Showing posts with label रोचक जानकारी. Show all posts
Showing posts with label रोचक जानकारी. Show all posts
वाईफाई सिग्नल राम्रो बनाउने तरिका

वाईफाई सिग्नल राम्रो बनाउने तरिका

घरमा इन्टरनेट कनेक्सन जोडेपनि घरको सबै तिर वाईफाईको सिग्नल पुग्दैन । वाईफाईको सिग्नल सबै तिर नपुगेका कारण समस्या नभएको घर कम मात्रै हुन्छ । तर वाईफाईको सिग्नल घरका सबै ठाउँमा राम्रोसँग टिप्ने बनाउन भने सकिन्छ । घरमा पुरानो राउटर राखिएको छ भने त्यसलाई वाईफाई सिग्नलको ‘डेड स्पट’ या सिग्नल नभएको ठाउँको समस्या समाधानका लागि प्रयोग गर्न सकिन्छ ।
यसका लागि वाईफाई सिग्नल एक्सटेन्डरबाट पनि काम गर्न सकिन्छ । तर उनीहरु राउटरबाट आएको सिग्नललाई वायरलेस प्रविधिबाट कनेक्ट गर्छन् । वाईफाई राउटरमा तार जोडेमा त्यसको सिग्नल थप बलियो हुन सक्छ । यस्तो राउटरको सिग्नललाई घरको सबै भागमा पुर्या‍उनका लागि त्यसको सफ्टवेयरमा केही फेरबलद गर्नुपर्छ । घरमा इन्टरनेटको तार जोडिएको छ भने पुरानो राउटरबाट थप अर्को एक्सेस प्वाइन्ट बनाउन सकिन्छ । तर तार जोडिएको छैन भने पुरानो राउटरबाट रिपिटर बनाउनु राम्रो हुन्छ ।
यसका लागि सबैभन्दा पहिले बिजुलीमा कनेक्ट गरेर रिसेट बटनलाई झण्डै तीस सेकेण्डसम्म थिच्नु पर्छ । त्यसपछि राउटर रिसेट हुन्छ । यसपछि घण् सेकेण्डकालागि बिजुलीसँगको कनेक्सन हटाएर बटनलाई थिच्नु पर्छ । त्यसपछि राउटरलाई बिजुलीसँग फेरि जोडेर रिसेट बटनलाई फेरि ३० सेकेण्डसम्म थिच्नुपर्छ । यसपछि राउटरको सेटिङ पूरा हुन्छ । घरको जुन ठाउँमा वाईफाईको सिग्नल कमजोर हुन्छ, त्यहाँ यसरी रिसेट गरेको राउटर राख्नु पर्छ । एक पटक यो राउटर बेस राउटरसँग कनेक्ट भएपछि सबै ठाउँमा वाईफाईको सिग्नल राम्रो हुन्छ । 

– एजेन्सीको सहयोगमा

 दैनिक ३० करोडको राजस्व संकलन

दैनिक ३० करोडको राजस्व संकलन

वीरगन्ज: मधेश आन्दोलन र नाकाबन्दीका कारण थलिएको मुलुककै प्रमुख औद्योगिक एंव आर्थिक नगरी वीरगन्ज फेरि पुरानै लयमा फर्कन थालेको छ।


मधेसी दलले गरेको ६ महिने आन्दोलन र नाकाबन्दीको केन्द्र विन्दु वीरगन्ज नै बनेको थियो। आन्दोलन र नाकाबन्दीका कारण सबै भन्दा बढी वीरगन्जको उद्योग व्यपार र वीरगन्ज भन्सार कार्यालय मारमा परेका थिए।

माघ २२ गते नाकाबन्दी खुलेसंगै आन्दोलन पनि शीथिल भएपछि यहाको उद्योग व्यपार फेरि बिस्तारै पुरानो अवस्थामा फर्किन थालेका छन्। वैशाखको पहिलो साता देखि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुलीमा पनि निकै सुधार आएको छ।

माघ २२ गतेदेखि नाकाबन्दी खुलेपछि दैनिक १५ करोडको औसतमा राजश्व संकलन गर्दै आएको भन्सार कार्यालयले वैशाखको पहिलो साता देखि भने दैनिक ३० करोड भन्दा माथि नै राजश्व संकलन गर्दै आएको छ।

मधेस आन्दोलन र नाकाबन्दी भन्दा पहिले भन्सार कार्यालयको दैनिक राजश्व असुली दर ३० देखि ३२ करोड थियो, भन्सार कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले भने ,' वैशाख पहिलो साता देखि भने फेरि पहिलेकै हाराहारीमा राजश्व उठिरहेको छ।

पन्तका अनुसार वैशाख ५ गते देखि भन्सार कार्यालयको राजश्वमा संकलनमा सुधार आएको हो। भन्सार कार्यालयले अहिले दैनिक ३० देखि ३२ करोड रुपैया राजश्व संकलन गरिरहहेको कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले बताए।  

वैशाख ५ गते ३३ करोड ४४ लाख ८३ हजार नौ सय ६३ रुपैया राजश्व संकलन भएको पन्तले बताए। त्यपछिका हरेक दिन औसत ३० करोडको हाराहारीमा राजश्व उठेको पन्तले जानकारी दिए।

वैशाख १४ गते ४० करोड , १५ गते ३९ करोड, वैशाख २१ गते ४२ करोड , २२ गते ३५ करोड ,२७ गते ३७ करोड ,२९ गते ३७ करोड , ३० गते ४४ करोड र ३१ गते ४० करोड रुपैया राजश्व संकलन भएको छ।

जेठ १ र २ गते शनिवार र आइतवार परकाले ती दुवै दिन २०/२० करोड राजश्व संकलन भएपनि जेठ ३ गते ३३ करोड र जेठ ४ गते ३२ करोड रुपैया राजश्व उठेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

शनिवारका दिन नेपालमा र आइतवारका दिन भारतमा सनर्वजनिक विदा पर्ने गरेका कारण ती दुवै दिन बाहेक अरु दिनहरुमा ३० करोड भन्दा बढि नै राजश्व संकलन भइरहेको निमित्त प्रमुख पन्तले बताए।

आन्दोलन र नाकाबन्दीका कारण भदौदेखि चैतसम्म हरेक महिनामा भन्सार विभागले दिएको लक्ष्य पुरा गर्न असफल भएको वीरगन्ज भन्सार कार्यालयले वैशाखमा भने लक्ष्य भन्दा २० प्रतिशत बढी नै राजश्व संकलन गरेको छ।    

निमित्त प्रमुख पन्तले भने, 'वैशाखमा सात अर्ब एक रोड ४५ लाखको लक्ष्य थियो,वैशाखमा लक्ष्य भन्दा २० प्रतिशत बढि अर्थात आठ अर्ब ४५ करोड ६४ लाख रुपैया राजश्व उठेको छ।'

वैशाख पहिलो सातादेखि भारत तथा तेश्रो मुलुकबाट इन्धन, ठुला तथा साना नयाँ सवारीसाधन र फलामजन्य उद्योगका कच्चा पदार्थको आयातमा बृद्धि भएका कारण राजश्व संकलन पनि बढेको निमित्त प्रमुख पन्तले बताए।

बढि राजश्व पेट्रोल, खाना पकाउने एलपी ग्यास, नयाँ वाहन र फलामका कच्चा पदार्थबाटै आउछ,उनले भने,'बढी राजश्व उठने सामानहरु फेरि साबिककै परिमाणमा आयात भइरहेकाले राजश्व असुली पनि सन्तोषजनक छ।'

आन्दोलन र नाकाबन्दीका बेला रुट परिवर्तन गरेर भैरहवा र विराटनगर नाका तर्फ विस्थापित भएका आयातकर्ता र व्यपारीहरु वैशाख देखि फेरि वीरगन्ज नाका तर्फ नै फर्किएका कारण पनि राजश्व संकलनमा सुधार आएको पन्तले बताए।

नाकाबन्दीका बेला वीरगन्ज नाका पूर्ण रुपमा ठप्प भएका कारण आयातकर्ता र व्यपारीहरु भैरहवा र विराटनगर नाका तर्फ विस्थापित भएका थिए, उनले भने,'तर अहिले फेरि वीरगन्ज नाकाको अवस्था सहज भएकाले उनिहरु विस्तारै फेरि यतै फर्कन थालेका छन्।'
- annapurnapost
फेसबुकका कारण बाउआमालाई जेल

फेसबुकका कारण बाउआमालाई जेल

पेरिस-आफ्ना सन्तानको बाल्यकालका नग्न तस्बिर राखे अभिभावकले कडा सजाय बेहोर्नुपर्ने फ्रान्सेली अधिकारीले जनाएका छन् । फ्रान्समा गोपनीयतासम्बन्धी कडा कानुन छ । यसमा अर्को फुर्को पनि यही साता थपिएको छ । जसअनुसार अभिभावकले आफ्ना सन्तानको नग्न नस्बिर हाल्न नमिल्ने र हालेका खण्डमा कडा जरिवाना तिर्नुपर्नेछ।
अधिकांश अभिभावकले आफ्ना सन्तानको तस्बिर हाल्दा तिनीहरूसँग स्वीकृति नलिइने हुनाले ती पोस्टले सन्तानलाई तनाब झेल्नुपर्ने हुन सक्ने र सो तनाब रोक्न सरकारले यस्तो नीति ल्याएको बताइएको छ । कानुनअनुसार यदि बाल्यकालमा राखिएका तस्बिर पछि सन्तान वयस्क (१८ वर्ष पूरा) भएपछि मुद्दा हाले अभिभावकमाथि प्रशासनले कारबाही गर्नेछ । फेसबुक लगायत साामजिक सञ्जालमा बिनाअनुमति राखिने सामग्रीलाई गोप्यता भंग गरिएको मान्दै ३५ हजार युरोभन्दा बढी जरिवानासमेत तिर्नुपर्ने हुन सक्छ । कुरा अझै गम्भीर भए जेल सजायसमेत हुन सक्ने स्थानीय अधिकारी बताउँछन् ।

प्रायः अभिभावकहरूले आफ्ना सन्तान नुहाइरहेको, खाँदा फोहोर मुख पारेको तस्बिर फेसबुकलगायतका सामाजिक सञ्जालमा राख्ने गर्छन् । यस्ता तस्बिर किशोरावास्था पुग्दा आफ्ना साथीका अगाडि लज्जाको विषय बन्न सक्छन् । बेलायतको मेनचेस्टर मेट्रोपोलिटन युनिभर्सिटीकी प्राध्यापक निकोला विटन फ्रान्सको कडाइलाई सही निर्णय मान्छिन् । बेलायती अखबार गार्डियनसँग कुराकानी गर्दै उनले भनेकी छन्, 'सोसल मिडियाका गतिविधि पछि ठूलो विवादको विषय बन्ने देख्छु । बालबालिका जन्मिएदेखि नै आफ्नो उपस्थिति सामाजिक सञ्जालमा रहेको चाल पाएपछि उनीहरूमध्ये कतिपयले यसलाई पचाउन नसक्लान् र अभिभावकसँग झगडाको मुद्दा पनि बन्न सक्ला ।'

त्यसैले विटनको सल्लाह छ, 'बाउआमाले आफ्ना सन्तानको भविष्यलाई ख्याल राख्दै उनीहरूका लागि के असल हुन्छ भन्ने पहिल्यैदेखि सोच्नु आवश्यक छ । तपाईंले आफ्नो सन्तानलाई एउटा अलग्गै व्यक्तिका रुपमा व्यवहार गर्नु आवश्यक छ । हुनसक्छ, यो व्यक्ति १५ वर्षपछि तपाईंले फेसबुकमा राखेका कुराबाट खुसी नहोला र तपाईंसँग झगडा गर्न तम्सेला !'

'त्यसैले आफ्नो बारेमा के सही र के गलत भन्ने नबुझ्ने होउञ्जेलसम्म आफ्नै केटाकेटीका तस्बिर पनि नराखेकै बेस,' उनले भनिन् । २०१५ मा भएको एउटा अनुसन्धानअनुसार बेलायतमा बाबुआमाले पाँच वर्षभन्दा मुनिका सन्तानका वर्षमा दुई सयभन्दा बढी तस्बिर हाल्ने गर्छन् । ऊ पाँच वर्षको पुगुञ्जेल इन्टरनेटमा उसका हजार तस्बिर पुगिसकेका हुन्छन् ।
-nagariknews
सिसिटिभी फोड्ने चोर पक्राउ

सिसिटिभी फोड्ने चोर पक्राउ

काठमाडौं—प्रहरीले आफू कामदार रहेको सहकारीमा चोरी गर्न गएका एकजना आरोपीले क्लोज सर्किट क्यामराले आफ्नो अनुहार कैद गर्ने शंकामा पाँचवटा क्यामरा र मोनिटर तोडफोड गरि चोरी गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीले सातदोबाटोमा रहेको बाराही सहकारीले संचालन गरेको पसलमा चोरी गर्न गएका पूर्व कामदार उद्धव खडकालाई काठमाडौंबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार खड्काले चोरीगर्दा अनुहार छोपिने मास्क लगाए पनि सीसीटीभीबाट चिनिने डरले जडान गरिएका पाँचवटै क्यामरा र मोनिटर चोरी गरेर टेकुमा रहेको डेरामा लुकाएका थिए।

सुनको ढिक्का लुट्ने पक्राउ

प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चोरी घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न रहेको आरोपमा

रामेछापका रेशम भन्ने खड्गवहादुर तामाङ र दार्जिलिङका विजय राईलाई पक्राउ गरेको हो। महाशाखाले अनुसार बुढानिलकण्ठमा बैशाख १७ गते ईश्वरी भट्टको ३ लाख रुपैयाँ बराबरको ६२ ग्रामको सुनको ढिक्का जर्वजस्ती लुटेको घटनामा संलग्न रहेको आरोपमा तामाङलाई पक्राउ गरेको हो।

महाशाखाले पक्राउ परेका राईले मनमैजुमा रहेको सिन्धुपाल्चोकका प्रमोद खतिवडाको किराना पसलको काउण्टरबाट एकलाख नगद र मोबाईल चोरी गरेको जनाएको छ ।
- nagariknews
चोरीको सुन किन्न पसले नै जान्छन चोर सम्म

चोरीको सुन किन्न पसले नै जान्छन चोर सम्म

काठमाडौं- महानगरीय प्रहरी परिसर ललितपुरले चोरीको सुन र मोबाइल खरिद गर्ने दुई जनालाई पक्राउ गरेको छ। कौडीको मोलमा सुन किन्न चोरसँग मोलमोलाइ गर्ने संजिव विश्वकर्मा र प्रकाश विश्वकर्मालाई पक्राउ गरेको हो।
काठमाडौं—शंखमूलमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका संजिवले कामदार प्रकाशमार्फत् चोरले बोलाएकै ठाउँमा गएर चोरीका गरगहना खरिद गर्दै आएको खुलेको छ। परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले पक्राउ परेकाको साथबाट सानो डिजिटल तराजु र औजार बरामद हुनुले चोरीका अन्य घटनामा समेत संलग्नता हुनसक्ने बताए। उनका अनुसार ललितपुरमा वैशाख ३० गते चोरिएका करिब ११ लाख रुपैयाँका गरगहना संजिवको पसल र प्रकाशका साथबाट बरामद भएको छ।

प्रहरीका अनुसार लागु औषध किन्न साथीको घरमा दराज काटेर चोरी गर्ने दुई जना पक्राउ परेपछिको अनुसन्धानमा चोरीको सुन किन्ने समूहबारे खुलासा भएको हो। प्रहरीले वैश्ााख ३० गते कार्यविनायक नगरपालिकास्थित गनेन्द्रबहादुर सिंहको घरबाट १९ तोलाका सुनका गरगहना चोरी भएको उजुरी परेपछि अनुसन्धान गरिरहेको छ।

सिंहकी छोरी नेहाकी निकट साथी पूजा राई र विश्वास गुरुङले नियोजित रुपमा चोरी गरेको अनुसन्धानमा खुलेको छ। नेहासँग नियमित आउजाउ गर्ने पूजाले मौका छोपेर सेफ फुटाएर गरगहना चोरी फरार थिइन्। घटनाको अनुसन्धान गरिरहेका डिएसपी ईश्वर कार्कीले चोरेका गरगहना बेचेर आएको रकम राई र गुरुङले ठमेलमा मोजमस्ती गरी राई रसुवा कारागारमा थुनिएका प्रेमी रोशन प्रधानलाई भेट्न जाँदा पक्राउ परेकी हुन्।

'दुवै लागुऔषध दुर्व्यसनी भएको र लागुऔषधका लागि चोरी गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ,' एसएसपी अधिकारीले भने। उनले चोरीका गरगहना किन्न ल्याएको करिब ८० हजार नगद पनि बरामद भएको बताए। उनले भूकम्पमा बिल हराएको भन्दै चोरीका सामान बेच्ने घटना भइरहेकाले सचेत रहन सर्वसाधारणसँग आग्रह समेत गरे।

जेलबाट निस्केपछि फेरि चोरी

प्रहरीले चोरी मुद्दामा जिल्ला अदालत ललितपुरबाट धरौटीमा छुटेका एक अभियुक्तलाई रिहा भएको पाँच दिनपछि फेरि चोरी गरेको आरोपमा पक्राउ गरेको छ। प्रहरीले वैश्ााख २२ गते धरौटी बुझाएर नख्खु कारागारबाट रिहा भएका रमेश श्रेष्ठलाई फेरि चोरीकै आरोपमा पक्रेको हो।

प्रहरी वृत्त सातदोबाटो प्रमुख डिएसपी तारादेवी थापाले अनाथ भएको भन्दै उपत्यकाका विभिन्न चर्चमा मोबाइल चोरीमा संलग्न एक जना पक्राउ गरेको बताइन्। उनका अनुसार पटके चोरीमा संलग्न रमेश उपत्यकाका विभिन्न प्रहरी युनिटले चोरी मुद्दामा खोजी गरिरहेका संकास्पद हुन्। थापाका अनुसार ललितपुरको एउटा चर्चमा चोरी गरि अर्को चर्चमा शरण लिएर बसेका रमेशलाई एक जना अनुयायीले देखेपछि प्रहरीमा खबर गरेका थिए।
nagariknews
धादिंङ्गमा एकै पटक ७०  वटा सर्प मरे पछि

धादिंङ्गमा एकै पटक ७० वटा सर्प मरे पछि

कटुन्जे (धादिङ): 

धादिङको कटुन्जे गाउँ विकास समितिको काउलीबासे धारामा एकपटक सत्तरी जति सर्प मरेपछि त्यहाँका स्थानीयहरु त्रसित भएका छन् ।
आफुहरुले वर्षौंंदेखि नागपूजा गर्दै आएको धाराको पानी भूकम्पपछि सुक्दै गएर एकैपटक ७० भन्दा बढी सर्प मरेको अवस्थामा भेटिँदा स्थानी अचम्मित भएका हुन् । 

भूकम्प गएको एक वर्ष बित्नासाथ स्थानीयहरुले पानी खाने धारामा नाग देवताको रुपमा मान्दै आएका सर्पहरु सबै भकाभक मर्न थालेपछि फेरि अनिष्ट हुने भन्दै गाँउलेहरु त्रसित बनेका हुुन् ।
स्थानीय पुजारी रामबहादुर बज्राचार्यले टेलिफोनमा भने, ‘हामीले पानी खाने धारो नजिकै कहिलेकाँही देखिने सर्पहरु अहिले सबै भकाभक मरेका छन् । के हुन लागेको होला ? पानी पनि सुकेको छ । पानी खान नपाएर मरेका हुन् कि अन्य कारणले थाहा पाउन सकिएन ।’ 
रातो र कालो रंगको तथा पुच्छर बोधो भएका ती सर्पहरु कहिलेकाहीँ पानीको मुहान वरपर निस्कने गरेको स्थानीयहरुले बताएका छन् । तर अहिले एकै स्थानमा यति धेरै सर्प मर्दा उनीहरु केही नराम्रो हुन लागेको भन्दै चिन्तामा समेत परेका छन् । 
भूकम्पपछि एक्कासी मुल बढेको काउलिबासे धारामा विस्तारै पानी सुक्दै गएको थियो । यही बैशाख १२ गते भने मूल नै ठप्प भई त्यहाँ भएका सर्पहरु मर्दै गएको स्थानीयहरुले बताएका छन् । 
वातापरणीय सन्तुलनका लागि अति आवाश्यक मानिने सर्प पानीको मूल सुकेका कारण पानी खान नपाएर मरेको या जंगलमा  सल्केको डढेलोका कारण जमिन तातेर मरेको भन्ने अनुसन्धानको विषय बनेको छ ।
स्थानीय बुढापाकाहरुले भने अत्याधिक गर्मीका कारण पानीका मुहानहरु सुक्न थालेकाले पानी खान नपाएर ति सर्पहरु मर्न थालेको बताएका छन् । 
कटुञ्जेबासीले मरेका सबै सर्पहरु एकै ठाँउमा जम्मा गरी राखेका छन् । भूकम्पपश्चात लामो समयसम्म परेको खडेरी र जंगल विनाशका कारण पानीका मुलहरु सुक्दै जान थालेका कारण स्थानीयहरु अहिले पिउने पानीको समेत चरम समस्यामा परेका छन् ।
-
बिग-बांग देखि परम शून्य सम्म  (Bing Bang to Absolute zero)

बिग-बांग देखि परम शून्य सम्म (Bing Bang to Absolute zero)


-प्रवीण अधिकारी
१० ^३२    डिग्री सेल्सियसः- प्लांक  तापमान, बिग-बांग भएपछी  १० ^-४३  सेकेण्ड पछिको तापमान।
१० ^१६    डिग्री सेल्सियसः- यो  त्यो  उच्चतम तापमान हो  जसलाई  फर्मील्याबमा पाइएको थियो !
१० ^१२    डिग्री सेल्सियसः- बिग-बांग भएको ० .०००१  सेकेण्ड पछिको   ब्रहमाण्डको तापमान !
१० ^७     डिग्री सेल्सियसः- सूर्यको केन्द्रको तापमान यति हो !
२३ ,७००   डिग्री सेल्सियसः- आकाश बिजली चम्किदा पाउने तापमान !
५ ,७००    डिग्री सेल्सियसः- पृथ्वीको केन्द्रको तापमान !
१ ,६४८    डिग्री सेल्सियसः- जब रकेट पृथ्वीको वातावरणमा प्रवेश गर्दछ त्यतिखेर त्यसको सतहको  तापमान !
३२७      डिग्री सेल्सियसः- यो तापमानमा लेड धातु पनि  पग्लिन्छ  !
१००      डिग्री सेल्सियसः- यो तापमानमा पानी उम्लिन्छ     !
५८         डिग्री सेल्सियसः- पृथ्वीको सबै भन्दा तातो ठाउँ (लीबिया-१९९२   )को तापमान !
३७       डिग्री सेल्सियसः- मान्छेको शरीरको  तापमान !
२०       डिग्री सेल्सियसः- सामान्यतः एउटा कोठाको तापमान !
०        डिग्री सेल्सियसः- यो तापमानमा  पानी जमेर वरफ बन्छ !
-८९      डिग्री सेल्सियसः- पृथ्वीमा नापिएको सबै भन्दा चिसो ठाउँको तापमान (अंटार्टिका-१९८३ ) !
-२२०     डिग्री सेल्सियसः- प्लूटोको सतहको तापमान !
-२६८     डिग्री सेल्सियसः- यो तापमानमा लेडले  सुपरकंडक्टरको ब्यबहार देखाउछ !
-२६९     डिग्री सेल्सियसः- ब्रहमाण्डमा पाइएको सबै भन्दा चिसो ठाउँ (बूमरग नेबुला) !
-२७०     डिग्री सेल्सियसः- यो तापमानमा हीलियमपनि पगालिंछ !
-२७२ .१५  डिग्री सेल्सियसः- ल्यावमा पाइएको सबैभन्दा कम तापमान !
-२७३ .१५  डिग्री सेल्सियसः- परम शून्य तापमान, यो भन्दा कम तापमान हुन् सक्दैन
एक खर्ब २८ अर्ब राजस्व अलपत्र

एक खर्ब २८ अर्ब राजस्व अलपत्र

काठमाडौं:
सरकारको ढुकुटीमा जम्मा हुनुपर्ने एक खर्ब २८ अर्ब रुपैयाँभन्दा बढी राजस्व अलपत्र परेको छ । सरकारी स्वामित्वका संस्थासहित केही निजी कम्पनीले ठूलो मात्रामा राजस्व बक्यौता राख्दा राज्यको ढुकुटी कमजोर भएको हो । एक खर्बभन्दा बढी रकम त्यत्तिकै थन्किएर बस्दा सरकारले विकासनिर्माणका काममा स्रोत परिचालन गर्न विदेशी ऋण र अनुदानको हिस्सा बढाउनुपर्ने बाध्यता परेको छ ।

सरकारले आफ्नो ढुकुटी मजबुत बनाएर परिचालन गर्न असफल भएको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७०।७१ को तुलनामा राजस्व बक्यौता १८.८४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा यस्तो बक्यौता एक खर्ब सात अर्ब ९० करोड २२ लाख रुपैयाँ थियो । विगत पाँच वर्षयताको तथ्यांकले प्रत्येक वर्ष बक्यौताको अंश रफ्तारमा बढ्दै गएको देखाउँछ ।


सरकारी ढुकुटीमा आउनुपर्ने रकम भने वर्षौदेखि त्यतिकै विभिन्न संस्थामा बक्यौताका रूपमा थन्किएर बसेको छ । सरकार यस्ता असुली हुन नसेका अरबौं रुपैयाँको बर्सेनि हिसाबकिताब गरेरमात्र बसिरहेको छ । राजस्व बक्यौता असुली गर्ने जिम्मेवारी लिएका उच्चपदस्थ अधिकारीको अक्षमतालाई पनि यसले उदाङ पारेको छ ।

विशेष गरी सरकारी संस्थानले घाटाको व्यापार गर्दा बर्सेनि राजस्व बक्यौताको अंक बढ्दै गएको हो । कुल बक्यौतामा सरकारी स्वामित्वका संस्थाको हिस्सा मात्रै ७० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ छ । विद्युत् प्राधिकरण, नेपाल आयाल निगम, नेपाल खानेपानी संस्थान, नेपाल वायुसेवा निगमलगायतका चल्तीका सरकारी संस्थानले अरबौं रुपैयाँ राजस्व सरकारलाई नतिर्दा भारीमात्रामा राजस्व बक्यौताको अंश बढ्न गएको हो ।

सरकारी स्वामित्वका कम्पनीमा सबैभन्दा धरै राजस्व बक्यौता हुनेमा नेपाल विद्युत् प्राधिकरण परेको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार प्राधिकरणले मात्रै गएको आर्थिक वर्षसम्ममा ३२ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ राजस्वबापत सरकारलाई बुझाउन बाँकी छ ।

प्राधिकरण घाटामा सञ्चालित छ । आवश्यकभन्दा बढी कर्मचारी, परियोजना तोकिएको समयमा सम्पन्न नहुनु, राजनीतिक हस्तक्षेप, डलरमा विद्युत् खरिद गर्दा हुने घाटा तथा आन्तरिक लेखा प्रणालीमा हुने छिद्रलगायतले प्राधिकरणलाई घाटामा लगेको हो । सरकारी स्वामित्वको संस्था भएकाले राजस्व तिर्न आनाकानी गर्दा पनि बक्यौताको आकार ठूलो हुन गएको हो ।

दोस्रो धेरै राजस्व बक्यौता हुनेमा नेपाल आयाल निगम परेको छ । गत आर्थिक वर्षसम्ममा आयाल निगमले मात्रै सरकारलाई १२ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ तिर्न बाँकी छ । सबैभन्दा बढी चल्तीको व्यापार गर्ने आयाल निगमले सधैंजसो घाटाको व्यापार गर्दैआएको छ । ग्यास, पेट्रोल, डिजेललगायतका पदार्थमा वार्षिक अरबौंको कारोबार हुने भए पनि चुहावट अधिक हुने गरेकाले निगमले सधैं आफ्नो वासलत नोक्सानमा देखाउँदै आएको छ ।

कतिपय अवस्थामा भारतीय आयल निगमलाई बक्यौता भुक्तानी गर्नसमेत निगमले सरकारसँग ऋण तथा अनुदान लिने गरेको छ । यही कारण निगमले सरकारलाई तिर्नुपर्ने दायित्वको हिस्सा अत्यधिक बढी देखिएको हो ।

प्राधिकरण र निगमपछि सरकारलाई तिर्नुपर्ने अरबौं रुपैयाँ बाँकी राख्नेमा नेपाल खानेपानी संस्थान दर्ज भएको छ । संस्थानले चार अर्ब ८५ करोड ९१ लाख रुपैयाँ राजस्वबापत सरकारी ढुकुटीमा दाखिला गर्न बाँकी छ ।

सरकारको स्वामित्वमा चलेका संस्थानले नै आर्थिक पारदर्शिता कायम नगरेका, सरकारको उच्चप्रशासनिक कर्मचारी वा कतिपय अवस्थामा मन्त्री नै यी संस्थाका सञ्चालक समितिमा रहने भए पनि अरबौं रुपैयाँ सरकारी ढुकुटीमा जाने रकम नतिरेर आलटाल गर्ने तथा सधैंजसो घाटामा चलेको देखाउने प्रवृत्तिले वित्तीय अनुशासन कायम गर्न यी संस्था अक्षम रहेको पुष्टि हुन्छ ।

अर्को धेरै राजस्व बाँकी हुनेमा उदयपुर सिमेन्ट उद्योग पनि परेको छ । यस उद्योगले सरकारलाई दुई अर्ब ७१ करोड रुपैयाँ बुझाएको छैन । सरकारले प्रभावकारीरूपमा तोकता नगर्दा पनि यी संस्थाले अटेरी गरी राज्य कोषमा जाने रकम तिर्न आनाकानी गरेको देखिएको छ ।

यस्तै, सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि आफ्नो अपारदर्शिता र घाटाको व्यापारलाई राजस्व तिर्न आनाकानी गरेर छर्लङ पारेको छ । महालेखा परीक्षकका अनुसार निगमले गएको आर्थिक वर्षसम्ममा सरकारलाई तिर्नुपर्ने एक अर्ब २२ करोड ८२ लाख नतिरी बसेको छ । प्रमुख संस्थानमा रहेको साँवाब्याज तथा हर्जनासमेतको बाँकी रकमरले सरकारी बक्यौता उठाउने अधिकारीको कार्यक्षमतामा गम्भीर प्रश्न उठेको छ ।

एक अर्बभन्दा बढी राजस्व बक्यौता हुने कम्पनीमात्रै एक दर्जन हाराहारीमा छन् । एक अर्ब भन्दाबढी राजस्व बक्यौता हुने थप संस्थामा विराटनगर जुट मिल्स, नेपाल नागरिक उड्डयन प्राधिकरण, बुटवल धागो कारखाना, ओरियन्ट म्याग्नेसाइटलगायत छन् । महालेखा कार्यालयका अनुसार विराटनगर जुट मिल्सले सरकारलाई एक अर्ब ५३ करोड ४६ लाख तिर्न बाँकी छ ।

यसैगरी, ओरियन्ट म्याग्नेसाइटले एक अर्ब २१ करोड ३२ लाख बुझाएको छैन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब ५७ करोड ८६ लाख तिर्न सकेको छैन । यसैगरी, बुटवल धागो कारखानाले एक अर्ब एक करोड रुपैयाँ सरकारी ढुकुटीमा जम्मा गर्न बाँकी रहेको देखिएको छ ।

कतिपय करदाताले राजस्व न्यायाधीकरणसहित अन्य अदालतमा मुद्दा दायर गरेकाले असुलीमा कठिनाइ भएको राजस्व अधिकारीको भनाइ छ । धेरैजसोले भने बारम्बार ताकेता गर्दा पनि तिर्न अटेरी गरेको उनीहरूको दाबी छ । कतिपय संस्था अस्तित्वमै रहेका छैनन् । अस्तित्वमा नरहेका २२ वटा संस्थाबाट मात्रै तीन अर्ब २८ करोड ३९ लाख रुपैयाँ असुली गर्न बाँकी छ ।
-
यसरि लुटियो सुन

यसरि लुटियो सुन

काठमाडौं-
वैदेशिक रोजगारी गरेर कतारवाट नेपाल फर्केका एक युवाको पाँच तोला सुन लुटिएको छ। सुर्खेत विद्यापुर–७ का २७ वर्षीय विष्णु सुनारको ५ तोला सुन र ३ थान कोरियन ब्ल्याङकेट सोमबार लुटिएको हो।

उनी कतारबाट आए पछि घर फर्कनको लागि गोंगवुस्थित रवि गेष्ट हाउसमा बसेका थिए।

उनलाई सोमबार सुर्खेत बुलबुले घर बताउने नाम, थर नखुलेका करीव ३० वर्षीय ३ जना अपरिचित व्यक्तिले गेष्ट हाउसमा आई आफूहरुसँग भएको २५ हजार कतारी रियाल साट्नको लागि सहयोग गर्न भनेका थिए। उनीहरुले सुनारसँग रियाल साट्न पासपोर्ट र डिपोजिट गर्न ४ लाख चाहियो भन्दै ५ तोला सुन दिएमा उक्त रकम साटेपछि सो वापत २० हजार दिने प्रलोभन देखाएका थिए। २० हजार को लोभमा परेका सुनारलाई उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्ध पिपलबोट लगेर सुनारसँग भएको ५ तोला सुन र ३ वटा कोरियन ब्ल्याङकेट लिई फरार भएको प्रहरीले जनाएको छ।

आफू लुटिएको थाहा पाए पछि सुनार प्रहरीकहाँ पुगेका थिए। प्रहरीले सुन लुट्नेहरुको खोजी गरिरहेको बताएको छ।
- nagaraiknews
'चीनसँग ब्यापार  सम्झौता कार्यान्वयन रोक्न सरकार ढाल्ने खेल' -

'चीनसँग ब्यापार सम्झौता कार्यान्वयन रोक्न सरकार ढाल्ने खेल' -

काठमाडौं—
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै सरकार परिवर्तनका लागि अाह्वान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार समूहबाट त्यसप्रति टिकाटिप्पणी गर्ने काम सुरु भएको छ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक प्रमोद दाहालले चीनसँग भएका दीर्घकालीन व्यापारिक सम्झौताको कार्यान्वयन रोक्न सरकार ढाल्ने खेल सुरु भएको अर्थ लगाएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नाम उल्लेख नगरी उनले 'कथित क्रान्तिकारीहरु विदेशीको योजनामा कसरी पर्दा रहेछ अब छर्लङ्ग भएको' भनेका छन्। सरकार परिवर्तनको खेल भारतको इसारामा भएको उनले संकेत गरेका छन्।


'प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमानलाई दह्रिलो बनाउँदै उत्तरी छिमेकी चीनसँग गरेको ऐतिहासिक एवं दीर्घकालीन महत्वको व्यापारिक सम्झौताको कार्यान्वयन हुन नदिई नेपाललाई आत्मनिर्भरताको बाटोमा अघि बढ्नबाट रोक्ने योजना अन्तर्गत सरकार ढाल्ने खेल भएकोमा दुई मत छैन्', उनले आफ्नो फेसबुकमा लेखेका छन्, 'राष्ट्रवादको खोल ओढेका कथित क्रान्तिकारिहरु विदेशीहरुको योजनामा कसरी पर्दा रहेछन् भन्ने कुरा अब त झनै छर्लङ भएको छ।'

एमालेको योजनामा सत्य निरुपण आयोगमा एमाओवादी नेताविरुद्ध उजुरी परेको भन्ने चर्चा चलिरहेका बेला दाहालले सो विषयबारे कटु प्रस्टिकरण दिएका छन्। 'अपराधकर्मबाट आएकाहरु जहिले पनि आफूलाई असुरक्षित महसुस गरिरहेका हुन्छन्', दाहालले लेखेका छन्, 'त्यसैले उनीहरु अनेक नाजायज सम्बन्ध गाँसेर आफूलाई सुरक्षित राखिरहने प्रपञ्च गरिरहेका हुन्छन्। अहिलेको सरकार परिवर्तनको खेल धेरै दाऊ मध्येको यो एउटा दाऊ हो।'

बुधबार बिहान एमाओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउने कार्यको लागि सार्वजनिक आह्वान गरेको थियो। सरकार परिवर्तनको खेल सुरु गरेसँगै ७ महिना अघि गठन भएको ओली सरकार धरापमा परेको छ। एमाले-एमाओवादी सम्बन्ध चिसिएको छ।
संसारभर चिनिए सोनिश, तर परिवारको दुःख  उस्तै

संसारभर चिनिए सोनिश, तर परिवारको दुःख उस्तै



१२  वैशाख, काठमाडौं । नेपाली सेनाका जवानले धुलो टक्टक्याउँदै एक दुधे बालकलाई भग्नावशेषबाट निकालेको तस्वीर गत वैशाख १२ मा आएको भूकम्पको एउटा बिम्बका रुपमा स्थापित छ । ती दुधे बालक, सोनिश अवाले, अहिले टुकुटुक हिँड्ने र तोतबोली बोल्ने भइसकेका छन् ।

त्यतिबेला पाँच महिना पनि नपुगेका सोनिशलाई भूकम्प आएको २२ घन्टापछि भग्नावशेषबाट आश्चर्यजनरुपमा जिवित उद्दार गरिएको थियो । उनको तस्वीर इन्टरनेटमा फैलिएपछि सोनिश संसारभरी चिनिन पुगे । सबैले माया मारेको सन्तानलाई जीवित पाउँदा आमा रश्मिलालाई संसार नै जितेजस्तो लागेको थियो ।

देशको प्रशासनिक केन्द्र सिंहदरवारबाट केही किलोमिटरको दुरीमा बस्छ, सोनिशको परिवार । हामी यो परिवारको हालखबर बुझ्न पुग्यौं । सोनिश संसारभर चिनिए पनि उनको परिवारका दुःखहरण भएका रहनेछन् ।

एक कोठामा ४ जनाको परिवार

यो परिवार त्रिपालबाट अहिले भाडाको कोठामा सरेको छ । तर, गुजारा चलाउन पनि धौधौको अवस्था छ । भत्किएको घरबाट करिव ५ मिनेटको दुरीमा एउटा कोठा भाडा लिएर बसेका छन् चार जनाको परिवार । कोठाभाडा मासिक २ हजार तिर्नुपर्छ । कोठाको एउटा कुनामा भान्सा छ, भने अर्को छेउमा भाडाकुँडा र अन्न पोको पारेर राखिएको छ । अर्को छेउमा बेड छ, जहाँ परिवारका चार सदस्यको रात कट्छ ।


रश्मिलाले आफ्नो अन्नको पोको र दुःखको पोको एकैसाथ खोल्दै भनिन्, ‘अहिले त हामी सुकुम्बासी जस्तै भयौं ।’

भुकम्पपछि उनको परिवारले व्यक्ति र संघसंस्थाबाट फुटकर सहयोग पाएको छ । तर, सरकारबाट अहिलेसम्म केही नपाएको गुनासो गर्छिन् रश्मिला । उनले भनिन्, ‘सरकारबाट राहत पाउन पूर्जा चाहिन्छ रे । हामीसँग जग्गा दर्ताको पुर्जा छैन । त्यसैले अहिलेसम्म केही पाएका छैनौं ।’

भक्तपुर मुलढोकामा रहेको सोनिशको घर भूकम्पले पुरै भग्नावशेषमा परिणत भएको थियो । यो अहिलेसम्म यत्तिकै छ । नयाँ टहरासम्म  बनाउन सकेका छैनन् उनीहरुले । सडक नजिकैको जग्गा भएकाले त्यहाँ अहिले घर बनाउन मापदण्डविपरित हुन्छ । त्यो पनि चार दाजुभाइको जग्गा हो ।

घर बनाउनका लागि अन्यत्र कतै जग्गा छैन उनीहरुको । जग्गा भए टेन्ट भए पनि बनाइदिन्छौं भनेर केही संस्था आएका थिए । तर, त्यो सम्भव भएन ।

त्यो २२ घन्टा

आफ्नो छोरा भग्नावशेषमा पुरिएको घटना सम्झिँदा रश्मिला अहिले पनि निकै भावुक हुन्छिन् । भुकम्पमा छोरा र छोरी दुवै पुरिएका थिए । छोरीको झण्डै तीन घन्टामा उद्धार भयो । तर, काखे छोराको अत्तोपत्तो थिएन ।

रश्मिलाका जुठाजुका दुई छोरीको पुरिएर मृत्यु भयो । उनीहरुलाई भूकम्प गएको ६ घन्टामा मृत अवस्थामा निकालिएको थियो । उनीहरुको निकालिएपछि सबैले  सोनिशको आश मारिसकेका थिए ।

Earthquake-victims-Baby-from-Bhaktapurजिवितै उद्धार गरिएका सोनिश अवाले
रश्मिलालाई मन थाक्न गाह्रो हुन्थ्यो । उनले मनमनै प्रार्थना गरिरहिन् । भग्नावशेष हटाउने क्रममा राति बच्चा रोएको जस्तो सुनियो । उनको आश ब्यूँझियो । कहिले उज्यालो होला र छोराको खोजी सुरु होला भन्ने छट्पटीमा रात बिताइन् ।

उनलाई अहिले छोरा पुरिएको अवस्था वर्णन गर्न मन लाग्दैन । तर, उद्दार गर्दाको घटना सम्झँदा हर्षका आँसुले आखा टिलपिल बनाउँछ । ‘भित्रबाट निकालेर उज्यालोमा ल्याउँदा छोरा हाँसेको मैले देखेँ,’ उनले भनिन् ।

रश्मिलाले आफ्नो छोराको तस्वीर छापिएका पत्रपत्रिकाहरुको कटिङ सुरक्षित राखेकी छन् । छोराले भोलि आफ्नो खुट्टामा रहेको दाग के हो भनेर जब सोध्नेछ, त्यतिबेला उनी यी कटिङहरु देखाउनेछिन् ।

सहयोगको आश

भूकम्पपछि बेघर भएकी रश्मिलालाई छोरी पढाउन मुस्किल थियो । तर, मनकामना केवलकारले छोरीको पढाईमा सघायो । उनले सुनाइन्, ‘एसएलसी सम्मको फिस तिरिदिन्छु भन्नु भएको छ ।’ उनी अहिले कक्षा पाँचमा पढ्दैछिन् ।

बुबा ट्रिपर चलाउने काम गर्छन् । रश्मिला भूकम्पअघि लुगा सिलाउने, टोपी-मोजा बुन्ने काम गर्थिन् । अब त्यो काम पनि रोकिएको छ । रश्मिलाले भनिन्, ‘मेरा मेसिनहरु सबै भूकम्पले पुर्‍यो । अहिले केही काम छैन । गर्ने ठाउँ पनि छैन ।’

आशाको दीयो



रश्मिलालाई जब दिक्दार लाग्छ, छोराको अनुहारमा हेर्छिन् । अलिकति आश पनि जाग्छ । आफ्नो छोरालाई भगवानले नै बचाएको हो भन्ने विश्वास छ उनलाई ।

‘मनमा धेरै विरक्तिका कुरा खेल्छन्, तर छोरालाई हेरेपछि आश लाग्छ’ उनले भनिन्, ‘भोलि यसैले केही गर्छ भन्ने विश्वास पलाउँछ ।’

रश्मिलाले आफ्नो छोराको तस्वीरयुक्त पत्रपत्रिकाको कटिङहरु राखेकी छन् । छोराले भोलि आफ्नो खुट्टामा रहेको दाग के हो भनेर जब प्रश्न गर्नेछ, त्यतिबेला उनी यी कटिङहरु देखाउँनेछिन् ।

वैशाख १२ नजिकिँदै गर्दा सोनिशलाई भेट्न उनकहाँ धेरै सञ्चारकर्मी पुगिसके । धेरैको प्रश्न एउटै हुन्छ । तपाईँलाई चाहीँ आफ्नो कथा कसरी लेखियोस जस्तो लाग्छ भन्ने प्रश्नमा रश्मिलाले भनिन्, ‘हुने खानेले हाम्रो पीडा महसुस गरुन् र सकेको सहयोग गरुन् ।’
onlinekhabar

फाइदा मात्रै हैन घातक पनि बन्छ ग्रीन टी

फाइदा मात्रै हैन घातक पनि बन्छ ग्रीन टी

पछिल्ला केही वर्ष यता ग्रीन टी पिउने प्रचलन निकै बढेको छ । शरीरको वजन घटाउन सहयोगी मानिने ग्रीन टी विस्तारै लोकपि्रय बन्दैछ । यसका हुने एन्टी अक्सिडेन्ट तत्वले शरीरको तौल घटाउने काम गर्छ ।

ग्रीन टीलाई एउटा फाइदाजनक आयुर्वेदिक पदार्थका रुपमा पनि लिइन्छ र सेवन गरिन्छ । यी सबै विशेषता भएपनि यसको उचित किसिमको प्रयोग नभए लाभको सट्टामा उल्टै हानी पुर्‍याउँछ भन्ने धेरैलाई थाहा छैन ।

केही व्यक्तिहरु वजन घटाउने चक्करमा यसको अनियमित र अनियन्त्रित प्रयोग गरिरहेका छन् । यसरी धेरै ग्रीन टी पिउनु पनि खतरनाक हुनसक्छ ।

एक दिनमा दुई कपभन्दा बढी ग्रीन टी पिउँदा शरीरलाई हानी गर्न सक्छ । अन्य पेय पदाथमा जस्तै यसमा पनि क्याफिन पाइन्छ । जसले शरीरलाई नोक्सान पनि पुर्‍याउन सक्छ ।

धेरै ग्रीन टी पिउँदा टाउको र पेट दुख्ने तथा एसिडिटी र डायरियाको सम्भावना पनि हुन्छ । गर्भवति महिलालाई डाक्टरले ग्री टी नखान सल्लाह दिन्छन् । किनभने यसले गर्भपतन हुने खतरा बढी हुन्छ ।

धेरै ग्रीन टी पिउँदा अन्य यस्ता खतराहरु हुन्छन्

१. ग्रीन टीमा टेन्सिनाको एक तत्व पाइन्छ, जसले पेट दुख्नेसहित एसिडिटी र कब्जियतको समस्या निम्त्याउन सक्छ । खाली पेटमा ग्रीन टी पिउनु खतरनाक हुन सक्ने विज्ञ बताउँछन् ।

२. बढी मात्रा ग्रीन टी पिउँदा रक्तअल्पता अर्थात एमिनिया हुने खतरा बढ्छ ।

३. तपाईं दिनमा २ कपभन्दा बढी ग्रीन टी सेवन गर्नुहुन्छ भने स्वभाविक रुपमा तपाईं लाई टाउको दुखाइको समस्या आउनेछ ।

४. ग्रीन टीलाई दुरुपयोग गर्दा अनिन्द्राको समस्या आउन सक्छ । यसैका कारण अन्य स्वास्थ्य समस्याहरु पनि निम्तिन सक्छ ।

५ ग्रीन टीले मुटुमा पनि असर पुर्‍याउन सक्छ ।

६. यसको अत्याधिक सेवनले झाडापखाला पनि हुने डाक्टरहरु बताउँछन् ।
कति बेला उठ्छन सफल ब्यबसायी

कति बेला उठ्छन सफल ब्यबसायी

यसको अर्थ उनीहरु बिहान सबेरै उठ्छन् । एप्पल सिइओ टिम कुक देखि फेसबुकका संस्थापक मार्क जुकरबर्ग अनि पेप्सीको का अध्यक्ष इनद्रा नुई लगायतका दुनियाका सफलतम व्यक्तित्वहरुको दिन तब सुरु भैसकेको हुन्छ जबसम्म बाँकी दुनियामा ओछ्यानमा सुतिरहेको हुन्छ ।

यो अतिरिक्त समयको प्रयोग सफल मानिसहरुले सृजनात्मक मनन तथा सरीरलाई तन्दुरुस्त राख्नका लागि व्यायाम गर्नुका साथै परिवारका साथ बिताउनमा खर्चिन्छन् । दुनियाका सबैभन्दा सफल व्यक्ति बिहान कतिबजे उठ्छन् त ? जानिराखौँ:

टिम कुक:  एप्पलका सिइओ टिम कुकले दिनको सुरुवात निकै सबेरैबाट गर्दछन् । गकर डट कमका अनुसार टिम कुक बिहानै साढे ४ बजे उठिसक्छन् । उनी बिहान ५ बजे जिमखाना जाने गरेका छन् ।

इनद्रा नुई: पेप्सीको कम्पनीकी सिइओको दिन पनि निकै सबेरै सुरु हुन्छ । फच्र्युन म्यागेजिनका अनुसार उनी बिहान ४ बजे नै उठि्छन् । निद्रा भगवानले दिएको एक उपहार भएपनि आफुलाई त्यो उपहार कहिल्यै प्राप्त नभएको उनले बताउने गरेकी छिन् । उनी हरेक दिन बिहान ७ बजे नै कार्यालय पुग्ने गरेकी छिन् ।

माकै जुकरबर्ग:  फेसबुकका संस्थापक तथा सिइओ जुकरबर्ग बिहान सबेरै उठ्दछन् । स्लिपी पिपुल डट कमका अनुसार उनले ६ बजेदेखि नै आफ्ना प्रोग्रामर्सहरुसँग च्याट गरेर कामको सुरुवात गर्दछन् ।

रिचर्ड ब्रेनसन:  भर्जिन ग्रुपका संस्थापक तथा अध्यक्ष रिचर्ड ब्रेनसनले बिजनेस इनसाइडरलाई दिएको अन्तरवार्तामा आफु बिहान पौने ६ बजे नै उठिसक्ने बताएका छन् ।

आफ्नो निजि टापुमा बसेको बेला पनि सोही बेला उठिसक्ने उनी बताउँछन् । बिहान छिटो उठ्न सकियोस् भनेर उनी कोठाको पर्दा खोलेरै सुत्ने गर्दछन्, ता की कोठाभित्र प्रकाश छिरोस् र निद्रा भंग होस् । उनी उठेपछि केही समय व्यायाम गर्दछन् र बिहानै ब्रेकफास्ट गरेर आफ्नो काम सुरु गर्दछन् ।

बब आइगर:  डिज्नी कम्पनीका सिइओ आइगर बिहान साढे ४ बजे नै उठ्ने गरेका न्युयोर्क टाइम्सले जनाएको छ । बिहानको समय निकै शान्त हुने भएकाले आफुले बिहान पत्रिका पढ्ने, व्यायाम गर्ने, गीत सुन्ने, इमेल हेर्ने तथा टिभी हेर्ने लगायतका काम गर्ने उनले बताएका छन् ।

उर्सुला बर्नस् : जेरक्स कम्पनीकी सिइओ उर्सुला पनि बिहान सबेरै उठि्छन् । याहु फाइनान्सका अनुसार उर्सुला बिहान सबा ५ बजे उठिसक्छिन् । बिहान केही समय उनी आफ्नो इमेल चेक गर्छिन् । साताको दुइ दिन चाहीँ उनी बिहान एक घण्टा भने उनी निजि व्यायाम गुरुसँग व्यायाम सिक्दछिन् ।

एजेन्सीको सहयोगमा
छोरीले आमा अन्माइन

छोरीले आमा अन्माइन

झापा, ४ बैशाख । आमाबाबुले आफ्ना सन्तानको विवाह गरिदिएको तपाईं हामी सबैले देखेका छौँ तर आफैँले जन्माएकी छोरीले आफ्नै आमालाई अन्माइन भन्दा पत्यार नलाग्न सक्छ। पत्याउनुस या नपत्याउनुस यो यथार्थ घटना झापाको बिर्तामोड नगरपालिकाको हो। प्रेमको यो सुखद मिलनको खबर हो बिर्तामोड नपा-७ बिर्तामोड निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीको । यसो त प्रेम र युद्धमा सवै थोक जायज मानिन्छ तर पुरातन मनुवादी संस्कारले आक्रान्त नेपाली समाजमा एकल महिलाले प्रेम गर्ने र विवाह गर्ने सोच्नु पनि अपराध मानिन्छ । हो त्यहि नेपाली समाजकी एउटी एकल महिलाको प्रेम र विवाहलाई सार्थक बनाइदिएकी छिन उनको आफ्नै कोखकी छोरी १८ वर्षीया अप्सना शिवाकोटीले । छोरी अप्सनाले आफ्नी आमा अम्बिकाको प्रेमी भारत राजस्थानका राहुल खटवानीसँग शुक्रबार हिन्दु संस्कार अनुसार धुम-धाम विवाह समारोह आयोजना गरेर अन्माइदिएकी छिन  आफैंलाई जन्म दिने आमालाई उनकै प्रेमीको साथ् ।

उनकी आमा अम्बिकाको एक वर्षअघि देखि सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रराष्ट्र भारतका राहुल खटवानीसँग चिनजान भएपछि प्रेममा समर्पित रहँदै बाँकी जिन्दगी संगै जिउने संगै मर्ने कसम खाँदै वैवाहिक जिन्दगीको सपना र कल्पनामा डुवी रहन्थिन । आज उनकै छोरी अप्सनाले रुढीवादी समाजको सामुन्ने आफ्नी आमा अम्बिकाको सपना र प्रेमको सुखद मिलन गराइदिएकी छिन ।

अप्सनाले आफ्नी आमा अम्बिका र राहुल खटवानीबीचको प्रेम सम्बन्ध गाढा रहेको थाहा पाएपछि शुक्रबार सामाजिक परम्परा अनुसार झापाको अर्जुनधारा जलेश्वरधाममा भव्य विवाह समारोह आयोजना गर्दै आफैंलाई जन्म दिने आमा अम्बिकालाई अन्माएकी हुन् । झापाको अर्जुनधारा जलेश्वरधाम परिसरमा अप्सनाले हिन्दू संस्कार अनुसार आमा अम्बिका र राहुलबीच आयोजना गरेको विवाह समारोह हेर्नेको भिड रोमान्चित हुँदै अम्बिका र राहुलको जोडीको सुखद दाम्पत्य जिवनको कामना गरिरहेका थिए ।

झापाको स्थानिय सामाजिक सङ्घसंस्थाहरुमा क्रियाशील रहँदै आएकी अगुवा एकल महिला अम्बिका वीरता लेडी जेसीज बिर्तामोड, गोदावारी समाज लगायत थुप्रै सङ्घसंस्थामा आबद्ध रहँदै सामाजिक सेवाको क्षेत्रमा सक्रिय थिइन् । सामाजिक क्षेत्रकी अगुवा एकल महिला अम्बिकाको विवाह छोरीले गर्दैछिन् भन्ने सुनेर धाम परिसरमा ठुलो संख्यामा स्थानीय बासीको उपस्थिति थियो । आफ्नै विवाह गर्ने उमेरमा किन गरिन् त आमाको विवाह अप्सनाले? धेरैको मनमा उव्जिएको यो प्रश्नको सहजै हाँसीहाँसी उत्तर दिँदै छोरी अप्सनाले भनिन्, ‘आमाको प्रेमको सुखद मिलन होस् र एकल जिन्दगी जिउन गाह्रो नहोस् भनेर मैले आमाको विवाह उनकै प्रेमीसँग गरिदिएकी हुँ ।’

यस अघि अम्बिकाको विवाह २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग भएको थियो । तर उनीहरुको दाम्पत्य जीवनमा उनका पतिलाई एउटा दुखद दुर्घटनामा निष्ठुरी कालले अल्पायुमै चुडेर लग्यो । वि.सं. २०६७ मा खगेन्द्रको आफ्नै घरको छतबाट खसेर मृत्यु भएपछि अम्बिका एकल महिलाको जिन्दगी व्यथित गर्दै आएकी थिइन् ।

पछिल्लो समय नेत्र रोग सम्बन्धि चिकित्षा विज्ञानको अध्ययनका लागि छोरी अप्सना शिवाकोटी भारतको बैङ्लोरमा गएपछि अम्बिका एकल महिलाको रुपमा एक्लै बस्दै आएकी थिइन् । छोरी अप्सना शिवाकोटीले भनिन्, ‘झापाको बिर्तामोडमा सानो तिनो व्यवसाय सञ्चालन गर्दै आएकी आमालाई म अध्ययन गर्न गएपछि एकल महिलाको एक्लो जिन्दगि व्यथित गर्न असहज हुँदै थियो र उहांहरु प्रेममा रहेको मलाई जानकारी भयो त्यसपछि आमा र राहुलको साँचो प्रेमको सुखद मिलन होस् भनेर आमासंग सल्लाह गरेरनै मैले उहाँहरुको विवाह गरिदिएकी हुँ ।’

स्मरण रहोस हिन्दु संस्कारमा एक महिलाले विवाह गर्नु धार्मिक मान्यता विपरित भएको मानिदै आएको छ र यस्तो विवाहको बिपक्षमा उभिने रुढिवादी नेपाली समाजमा आफ्नै आमाको विवाह गरिदिने छोरी अप्सना र आफ्नो प्रेमलाई सार्थक रुप दिन सफल अम्बिकाले देखाएको साहस असंख्य हिन्दु एकल महिलाहरुको हकमा एउटा अनुपम उदाहारण हुन सक्छ अर्थात् सामाजिक क्रान्तिको एउटा शान्तिपूर्ण स्वरुप मान्न सकिन्छ राहुल र अम्बिकाको यो विवाह । जसले आगामी दिनमा धर्मको नाउँमा अपराध गर्ने रुढिवादी नेपाली समाजका ठेकेदारहरुलाई एकल महिलाको हकमा लगाइदै आएको वार-वन्देज बारे सोच्न वाध्य पार्नेछ ।

श्रोतःनेपाल२४ अावर्स
आधुनिक विज्ञानलाई चुनौतीः अक्सिजन बिना नौ दिनसम्म जिवितै हिन्दू बाबा

आधुनिक विज्ञानलाई चुनौतीः अक्सिजन बिना नौ दिनसम्म जिवितै हिन्दू बाबा

केशव शरण
पोखरा: अक्सिजनबिना नै समाधि बसेका सिध्दबाबा कृष्णदास नौ दिनपछि ब्युँझेका छन् । गत चैत २६ गते शुक्रबारदेखि पोखराको रामघाटस्थित नरनारायण स्थानमा बसेका उनलार्इ वैशाख ३ गते शुक्रबार बन्द बाकसबाट निकालिएको छ ।

बाबा सुतेको काठको बाकस अक्सिजन छिर्नै नसक्ने गरी प्लास्टिकले समेत बाहिरबाट बन्द गरी माटोले पुरिएको थियो । बिहान ९ बजेर ५५ मीनेटमा ब्युँझेका उनलार्इ निकाल्न पौने १० बजेबाटै बाकस खोल्न सुरू गरिएको थियो ।

बाकस खोलिएको दृश्य हेर्न त्यहाँ हजारौं पोखरेलीको उपस्थिति रहेको थियो । उक्त दृश्य देख्न मिल्ने गरी प्रोजेक्टरबाट देखाइएको थियो ।

योग र साधनाका माध्यमबाट अक्सिजनबिना नै बस्न सम्भव हुने उनले बताएका थिए । समाधिमा रहँदा रक्तसञ्चार, मुटुको धड्कन पनि रोकिने हुँदा शरीरलाई हावापानी र अन्न नचाहिने उनको तर्क थियो ।

चिकित्सकहरूकै सनमुन्ने त्यसरी अक्सिजन नछिर्ने बाकसमा बाबा समाधि बसेपछि उनीहरूले बाबा ९ दिनपछि जीवितै रहे चमत्कार हुने बताएका थिए ।


अक्सिजन नछिर्ने बाकसभित्र नौ दिने भूमि समाधिमा बाबा !
पोखरा: सासै नफेरी कुनै मान्छे बाँच्न सक्छ ? सक्छ । विज्ञानले अहिलेसम्म भन्दै आएको अक्सिजनबिना मान्छे केवल ३ मिनेट बाँच्छ । एकजना व्यक्ति यस्ता भेटिएका छन्, जो अक्सिजनबिना नै ९ दिनसम्म बाँचेर प्रमाणित गर्ने परीक्षामा होमिएका छन् । उनी हुन् सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य ।

पोखरा रामघाटको नरनारायण आश्रममा बिहीबार साँझदेखि भूमि समाधिमा छन् । हावा नछिर्ने काठको बाकसमा उनी सुतेपछि वरिपरिबाट प्लास्टिकले बेरेर त्यसमाथि माटोले छोपी जमेरा छरिएको छ ।

केही पूजा गरेर बाबा काठको बाकसभित्र लम्पसार सुतेपछि भक्तजनले चाबी लगाई प्लास्टिकले बेरेर भित्र कत्ति पनि हावा नछिर्ने बनाएका थिए ।

बाबाले आफू ९ दिनपछि अर्थात वैशाख ३ गते बिहान ९ बजेर ३५ मिनेट जाँदा समाधिबाट बाहिर निस्कने भन्दै भक्तजनलाई सोही समयमा आएर बाकस खोल्न भनेका छन् ।

उनी समाधि बस्दा पत्रकारहरुले प्रत्यक्ष निगरानी गरेका थिए । अरु भक्तजनलाई प्रोजेक्टरमार्फत देखाइएको थियो ।

हजारौं भक्तजन र चिकित्सकहरु समेतले आश्चर्यपूर्वक समाधि प्रक्रिया अवलोकन गरेका थिए । योग र साधनाका कारण अक्सिजनबिना पनि बाँच्न सकिने सिद्धबाबाले पत्रकारहरुलाई प्रतिक्रिया दिए ।

डा. बुद्धिबहादुर थापा भने अक्सिजनबिना बाँच्न सम्भव हुने कुरा विज्ञानले नस्वीकार्ने तर त्यस्तो भए चमत्कार हुने बताए । बाबा समाधिमा लीन भएको बाकस एक फिट माटो र बालुवाले पुरिएको छ ।

बाबाले त्यसभन्दा धेरै माटोले पुरे पनि हुने तर कम्ती गर्न नहुने बताएका थिए । योग र साधनाको माध्यमबाट अक्सिजनलाई सिधै मष्तिष्कमा राख्न सकिने र त्यसपछि पनि मानिस जीवित रहने उनको तर्क थियो ।

समाधिमा लीन हुँदा मुटुको धडकन र रक्तसञ्चार पनि रोकिने हुँदा अक्सिजन नचाहिने बाबाले बताएका थिए । ‘तर अहिले जति रक्तचाप छ, र जस्तो मेरो स्वास्थ्यको हालत छ, समाधिबाट निस्किएपछि पनि उस्तै हुनेछ,’ उनको दाबी थियो ।

बाबाले यस्तो समाधि यसअघि पनि पोखरामै र अन्त पनि लिइसकेको बताएका थिए । बाबाले अक्सिजनबिना समाधिबाट आफू अलौकिक यात्रामा जाने उनको भनाइ थियो ।

बाबा काठको बाकसमा समाधिमा लीन हुँदा त्यो बाकस उनका भक्तजनले नभई पत्रकारहरुले प्लास्टिकले बेरेका थिए । पत्रकारहरु र चिकित्सकहरुकै सामुन्ने आफूले समाधि लिने उनको रुचि अनुसारै भक्तजनले त्यस्तो व्यवस्था मिलाएका थिए ।

साभारःअन्नपूर्ण पोष्ट दैनिक
कस्ता  मानिसले सेल्फी अपलोड गर्दछन

कस्ता मानिसले सेल्फी अपलोड गर्दछन

फेसबुक लगायतका सोसल साइटमा आफ्ना सेल्फी कत्तिको अपलोड गर्नुहुन्छ ? तपाइँलाई थाहा छैन होला, फेसबुकमा सेल्फी अपलोड गर्ने कुरा मानिसको स्वभावसँग जोडिएको हुन्छ ।
पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार अहंकारी मानिसहरुले फेसबुक जस्ता सोसल मिडियामा बढि नै सेल्फी अपलोड गर्ने गरेका हुन्छन् । यस्ता मानिसलाई नार्सिसिस्ट भनिन्छ ।
दक्षिण कोरियास्थित कोरिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार मानिसको अहंकारी चरित्र उसको सेल्फी पोष्ट गर्ने कुरासँग सम्बन्धित हुन्छ । साथै यस्ता मानिसहरु आफुले सोसल साइटमा अपलोड गरेका आफ्ना सेल्फी तस्वीरमा आउने कमेन्ट्स हेर्न निकै उत्सुक तथा लालायित हुन्छन् ।
त्यस्ता अहंकारी मानिसहरु सोसल साइटमा अरु मानिसले अपलोड गर्ने सेल्फीप्रति पनि निकै चासो राख्दछन् तर उनीहरुले अरुले अपलोड गर्ने सेल्फीमा कमेन्ट चाहीँ गरिहाल्दैनन् । किनकी त्यस्ता मानिसहरु अरुको प्रसंसा गर्न चाहँदैनन् र आफुलाई अरुले गरेको प्रसंसा मात्र सुन्न चाहन्छन् ।
शोधकर्ता ब्रेन्डा के वेडरहोल्डका अनुसार अहंकारी मानिसहरु आफ्नो बढाइचढाइ गर्ने रणनीति मुताविक सबै खाले सोसल मिडियामा निकै व्यस्त बन्दछन् र यसबाट आफ्नो प्रसंसाको बाढि आओस् भन्ने चाहन्छन् ।
यस सम्बन्धी शोध साइबरसाइकोलोजी, बिहेवियर एण्ड सोसल नेटवर्किंग नामक जर्नलमा छापिएको छ ।
कर छलेर अर्बौं डलर विदेश पुर्‍याउनेको सूचिमा ७ नेपाली

कर छलेर अर्बौं डलर विदेश पुर्‍याउनेको सूचिमा ७ नेपाली

काठमाडौं—
स्वदेशमा गरेको नाफाको कर छलेर अर्बौं डलर विदेश पुर्‍याइ अदृश्य लगानी गर्नेहरुको अन्तर्राष्ट्रिय सूचिमा नेपाली पनि परेका छन्।

अनुसन्धान पत्रकारहरुको संस्था इन्टरनेशनल कन्सोन्ट्रियम अफ इन्भेष्टिगेटिभ जोर्नालिष्ट (सिअाइजे) नामक संस्थाले आइतबार सार्वजनिक गरेको गोप्य दस्तावेजअनुसार त्यसरी कर नतिरी पैसा विश्वका विभिन्न 'ट्याक्स ह्याभेन' टापु तथा अन्य मुलुक पुर्याउनेमा ७ नेपाली समेत रहेका छन्।

उनीहरुले नेपालमा गरेको कमाइलाई यहाँको कानुनअनुसार तिर्नुपर्ने कर नबुझाई कानुन उल्लंघन गर्दै पैसा विदेश पुर्‍याएका हुन्।

यी मध्ये एउटा कम्पनी नेपाल भेन्चर्स लिमिटेड रहेको गोप्य दस्तावेजमा उल्लेख छ। पेरुमा काम गर्ने भनिएको सो कम्पनीको पृष्ठभूमिबारे केही खुलाइएको छैन। नेपालमा कर छलेर पैसा विदेश पुर्याउने अन्य ६ छन्। उनीहरुको नाम र पृष्ठभूमिबारे खुलेको छैन।

पत्रकारहरुको संस्थाले ८ महिनाको अनुसन्धानपछि मध्य अमेरिकास्थित पानामास्थित कर छलीको पैसाबाट कम्पनी स्थापना गर्ने ल फर्मका दस्तावेज सार्वजनिक गर्दा स्वदेशमा कर छलेर पैसा विदेश पुर्‍याउनेहरु सार्वजनिक भएका हुन्।

पत्रकारहरुको संस्थाले मोसाक फोन्सिका नामक ल फर्मका १ करोड १० लाख गोप्य दस्तावेज सार्वजनिक गरेको हो। सो मल्टिनेशसनल ल फर्मका कार्यालयहरु विश्वका ४० देशमा छन्। ती दस्तावेजबाट विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार तथा व्यापारीले स्वदेशमा कर छलेर रकम ट्याक्स ह्याभेन टापु तथा अन्य मुलुक पुर्‍याएको सार्वजनिक भएको छ।


अमिताभ बच्चनदेखि प्लादिमिर पुटिनसम्म

स्वदेशको पैसा कर छलेर विदेश पुर्‍याउनेमा बलिउड कलाकार अमिताभ बच्चन, उनकी बुहारी एश्वर्या राय पनि परेका छन्। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री नवराज सरिफ, साउदी अरबका राजा तथा आइसल्यान्डका प्रधानमन्त्रीले समेत स्वदेशमा कर छलेर भर्जिन आइल्यान्डमा लगानी पुर्यासएको दस्तावेजले देखाएको छ।

राजा ज्ञानेन्द्रको शाही सम्बोधन

राजा ज्ञानेन्द्रको शाही सम्बोधन

२०६१ माघ १९ मा श्री ५ ज्ञानेन्द्रबाट देशबासीको नाममा भएको शाही सम्बोधन

“प्यारा देशवासीहरू,

१. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्वविदितै छ। नेपालको एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणको प्रत्येक मोडमा नेपाली जनता र राजा दुवै मिलेर निर्णायक भूमिका खेलेको इतिहास स्वयं साक्षी छ।

२. आज जनचाहनाबमोजिम देश र जनताका लागि शान्ति पुनःस्थापना गरी बहुदलीय प्रजातन्त्रको रक्षाका लागि फेरि एकपटक ऐतिहासिक निर्णयको घडीमा हामी आइपुगेका छौं। हत्या, हिंसा र विध्वंसले देशलाई विनाशको भिरालोमा पुर्‍याउँदा पनि देश र जनताको नाममा राजनीति गर्नेहरूले देश र जनताको हितप्रति आँखा चिम्लिन छाडेनन्। सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त्रको दुरूपयोग तथा देश र जनताको मूल्यमा व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्ने प्रतिस्पर्धाले परिस्थिति निरन्तर बिग्रने क्रम चली नै रह्यो। राजनैतिको नाममा कानूनी राज्यको सर्वमान्य मर्यादा पनि भंग गर्ने प्रयास भए। बहुदलीय प्रजातन्त्रको सार्थक अभ्यासद्वारा हाम्रा प्यारा जनताले सामाजिक, राजनैतिक एवं आर्थिक न्याय पाऊन् भन्ने हाम्रो चाहनाले मूर्तरूप लिन सकेन। जनहितमा निर्माण गरिएका विकासका पूर्वाधारसमेत ध्वस्त पार्नेजस्ता देश र जनविरोधी अपराध निरन्तर बढ्दै गए। आतंकवादविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति संगठित रूपमा प्रस्तुत हुनुपर्नेमा सत्ताको हानाथापमा लागेर सोझा कार्यकर्तालाई जनहितका लागि बनेका सुविधाहरू ध्वस्त पार्न उक्साउनुलाई नै नेताहरूले राजनैतिको नाम दिन थाले। यसरी निरन्तर बिग्रदै गएको अवस्थामा आतंककारी गतिविधिमा पूर्णविराम लगाएर शान्ति सुरक्षाको पुनःस्थापनाद्वारा जनचाहना पूरा गर्ने संकल्प लिनुपरेको छ।

प्यारा देशबासीहरू,

३. प्रजातन्त्र र प्रगति एक अर्काको परिपूरक हुन्। तर नेपालको विगत केही वर्षको तितो अनुभवले यसलाई असंगति सावित गर्ने चेष्टा गर्‍यो। सत्ताका लागि केन्द्रीत राजनीतिमा नै अल्मल्याएर बहुदलीय प्रजातन्त्रलाई अवमूल्यन गरियो। सरकार टिकाउने र फाल्ने होडमा संसदमा विकृति भित्र्याइयो। कुनै पनि प्रतिनिधिसभालाई आफ्नो अवधि पूरा गर्न दिइएन। प्रजातान्त्रिक प्रक्रिया बेथितिको निरन्तरताले अवरुद्ध हुन थाल्यो। जनताको आशा भंग गर्ने, भरोसा भत्काउने र प्रजातन्त्रमा नै वितृष्णा फैलाउने क्रम बढ्दै गयो। चुनाव गराउन नसकेपछि कसैप्रति पनि उत्तरदायी हुनु नपर्ने अप्रजातान्त्रिक सरकारको अभ्यास सुरु गर्ने तारतम्य मिलाउन खोजियो। जनप्रतिनिधिहरूको शून्यता सिर्जना गर्न सबै दल लिखित रूपमा एकजुट भए, तर यो शून्यता हटाउन मिलेर काम गर्न भने सहमत भएनन्। राजनैतिक दलहरूको संलग्नता र सहमतिमा भएको जनप्रतिनिधित्वबिनाको शासन व्यवस्थाको चाँजोपाँजो जनचाहना तथा बहुदलीय प्रजातन्त्रको मर्यादा अनुकुल थिएन। त्यसैले शीघ्रतिशीघ्र जनप्रतिनिधित्व प्रणालीलाई क्रियाशिल तुल्याउने उद्देश्यले प्रजातन्त्रमा निष्ठा राख्ने सबैलाई हामीबाट आह्वान गरिबक्सेका थियौं। आमजनता, जेठा नागरिक, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलका नेतालाई पटकपटक भेटेर जनमत बुझ्ने र जनचाहना तथा देशको आवश्यकता सम्झाउने प्रयास पनि गरिएकै हो। नेपाल र नेपाली जनताले भोग्नु परिरहेको अशान्ति र ध्वंसात्मक गतिविधिको अन्त गरी देशलाई शान्तिपूर्ण अवस्थामा फर्काउन अब ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनता र नेपालका हितैषीहरूको एकमात्र चाहना भएको तथ्य पनि सम्झाइएकै हो। शान्ति सुरक्षा कायम गरी आमचुनाव गराउन विभिन्न दलका नेतालाई कार्यकारिणी अधिकारसहित मन्त्रिपरिषद् गठन गर्ने अवसर पनि पटकपटक दिइएकै हो। तर परिस्थितिमा सुधार आउन सकेन। मिलेर सरकार नचलाउने, सत्ता बाहिर जाने बित्तिकै सरकारको विरोधमा उत्रने संक्रामक रोगले राष्ट्रिय राजनीतिलाई सिकिस्त बनायो। प्रजातन्त्रसमक्ष आतंकवादले तेर्साएको एकदलीय निरकुंशताको चुनौतीलाई निष्तेज तुल्याउने गम्भीर प्रयास हुनै सकेन। राष्ट्रिय सुरक्षाका विषयमा हलुका टिप्पणी गर्ने बानी हटेन। देश र जनताको सुरक्षाका लागि रातदिन क्रियाशील रहने सुरक्षा निकायका कर्तव्यनिष्ठ अधिकारी तथा जवानको देशभक्तिको सत्प्रयासमा बल पुर्‍याउने जिम्मेवारपन दलहरूमा देखिएन। देश र जनताविरुद्ध चलिरहेको विनाशको दुष्कर्मलाई सदाका लागि अन्त गर्न बहुदलीय प्रजातन्त्रवादीहरूबीच देशहितको बिन्दुमा निष्ठापूर्ण एकता कायम हुन सकेन। दलहरूले जनचाहनाअनुसार राष्ट्रिय प्राथमिकता ठम्याउन पनि सकेनन्।

४. नेपाली जनताले इतिहासमा यस्तो आतंक, सास्ती र शोषण कहिल्यै भोग्नुपरेको थिएन। अपराधीहरूबाट नै दण्डित हुनुपर्ने, आफ्नो वैध सम्पत्ति अपराधीले कब्जा गर्दा पनि जनताका नाममा सत्तामा पुगेकाहरूबाट संरक्षण पाउन नसक्ने, जनताको प्रतिनिधित्व गर्छु भन्ने दलहरू जनताको पक्षमा नउभिने दुरावस्था कुनै पनि प्रजातन्त्रले कहिल्यै पनि भोग्नुपरेको थिएन। नेपाली जनताको चाहना र राष्ट्र हितलाई बेवास्ता गरी प्रायोजित भीडलाई अघि सारेर व्यक्ति वा झुन्डको दुराग्रहलाई राष्ट्रिय एजेन्डा बनाउन सकिंदैन। देश र जनताको भविष्यप्रतिको दायित्वबोधले धेरैपटक घच्घच्यायो। परिस्थिति एउटा यस्तो नाजुक मोडमा आइपुग्यो, जब देश र जनताको हितमा जनभावनाबमोजिम निर्णय लिन हामी बाध्य हुनै पर्‍यो।

प्यारा देशबासीहरू,

५. राजा र जनताबीचको घनिष्ट सम्बन्ध नै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र निर्वाध सार्वभौमसत्ताको मुख्य कवच हो। देश र जनताको हितमा सदा समर्पित रहने राजसंस्था र देशभक्तिको संस्कार भएका जनता नै नेपाल अधिराज्यको इतिहासको गौरवमय परम्पराको निरन्तरतामा लोकसम्मतिअनुसार चल्नु नै राजसंस्थाको अपरिवर्तनीय प्रतिबद्धता रहँदै आएको छ। अधिनायकवाद वा निरंकुशता शाहवंशीय राजतन्त्रात्मक संस्कारकै असंगति हुन्। सामाजिक न्यायमा हामी विश्वास गर्दछौ। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै सबै नेपालीको अटल विश्वास तथा अपरिवर्तनीय प्रतिबद्धता भएको तथ्यसँग हामीले आफूलाई आत्मसात गरेका छौ। शक्तिको केन्द्रीकरण प्रजातान्त्रिक मूल्यविपरीत हो भन्ने हाम्रो ठहर छ। माथिल्लो तहदेखि तल्लो तहसम्म निर्वाचित जनप्रतिनिधिहरूका निकायलाई शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालनको सच्चा हकदार बनाएरमात्रै प्रजातन्त्रको सार्थक अभ्यास गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। कुनै पनि नेपालीले दुःख कष्ट भोग्नु नपरोस, सबैले सामाजिक, आर्थिक र राजनैतिक न्याय निर्वाध पाऊन् भन्ने हाम्रो चाहना छ। शासन सञ्चालनमा आफ्नो चाहनाको पूर्ण मान्यता तथा आफ्नो हितको पूर्ण संरक्षण भएको अनुभूति जनताले सधैं गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ। सबै देशभक्त प्रजातन्त्रवादीको संयुक्त निक्र्यौल, समझदारी र दूरदृष्टिबाट नेपाल अधिराज्यलाई परिपक्व प्रजातन्त्र र लोककल्याणकारी समाज निर्माणको फराकिलो राजमार्गमा उन्मुख गराउने हाम्रो चाहना छ। प्रजातन्त्रवादीहरूबीच राष्ट्रिय हितको मूल नीतिमा द्वन्द्व हुनै सक्तैन भन्ने हाम्रो ठहर छ।

६. नेपाल र नेपालीको हितका लागि दिगो शान्तिको पुनःस्थापना तथा सार्थक प्रजातन्त्रको अभ्यासबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन। राजसंस्था सस्तो लोकप्रीयताबाट होइन, नेपाल राष्ट्र र नेपाली जनताको सर्वोत्तम हित र निरन्तर उन्नतिबाट मात्रै निर्देशित रहन्छ। जनताको प्रभावकारी सुधारको चाहनालाई सबैले सम्मान गर्नै पर्दछ भन्ने हामीलाई लाग्दछ। कसैलाई पनि आफ्नो असहमति व्यक्त गर्न, निराशा प्रदर्शन गर्न हतियार उठाउने बाध्यता महसुस गर्नु नपरोस। जनताको शान्ति नखल्बलाईकन प्रभावकारी ढंगमा असहमति प्रदर्शन गर्ने अवसरको सुनिश्चितता होस भन्ने हाम्रो चाहना छ। प्रजातन्त्रको निष्ठापूर्ण अभ्यास, सार्थक बजारमुखी अर्थतन्त्र, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त विधिको शासन नै जनताको स्पष्ट चाहना हो। प्रजातन्त्रको माध्यमबाट जनतालाई सुखी बनाउनु, युवापुस्तालाई उज्ज्वल भविष्यप्रति आश्वस्त तुल्याउनु र नेपाललाई विश्व समुदायमा सम्मानपूर्ण स्थान दिलाउनु नै हाम्रो एकमात्र चाहना हो। हाम्रा सबै भाषा, सबै जाति, सबै संस्कृतिको समान उन्नतिबाट नै नेपाल अधिराज्यको विशिष्ट पहिचान कायम रहन्छ, सुदृढ रहन्छ।

७. सार्वभौमसत्ता निहित नेपाली जनताको चाहनाबमोजिम देशमा सकेसम्म शान्ति सुरक्षा कायम गरी २०६१ सालभित्र प्रतिनिधिसभाको निर्वाचन प्रारम्भ गर्ने दायित्व निर्वाहको गम्भीर प्रयास हुन सकेन, मतदाता र दललाई निर्वाचनमा सहभागी हुन तयार पारेर कानूनी, व्यवस्थापकीय, प्राविधिक तयारीमा जुट्नुपर्नेमा चुनावको शाब्दिक रट लगाएर, मौखिक तत्परता र आतुरता देखाउनमा नै समय खेर फालियो। राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७को मर्म र भावनाअनुरूप संविधानको धारा २७को उपधारा (३) लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशिल तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ। आगामी ३ वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधार गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन हुने मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ।

प्यारा देशबासी,

८. सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो। सफल प्रजातन्त्र नै सक्कली जनवाद हो। यस्तो जनहितकारी, परिपक्व एवम् सुसंस्कृत र सभ्य व्यवस्थालाई खल्बलाएर, निर्दोष जनतालाई आतंकित तुल्याएर, जनतालाई त्रसित पारी जबरजस्ती चन्दा संकलन गरेर, असहमत हुनेहरूको निर्मम हत्या गरेर, विद्यार्थीहरूलाई अपहरण तथा गुरुहरूलाई पाशविक व्यवहार गरेर, सिधा जनतालाई झूटो आश्वासन र सपना बाँडेर, जनताको हितमा बनेका विकास योजना ध्वस्त पारेर चलाइएको देश र जनता विरोधी अपराध अब बन्द हुनै पर्दछ। अब यस्ता देश र जनता विरोधी अपराधलाई कानूनबमोजिम कडा कारबाही गरिनेछ। हाम्रा सुरक्षाकर्मीलाई देश र जनताको हितमा अझै बढी सशक्त भई आतंकवाद समाप्त गरी शान्ति सुरक्षा पुनःस्थापना गर्न खटाइएको छ। मानव अधिकारको सम्मान र संरक्षणमा राज्यका सबै अङ्ग विशेषरूपमा सतर्क र सजग रहनुपर्दछ। तर राज्य र आतंककारीलाई एउटै तराजुमा तौलिनु न्यायोचित हुंदैन। प्रजातन्त्रमा विश्वास गर्ने सबै शान्तिप्रेमी नेपाली जनताले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सुरक्षाकर्मीलाई साथ दिएका छन् र दिने नै छन्।

९. बाटो बिराएर देश र जनताविरुद्ध हतियार उठाएका, शान्ति र प्रजातन्त्रविरुद्ध अपराधिक कार्यमा संलग्न रहेकालाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनैतिको मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्दछौं। देशभक्तिको मिलनविन्दुमा आफ्नो विचार मुखरित गर्न, आकांक्षा पूरा गर्न तथा देश र जनताको हितमा योगदान दिन सक्ने अवसरको सुनिश्चितता नै बहुदलीय प्रजातन्त्रको विशेषता हो। यो मौकाको उपयोग गरि राष्ट्रिय राजनैतिको मूल प्रवाहमा आउनेहरूका लागि राज्यका तर्फबाट सबै नागरिक सरह अवसर र अधिकार बिनाभेदभाव प्राप्त हुने आश्वासन दिन चाहन्छौ। देश र जनताविरुद्ध आतंककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानूनले छाड्ने छैन।

प्यारा देशबासी,

१०. आतंकवाद विरुद्ध नेपालको संकल्पलाई सराहना गर्दै उदारतापूर्वक साथ दिइरहेका मित्र राष्ट्र, विकास प्रयासलाई अगाडि बढाई राख्न सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ तथा वित्तीय संस्थालाई हामी धन्यवाद दिन चाहन्छौं। भौगोलिक रूपमा परिभाषित हुनै नसक्ने आतंकवादको जोखिमलाई आज विश्व प्रजातन्त्रले समेत भोग्नुपरेको छ। वास्तवमा सानो देश जति सुरक्षित रहन्छ, जति स्थायित्व अनुभव गर्छ, जति सम्पन्न हुन्छ, त्यति नै त्यस क्षेत्र र स्वयम् विश्वको सुरक्षा, स्थायित्व र सम्पन्नता सुनिश्चित हुन्छ भन्ने अनुभूति विश्व समुदायले गरी नै सकेको छ। यसै अनुकुल नेपाल आफ्नो हितमा र विश्व प्रजातन्त्रको हितमा आतंकवादलाई निष्तेज तुल्याउन कटिबद्ध भएको छ। नेपाल आफ्नो लागि शान्ति चाहन्छ, छिमेकीहरू र दक्षिण एसियाका लागि शान्ति चाहन्छ, विश्व शान्तिमा टड्कारो भइसकेको जोखिम हटाउन शान्ति चाहन्छ।

११. यसै क्रममा, बहुदलीय प्रजातन्त्रमा हाम्रो प्रतिबद्धता अपरिवर्तनीय रहेको तथा आर्थिक र संस्थागत सुधार जारी रहने, सार्वजनिक खर्चको उपयोग तथा सार्वजनिक सेवा प्रणालीमा सुधारका प्रयास अझै प्रभावकारी ढंगमा कायमै राखिने, बैंकिङ अनुशासन पुनर्बहाली गरिने, गरिबी न्यूनीकरणसम्बन्धी रणनीति तथा भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चालिने कुरा पनि उल्लेख गर्न चाहन्छौं। दिगो विकास अब नेपालको राष्ट्रिय एजेन्डा भएको छ। अब जनताको सुरक्षा र प्रजातन्त्रको भविष्यलाई जोखिममा पार्न दिइने छैन। नेपालविरुद्ध वा मित्रराष्ट्र विरुद्ध आतंकवादलाई नेपाली माटोमा आश्रय दिइने छैन। मित्रराष्ट्रहरूसँग वास्तविक र व्यवहारिक रूपमा आपसी हितका लागि सकारात्मक सम्बन्धमा जोड दिइनेछ।

१२. निरन्तर झांगिदै गएको भ्रष्टाचारले राजनीति र प्रशासनलाई दुषित बनाएकोमात्र होइन, प्रगतितर्फ अग्रसर हुनुपर्ने देशको पाइला पनि अवरुद्ध पारेको छ। भ्रष्टाचार हाम्रो समाजका लागि धमिरा सिद्ध भइसकेको छ। परिणामस्वरूप कानूनप्रति साधारण जनताको विश्वास धरमराउन थालेको छ। यसैले जनताको चाहना र सुशासनको प्रमुख आवश्यकता पूरा गर्न न्यायको सिद्धान्त उल्लंघन नहुने गरी भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम अविलम्ब चालिनेछ।

१३. प्रजातन्त्र जीवन शैली बनोस्, राजनीति प्रजातान्त्रिक मूल्य र मान्यताबमोजिम चलून्, सबैले सबै क्षेत्रमा प्रजातान्त्रिक विचार पद्धतिलाई इमानदारीपूर्वक अनुसरण गरून्, देश र जनताको हितले मात्रै सबैलाई सधैं निर्देशित गरोस् भन्ने नै हाम्रो चाहना हो। शान्तिपूर्ण वातावरणमा प्रजातान्त्रिक मूल्यहरूलाई जीवन्त तुल्याएर एक उन्नतशील एवम् विश्व समुदायमा सम्मानित नेपाल नै सबै नेपालीको भविष्यको परिकल्पना हो। मानव अधिकारको सम्मान र रक्षाले प्रजातान्त्रिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्नेमात्र हैन, २१ औं शताब्दी सुहाउँदो जीवन प्रणाली र सभ्यताको पनि विकास हुन्छ भन्ने हाम्रो विश्वास छ।

प्यारा देशबासीहरू,

१४. हामीबाट गरिबक्सेको निर्णयबाट जंगी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुन वा अल्मलिनुपर्दैन। आज नेपाल र नेपालीको भविष्यका लागि सर्वप्रथम हामी आफैंले कम्मर कसी अघि बढ्नुपरेको छ। स्वतन्त्र सञ्चार क्षेत्र प्रजातन्त्रको चेतना वृद्धि गर्ने माध्यम हुन्। राष्ट्रिय हितको संवर्धनमा यसको विशेष भूमिका रहन्छ। शासन शैलीसँगै जीवन पद्धतिलाई नै प्रजातान्त्रिक मूल्य र आदर्शबाट प्रेरित बनाउन सञ्चार माध्यमले सशक्त योगदान दिनेछन् भन्ने हामीले विश्वास लिएका छौं। यसै कुरालाई मनन् गरेर बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले आ-आफ्नो कर्तव्य पालन गर्नेछन र सबै देशबासीको साझा प्रयासबाट जनताको चाहना र देशको आवश्यकता पूरा हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौ।

१५. आज देशले स्पष्ट अठोट गरेको छ। यस अनुकूल निर्णय पनि भएको छ। अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ। देश आतंकवादको चपेटामा परेको बेलामा सम्पूर्ण शान्ति तथा प्रजातन्त्रप्रेमी जनता एक हुनै पर्छ। यसैले अब हामी सामूहिक विवेकबाट प्रभावित हौं, राष्ट्रिय दृष्टिकोणबाट परिचालित हौं। देश र जनताको शान्ति सुरक्षामा खलल पार्ने, प्रजातन्त्रलाई सार्थक बनाउने प्रयासमा छेकबार हाल्ने दुष्प्रयासलाई देश र जनताले सहने छैनन्। तर उदारताको नाममा हामीले हाम्रो जीवन पद्धतिको उच्चतम पक्ष अनुशासनलाई कहिले पनि बिर्सनुहुँदैन। २१ औं शताब्दीको विचार पद्धति पनि यही नै हो। नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि दोहर्‍याउन चाहन्छौ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।

जय नेपाल।”
औपचारिक कार्यक्रम र तेस भित्रका गतिबिधि हरु

औपचारिक कार्यक्रम र तेस भित्रका गतिबिधि हरु

समा श्री
एउटा कार्यक्रममा उद्घोषकले पुरस्कार ग्रहण गरिदिन पुरस्कृत व्यक्तिलाई आमन्त्रण गर्छन् । प्रमुख अतिथी हातमा प्रमाणपत्र लिएर तम्तयार थिए । पुरस्कृत हुने व्यक्ति मञ्चमा चढ्छन् । प्रमुख अतिथीसँग हात मिलाएर प्रमाणपत्र थाप्छन । तर प्रमाणपत्र लिने र दिने दुवैको ध्यान लिनुदिनुमा भन्दा अगाडिका क्यामेरामा हुन्छ । यस्तो लाग्यो, पुरस्कार लिनुदिनु दोस्रो महत्वपूर्ण काम हो, पहिलो काम चाहि त्यो बेलाको फोटो सेसन हो । लिने र दिनेको शरिर एकातिर टाउको मात्रै अर्कोतिर जबर्जस्ती बटारिएको जस्तो देखिन्थ्यो ।
पुरस्कार लिएको दिएकै बेला फोटो खिँच्दा मात्रै पुरस्कारको प्रमाणिकता रहने होइन । यसकारण पुरस्कार लिने दिने सकेपछि पनि फोटो खिच्दा राम्रो हुन्छ । पुरस्कार लिनुको भाव र दिनुको भाव लिँदादिँदा दुवैमा एकैनासकोहुनुपर्छ । फोटोको सुरमा त्यो क्षणलाई अन्तै मोड्न खासै आवश्यक छ जस्तो लाग्दैन ।

एक पल्ट अति जान्ने सुन्ने एक व्यक्तिले आफन्तको तेह्रौ दिनको पुण्यतिथीमा पितृप्रसाद ग्रहणका लागि लेखेको पत्रको व्यहोरो यस्तो थियो, ‘१३ औं दिनको काममा आएर भोजन ग्रहण गरिदिनुहोला...।’ १३ औं दिनमा गएर केही खाएर पितृ भार कम गरिदिनु पर्छ भन्ने सोच्नेहरु पनि त्यो भाषा देखेर जिल्ल परे ।
अर्को घटना त्यस्तै छ । सम्मानपत्र वितरणको कायत्र्रmम थियो । सम्मानपत्रमा सभापति, प्रमुख अतिथी, विशिष्ट अतिथीको हस्ताक्षर राख्ने चलन छ । आयोजक संस्थाको अध्यक्ष वा त्यस्तै मर्यादामा रहेको व्यक्तिलाई सभापति बनाइन्छ । सम्मानपत्र वा प्रमाणपत्रमा अध्यक्षकै हस्तक्षर भइसकेपछि उपाध्यक्ष, सचिवको हस्ताक्षर राखिँदैन । अरु त अरु एउटा प्रमाणपत्रमा उद्घोषकको पनि हस्ताक्षर देखेँ । त्यो देखेपछि चक्कर आउला जस्तो भयो । प्रतिष्ठित व्यक्तिले हस्ताक्षर गर्नुको महत्व र अर्थ हुन्छ । सेलिब्रेटी खेलाडीहरुले आफ्नै टिसर्ट, क्याप आदीमा हस्ताक्षर गरेर फ्यानहरुलाई दिन्छन् । अटोग्राफ दिँदा पनि सन्देशपछि हस्ताक्षर हुन्छ । विशिष्ट व्यक्तिहरुको हस्ताक्षरको महत्व हुन्छ । तर आम मानिसको के महत्व हुन्छ र ? प्रमाणपत्र, सम्मानपत्रमा अनावश्यक व्यक्तिको हस्ताक्षरले बोझिलो बनाउँछ । केही सम्मानपत्र रंगहीन (श्यामश्वेत भन्न खोजेको), फ्रेमबिनाका हुन्छन् । सम्मान भनेको पत्रले गर्ने त होइन । यो एक भाव हो । तर पत्र हेरेर यस्तो नलागोस कि त्यसले सम्मानितलाई जिस्काइरहेको छ ।
औपचारिक कार्यक्रमहरुमा प्रमुख अतिथीको महत्व हुन्छ । प्रमुख अतिथीका रुपमा मन्त्री, प्रधानमन्त्री, जिल्लामा सिडियो, प्रवासमा राजदूत बोलाउने चलन छ । यस्तो चलन कुनै अर्थमा पनि गलत चाहीँ होइन । तर व्यस्त मान्छेहरुलाई प्रमुख अतिथी बनाउँन खोज्दा बेला बेलामा हैरानी व्यहोर्नु पर्छ । यस्तो हैरानी आयोजकले मात्रै होइन सहभागीले पनि खेप्नु पर्छ । कार्यक्रममा प्रमुख अतिथी समयमा नआइदिँदा त्यस्ता कार्यक्रमहरु दिक्कलाग्दा बन्छन् । समयको ख्याल नगरिँदा कतिपय कार्यक्रमहरु निल्नु न ओकल्नु बन्ने गछ्र्र । कार्यक्रममा समयको ख्याल नगरी कतिपय वक्ताहरु आफ्नो कुरा लम्बेतान बनाउँछन् । अनि आफ्नो कुरा सकिएपछि कार्यक्रम नै छाडेर हिँडिदिन्छन् । आफ्नो कुरा सुनाउने तर अरुको कुरा नसुन्ने चलन धेरैमा हुन्छ ।
औपचारिक कार्यक्रममा महिलाको प्रयोग मलाई अनौठो लाग्छ । अतिथिहरुलाई व्याच वितरणमा धेरैजसो कार्यक्रममा महिलाहरुलाई नै अघि सारिन्छ । जुन संस्थाको कोषमा १ सय रुपैयाँ पनि हुँदैन त्यस्ता संस्थाको कोषाध्यक्ष महिलालाई बनाइन्छ । पैसा धेरै हुने संस्थामा पुरुष नै हुन्छन् कोषाध्यक्ष । यसो भनिरहँदा म यो विषयलाई सामान्यीकरण गर्न चाहन्नन् । व्याच वितरणकै प्रशंग जोड्न चाहन्छु । ब्याच वितरण पुरुषले गर्दा पनि हुन्छ । तर महिलाले गर्दा बढी शोभायमान देखिन्छ रे । महिला शोभा बढाउने वस्तु हो र ?
‘यदि कसैको आलोचना गर्नु छ भने उसलाई एक्लै बोलाएर गर्नु, प्रशंसा गर्ने हो भने सबैको अगाडि गर्नु ।’ यो कुरा अरुलाई कस्तो लाग्छ थाहा छैन । तर जीवनमा एकपटक अपनाएर हेर्नुहोस् यसले तपाईलाई पनि राम्रै नतीजा दिनेछ । औपचारिक कार्यक्रममा पनि यस्तै हुन्छ । कसैको तारिफ खुब मजाले हुन्छ । तर कहिलेकाहीँ तारिफ चाहिनेभन्दा बढी भइदिन्छ । तारिफमा पनि अतिरञ्जना मिसियो भने त्यो त्यति राम्रो हुँदैन ।
६० को दशकमा भारतमा एस.राधाकृष्णनन् राष्ट्रपतिमा चुनिए । त्यो बेला अमेरिकामा जोन अफ केनडी
राष्ट्रपति थिए । केनडीकै निमन्त्रणामा राधाकृष्णनन् पत्नीसहित अमेरिका भ्रमणमा गए । केनडीद्वारा आयोजित एक कार्यक्रममा सिमित व्यक्तिहरु थिए । त्यो बेला केनडीले लगाएको घडी राधाकृष्णनन्की पत्नीलाई मन पर्यो । उनले त्यो घडीको तारिफ गरिन् । केनडीले राधाकृष्णनन् लाई सम्मानपूर्वक भने, ‘मेरो अतिथीलाई मन परेको वस्तु उपहार दिन पाउँदा म धन्य हुन्छु । यसकारण यो घडी म तपाईलाई उपहारमा दिन चाहन्छु । ’ राधाकृष्णानन् की पत्नीले भनिन् कि मैले त राम्रो भनेको मात्रै हो । उपहारमा लिने सोच छैन । म लिन्न । तर केनडीले जिद्धी छाडेनन् । अन्तिममा राधाकृष्णनन्ले इशारा गरेपछि अप्ठ्यारो मानी मानी उनले घडी लिइन् ।
दोस्रो दिन जब दुई राष्ट्रपति र उनका दुवै पत्नी डिनरको लागि एउटै टेबलमा बसे, तब राधाकृष्णनन्ले केनडीको पत्नीको तारिफ गर्न थाले । उनको तारिफ रोकिएन । केनडी पत्नीको कहिले कपालको तारिफ गर्थे, कहिले आँखाको त कहिले मुस्कानको । केनडीले अर्थ बुझिसकेका थिए । आफ्ना अतिथीलाई मन परेको सबैकुरा उपहार दिन सम्भव हुँदैन थियो । अनि उनले विनम्रतापूर्वक राधाकृष्णनन्की पत्नीसँग भने, ‘मलाई मेरो घडी फिर्ता दिनुहोस् ।’तारिफ त आखिर तारिफ नै थियो । तर एकपटकको तारिफले केनेडीलाई उपहार दिन मन लाग्यो । अर्कोपटकको तारिफले आफैले दिएको उपहार फिर्ता माग्न बाध्य बनायो । अर्थात समय र परिस्थितीले कति धेरै प्रभाव पार्छ भन्ने यो एक उदाहरण हो । प्रशंसा गर्दा पनि त्यति धेरै नगरौं कि त्यो व्यक्तिले त्यो प्रशंसाको भारी बोक्न नसकोस् ।
राहत शिक्षकका माग

राहत शिक्षकका माग

दिनेश ठाकुर
नेपालगन्ज, चैत ७ गते । बिभिन्न पेशागत माग सहित नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बाँकेले आईतबार जिल्ला शिक्षा कार्यालय बाँकेमा मागपत्र प्रस्तुत गरेको छ ।
 स्थानीय र राष्ट्रिय मागहरु समेटिएको मागपत्र बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदलाई हस्तान्तरण गरिएको हो ।
 समितिका अध्यक्ष रामप्रसाद चापागाई नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी साउदलाई मागपत्र प्रस्तुत गरेको हो ।
शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडी नै  विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्न राहतथ शिक्षक समितिले माग गरेको छ । यसैगरी कागजी प्रक्रियालाई आधार मानी  थप कक्षा संचालनको अनुमती दिने कार्य बन्द गर्न माग गरिएको छ ।
 राहतका प्रअहरुलाई बेकसुर दुःख दिने कार्य बन्द गर्न समेत माग गरिएको अध्यक्ष चापागाईले जानकारी दिए । यसैगरी जिल्ला शिक्षा कार्यालयबाट हुने कामहरु  शिक्षा ऐन र नियमावलीको पुर्ण पालना हुने गरी गर्न समेत माग गरिएको छ ।
 यस्तै शिक्षक सेवा आयोगको बिज्ञापनमा राहत शिक्षकलाई उमेरको हद नलाग्ने गरी समान तहमा समान उम्मेदवार हुन पाउने गरी संशोधन गर्न माग गरिएको छ ।
,,,,,,,,,,,,,,,,,,,
मदरसामा अध्ययनरत  विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
दिनेश ठाकुर
नेपालगन्ज, चैत ७ गते । बाँकेका बिभिन्न मदरसामा अध्ययनरत  विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । अति विपन्न परिवारका ४९ जना बालबालिकालाई बाँके युनेस्को क्लबले आइतवार शैक्षिक सामाग्री बितरण गरेको अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँकेका तीन वटा मदरसामा अध्ययनरत ४९ जना आर्थिक रुपमा विपन्न परिवारका बालबालिकालाई क्लबले ब्याग सहित कपि, कलम, पेन्सिल, रबर, कटर बितरण गरेको हो ।
बालिकाहरु मात्र अध्ययन गर्ने मदरसा आयशतुल बनात, दारुलउलुम मस्उदिया गरिब नवाज नेपालगन्ज–२३ इन्द्रपुर र मदरसा गुलशन ए मदिनाका बालबालिकालाई सो सामाग्री बितरण गरिएको हो ।
सो अवसरमा बोल्दै सेभ द चिल्ड्रेनका क्षेत्रीय वरिष्ठ प्रबन्धक विरेन्द्र ठगुन्नाले बाँकेका मदरसाहरुलाई सेभ द चिल्ड्रेनले गरेको सहयोगबाट मदरसाको शैक्षिकदेखि भौतिक गुणस्तर बृद्धिमा ठुलो टेवा पुगेको बताए ।
उनले मदरसामा अध्ययनरत बालबालिकाको भविष्य सुधारमा अभिभावकको अहम भूमिकाभएकोले समय, बालबालिकाको उमेर र उनिहरुमाथि गरिने लगानीमा ध्यान दिन सबैसंग आग्रह गरे ।
सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक बालमुकुन्द महतले मुस्लिम समुदायका बालिकाहरुको शिक्षामा बिशेष ध्यान दिनु पर्नेमा जोड दिंदै मदरसा मूल प्रवाहीकरण कार्यक्रमले मदरसा ब्यबस्थापनमा ठुलो सहयोग पुगेको बताए ।
 बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले मदरसालाई मूल प्रवाहमा ल्याउन सेभ द चिल्ड्रेनले क्लबको अभियानमा शुरुदेखि नै सहयोग गर्दै आएकोमा अब पनि निरन्तर सहयोगको खाँचो रहेको बताए ।
सो अवसरमा बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक नवराज शर्मा र कार्यक्रम संयोजक गुलाम गौस कादरीले पनि मदरसाहरुको अवस्था बारे भनाई राखेका थिए । सो अवसरमा मदरसाका बालबालिका, शिक्षक शिक्षिका, मौलाना र अभिभावकहरुको उपस्थिति रहेको थियो !