–दिपिका भुसाल
नेपाली महिलाहरू नेपालमा सुरक्षित छैनन् । नेपाली महिलाहरू अधिकांश गांस बास र कपासको अभावमा छटपटाइरहेका छन् । नेपाली महिलाहरूलाई उचित रोजगार छैन । धेरै नेपाली महिलाहरू गरिबीको चौघेरामा घेरिएका छन् । नेपाल सरकारले महिलाहरूकालागि आवश्यक विशेष आर्थिक कार्यक्रमहरू अघि सार्न सकेको छैन । आम्दानी कम, खर्च धेरै भएका कारण सधैंभरी अभाव र आँशुको बिताउने महिलाहरू नेपाली माटोमा बहुसंख्यक छन् ।
सबैभन्दा ठूलो समस्या भनेको काम र मामको हो । कृषि प्रधान देशको अधिकांश कृषक परिवारको अवस्था एक वर्ष दु:ख गरेर ६ महिना पनि भरपेट खान पुग्ने अन्न भित्रिने अवस्था छैन । बाहिर डुल्ने लोग्ने मान्छेले त कहिलेकाहिं केही मिठो खान्छ होला तर घरमा बस्ने, खेतवारीमा काम गर्ने महिलाहरुले मिठो खाने र सुख काट्ने भनेको भाग्यमा लिएर आएका छैनन् । मिठो खाने र सुख काट्ने आशामा नेपाली महिलाहरू भौंतारिइरहेका छन् । स्वदेशमा रोजगारीको अवसरको खाँचो देखेर पाएको अवसरलाई छोप्दै हालसम्म सरकारबाट अनुमति लिएर १ लाख ४८ हजार महिलासहित ४२ लाख ४० हजार नेपाली कामदार वैदेशिक रोजगारीकालागि विश्वका विभिन्न मुलुकमा पुगेका छन् । अवैध ढंगले पनि थुप्रै महिला र पुरुष कामकालागि विदेशमा पुगेका छन् । दैनिक सरदर १० हजार नेपाली कामदार विदेश पुगेका छन् । भारतमा पुग्ने नेपाली कामदारको लेखाजोखा नै छैन । स्वदेशमा नै स्वरोजगारमा लाग्ने प्रवृत्ति निकै कम छ । हिजो आज युवती र अधवैंशे महिलाहरू रोजगारीकालािग विदेशमा जानेको लर्को लागेको छ । “जहाँ गएनि कर्म र भाग्यसँगै” भनेझैं नेपालमा दु:ख पाइयो, विदेशमा गएर सुख पाइएला भनेर गएका नेपाली महिला तथा पुरुष कामदार कतिले ५२ हण्डर ५३ घुस्सा खाएर फर्किएको कथा व्यथा पनि प्रशस्तै छन् ।
कुन दशाले डोर्याएर आज मलाई यस विरानो देशमा ल्याइ पुर्यायौ हे दैव भनेर पश्चाताप गर्ने महिलाहरूको संख्या पनि ठूलै छ । अभावमा रातदिन बाँच्न परेका, सुख के हो भन्ने अनुभूति गर्न नपाएका धेरै नसकिने रहस्यै रहस्यको गुजुल्टोजस्तो लाग्न सक्छ । हिजोआज नेपालको महिला समाजको उत्थान हुँदैछ । महिला अधिकार, महिला सशक्तिकरण, महिला शिक्षा, महिलालाई न्याय, महिला बचत, महिला उद्यमी, महिला जागरण, महिला चेतना आदि अभियान र कार्यक्रमहरूद्वारा महिलाहरूको दु:खको दिन हटाउने प्रयास भइरहेको छ । महिला शोषण, महिला भेदभाव, लिंगिय भेदभाव, घरेलु हिंसा आदि घटाउनुपर्ने कार्यक्रमहरू अघि सारिएको छ ।
भनिन्छ, संसारमा दुईवटा मात्र जाती छ, एउटा पुरुष, अर्को स्त्रीजाती । तर बहुभाषी, बहुसांस्कृतिक, बहु धर्म भएको, भाषा, संस्कृति र धर्ममा विविधता रहेको नेपालमा विभेदता कायम नै छ । समय र परिस्थितिले राष्टिूय एकता, जातीय एकताको ठाउँमा जाती, भाषा, संस्कृति र धर्मबीच द्वन्द्व उत्पन्न भएको छ । अशान्ति मच्चिंदै छ । विकासमा खलल पुग्दैछ ।
अर्कोतर्फ सुख पाइएला, सम्पत्ति कमाइएला भनेर आफ्नो देश छोडेर, घर परिवार छोडेर विदेशमा रोजगारीकालागि पुगेका महिलाहरूले यौन दासीको जीवन बिताउनु परिरहेको छ । जन्मथलो छाडेर विदेशिएकोमा, दलालको फन्दामा परि कति चेली मर्नु न बाँच्नुको अवस्थामा छन् । मानव तस्करी बढिरहेको छ । सरकार किं कर्तव्यविमूढ बनिरहेको छ ।
दाइजो प्रथा, बेरोजगारी, पुरुषहरुमा लागु पदार्थ रक्सीको बढ्दो सेवनले पनि महिलाहरु पीडित छन् । विवाहपूर्व यौन सम्पर्क, किशोरी आमाजस्ता समस्या समाजमा थपिंदै गएका छन् । सम्बन्ध विच्छेद अर्थात् पारपाचुके बढ्दो छ । नेपाली महिलाहरूका लागि आगामी दिन अझ दुर्भाग्यपूर्ण देखिन्छ । यस्तो अवस्थामा वर्षमा एकदिन मात्र नारी दिवस मनाउनुको औचित्य के ? भन्ने प्रश्न उब्जिएको छ ।
देशका विभिन्न स्थानमा दिनपरदिन नारी अर्थात् चेलीहरू बलात्कृत हुनु, घरेलु हिंसामा पर्नु, यौना हिंसाको शिकार हुनु, बोक्सीको आरोपमा यातना खेपिरहँदा अन्तर्राष्ट्रिय नारी दिवसको उद्देश्यले सार्थकता पाउन सक्दैन । वर्षमा एकदिन त्यो पनि सहर केन्द्रित होटेलहरूमा सेमिनार र गोष्ठी गर्दैमा महिलामाथि हुने गरेको विभिन्न खाले विभेदको अन्त्य हुन सक्दैन ।