जनकमान डंगोल
जहानिया राणा शासनलाइ फालेर २००७ सालमा नेपालमा प्रजातन्त्र घोषणा भयो ! सन् १९५०मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल
प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट स्थापना भएको नेपाली कांग्रेस पार्टीको पहिलो मुद्धा भनेकै
संबिधान सभाको चुनाव थियो ! २००७ सालमा स्थापना भएको प्रजातन्त्र पश्चात वि.सं.२०१५
फागुन ७ बाट संसदको निर्वाचन गर्ने भनेर घोषणा भयो ! संबिधान
सभाको चुनाव गर्न दिएनन भनेर त्यति बेला कांग्रेस पार्टीले स्व.राजा महेन्द्र लाइ
दोष लगाए !
देशको राजनीति अहिले पनि २००७ देखि २०१५ कै जस्तो छ ! २००९ सालमा दाज्यु
मात्रिका प्रसाद कोइराला नेपाली कांग्रेस पार्टी बाट अलग भएर छुट्टै नेपाल प्रजा
पार्टी खोलेका थिए ! जसको कारण थियो प्रधान मन्त्रि पाउनको लागि ! अहिलेको
परिस्थिति पनि त्यस्तै छ ! मन्त्रि पाउन
को लागि पार्टी छोडेर छुट्टै पार्टी गठन
गर्ने ! यो रोग सिंगो एउटा पार्टीमा मात्र होइन सम्पूर्ण दल तथा पार्टीमा छ ! २००७
सालमा ल्याएको प्रजातन्त्रले संबिधान सभाको चुनाव नगरेर संसद्को चुनाव गरायो !
२०६२/६३ को आन्दोलनले राजा फालेर गणतन्त्र स्थापना गरायो ! २००७ साल साल देखिको नारा संबिधान सभाको
चुनाव त्यो चैँ पुरा त गरे तर ५ बर्ष मा बनाउनु पर्ने संबिधान समयमा नबनाएर समय
माथि समय थप्दै लगेर अन्त्यमा संबिधान सभा नै बिघटन गराय ! अहिले त राजा छैनन अनि
को कसको कारणले संबिधान सभा बिघटन भो त ? बिस्वमा कहिँ कतै पनि संबिधान सभाको
चुनाव दोहर्याएर गरेको इतिहास छैन तर हाम्रो देशमा त्यस्तो प्रणालीको बिकास गरेर
गलत नजिर बसाल्दै छन ! नेपालमा प्रजातन्त्र र बिचमा जोडेको गणतन्त्रलाइ जोड्दा
ठ्याक्कै २३ बर्ष पुरा गरेर अब केहि महिना पछी २४ बर्षमा लाग्दैछ ! २३ बर्ष भनेको
त धेरै लामो समय हो तर जनताले के को अनुभूति गर्न पाए ? के बोल्न पाउदैमा (वाक
स्वतन्त्रता) हासिल हुदैमा सबै कुरा पुरा भो त ? हो पंचायत ब्यबस्था निरंकुश थियो
! बोल्न पाइन्थ्यो तर अहिले जस्तो निचतामा ओर्लेर राज नेताहरु लाइ गालि र सराप्न
पाइदैन्थ्यो ! सान्ति थियो सुरक्षाको अनुभूति राम्रै थियो ! सबै स्थानमा नियन्त्रण
भए पछी अत्याधिक मात्रामा अहिलेको जस्तो कालाबजारी हुने र गर्ने कुरै भयन ! अत्याधिकमात्रामा
कालाबजारी नभए पछी किन र के को लागि नहंगी बढ्थ्यो !
आज भन्दा १ बर्ष अगाडी सम्म जनताले पुर्व राजाको नामै लिन चहादैन थिए तर आज
नेपालो राज नेताहरुको बहुलट्ठीपूर्ण कार्यले गर्दा बाध्य भएर भन्दैछन बार्षिक करोडमा चित्त बुझाउने राजाको ठाउँमा आज आएर अर्बौ
हसुर्ने नेताहरु आए ! यो बहुला तन्त्र भन्दा त राजा पनि भाको प्रजातन्त्र नै ठिक
रहेछ ! आज पुर्व राजा जहाँ जहाँ भ्रमणमा निस्कन्छन त्याहा त्याहा स्वागत
गर्ने बाक्लै लर्को देखिन थालेको छ भने १२ बर्षमा हाम्रा राजनेता तथा तिनका
पार्टीहरु जनताको नजरमा कति अमिलो भै सकेका रैछन !
कति गिरि सकेका रैछन त त्यो प्रस्ट रुपमा देखि सकेको छ ! जाहा जनमत बाट निर्वाचन
जित्न सकिदैन त्याहा बल तथा गुण्डा को प्रयोग अत्याधिक मात्रामा हुन्छ र गराइन्छ
यो छिमेकी भारत मा देखिएको प्रत्यक्ष घटना हो ! हाम्रा नेताहरु पनि त्यस्तै गर्न
चाहन्छन ! प्रहरीको सर्बाधिक खोजीमा रहेको कुख्यात गुण्डाहरुलाई पार्टीमा
भित्र्याउनु त्यसैको परिणाम हो ! भारतमा उत्पादन भाको हाम्रो राजनेताहरु सप्पै
कुराको प्रतिलिपि पनि भारतकै गर्छन र उतैका नेताहरुको गुणगानमा नै ज्यादा समर्थन
खर्चिन्छन ! यो कलियुगे जमानामा कसैलाई मन पेट दिनु हुदैन भन्छन तर हाम्रा
राजनेताहरुले त्यस्ता हरुलाई सर आँखामा बिसाएर राखेका छन ! सत्तामा छंदा कुकुर र बिरालो जस्ता यी पार्टीका नेताहरु जब
हातबाट सत्ता चिप्लिन्छ तब झल्याँस्स हुदै वार्ता र सहमतिको गोटी चाल्छन !
बिदेशीको अगाडी नतमस्तक हुदै तिनले जे अराए पनि खुरुखुरु मान्छन ! २३ बर्षमा केहि
लछारोपाटो लाउन सकेनन ! संबिधान सभा भंग गरे ! नेता हौ भन्छन रास्ट्रको हित
सोच्दैनन अब मुलुकलाइ नेताविहीन पार्टी बिहिन व्यक्तिले चलौदैछन ! जब निजामति
कर्मचारीहरुले नै मुलुक हाक्ने हो भने देशमा किन चाहियो पार्टी र ति पार्टीका
नेताहरु ? सिधा र सहि अर्थमा भन्ने हो भने नेपाल भन्ने देशमा यो प्रजातन्त्र,
लोकतन्त्र र गणतन्त्र भन्ने सब्द नै अफाप छ किन भने नेपाल भन्ने देश सतिले सरापेको
र पशुपतिनाथको देस पर्यो ! राम्रो काम गर्ने मान्छे र देश र जनताको लागि ल्याइएको
व्यबस्थाको याहा कहिले पनि भलो हुदैन !
(अस्तु)