बिनासंग मैले बिहे गरेको हैन केही समय प्रयोग गरेको मात्र हो :-प्रकाश


काठमाडौं। दोस्रो विवाह गरेबापत सर्बसाधारणलाई भाटे कारवाही हान्दै कतिपय सर्बसाधारणको ज्यानसमेत लिंदै आएको एमाओवादीले आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशलाई तेस्रो बिहे गरे बापत गरेको कारवाही फुकुवा गरेको छ। दाहालपुत्र प्रकाशको कारवाही फुक्का गरे पनि दाहालकी तेस्री बुहारी बिना मगर माथिको कारवाही भने यथावतै छ। विद्यार्थी नेतृ बिना मगरसँग भागेर तेस्रो बिहे गरेपछि पार्टी कारवाहीमा परेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशमाथिको कारवाही अघिल्लो सोमवारदेखि फुकुवा भएको हो। दाहालको आफ्नै निवासमा बसेको एमाओवादी पदाधिकारीको बैठकले प्रकाशमाथिको कारवाही फिर्ता लिएको थियो।

प्रकाशमाथिको कारवाही फुकुवा भए पनि उनीसँगै भागेर दोस्रो बिहे गरेकी विद्यार्थी नेतृ बिना माथिको कारवाही भने फुकुवा भएको छैन। पदाधिकारीको बैठकले नेवा राज्य समिति सदस्य तथा अध्यक्षको सचिवालयका सदस्य प्रकाशमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको बैठकपछि जानकारी गराइएको थियो। कारवाही फुकुवा भएपछि प्रकाशले पनि अव पार्टीमा झन् सक्रिय भएर काम गर्ने प्रतिक्रिया सार्वजनिक गरेका छन्। गत असारमा प्रकाश र बिनाले भागेर तेस्रो बिवाह गरेपछि ६ असारमा बसेको पोलिटब्युरो बैठकले प्रकाशलाई कारवाही गर्ने निर्णय गरेको थियो।

प्रकाशलाई कारवाही गर्ने निर्णय पार्टी पोलिटब्युरोले गरेपछि अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य रहेकी बिनालाई मोर्चा संगठन र नेवाः राज्य समितिले कारवाही गरेको थियो। प्रकाश र बिना दुवै राज्य समिति सदस्य भए पनि अध्यक्ष दाहालका पुत्र प्रकाशलाई कारवाह गर्ने र कारवाही फुकुवा गर्ने निकाय पनि पार्टीको माथिल्लो निकाय थियो भने सोही तहकी बिनालाई भने सम्बन्धित कमिटीले कारवाही गरेको थियो। प्रकाशलाई पोटी पोलिटब्युरो बैठकले र बिनालाई मोर्चा संगठन र नेवा राज्य समितिले कारवाही गरेको थियो। एउटै मुद्दामा एउटै कमिटीमा रहेका दुईजनालाई कारवाही र फुकुवा गर्ने निकाय भने अलग अलग रहेका छन्। प्रकाशको कारवाही फुकुवा भए पनि बिनामाथिको कारवाही भने कायमै छ।

प्रकाशमाथिको कारवाही फुकवा भएपछि बिनामाथिको कारवाही पनि फुकुवा गर्न एमाओवादी राज्य समितिको बैठकमा प्रस्ताव लैजाने तयारी भएको अखिल क्रािन्तकारीका अध्यक्ष हिमाल शर्माले वताए। एकनाको मात्र फुकुवा देखिंदा न्ययिक नदेखिने भएकाले राज्य समिति बैठक बसेर बिनाको कारवाही पनि फुकुवा गर्ने तयारी भएको उनको भनाई थियो।

एमाओवादीमा पार्टी अनुशासन विपरितको गतिविधि देखिएमा सम्बन्धित कमिटीमै आलोचना आत्मालोचना र अन्त्यमा त्यही कमिटीले कारवाही गर्ने पद्दति छ। तर, अध्यक्ष दाहालका पुत्र प्रकाशको प्रकरणमा भने कारवाही र फुकुवा दुवैमा दोहोरो मापदण्ड देखिएको हो। यसअघि पार्टी भूमिगत नै रहंदा पनि अध्यक्ष दाहाल र पुत्र प्रकाशको हकमा यस्तै दोहोरो मापदण्ड अपनाइएको थियो। चुनवाङ बैठकले शान्ति प्रक्रियामा जाने निर्णय गरेपछि पार्टीका सबै तहमा एक तह घटुवा गर्ने निर्णय गरे पनि अध्यक्ष दाहाल र पुत्र प्रकाश भने पहिलेकै जिम्मेवारीमा रहेका थिए।

गत जेठमा सगरमाथा आरोहण दलमा सँगै रहेका प्रकाश र बिनावीचको निकटता पछि बैबाहिक सम्बन्धमा बदलिएको थियो। पहिलो बिवाह गरेकी पत्नीसँग सम्बन्धविच्छेद पोखराकी सिर्जना त्रिपाठीसँग प्रकाशले दोस्रो बिहे गरेका थिए। एमाओवादीकै कार्यकर्ता शंकर अधिकारीसँग पहिलो बिवाह गरेकी बिना प्रकाशसँगै भागेर दिल्ली गएकी थिइन्। सिर्जनाबाट एक छोरा जन्मेपछि प्रकाशले बिनासँग तेस्रो बिहे गरेका हुन्। सिर्जना हाल छोरासहित पोखरास्थित माइतीमै छिन् भने भारतको राजधानी नयाँ दिल्ली बस्दै आएका बिना र प्रकाश यसै साता काठमाडौ आएका छन्। उनी आइतवार क्रिकेट हेर्न दशरथ रंगशाला पुगेका थिए।

प्रकाश तेस्री पत्नी लिएर दिल्ली गएपछि पत्नी सिर्जना लामो समयदेखि माइतीमै छिन्। दुई साताअघि पारिवारिक भ्रमणका लागि भन्दै पोखरा गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनकी पत्नी सीता नाति हेर्न प्रकाशको ससुराली पुगेका थिए। त्यसबेला उनीहरूले सिर्जनासँग घरमै आएर बस्न आग्रह गरे पनि सिर्जनाले प्रकाशसँग बस्न अब गाह्रो हुने वताएकी थिइन्। उनी नआए पनि नाती पठाउन दाहाल दम्पतीले आग्रह गरेका थिए। तर, उनले छोरालाई पनि पठाउन इन्कार गरेको स्रोतले वताएको छ। त्यसपछि नातीका नाममा केही करोड रुपैया दिलाउने र सिर्जनालाई अंश दिलाउने आश्वासन दिएर दाहाल दम्पती फर्केका थिए। पार्टीले कारवाही फुकुवा गर्नुअघि प्रकाश दिल्लीवाट नेपाल आएका थिए।

एमाओवादी अध्यक्षको लाजिम्पाटस्थित निवासमा प्रकाश बस्दै आए पनि बिनालाई भने उनले त्यहा राख्न थालेका छैनन्। झण्डै एक वर्षसम्म सँगै बसेको घटनालाई इन्जोयफुल लाइफका रुपमा मात्र लिन प्रकाशले बिनालाई आग्रह गरिरहेको स्रोतले वताएको छ। प्रकाशले आफू निकटहरूसँग भन्ने गरेका छन्, ‘बिनालाई मैले बिहे गरेको होइन हामी केही समय सँगै बसेका मात्रै हौं।’ बुहारी सिर्जनाले आउन नमानेपछि नाती लिएर आउने तयारी दाहाल दम्पतीले गरेका थिए तर, नाती पनि दाहाललाई पठाइएन। एमाओवादीले दोस्रो बिहे गरेवापत भौतिक कारवही गरेका कति नागरिकको धेरै वटा वार्षिक श्राद्ध सकिएको छ। नागरिकमाथि यस्तो अन्यापूर्ण मृत्य थोपर्ने एमाओवादी अध्यक्ष दाहालको परिवारलाई भने न कानुन न उनीहरूले भन्ने गरेको जनवादी संस्कतिले छुन्छ।
श्रोतः प्रवासी ब्लग

SHARE THIS

Author:

Facebook Comment