Showing posts with label सामाजिक संजालबाट. Show all posts
Showing posts with label सामाजिक संजालबाट. Show all posts
पंचायत, राजा विरेन्द्र र गणतन्त्र

पंचायत, राजा विरेन्द्र र गणतन्त्र

सन्दर्भः वीरेन्द्र हत्याको १५ वर्ष

-प्रवीण अधिकारी
आज श्री ५ वीरेन्द्र बितेको पनि १५ वर्ष पुग्यो । नेपाली राष्ट्रिय भावना प्रखर हुनेले शव्द श्रद्धान्जली दिए होलान । रमाउनेले त्यो राजा भएको भए हामी शासन सत्तामा यस्तो मजाले हाली मुहाली गर्न पाउने थिएनौं भनेर काखी मच्याए होलान । एउटाको जरो नउखेली अर्कोलाई औषधि हुन्न भनि ठान्नेहरु, जे भयो ठिक भयो भनि दंगदास भईरहेका होलान् । आजका नेपाल विचित्रको छ । टोपी च्यातेर रुमाल हुन्न भन्ने पनि उनीहरुलाई थाहा छ तरपनि उनिहरु टोपी च्याति रहेका छन् । नेपालको राज्यव्यवस्थाको स्वरुपमा चर्चा गर्न यस्ता यस्ता कुराले मथिंगल हल्लाई रहन्छ । भावनाहरु ओहोर दोहोर गरी रहन्छ ।
एक स्वतन्त्र राष्ट्रको हैशियतले २०४५ सालमा नेपालले चीनसँग किन्न चाहेको केही एन्टी एयरक्राफ्ट गन आफै संग किन्नु पर्छ भन्ने दरिद्र सोच बोकेको भारतलाई मलजल हालेर उकास्ने तत्कालिन कांग्रेस र कम्युनिष्टहरुले भारतको सुदूर दृष्टि “भुटानको हैशियत” भित्र नेपाललाई पुर्याउन आजका मिति सम्म गरेको अथक प्रयाश भविष्यमा नेपालको राजनीतिक इतिहाँसमा लेखिदैं जाला तर त्यसको प्रत्यक्ष अनुभव यसपाला नेपालका स–साना स्कूले नानीहरुले पनि गर्न पाए । नेपाली नेताहरुबाट वि.सं. २००७ सालदेखि यही तानाबाना बुनिंदा र बुनाइदा भारतले नेपाललाई सधैं आफ्नो प्रभूत्व अन्तर्गतको राष्ट्रमा गणना गरी ल्यायो । अहिले गणतन्त्र नामको राजनीतिक व्यवस्थाले नेपाललाई कुदाउन थाले पछि त् झन् नेपाली नेताहरुको हैशियत भारतीय प्रधान मन्त्रीको जुत्तो दौराको फेरले पुछ्ने देखिन पुग्यो ।
वि.स. २०४४ सालमा नेपालको आन्तरिक खपतकोलागि हयियार किन्न लिएको स्वतन्त्र निर्णयलाई घुँडा टेकाउन तत्कालिन नेपाली कांग्रेस, एमालेको उक्साहटमा भारतले नेपाल सरकारलाई र नेपालका राजालाई पाठ पढाउने रणनीति अख्तियार गराइयो । तर श्री ५ वीरेन्द्र र प्रधान मन्त्री मरिचमान सिंह श्रेष्ठले गरेको निर्णय बदलिन चाहेनन् र नेपालकोलागि चाहिने हतियार चीनबाटै किन्ने निर्णय गरे र किनेपनि । त्यसपछि नेपालका प्रतिबन्धित दलहरुको उक्साहटमा विभिन्न अत्तो थापेर पारवाहन सन्धि नवीकरण नभएको नाममा नेपालमाथि आर्थिक नाकाबन्दी लगाइयो । राजनीतिक दलहरु दंग परे । खुशी भएर भूईमा न भाँडामा हुन पुगे । भारतको ओहोर दोहोर तीव्र बनाए । अझ भनौं भारतमा खाने र नेपालमा मैल्याउने गर्न थाले । तिनका भारतीय मन्त्रदाता गुरुहरुको ओहोर दोहोर बाक्लो पारियो । भारतले बि.सं. ०४२ सालमा भुटानलाई गरेको कुरो नेपालमा पूनरावृत्ति गराई छोड्यो । भुटानी नेताहरुले चिनियाँ नेताहरुलाई भेटेको निहुँमा चुनावको मुखमा पेट्रोलियम पदार्थमा अनुदान कटौति गरेर विपक्षी नेताले चुनाव जितेपछि मात्र अनुदान फेरि लागू गरेको घटनाको दोहोर्याइयो । नेपालको आन्तरिक राजनीतिमा “बहुदल घोषणा” गराएर राजालाई पाठ पढाएपछि भारतले घृणित नाकावन्दी कृष्ण प्रसाद भट्टराईलाई निमित्त बनाएर एकतर्फी रुपमा हटायो । नेपालमा आफ्नो ईशारा अनुसारको नेता उमार्नु र उनीहरुको जुत्तोमा पालिस लाइदिने सरकार भारतको भित्री ध्येय हो । ०४६ सालको जन आन्दोलनपछि बहुदलवादीहरुको सरकार बने लगत्तै भारतले पारवहन सन्धी गरेर आफ्नो त्यो रुप प्रष्ट्याई सकेको कुरा अहिले प्रौढ भएका प्रत्येक नेपालीहरुलाई थाहा हुनुपर्छ ।

भारतले नेपालमा लगाएको पहिलो र दोश्रो नाकाबन्दीका क्रममा नेपालमा नझुक्ने शासन व्यवस्था थियो । उसको तुच्छ नीति नेपालमा गतिलो गरी चल्न श्री ५ महेन्द्र र वीरेन्द्र बाचुन्जेल दिएनन् । पंचायतले नियुक्त गरेको प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई आजको दिनमा प्रत्येक स्वाभिमानी नेपालीहरुले सम्झिन्छन् किनभने पंचायतकालमा संवैधानिक रुपमा राजा सर्वोच्च भएपनि, राजाको प्रत्यक्ष शासन रहेता पनि, पंचायत व्यवस्थालाई अनुसाशित, स्वाभिमानी, मर्यादित साशन व्यवस्था भन्न प्रत्येक स्वतन्त्र नेपालीहरुलाई कर लाग्नेछ ।

अहिलेको गणतान्त्रिक राजनीतिक ब्यबस्थामा मौलाएको गुण्डा राज्य, अमर्यादित राजनीतिक संस्कार, नेता केन्द्रित चरीत्र, फूट्पाथबाट महलछाप बन्ने नीति, अनुत्तरदायी साशन ब्यवस्थाको, विदेशमा धन थुपार्नेको मरिहत्ते भै रहेको छ । अबको नेपालमा प्रधानमन्त्री भएर घर फर्केको मान्छे गाई पालेर त्यसको गोबर सोहोरेर बस्ने छैन । १७००० मान्छे मारेर ल्याएको गणतन्त्रले हुर्काएको ठूला नेताहरु दिल्लीको जुत्तोमा पालिस गर्न पुगिरहनेछन तर गाई पालेर बस्ने छैनन् । 

(अधिकारीको फेसबुक पोष्टबाट साभार)


कुख्यात परिचित हुने रहर

कुख्यात परिचित हुने रहर

– डि.पी. अधिकारी

कहिलेकाहिं एक्लै बसेर मधिलो आँखाले नेपालको नक्सा हेर्छु, हाम्रा पुर्खाले पूर्व मेची देखि पश्चिम तराई महाकाली सम्म, उत्तर देखि दक्षिण सम्म, हातेमालो गराएर नेपाल आमाको रक्षार्थ खडा गरिएका लाखौ करोडौ नेपाली नागरिकहरु । तर, ख्वै ति नेपालीहरु आज ? के उनीहरुलाई मातृभूमिले आफु मरेपनी, बेचिएपनि वा बलात्कार नै भएपनि, सबै पीड़ा आफैंले लिएर तिनका सन्तानले दु:ख नपाउन भनेर आफ्नो काखबाट फुस्कन नदिएकी र छातीबाट अलग हुन नदिएकि नै हुन त ? यदि यसो हो भने, यसको जिम्मेवार को त, स्वयं मातृभूमि या तिनका होनहार नेपाली सन्तान ?

तैपनि अचेल आफुलाई एकान्तमा बस्दा अपरिचित भएको आभाष हुने गर्दा, परिचित मात्र नभई कुख्यात परिचत हुने रहर लागेर आउछ । डर्बिनले भनेका थिए “म यसो पो होला की उसो पो होला की भनेर खोज गरिरहन्थे, नयाँ नयाँ कुरा पत्ता लगाईंरहन्थे, तर मानिसहरु त्यों कुरालाई बिश्वास गरेर संसारभर फैलाउँथे ।”
त्यसैले यसको लागी गर्नु नपर्ने भनिदिए पुग्ने शब्द हो “पृथ्वी नारायण शाह यो देशका गद्दार मात्र होइनन, विस्तारबादी हुन, मेरो अधिकार तिनै पृथ्वी नारायण शाहले खोसेका हुन, ज्ञानेले भाई मार्यो, निरंकुश सत्ता संचालन गर्यो, भाई मारेको मेरै आँखाले देखेको हो” ¤ बस यत्ति फुकिदिए हुन्छ, सेकेण्ड भरमा राष्ट्रवादी बनाएर आफुलाई राष्ट्रवादी भनेर भन्ने पत्रिकाहरुले पहिलो पृष्ठमा नै ठुलठूला अक्षरले डाम्ने मात्र होइन, राष्ट्रिय, अन्तराष्ट्रिय टेलिभिजनहरुमा अन्तर्वार्ताको लागी भ्याईनभ्याई नहोला त ? त्यसपछि आफु राष्ट्रवादी नेता मात्र नभएर कुख्यात परिचित बुद्दिजीवी पनि पक्कै बनिने थियो की ?

यि माथि उल्लेखित सबै त बनुँला, तर के आफुलाई यो मातृभूमिको सन्तान पनि हूँ भनेर भन्ने आँट आउला ? आफ्नो आत्मअस्तित्व बेचेर पाउने परिचयले के आफुलाई नेपाली हूँ भनेर भन्ने अधिकार प्राप्त होला ?

भनिन्छ की, कोही जन्मिदै राष्ट्रप्रेमी हुन्छ, राष्ट्र र स्वाभिमान प्रति उसको रगत प्रत्येक नशा नशामा बगेको हुन्छ । यस्तोमा जब देश पराधिनताको जकडीमा बाधिएको हुन्छ, त्यों बेलामा पनि मातृभूमिको काख र छातीमा टास्सीएर लाम्टा चुसी रहन ती मातृभूमिका सन्तानहरुलाई सुहाउला ? शरम नलाग्ला ?

भारतका गान्धिका गीत यहाँ घन्काईन्छ, चाहे उनी दुराचारी हुन वा यौनचारी । तर जसले यो राष्ट्र निर्माण गर्यो उसको नाम यहाँ लिए मात्र पनि अराष्ट्रबादी भएछु भन्ने कथितहरु खपेटा भित्र अनुहार लुकाएर राष्ट्रवादीको पगरी गुथेर बसेका छन् । अन्तमा आउनुहोस् देश आफ्नै हो, राष्ट्र आफ्नै हो, मातृभूमि आफ्नै हो, रक्षार्थ भएर हातेमालो गरौ । जय होस ।।
नयाँ संविधान: राजनीतिक मलको डिपार्टमेन्टल स्टोर

नयाँ संविधान: राजनीतिक मलको डिपार्टमेन्टल स्टोर

–दधिराम आचार्य
अर्थ राजनीतिले पूर्ण रोजगेरीलाई विकासको परिसूचक मानेको छ । विकास भन्नु र पूर्ण रोजगारी भन्नु एउटै कुरा हो । विकास माने पूर्ण रोजगारी साधन र साध्य दुवै हो ।

यो स्वतन्त्रता जस्तै जो आफैमा साधन र साध्य हो । संसारमा खोजेको पाइन्छ । गन्तव्य नै निर्धारित छैन भने निर्णयहीनताको अवस्थामा पुगिन्छ । नेपालको अर्थ राजनैतिक अवस्था यही हो । संविधान निर्माणलाई लक्ष्य मानियो । जस्तो भएपनि जारि भयो । लक्ष्य निर्धारण जे गरियो सो प्राप्त भयो । पूर्ण रोजगारी अर्थात विकास खोजिएको हैन । संविधान निर्माणलाई किन उद्देश्य बनाइयो ? किन कि नेपालको राष्ट्र निर्माणको औचित्यलाई इन्कार गर्नु थियो । नेपाललाई असफल राष्ट्र सिद्ध गर्नु थियो । संविधान निर्माण भनेको गलत उदेश्य हो । नेपाललाई लक्ष्य बिनाको बेबारिसे राष्ट्र सिद्ध गर्नु हो ।

विगत पाँच हजार वर्ष देखि विश्व रंगमन्चमा उपस्थित राष्ट्रलाई राष्ट्र नै हैन भनेर सिद्ध गर्ने विषयमा नेपालको हित नचाहने देशी विदेशी तत्वहरू एक हद सम्म सफल भए । म हुनु आफै एक वास्तविकता हो । तपाई हुनुलाई पनि बास्तबिकता मान्न सकिन्छ । तपाइ एक वास्तविकता हो कि हैन भनेर प्रमाणित गर्नु आबश्यक छैन । यो सम्बिधान निर्माण यस्तै पागलपन हो । नेपालीहरूले हामी पागल नै हौ भनेर आफ्नो परीक्षा आफै दिए र पागलको प्रमाणपत्र लिए । संविधानसभा यस्तै एउटा पागलखाना हो । पागलको प्रमाणपत्र जारी गराउने काममा सफलता पायौ भनेर मखलेल छन् बहुदलीय मोर्चा । पागलमा प्रमाणित हुन पाएको गौरब । काशी जाने कूतिको बाटो भनेको यही हो ।

बुद्धिमान राष्ट्रिय नेतृत्वले यस्तो गलत निर्णय लिदैन । विकासशील देशमा ७० प्रतिशत मानिस असमान्य मानसका हुन्छन् भनेको सिद्ध भयो । कतिलाई राजनैतिक उद्योग चलाउनु थियो । कतिलाइ राजनैतिक मल चलाउनु थियो । कतिलाई जे खोजेपनि पाइने डिपार्टमेन्टल स्टोर । यो सबै पाइन्छ संविधानमा । जनताले माल पाउदैनन्, पैसा हुँदा पनि । सामानको सूचि पाउछन् । मुखियाहरूले नगद नारायण पाउछन् । जनताको काम “जोडगर बराजै तिमलाई हाम्रो साथ छ”। साढे जुधाएर रमिता हेर्ने चलनसँग ठिक मिल्दो जुल्दो । यसबाट नेपाली समाजलाइ क्षत विक्षत (पक्ष बिपक्षमा)पार्नु थियो । कस्को स्वार्थमा रहेछ प्रष्ट छ ।
ज्यानमारा अंक २६ !  यो कस्तो संयोग ?

ज्यानमारा अंक २६ ! यो कस्तो संयोग ?

–प्रवीण अधिकारी

चीनको भूकंप - २६ जुलाई १९७६
गुजरातको भूकंप - २६ जनवरी २०११
हिंद महासागरको सुनामी - २६ दिसंबर २००४
भारतको मुंबई हमला २६ नवंबर २००८
ताइवानको भूकंप - २६ जुलाई २०१०
जापानको भूकंप - २६ फ़रवरी २०१०

सधैं किन "२६ " 
यो संयोग हो या गम्भीर हुने कुरा ?

रोड्स भूकंप - २६ जून १९२६
उत्तरी अमेरिकाको भूकंप - २६ जनवरी १७००
यूगोस्लावियाको भूकंप - २६ जुलाई १९६३
मेरापी ज्वालामुखी विस्फोट - २६ अक्टूबर २०१०
ईरानको भूकंप - २६ दिसम्बर २००३ (६०,००० मृत)
तुर्कीको भूकंप - २६ दिसंबर १९३९ (४१ ,००० मृत)
Kansu, चीनको भूकंप - २६ दिसम्बर १९३२ (७०,००० मृत)
पुर्तगालको भूकंप - २६ जनवरी १९५१ (३० ,००० मृत)
Krakatau ज्वालामुखी विस्फोट - २६ अगस्त १८८३ (३६ ,००० मृत)
आचे सुनामी - दिसंबर २६ , २००४
Tasik भूकंप - २६ जून २०१०
Mentawai सुनामी - २६ अक्टूबर २०१०
मुंबई बाढी - २६ जुलाई २००५

(अधिकारीको फेसबुक वालबाट साभार)
त्यसै भन्न पाइन्छ भ्रमण असफल ? यी हेर्नुस् उप्लब्धिहरु

त्यसै भन्न पाइन्छ भ्रमण असफल ? यी हेर्नुस् उप्लब्धिहरु

-सन्तोष चिमरिया
भ्रमण असफल भयो भन्ने ? संयुक्त बिज्ञप्ती आएन भन्ने ? के लेर आईस भनेर सोध्ने ? म माईत गा'हुम र थुन्सेमा कोसेलीपात ल्यार आउनलाई माकाफुईहरु ! सुस्मा दिदी र म अर्थात हामी, कुम्भको मेलामा छुट्या रछौ । भ्याट्ट आमाले लगाई दे'को लकेटले दिदि र मेरो पुनर्मिलन भयो । दिदि ठ्याक्कै ४ दिनले जेठी हुनुहुदो रहेछ । के भाइ भन्दा दिदी ४ दिनले जेठी हुनु उपलब्धि हैन ? के ६० बर्ष पछि दिदिभाईको पुनर्मिलन हुनु उपलब्धि हैन ? पहिला गहुंको रोटी र तराईका बेटीको संबन्ध थियो । मेरो भ्रमण पछि अब गहुको हैन तिहारमा दिदिले भाईलाई दिने सेलरोटीमा सम्बन्ध उक्लेको छ । चिल्लो पनि ,मीठो पनि ,गुलियो पनि ! के यो उपलब्धि हैन ? सम्बन्ध बेटी-दामादबाट दिदिभाईमा उक्लेको छ । के यो उपलब्धि हैन ?

       उपलब्धिहरुको चाँङमा अर्को उपलब्धिकै कुरो गर्नुपर्दा पुनर्निर्माण हेर्न गुजरात गईयो ।
त्यहाँ भुकम्पपछिको पुनर्निर्माण त हेरियो हेरियो , साथमा आफ्नै राष्ट्रिय झण्डाको पुनर्निर्माण भएको पनि देख्ने सौभाग्य मिल्यो । तीन कुने झण्डा पुनर्निर्माणमा परेर आजकलका चल्तीका स्मार्ट टिभी जस्तो चारकुने भएछ । के त्यो उपलब्धि थिएन ? भारतले हामीलाई बराबरीको हैसियत दिएन भनेर सधैं बाँसाघारीका रुप्पी झै कराउने कथित राष्ट्रबादीहरुलाई म प्रश्न गर्न चहान्छु , राष्ट्रिय झण्डामा एउटा कुनो थपेर भारतको बराबर बनाउनु उपलब्धि हैन ? आजसम्म कुन चाहिँ प्रधानमन्त्रीले त्यसो गर्न सकेको थियो ?
       बिरोधका लागि मात्रै बिरोध गर्नु उचित छैन । छ दिनको भ्रमण उपलब्धिमुलक रहयो । मनिषासंग भेट भयो । लाल दोपट्टावाली तेरा नाम तो बता भन्नेमा नाच्ने त्यो गोबिन्द हिरोसंग भेट भयो । सधैं नाम मात्रै लेख्ने त्यसको थर सोधौला भन्ने थियो, भुसुक्कै बिर्सेछु । नभएको एउटामात्र उपलब्धि भनेकै त्यही गोबिन्देको थर सोध्न भुलेछु त्यति हो । त्यो पनि कमल थापालाई पठाएर उपलब्धि हासिल गरेरै छोड्छु । बाकी सबै कोणबाट भ्रमण एतिहासिक रुपले सफल भयो ......


( चिमरियाको फेसबुक वालबाट साभार)