समा श्री
एउटा कार्यक्रममा उद्घोषकले पुरस्कार ग्रहण गरिदिन पुरस्कृत व्यक्तिलाई आमन्त्रण गर्छन् । प्रमुख अतिथी हातमा प्रमाणपत्र लिएर तम्तयार थिए । पुरस्कृत हुने व्यक्ति मञ्चमा चढ्छन् । प्रमुख अतिथीसँग हात मिलाएर प्रमाणपत्र थाप्छन । तर प्रमाणपत्र लिने र दिने दुवैको ध्यान लिनुदिनुमा भन्दा अगाडिका क्यामेरामा हुन्छ । यस्तो लाग्यो, पुरस्कार लिनुदिनु दोस्रो महत्वपूर्ण काम हो, पहिलो काम चाहि त्यो बेलाको फोटो सेसन हो । लिने र दिनेको शरिर एकातिर टाउको मात्रै अर्कोतिर जबर्जस्ती बटारिएको जस्तो देखिन्थ्यो ।
पुरस्कार लिएको दिएकै बेला फोटो खिँच्दा मात्रै पुरस्कारको प्रमाणिकता रहने होइन । यसकारण पुरस्कार लिने दिने सकेपछि पनि फोटो खिच्दा राम्रो हुन्छ । पुरस्कार लिनुको भाव र दिनुको भाव लिँदादिँदा दुवैमा एकैनासकोहुनुपर्छ । फोटोको सुरमा त्यो क्षणलाई अन्तै मोड्न खासै आवश्यक छ जस्तो लाग्दैन ।
एक पल्ट अति जान्ने सुन्ने एक व्यक्तिले आफन्तको तेह्रौ दिनको पुण्यतिथीमा पितृप्रसाद ग्रहणका लागि लेखेको पत्रको व्यहोरो यस्तो थियो, ‘१३ औं दिनको काममा आएर भोजन ग्रहण गरिदिनुहोला...।’ १३ औं दिनमा गएर केही खाएर पितृ भार कम गरिदिनु पर्छ भन्ने सोच्नेहरु पनि त्यो भाषा देखेर जिल्ल परे ।
अर्को घटना त्यस्तै छ । सम्मानपत्र वितरणको कायत्र्रmम थियो । सम्मानपत्रमा सभापति, प्रमुख अतिथी, विशिष्ट अतिथीको हस्ताक्षर राख्ने चलन छ । आयोजक संस्थाको अध्यक्ष वा त्यस्तै मर्यादामा रहेको व्यक्तिलाई सभापति बनाइन्छ । सम्मानपत्र वा प्रमाणपत्रमा अध्यक्षकै हस्तक्षर भइसकेपछि उपाध्यक्ष, सचिवको हस्ताक्षर राखिँदैन । अरु त अरु एउटा प्रमाणपत्रमा उद्घोषकको पनि हस्ताक्षर देखेँ । त्यो देखेपछि चक्कर आउला जस्तो भयो । प्रतिष्ठित व्यक्तिले हस्ताक्षर गर्नुको महत्व र अर्थ हुन्छ । सेलिब्रेटी खेलाडीहरुले आफ्नै टिसर्ट, क्याप आदीमा हस्ताक्षर गरेर फ्यानहरुलाई दिन्छन् । अटोग्राफ दिँदा पनि सन्देशपछि हस्ताक्षर हुन्छ । विशिष्ट व्यक्तिहरुको हस्ताक्षरको महत्व हुन्छ । तर आम मानिसको के महत्व हुन्छ र ? प्रमाणपत्र, सम्मानपत्रमा अनावश्यक व्यक्तिको हस्ताक्षरले बोझिलो बनाउँछ । केही सम्मानपत्र रंगहीन (श्यामश्वेत भन्न खोजेको), फ्रेमबिनाका हुन्छन् । सम्मान भनेको पत्रले गर्ने त होइन । यो एक भाव हो । तर पत्र हेरेर यस्तो नलागोस कि त्यसले सम्मानितलाई जिस्काइरहेको छ ।
औपचारिक कार्यक्रमहरुमा प्रमुख अतिथीको महत्व हुन्छ । प्रमुख अतिथीका रुपमा मन्त्री, प्रधानमन्त्री, जिल्लामा सिडियो, प्रवासमा राजदूत बोलाउने चलन छ । यस्तो चलन कुनै अर्थमा पनि गलत चाहीँ होइन । तर व्यस्त मान्छेहरुलाई प्रमुख अतिथी बनाउँन खोज्दा बेला बेलामा हैरानी व्यहोर्नु पर्छ । यस्तो हैरानी आयोजकले मात्रै होइन सहभागीले पनि खेप्नु पर्छ । कार्यक्रममा प्रमुख अतिथी समयमा नआइदिँदा त्यस्ता कार्यक्रमहरु दिक्कलाग्दा बन्छन् । समयको ख्याल नगरिँदा कतिपय कार्यक्रमहरु निल्नु न ओकल्नु बन्ने गछ्र्र । कार्यक्रममा समयको ख्याल नगरी कतिपय वक्ताहरु आफ्नो कुरा लम्बेतान बनाउँछन् । अनि आफ्नो कुरा सकिएपछि कार्यक्रम नै छाडेर हिँडिदिन्छन् । आफ्नो कुरा सुनाउने तर अरुको कुरा नसुन्ने चलन धेरैमा हुन्छ ।
औपचारिक कार्यक्रममा महिलाको प्रयोग मलाई अनौठो लाग्छ । अतिथिहरुलाई व्याच वितरणमा धेरैजसो कार्यक्रममा महिलाहरुलाई नै अघि सारिन्छ । जुन संस्थाको कोषमा १ सय रुपैयाँ पनि हुँदैन त्यस्ता संस्थाको कोषाध्यक्ष महिलालाई बनाइन्छ । पैसा धेरै हुने संस्थामा पुरुष नै हुन्छन् कोषाध्यक्ष । यसो भनिरहँदा म यो विषयलाई सामान्यीकरण गर्न चाहन्नन् । व्याच वितरणकै प्रशंग जोड्न चाहन्छु । ब्याच वितरण पुरुषले गर्दा पनि हुन्छ । तर महिलाले गर्दा बढी शोभायमान देखिन्छ रे । महिला शोभा बढाउने वस्तु हो र ?
‘यदि कसैको आलोचना गर्नु छ भने उसलाई एक्लै बोलाएर गर्नु, प्रशंसा गर्ने हो भने सबैको अगाडि गर्नु ।’ यो कुरा अरुलाई कस्तो लाग्छ थाहा छैन । तर जीवनमा एकपटक अपनाएर हेर्नुहोस् यसले तपाईलाई पनि राम्रै नतीजा दिनेछ । औपचारिक कार्यक्रममा पनि यस्तै हुन्छ । कसैको तारिफ खुब मजाले हुन्छ । तर कहिलेकाहीँ तारिफ चाहिनेभन्दा बढी भइदिन्छ । तारिफमा पनि अतिरञ्जना मिसियो भने त्यो त्यति राम्रो हुँदैन ।
६० को दशकमा भारतमा एस.राधाकृष्णनन् राष्ट्रपतिमा चुनिए । त्यो बेला अमेरिकामा जोन अफ केनडी
राष्ट्रपति थिए । केनडीकै निमन्त्रणामा राधाकृष्णनन् पत्नीसहित अमेरिका भ्रमणमा गए । केनडीद्वारा आयोजित एक कार्यक्रममा सिमित व्यक्तिहरु थिए । त्यो बेला केनडीले लगाएको घडी राधाकृष्णनन्की पत्नीलाई मन पर्यो । उनले त्यो घडीको तारिफ गरिन् । केनडीले राधाकृष्णनन् लाई सम्मानपूर्वक भने, ‘मेरो अतिथीलाई मन परेको वस्तु उपहार दिन पाउँदा म धन्य हुन्छु । यसकारण यो घडी म तपाईलाई उपहारमा दिन चाहन्छु । ’ राधाकृष्णानन् की पत्नीले भनिन् कि मैले त राम्रो भनेको मात्रै हो । उपहारमा लिने सोच छैन । म लिन्न । तर केनडीले जिद्धी छाडेनन् । अन्तिममा राधाकृष्णनन्ले इशारा गरेपछि अप्ठ्यारो मानी मानी उनले घडी लिइन् ।
दोस्रो दिन जब दुई राष्ट्रपति र उनका दुवै पत्नी डिनरको लागि एउटै टेबलमा बसे, तब राधाकृष्णनन्ले केनडीको पत्नीको तारिफ गर्न थाले । उनको तारिफ रोकिएन । केनडी पत्नीको कहिले कपालको तारिफ गर्थे, कहिले आँखाको त कहिले मुस्कानको । केनडीले अर्थ बुझिसकेका थिए । आफ्ना अतिथीलाई मन परेको सबैकुरा उपहार दिन सम्भव हुँदैन थियो । अनि उनले विनम्रतापूर्वक राधाकृष्णनन्की पत्नीसँग भने, ‘मलाई मेरो घडी फिर्ता दिनुहोस् ।’तारिफ त आखिर तारिफ नै थियो । तर एकपटकको तारिफले केनेडीलाई उपहार दिन मन लाग्यो । अर्कोपटकको तारिफले आफैले दिएको उपहार फिर्ता माग्न बाध्य बनायो । अर्थात समय र परिस्थितीले कति धेरै प्रभाव पार्छ भन्ने यो एक उदाहरण हो । प्रशंसा गर्दा पनि त्यति धेरै नगरौं कि त्यो व्यक्तिले त्यो प्रशंसाको भारी बोक्न नसकोस् ।