पर्साको ग्रामिणक्षेत्रमा अनुमतिबिना औषधी पसल सन्चालनमा


वीरगंज, ९ बैशाख ।
पर्साको ग्रामिण क्षेत्रमा अनुगमन र कारवाहि हुन नसक्दा अनुमति विना नै विगत केहि समय देखि छ्याप्छ्याप्ति औषधि पसल खुल्ने क्रमले तिव्रता पाएको छ । विशेष गरि जिल्लाको रंगपुरटांडि, श्रीपुर पचगावा, सेढवा, पटेर्वा सुगौलि, मनवा, बडनिहार, पोखरीया, भिसुवा, महुवन, हरपुर, विन्धवासिनि, सुवर्णपुर, निर्मलबस्ति, ठोरी लगायतका स्थानमा अनुमति विना नै औषधि पसलहरु धमाधम सन्चालनमा आएको हाम्रा सहकर्मिले जनाएका छन् । विना अनुमति सन्चालन गरेका औषधि पसलेहरुले स्थानिय बासिन्दालाई हचुवाको भरमा औषधि दिने, म्याद नाघेका तथा मनपरी रुपमा औषधि विक्रि गर्ने गर्दा सर्वसाधारणको स्वास्थ्य नराम्रो संग प्रभावित भएको स्थानिय बासिन्दा सुरज लामाले बताउनुभयो । त्यस्ता औषधि पसलबाट खुलेआम रुपमा प्रतिबन्ध औषधिहरु समेत विक्रिवितरण भइरहादा समेत नियन्त्रणका लागि सम्बन्धित निकायले कुनै वास्ता नगरेको
उहााले बताउनुभयो । ग्रामिण क्षेत्रका सोझा सर्वसाधारण लाइ झुक्याउादै ति औषधि पसलेहरुले चेकजााचका नाममा समेत जथाभावि दवाइ दिने गर्दा विरामिको स्वास्थ्य सुध्रनुको सट्टा झनै विग्रने गरेको पनि सरोकारवालाहरुले बताएका छन् । यता औषधि व्यवस्था विभाग अन्तर्गतको वीरगंज स्थित क्षेत्रिय कार्यालय प्रमुख प्रमोद केसिले आफुहरु संग यातायातका साधन तथा पर्याप्त मात्रामा कर्मचारी समेत नभएकाले अनुगमनका लागि ग्रामिण क्षेत्र सम्म पुग्न नसकेको गैर जिम्मेवार प्रतिक्रिया दिनुभयो । कार्यालयले नारायणी सहित ३ वटा अन्चलकै अनुगमन तथा निरिक्षण गर्नु पर्ने दायीत्व बोकेको भए पनि विभागबाट पर्याप्त बजेट नआउादा आफुहरुले केहि पनि गर्न नसकेको केसिले बताउनुभयो । 

SHARE THIS

Author:

Facebook Comment