“ग” बाट गणेश नै सिकौ र भनौं “गधा” होइन

हामी गोटी हौं कसैले चलाइदिनुपर्ने, फगत गोटी हौं शतरञ्जको – भूपी शेरचन

- डिपी अधिकारी

गीतामा भनिएको छ कि कर्मका शुभ अशुभ फललाई अवश्य भोग्नु पर्दछ, त्यसबाट छुटकारा मिल्दैन । साधारण बोलचालको भाषामा कर्मको अर्थ हुन्छ “क्रिया” । व्याकरणमा क्रिया भन्नाले निष्पाद्यमान फलको आश्रयलाई कर्म भन्छन् । जे पनि मनुष्यले गर्छ जसबाट कुनै फल उत्पन्न हुन्छ । यो फल शुभ, अशुभ अथवा दुवैभन्दा भिन्न हुन्छ । फलको यो रूप क्रियाद्वारा स्थिर हुन्छ । दान शुभ कर्म हो र हिंसा अशुभ कर्म हो ।

जीवन प्राण हो, अर्को अर्थमा जीवको जन्मदेखि मृत्युसम्म जिउने कालखण्ड हो जीवन । जीवन दु:ख पनि हो, सुख पनि हो । जीवन हार पनि हो, जित पनि हो । जीवन रोदन पनि हो, हाँसो पनि हो । जीवन जुझ्नु पनि हो, भाग्नु पनि हो । जीवन देखाइ, भोगाइ, गराइ सबै थोक हो । के होइन जीवन ? मान्छेद्वारा गर्ने गराइने सबै खाले कार्य वा क्रियाकलापको समष्टि नाम हो जीवन ।

नेपाललाई सृष्टिको बिहानी र ज्ञानको मुहान पनि मानिन्छ, यहाको जस्तो भौगोलिक विविधता र सामाजिक सामाञ्जस्यता विश्वमा कहिँ छैन । जसलाई स्व.पृथ्वी नारायण शाहले स्थापित गरेका हुन् । नेपाल, तापमानको तराई र चिसोको हिमाल पर्वतले मिलेर बनेको सुन्दर भूभाग हो । वीरता, निष्ठा र कर्तव्यपरायण जातिका रूपमा रहेको हाम्रो पहिचान नियतिको निष्ठुर उपहास भनौं अथवा कर्मको विडम्बना, आज हाम्रो अवस्था कुनै साध्वी महिलाले जीवनयापन गर्न मूल सडकमा पसल थापेर दु:खजीलो गरेको अवस्थालाई “बाटोकी पसलनी सबैकी भाउजू” जस्तो भएको छ ।

बाइसे चौबिसे राज्यहरुलाई एकीकरण गरेर पृथ्वी नारायण शाहले एकीकृत नेपाल अधिराज्यको जग बसाले ¤ त्यही एकीकृत नेपाल अधिराज्यको परिचय नै हाम्रो आजको बर्तमानको परिचय हो, हामि नेपाली ¤
आज ३५ लाख भन्दा बढी नेपालीहरु रोजगार, व्यापार व्यवसाय र अध्ययन गर्दै बिदेशी भूमिमा निलो पसिना बगाइरहेका छन् ।  भने तिनै नेपालीहरुको मृत्यु शरीर प्रत्येकदिन ड्रयाइमिट जस्तै काठको बाकसमा प्याक भएर आइरहेको छ ¤ यो मृत्युको भोगाइ आखिर कसको कारणले त् ? किन बर्तमानका हिजडाहरुले बोल्न सक्दैनन् ?

एक जना गाउँले ठिटो फाटेको मैलो कट्टु कमिज लाएर, हातखुटृा फालेर तालसुर बिना सडकमा नाचिरहेको हुन्छ, उपस्थित मानिसहरू कराएर, ताली बजाएर उसलाई उडाइरहेका हुन्छन् । तर, ऊ झन् झन् जोस्सिँदै, धुनमुनाउँदै, फनफनती घुम्दै सबैलाई हँसाइरहेको हुन्छ । त्यतिकैमा उक्त भिडबाट आवाज आउछ "त्यो मोरो भाउते चोर, जहिले पनि त्यस्तै हो । कसले जाँड ख्वाउँदो र”छ कुन्नि, दिनभर त्यस्तै हो, बुझ्नुभो बाउ ¤ हुने मात्र भए यो साइँदुवा भाउतेलाई पागलखानामा लगेर जाक्नु हुन्थ्यो...पागलहरू सब सखाप परेर पो नत्र...! हाम्रो अहिलेको अधिकार प्राप्त प्रगतिशील र चेतनशील भनिएको समाजको प्रगति हो यो !

बि.सं. २०४६ मा प्रजातन्त्रको नाममा मौलिक पंचायती पद्धतिको अन्त्य । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना । बि.सं. २०४८ को प्रथम आमनिर्वाचन र बि. सं.२०५० सालको तत्कालिन एमाले महासचिब मदन भण्डारी तथा जीवराज आश्रितको रहस्यमय दुर्घटना । बि.सं. २०५१ को मध्यावधि निर्वाचन र बि.स. २०५२ देखिको आतंककारी माओबादिको ज्यानमारा अभियानको शुरुवात । बि.सं. २०५६ को आमनिर्वाचन र वि.सं. २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड । वि.स २०५९ को संसद भंग र शाही घोषणा । बि.स.२०६२/६३ को आन्दोलन । बि.सं. २०६४ को संविधानसभा निर्वाचन, कथित गणतन्त्रको स्थापना, एकतामा रमाइरहेका नेपालीहरुबीच जातीय र क्षेत्रीय बिजारोपण । भारतीय, अमेरिकी र छिमेकी मुलुक चीनले समेत अहिले हाकाहाकी नेपालमाथि हस्तक्षेप गरिरेहेको छ ।

नेपाली राजनीतिक संस्कारमा ६० बर्ष पुगेको, मानशिक, शारीरिक, बौद्धिक रुपमा स्खलित र बोदो भैसकेका कमजोर बुढाहरुले नेत्रित्व लिने नेपाली राजनितिको अधिकार हो । ती सम्भव भएसम्म जीवनभर राजनीति गरेर सत्ता र भत्तामा रमाउन चाहन्छन् । मृत्युको अन्तिम घडीसम्म पनि पद ओगटेर राष्ट्रिय सम्मानको साथ राष्ट्रिय झन्डा ओडेर आर्यघाट पुर्‍याउन् भन्ने चाहन्छन ।

गिद्धहरु धेरै दिन देखि भोकले तड्पी रहेका थिए ¤ कहिल्यै कुनै दिन पनि टाढा टाढा सम्म सिनो खोज्न गिद्धले लास नपाए पछि सिनोको आस मेटियो ! यसरी धेरै दिनदेखि सारा गिद्धहरुले लास नपाएपछी तुरुन्तै इमर्जेन्सी मिटिङि डाकी सभा गोष्टी सुरु गरे । “यदी यसरी नै वेवारीसे लासको आस हरायो भने त हामी सबै गिद्धहरु भोकले तडपी तडपी मर्ने छौ ।”

त्यत्तिकैमा एउटा गिद्धले भन्छ “म एउटा आदेश दिन्छु पालन गर्नु होला ¤ आज राती हाम्रा सबै गिद्ध साथीहरु मानव बस्तीमा  गएर आफ्ना वलवान नगरा र बलवान मुखका चुच्चाले मानब वस्तिका मन्दिर, मस्जित र गुम्बामा पसी भत्काइ दिने !” सबै गिद्धहरु खुशी हुँदै त्यही गरे ¤ नभन्दै सारा मानव वस्तीहरु उजाडिए धार्मिक दंगा, जातीय दंगा र राजनैतिक दंगा भए, मानव बस्ती लाशहरुले भरिए, लाश उठाउने मानिस पनि भएन गिद्धहरु खुशी भए र रमाउँदै भोज खान थाले । अब हामी पनि भनौ “गिद्ध महाशय जिन्दावाद ! गिद्ध नेता जिन्दावाद !! जिन्दावाद !! जिन्दावाद !!
लाग्छ, आदर्श र नैतिकता अब खरानी भएको छ हामी नागरिकमा र लुट मच्चाउनेहरूका लागि नेपाल अन्त्यन्तै स्वर्णकाल बनेको छ । राजनीतिलाई ब्यापार र व्यापारलाई राजनीति बनाएपछि राजनीति खोज्न ब्यापार गर्नु पर्ने र ब्यापार खोज्न राजनीति गर्नु पर्ने, यो नै हामी नेपालीको लागि नयाँ राजनीति, नया व्यापार र नया नेपाल को सुबर्ण अवसर हो ।

महाभारतमा दु:शासनद्वारा द्रौपदीको वस्त्र हरण गरे जस्तै स्वाभिमानी नेपालीहरुको आत्म चिरहरण गरिएको छ, यहाँका आधुनिक र प्रगतिशील ठेकेदारहरुबाट !

सानो छँदा लाग्थ्यो कि पैसा जाबो ठुलो भएपछि मनग्य कमाएर यसो गर्छु, उसो गर्छु भन्ने भावना जागृत हुने गर्थियो ! पैसा मनग्य कमाउनको लागि आफ्नो आदर्श, स्वाभिमान सबै त्याग गर्न सक्नु पर्ने रहेछ ! आफु जति स्वाभिमानी भएपनि अचेलको क्रान्तिकारी र परिवर्तनका चेतनशील समाजले पत्याउदो रहेनछ !

भगवान श्रीकृष्णले इन्द्रको आदेशमा मेघनाथले भारि वर्षा गरेपछि, त्यहाँका ग्वालाहरुलाई हिमालय पर्वतको मुनि लगेर एक औलाले हिमालय पर्वत उठाएर सबैको सुरक्षा गरेका थिए ! त्यस्तै, धार्मिक पुस्तकहरुमा उल्लेख गरीए अनुसार महा प्रलयकालमा मनुको डुंगा बग्दै जाँदा यस ब्रमाण्डको उच्च ठाउँ सगरमाथामा ठोक्किदा ब्रम्हाजीले तक्तालिन समयमा मानसि श्रीष्टि मानसरोबरमा बसेर योग साधना गरेको थलो यस मातृभूमि नेपाल हो ! लोमश, श्रिंगी, पराशर, बेद्ब्यास जस्ता ऋषिमुनिहरूको जन्मभुमि मात्र नभएर चारै बेदका मन्त्रश्रष्टा ऋषिमुनिहरू पनि यहि पवित्र मातृभूमि नेपाल नै हो ¤ यतिमात्र नभएर महाभारत युद्दमा भागलिने किराँती राजा यलम्बर हाङ्ग पनि नेपालकै थिए ।

हिजो र आजको यस पवित्र मातृभूमि पिंडाले छटपटाई रहेको बेला नेपालीको आत्मा रोएको बेला आफ्नै जन्मभूमि नेपाल आमाको कोखलाई छेदन गर्न किन तल्लिन भएका छन् ? जुन मातृभुमिले परिचय, स्वाभिमान, धर्म, संस्कृति, एकता लगाएतका आत्म–अभिमान गर्न सिकाएकी छिन्, उसैलाई मृत्युदण्डको आदेश किन दिन्छौ ?

प्राचिन समयमा राजा चन्द्र गुप्तलाई त्यतिबेला महान कुटनीतिज्ञ एवम अर्थशास्त्री कौटिल्यले सम्झाउदै भनेका थिए “जुन देशमा अनैतिक शासक, संसयात्मक निर्णय, भयरहित अपराधी र आँखा भानेर पनि पट्टि बाध्ने नागरिक हुन्छन, त्यो देशको अस्तित्व नै संकटमय हुन्छ !”

भनिन्छ र बुझिन्छ कि, कुनै सपना देख्नु परेमा निन्द्राको महासागर भित्र गएर पौडी खेल्नु पर्छ, अनि मात्र सपना देखिन्छ ! तर, यहाँ दिउसै अनिन्द्रामा सपना देखाइन्छ, लाग्छ कुनै सिनेमा देखाइएको हो ¤ त्यसैले निन्द्रामा देखिएको सपना र अनिन्द्रामा देखिएको सिनेमा एकै हुन्, ब्युझिएपछि र सिनेमा हलबाट बाहिर आए पछि सकियो ! आज बिगत २५/२६ बर्ष देखि देखिएको यहिनै हो ¤ त्यसैले अन्तमा “ग” बाट गणेश नै सिकौ र भनौ “गधा” होइन ।

प्रकाशन मितिः २०७३ असार २३ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment