपुग्दै बिदा गरिए । पछि नेपाल–अंग्रेज युद्ध हुँदा नेपालको सुदूर पश्चिमको युद्धमोर्चा सम्हालेर बसेका बूढाकाजी वीर अमरसिंह थापालाई अंग्रेज अधिकारीले “किन युद्ध लडेर व्यर्थै जनधन गुमाउँछौ, आओ हामीसँग मिल, तिमीलाई तिमीले जिते जति पश्चिमी भूभागका राजा बनाइदिन्छौ” भने ।

अंग्रेजको यो प्रस्ताव बूढाकाजीले ठाडै अस्वीकार गरेर भने, हेर, आफ्नो राजा आफ्नो राष्ट्रको निकमहराम भएर गुलाम राजा हुनुभन्दा यस युद्धभूमिमा सके जितौंला नसके देशको बफादार इमानदार भएरै वीर सिपाही सरह वीरगति प्राप्त गरौंला । ब्रिटिस कम्पनीका अधिकारीले यस्तै साम, दान, दण्ड, भेद प्रयोग गर्दै भारतका धेरै राजा रजौटा नवावहरूलाई आफ्ना अधीन बनाएका थिए ।

पहिलेको पृथ्वीनारायणसँगको युद्धमा हार खाएपछि यस्तो प्रयोग गर्न भरमग्दुर प्रयास गरेकै हुन् तापनि वीर नेपालीहरूको असीम देशप्रेम उत्कट राष्ट्र भक्ति राष्ट्रियताका अगाडि ती प्रयोग ब्यर्थै भए । नेपाली शासकले त्यसबेला सर्वत्र स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रको ठूलो मान मर्यादा शानसौकत राखेको गौरव बढाएको थियो । तिनका अगाडि अहिले देशका शासकलाई के भन्ने ? यिनको तुलना नै गर्न गाह्रो छ । यिनले आफ्नो शासकीय गुण गौरव त राखेनन् राखेनन्, देशको मान मर्यादा राष्ट्रियतालाई पनि मटियामेट पार्न लागेका छन् ।

समयको क्रममा राजनीति चातुरी र कूटनीतिक खेलमा पछाडि पर्दा पछि नेपालको अग्रेजसँगको युद्धमा हार भयो । नेपालले आठ बुँदे सुगौली सन्धिमा हस्ताक्षर गर्नुपर्‍यो । फलस्वरूप वि.सं. १८७३ देखि अंग्रेज रेजिडेन्ट नेपालमा रहने प्रथाको सुरुआत भयो । तत्कालीन बेलायती सरकारको कूटनीति भनेको नेपालको संस्कृति र इतिहास बिगार्ने, विभेदका भावना बढाउने राष्ट्रवादी शक्तिलाई समाप्त पारेर नेपालको राष्ट्रियता कमजोर पार्ने नै थियो । तर पनि नेपाली अन्तर्मनमा राष्ट्रियताको चुरो मर्नेवाला थिएन ।

भीमसेन थापाले पछिल्लो कालमा आफ्नो भतिजाको नेतृत्वमा एक प्रतिनिधिमण्डल बेलायत पठाए । आठ सदस्यीय यस प्रतिनिधि मण्डलमा जङ्गबहादुर पनि थिए । कलकत्ता पुगेपछि प्रतिनिधि मण्डललाई बेलायतले राजप्रतिनिधिका रूपमा होइन, साधारण यात्रुका रूपमा व्यवहार गर्ने भयो भने पछि सो प्रतिनिधिमण्डल बेलायत नगई फर्केर आयो । देशको इज्जत मानमर्यादा नरहने भो भनेर ।

एकपल्ट जङ्गबहादुर गभर्नर जनरल भेट्न कलकत्ता गए । त्यसबेला तिनको राजधानी त्यहीँ थियो । गभर्नर जनरलसँग भेटमुलाकात र भलाकुसारी भयो । फर्केर आएपछि प्रत्युत्तरमा गभर्नर जनरल पनि जङ्गबहादुरलाई भेट्न आउने भए । आउनुभन्दा अगाडि नै परराष्ट्र सचिव आएर शिष्टाचार सिकाएर गए । यो पनि भने कि गभर्नर जनरललाई आउँदा तल फाटक बाहिरसम्म गएर सम्मानसाथ ल्याउनुपर्छ आदि । नभन्दै गभर्नर जनरल आउने बेलामा उनी आफंै म लिन जान्छु भनेर घोडा लिएर हिँडे । गभर्नर जनरल आइपुगे, आवासमा जङ्गबहादुर छैनन् । पछि हतारिँदै जङ्गबहादुर आइपुगे । ए म ता आवाससम्मै लिन जाऊँ भनेर हिँडेको त बाटो बिरिएछ भन्दै साखिलै बने । यसरी उल्टै आघा घन्टा पर्खाइदिए । गभर्नर जनरल बेलायत सरकारको प्रतिनिधि, म स्वयं प्राइमिनिष्टर हुँ भने उनलाई मैले किन स्वागत गर्न तलसम्म जाने भन्ने भाव जङ्गबहादुरमा थियो । उनले आफ्नो राज्य कालभर मानमर्यादा कायमै राखे, राज प्रतिनिधिकै सलामी पाए, ब्रिटिस अधिकारीले चाहेका सन्धिसम्झौता टारेरै छाडे ।

वीरशमशेरले अंग्रेज सरकारका सबै माग पूरा गरे । उनले चाहेका सन्धिसम्झौता पनि गरिदिए । तर उनले त्यस्तो मानमर्यादा पनि पाएनन् र राख्न पनि सकेनन् । यहाँसम्म कि सामान्य सत्कार र उचित सलामीसम्म पनि दिइएन । साधारण भारतीय रजौटासरहको व्यवहार उनलाई गरियो । यसबाट उनी अति नै दु:खी थिए । वि.सं. १९६७ को वैशाखदेखि बेलायतमा जर्जपञ्चम राजा भए । सो उपलक्ष्यमा दिल्लीमा दरबार लाग्यो । त्यस समारोहमा आमन्त्रित भएर नेपालबाट चन्द्रशमशेर गएका थिए । समारोहस्थल हलमा भारतका राजा रजौटा नवावहरूको पंक्तिमा चन्द्रशमशेरको स्थान निर्धारित गरिएको रहेछ । त्यो देखेर चन्द्रशमशेरले आफ्नो सिट छुट्टै पर सार्न लगाएर एक्लै बसे ।

कूटनीतिज्ञले त बुझिहाले, नबुझ्ने र सोध्नेलाई उनले भने, उहाँहरू ठूला बडा राजघरानाका राजाका पंक्तिमा म प्राइमिनिष्टर बस्न अयोग्य छु । पछि अंग्रेज अधिकारीसँग तपाईहरूको यस्तै व्यवहारले हामीलाई खिन्न तुल्याएको छ । मेरा दाजु वीरशमशेर तपाईहरूकै यस्तै रवैयाले गर्दा अपमान बोधको पीर खप्न नसकी चाँडै स्वर्ग भएका हुन् सम्म भनेका थिए ।

अन्तिम राणा प्राइमिनिष्टर मोहन शमशेर पनि आफ्नो मानमर्यादा कायम राख्न बहुतै ख्याल राख्थे । उस्तै थिए बीपी । परन्तु, अहिले यो क्रम भङ्ग भएको छ । नेपाली प्रधानमन्त्रीको विदेशमा त्यस्तो कुनै इज्जत मानमर्यादा राखिँदैन । उनीहरू वीरशमशेरका उत्तराधिकारीका रूपमा देखिन थालेका छन् । अहिले प्रधानमन्त्रीलाई स्वागत सत्कार गर्न सामान्य कर्मचारी वा सामान्य मन्त्री आउँछन् । देशका शासक मन्त्री प्रधानमन्त्रीको मानमर्यादा हुनु भनेको उनको मात्र होइन, देशको नै इज्जतको प्रतिष्ठाको सवाल हो । अहिलेका नेताहरूमा देशको छवि चम्कियोस् इज्जत बढोस् भन्ने कसैको चिन्ता छैन, त्यसतर्फ प्रयत्न पनि छैन ।

आफ्नो सत्ता स्वार्थ प्राप्ति हुन्छ भने जेसुकै भन्न गर्न तम्सन्छन् । सामान्य विदेशी कर्मचारीसँग पनि बडेबडे नेता हौं भन्ने पनि निहुरिन्छन् । खुसामद गर्न दौडिन्छन् । हाम्रो राष्ट्रियता दिन परदिन कमजोर बन्दैछ । देशको इज्जत प्रतिष्ठा घट्दो छ । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक आदि सम्पूर्ण क्षेत्रको स्थिति पनि यसरी नै खस्कँदो छ । सबैतिर लथालिङ्ग छ, देश कहाँ पुग्ने हो ? बडो चिन्ताको विषय छ ।

– प्रकाशित मितिः २०७२ फागुन ०६ गते बिहीवार
सावधान ! यी खानेकुरा फेरि तताएर खानु भयो भने ज्यान जाला है !

सावधान ! यी खानेकुरा फेरि तताएर खानु भयो भने ज्यान जाला है !

होसियार ! यी ६ प्रकारका खानेकुरा फेरि तताउँदा बिष हुन सक्छन् !
सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु पर्दा तताउने गरिन्छ । तर, चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्ने विभिन्न अध्यनले पुष्टि गरेका छन् ।
खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभइ कतिपय अवस्थामा रसायनिक प्रतिक्रिया समेत भएर हानिकारक तत्वमा बदलिन सक्ने सोधकर्ताहरुले बताये४का छन् । कुन-कुन खाना फेरी तताउदा बिष हुन्छन त केहि जानकारी तल दिईएको छ।
१- पालक: पालकमा नाइट्रेट नामक तत्व हुन्छ । जुन तताउँदा विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।
२- सलगम: यसमा नाइट्रेटको मात्रै धेरै हुन्छ । जुन शरीरका लागि राम्रो मानिन्छ । तर, यसलाई फेरि तताउँदा यो हानिकारक तत्वमा बदलिने संभावना हुन्छ ।
३- अण्डा: अण्डालाई धेरै तापक्रममा ततायो भने विषालु पदार्थ भइदिन सक्छ । त्यसैले एकपल्ट गरम पानीमा उमालेको अण्डालाई फेरि ततोपानीमा उमालेर तताउनु हुँदैन । यसरी खाँदा पेट बिग्रिने संभावना अधिक रहन्छ ।
४- मसरुम (च्याउ): मसरुम(च्याउ) लामो समय चिसोमा राखेको खाँदै नखाँदा राम्रो हुन्छ । यो धेरै सेन्सेटिभ तरकारी हो । यसमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भइसकेर फेरि तताउँदा बिग्रिने डर असाध्यै धेरै हुन्छ ।
५- चिकेन: मान्छेहरु चिकेन फेरि तताएर खान खुब रुचाउछन् तर, यसमा प्रोटिनको मात्रा धेरै हुने भएकाले चिसोबाट फेरि गरम बनाउँदा प्रोटिन टक्सिस नामक तत्वमा बदलिन सक्छ ।
६- आलु: आलु स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । तर, यसलाई पकाएर लामो समय फ्रिजमा राखेर फेरि तताउँदा भने हानिकारक हुन सक्छ । किनभने यसमा रहेको पोषक तत्व विषाक्त तत्वका रुपमा बदलिन सक्छ । -एजेन्सीको सहयोगमा
=========
ज्ञान बाढ्नु सबै भन्दा ठुलो धर्म हो त्यसैले शेयर गर्न नभुल्नुहोला !
यो पाँच वटा सूत्रले गर्छ तपाईंको डन्डीफोरको सफाया

यो पाँच वटा सूत्रले गर्छ तपाईंको डन्डीफोरको सफाया

डण्डिफोर र हाम्रो खाने बानीमा धेरै सम्बन्ध छ। हाम्रो शरिरमा आउने डण्डीफोरलाई हामिले खानेकुराहरुबाट नियन्त्रण गर्न सक्छौँ। डण्डीफोर धेरैजसो किशोर उमेरमा आउने गर्दछ। महिलाहरुको गर्भावस्थामा पनि हर्मोनको परिवर्तनले डण्डिफोर आउने गर्दछ।



डण्डीफोर छालामा रहेको स-साना प्वालहरुमा तेलको मात्रा बढि जम्मा भएर उत्पन्न हुने गर्दछ। यि प्वालहरुमा रहेको सेबाषियस ग्रन्थि(sebaceous gland)बाट ‘सेबम’ भन्ने तेलजस्तो पदार्थ उत्पादन हुन्छ। छाला बाहिरबाट धुलोमैलोले ढाकिएपछि छालामा रहेको मृत कोषहरु बाहिर नगई भित्र सेबममानै टाँसिएर बस्छन्।

जसले गर्दा ती स-साना प्वालहरु पुरिन्छ। किशोर उमेरमा छाला मोटाउन थालेपछि सेबाषियस ग्रन्थिले झन धेरै सेबम उत्पादन गर्छ र यो प्रक्रिया झन बढ्छ। सेबमले बिभिन्न किटाणुहरु आकर्षित गर्छ जसको कारण ति साना प्वाल भएको क्षेत्र फुल्न थाल्छ र यसलाई नै हामी डण्डीफोर भन्छौँ।

डण्डीफोरको हटाउने पद्धतीहरु प्रचलनमा छ। फिजिसियनहरुको निर्देशन अनुसार बजारमा किन्न सकिने धेरै उत्पादनहरुले डण्डीफोरको उपचार हुनसक्छ। तर घरैमा बसेर पनि डण्डीफोरको सजिलो रोकथाम गर्न सकिन्छ। घरमा नै डण्डीफोरलाई नियन्त्रण गर्ने केहि उपाय यस्ता छन्।

१. दुध, दही जस्तो डेरी उत्पादनहरुम अक्सिटोसिन पाइन्छ। यो एक हर्मोन हो, गाईलाई यो हर्मोन सुईद्वारा दिईएको हुन्छ। यसरी हर्मोन भएको डेरी उत्पादनको उपयोगले शरिरको हर्मोन लेभललाई बढाउने गर्दछ। त्यसैले डण्डीफोर धेरै भएको अवस्थामा सकेसम्म डेरी उत्पादनको सेवन कम गर्दा नै राम्रो हुन्छ।



tips for pimples (2)२. दुध सेवनको मात्रा कम गर्नाले शरिरमा क्यालसियमको कमि हुन सक्छ। क्यालसियम स्वस्थ छाला र बलियो हड्डीको लागि एकदमै महत्त्वपुर्ण हो। हरियो सब्जीहरुमा पनि क्यालसियम पाउन सकिन्छ। त्यसैले पालुड़गो, बेथे, रायोको साग जस्ता हरियो तरकारी खान सकिन्छ।

tips for pimples (5)३. धेरैजसो चिनी बढि मात्रामा सेवन गर्नेको डण्डीफोर बढी आउने गर्छ भनेर अनुसन्धानबाट थाहा भएको छ। हाम्रो खानपानमा चिनी बिभिन्न माध्यम जस्तै चिया, मिठाई, सर्बत, जुसबाट आँउछ । चिनीयुक्त पदार्थको सेवन कम गरेर वा बन्द गरेर पनि डण्डीफोरलाई नियन्त्रण गर्न सकिन्छ।



tips for pimples (1)४.घ्युकुमारी(एलोवेरा) नामको विरुवा धेरैजसो छाला र सौन्दर्यको उपचारमा प्रयोग हुने गर्दछ। एलोवेरा को पातहरुमा जेलजस्तो पदार्थ जमेको हुन्छ। यो पदार्थ छालाको लागी निकै फाइदाजनक हुन्छ। दिनमा दुई चम्चा जति एलेवेरा पानिमा मिसाएर खाने बानी राखे शरिरमा डण्डीफोरको मात्रा निकै कम गर्न सकिन्छ। यो बानीले डण्डीफोर विस्तारै आफै कम भएको पनि देख्न सकिन्छ। साथसाथै यसले छालालाई सफा र स्वच्छ पनि राख्दछ।

tips for pimples (4)५. धेरैजनाको डण्डीफोर मौसम परिवर्तनसँग वा शरिर कुनै स्वास्थ्य सम्बन्धि गढबढी हुँदा पनि आउने गर्दछ। पेटमा समस्या भए अनुहारको छालामा प्रत्यक्ष प्रभाव पर्छ। अनुहारको छाला राम्रो बनाउन अनि डण्डिफोर कम गर्न पेट सफाहुनु जरुरी हुन्छ। अमिलो पिरो खानाको कम सेवन गर्ने, समयमै खाना तथा नास्ता खाने अनि पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।

“गणतन्त्र” म्याद सकिएको औषधि सरह

“गणतन्त्र” म्याद सकिएको औषधि सरह



नेपालमा राजनीतिक समस्या छ, राजनीतिक समस्याको समाधान नभई सबै क्षेत्रमा विद्यमान कुनै पनि समस्या समाधान हुँदैन भन्ने कुरा सबैले अुनभूति गरेका नै छन् । नेपालको राजनीतिक समस्याको यात्रा कहिले नटुंगिने अवस्थमा पुगेको छ । सिंगो देश समस्याको भूमरीमा फसेको छ । देश असफल, कमजोर र भ्रष्ट बनेको छ । देशभक्त र जनताप्रति जवाफदेही नेता देखा पर्न सकेका छैनन् । नेताहरूको तुच्छ व्यक्तिगत स्वार्थ र पार्टीगत संकिर्ण स्वार्थले गर्दा देश बर्बाद भएको छ । देश लामो समयदेखि राजनीतिक अभ्यासको प्रयोगशाला बनेको छ । आजसम्म भएका सबै राजनीतिक अभ्यास देश, काल, परिस्थितिअनुकूल बन्न सकेको छैन । गलत अभ्यासले गलत परिणाम जन्माएको छ । जुन कुरा पछिल्लो समयमा नेपालको संविधान २०७२ जारीबाट पुष्टि हुन गएको छ ।

देश भावनात्मक रुपमा पहाड र मधेशमा खण्डित भएको छ । पहाडी र मधेशी राष्ट्रियताबीच चर्को द्वन्द्व कायम भएको छ । यो द्वन्द्व गृहयुद्धको संघारमा उभिएको छ । पाँच महिने मधेश आन्दोलन र कथित भारतीय आर्थिक नाकाबन्दीबाट सिंगो देशको सम्पूर्ण क्षेत्र तहसनहस भइसक्दा पनि देशका रक्षक भनिएका राजनीतिक दलहरू मेलमिलाप र एकताको साटो स्वाधीनता र जनताको स्वाभिमान समाप्त पार्ने घृणित खेलमा रमिएका छन् । यो भन्दा दुर्भाग्य र बिडम्बना के हुन सक्ला ? 

के.पी. ओली नेतृत्वको सरकार एउटा कलंकित र राष्ट्रिय बोझका रुपमा देखा परेको छ । भूतले खाजा खाने बेलामा गठन भएको ओली सरकारले जग नै हँसाएको छ तर उसलाई जनताको डर र आफ्नो नालायकीपन प्रति कतिपनि लज्जा छैन । नैतिक, सैद्धान्तिक रुपमा पतित, संविधानको उल्लंघन गरी बनेको वर्तमान ओली सरकार जतिसक्दो छिटो ढल्छ त्यति नै छिटो राजनीतिक समस्यको निकास पाउन सकिने ऐना झैं छर्लङ्ग छ । राष्ट्रलाई बचाउनु छ, देशमा शान्ति, एकता र विकास कायम गर्नु छ भने समस्याको पहाडमाथि रमाइरहेको ओली सरकारलाई द्दण्ड स्वरुप ढाल्नै पर्दछ । ओली सरकार नेपाल र नेपालीका लागि आभिषाप हो ।

 भारतीय नाकाबन्दीले असीमित संभावना भएको नेपाललाई शून्य अवस्थामा पुर्‍याएको छ । उग्रराष्ट्रवादको नारा दिएर सत्ता स्वार्थका लोभी र पापी दलका नेताहरूले आत्मसमर्पणको बाटो तय गरेका छन् । मधेशी जनतामाथि विभेद र दमन कायम राखी वर्तमान ओली सरकार र उसका सहयोगीहरूले नेपाललाई थला परेको बुढो साँढे उठ्न नसक्नेझैं गरी थला परेको अवस्थामा पुर्‍याएका छन् । लोभी, पापी, स्वार्थी, भ्रष्टाचारी, अराजकता र अवसरवादी दलका नेताहरूबाट देश बर्बाद हुनु बाहेक अर्को बिकल्प छैन ।

 मुलुक यतिखेर कालो बादलमा रुम्मल्लिएको छ । कालो बादलमा चाँदीको घेरा देखिन्छ तर नेपालमाथि रुमल्लिएको कालो बादलमा चाँदीको घेरा छैन । कालो बादल खग्रास सूर्यग्रहणमा परिणत भएको छ । नेपाल दिउँसै अँध्यारो भएको छ । यमराजरुपी संवेदनाहीन केपी ओलीलाई सही सुझावले छोएको छैन । देशका सच्चा पहरेदार कतिपय सच्चा साहित्यकार, लेखक, संचारकर्मी, वुद्धिजीवीहरूले लिखित र मौखिक अर्ति उपदेश, ज्ञान, वुद्धि ओली सरकार समक्ष राखेका छन् तर विनाशकाले विपरित वुद्धिको दीनदशा लागेको प्रधानमन्त्री ओलीले त्यसको कुनै पर्वाह गरेका छैनन् । 

मर्न पनि नसक्ने, गर्न पनि नसक्ने अप्ठेरोमा फलेको फर्सीजस्तो प्रधानमन्त्री ओलीको पापकर्मले नेपाली जनताहरूले ऐतिहासिक रुपमा सास्ती पाइरहेका छन् । प्राकृतिक महाविपत्ति भूकम्पको पीडा भोगिरहेका नेपाली जनतालाई राजनीतिक पीडा झन अति कष्टकर बनेको छ । मधेशी जनताको आन्दोलन र भारतीय नाकाबन्दीमाथि पूर्ण दोष थुपरेर ओली सरकारले उम्कन पाउँदैन । उनलाई नैतिक दोषीका रुपमा कठोर दण्ड सजाय दिनै पर्छ ।

देशमा बहुदलीय व्यवस्था लागु भएको २६ वर्ष र गणतन्त्र स्थापना भएको १० वर्ष बितिसक्दा पनि देशलाई सही मार्ग दिशामा डोर्‍याउन नसक्ने वर्तमान शासन व्यवस्था म्याद गुज्रेको औषधि सरह भएको छ । जसरी म्याद गुज्रेको औषधीको सेवनले प्राणीको जीवनमा विभिन्न खाले साइड इफेक्ट्स अर्थात् नकारात्मक कुप्रभाव गर्नुका साथै मानव जीवन समाप्त पनि गरिदिन सक्ने सम्भावना बढी हुन्छ त्यसरी नै वर्तमान संघीय गणतन्त्र नामक संघीय व्यवस्था असफल र म्याद सकिएको औषधी सरह भएको छ । यसलाई धेरै दिनसम्म प्रयोगमा ल्याइयो भने मानवजीवन रुपी नेपालको अस्तित्व जोगाउन निकै समस्या पर्न सक्छ । यसतर्फ वर्तमान राजनीतिक दलहरूले बेलैमा आत्मलोचना गरी देशलाई सही मार्गमा ल्याएर शान्ति, राष्ट्रिय एकता र विकासकालागि अघि बढ्न चाहनेहरुकालागि मार्ग छोडिदिनु पर्छ । यसैमा सिंगो नेपाल र नेपालीको हित छ ।

प्रकाशन मितिः२०७२ माघ १४ गते बिहीवार

मुश्लिम देशहरुको प्राचिन ,पौराणिक , एतिहाँसिक चर्चा

मुश्लिम देशहरुको प्राचिन ,पौराणिक , एतिहाँसिक चर्चा

–प्रवीण अधिकारी

अरब शब्द संस्कृतको " और्ब " हो जसको अर्थ हो घोडा ! अरबी घोडा विश्वमा चर्चित छन् ! शुक्राचार्यले यहि बसेर शैव मतको प्रचार गरेका थिए ! त्यसकारण उनलाई कवि भनियो र कवि शब्द अरबीमा काबा हुन् पुग्यो ! काबा तीर्थ इस्लाम मतको एक तीर्थस्थल हो जहां मुसलमानहरु हज गर्न जान्छन ! हजको अर्थ हो " मुण्डन " ! " हज " शब्द बाटै " हजामत " शब्दको उत्पति भएको हो ! तीर्थमा आई मुण्डन गर्नु आर्य परम्पराको द्द्योतक हो ! हिन्दूहरु तीर्थमा गइ कपाल लुड्याउछन ! मुण्डन गर्दछन ! त्यस्तै मक्कामा हजामत संस्कार गर्ने गरीन्छ ! सनातनी हिन्दूहरुका पौराणिक ग्रन्थहरु अनुसार मक्कामा कर्मकाण्डी मग ब्रााहृणहरु उहिले बस्ने गर्थे ! तिनीहरुलाई हुसैनी ब्रााहृण पनि भन्ने गरिन्थ्यो ! ईरानी भाषामा मग भनेको तीर्थ पुरोहित हो ! हामी सनातनी हिन्दूहरुको तिर्थको पण्डा जस्तै ! शेखहरु अरबका शीर्ष व्यक्तिहरु हुन् ! जसरी सनातनी हिन्दूहरुमा शीर्ष ब्रााहृणहरु हुन्छन ! त्यै शीर्ष शेख हो ! शेखनै त्यहाका धर्माधिकारी हुन् ! मुहम्मद साहब शीर्ष थिए ! तिनैका वंशधर शेख कहलिए ! कूर्मपुराणमा " मग " को उल्लेख गरिएको छ ! त्यै मग कालान्तरमा मक्का हुन् पुग्यो र मन्दक मदीना "मग मन्दग....." हुन् पुगेको हो !
तुर्किस्तान 
=======
उहिले तुर्किस्तान अरब भित्रै थियो ! त्यहाँका मान्छेहरु नक्षत्र पूजा गर्ने गर्दथे ! चन्द्रमा र नक्षत्र तिनको संस्कृतिको अभिन्न अंग थियो ! तिनको झण्डामा चन्द्रमा र नक्षत्र (तारा) हुने गर्थे ! त्यस ठाउँका स्वास्नी मान्छेहरुले तारा युक्त लुगा लाउने गर्थे ! नक्षत्र पूजा गर्ने प्रेरणा अरवीहरुले तुर्कहरुबाट पाएका हुन् किनभने त्यस क्षेत्रमा सर्वप्रथम तुर्कहरुलेनै नक्षत्र पूजाको शुभारम्भ गरेका थिए ! कुनै समयमा इराक नक्षत्र पूजक मुलुक थियो ! त्याँहा चन्द्र मन्दिरहरु थियो ! ईश्लामी देशहरुमा आज पनि हामी सनातनी हिन्दूहरुको चान्द्र बर्षनै " हिजरी सम्बत " नामकरण गरी प्रयोगमा ल्याइने गरिएको छ !
हिन्दू ग्रन्थहरु द्वारा अरब क्षेत्रको पौराणिक वर्णन :
================================
चन्द्रवंशी राजा ययातिका दुई रानीहरु थिए ! देवयानी र शर्मिष्ठा ! देवयानी शुक्राचार्य र शर्मिष्ठा वृषपर्वाकी छोरी थिइन् ! देवयानीले यदु र तुर्वसु लाई जन्म दिएकि थिइन् र शर्मिष्ठाले द्रह्रु, अनु र पुरुलाई ! ययातिले दक्षिण र पूर्व भागमा तुर्वसुलाई राजा बनाएका थिए जसलाई तुरुष्क भनियो त्यै तुरुष्क अपभ्रंश भएर आज तुर्क हुन् पुग्यो ! तुरुष्कले आफ्ना चान्द्र बंशी पुर्खाहरुलाई भने बिर्सन सकेनन ! तिनीहरुले आफ्ना पुर्खाहरुको स्मृतिमा चन्द्र पर्व मनाउन थाले जुन " ईद "को रुपमा प्रचलित हुन् पुग्यो ! यी राजाहरुको झण्डामा चन्द्रमा र तारा देखाइयो ! उता श्रीकृष्णले गीतामा विराट दर्शन गराउदाको समयमा अर्जुनलाई भनेका थिए "म तारा /नक्षत्रहरुमा चन्द्रमा हूं " ! (नक्षत्राणां अहम् शशी)! चन्द्रमाको छोरो बुध थिए जो हरीयो रंगका थिए ! इस्लामी देशहरुमा हरीयो रंगको महत्व बढदै गएर हरियाली र मंगल सूचक मानिन थालियो ! शान्ति शन्देश दिन प्रत्येक बर्ष अघिल्लो बर्षको ११ दिन पहिले " शुभ दर्शन " गराउने उद्द्येश्यले ईद पर्व मनाइन्छ र त्यै इदले तिनका आर्य पुर्खाहरुको सम्झना गराउदै आएको कुरा हामी सनातनी हिन्दुहरु र मुश्लिमहरुले बिर्सिन मिल्दैन !
ईरान
====
महाभारत कालमा ईरानलाई " आर्याण " भनिन्थ्यो ! जहां राजा शाल्वले राज्य गर्दथे ! ती महाभारत युद्धमा समेत भागलिन त्यहाँदेखि आएका थिए ! त्यस बाहेक त्यस भूभागका थुप्रै राजाहरुले महाराज युधिष्ठिरले गरेको राजसूय यज्ञमा भाग लिएका प्रमाण महाभारत पढदा देखिन्छ ! त्यतिखेर ईरानका राजाहरुको उपाधी " आर्य मिहिर " थियो ! ईरानी भाषामा आर्य भाषाहरु प्रसस्त भेटिञ्छन ! जस्तो - मित्र (सूर्य) मिथ्र ,अग्नि आतर , यम लाई यिम ,र इन्द्रलाई बरथ्रहन जुन वृत्रासुरन्धको अपभ्रंश हो ! ईश्लामको आंधी बेरीले यिनलाई मुसलमान बनाए पनि तिनको मूल आर्यहरु भएको कुरो मेटाउन सकेन ! ती सोम अर्थात होमको पूजा अहिलेपनि गर्दछन !
ईरानीहरु प्राचिन विशिष्ट आर्य सौन्दर्यबाट सुसज्जित थिए ! ईरानको माटोमा सौन्दर्यकी देवी अप्सराहरुको गाउँ थियो ! जसलाई पैरिक भनिन्थ्यो ! संस्कृतको " परी " शब्दबाटै पैरिक बनेको हो ! ज्ञानथैयति एउटि देव परी थिइन् ! गान्धार जाति यसै क्षेत्रमा बस्तथे ! त्यतिखेर इनिहरुको संगीत स्वर लहरीबाट ईरानी उपत्यकाहरु गुन्जिंथ्यो ! काम गोत्रजा " कामायनी " यै गान्धारकी छोरी थिइन् ! उनले भेडाको ऊनबाट बनेको पारदर्शी लुगा लाउने गर्थिन ! ऋषि जरथुश्ट्र ईरान का थिए जो आर्यहरु जस्तै अग्निका उपासक थिए ! त्यतिखेर " अहुर मज्द " लाई यस देशको देउता मानिन्थ्यो ! त्यसताका आजको ईरान पारसिक, पह्लव, पारद आदि आर्य शाखाहरुको केन्द्र थियो ! ईनको भेषभूषा र लुगा सलवार, पाईजामा अहिले आधुनिक मुसलमानहरुको पहिरन हुन् पुगेको हो !
अफगानिस्तान
==========
महाभारतकालमा अफगानिस्तानको पश्चिमी भूभागमा जुन चन्द्रवंशी राजाहरु बसेका थिए तिनिहरुनै पछि गएर अपगण भनिन थालिए ! त्यै " अपगण " को विकृत स्वरूप अफगान हुन् पुग्यो र देशको नाम अफगानिस्तान भयो ! यसै देशमा गान्धारीको गान्धार थियो जो अहिले कान्धार हुन् पुगेको छ ! गान्धारी गान्धार नरेश सुबलकी राजकुमारी थिइन् ! जतिखेर अर्जुन यस देशमा राजसूय यज्ञकोलागि आएथे त्यतिखेर उनले ठूली आमा गान्धारीको जन्मभूमि भएको कारण त्यहाँको माटोमा उभिएर प्रार्थना गरेका थिए ! यसै ठाउँमा गज प्रदेश थियो जुन अहिले गजनी भनेर चिन्हीन्छ ! त्यहींको कुभा प्रदेश आधुनिक काबुल हो ! काबुल नदी नै प्राचिन " कुभा " हो ! बौद्ध कालमा याँहा प्रसस्त बिहारहरु थिए र पर्वतिय गुफाहरुमा भगवान बुद्धको प्रतिमाहरु प्रसस्त थिए ! अरबीहरु इस्लाम मत प्रचार गर्न याँहा आउँदा अधिकांश बौद्ध भिक्षुहरु काटिए र बाँकी रहन पुगेकाहरुले ईश्लाम धर्म अंगाले ! यी अफगानीहरु आज सम्म आर्यनै रहन सकेको भए अफगानिस्तान आजसम्म अपगण नै रहन सक्ने थियो ! मतान्तर र तरवारको जोडले आर्य अपगण जाति मुसलमान हुन् पुगे ! पाणिनिको जन्म अफगानिस्तानमै भएको थियो ! पाणिनीले उल्लेख गरेको अफरीद जातिनै मूलत: प्राचिन आप्रीति हुन् !
बलूचिस्तान
========
महाभारतकालमा शक्तिपीठ हिंगुला देवीको वरीपरी जो आर्य जातिहरु रहन्थे तिनलाई बलूच भनिन्थ्यो ! धेरै वीर , विक्रमी र बलशाली भएका कारण तिनलाई " बलोच " भन्दै लगियो ! इनका पुर्खाहरुले महाभारत युद्धमा भाग लिएका थिए ! यी जाति युद्ध प्रिय थिए त्यसकारण आज पनि यी आफ्नो अस्मिता र अतीत प्रति निकै जागरूक छन् ! यी बलूच आर्यहरु अहिले मतान्तरित मुसलमान हुन् पुगेका छन् !
पख्तूनिस्तान 
=========
सप्त सिन्धवदेखि सीमान्त प्रदेश सम्मको भूभागमा ऋग्वैदिक राजा पख्तको शासन थियो ! राजा पख्त गोवंशको सुरक्षाकोलागि कृत संकल्प थिए ! तिनको राज्यमा दूध-दही प्रसस्त हुन्थ्यो ! पख्त भूभागमा बस्ने जातिलाई पख्तु भनियो ! पख्त पख्तू हुन् पुग्यो र देश पख्तूनिस्तान भयो ! पख्तूनिस्तानको भाषा पश्तो हो ! जसमा आर्य भाषाको शब्दावली प्रसस्त पाईन्छ ! पस्तो जातिको खुखुर शब्द संस्कृत शब्द श्वसुरको अपभ्रंश हो !
मंगोलिया 
=======
मनुस्मृतिमा वर्णन गरिएको दरद, खश आदि पर्वतीय जातिहरुनै नेपाल , चीन, कोरिया र मंगोलिया सम्म फैलिएका थिए ! बुद्ध धर्मको प्रचार यी देशहरुमा प्रसस्त हुन् पुग्यो ! मंगोलियाको चंगेज खां आकाशको पूजा गर्दथे ! मंगोलियनहरु बुद्ध मार्गीबाट मुसलमान हुन् पुगे ! नेपाल बाहेक अरु देशहरुमा धेरै मुगलहरुले राज्य गरे ! हिन्दुस्थान पनि त्यसैमा पर्थ्यो ! त्यो मंगोलिया पहिला मौद्गलिक कहलिन्थ्यो ! त्यहा बुद्ध धर्मको प्रसार थियो ! देश-काल-वातावरणका कारण ती सबै इस्लाम धर्मका अनुयायी हुन् पुगे ! ईश्लाम युग पूर्व ती मूलत: सबै बौद्ध धर्मी थिए ! उनीहरुको मन्त्र "बुद्धं शरणं गच्छामि" तथा "संघं शरणं गच्छामि" थियो !
पाकिस्तान
=======
भारत टुक्रेर पाकिस्तान बन्यो ! पाकिस्तान संग नया कुरा खासै नहोला ! तर वैदिक सिन्धु नदि आज पनि त्याँहा बग्छिन ! भरतपुत्र तक्षको तक्षशिला त्यहीं छ ! यहाँका मानिसहरुको नशामा आर्य पुर्खाहरुको रगत दौडि रहेको छ !पाकिस्तानमा ऋगवेदको " मधुवाता ऋतायते मधु क्षरन्ति सिन्धव: " ऋचा गुन्जी रा होला ! त्यो भूभाग जम्बूद्वीप भरतखण्ड आर्यावर्त नै हो ! नृसिंह भगवानको जन्म पाकिस्तान मै भएको थियो ! रामका छोरा लवको नगरी लाहौर हो ! पाकिस्तानमा परुष्णी नदि आज नी बगी रहेकी छिन ! 
प्रवीण अधिकारी's photo.


यो लेख यहाँपनि हेर्न सक्नु हुन्छ
प्रकाशन मितिः२०७२ माघ १४ गते बिहीवार
लोकसेवा र सामान्य प्रशासनको वास्तविकता

लोकसेवा र सामान्य प्रशासनको वास्तविकता

–कृष्णबहादुर श्रेष्ठ

प्रजातान्त्रिक मुलुकमा सरकारले जनतालई सेवा प्रदान गर्नुपर्छ । त्यो सेवा स्वच्छ, सुलभ, समान र छरितो हुनुपर्छ । तर त्यस्तो नेपालमा देखिँदैन । नेपालमा हरेक पूर्व प्रशासकका महल हेर्दा विशाल देखिन्छन् । अहिले त गा.वि.स. र जिविसले गरेको भ्रष्टाचार त ठूलो छानबीनको विषय बन्ने गरेका छन् । जनताहरु साधारण सेवा प्राप्त गर्न सकिरहेका छैनन् । चारैतिर असन्तुष्टि नै असन्तुष्टि छ । यो कुरा गैर सरकारी संस्थाहरुको प्रतिवेदनले प्रष्ट देखाउँछ । आखिर नेपालको प्रशासन संयन्त्र किन यस्तो कमजोर, अव्यवस्थित, अनैतिक र भ्रष्ट भयो ? यसको कारण खोज्नु जरुरी हुन्छ । त्यसको लागि लोकसेवा आयोग, कर्मचारीलाई तालिम दिने नेपालको प्रशासनिक प्रतिष्ठान र मन्त्रालय तोक्ने सामान्य प्रशासन मन्त्रालय र दिनदिनैको कामकाज हेर्ने मन्त्री र यसका मुख्य सचिवहरुको मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । कर्मचारीलाई छान्ने संस्था भनेको नेपाल लोकसेवा आयोग हो । जसको काम सक्षम, कर्मठ र योग्य व्यक्तिहरुलाई छान्ने र प्रमोशन गर्ने हो ।

अब प्रश्च आउँछ के यो संस्थाले आफ्नो काम पूरा गरेको छ त ? जसको जवाफ पाउनको लागि त्यही संस्थाका पूर्व सदस्य डा. श्रीकान्त यादवलाई उद्धुत गर्नुपर्ने हुन्छ । डा. यादव प्रष्ट शब्दमा भन्नुहुन्छ– नेपाल लोकसेवा आयोगले योग्य मानिसलाई छान्नै सक्दैन र सक्षम मान्छेलाई बढुवा नै गर्दैन । किन छान्न सक्दैन भन्ने प्रश्नको जवाफमा वहाँले यसको परीक्षा प्रणाली र परीक्षमा लिइने विषयमाथि नै चुनौति दिनुहुन्छ । वहाँ सुरु गर्नुहुन्छ– “लोकसेवा आयोगमा २ किसिमको जाँच हुन्छ । एउटा लिखित र अर्को मौखिक । लिखित २ तहमा हुन्छ, प्रारम्भिक र मुख्य । प्रारम्भिक तहमा बहुत्तरीय प्रश्नहरु सोधिन्छ । ती प्रश्नहरु सुन्दा कुनै पनि सभ्य मान्छे लाजले मुर्छा पर्छ । एक शाखा अधिकृतको परीक्षामा सोधिएको प्रश्न देखाउँदै भन्नुहुन्छ– माकुराका कतिवटा खुट्टा हुन्छन् ? अब प्रश्न आउँछ, नेपालका प्रशासकहरुले माकुराका खुट्टाहरु कहाँ गन्नुपर्छ ? यदि त्यो काम प्रशासकले कहिल्यै गर्नुपर्दैैन भने त्यस्तो प्रश्नहरु सोध्नुके औचित्य के हो त ? त्यसको जवाफ कसैसँग छैन ।”

जब यस्ता उरन्ठेउला प्रश्नहरु पास गरेर मुख्य विषयको जाँच दिन जान्छन् ती परिक्षार्थीहरुलाई १ सय ५० पूर्णाङ्ककको नेपाली विषयको जाँच लिइन्छ । त्यो नेपाली जाँच नेपाली जनताले बोल्ने नेपाली नभएर सोह्रौँ शताब्दीमा मरिसकेको संस्कृतका शब्दमा को.का.की. रो.रा.री. जोड्नु मात्र हो । त्यसैले तयो विषयको पास मथुरा र अन्य संस्कृत विश्वविद्यालयबाट आउने टुप्पीवाला ब्राह्मणले मात्र पास गर्न सक्छन् । किनभने पूर्वको राई लिम्बूले नेपाली बोल्दा संस्कृत मिलाउन सक्दैन । बरु आफ्नै थेगो जोड्छ । तराईको मधेसीले मधेसी लवजमा नै लेख्न रुचाउँछ । काठमाडौंको नेवारले नेवारी भाषा ट:ट: मिसाउछ । गण्डकीको गुरुङले लेख्न, बोल्नै जान्दैन । मगरातको मगरको दम नै पुग्दैन । बिचरा सुदूर पश्चिमका जनताहरुको त भाषै मिल्दैन । यसैले त्यो जाँच पास गर्ने उम्मेदवारहरु ९४% पहाडीया ब्राह्मण हुन्छन् । त्यसमाथि त्यो प्रश्न निकाल्ने र जाँच्ने मान्छेहरु कि पुराना सचिव कि त पुराना कीर्तिपुरका नेपालीका गुरुहरु हुने हुनाले प्राय: स्याङ्जा, गुल्मी, तनहुँ र भोजपुरका पण्डितहरुले पास गर्दछन् । विडम्बनाको कुरा, स्याङ्जाको एकै ब्राह्मणको परिवारका ४ जना सचिव भएका छन् भने बिचरा कर्णाली अञ्चलबाट जम्मा १ जना शाखा अधिकृत बन्न सकेको छ । के ती स्याङ्जाली पण्डितहरु मात्रै नेपालका सक्षम र योग्य हुन् ? के संस्कृतमा लेख्नु मात्र विद्वताको चिन्ह हो ? यो प्रश्न आज टड्कारो रुपमा खडा भएको छ । डा. यादव अगाडि भन्नुहुन्छ– दोस्रो पेपरमा नेपाली निजामती ऐनको जाँच लिइन्छ यसमा ९३५ नायब सुब्बाहरु पास हुन्छन् । किनभने नायब सुब्बाहरुले ३५ वर्षसम्म लोकसेवाको जाँच दिन पाउँछन् । यसको प्रश्न पुराना महानिर्देशक र जनप्रशासनका प्राध्यापकहरुले निकाल्छन् र जाँच्छन् पनि ।

त्यसमा कुनै क्रिटिकल लेख लेख्न दिइन्न, हुबहु जसले शब्द शब्द घोक्छ त्यसैले पास गर्दछन् । त्यसैले हाम्रो प्रशासनमा बुढा घोकन्ते सुब्बाहरुको बाहुल्यता देखिन्छ । तेस्रो विषय शैक्षिक पेपरको रुपमा लिइन्छ । त्यसमा आफूले पढेको विषयमा जाँच दिने सबैलाई प्रावधान छैन । त्यसैले Physics, Chemistry, Mathematics जस्ता विषय पढ्ने तेज विद्यार्थी त्यसमा उत्तीर्ण हुनै सक्दैनन् । अन्तर्वार्तामा सदस्यहरु नै राजनीतिक भागवण्डाबाट आएका हुन्छन् । अन्तर्वार्तामा सदस्यले आ–आफ्ना विज्ञ बोलाउँछन् । आफू नै बस्छन् र मन्त्रालयको प्रतिनिधि मन्त्रीले पठाउँछन् । सबैले हावादारी प्रश्न सोध्छन् र खालि कागजमा छुट्टाछुट्टै नम्बर पेन्सिलले लेखेर खुला खाममा पठाउँछन् जुन लोकसेवा आयोगको अध्यक्षले खोल्छ । ती परीक्षकले पछि कसले कति नम्बर दियो हेर्न पाउँदैनन् । प्रशस्त धाँधली हुन्छ । डा. यादव फेरि भन्नुहुन्छ, योग्य मान्छेको प्रमोशन नै हुँदैन । किनभने त्यो शाखा अधिकृतलाई निजामति सेवा आयोगको मापदण्ड अनुसार उभन्दा माथिको हाकिम उपसचिव, सहसचिव र सचिवले कार्यदक्षताको मूल्याङ्कन गर्दछन् । त्यो मूल्याङ्कनको खास आधार नै छैन । त्यसको आधार भनेको चाकरी, घुस, नातावाद र कृपावाद मात्रै हो । कतिपय योग्य मान्छेहरुलाई T-paste लगाएर फालिएको, नम्बर सच्याई फेल गराइएको थुप्रै उदाहरणहरु छन् । प्राध्यापक यदुनाथ खनाल सधैं भन्ने गर्नुहुन्थ्यो– नेपालका खरदार र सचिवको क्षमता एउटै हुन्छ । Staff College को पुरानो निर्देशक डा. नर्सिङ नारायण सिंहको भनाइ पनि लगभग त्यस्तै थियो । डा. सिंह व्याख्या गर्दै भन्नुहुन्छ– विश्वविद्यालय फेल भएको मान्छे लोक सेवा पास हुन्छ । प्रोफेसर खनाल भन्नुहूनछ, उसँग स्नातकको प्रमाणपत्र त हुन्छ तर ज्ञान खतम भइसकेको हुन्छ । आफ्नो सानो स्वार्थको लागि सम्पूर्ण नैतिकता बेच्न पछाडि परिदैन । अब प्रश्न आउँछ– के प्राध्यापक खनालले भने जस्तै हाम्रा प्रशासकहरु असक्षम छन् त ? लेखकले २–४ वटा उदाहरणहरु पेश गर्न चाहन्छ । उदाहरणको लागि केही समय अगाडि विज्ञान सचिव भएका कृष्ण ज्ञवाली, बाल्मीकि संस्कृत विद्यापीठका उपज हुन् ।

उनले वेद पढे होलान्, कर्मकाण्ड पढे होलान् तर विज्ञान र स्थानीय विकासको बारेमा कसरी सचिव बन्न पुगे ? न योग्यता, न अनुभव । अहिलेका राष्ट्रिय योजना आयोगका सचिव राजनीति शास्त्रका विद्यार्थी हुन् तर उनी सञ्चार मन्त्रालयमा काम गरे जब कि उनलाई Mass Communication को बारेमा थाहै थिएन । भन्सार निर्देशक बने Fiscal Policy बारेमा केही थाहै थिएन । कलकत्तामा महावाणिज्य दूत बने तर वाणिज्यको बारेमा केही थाहै थिएन । त्यस्तै भुमिसुधार, वन र राष्ट्रिय योजना आयोगको सचिव बने जसमा उनलाई केही कुराको ज्ञान थिएन । जबकि यिनी नै सबैभन्दा योग्य सचिवमध्ये मानिन्छन् । त्यसैले गोरखपुरका डिएम पुष्कर पाण्डेले भन्ने गर्थे – नेपाल भारत बोर्डरका जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी सि.डि.ओ., एल.डी.ओ. र एस.पी उनीहरुसँग भेट हुँदा हिन्दीमा बोल्थे । ड्राफ्ट केही गर्न सक्दैनथे । भारतीय समकक्षीहरुले जे लेख्यो त्यसैमा सही गरेर आउँथे मासु र रक्सी खाएर ।

आज नेपालमा जननिर्वाचित सरकार छैन । यिनै प्रशासकहरु मन्त्री बन्न पुगेका छन् । गाउँमा गा.वि.स. सचिव, जिल्लामा स्थानीय विकास अधिकारी र केन्द्रमा पूर्व प्रशासकहरुले शासन जमाएका छन् । शासन बागडोर यिनकै हातमा छ । यी सबैका ठूल्ठूला दरबार छन् । छोराछोरी महँगा बोर्डिङ तथा विश्वविद्यालयमा पढ्दैछन् । र यिनीहरु एउटा न एउटा पार्टी समाएर राजनीति गर्ने दाउमा छन् ।

प्रकाशन मितिः२०७२ माघ सात गते बिहीबार
नेपाली नागरिक नालायक नै हुन् त ?

नेपाली नागरिक नालायक नै हुन् त ?

सन्तोष मिश्र
सन्तोष मिश्र
विश्वको सर्वोच्च शिखर माउण्टेन एभरेष्ट हिमालको काखमा बसेको एकमात्र हिन्दु राजतत्रात्मक मुलुक नेपाल थियो । वि.सं. २०६३ को जन आन्दोलन र १० वर्षे सशस्त्र माओवादी जनयुद्धले एकैसाथ २३८ वर्षको शाहवंशीय राजतन्त्र र हिन्दु राष्ट्रलाई नयाँ र समृद्ध नेपाल निर्माण गर्ने भनेर स्वाहा पारियो । नेपालको परापूर्वकालदेखि अवलम्बन गर्दै आएको आर्य सत्य सनातन हिन्दु धर्म र राजतन्त्रको क्रमभंग गरियो ।

शोभियत रुसका एक इतिहासकारले “इतिहासले कसैलाई कुनै पाठ सिकाउदैन तर जसले ईतिहासबाट कुनै पाठ सिक्दैन उसलाई इतिहासले सधैं दण्ड मात्र दिईरहन्छ ।” भनेझैं नेपालमा भइरहेको छ । जनआन्दोलनबाट स्थापित राजनीतिक दलका नेताहरूले विगतको इतिहासबाट पाठ नसिकेकाले उनीहरूले दण्ड र असफलताको पीडा सहनु परेको छ । आग्रह, पूर्वाग्रह, संकिर्णता, राष्ट्रघातबाट कुनै पनि नेता स्थापित हुन सक्दैन ।

कृतघ्न र स्वार्थी नेताहरूको अवस्था दूध उम्लिएर पोखिएजस्तो, पानीको फोकाजस्तो हुनेछ । नेपालका कुनै नेता असल र आदरणीय बन्न सकेका छैनन् । इतिहासमा उनीहरूको नामले निरन्तरता पाउन सकेको छैन । कुनै राजनेता बनेका छैनन् । दलका नेताहरूको नाम बदनाम र गुमनाम हुँदै गएको छ । दलका नेताहरूको नेतृत्त्वमा भएको आन्दोलनले आफ्नो उद्देश्य, लक्ष्य र उपलब्धी हासिल गर्न सकेको छैन । राष्ट्रिय स्वाधिनता, नेपाली जनताको स्वाभिमानको रक्षा गर्न दलका नेताहरूले सकेका छैनन् । उनीहरूको आत्मामा ग्लानी छ, पश्चाताप छ तर पनि निरर्थक जीवनकोनेता बनेका छन् । स्वनाम धन्य नेता, तथाकथित नेताहरूको नेपालमा कुनै कमि छैन । स्थापित, असल, आदरणीय, राष्ट्रवादी नेता नेपाली आमाले जन्माउन नै नपाई मर्ने हुन् कि भन्ने खतरा बढेको छ ।

 संकिर्ण कालो मन र राष्ट्रघाती प्रवृत्ति भएका जोकोही नेपाली र नेताले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अनादर गर्नु अस्वाभाविक होइन तर राष्ट्रप्रति वफादार कुनै पनि नेपाली नागरिकले राष्ट्रिय एकताका प्रतीक, राष्ट्रका अभियन्ता पृथ्वी नारायण शाहलाई आदर गर्दै आइरहेका छन् ।   कुनै रुपमा कसैसँग पृथ्वी नारायण शाहको योगदानको तुलना गर्न सकिंदैन र देशप्रति समर्पित समग्र नेपालका सम्पूर्ण नेपालीले श्री ५ पृथ्वीनारायण शाहलाई संझना नगरी रहन नि सक्दैनन् । नेपाल र नेपाली रहेसम्म पृथ्वी नारायण शाहको नाम र योगदान अजर अमर रहने छ । अखण्ड नेपालका देशभक्त नेपालीहरूले पृथ्वी नारायण शाहको ‘दिव्योपदेश’लाई आत्मसात गरिहरेका छन् । पृथ्वी नारायण शाले अर्जेको विशाल सुन्दर र शान्त नेपाल यतिखेर खुम्चिएको छ, कुरुप  अशान्त छ । पूर्वमा तिष्टा, पश्चिम किल्ला काँगडा, दक्षिणमा गंगा नदिसम्म फैलिएको नेपाल ब्रिटिस–ईण्डियासँग भएको सुगौली सन्धी पश्चात निकै खुम्चिएको छ । खुल्ला सीमाना रहेको भारतले नेपालको सीमा अतिक्रमण र नेपालमा भारतीयकरणको अभियान जारी रहेको छ । जुन कुरा राष्ट्र निर्माता पृथ्वी नारायण शाहले सोचेका र चाहेका थिएनन् । पृथ्वी नारायण शाहको ‘दिव्योपदेशमा जे जे कुरा नगर्नु भनिएको थियो त्यो त्यो कुरा अहिले राजनीति र कुटनीतिका नाममा गरिरहेका छन् । यो नै राष्ट्रिय दूर्भाग्य हो ।

पृथ्वी नारायण शाहको पालामा नेपालमा बाइसी चौबिसी राज्य र भारतमा ५४२ वटा राजा रजौटा थिए । पृथ्वी नारायण शाले नेपालभित्रको बाईसी–चौबिसी राज्यलाई एकीकरण गरी गोरखा रज्यको नाम परिवर्तन गरेर नेपाल राख्नुभयो । आधुनिक नेपालको निर्माणको जगमा ईटा राख्नुभयो । पृथ्वी नारायण शाहको ‘दिव्यापदेश राजनीति र कुटनीतिकालागि अहिले पनि ‘गाइड बुक’ नै छ । राजनीतिक दलहरूको विचारभन्दा निकै बहुपयोगी दिव्योपदेश देखिएको छ । सत्य र आवश्यकताको गुदी कुरा दिव्योपदेशमा छ । यतिखेर प्रगतिशील, प्रजातन्त्रवादी, जनवादी, संघीयतावादी, विखण्डनवादी नेताहरूले पृथ्वीनारायण शाहलाई राजनीतिक स्वार्थमा मुछ्न खोजेका छन् । पृथ्वी नारायण शाहको कद र छवि होच्याउने हिम्मतवाला, क्षमतावाला नेता कोही देखिएका छैनन् । पृथ्वी नारायण शाहले नेपाल र नेपालीको सर्वोत्तम हितकालागि दिनु भएको योगदानलाई राष्ट्रिय स्वार्थभन्दा बाहिर राखेर हेर्ने नकारात्मक दृष्टि राख्ने सच्चा जिम्मेवार र उत्तरदायि नेपाली हुनै सक्दैन । राष्ट्रलाई विखण्डन गर्ने, नेपाल र नेपालीको अस्तित्त्व मेटाउनेहरूले पृथ्वी नारायाण शाहलाई गाली गर्ने र विदेशी नेता र उनीहरूको विचारको प्रशंसा गर्नेछ, जुन काम यतिखेर नेपालमा भइरहेको छ ।

जनआन्दोलनमा राष्ट्रका अभियन्ता, सच्चा अवसरवादी अमर व्यक्तित्त्व श्री ५ पृथ्वी नारायण शाहको बारेमा लेखिएका कृतिहरू च्यातिए, ठाउँ–ठाउँमा राखिएका पृथ्वी नारायण शाहका फोटोहरू च्यातिए तर पृथ्वी नारायण शालाई बिर्सने काम भने भएको छैन । राष्ट्रिस्तरमा पृथ्वीनारायण शाहको जयन्ती र राष्ट्रिय एकता दिवस नमनाइएपनि जनस्तरबाट बडो उत्साहकासाथ पृथ्वी जयन्ती मनाइएको छ । पृथ्वी जयन्ती र एकता दिवसमा सार्वजनिक विदा दिएर राज्य सरकारले नै राष्ट्रिय स्तरमा मनाउनु पर्दछ भनेर सकारात्मक रुपमा रुपमा आएको जनआग्रहलाई राज्यले बेवास्ता गर्यो । राज्यले आयातित विदेशी धर्म अर्थात क्रिश्मसमा राष्ट्रिय विदा दिन हुने, देशभित्र भाँड भैंलो मच्चाउने नेताहरुको सम्मानमा राष्ट्रिय उत्सव मनाउने तर राष्ट्र निर्माताको सम्झन पनि नहुने ? राष्ट्रनिर्माताको यस्तो अनादर भइरहँदा पनि राष्ट्रवादी नेपाली नागरिकको संयमता आफैंमा आश्चर्यलाग्दो छ । के हामीले वर्तमान सरकार र संविधानलाई राष्ट्रिय इतिहास मेट्नकै लागि पठाएका थियौं, के हामीले संविधानमार्फत देशको रचयिता, राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको अपमान गर्नकै लागि वर्तमान गणतन्त्रात्मक व्यवस्था रोजेका थियौं ?  देशको सर्वोच्च पदमा पुगेका वर्तमान गणतन्त्रवादीहरु पुगेका छन् के यो देश यिनै गणतन्त्रवादीहरुले बनाएका हुन् ? राष्ट्रिय इतिहासलाई र राष्ट्रको निर्माणकर्ताको यत्रो अपमान भइरहँदा पनि मौनता साँधेर बसिरहने  राष्ट्रवादी नेपाली नागिरक नालायक नै हुन् त ? 

 नेपालको इतिहासको कालखण्डमा देशनिर्माण गर्ने महान र गौरवशाली काम पृथ्वी नारायण शाहले गर्नुभयो । यसलाई उछिन्ने नेता र व्यक्ति कोही देखा परेका छैनन् । पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आत्मसात गर्ने कुनै पनि नेताले आफ्नो जीवनमा कहिल्यै पनि हार्दैन । केही लेखकहरूले पृथ्वी नारायण शाहको विरुद्धमा मनगढन्ते, अनर्गल लेखहरू लेखेर मनको तुष पोखिरहेका छन्, यो उनीहरूको दृष्टिदोष हो, नकारात्मक सोंच र दृष्टिकोण हो । यस्ता मानिसहरू राष्ट्रकालागि ‘कोढी’ हुन् । वुद्धि बेचेर बिचार खाने वुद्धिजीवी खाइ जीवका चलाउने र अरुको वुद्धि र इशारामा हिंड्ने विवाद जन्माउने वुद्धिजीवीहरू तथा नेताहरूको हावी भएकाले यो देशले यो दूर्दशा भोग्नु र नेपाली जनताले यो सास्ती र अपमान खेप्न तथा सहनु परेको हो । पृथ्वी नारायण शाहले मुलुकभर फिंजाएको सन्देशलाई हामीले जति उच्च सम्मान दिन सक्छौं त्यति नै नेपालको अस्तित्त्व रक्षा भई नेपाल सफल, सबल र विशाल बन्छ ।

प्रकाशन मितिः २०७२ पुस ३० गते बिहीवार