५० हजारको मदिरासहित दुई जना तस्कर पक्राउ

वीरगंज, १४ जेष्ठ/ वडा प्रहरी कार्यालय विर्ताले दुई जना भारतीय तस्करलाई ५० हजार मूल्य बराबरको मदिरासहित पक्राउ गरेको समाचार जानकारीमा आएको छ ।

भारतको बिहार राज्यमा स्थानीय सरकारले मदिरा सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली क्षेत्रबाट अवैध रुपमा विभिन्न ब्राण्डका मदिराहरू ओसार पसार गर्ने कार्यभईरहेको विशेष सुुराकीको आधारमा वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिगएको प्रहरी टोलीले वीरगंज स्थित शंकराचार्य गेट अगाडीको सडक भएर भारतको विहार जिल्ला मोतिहारी थाना रक्सौल पशुपतिनगर बस्ने वर्ष २२ का मोस्तकिम आलम र सोही ठाउँ निवासी २५ वर्षीय बबि पटेलले अवैध भन्सार छलि तथा चोरी निकासी गरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा विभिन्न ब्राण्डका करिब ५० हजार मूल्य बराबरको मदिरासहित पक्राउ गरिएको विर्ता प्रहरीले जानकारी गराएको छ ।
तस्करहरूको साथबाट बरामद गरिएका मदिरा आइतवार वीरगंज भन्सार कार्यायमा बुझाइएको प्रहरीले जानकारी गराए ।


SHARE THIS

Author:

Facebook Comment