क्रिसमस मनाउन प्रतिबन्ध

पुस ९ – सोमालिया सरकारले क्रिसमसको उत्सव मनाउन रोक लगाएको छ । मुसलमानको आस्थामा खतरा पर्ने भएकाले क्रिसमसको उत्सव मनाउन रोक लाइएको सोमालिया सरकारले जनाएको छ ।


क्रिसमस कुनै पनि रुपमाले इस्लामसँग नजोडिएकाले यसका अवसरमा उत्सव मनाउन रोक लगाइएको धार्मिक मामिला मन्त्रालयले जनाएको छ । सरकारले सुरक्षाकर्मीलाई क्रिसमसको अवसरमा कुनै पनि उत्सव हुन नदिनका लागि निगरानी बढाउन निर्देशन समेत दिइएको छ ।
पर्यटकहरुले आफ्नो घरमा उत्सव मनाउन भने पाउने छन् । तर होटल तथा अन्य सार्वजनिक स्थानमा भने क्रिसमस उत्सव मनाउन पाइने छैन ।
वर्षौै लामो द्वन्द्वका कारण विभिन्न देशमा विस्थापित भएका सोमालियालीले पश्चिमा संस्कृती भित्र्याएकाले त्यसलाई रोक्न यस्तो निर्णय गरिएको सरकारी अधिकारीले बताएका छन् । सोमालियाले सन् २००९ मा शरिया कानुन अपनाएको थियो ।

– एजेन्सीको सहयोगमा


SHARE THIS

Author:

Facebook Comment