Showing posts with label सामाजिक संजालबाट. Show all posts
Showing posts with label सामाजिक संजालबाट. Show all posts
पंचायत, राजा विरेन्द्र र गणतन्त्र

पंचायत, राजा विरेन्द्र र गणतन्त्र

सन्दर्भः वीरेन्द्र हत्याको १५ वर्ष

-प्रवीण अधिकारी
आज श्री ५ वीरेन्द्र बितेको पनि १५ वर्ष पुग्यो । नेपाली राष्ट्रिय भावना प्रखर हुनेले शव्द श्रद्धान्जली दिए होलान । रमाउनेले त्यो राजा भएको भए हामी शासन सत्तामा यस्तो मजाले हाली मुहाली गर्न पाउने थिएनौं भनेर काखी मच्याए होलान । एउटाको जरो नउखेली अर्कोलाई औषधि हुन्न भनि ठान्नेहरु, जे भयो ठिक भयो भनि दंगदास भईरहेका होलान् । आजका नेपाल विचित्रको छ । टोपी च्यातेर रुमाल हुन्न भन्ने पनि उनीहरुलाई थाहा छ तरपनि उनिहरु टोपी च्याति रहेका छन् । नेपालको राज्यव्यवस्थाको स्वरुपमा चर्चा गर्न यस्ता यस्ता कुराले मथिंगल हल्लाई रहन्छ । भावनाहरु ओहोर दोहोर गरी रहन्छ ।
एक स्वतन्त्र राष्ट्रको हैशियतले २०४५ सालमा नेपालले चीनसँग किन्न चाहेको केही एन्टी एयरक्राफ्ट गन आफै संग किन्नु पर्छ भन्ने दरिद्र सोच बोकेको भारतलाई मलजल हालेर उकास्ने तत्कालिन कांग्रेस र कम्युनिष्टहरुले भारतको सुदूर दृष्टि “भुटानको हैशियत” भित्र नेपाललाई पुर्याउन आजका मिति सम्म गरेको अथक प्रयाश भविष्यमा नेपालको राजनीतिक इतिहाँसमा लेखिदैं जाला तर त्यसको प्रत्यक्ष अनुभव यसपाला नेपालका स–साना स्कूले नानीहरुले पनि गर्न पाए । नेपाली नेताहरुबाट वि.सं. २००७ सालदेखि यही तानाबाना बुनिंदा र बुनाइदा भारतले नेपाललाई सधैं आफ्नो प्रभूत्व अन्तर्गतको राष्ट्रमा गणना गरी ल्यायो । अहिले गणतन्त्र नामको राजनीतिक व्यवस्थाले नेपाललाई कुदाउन थाले पछि त् झन् नेपाली नेताहरुको हैशियत भारतीय प्रधान मन्त्रीको जुत्तो दौराको फेरले पुछ्ने देखिन पुग्यो ।
वि.स. २०४४ सालमा नेपालको आन्तरिक खपतकोलागि हयियार किन्न लिएको स्वतन्त्र निर्णयलाई घुँडा टेकाउन तत्कालिन नेपाली कांग्रेस, एमालेको उक्साहटमा भारतले नेपाल सरकारलाई र नेपालका राजालाई पाठ पढाउने रणनीति अख्तियार गराइयो । तर श्री ५ वीरेन्द्र र प्रधान मन्त्री मरिचमान सिंह श्रेष्ठले गरेको निर्णय बदलिन चाहेनन् र नेपालकोलागि चाहिने हतियार चीनबाटै किन्ने निर्णय गरे र किनेपनि । त्यसपछि नेपालका प्रतिबन्धित दलहरुको उक्साहटमा विभिन्न अत्तो थापेर पारवाहन सन्धि नवीकरण नभएको नाममा नेपालमाथि आर्थिक नाकाबन्दी लगाइयो । राजनीतिक दलहरु दंग परे । खुशी भएर भूईमा न भाँडामा हुन पुगे । भारतको ओहोर दोहोर तीव्र बनाए । अझ भनौं भारतमा खाने र नेपालमा मैल्याउने गर्न थाले । तिनका भारतीय मन्त्रदाता गुरुहरुको ओहोर दोहोर बाक्लो पारियो । भारतले बि.सं. ०४२ सालमा भुटानलाई गरेको कुरो नेपालमा पूनरावृत्ति गराई छोड्यो । भुटानी नेताहरुले चिनियाँ नेताहरुलाई भेटेको निहुँमा चुनावको मुखमा पेट्रोलियम पदार्थमा अनुदान कटौति गरेर विपक्षी नेताले चुनाव जितेपछि मात्र अनुदान फेरि लागू गरेको घटनाको दोहोर्याइयो । नेपालको आन्तरिक राजनीतिमा “बहुदल घोषणा” गराएर राजालाई पाठ पढाएपछि भारतले घृणित नाकावन्दी कृष्ण प्रसाद भट्टराईलाई निमित्त बनाएर एकतर्फी रुपमा हटायो । नेपालमा आफ्नो ईशारा अनुसारको नेता उमार्नु र उनीहरुको जुत्तोमा पालिस लाइदिने सरकार भारतको भित्री ध्येय हो । ०४६ सालको जन आन्दोलनपछि बहुदलवादीहरुको सरकार बने लगत्तै भारतले पारवहन सन्धी गरेर आफ्नो त्यो रुप प्रष्ट्याई सकेको कुरा अहिले प्रौढ भएका प्रत्येक नेपालीहरुलाई थाहा हुनुपर्छ ।

भारतले नेपालमा लगाएको पहिलो र दोश्रो नाकाबन्दीका क्रममा नेपालमा नझुक्ने शासन व्यवस्था थियो । उसको तुच्छ नीति नेपालमा गतिलो गरी चल्न श्री ५ महेन्द्र र वीरेन्द्र बाचुन्जेल दिएनन् । पंचायतले नियुक्त गरेको प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई आजको दिनमा प्रत्येक स्वाभिमानी नेपालीहरुले सम्झिन्छन् किनभने पंचायतकालमा संवैधानिक रुपमा राजा सर्वोच्च भएपनि, राजाको प्रत्यक्ष शासन रहेता पनि, पंचायत व्यवस्थालाई अनुसाशित, स्वाभिमानी, मर्यादित साशन व्यवस्था भन्न प्रत्येक स्वतन्त्र नेपालीहरुलाई कर लाग्नेछ ।

अहिलेको गणतान्त्रिक राजनीतिक ब्यबस्थामा मौलाएको गुण्डा राज्य, अमर्यादित राजनीतिक संस्कार, नेता केन्द्रित चरीत्र, फूट्पाथबाट महलछाप बन्ने नीति, अनुत्तरदायी साशन ब्यवस्थाको, विदेशमा धन थुपार्नेको मरिहत्ते भै रहेको छ । अबको नेपालमा प्रधानमन्त्री भएर घर फर्केको मान्छे गाई पालेर त्यसको गोबर सोहोरेर बस्ने छैन । १७००० मान्छे मारेर ल्याएको गणतन्त्रले हुर्काएको ठूला नेताहरु दिल्लीको जुत्तोमा पालिस गर्न पुगिरहनेछन तर गाई पालेर बस्ने छैनन् । 

(अधिकारीको फेसबुक पोष्टबाट साभार)


कुख्यात परिचित हुने रहर

कुख्यात परिचित हुने रहर

– डि.पी. अधिकारी

कहिलेकाहिं एक्लै बसेर मधिलो आँखाले नेपालको नक्सा हेर्छु, हाम्रा पुर्खाले पूर्व मेची देखि पश्चिम तराई महाकाली सम्म, उत्तर देखि दक्षिण सम्म, हातेमालो गराएर नेपाल आमाको रक्षार्थ खडा गरिएका लाखौ करोडौ नेपाली नागरिकहरु । तर, ख्वै ति नेपालीहरु आज ? के उनीहरुलाई मातृभूमिले आफु मरेपनी, बेचिएपनि वा बलात्कार नै भएपनि, सबै पीड़ा आफैंले लिएर तिनका सन्तानले दु:ख नपाउन भनेर आफ्नो काखबाट फुस्कन नदिएकी र छातीबाट अलग हुन नदिएकि नै हुन त ? यदि यसो हो भने, यसको जिम्मेवार को त, स्वयं मातृभूमि या तिनका होनहार नेपाली सन्तान ?

तैपनि अचेल आफुलाई एकान्तमा बस्दा अपरिचित भएको आभाष हुने गर्दा, परिचित मात्र नभई कुख्यात परिचत हुने रहर लागेर आउछ । डर्बिनले भनेका थिए “म यसो पो होला की उसो पो होला की भनेर खोज गरिरहन्थे, नयाँ नयाँ कुरा पत्ता लगाईंरहन्थे, तर मानिसहरु त्यों कुरालाई बिश्वास गरेर संसारभर फैलाउँथे ।”
त्यसैले यसको लागी गर्नु नपर्ने भनिदिए पुग्ने शब्द हो “पृथ्वी नारायण शाह यो देशका गद्दार मात्र होइनन, विस्तारबादी हुन, मेरो अधिकार तिनै पृथ्वी नारायण शाहले खोसेका हुन, ज्ञानेले भाई मार्यो, निरंकुश सत्ता संचालन गर्यो, भाई मारेको मेरै आँखाले देखेको हो” ¤ बस यत्ति फुकिदिए हुन्छ, सेकेण्ड भरमा राष्ट्रवादी बनाएर आफुलाई राष्ट्रवादी भनेर भन्ने पत्रिकाहरुले पहिलो पृष्ठमा नै ठुलठूला अक्षरले डाम्ने मात्र होइन, राष्ट्रिय, अन्तराष्ट्रिय टेलिभिजनहरुमा अन्तर्वार्ताको लागी भ्याईनभ्याई नहोला त ? त्यसपछि आफु राष्ट्रवादी नेता मात्र नभएर कुख्यात परिचित बुद्दिजीवी पनि पक्कै बनिने थियो की ?

यि माथि उल्लेखित सबै त बनुँला, तर के आफुलाई यो मातृभूमिको सन्तान पनि हूँ भनेर भन्ने आँट आउला ? आफ्नो आत्मअस्तित्व बेचेर पाउने परिचयले के आफुलाई नेपाली हूँ भनेर भन्ने अधिकार प्राप्त होला ?

भनिन्छ की, कोही जन्मिदै राष्ट्रप्रेमी हुन्छ, राष्ट्र र स्वाभिमान प्रति उसको रगत प्रत्येक नशा नशामा बगेको हुन्छ । यस्तोमा जब देश पराधिनताको जकडीमा बाधिएको हुन्छ, त्यों बेलामा पनि मातृभूमिको काख र छातीमा टास्सीएर लाम्टा चुसी रहन ती मातृभूमिका सन्तानहरुलाई सुहाउला ? शरम नलाग्ला ?

भारतका गान्धिका गीत यहाँ घन्काईन्छ, चाहे उनी दुराचारी हुन वा यौनचारी । तर जसले यो राष्ट्र निर्माण गर्यो उसको नाम यहाँ लिए मात्र पनि अराष्ट्रबादी भएछु भन्ने कथितहरु खपेटा भित्र अनुहार लुकाएर राष्ट्रवादीको पगरी गुथेर बसेका छन् । अन्तमा आउनुहोस् देश आफ्नै हो, राष्ट्र आफ्नै हो, मातृभूमि आफ्नै हो, रक्षार्थ भएर हातेमालो गरौ । जय होस ।।
नयाँ संविधान: राजनीतिक मलको डिपार्टमेन्टल स्टोर

नयाँ संविधान: राजनीतिक मलको डिपार्टमेन्टल स्टोर

–दधिराम आचार्य
अर्थ राजनीतिले पूर्ण रोजगेरीलाई विकासको परिसूचक मानेको छ । विकास भन्नु र पूर्ण रोजगारी भन्नु एउटै कुरा हो । विकास माने पूर्ण रोजगारी साधन र साध्य दुवै हो ।

यो स्वतन्त्रता जस्तै जो आफैमा साधन र साध्य हो । संसारमा खोजेको पाइन्छ । गन्तव्य नै निर्धारित छैन भने निर्णयहीनताको अवस्थामा पुगिन्छ । नेपालको अर्थ राजनैतिक अवस्था यही हो । संविधान निर्माणलाई लक्ष्य मानियो । जस्तो भएपनि जारि भयो । लक्ष्य निर्धारण जे गरियो सो प्राप्त भयो । पूर्ण रोजगारी अर्थात विकास खोजिएको हैन । संविधान निर्माणलाई किन उद्देश्य बनाइयो ? किन कि नेपालको राष्ट्र निर्माणको औचित्यलाई इन्कार गर्नु थियो । नेपाललाई असफल राष्ट्र सिद्ध गर्नु थियो । संविधान निर्माण भनेको गलत उदेश्य हो । नेपाललाई लक्ष्य बिनाको बेबारिसे राष्ट्र सिद्ध गर्नु हो ।

विगत पाँच हजार वर्ष देखि विश्व रंगमन्चमा उपस्थित राष्ट्रलाई राष्ट्र नै हैन भनेर सिद्ध गर्ने विषयमा नेपालको हित नचाहने देशी विदेशी तत्वहरू एक हद सम्म सफल भए । म हुनु आफै एक वास्तविकता हो । तपाई हुनुलाई पनि बास्तबिकता मान्न सकिन्छ । तपाइ एक वास्तविकता हो कि हैन भनेर प्रमाणित गर्नु आबश्यक छैन । यो सम्बिधान निर्माण यस्तै पागलपन हो । नेपालीहरूले हामी पागल नै हौ भनेर आफ्नो परीक्षा आफै दिए र पागलको प्रमाणपत्र लिए । संविधानसभा यस्तै एउटा पागलखाना हो । पागलको प्रमाणपत्र जारी गराउने काममा सफलता पायौ भनेर मखलेल छन् बहुदलीय मोर्चा । पागलमा प्रमाणित हुन पाएको गौरब । काशी जाने कूतिको बाटो भनेको यही हो ।

बुद्धिमान राष्ट्रिय नेतृत्वले यस्तो गलत निर्णय लिदैन । विकासशील देशमा ७० प्रतिशत मानिस असमान्य मानसका हुन्छन् भनेको सिद्ध भयो । कतिलाई राजनैतिक उद्योग चलाउनु थियो । कतिलाइ राजनैतिक मल चलाउनु थियो । कतिलाई जे खोजेपनि पाइने डिपार्टमेन्टल स्टोर । यो सबै पाइन्छ संविधानमा । जनताले माल पाउदैनन्, पैसा हुँदा पनि । सामानको सूचि पाउछन् । मुखियाहरूले नगद नारायण पाउछन् । जनताको काम “जोडगर बराजै तिमलाई हाम्रो साथ छ”। साढे जुधाएर रमिता हेर्ने चलनसँग ठिक मिल्दो जुल्दो । यसबाट नेपाली समाजलाइ क्षत विक्षत (पक्ष बिपक्षमा)पार्नु थियो । कस्को स्वार्थमा रहेछ प्रष्ट छ ।
ज्यानमारा अंक २६ !  यो कस्तो संयोग ?

ज्यानमारा अंक २६ ! यो कस्तो संयोग ?

–प्रवीण अधिकारी

चीनको भूकंप - २६ जुलाई १९७६
गुजरातको भूकंप - २६ जनवरी २०११
हिंद महासागरको सुनामी - २६ दिसंबर २००४
भारतको मुंबई हमला २६ नवंबर २००८
ताइवानको भूकंप - २६ जुलाई २०१०
जापानको भूकंप - २६ फ़रवरी २०१०

सधैं किन "२६ " 
यो संयोग हो या गम्भीर हुने कुरा ?

रोड्स भूकंप - २६ जून १९२६
उत्तरी अमेरिकाको भूकंप - २६ जनवरी १७००
यूगोस्लावियाको भूकंप - २६ जुलाई १९६३
मेरापी ज्वालामुखी विस्फोट - २६ अक्टूबर २०१०
ईरानको भूकंप - २६ दिसम्बर २००३ (६०,००० मृत)
तुर्कीको भूकंप - २६ दिसंबर १९३९ (४१ ,००० मृत)
Kansu, चीनको भूकंप - २६ दिसम्बर १९३२ (७०,००० मृत)
पुर्तगालको भूकंप - २६ जनवरी १९५१ (३० ,००० मृत)
Krakatau ज्वालामुखी विस्फोट - २६ अगस्त १८८३ (३६ ,००० मृत)
आचे सुनामी - दिसंबर २६ , २००४
Tasik भूकंप - २६ जून २०१०
Mentawai सुनामी - २६ अक्टूबर २०१०
मुंबई बाढी - २६ जुलाई २००५

(अधिकारीको फेसबुक वालबाट साभार)
त्यसै भन्न पाइन्छ भ्रमण असफल ? यी हेर्नुस् उप्लब्धिहरु

त्यसै भन्न पाइन्छ भ्रमण असफल ? यी हेर्नुस् उप्लब्धिहरु

-सन्तोष चिमरिया
भ्रमण असफल भयो भन्ने ? संयुक्त बिज्ञप्ती आएन भन्ने ? के लेर आईस भनेर सोध्ने ? म माईत गा'हुम र थुन्सेमा कोसेलीपात ल्यार आउनलाई माकाफुईहरु ! सुस्मा दिदी र म अर्थात हामी, कुम्भको मेलामा छुट्या रछौ । भ्याट्ट आमाले लगाई दे'को लकेटले दिदि र मेरो पुनर्मिलन भयो । दिदि ठ्याक्कै ४ दिनले जेठी हुनुहुदो रहेछ । के भाइ भन्दा दिदी ४ दिनले जेठी हुनु उपलब्धि हैन ? के ६० बर्ष पछि दिदिभाईको पुनर्मिलन हुनु उपलब्धि हैन ? पहिला गहुंको रोटी र तराईका बेटीको संबन्ध थियो । मेरो भ्रमण पछि अब गहुको हैन तिहारमा दिदिले भाईलाई दिने सेलरोटीमा सम्बन्ध उक्लेको छ । चिल्लो पनि ,मीठो पनि ,गुलियो पनि ! के यो उपलब्धि हैन ? सम्बन्ध बेटी-दामादबाट दिदिभाईमा उक्लेको छ । के यो उपलब्धि हैन ?

       उपलब्धिहरुको चाँङमा अर्को उपलब्धिकै कुरो गर्नुपर्दा पुनर्निर्माण हेर्न गुजरात गईयो ।
त्यहाँ भुकम्पपछिको पुनर्निर्माण त हेरियो हेरियो , साथमा आफ्नै राष्ट्रिय झण्डाको पुनर्निर्माण भएको पनि देख्ने सौभाग्य मिल्यो । तीन कुने झण्डा पुनर्निर्माणमा परेर आजकलका चल्तीका स्मार्ट टिभी जस्तो चारकुने भएछ । के त्यो उपलब्धि थिएन ? भारतले हामीलाई बराबरीको हैसियत दिएन भनेर सधैं बाँसाघारीका रुप्पी झै कराउने कथित राष्ट्रबादीहरुलाई म प्रश्न गर्न चहान्छु , राष्ट्रिय झण्डामा एउटा कुनो थपेर भारतको बराबर बनाउनु उपलब्धि हैन ? आजसम्म कुन चाहिँ प्रधानमन्त्रीले त्यसो गर्न सकेको थियो ?
       बिरोधका लागि मात्रै बिरोध गर्नु उचित छैन । छ दिनको भ्रमण उपलब्धिमुलक रहयो । मनिषासंग भेट भयो । लाल दोपट्टावाली तेरा नाम तो बता भन्नेमा नाच्ने त्यो गोबिन्द हिरोसंग भेट भयो । सधैं नाम मात्रै लेख्ने त्यसको थर सोधौला भन्ने थियो, भुसुक्कै बिर्सेछु । नभएको एउटामात्र उपलब्धि भनेकै त्यही गोबिन्देको थर सोध्न भुलेछु त्यति हो । त्यो पनि कमल थापालाई पठाएर उपलब्धि हासिल गरेरै छोड्छु । बाकी सबै कोणबाट भ्रमण एतिहासिक रुपले सफल भयो ......


( चिमरियाको फेसबुक वालबाट साभार)

यो साझा प्रयत्न गर्ने वेला हो

यो साझा प्रयत्न गर्ने वेला हो

–स्वयम्भुनाथ कार्की
नारायणहिटी छोड्ने वेलामा पत्रकार सम्मेलन मार्फत राजाले अत्यन्तै मार्मिक उद्गार व्यक्त गर्नु पर्‍यो ।

मानविय संवेदनामा सुदुर पश्चिमका बाढी पहिरो पिडितहरुलाई सहानुभूतिको हात लिएर भेट्न गएका राजाले क्षोभ व्यक्त गर्नु पर्‍यो ।

पहिलो घटनाको वेला अहिले राजसंस्थालाई आफ्नो मात्र पेवा ठान्नेहरुको जमात मुख लुकाएर बसेको थियो भने प्रतिकुल परिस्थितिमा पनि आस्थावानहरु अश्रुपुर्ण नेत्र र मनमा पिडा बोकेर राजाको नारायणहिटीबाट बहिर्गमनको वेलामा राजा उपर आफ्नो विश्वास प्रकट गर्न जम्मा भएका थिए ।

दोश्रो घटनाको वेलामा राजसंस्थालाई पेवा मान्नेहरुको जमात हावी भै सकेको थियो तर यो संभावित क्षोभ टार्न केही प्रयत्न गर्नुको साटो पुत्ला जलाउन र भाषणमा आगो उकेल्न व्यस्त थियो ।

उनको अगाडी अनि त्यहाँसम्म खवर पुग्ने गरेर ‘राजा आउ, देश बचाउ ’ नारा लगाएर कर्तव्य पुरा गरेको दावी गर्दै थियो । आफुलाई आवश्यक परेको वेला यीनीहरुलाई आफ्नो साथमा नदेखे पछि राजाले ‘राजा आउ देश वचाउ’ नारा लगाउनेहरुलाई त्यसो नभन्न र जनता आउ देश बचाउ भन्न अनुरोध गर्नु पर्‍यो ।

जनतामा राजसंस्था प्रतिको आस्था थियो अनि छदैछ । यो कुराको प्रमाण राजाको क्षणिक उपस्थितिमा पनि एक झलक पाउन जुट्ने गरेको जनताको उपस्थितिले दिदैछ । त्यसमाथि सबै तिर कुनै न कुनै रुपको राजसंस्थाको नेपालमा आवश्यकता छ भन्नेहरुको उपस्थिति छ ।

नारायणहिटी छोड्ने वेलामा जनतामा रहेको आस्था पलप्रतिपल बढेको छ । संस्थागत भैसकेको गणतन्त्र भने निरन्तर जनता बीच अलोकप्रिय हुँदैछ । गणतन्त्रको यो निरिहताको लक्षणको रुपमा राजा सहितको प्रजातन्त्रको वकालत गरिरहेको राप्रपा नेपाल पनि एक हो ।

यो भन्दा ठूलो विडम्वना के हुन सक्छ कि राप्रपा नेपालले आफुले विपक्षमा मतदिएको गणतन्त्रिक संविधानलाई उत्कृष्ट भनेर उसैले सावित गरिदिनु परेको छ ।

नारायणहिटी छोड्ने वेलामा भनिएको थियो , ‘ राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्र र धर्म, कूलधर्म र राजपरम्पराअनुरूप मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरु कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउछु ।

तत्कालीन हिन्दूअधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आवस भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु ’ । यो कुरामा उनी हमेशा अडिग छन ।

पृथ्वीनारायण शाहले जनताको साथ लिएर नै जनता रिझएर नै नेपालको जग बसाले, महेन्द्रले जनताको साथ पाएर नै नेपाललाई अन्तराष्ट्रिय मञ्चमा समेत स्थान दिलाउन सफल भए । भविष्यमा पनि जे जस्तो होस त्यो जनताको साथले नै होस भन्ने भाव राजाले अनेकौ पटक व्यक्त गरिसकेका छन ।

सबै नेपाली मिल्नु पर्दछ भनेर निरन्तर भन्दैछन । तर ‘राजावादी’ भनिनेहरु जनता समेतलाई मिलाएर आफु मिल्ने सोचमा छैनन । ७२ सालको पुस २७ र फागुन ७को सन्देशले अनुकुल देखेर समर्थन गरेको जस्तो गरेर राजसंस्था आफुले स्थापना गराएको भ्रम दिन तल्लिन भएका छन ।

जनता आफैले प्रयत्न गरेर वनाएको परिस्थितिलाई विभिन्न समुहमा विभाजन गरेर आफ्नो दुनो सोझेयाउने प्रयत्न हुँदैछ । यदी यो नभए मिलेर साझा लक्षको निमित्त काम गर्नुको साटो अआफ्नो समुह बनाएर एक्लाएक्लै नारा लगाउनुको के अर्थ ?

नेपालमा राजसंस्थाको अपरिहार्यता देख्नेहरुले कुनै व्यक्ति वा समुहको सहुलियतको पक्षपोषण गरेका हैनन । उनिहरुले नेपालमा एक पटक फेरी राजा र जनताको संयुक्त अभियान चाहेका हुन ।

जसरी पृथ्विनारायण शाहले जनतासंग मिलेर आधुनिक नेपाल बनाए, जसरी महेन्द्रले जनतासंग मिलेर नेपाललाई मध्ययुगबाट तानेर आधुनिक युगमा प्रवेश गराए त्यही खोजेका हुन ।

आज नेपालको अस्तित्व निमित्त मात्र नभएर जीवनयापनका सामान्य काम पनि दुरुह भएको छ । नेपालले फेरी एक पल्ट राजा र जनताको संयुक्त अभियान खोजेको छ । यस्तोमा नेपाललाई माया गर्नेहरुको एकताको आवश्यकता छ ।

यो वेलामा सबै राष्ट्रभक्तले आफ्नो मर्यादाक्रम खोज्ने हैन बरावरी भएर काम गर्ने वेला हो । अलग अलग प्रयत्न गरेर भोली आफ्नो योगदान (?)को कचौरा फैलाउने बाटो खोज्ने हैन । यसवेला ठूलोसानो खोज्न थालेमा नेपालको अस्तित्व जोगाउन कठिन हुनेछ । त्यसैले राष्ट्रभक्तहरुको एकता आजको आवश्यकता हो । यो अनेकौ नामले संगठन खोल्ने वेला हैन साझा प्रयत्न गर्ने वेला हो ।

स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।११।१०
(गोरखा एक्सप्रेस)
नेपालीहरुको पुर्पुरो

नेपालीहरुको पुर्पुरो

प्रवीण अधिकारी's photo.
 गोकुल ढकाल
नेपालीहरुलाई माथि उकास्ने कसम खाएका प्रचण्डहरुलाई हजारौं मान्छेका अगाडि एउटा कार्यकर्ताले झापड हान्ने आँट गर्दा झापड हान्नेलाई भरौटेहरुले मरणासन्न हुने गरी कुटेको यै मुलुकमा हो ! नयाँ सपनादेखाई १२ बर्षे मान्छे मार्ने माओबादीको खेल र २८ साले मान्छे मार्ने खेल , जहाज लुट्ने र भारतीय आर्मी मुक्ति सेनाको नाममा छिराउने नायकहरुले यो देशमा हाली मुहाली गरेको बर्षौं भयो !

राजनीतिक पार्टीको अरबौं रुपैया उपेन्द्र महतोसंग मिलेर हाइड्रो पावरमा लगानी भएको यै मुलुकमा हो ! गोल्छाको जस्तापातामा लागानी भएको पनि यै मुलुकमा हो !चौधरीको चाउचाउमा लगानी भएको पनि यै मुलुकमा हो ! खेतानसँग बैंकमा लगानी भएको पनि यै मुलुकमा हो ! वास्तविकता अझ खुल्दै जाला ! सर्वहारा अझ धनाड्य बन्दै जालान ! साँचोबोल्ने मुक्तिनाथ अधिकारी जस्तालाई रुखमा झुन्ड्याएको यंही हो ! १७००० को रगतमा खोलो बगेको पनि यांही हो ! नेपालबाट साझा बस बिलायो, गच्छदारको अग्नी यातायातको कारण ! दुर–संचार डुब्न आण्ट्यो एनसेलको कारण ! गोरखकाली टायर बन्द भयो महिन्द्राको टायर कन्टेनरका कन्टेनर आयतका कारण ! बनका सारा जडिबुटी सकिए, गच्छदारका कारण ! गोर्खे खुकुरीको शान मासियो, पार्टीका भिजिलान्तेहरुका थ्री नट थ्रीका कारण !

यै देशमा क्यान्सरका कारण जगदिश घिमिरे मरे उता नारायणकाजीले उपचारकोलागि पीए सहित जापानमा ४ करोड सरकारी ढुकुटी रित्याए ! हाम्रा घरमा भुटुन छैन, प्रचन्डका टाउकामा जेल टल्के ! एकसरो लुगा नपाएर नेपाली मर्दैछन शेरबहादुरलाई छाकै पिच्छे बियर तान्दैछन् ! झमक घिमिरेलाई लेख्न मसी छैन उता १ किलोमिटर परै फ्रान्सेली अत्तरले झलनाथ बसाई रहेछ ! हाम्रो मुखमा माड लाग्दैन सुजाता इटलीमा करोडको झोला किन्छिन ! आखिर कसरी ?

आफूलाई क्रान्तिका नायक भन्नेहरु कार्यकर्ताका बुई चढेर खोला तर्छन ! झलनाथले प्ररायु संघका कार्यकर्ताको बुई चढेर खोला तरेको सबैले देखे ! अर्जुननरसिंहले नुवाकोटको खोला पनि त्यसरी नै तरे ! प्रचन्डजीलाई बुइ चढाउनेहरु कति कति ! नजिकै मुस्ताङ गाडी पार्क गरेर सुरक्षाकर्मीका लावालस्कर सहित राउटेको घरमा भात खाको जनबाद र कम्युनिज्म देखाउन भट्टराई बुई चढे ! आखिर यो ढोंग किन ? समाजवादकोलागि जीवनको सर्वस्व दिएको भनि नथाक्ने कांग्रेसीहरु एउटा जाबो खोलो तर्न सक्दैनन ? त्यसो भए लौह पुरुष गणेशमान जेलको ढलबाट कसरी बाहिर निस्के त ? १५ हजार नेपालीको रगतको खोलो बगाएर संसारको अलौकिक क्रान्ति गरेका र गोरखा जेल ब्रेक गरेका कार्यकर्ताका नेताहरु खोलो तर्न सक्दैनन ? जनताको रगतमा होली खेल्नेहरु, हिलोमा पाइला राख्न सक्दैनन् ? के हिलो र खोलोमा टेक्दा प्रचन्डको ३ लाख पर्ने घडिमा पानी पस्छ ? झलनाथको अत्तर पानीले चिस्याउछ ? केसीको कपाल पानीले खुइल्याइदिन्छ ?

हामी खोला तार्ने बाहानमा यिनीहरुलाई बुइ चढाउँछौं किन ? त्यति सस्तो छ, हाम्रो बुई ? हाम्रो इमान ? त्यति नालायक पिठ्युं हो हाम्रो ? भ्रष्ट र लाचारहरुलाई बुईमा राखेर दासताको असली भरौटे भएका छौं, हामी ! राष्ट्रियता र आन्दोलनको नाममा धेरै वर्षहरु दियौं हामीले ! अवसर दियौं, भत्ता दियौं, खानलाई भनेर छानी–छानी मन्त्रालय दियौं, मेलम्ची दियौं, सुस्ता दियौं, कालीगण्डकी दियौं ! संगसंगै खोलेको थाइ एयरलाइन्स हेरेर आंशु झार्दै नेपाल वायुसेवा निगम दियौं, आयल निगम दियौं, प्रहरी प्रशासन दियौं, दूर्–संचार दियौं ! सत्र हजार बुवा–आमा, दाजु–भाइ, दिदि–बहिनी र नावालक दियौं, गोला बारुद दियौं, साथमा भाको बन्दुक दियौं र हातमा भाको पौरख दियौं ! हामीले के दिएनौं र ? तर यिनीहरुले हामीलाई त्यस्तो के दिए, जसको पुरस्कार स्वरुप अब बांकी रहेको एउटा कांध पनि दिंदैछौं ? तर वास्तविकता था नपाउन्जेल उसैले कांध दिन्छ, अनि धोका पाए उसले झापड दिन्छ अनि जुत्ताले झटारो हान्छ !

इमान्दार नेताले इमानको राजनिती गर्न सकेन भनेर बीपीको नाममा कहाँ कसले धूप बलेको छ र ? मदन भन्डारीको जबज कता बिलायो ? मनमोहनको आफ्नो गाऊ आफैं बनाउन कता पुग्यो ? पुष्पलालको अस्तीत्व खोइ ? विद्या भण्डारीले आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउन के गरिन् ? झापा आन्दोलन गर्ने सीपीको हालत हेरौं ! पञ्चायतताकाका निर्णयक बार्तावाल राधाकृष्ण कहाँ पुगे, पुगे ! जातियताको नाममा गोरेबहादुरले राजाको हातको टीका लाएसरीको राजनीति के राजनीति ? केबल कुर्सीका लागि लटारो रहिरहे झापड्, जुत्ता र थाकेका बुईहरुले भोली के गर्लान्, के गर्लान !

प्रवीण अधिकारीको फेसबुक वालबाट साभार
दलित र गरिब हुनु यो  बालकको अपराध हो ?

दलित र गरिब हुनु यो बालकको अपराध हो ?

सरोज मिश्र
यी बालक सौगम परियारका बारेमा मैले धेरै पल्ट उल्लेख गरिसकेको छुं । यिनी अब मेरो परिवार र जीवनको अभिन्न अंग हुन् ।

यिनी गत फाल्गुण १ बाट तीन बर्ष पूरा भए । त्यही दिन बसंत पंचमी पनि परेको हुंदा नजिकैको सरस्वती मन्दिरमा लगेर अक्षरारम्भ पनि गराइयो !

यहि सन्दर्भमा हिजो एउटा अनौठो (?) एबं व्याख्या गर्न मुश्किल बार्तालाप भनुं कि घटना भनुं घटित हुन पुग्यो ! यिनको पूर्ब प्राथमिक तहको औपचारिक शिक्षा प्रारम्भ गर्ने ठिक समय भएको महसुस भयो र त्यसैकारण काठमाडौको एक नाम चलेको प्रतिष्ठित बिद्यालयका हर्ताकर्ता बिद्याबारिधीधारी चिनजानका ब्यक्ती संग यिनलाई भर्ना गर्ने बारेमा कुरा गरें । गरिब, श्रमिक आमाबाबु र लगभग म कहाँ आश्रय लिएर बसेका ! त्यसमाथी दलित ! मैले सोचेको थिएं - ती "प्रगतिशील डाक्टर साहेब" खुशी हुनेछ्न् र सक्दो सहयोग गर्न अघि सर्नेछ्न् ! तर, तिनको प्रतिक्रिया मेरा लागि स्तब्ध बनाउने खालको थियो ! उनले भने - "छात्रवृत्ति ठूलो कुरो भएन ! सरले भन्नु भएपछी भैहाल्छ ! तर, त्यो परिवारले हाम्रो स्तर धान्न सक्दैन ! त्यसो भएको हुंदा नगरौं !" मैले "तपाईं सक्दो गर्नुस्, तपाईंको स्तर कायम गर्ने जिम्मा मेरो भयो" भन्दा पनि उनको जवाफ थियो - "होइन सर, बिचमा छोड्छन ! अनि बिचल्ली ! सरलाई मेरो सल्लाह - सरकारी स्कूलमा भर्ना गरिदिनोस् ।"

सौगमलाई कहाँ भर्ना गर्नु पर्छ र उनको स्तर "सम्भ्रान्त सुकिला मुकिला" हरूका सामू कसरी कायम राख्नु पर्छ त्यो मैले जानेको छुं । सौगमलाई सहर्ष स्विकार्न र सहयोग गर्न धेरै "बुर्जुवा प्रतिक्रियाबादी सामन्ती" तयार हुन्छ्न् भन्ने पनि मलाई बिस्वास छ !

महत्वपूर्ण प्रश्न चाहिँ के हो भने सौगम गरिब र दलित हुनु उसको अपराध हो ? फगत यहि कारणले "कामरेड डाक्टर साहेब" को "कुलीन" बिद्यालयमा उनी नअट्ने हो ?

यो व्याख्या र मनस्थितीलाई के भन्ने ? डाक्टर साहेबको बिद्याबारिधीलाई के नाम दिने ? अनि उनको "सामाजिक उत्तरदायित्व" र "प्रगतिशीलता" लाई के उपमा दिने ?

मिश्रको फेसबुक वालबाट साभार
राजनीतिक अस्थिरताको कारण देखाउँदै नेपाली युवाद्वारा नागरिकता परित्याग

राजनीतिक अस्थिरताको कारण देखाउँदै नेपाली युवाद्वारा नागरिकता परित्याग

सुभाषप्रसाद साह
बारा । नेताहरुले देश बिगारेको भन्दै बाराको बिसुनपुर-९ निवासी ३४ वर्षीय नसरुलाह अन्सारीले नेपाली नागरिकता परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दर्ता गर्दै उनले नेपाली नागरिकता त्यागेको घोषणा गरेका हुन् । उनले अब बिहारको मोतीहारीस्थित ससुरालीमा बस्ने बताएका छन् ।

अन्सारी मलेसियामा पाँच वर्ष काम गरी नेपाल आएका हुन् । मलेसियामा बसेर नेपाल फर्किँदा नेपालको राजनीतिक अवस्था नेताहरुले बिगार्दै गएको गुनासो उनले गरेका छन् । बिदेशबाट फर्किँदा स्वदेशमा आफ्नो भविष्य राम्रो नदेखेकाले नेपालमा नबस्ने निर्णय गरेको उनले बताए ।

देशको अस्थिर राजनीतिक अवस्थाले नेपाली नागरिकता परित्याग गर्नुपरेको अन्सारीले बताए । देशमा बढ्दै गइरहेको राजनीतिक अस्थिरताले छोराछोरीको भविश्य अन्योलमा परेकाले परिवारको उज्वल भविश्यका लागि आफूले नेपाली नागरिकता परित्याग गर्नुपरेको उनले बताए ।

अन्सारीले नेपाली नागरिकता परित्याग गरी भारत बिहार राज्यको मोतिहारी जिल्लाको छौडादानोमा रहेको ससुराली गाउँमा गएर बस्ने बताए । सीमावर्ती क्षेत्रका भारतीयले नेपाली नागरिकता आर्थिक चलखेल गरी लिइरहेको अवस्थामा अन्सारीले नेपालको नागरिक भएर पनि नेपाली नागरिकता त्याग्नुलाई अर्थपूर्ण मानिएको छ ।

‘नेपालका नेताहरुले देशलाई राम्रो बनाएर जनताका लागि राम्रो काम गरेको भए म नेपालमै बस्थें, अन्सारीले भने, ‘नेपालका नेताहरु राष्ट्रिय स्वार्थभन्दा बढी व्यक्तिगत स्वार्थका लागि देश बिगार्दैछन्, नेपालमा बसे मेरो परिवारको भविष्य पनि राम्रो नहुने भएकाले अब म भारतमा बस्छु ।’
Nsarullaha-Ansari-Bara-left-Nationality-2
जिल्ला प्रशासन कार्यालय बारामा आइतबार निबेदन दर्ता गरी उनले आफ्नो नागरिकता खारेज गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत ओम खड्काले अन्सारीको नागरिकता त्याग निवेदनको अनुसन्धान गरी नेपालको कानुनअनुसार आवश्यक काम कारवाही अगाडि बढाउने बताए ।
बाराको बिसुनपुर-९ मा बिक्रम संवत ०३८ असोज १० गते जन्म भएका अंसारीले बिक्रम संवत २०५६ असोज २० मा बंशज नागरिकत्ता जिल्ला प्रशासन कार्यालय बाराबाट लिएका थिए । उनी नेपाल नागरिकत्ता ऐन २०६३ बमोजिम बि.सं. २०७० चैत ५ गते पहिलो प्रतिलिपी जिल्ला प्रशासन कार्यालय बाराबाट लिएका हुन् ।

श्रोतः अनलाइन खबर डट
अमेरिकी राष्ट्रपति ओबामाको तस्वीर र वास्तविकता !

अमेरिकी राष्ट्रपति ओबामाको तस्वीर र वास्तविकता !

काठमाडौं, फागुन ४ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको एउटा तस्वीर यतिबेला नेपालीमाझ भाइरल बन्दैछ । ‘नेपाल र भारतबीच भएको साग फुटबलको फाइनल म्याच हेरिरहेको’ भन्दै ओबामाको सो तस्वीर केहीले सोशल नेटवर्किङ साइटमा पोस्ट गरेपछि नेपाली माझ भाइरल बनेको हो ।
ह्वाइट हाउसमा आफ्ना केही सहयोगीका साथ तस्वीरमा देखिएकाओबामाले टेलिभिजन हेरिरहेका पनि छन् । उनको अगाडी रहेको टेलिभिजनमा नेपाल र भारतबीचको फुटबल म्याचको दृष्य पनि देखिन्छ । धेरैको मनमा ओबामाले नेपाल र भारतबीचको फुटबल म्याच हेरेकै हो भन्ने पर्न पनि सक्छ । तर होइन, ओबामाको उक्त तस्वीर धेरैपटक यसरी दुरुपयोग गरिएको छ । र, यसपटक नेपालीले दुरुपयोग गरे ।
ओबामाको उक्त तस्वीर सन् २८ जनवरी २०११ मा लिइएको हो । ह्वाइट हाउसमा आफ्ना सहयोगीका साथ बसेर उनले इजिप्टका तत्कालिन नेता होस्ने मुबारकको भाषण सुनिरहेको अवस्थामा सो तस्वीर लिइएको हो ।
उक्त तस्वीरलाई भारतीयले पनि सन् २०१४ मा दुरुपयोग गरेका थिए । खासगरी भारतीय जनता पार्टीका केही नेताहरुले नै ट्वीटरमा उक्त तस्वीर पोस्ट गर्दै ओबामाले ‘भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको भाषण सुनेको’ भ्रम फिँजाए । वास्तवमा ओबामाको सो तस्वीरमा उनले हेरिरहेको टेलिभिजनको दृष्यमा नरेन्द्र मोदी देखाइएको थियो ।
उक्त तस्वीरसहितको समाचार भारतीय संचारमाध्यममा पनि आयो । एनडिटिभी, इन्डिया टुडेजस्ता भारतीय संचारमाध्यमले पनि वास्तविकता नबुझी ओबामाले मोदीको भाषण सुनेको समाचार प्रशारण तथा प्रकाशन गरे ।

श्रोतः इमेज खबर
भारत हार्यो भनेर कसरी भन्नु ?

भारत हार्यो भनेर कसरी भन्नु ?

– झगेन्द्र के दङ्गाली

आज नेपाल ले साग फुटबलमा स्वर्ण पदक जित्दा खेलाडीहरु लाई बधाई दिने हरु भन्दा पनि नेपाल ले भारत लाई हरायो, पच्छार्यो, उसकै भुमिमा उसैलाई धुलो चटायो, भनेर फेसबुकमा कुर्लिने हरु को ओइरो नै लागेको छ !

यथार्थमा भन्ने हो भने बिगत २३ बर्ष यता भारत ले कालापानी जित्यो, टनकपुर जित्यो, सुस्ता जित्यो, लिपुलेक जित्यो, लिम्पियाधुरा पनि जित्यो! महाकाली जित्यो, गण्डकी जित्यो, कोशी जित्यो, कर्णाली पनि जित्यो!हिजो अस्ति नाकाबन्दी लगायो त्यसमा पनि जित्यो!देशका ठुला ठुला ठेक्का पट्टाहरु पनि भारत लाई नसोधी अरु लाई दिन नपाइने, यसमा पनि जित्यो! यो त सबैले देखेकै कुरा हो! यो बाहेक भित्र भित्रै कहाँ कहाँ के के मा जितिरहेको छ त्यो कसैलाई थाहा छैन !

यसरी सिङ्गो देशले हार्दै गैरहेको बेला एउटा खेल जित्नु कुनै ठूलो कुरा होइन ! त्यसैले हगाइ भन्दा पधाइ ठूलो नगरौ! बरु सकिन्छ भने सवै एकजुट भएर एउटा जम्बो टोलि नै लिएर भारत जान लागेका प्रधानमन्त्री लाई ती भारत सङ्ग गरिएका सम्झौता हरु खारेज गर्न दबाब सृजना गरौ! अनि मात्र पच्छारिन्छ भारत! अनि मात्र चाट्छ धुलो !

यो मेरो नितान्त ब्यक्तिगत बिचार हो कसैलाई चित्त नबुझ्न सक्छ ! त्यसको लागि माफी चाहान्छु !

– झगेन्द्र के दङ्गालीको फेसबुक पोष्टबाट साभार
पाँच थरीका मात्तिएका नेपालीहरु र अबको बाटो

पाँच थरीका मात्तिएका नेपालीहरु र अबको बाटो

अनन्त हमाल
१) पार्टीवादी मात लागेकाहरु बहुमतको मात लागेका नेपालीहरु हुन् । यिनीहरुको बुझाइमा समुह भएपछि जे पनि जायज र उचित हुनैपर्छ भन्ने हुन्छ। यिनीहरु सामुहिक अपराध गर्न पछी नहट्ने पाराका मात्तिएका नेपालीहरु हुन् ।
जस्तै एमाले, काँग्रेसको पछि हिंड्नेहरु।

२) बौद्धिक पाराका मात्तिएका नेपालीहरु सबै बुझेर पनि बुझ पचाएर शब्दले नै आफ्नो तर्कहरु सबै जायज प्रमाणित गर्दै आफैंलाई उत्कृष्ट बनाउन तल्लिनहरु हुन् ।
जस्तै नेपालका पढेलेखेका नयाँ नेपालको पक्षबाट बोल्ने साहित्यकार, शिक्षित बर्गहरु र पत्रकारहरु ।

३) दुःख पाएपछि जे पनि जायज मान्ने अर्को पीडित पक्षीय मात्तिएका नेपालीहरु पनि मात्तिएका नेपालीहरु नै हुन् । जस्तै जातीवादी, दलितवादी र मधेसीवादीहरु।
यिनीहरुको पीडीत भए पुग्छ, जस्तो किसीमको माग, जस्तो किसीमको अपराध अनि जस्तो किसीमको अभिब्यक्ति पनि उचीत रे ! प्राय:जसो जनजाती, मधेसवादी र दलितहरु यसप्रकारका मात्तिएकाहरु छन् ।

४) अर्को गल्ली गल्ली टोल टोल र विदेसमा लटरम्म अपजोसी पाराका अल्छिना पारीका मात्तीएका नेपालीहरु पनि छन्। यिनीहरुलाई आजसम्म भएका वा गरिएका सबै गलत, सबै बेठीक, सबै खराब रे । यिनीहरुले मागहरुको सुची फुत्त फुत्त झार्छन्, त्यसैगरी सबैको गल्तीहरु पनि फररर गन्न सक्दछन् । तर सुझाव र विकल्प भने केही दिन सक्दैनन् ।
खाली एकोहोरो अल्छिना पाराको अपजस बाहेक यिनीहरुको अर्को बौद्धिक सृजना केही पनि छैन । लगभग ९०%  नेपालीहरु यसमा पर्दछन् ।

५) कमजोर र खिन्नतामा आधारित फोस्रो राष्ट्रवादमा मात्तिएका नेपालीहरु फेरी अर्का छन् । यिनीहरुको दैनिकी भारतलाई गाली गर्दै गुज्रीन्छ भने यदी पायो भने नेपालको अधोगतीको दोषी अफ्रिकनहरुलाई दोष दिन सक्छन् ।

संक्षिप्त रुपमा निस्कर्ष निकाल्दा नेपाल बिग्रिएको नेपालीहरु अज्ञानी, घमन्डी, मात्तिएको र अपजसी भएर हो ।

अब के गर्ने त ? !

मेरो सुझाव साधारण छ;
आफ्नो आफ्नो गल्ती स्विकार्ने र राजाको पाउ पर्ने । फेरी घमन्ड र उन्माद ? !  फेरी हाँ हाँ र हुँ हुँ ? ! अरे पटमुर्खहरु नेतृत्वबिहीन समाज र देश पनि सम्भव हुन्छ ?
बस यस्तो पाराले सोंच र यसै पाराको उपदेशमा हिंड, तिमी र तिम्रो देशले मोक्ष पाउँछ ।

राजतन्त्रको पालामा नेपालको सुन्दरता प्रकृति र मान्छे दुबै थिए।
हाल नेपालको सुन्दरता प्रकृतिमा मात्र छ भने कुरुपता मान्छे जातीमा छ।
अब के गर्ने ? ! खुशी हुने कारणहरु खोज्ने; राजाको शरणमा जाने; ज्ञानी हुने (बाहिरी रुपमा भएपनि); एकआपसमा सदभाव र सक्दो सहयोग गर्ने; विश्वलाई नेपाल भन्ने देशमा असल मान्छेहरु खुशीले बस्दा रहेछन् भन्ने सोंचमा पुर्याउने; अनी त्यसपछी बल्ल नेपालमा लगानीहरु भएर र पर्यटकहरु आएर रोजगारी आउनेछ र नेपालीहरुको जीवन पनि सफल हुनेछ।

खराब मान्छेहरुको (हालका नेताहरुको) पछि लागेर नेपालीहरुले दुख पाएका हुन् र अझै यिनीहरुको पछी लागेमा झन नेपालीहरुले कुकुरले नपाउने दुख पाउनेछन् र नेपाल देस समाप्त पनी हुनेछ।

पत्रिकाका सम्पादक सन्तोष मिश्र को एउटा फेसबुक  पोष्टमा आएको प्रतिकृयाबाट साभार 
राजसंस्था प्रति कसैको आशा कसैको डर

राजसंस्था प्रति कसैको आशा कसैको डर


–स्वयम्भुनाथ कार्की
करिव दश बर्षदेखि नेपालमा अनेकौ किसिमका प्रयोगहरु भए । हुन त प्रजातन्त्रको अभ्यासका नाममा यस्ता प्रयोगहरु पञ्चायतको लगत्तै पछिदेखि शुरु भएको थियो ।

त्यो कालखण्डमा राजनीतिको नाममा जनताको अधिकार दलको नाममा नेताहरुले अपहरण गर्ने हरेक माध्यम अपनाईयो । कानूनी बाटोबाट निर्वाचनको मध्यमबाट आएकाहरु महशुल, कर आदिमा वृद्धि गरेर जनताको शोषण गर्दै थिए । विद्रोहको बाटोवाट लिएकाहरु पनि जनताको आर्थिक भौतिक शोषणमा कसैभन्दा कम थिएनन ।

राजसंस्थाले आफ्नो पारंपारिक दायित्व पुर्नपरिभाषित गरेको थियो । जनतासंगको प्रत्यक्ष सम्वन्ध भन्दा बेलाईतको जस्तो केवल प्रतिक मात्र भएर लालमोहर लगाउने मात्र काम आफ्नो हो भन्ने सोचमा थियो ।

दरवारमा घटेको त्रासदीपुर्ण घटना वर्तमानमा पनि कसैकसैले आफ्नो राजनैतिक स्वार्थ्यको निमित्त उठाउने गरिएको पाईन्छ । यो घटनाको आरोप सबैले आआफ्नो सहुलियत अनुसार लगाईने गरेका छन ।

गरेको जसले होस, कारण जे सूकै होस । तर कसैले अस्विकार गर्न नसक्ने तथ्य के हो भने यत्रो षड्यन्त्रको समेत गन्ध नपाउने गरेर राज्य कर्तव्यच्यूत भईसकेको रहेछ ।

राजसंस्थाको पारंपारिक मान्यता र अवधारण आफ्नो राज्यमा हुनसक्ने सानोभन्दा सानो प्रतिकुल घटना रोकेर जनतालाई सुरक्षित राख्ने पनि हो । त्यही राजसंस्थाका प्रमुख सपरिवार समाप्त पार्ने षड्यन्त्र समेत सुध्न नसक्ने नेपालको राज्य व्यवस्था कति अयोग्य रहेछ भन्ने कुरा यसैबाट प्रमाणित हुन्छ ।

दाजुको स्थानमा शाहवंशिय परंपरा धान्न आएका राजा ज्ञानेन्द्रमा राजकाज सम्वन्धी ज्ञान शून्य हुनु उनको योग्यता भित्र पर्ने कुरा थियो । राजपरंपरामा स्वभाविक उत्तराधिकारी बाहेकका अन्य सदस्यले राजकाजमा चासो देखाउनु विद्रोहको लक्षण हुन्छ ।

त्यसमाथि पनि एक पटक शिशु मै गद्धिमा राखिईसकेका उनले राजकाजको सामने भन्दा सानो कुरामा पनि चासो दिन हुँदैन थियो । परिवारिक वज्रपात, मुलुकको कठिन अवस्था अनि जनताले पाएको हैरानी एकाएक भोग्न परेको वेलामा राजकाज सिक्ने उनिसंग समय पनि थिएन ।

यस्तो अवस्थामा उनले गरेका कतिपय कामहरुमा त्यो कमजोरीको छाँया पर्नु स्वभाविक नै थियो । जनताको र मुलुकको भलोको आफ्नो सोचको मुल्यांकन हुनेछ भन्ने आशा उनमा भएको भए त्यो बेठिक थिएन ।

उनको कार्यकाल भरी र उनलाई पाखा लगाईएपछि पनि उनलाई हमेशा कठघरामा खडा गरिएको छ । गणतन्त्रसंग असन्तुष्टहरु उनीलाई आशाको नजरले हेर्छन भने गणतन्त्रका पक्षधरहरु डरको ।

निर्मल निवास र त्यससंग सम्वन्धितहरुको हरेक कुराको कथा वर्तमानको सबैभन्दा ठूलो रोमाञ्चको विषय हुने गरेको छ । गोप्य कुरा भनेर सार्वजनिक हुने कुरा कति गोप्य हुन भन्ने छुट्याउन कुनै आईतवार पर्दैन ।

यी सबै आशा र डरको पछाडी केवल एक अनुमानको मात्र भूमिका छ त्यो हो उनमा पक्का गद्धिको मोह होला नै । यहि कुराको आधारमा गीरीजाले प्रस्तावित गरेको आलंकारीक वा शिशु राजा र कमल थापाले तोकेको संसदले नियुक्त गर्ने र बर्खास्त गर्ने राजसंस्था हुन ।

राम्रो गर्ने प्रयत्नमा भएका मानविय कमजोरीलाई आधार मानेर राजा ज्ञानेन्द्रले जेजस्तो ताडना भोग्नु पर्‍यो त्यसले उनी गद्धिको लालसामा होलान भन्ने कुरा सहज पच्दैन । हुन त राजनीति पेशा भएकाहरु सत्ताको निमित्त जे जसो पनि गर्न तैयार हुने गर्दछन र गर्छन पनि तर राजा र नेतामा हुने फरक नै यही हो ।

तै पनि उनले जनताको आशाको त्यान्द्रो भने कायम नै राखेका छन ‘जनताको इच्छा बमोजिम’ भनेर । राजा पाखा लगाईएको अहिलेसम्मको अवस्था हेर्दा यदि आशाको त्यो त्यान्द्रो पनि नभएको भए नेपालको अवस्था अफगानिस्थान लगायतका मुलुकको भन्दा भयावह हुने थियो ।

उनले देखाएको यही आशाको त्यान्द्रोले गणतन्त्र र गणतन्त्रका जन्मदाताहरु सास फेर्दैछन ।

राष्ट्रिय एकता दिवसको अवसरमा दिएको सन्देशमा उनी अव यो आशाको त्यान्द्रो कायम राख्ने पक्षमा छैनन भन्ने लाग्छ । विगतका बर्षहरुमा नेपाल निर्माताको वंशानुगुण बोकेको हैसयतमा आफ्नो दायरा र क्षमतामा भएको काम गरेर नेपाललाई ठूलो विग्रहबाट बचाएको कुरा वर्तमानले अस्वकार गरे पनि भविष्यले मुल्यांकन गर्ने नै छ ।

आफुलाई जनताको निर्णयमा छोडिसकेपछि पनि कोही अझै ‘राजा आउ, देश बचाउ’ र कोही ‘धमिलो पानीमा माछा मार्न खोजेको ’ भन्छ भने त्यो अवस्था उनलाई मञ्जुर छैन । त्यसैले आव्हान गरेका छन जनताले कसबाट कस्तो भूमिका खोजेका हुन प्रष्ट भन्नु पर्‍यो । यो प्रष्ट जनताले सडकबाट नै भन्नु पर्दछ ।

उनको यो सन्देशले स्पष्ट भनेको छ ,आवश्यकता भए सडकबाट बोलाउ । राजगद्धिका उनी स्वभाविक उत्तराधिकारी पनि हैनन , न उनले नेपालको राजा हुने सपना नै पालेका थिए ।

त्यसैले गद्धि पुन प्राप्त गर्न उनले कुनै प्रयत्न गर्नेछन भन्ने कुरा मान्न सकिन्न । आफ्नो मनलाई साँछी राखेर भन्ने हो भने नेपालको राजगद्धिले उनलाई पिडा बाहेक अरु केही दिएको पनि छैन ।

शाहवंशको परम्परा अनुसार आफुलाई कुनै जिम्मेवारी जनताले दिन्छ भने त्यो पुरा गर्छु भनेर भन्नु नै पनि ठूलो कुरा हो ।

जनताको आशा अनुसारको काम गर्न न गीरिजाको आलंकारिक राजाको दायराले दिन्छ न कमल थापाको संसदले नियुक्त र बर्खास्त गर्ने राजाको दायराले । त्यसैले राजसंस्था प्रति आशा वा डर मान्नुपर्ने कारण छैन जनताको इच्छा बाहेकको बाटो उनलाई स्विकार नभएको कुरा त्यो सन्देशले प्रष्ट गरेको छ ।

स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।१०।१८
(गोरखा एक्सप्रेस)
लेखकलाई फेसबुकमा फलो गर्न तल उनको नाममा क्लिक गर्नुहोस्...
–स्वयम्भुनाथ कार्की

नेपाली प्रथम आदि कवयित्री तथा दोश्रो नायवी ललित त्रिपुरा सुन्दरी

नेपाली प्रथम आदि कवयित्री तथा दोश्रो नायवी ललित त्रिपुरा सुन्दरी

प्रवीण अधिकारी's photo.
अर्को नमूना:-
========
यो अंश उनको ग्रन्थ " राजधर्म " बाट लीएको हो ! - " यस्ता नारद ऋषिका वचन सुनी युधिध्ठिर राजा जो छन् सो नारद ऋषिलाई विन्ती गर्दछन -हे भगवन ,कृष्णजीका पिछा पर्याका हुनाले ,ब्राह्मणहरुका प्रसादले र भीमसेन अर्जुनका वलले संपूर्ण पृथ्वी मैले जित्याँ ,सम्पूर्ण पृथ्वीमा मेरो राज्य भयो तापनि लोभले आफ्ना बंशको नास गर्या भन्या मेरो मनमा ठूलो दुख:लागि रह्याको छ ! सुभद्राको छोरो अभिमन्यु ,द्रौपदिका ५ छोरा ,यस्ता पियारा छोरालाई मराएर पो यो राज्यले क्या गर्नु छ ? हे भगवन ! ती छोराहरुलाई सम्झदामा जित्याको पनि हारे जस्तो मेरो मनमा लाग्दछ !....."
* - ५०० बर्ष वालकृष्ण पोखरेलको ग्रन्थबाट (जगदम्बा प्रकाशनमालाको २१ औं ग्रन्थबाट )?
–प्रवीण अधिकारी
जन्म विवरण 
=========
जुम्लाबाट पूर्वोत्तर बसाइ सरी गोर्खाको बोर्लाङ्ग्मा स्थाई बसोबास गर्ने बगाले थापा बंशज वीरभद्र थापा पृथ्वी नारायण शाहका समकालीन तथा प्रथम पुस्ताका राष्ट्रिय वीर योद्धा तथा कुशल कुटनीतिज्ञ थिए ! इनको जन्म गोर्खा बोर्लांगको पिपल्थोक गाउँमा भएको थियो ! यीनै वीर भद्र थापाका ३ भाई छोराहरु थिए - जीवन थापा, बंश राज थापा र साना काजी अमरसिंह थापा (बि.स. १८१६ - १८७१ ) ! सनाकाजीकि दुईटि श्रीमतीहरु थिए पहिली सत्यरुपाको कोखबाट ५ भाई छोराहरु र अर्की , नाम थाहा नभएकीको कोखबाट दुई भाई गरी ७ भाई छोराहरु क्रमशः भीमसेन थापा (बि.स. १८३२ -१८९६ ,) , नयन सिंह थापा ( बि.स.१८३४ -१८६३ कुमाउको लडाइंमा मारिए ), बख्तावर सिंह थापा ,अमृत सिंह थापा ,रण वीर सिंह थापा तथा नाम न थाहापाइएकि आमाबाट रणवम थापा तथा , रंज़वर थापा थिए ! यिनै भीमसेन थापाका माहिलाभाई नयनसिंह थापाका २ भाई छोराहरु र दुई बैनी छोरीहरु थिए - कर्णेल उजिरसिंह थापा , एकीकरण अभियानका सशक्त योद्धा थिएभने (जन्म बि.स.१८५२ - १८८१ ) र प्रधानमन्त्री माथवरसिंह थापा ( बि.स.१८५८ - १९०३ )! छोरीहरु ललित त्रिपुर सुन्दरी ( जन्म बि.स.१८५० - १८८८ ) र जंग बहादुरकी आमा रक्षा कुमारी थिइन् !
उनी बाल्यकालदेखनै रणबहादुर शाहको सेवामा संगै भएका हुनाले उनलाई हरेक कुरा मनाउन फकाउन सक्थे ! मुख्तियार जनरल भीमसेन थापाले आफ्नो राजनीतिक स्थिति बलियो तुल्याउन आफ्ना भाई काजी नयन सिंह थापाकि वि.स. १८५०मा जन्मिएकी १० बर्षकी छोरी ललित त्रिपुरा सुन्दरीको बिहे श्री ५ रण बहादुर संगै काशीबाट फर्के पछि बि. स १८६१मा उनी संग गराइदिए ! ललितत्रिपुरसुन्दरी रणबहादुर शाहकी पाँचौं अथवा कान्छी रानी थिइन् ! यिनको बिहे पनि राजकीय पारामा धुमधाम संग गरिएको थियो । इनको बिहे गरेको एक बर्ष पछि यिनका पतिको हत्या गरिएको थियो ! जनरल भीमसेन थापाको सहयोग, सद्भावना र सहृदयताले यिनले पतिसँगै चितामा बलेर सती जानु परेन । अनि संवत् १८६३ देखि यिनले बालविधवाका रूपमा आफ्नो जीवन व्यतीत गरेकी थिइन् !यहि बैबाहिक नाताको भर्याङ्ग समातदै भीमसेन थापा नेपालको राजनीतिक इतिहाँसमा शक्तिशाली मुख्तियार र प्रधान मन्त्री बनि ३१ बर्ष सम्म अकन्ट राज्य चलाउन सामर्थ्य भए भने ईन्ले अर्की भतिजी ,काजी नयन सिंह थापाकी अर्की छोरी वालनर्सिङ् कुवर संग बिहे गराए जसका छोरा राणा प्रधानमन्त्री जंग बहादुर कुँवर भए ! श्री ५ रण बहादुर शाहलाई उनकै सौतेनी भाइ श्री ५ प्रताप सिंह शाहकि नेवारनी महारानी मैजुरानीका छोरा चौतारिया/युबराज शेर बहादुर शाहले त्रिभुवन खवाश / प्रधानको घरमा डाकिएको बैठकमा काटिदिए पछि ती चौतारिया शेर बहादुरलाई बाल नर सिंह कुँवरले ठाउँको ठाउँ काटे ! यस घटनाबाट रजश्वला पनि नभएकी वालिका महारानी भतिजी वाल बिधुवा हुन् पुगिन र महारानी ललित त्रिपुरा सुन्दरीलाई खुशीपार्न ठूला बाउ भीमसेन थापाले पश्चाताप स्वरुप जनरल बागमा वि. सं. १८८१ सालमा ११ तले धरहरा निर्माण गर्न लगाए ! त्यसैको तेश्रो पुस्ता जुद्ध शमशेर संग गासिदै पोहोरको भुइचालोले लडायो !
ललितत्रिपुरसुन्दरीको
साहित्यिक चिनारी
==============
नेपाली इतिहाँसमा दुई बटा नारीहरुले महत्वपूर्ण योगदान दिएको भेटिन्छ ! एउटि श्री ५ प्रताप सिंह शाहकी बिधुवा राजेन्द्र लक्ष्मी (पाल्पा सेन राजाकी बहिनी , क्षयरोगबाट मृत्यु बि.स.१८४२ ) र अर्की श्री ५ रण बहादुरकी ४ रानीहरु मध्येकी राज राजेश्वरी देवी (बि.स. .१८३४ -१८६३ ) ,सुबर्ण प्रभा देवी (बि.स. १८४८ -१८६३ ) त्यसपछी तत्कालिन दरबारी पण्डित नारायण दत्त मिश्रकि बिधवा छोरी कान्तिबती देवीको गर्भबाट जन्मिने सन्तानलाई नै राजा बनाउनुपर्ने शर्तमा विहे गराए , इनि बिहे भएको २,३ बर्षमै मरीन (....-१७९९ ) ! इनैबाट बि.स. १८५४ साल अशोज महिनामा श्री ५ गिर्वाण युद्ध विक्रमको जन्म भएको थियो ! ललितत्रिपुरासुन्दरी देवी (बि.स. १८५० -१८८८ ) !
शाह (बि.स.१८६३)कि बिधुवा ललितत्रिपुरासुन्दरी राज्य लक्ष्मी देवी (मृत्यु बि.स. १८८८ ) ! नेपाली भाषासाहित्यमा पहिलोपल्ट आफ्नो कलम चलाउने नारी पात्र इनै ललितत्रिपुरसुन्दरी हुन् ! पहिलोचोटि नेपाली भाषामा कविता लेख्ने नारीस्रष्टा पनि ललितत्रिपुरसुन्दरी नै हुन्
! ‘महाभारत’लाई संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गर्दा आफ्नो मौलिकता प्रस्तुत र सृजनात्मक परिचय प्रदान गरिन् र गहकिलो अनुवाद गरेर नेपाली साहित्यको नारी इतिहासको जगमा आफ्नो नाउँलाई सुरक्षित राख्न भ्याइन । उनले संस्कृत भाषामा लेखिएको ‘महाभारत’ शान्तिपर्वअन्तर्गतको अनुशासनपर्वको सरल नेपाली भाषामा अनुवाद गरिन् र त्यसलाई ‘राजधर्म’का नाउँबाट बि.स. १८८१ सालमा जना समक्ष्य प्रस्तुत गरिन् ।
ललितत्रिपुरसुन्दरीले २५ बर्षको आफ्नो नायबी कालमा छोरा श्री ५ गिर्वाण युद्ध र नाति राजा श्री ५ राजेन्द्रको संरक्षण गरिन ! इनले आफ्ना पतिको शासनको ज्ञान ग्रहण गर्न नपाए पनि छोरा र नातिकी नायबी भएर शासन गर्दा ज्ञानगुनका धेरै कुरा जनसमक्ष पुर्याउन सकिन ! नेपालको इतिहासमा अनेक ठाउँमा भाषिक शिलालेख अङ्कित गराउने उनी प्रथम नारी थिइन् ! इनले राखेका शिलालेख ले नेपाली भाषासाहित्यप्रति रुचि राखी मोह देखाउनेलाइ भाषा प्रति समर्पित हुन् प्रेरणा दिइन ! नारीस्रष्टाको रुपमा इनी नेपाली भाषासाहित्यको विशिष्ट स्थानमा रहन पुगेकी छन !
शिक्ष्या
=====
ललितत्रिपुरसुन्दरी राज्य लक्ष्मी देवी शाह, छोरा श्री ५ गीर्वाण र नाति श्री ५ राजेन्द्रकी नायबी भएर पच्चीस वर्षसम्म नेपाल अधिराज्यको शासन चलाएर बसेकी हुन् ! यी दुवै राजाका पालामा राजदरबार लेखक र विद्वान कविहरूको घुइँचो लागेको हुन्थ्यो ! शिक्षाको ज्योति नचारिएको तत्कालिन समयमा यिनले नारीशिक्षामा वल दिएकि थिइन् र आफुले पनि ती पण्डित ,कविवर हरुको सहयोग लीई उनीहरुको सामिप्यमा रहेर बाह्रखरी चिन्हीं र अथक मिहिनेत गरी संस्कृत ग्रन्थ महाभारत नेपाली मौलिकतामा ढाल्न सक्ने भएकी थिइन् ! त्यस बखत पढेरलेखेर होइन, लेखककवि र पण्डितहरूसँगका सत्सङ्ग र प्रेरणाले उनी सर्जक बन्न सकेकी थिइन् ! यस कृतिको सृजना गरेर उनले ख्याति अर्जींन र प्रथम लेखिका तथा कवयित्री भएका नाताले उनले कवि लेखकको महत्व बुझ्न सकिन ! इनकै प्रेरणाले श्री ५ गीर्वाणयुद्धविक्रम शाहले आफ्ना नाउँमा तीनवटा ग्रन्थ तयार पारेका थिए ! ललितत्रिपुरसुन्दरीका नायबीकालमा स्थापना गरिएको राजकीय पुस्तकालय राष्ट्रिय अभिलेखालयको नाउले चिन्हीन्छ जो अद्यावधि छ !
उनले प्रयोग गरेको नेपाली भाषा अहिलेसम्म पनि त्यति नै सान्दर्भिक भएको र उनको अभिव्यक्ति केहि अंश हेरौं -
पहिलो नमूना
=========
“ झुटो बोली आफ्नु होवोस् अथवा अर्कैको होवोस् तापनि प्राणको रक्षा हुन्छ भने झुटो बोल्नु... ! ...आगो जो छ सो पानीदेषि निस्क्याको हो, क्षत्रिय जो छन् सो ब्राम्हणदेषि निस्क्याका हुन्, फलाम् जो छ सो पत्थरदेषि निस्क्याको हो ! आगो, क्षत्रिय, फलाम् इ तिन् कुराको सबै वस्तुमा सामर्थ्य चल्दछ, आफूलाई जन्माउन्यामा सामर्थ्य चल्दैन, किनभने फलामले सबै कुरो काट्दछ, पत्थर काट्न लाग्यो भन्या त्यो फलामै नाशिन्छ ! आगोले सबै कुरा डढाउँछ पानीलाई डढाउन लाग्यो भने त्यो आगै निभ्दछ ! क्षत्रियले सबैको नाश गर्न सक्दछ, ब्राम्हणमाथि लाग्यो भने त्यो क्षत्रियै नाशिन्छ !”
योगदान 
======
काशीको ललिताघाट ,पशुपतिनाथको देवल गुठी ,गोरखामा गोरखकाली गुठी, त्रिपुरेश्वरको कालमोचन महादेवको विशाल मन्दिर ,ज्ञानेश्वर गौचरमा देवल ,काठमाडौं ललितपुर आवतजावत गर्न थापाथलीमा वाग्मतीको पुल इनैको देन हो ! शिलापत्र राख्ने कार्यमा यी निकै जागरुक थिइन् ! ललितत्रिपुरसुन्दरी राज्यलक्ष्मीदेवी शाहले आफ्नो छोटो जीवनकालमा देश र समाज प्रति समर्पित भइन ! नेपाली भूगोलमा इनि अमर छिन ! नेपालमा राखिएका तात्काली प्रसस्त शीलालेखहरुमा यिनी कुदिएकि छिन ! तत्कालीन नेपाली राजदरबार बिफर (शीतलामाई)द्वारा पिडित थियो ! इनि हैजा / बिफर महामारीको कारणले बि. संवत् १८८८ चैत १६ गते बितिन !

अधिकारीको फेसबुकवालपोष्टबाट साभार हेर्न यहाँ क्लिक गर्नुहोस
विडम्वनै विडम्वनाको नयाँ नेपाल

विडम्वनै विडम्वनाको नयाँ नेपाल

– स्वयम्भुनाथ कार्की
फागुन ७ को साइत निकालेर शुरु गरिएको २०४६को आन्दोलन त्यसै बर्षको चैत्र २६ गते पञ्चायती व्यवस्था विगठन संगै समाप्त भयो । नेपाल उन्नती र विकाशको चरणमा प्रवेश गरेको उद्धोष संगै विभिन्न लोभलाग्दा सपनाहरु बाँडिए ।
मेलाम्चीको पानीले काठमाण्डौका सडक पखाल्नेदेखि मुलुकलाई सिंगापुर जस्तै बनाउने सपनाहरुमा कुनै शंका पनि गरिएन र सपना बाँड्नेको खिल्ली पनि उडाईएन ।
तर विडम्वना नै भन्नु पर्छ त्यो आन्दोलन शुरु भएको छ बर्ष पुग्न करिव एक हप्ता बाँकी छँदै मुलुक अर्को चरणको हिंसात्मक आन्दोलनमा फस्यो । २०५२साल फागुन १ गतेबाट माओवादी सशस्त्र विद्रोहको रुपमा ।
करिव १० बर्षको यो त्रासदीमा नेपालले जे जे भोग्नु पर्‍यो र जुन मोल चुकाउनु पर्‍यो त्यसको लेखाजोखा इतिहासले गर्ला नै । तै पनि शान्ति प्रक्रिया, शान्ति सम्झौता आदि शान्तिका अनेकौ प्रयत्न भए पनि नेपालले शान्ति भने अनुभव गर्न पाएन ।
संक्रमण कालको ओट पाएर त्यो अवस्थालाई स्वभाविक नै भने पनि भोग्नेहरुले पिडा भोगेकै हुन । संसारभर शान्तिसेना पठाएर शान्ति कायम गर्न सघाउने मुलुक नेपालले आफैलाई शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघ नगुहारी धरै पाएन । यो विडम्वना हैन भने केलाई विडम्वना भनिन्छ ? भन्ने प्रश्न आम नेपालीको मनमा गडेको छ ।
४६ सालदेखि नै काम गर्न जे जेलाई बाधा भनेर भनियो त्यो त्यो हटाईयो ।
निर्दलिय व्यवस्थाले बाधा दिएको भनियो त्यो विना शर्त हटाईयो र त्यो वेलामा के राम्रो वा नराम्रो भएको थियो केलाउने प्रयत्न पनि गरिएन ।
राजाको सकृयतालाई बाधक भनियो राजालाई संवैधानिकको नाममा आलंकारिक मात्र राखियो ।
राजाले वेलावेलामा वाधा दिए भनेर भनियो राजसंस्था नै कुनामा पुर्‍याईयो ।
धर्मले बाधा गर्‍यो भनेर मुलुक धर्म निरपेक्ष गरियो ।
एकिकृत राज्य व्यवस्थाले अन्याय गर्‍यो भनेर भनियो मुलुकलाई संघीयतामा लगियो ।
वर्ग हैन जाती थिचोमिचोको कारण भनियो , थिचिएका भनिएका जातजातीलाई आरक्षण दिईयो ।
यी सबै परिवर्तन अगाडी वा पछाडी नेपाली जनताले पुरा समर्पणको साथ दल तथा नेताको कुरा माने । एक पटक पनि परिवर्तन पहिलेको र पछिको अवस्था दाँजेर हेर्ने प्रयत्न पनि गरेनन । यो भन्दा अगाध आस्था अरु के हुन सक्छ र ?
तर मागेको कुरा सबै पुर्‍याई दिंदा पनि , उनीहरुले काममा बाधा भनेको सबै कुरा हटाइदिंदा पनि नेपालीले भोग्नु परेको कष्ट र पिडा घट्नुको साटो झन बढेको छ । यो कुरामा सबै जसो एकमत नै छन ।
करिव तीन दशकदेखि बाँडिएका हरेक सपना, देखाईएका हरेक आशा पुरा हुन्छन भनेर विश्वास गरेर बसेको नेपाली जनता अव थप आश्वासन र सपना हैन केही भए पनि अत्यावश्यक र आधारभूत सहजताको निर्माण भएको हेर्न चाहान्छ ।
६२साल ताका भएको हप्ताको छ घण्टाको लोडसेडिङ्ग पनि कष्टकर ठान्ने जनता दिन मै १४ घण्टाको घोषित लोडसेडिङ्गमा केही समय भए पनि कमी चाहान्छ । वर्ष दिनमा लोडसेडिङ्ग मुक्त हुने उधारो आश्वासन भन्दा आजैदेखि एक घण्टा भए पनि लोडसेडिङ्ग कम भएको भोग्न चाहान्छ ।
इन्धनको चरम अभावमा बन्द भएको चुल्होमा बर्षदिनमा सिलिन्डर नै राख्न नपर्ने सपना भन्दा पुरा नभए पनि दिनमा एकछाक पकाउन भए पनि ग्यास सिलिण्डर प्राप्त होस भन्ने चाहान्छ ।
पेट्रोल डिजलको अभावमा ठप्प प्राय भएको आवागमन , ढुवानी आदि कार्यकलापहरु आजैदेखि सैकडा दशबीस भए पनि बढोस भन्ने चाहान्छ ।
तर विडम्वना यो पाउनुको साटो वर्ष दिन पछि एक सहज जीवनको आश्वासन पाई रहेको छ ।
नेपाली जनताले प्रधानमन्त्रीको सपना, योजना आदिको खिल्ली उडाएको होईन । उसले त त्यो सपना पुरा भएको हेर्न बाँच्न न्यूनतम परिस्थिति मागेको हो ।
प्रधानमन्त्रीले असंभव र संसार मै नभएको कुरा पुरा गर्ने आश्वासन दिएको हैन भन्ने कुरा जनतालाई थाहा छ । त्यो योजना पुरा गर्न समय लाग्छ त्यो पनि थाहा छ । तर त्यो पर्खन पर्ने समयसम्म बाँच्ने आधार खोजेको हो ।
बरु त्यो योजनाको भाका बढाएर भए पनि एकबर्षमा दिने भनेको कुराको न्यूनतम हिस्सा जो बाँच्न आवश्यक छ त्यो अहिले नै मागेको हो । तर विडम्वना प्रधानमन्त्री जनताले आफ्नो खिल्ली उडाएको सम्झन पुगे ।
प्रधानमन्त्रीका यी आश्वासनको प्रतिरक्षा गर्न तम्सेकाहरु यी कुरा अन्यत्र भएको प्रमाण पेश गर्दैछन । यो प्रमाण आवश्यक नै छैन , किनभने नेपालका सबैजसो पौरखी हातहरु तिनै मुलुकहरुमा छन । उनीहरु आफुलाई एक बर्ष पछि दिने भनेको सुविधा ती मुलकका नागरिकलाई दिने काममा मजदुरी गर्दैछन ।
त्यही मजदुरीबाट प्राप्त ज्याला बचाएर आफन्तको प्राण धान्न नेपाल पढाउदैछन । सरकारी तथ्यांक हर्ने हो भने मुलुक तिनैले पठाएको रकमले धानिएको छ । आधुनिक प्रविधिको प्रयोगले नेपाल भित्रै रहेकाहरु पनि अन्यत्र त्यो सुविधा भएको कुरा देख्दैछन, जान्दैछन ।
अहम कुरो त के हो भने मानौ जनताले पत्याएनन अरे , खिल्ली उडाए अरे । तर त्यो पुरा गर्न गर्नुपर्ने काम गर्ने हात त रोक्न गएका छैनन । त्यसैले पुरा गरेर देखाउन बाधा के ले भयो भनेर अचम्म मान्नुपर्ने अवस्था आएको छ ।
विगतका करिव तीस बर्षमा दलहरुले दलका नेताहरुले भनेको हरेक बाधा हटाईएको छ । निर्वाध रुपमा हरेक विकल्पहरु प्रयोग गर्न स्वतन्त्र छोडिएको छ , चाहे त्यो विकल्प संविधान भित्र होस वा वाहिर ।
सम्पुर्ण राज्यशक्ति निर्वाध संचालन गर्ने अधिकार सुम्पिएको छ । सवै किसिमका गठवन्धनहरुका अभ्यास भई सकेका छन अव थप देखाउने बाधा पनि छैन र अभ्यास पनि बाँकी छैन ।
थप मौकामा गर्न सक्ने न कुनै नयाँ किसिमको गठवन्धन बाँकी छ न नयाँ कार्य योजना नै । अव उप्रान्त जेकुरा हुन्छ ते पहिले भई सकेका कुराको पुनरावृत्तिमात्र हुन्छ ।
त्यसैले अव कुनै निकास, कुनै विकल्प वा अभ्यास बाँकी छ भने त्यो केवल जनतासंग मात्र बाँकी छ । यो विडम्वनै विडम्वनाले भरिएको नयाँ नेपालमा एक पटक सबैले पालो पाई सकेका छन , अर्थात एक चक्र पुरा भईसकेको छ ।
अर्को चक्रको प्रस्थान विन्दु कहाँबाट र कोबाट शुरु गर्ने हो त्यो जनताले नै सोच्ने कुरा हो । नेपाली जनताले कहिले सोच्ला त्यो भने कौतुहलको विषय नै छ ।


विराटनगर १
२०७२।१०।३
(खेश्रा, परिमार्जित अन्नपुर्ण पोष्ट)
(कार्कीको फेसबुक वालबाट साभार)
राजेन्द्र महतोले भने– "प्रधानमन्त्रीले डिक्सनरी देखाएर प्रस्टिकरण दिनुभयो"

राजेन्द्र महतोले भने– "प्रधानमन्त्रीले डिक्सनरी देखाएर प्रस्टिकरण दिनुभयो"

काठमाडौं, माघ ४ – आफूसँग माफी नमागेसम्म केपी ओलीसँग नभेट्ने अडान लिंदै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आइतबार बेलुकी मुसुमुसु हाँस्दै प्रधानमन्त्री निवास बालुवाटार छिर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई नमस्कार गर्नुभयो, हात र गला मिलाउनुभयो, मधेस आन्दोलन र समस्या समाधानबारे खुलेर कुरा गर्नुभयो, अनि प्रधानमन्त्रीको व्यवहार र कुराबाट प्रफुल्ल हुँदै बाहिरिनुभयो ।

बेलुकी झण्डै दुईघण्टासम्म ओली र महतोबिच बालुवाटारमा छलफल भयो । महतो बालुवाटारमा पुग्ने बित्तिकै ओलीले सुरुमै महतोको स्वास्थ्यबारे सोध्नुभयो । टाउकोको चोट नियाल्नुभयो र सोध्नुभयो ‘आपका सेहत अब कैसा है ?’

‘उहाँले धेरैबेर मेरै स्वास्थ्यबारे जानकारी लिनुभयो’ महतोले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘त्यसपछि हामीबीच राजनीतिक विषयमा कुराकानी भयो ।’ महतोका अनुसार ओली र उहाँ भेट हुँदा हिन्दी, मैथेली र नेपाली भाषामा कुरा हुन्छ । ‘हिजो पनि हामीबीच तीनवटै भाषामा कुरा भयो’ हाँस्दै महतोले भन्नुभयो, ‘धेरैपछि भेट भएको, खुलेरै कुरा भयो ।’

महतोका अनुसार प्रधानमन्त्री ओलीले यसअघि मधेसबारे आफुले दिएका अभिव्यक्तिको प्रष्टीकरण दिनमै समय खर्चनुभयो । ‘उहाँले डिस्नरी नै देखाएर मैले बोलेको अर्थ यो हो भनेर सुनाउनुभयो, प्रष्टीकरण दिन खोज्नुभयो’ महतोले भन्नुभयो ।

ओली–महतो खटपट र सम्बन्ध सुधार

ओली प्रधानमन्त्री हुनु पहिले नै महतोसँग खटपट भएको थियो । एक वर्षअघि सीमांकनकै विषयमा बालुवाटारमा दलहरुबीच बैठक भएको बेला ओली एमाले अध्यक्षको हैसियतमा उपस्थित हुनुहुन्थ्यो । महतो लगायतका अरु नेताहरु पनि बैठकमा थिए । त्योबेला बैठकमा महतोले नेपालको समथर तराईलाई मधेस प्रदेशमा समेट्नुपर्ने अडान राख्दा ओलीले जवाफ दिनुभएको थियो–त्यसो भए बिहार र यूपीलाई पनि मधेसमै मिलाउने ?
ओलीको जवाफ सुन्ने बित्तिकै महतो लगायत मधेसी मोर्चाका नेताहरु बालुवाटारको बैठक छोडेर निस्केका थिए । महतोले त ओलीले माफी नमागेसम्म आफु भेटघाटमा नजाने अडान नै लिनुभएको थियो । तर महतोको भनाईलाई ओलीले सुनेको नसुन्यै गर्नुभयो । माफी त परको कुरा, मधेसी मोर्चाको चाहना विपरीत प्रधानमन्त्रीमा निर्वाचित भएर बालुवाटार छिर्नुभयो ।
ओली प्रधानमन्त्री हुनुअघि र पछि मुख्य दल र मोर्चाबीच भएको बैठकमा महतो सहभागी हुनुभएन । मोर्चाका अरु नै नेताहरु संयुक्त सहभागी हुँदै आएका छन् । मोर्चाले मधेसमा आन्दोलन थालेपछि त झन् महतो काठमाडौं बस्नै छाड्नुभयो । कहिले सीमापारी र सीमावारी मधेसको क्षेत्रमा बसेर आन्दोलन चर्काउन लाग्नुभयो ।
यसै क्रममा पुस ११ गते विराटनगर–जोगबनी सीमानाकामा धर्ना दिन जाँदा प्रहरीसँग भएको झडपमा महतोलाई टाउकोमा चोट लाग्यो । त्योबेला पनि सद्भावना पार्टीले ओली सरकारले माफी माग्नुपर्ने अडान लियो । तर सरकारले माफी मागेन ।

पुस २४ गते महतो थप उपचारका लागि भन्दै धरानबाट हेलिकोप्टर चढेर काठमाडौं आउनुभयो र विमानस्थलबाट सोझै नयाँ दिल्ली पुग्नुभयो । त्यहाँ उपचारसँगै राजनीतिक भेटवार्ता गर्नुभयो । भारतीय नेताहरुले उहाँलाई सरकारसँग सहमतिको लागि दबाब दिए । त्यसपछि महतो पहिलेभन्दा नरम हुन थाल्नुभयो ।
मधेसप्रति अनुदार भन्ने आरोप खेपिरहेका प्रधानमन्त्री ओलीले पनि समस्या समाधान र सम्बन्ध सुधारको प्रयास गरिरहनुभयो । यही क्रममा तरार्ई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग उहाँले दिल्लीमा रहेका महतोको फोन नम्बर माग्नुभयो ।

दिल्लीमा हुँदा भारतीय नम्बर चलाएका महतोसँग प्रधानमन्त्रीले टेलिफोनमा बात गर्नुभयो । सञ्चो बिसञ्चो सोध्नुभयो । काठमाडौं आउन डाक्नुभयो ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे सोधीखोजी गर्दै काठमाडौं बोलाएपछि महतो उत्साहित हुनुभयो र आइतबार दिल्लीबाट काठमाडौं आउनुभयो । अनि साँझपख प्रफुल्ल मुद्रामा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्नुभयो ।

– प्रस्तुति : मिलन तिमिल्सिना/उज्यालो


उज्यालो अनलाइनमा प्रकाशित "राजेन्द्र महतोको चोट नियाल्दै ओलीले भने ‘आपका सेहत अब कैसा है ?’" शीर्षक परिवर्तन गरिएको ।

फोटो श्रोतः गुगल डटकम
"रजस्वलाका चार दिन बार्दा महिलाको प्रगति नै अवरूद्ध भएको हो त ?"

"रजस्वलाका चार दिन बार्दा महिलाको प्रगति नै अवरूद्ध भएको हो त ?"

–डा. मतिप्रसाद ढकाल


तपाईंहरूले महिला रजस्वला हुँदा बार्नु हुन्छ कि हुँदैन ? मलाई थाहा छैन तर मैले ४ दिन बार्नुपर्छ भन्ने मान्यता राख्छु र व्यवहारमा पनि मैले अझसम्म बार्दै आएको छु । मेरी श्रीमतीले पनि हालसम्म ४ दिन बार्दै आएकी छन् ।

आजकल मैले धेरै महिलाहरूमा सकेसम्म बार्न नपरे हुन्थ्यो भन्ने सोचको विकास हुँदै आएको देखेको छु तर नबार्दा केस्ता फाइदा हुन्छन् र बार्दा केकस्तो हानि हुन्छ ? भन्ने बारेमा दुवै दृष्टिकोणले विवेकसम्मत विचार गर्न कुनै पनि महिला वा पुरुष अग्रसर नहुँदा बार्नु हुँदैन र बार्नुपर्छ भन्ने अतिवादी दृष्टिकोणहरू हाम्रो समाजमा विकसित हुँदै गएका छन् ।

प्रथमेहनि चाण्डाल द्वितीये ब्रह्मघातिनी तृतीये रजकी प्रोक्ता चतुर्थेहनि शुद्ध्यति भनेर चौंथो दिन शुद्ध हुने कुराको उल्लेख हाम्रो हिन्दु संस्कारमा भएको पाइन्छ । गर्भधारणका लागि पनि आठौं दिनदेखि सोह्रौं दिनसम्म उपयुक्त मानिएको छ । सम दिनमा छोरा र विषम दिनमा छोरीको गर्भ रहने कुरा हाम्रै पुराणहरूमा पढ्न पाइन्छ ।

रजस्वला हुनु नारीको प्राकृतिक नियम हो र रजस्वला भएका चार दिनमा कसैको गर्भधारण भयो भने त्यसबाट कस्तो प्रकृतिको सन्तान जन्मन्छ भन्ने बारेमा बार्दै नबार्ने महिला वा पुरुषहरूले नै विचार गरेका होलान् । चार दिनसम्म महिलाहरू मानसिक रूपमा पनि अशक्त भएका हुन्छन् र उनीहरूलाई आरामको आवश्यकता हुन्छ तर बार्दै नबार्ने सोच भएका कामासक्त महिला वा पुरुषले त्यसबीचमा समागम गरे भने महिलामा कस्तो पीडा होला भन्ने बारेमा विचार पुर्याउनु जरुरी छ ।

चार दिन खाना पकाउन अल्छी मान्ने पुरुषहरूले नबार्दा राम्रो ठान्लान् अनि चार दिन पनि एउटै बिस्तारा छोड्न नपाए हुन्थ्यो भन्ने महिलाका लागि पनि नबार्दा तत्काल प्रेम प्रगाढ भइरहेको जस्तो लाग्ला तर त्यसले पार्ने दीर्घकालीन दुष्प्रभावबारे समयमै सचेत हुनु आवश्यक छ ।

हामी पुराना मान्यतालाई पनि वैज्ञानिक तरिकाले बुझ्न प्रयत्न नगर्ने र आधुनिक हुने नाममा पाश्चात्य संस्कृतिलाई पनि पूर्णतः वरण गर्न नसकेकी पुङमाङ भइसकेका छौं भन्ने कुरा कसले बुझाइदिने हो थाहा छैन । छाउपडी प्रथाले निम्त्याएका दुष्प्रभावप्रति सचेत हुनु अपरिहार्य हुँदै हो तर त्यसलाई नै आधार बनाएर सर्वत्र रजस्वलाका नियमलाई पूर्णतः बहिष्कार गर्नु मेरा विचारमा उपयुक्त देखिँदैन । एनजिओ र आइएनजिओका भत्ता पचाउनका लागि मात्रै कार्यक्रम आयोजना गर्नु भिन्नै कुरा हो तर हाम्रो संस्कारका बारेमा गम्भीर नहुने हो र त्यसमा पनि लक्ष्मीका प्रतीक नारीहरू नै त्यसप्रति संवेदनशील नभइदिने हो भने हाम्रो पहिचान बुझाउन भोलि कुनै विदेशीहरू अवश्य पनि आउने दिन नजिकिँदै छ ।

यसै सन्दर्भमा मैले पाँच वर्षअघि राष्ट्रिय अभिलेखालयमा रहेर अनुसन्धान गरिरहेका बेला एकजना जापान गएर फर्केका मित्रले सुनाएको कुरा निकै मननीय छ । एकजना जापानी महिलाले नेपालीले लगाउने विभिन्न रङका टीकाका बारेमा अनुसन्धान गर्दै रहिछन् । उनले नेपालबाट गएका मित्रलाई 'तिमीहरूले कालो टीका किन लगाउँछौ ?' भनेर सोधिछन् तर मेरा ती मित्रले हवन गरेर बाहुनबाजेले लगाइदिन्छन् तर त्यसको कुनै अर्थ थाहा छैन भन्दा ती जापानी महिलाले नेपालीले लगाउने सबै प्रकारका टीकाको वैदिकमात्र होइन पौराणिक र वैज्ञानिक कारणसमेत दिँदा नेपाली मित्र लज्जित भएछन् ।

 आज एनजिओ र आइएनजिओका भत्ता पचाउने नाममा गरिने नेपाली संस्कृति र सभ्यतामाथिकै प्रहारमूलक कार्यक्रममाथि हामी नेपालीहरू बेलैमा सचेत हुन सकेनौं भने हाम्रो अस्तित्व पनि गुम्नेछ अनि हाम्रो गुमेको संस्कृति र सभ्यता पढाउन विदेशीहरू नै नेपाल आउनुपर्ने वा हाम्रा सन्ततिहरू नै विदेश जानुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

(ढकालको फेसबुक पोष्टबाट साभार)
पृथ्वी नारायण शाहले गरेका महाभूल ?

पृथ्वी नारायण शाहले गरेका महाभूल ?

ए पत्रुहरु ! एकचोटी विश्व इतिहास हेर 

– प्रवीण अधिकारी
भारतले गान्धीलाई (उनले मुलुक टुक्र्याए) भारतीय स्वतन्त्रता संग्राममा अहिंसाको पक्ष लिए बापत राष्ट्रपिता बनायो, शेख मुजिबुर रहमानलाई बंगलादेशले सम्मान गर्यो, काईदे आलम अली जिन्हालाई पाकिस्तानले सम्मान गर्छ, अफगानिस्तानले अहमद शाह दुरानी, भुटानले शब्द्रुंग नामग्याल, चीनले सुं यात सें, इन्डोनेसियाले सुकार्नोलाई, जापानले शम्राट जिम्मुलाई, म्यानमारले अनाव्राहतालाई, श्रीलंकाले डि.एस. सेनानाइकेलाई, अमेरिकाले जर्ज वासिङ्टनलाई सम्मान गर्छ, टर्किले मुस्ताफा केमललाई, इजिप्टले शाद जागलउललाई, स्पेनले क्याथोलिक मोनार्कलाई, युगोस्लाभीयाले जोसेफ ब्रोज टिटोलाई, लिबियाले राजा इद्रिश अल सादुसीलाई, युएइले राजा शेइख जायदलाई, सोभियत युनियनले व्लड़िमिर लेनिनलाई, अष्ट्रेलियाले सर हेनरी पार्कसलाई राष्ट्र निर्माता सम्झीञ्छन् । बिस्मार्क, नेपालियन र चङ्गेज खाँ उनीहरू योद्धा भएकोले मात्र नभई देशको एकीकरणमा विशेष योगदान पुर्‍याएकोले तिनका देशमा सम्मान गरिएको छ ।

एघारौँ शताब्दीका योद्धा चङ्गेज  खाँले आफ्नो जीवनकालमा हिंसात्मक क्रियाकलाप गरेपनि मंगोलियाले राष्ट्रिय एकीकरणमा योगदान पुर्‍याएको भन्दै राष्ट्रिय विभूतिको रूपमा सम्मान दियो ।

तर गणतान्त्रिक नेपालमा नेपाल एकीकरणका मूल अभियन्ता एवम् आधुनिक नेपालका संस्थापक श्री ५ बडामहाराज पृथ्वीनारायण शाह लाञ्छित र अपमानित भए, उनको सालिक ढालियो र राष्ट्रिय एकता दिवससँगै पृथ्वीजयन्ती मनाउने परम्परा पनि अन्त्य गरियो । पृथ्वीनारायण शाहले आफू राजा, महाराजा या प्रधानमन्त्री बन्नकै लागि भनेर सत्र हजार नागरिकको हत्या गरेका थिएनन् । उनले सत्तास्वार्थका लागि संसद् विघटन गरेका थिएनन् । मोजमस्तीकालागि राज्यशक्तिको दुरुपयोग गरी निजी दरबार या बंगला खडा गरेका पनि थिएनन् । देशको धन सिङ्गापुर, अस्ट्रेलिया, अमेरिका, स्विटजरल्यान्ड या ब्रिटेनसम्म पुर्‍याएर राष्ट्र कङ्गाल बनाउने काम पनि गरेका थिएनन् । विदेशीको इसारा, लगानी र निर्देशनमा स्वधर्म नाश गर्ने, सामाजिक सद्भाव खलबल्याउने, राष्ट्रिय एकता क्षतविक्षत बनाउने, सार्वभौमसत्ता कमजोर र खण्डित गर्नेजस्ता कार्य पनि पृथ्वीनारायण शाहले गरेनन् । एकातर्फको छिमेकीसँग मिलेर अर्कोतर्फको छिमेकीलाई भड्काउने, तर्साउने, उनले आत्मकेन्द्रित सोच प्रस्तुत गर्ने र डलरसँग देश साट्नेजस्ता काम पनि गरेनन । स्वदेशमा स्थापित कल–कारखाना बिक्री गर्ने र स्वदेशी उत्पादन तथा स्वदेशमा रोजगारीलाई निरुत्साहित गर्ने काम पनि गरेनन् । नागरिकलाई गोलीको सिकार बनाउने कार्य उनले गरेका थिएनन् । उनले एउटै ठूलो भूल गरे तिमी जस्तो पत्रुलाई नेपाली बनाएर विश्वमा चिन्हाउन ५२ खण्ड भएको नेपाललाई एकीकरण गरी दिए ।

प्रकाशन मितिः२०७२ पुस २३ गते बिहीवार
पृथ्वी जयन्ती र नेता चिन्ने मौका

पृथ्वी जयन्ती र नेता चिन्ने मौका

–सन्तोषराज बजगाई

आधुनिक नेपाल निर्माण गर्ने राजा पृथ्वीनारायण शाहको योगदानलाई जति भने पनि नसकिने खालको छ । यदि उनले सो कामको थालनी नगरेको भए सायद उति बेला बेलायत (भ्बकत क्ष्लमष्ब) ले आधुनिक नेपाल कब्जा गरि भारतिय स्वतन्त्रता संग्रामपछि अहिलेको नेपाल पनि भारतीय भू–भागभित्र पर्ने निश्चित जस्तै थियो । हामीले भुलेर पनि यो कुरा बिर्सनु हुन्न । आज जसरी गोर्खाल्यान्डका साथीहरुले आफ्नो पहिचान खोजिराख्नु भएको छ, आज हामी पनि त्यही अवस्थामा हुने निश्चिति थियो । पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई गोर्खाको बिस्तारवाद हो भन्ने मित्रहरुलाई नेपालको माया नभएको निश्चित हो ।
राजतन्त्र अगाडी सम्म पुस २७ लाई पृथ्वी जयन्ती तथा एकता दिवसको रुपमा मनाइदै आइएको थियो । जो काम पछि जनआन्दोलन पछि रोकियो । जसबाट जनआन्दोलनको मर्म नेपाललाई बलियो होइन कि नेपालको अस्तित्व समाप्त पार्न हो कि भन्ने आकलन गर्न सकिन्छ ।
अहिले देश अस्त ब्यस्त अवस्था तथा जातियताको कुराले देश कमजोर भएको अवस्थामा पृथ्वीनारायण शाहको वेवास्थाले गर्दा हो कि भन्ने कुरालाई नकार्न सकिन्न ।
त्यसैले अहिले पृथ्वी जयन्तिको माग व्यापक रुपमा आएको बेला हाीमले अहिले राष्ट्रवादी तथा रास्ट्रघाती नेता चिन्ने बेला आएको छ  ।
विभिन्न समाचार श्रोत अनुसार कमल थापा, सिपी मैनाली तथा केपी ओली यस विषयमा सकारात्मक छ्न तर सरकार साजेदार केही दल यस विषयमा सन्तुष्ट रहेनछन् । यसबाट आम नेपालीले नेता तथा निश्चित पार्टीको नेपाल प्रतिको उसको नीति प्रष्ट हुनेछ ।

(बजगाइको फेसबुकबाट साभार)

प्रकाशन मितिः२०७२ पुस २३ गते बिहीवार
राजेन्द्र महतो तीन दल र पहाडीयाःएक विश्लेषण

राजेन्द्र महतो तीन दल र पहाडीयाःएक विश्लेषण

–रोशन श्रेष्ठ

मधेश आन्दोलनमा राजेन्द्र महतो घाइते भएको समाचार सुनेपछि मनमा लाग्यो - आन्दोलनमा लागेका नेताहरु अलि अलि घाइते त हुन्छन नै । हिजो ज्ञानेन्द्रबिरोधि आन्दोलनमा गिरीजा कोइरालाको टाउको फुटेको थियो । ४६ सालको आन्दोलनमा तुलसिलाल अमात्यमाथि नै लाठि प्रहार भयो । पद्मरत्न तुलाधरलाइ कठालोमा समातेर घिच्याएको फोटो अचेल पनि चर्चित नै छ । अहिलेका केपी ओली पनि पञ्चायति जेलमा निर्घात पुलिस कुटाइका कारण नपुंसक बनेका रे भन्ने गाँइगुँइ सुनिन्छ नै पनि । शेर बहादुर देउवाको लरबरिएको बोली पनि प्रहरीको कुटाइले गर्दा भएको भन्छन । आन्दोलनको बेला शिर्षनेताहरु आफै मैदानमा उत्रिदा जनता सरह दमनको शिकार हुनु स्वभाविक नै हो ।

तर केहि समयपछि महतोमाथि कुटाइ हुँदै गरेको भन्दै भिडियो देखियो । भिडियो त्यति स्पष्ट त छैन, शायद त्यहाँ देखिएको सेतो लुगा लगाउने मानिस नै महतो होला । उनको टाउकोमा ताकेर एक प्रहरी जवानले दौडेर आक्रमण गरेको देखिन्छ । ३-४ जना आन्दोलनकारी गुटुमुटु सडकमा बसेर हात माथि उठाउँदै गरेको देखिन्छ, शायद कुटाइ छेक्दै होला, अथवा आत्मसमर्पणभावमा हात उठाएको होला । तर एक निलो पोशाकधारी प्रहरीले निकै जोडले लाठी ती सेतो वस्त्रलगाउने वृद्धको टाउको नै ताकेर बजारीदियो । भिडियोमा त्यो प्रहार यति कठोर देखिन्छ कि, यदि त्यसै चोटको कारण ती बृद्धको ज्यान तलमाथि भयो भने मलाइ अचम्म लाग्ने छैन, किन कि सानो हेड-इञ्जुरीले पनि इहलिला समाप्त भएको उदाहरणहरु देखेको हुँदा टाउकोमा त्यस्तो कटबाँसको प्रहार कति घातक हुन सक्छ मलाइ राम्रो अन्दाज छ । त्यो पनि वृद्धमानिसमाथि ।

दोस्रो, र अझ महत्वपूर्ण कुरा, उक्त भिडियो हालसम्म करीब ४००० पटक शेयर भएको रहेछ, र त्यसमा हजारौ कमेन्टहरु छन । प्राय मधेशीयाहरुको कमेन्ट - 'दुखद', 'सरकारले अन्याय गरेको', 'महतोको स्वास्थ्य लाभ', लगायत आन्दोलनको समर्थनमा ओइरेको देखियो । अनि पहाडियाको कमेन्ट - 'खुचिङ', 'अझै पुगेन', 'मार्नु पर्ने' आदि सहित महतोलाइ गाली गलौज गरेको तथा पुलिसको तारीफ गर्दै मधेश आन्दोलनको बिपक्षमा ओइरिएको देखियो ।

निश्चय पनि मधेश आन्दोलनले पहाडमा सबैको दिनचर्यालाइ सकसपूर्ण बनाएको हुँदा पहाडियाहरुमा आक्रोश छ, तर तिनको आक्रोशले के बिर्सेको छ भने मधेशको मागलाइ जबरजस्ति कुटील तरीकाले संविधान निर्माण प्रक्रियामा वहिष्करणमा पारेर ३-बाहुन पार्टीले जबरजस्ति संविधान नल्याएको भए यो समस्या उठ्ने नै थिएन ।

सबैलाइ थाहा छ, यो समस्या ल्याएकै यिनै पार्टीहरुले हो । बजारमा अभाव चर्कीसकेपछि कालाबजारीयाले देशमा त्यत्रो लुटमार मच्चाउँदा पनि आजसम्म सरकारले तिनमाथि नियन्त्रण गर्ने कुनै कदम चालेको छैन, पहाडियाको आक्रोश कालाबजारीयाको लुटतन्त्रमाथि छैन । धनीमानी र हुनेखानेहरु यता शहरमा क्रिसमसको उपलक्षमा फेक स्नोफल वर्षात गराउँदै डान्स पार्टीमा मग्न हुदै रंगरस मनाउँदै छन भने उता गाउँ देहातमा ब्लान्केट एउटा धरी नपाएर मान्छे जाडोले खुत्रुक खुत्रुक मर्न परीरहेको अवस्था छ, तर पहाडियाहरु त्यस्तो मानवीय संकट र दुराअवस्थाप्रति रत्तिभर आक्रोशित छैनन । नाकाबन्दीले गर्दा औषधि नपाएर उपचार नभइ मान्छे मर्यो रे, गर्भवतिलाइ अस्पतालले भर्ना लिएन रे, आदि समाचारहरुको बिचमा एअरपोर्टमा जम्मा रहेको औषधि समयमै अस्पतालहरुसम्म पुर्याउन नसक्दा म्याद गुज्रेर काम नलाग्ने भयो रे भन्ने समाचारहरु पनि आएको छ, त्यसमा पनि पहाडियाहरुको आक्रोश पटक्कै छैन ।

तर मधेश आन्दोलनको एक नेता घाइते पारिँदा भने पहाडियाहरु खुल्ला दिलले आक्रोश ब्यक्त गरेर अनौठो आत्मरतिमा लीन छन ।यसबाट स्पष्ट देखियो कि पहाडिया र मधेशिया अब भावनात्मक रुपमा एकताबद्ध हुन नसक्ने गरी ध्रुविकरण भइरहेको छ । यसले ल्याउने बिखण्डनको नतिजा मन्त्रालय बिखण्डन गरे झै सजिलै र हल्का तरीकाले पचाउने क्षमता नेपालसित रहने छैन ।

मधेश आन्दोलनकारी बिरुद्ध आक्रोश ब्यक्त गर्ने पहाडिया मित्रहरुलाइ भन्न चाहन्छु कि - धन्य मान्नोस आज सम्म मधेशले सशस्त्र आन्दोलन गर्ने निर्णय लिएको छैन । तर अबको दिनमा यो आन्दोलन कुन दिशामा मोडिएला भन्न गाह्रो छ । जुन दिन ठाकुर, यादव, महतो, कर्णहरु, जसले आजको दिनसम्म पहाडिया सत्तासित सम्मानजनक सम्झौता गर्न सक्नुलाइ नै आन्दोलनको उपलव्धि ठानेर मधेशको आवाज बुलन्द गर्दैछन, तिनीहरु आन्दोलनको मैदानमा कमजोर वा थकित जुनदिन देखिनेछन, त्यो दिन देखि मधेशले पहाडिया सत्तासित समानान्तर सत्ता सञ्चालन गर्ने उद्देश्य बोकेकाहरुलाइ नेता मानेर अघि बढ्नेछन । त्यो बेला पनि तपाइ पहाडियाहरु अहिले झै आक्रोश कायम राख्न काविल भएर बस्नु होला । हैन त्यसो गर्न सकिन्न भने आजै विवेक पुराएर इतिहासको सहि पक्षलाइ निर्धक्क समर्थन गर्न पञ्चायति भुतले जगाएको मण्डले राष्ट्रबादको सिकञ्जाबाट मुक्ति खोज्ने प्रयास गरी देशलाइ ३ बाहुन पार्टीको नाकाबन्दीबाट मुक्ति दिलाउने आवाजको खोजी गर्नु होला । तपाइहरुको आजको क्रियाले नै भोलीको नतीजा बनाउने हो, हामीले त टाढाबाट जे देखिन्छ त्यहि कुरा भन्ने मात्र न हो ।

श्रेष्ठको फेसबुक पोष्टबाट साभार