चाडपर्व: अर्थ, उत्पत्ति, महत्त्व र मनाइनुको उद्देश्य

-प्रवीण अधिकारी
नेपाल अनेकतामा एकताको अद्भुत संगम भएको मुलुक हो जँहा अनेक धर्म भाषा ,जाति , सम्प्रदायका मानिसहरु एउटै मालामा बिभिन्न फूल गासिएसरी रहेका छन् ! यांहाका हरेक जाति, धर्म र सम्प्रदायको आ आफ्नै सान्स्क्रित्तिक सम्पति छ जो बिभिन्न चाड पर्वको रुपलिएर हाम्रो समाज मा चलन चल्तीमा रहेको छ ! यस देशमा प्रसस्त जातजाति र उपजातिहरु छन् ! त्यसैको अनुपातमा ती चाड पर्वहरु मनाइञ्छन ! हाम्रो सामाजिक विभिन्नतालाई यिनै चाड पर्वहरुले एकाकार गरेको छ ! यो शिलशिला बर्ष भरीनै चलिरहेको हुन्छ !
चाड पर्वहरु मनाउनुको उद्देश्य :

हाम्रा प्रत्येक चाड पर्वहरु मनाउनुको पछाडी विशिष्ट अर्थ र अन्तर्निहित उद्द्येश्य रहेको छ ! त्यसको महत्व युगौ युग देखि जस्ताको त्यस्तै रहदै आएको छ ! यी चाड तथा पर्वहरुको अध्ययनले हामी ,हाम्रो समाज र हाम्रो समाजिकताको झलकलाई प्राचिन कालदेखि डोर्याएर ल्याएको छ ! नेपाली समाज , नेपाली राष्ट्रिय एकता र अखण्डताको शम्रिद्धिकोलागि यी चाड पर्वहरु महत्वपूर्ण खाँबोको रुपमा रहेका छन् ! हाम्रो धार्मिक समन्वय र सामाजिक एकताको प्रेरक प्रतिक भएका छन् ! हाम्रो सामाजिक सौहाद्तामा बेला बखत परेको खाडल पुर्दै ल्याएका छन् भने सामाजिक बनौटमा देखिएको मतभेद हटाउन मद्दत गरेका छन् ! यीनको क्रियाबिधि बिभिन्न रुपमा रहेको छ तर मूल्तत्व भने एउटै छ ! त्यसकारण यी हाम्रा संस्कृतिक सम्पति भई हाम्रो धार्मिक ,संस्कृतिक,सामाजिक र आध्यात्मिक मेरुदण्ड भई हामी नेपालीहरुको गौरवको रुपमा उभिएका छन् ! हामीमा मानवीय चरित्र निर्माण गराउनुमा यी चाड पर्वहरुको ठूलो योगदान छ !
उत्पत्ति :
हाम्रा चाड पर्वहरुको उत्पत्ति स्थानीय परम्परा, व्यक्ति विशेषबाट श्रीजना गरिएको संस्कृतिबाट भएको नभई सनातनी वैदिक धर्मग्रंथ, बिभिन्न धर्मसूत्र , पौराणिक कृत्य र आचार संहितामा उल्लेख गरिएका कृत्य हुन् !यिनलाई मनाउने शैली र नियम बैदिक र पौराणिक काव्यहरुमा उल्लेखित गरिएको देखिन्छ भने सूर्य , चंद्र ,तिथि र वारको संयोगात्मक र वियोगात्मक मानका रुपमा हाम्रा चाडपर्वहरु रहन पुगेका पाइन्छन !
महत्व :
चाड पर्व मान्छे मान्छे बीच, मान्छे र प्रकृति बीच सामंजस्य राख्ने माध्यम हो ! अझ भन्दा सम्पूर्ण ब्रह्मांडको कल्याण चिताउने माध्यम हो ! यसमा लौकिक कार्य र धार्मिक तत्व समावेश भएको छ ! यसबाट हामीले हाम्रो जीवनमा सच्चरित्र निर्माण गर्न मद्दत पाएका छौ भने आफु जन्मिएको समाजको उन्नति गर्ने हौशला पनि पाएकाछौ ! आपसी भाईचारा, स्नेह संबंध, सदाचरण आदि गुण अभिवृद्धि गरी ईश्वर व संस्कृति प्रति श्रद्धाभाव जागृत गर्न यी चाड पर्वहरुको ठूलो महत्व छ !
चाड र पर्व बिचको अन्तर :
हाम्रा चाड पर्वहरुले धर्म एवं आध्यात्मिक भावनालाई दर्शाएर हामीलाई यस लोक र परलोक सुधार गर्ने प्रेरणा दिएका छन् भने हाम्रो आध्यात्मिक उन्नतिमा सहायक भई हाम्रा घर परिवारका सबै साना ठूला सदस्यहरुलाई नजिक्याउने मिल जुल बढाउने , संगै बस्ने , एक अर्काको सुख र आनंदमा सहभागी हुने अवसर प्रदान गर्दै आएका छन् ! मानवीय उदारता, समग्रता, आपसी मायाँप्रेम तथा भाईचारा अभिवृद्धिको संदेश दिन सक्षम भएका छन् ! सूक्ष्म रूपमा चाड र पर्व बीच अंतर देखिन्छ ! ‘पर्व’ सामूहिक रूपले मनाउने कृत्य हो - जस्तो दशैं, तिहार, ऋषि तर्पणी, शिवरात्री, माघे संक्रान्ति भने ‘चाड’ शब्द ‘तिथि, वार र नक्षत्रको’ सामुहिक स्वरुप हो ! यो एउटा यस्तो योग हो जो प्राचिन कालदेखि आज सम्म एउटै प्रारम्भिक उद्देश्य प्राप्तिको लागि मनाउदै आइएको छ ! सबै चाड पर्व खास निश्चित तिथि र वार को योगमा आधारित भएको हुन्छ !
हिंदूधर्म आशावादी धर्म हो ! यसैकारण हाम्रो चाड भित्र विजय दिवश, जयंती दिवश आदि समावेश छन् ! हाम्रो चाड भित्र पराजय र निर्वाण दिवश समावेश गरिएको छैन ! केही चाड समग्र देश भित्र एक साथ् मनाइन्छ !
संदेश :
नेपालमा हरेक चाड पर्वको पछाडी धार्मिक अनुष्ठान हुने गर्दछ ! त्यसकारण प्रत्येक चाड पर्व का पछाडि वैज्ञानिकता लुकेको छ ! यी चाड पर्वहरुमा मौसम अनुसार व्रत, अनुष्ठान , खाने - लाउने , कसको पूजा गर्ने , कुरा पारम्परिक रुपमा रहेको छ भने प्रत्येक चाड पर्व व्रत-उपवासका पछाडी रहेका पौराणिक कथाहरुले मानव जीवन सुखी हितकर बनाउन संदेश छोडेर गएका छन् ! यी प्रत्येक कथा बोध हुन् ! नीति कथा हुन् ! हाम्रो स्वर संग गासिएका लोकविम्व हुन् ! यी सबै हाम्रो जन जीवन संग गासिएका छन् ! नेपाली समाज को सर्वाधिक बिश्वाश नातामा छ ! नाता गास्नु र त्यो नाताको मर्म निभाउनु नेपाली संस्कृतिको आदर्श हो ! हाम्रो संस्कृतिमा कोई स्वास्नी मान्छे स्वास्नी मान्छे मात्र होइन ती आमा हुन् , सहचरी हुन् ,बहिनी हुन् , पत्नी हुन् ,छोरी हुन् भने लोग्ने मान्छे पनि पुरुष मात्र होइन भाई हो , सहयात्री हो , छोरा हो, बाबु हो ! यी सबै कुरा गास्दा बन्न पुगेको हो हाम्रो परिवार ! त्यस्तै धेरै घर परिवार मिल्दा समाज तयार भएको हो ! त्यै ईकाई बढदै गैर राष्ट्र र राष्ट्रिय गौरव परम्परा बनेको हो ! जीवन पूर्ण बनाउन , सात्विक बन्न व्रत र चेतनामयी बन्न चाड र जीवन उत्कर्षको भेद थाहा पाउन हामीले जन्मोत्सव मनाउने गरेका हौ !
व्रतको प्रभावले हाम्रो आत्मा शुद्ध हुन्छ , संकल्प शक्ति बढ़छ , बुद्धि, सद्विचार तथा ज्ञान विकसित हुन् पुग्छ !परम्परा प्रति भक्ति र श्रद्धा बढेर जान्छ र प्रत्येक मानवले जान जीवनको प्रत्येक क्षेत्रमा कुशलतापूर्वक, सफलतापूर्वक तथा उत्साहपूर्वक काम गर्न सक्तछ ! जसले गर्दा उसले सुखमय दीर्घ जीवनकोलागि चाहिने आधार स्वयम् संग्रह गर्दै जन सक्तछ !

SHARE THIS

Author:

Facebook Comment