Showing posts with label साहित्यिक चौतारी. Show all posts
Showing posts with label साहित्यिक चौतारी. Show all posts
गणतन्त्रको राष्ट्रवाद

गणतन्त्रको राष्ट्रवाद

                                                                                         - मिनबहादुर थापा

विस्तारै संविधानका पाना पल्टाए
देखिन राष्ट्रपिता खै कता थिए
फेरी आँखा च्याति च्याती हेरें
भेटिन कतै राष्ट्रिय विभुति पनि
सगरमाथा पनि कहाँ छ भनि हेर्दा
बुद्धलाई झ्वाट्ट सम्झिन पुगें
सिता, गोरख नाथ, वेद व्यास
आराध्य देव पशुपति नाथ किराँतेश्वर
सनातन हिन्दु राष्ट्र नेपाल संगै
बन्दि बने छन् यी बिभुति र गौरबहरु सबै
के भयो यो त न हुने भयो भनि
कुद्दै पुगे सिंह दरबार त्यही घरि
भेटे केहि मनुवा सवार कारमा
चिन्नै नसकिने थिए ति सबै मनुवा
विदेशी पहिरन र चाल ढल मा
थिए हँसिया हथौडा र चार तारे झन्डा
जहँ तहीं उनका निजि साधनमा
देखिन मेरो देश को झन्डा चन्द्र र सुर्य
भेटिन मेरो देशको राष्ट्र धर्म र पोशाक
फेरी कुद्दै पुगे बागमती किनारमा
देखे तस्वीर मेरो, निश्चल बगी रहेको पानीमा
देखे चन्द्र र सुर्य अंकित झण्डा र राष्ट्र धर्म पोशाक
टाँसिएर बसेको थियो मेरो छाती र शरीर मा
गर्वले सलोट मार्दै सम्झिए राष्ट्र र पुर्खा त्यहीं घरि मा
जय सनातन हिन्दु राष्ट्र नेपाल ।




मिनबहादुर थापा


प्रकाशन मितिः २०७३ वैशाख ३० गते बिहीवार
परदेश

परदेश

–भिम खनाल


जब म रेगिस्तानका पहाडबाट 
नक्शामा देश हेर्न थाल्छु 
आँसुले चिसो मानचित्र निर्माण गर्न थाल्छ 
आगोले निल्दै गरेको चुरोटको अस्तित्व जस्तो 
क्रमस निख्रदैछ जीवन 
त्रासले लखेटेको हतार बाहेक 
हरेक फुर्सदहरु बिथोलेर जान्छन् 
यी बिख्तरी यामहरू 
घरि घरि सम्झन्छु आमाको आदर्श 
बा को निरीह धन्दा 
पुस्तौ लामो सुकुम्बासी फेहरिस्त 
देशको हैसियत 
एकादेशका कथा होईनन 
मेरी दिल कान्ता 
मेरी प्रेमिका 
जिन्दगीका तनाम अप्ठ्याराहरु 
तिम्रो प्रेमले जितिरहेछु यो मरुभुमिमा 
म पसिना बगाउने नदि नभेटी 
पाखुरा बजाउने पहाड नदेखी 
भविष्य खोज्दै हिंडेको मान्छे 
अभावले गिज्यायर सहन नसकी 
नुन चामल जोहो गर्न 
सयौ खोला तरेर आएपनि 
सपनाभरि उहीँ सगरमाथा चढिरहेको हुन्छु 
रेडियो को मिटर घुमाउछु 
रिमोट थिचि टिभिको च्यानल बदल्छु 
र झ्याल ढोका खुल्लै छोड्छु 
कतै हावाले राहतको समाचार भित्र्याउला भनी
फेरि पल्टाउछु अनलाईन किताब 
चार सय पृष्ठको संविधान 
र खोजिरहन्छु युवा अधिकार 
घरिघरि रेट्न आईपुग्छ घाँटी 
एउटा अनाम हतियार 
यसरी नै बाँच्ने हो भने म मनोरोगी हुनेछु 
यो खाडिको निस्सास बस्तिमा 
बरु उडाउछु जिन्दगीको विमान 
बसाउछु चन्द्रमामा बस्ति 
झिक्छु हजुरवाले नालापानीमा चलाएको 
चमचमाउँदो बेरोजगारी खुकुरी 
लगाउछु धार आफ्नै पसिनाले 
फाड्छु अत्याचारको सामन्ति जङ्गल 
मान्छेहरुको समावेसी वस्ती । 




भिम खनाल


प्रकाशन मितिः २०७३ वैशाख ३० गते बिहीवार
आक्रोश आजको‍‍‍...जस्मा म सदा गल्तिकै पात्र होस्

आक्रोश आजको‍‍‍...जस्मा म सदा गल्तिकै पात्र होस्

    – प्रशान्त महासागर
आमा 
न शब्द हो 
न कुनै 
आकृति, फोटो नै हो
३६५ दिनमा, 
एक दिन 
माया देखाउनलाई
फोटो हेरेर रुनलाई
याद होला
अझै पनि
गाउँको चूल्होमा बस्दै 
मेरो छोरो भोकै होला 
मेरी छोरी भोकै छे सोच्दैछे होला
तर
छोराछोरी जीवनको दौडधूपमा
पीण्ड दिनु पर्ला भनी सहरमा धर्म फेर्दै होला
सहरकै गल्लि बजारमा
छाडिएका गाईवस्तु झै हुँदा नि सम्झनामा नहुनु
साथै
बृद्धाश्रममा छाड्न पुग्दा नि आमा नभन्नु
भगवान्, गाउँघरमा सड्दा नि
याद सहरको हुनु
अनि
शब्दमा सबै माया पोख्नु
कत्तिले त
गोहीको आँसु झार्नु पनि माया नै बनाउन थालेका छन्
आमा 
न शब्द हो 
न कुनै 
आकृति, फोटो नै हो ।



प्रशान्त महासागर
हाल: काठमाण्डौ
गजल

गजल

गजल


राजतन्त्र ढाल्नलाई अघि अघि सर्यो जनता 
आफ्नै ज्यान फालेर आन्दोलन गर्यो जनता ।।

राजतन्त्र गयो लोकतन्त्र आयो हाम्रो देशमा 
उचाइमा पुग्छौ भन्थे, झन तल झर्यो जनता ।।

सुख–दु:ख एकछाक हिजो सबैले खान्थे बरु
हेर, आज त झन भोक भोकै मर्यो जनता ।।

श्री ५ को भन्दा पनि श्री ३ को शासन चर्को भो
तावा बाट भाग्न खोज्दा भुग्रोमा पर्यो जनता ।।



झगेन्द्र के. दंगाली

प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार
गजल

गजल

गजल


देशको अवस्था देखि शोकमा छन् जनता
विकासको बाटो देखि झोकमा छन् जनता 

कहिले भारत कहिले चाइना जाँदै मजा लुट्दै गर
वर्षौ देखि न्यायको पनि रोकमा छन् जनता
 
आशामात्र देखाएर कहिले सम्म राख्छौ अब 
भुकम्पको चालले यहाा भोकमा छन् जनता
 
बुझे हुन्छ देश टुक्राउन चाहेका दलालहरूले
युगौ देखि नेपाल आमाको कोखमा छन् जनता




पदम खतिवडा
इलाम चुलाचुली
हाल: दोहा, कतार

प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार
गजल

गजल

गजल


सत्रहजार मानिस मारी शहीदलाई भेला गर्‍यौ
गाउँघर सबैतिर चारी शहिदलाई खेला गर्‍यौ

ऐया ऐया भन्दै यहाँ कति मरे देशका लागि
तिनका सन्तान एक्लो पारी शहिदलाई झेला गर्‍यौ

गोला बारुद बोकाएर खान पिउन नदिइकन
सपनाको बोकाइ भारी शहिदलाई हेला गर्‍यौ

कहिले स्वदेश कहिले विदेश ठूला ठूला गाडी चढी
खुशीका ती आँसु झारी शहीदलाई रेला गर्‍यौ




पदम खतिवडा
इलाम चुलाचुली
हाल: दोहा, कतार

प्रकाशन मितिः २०७३ वैशाख ०९ गते बिहीवार
नयाँ वर्ष र भित्ताहरु

नयाँ वर्ष र भित्ताहरु

बहिनी रूँदै सोध्छे, 
किन बाबाले मुखियाबाले जस्तै गरी, 
नयाँ बर्षमा नयाँ नाना किनिदिनुहुन्न ? 
भाइको च्यातिएको भोटो फेरिदिनुहुन्न ? 
आमाको आङको चोली फेरिदिनुहुन्न ?
र फेर्नुहुन्न आफ्नो च्यातिएको शिरको टोपी ? 
किन फेर्नुहुन्छ भित्ताको क्यालेण्डर मात्र ?
भन्नुस् न दिदी ।।
बहिनी मलाई 
थमथमाउँदै, कोट्याउँदै र हल्लाउँदै मेरो कल्पनाको संसारदेखि पर पुर्‍याउँछे, 
र भन्छे, 
किन नयाँ बर्षमा बाबाले मुखियाबाले जस्तै गरी, 
मिठाईहरु ल्याउनुहुन्न ? 
र हामीलाई घुमाउन परसम्म लानुहुन्न ? 
भन्नुस् न दिदी ।।
किन बाबा अगेनीको छेउमा बसेर टोलाइरहनुहुन्छ ? 
र झस्कनुहुन्छ मुखियाबाको कुरा गर्नसाथ, 
भित्ताको क्यालेण्डर हेर्दै, 
हातका औंला भाँचिरहेको देख्छु, 
कतै मलाई नयाँ नाना किनीदिने दिन गन्दै त हुनुहुन्न ? 
किताब, कापी र खेलौना किनिदिने सोच गर्नुभाको त होइन ?
भन्नुस् न दिदी ।।
पहाडले थिचेजस्तै गरी मैले टाउको हल्लाएँ, 
ऊ फेरी रुन्चे स्वरमा भन्न थाली, 
नयाँ वर्ष मुखियाबाको घरमा र हाम्रो घरको भित्तालाई मात्र आउँछ ? 
भन्नुस् न दिदी ।।




सूचना आचार्य
गोरखा
हाल: काठमाण्डौ

प्रकाशन मितिः २०७३ वैशाख ०२ गते बिहीवार
यस्तोबाट कस्तो कस्तो ?

यस्तोबाट कस्तो कस्तो ?

यस्तो यस्तो बाट 
कस्तो कस्तो 
अकाश बाट पताल
अनि नेपाली जनता र राष्ट्र 
भए बेपता 
खोज्नै पर्ने भयो 
हाम्रो सम्प्रभुत्ता 
बिदेशी को पछि पछि 
दौडीदै छन् भए भर का नेता !
यस्तो यस्तो बाट 
कस्तो कस्तो 
हेर्दै आँखा चिम्लिनु जस्तो 
छेउ मा जादा दुर्गन्ध ले 
घाँटी घांटी भरिए जस्तो 
वाक वाक गरि फालिदिउ जस्तो 
यस्तो यस्तो बाट 
कस्तो कस्तो 
मुसा हाती बने जस्तो 
स्याल शिंह बने जस्तो 
ब्वासो ले कन्याये जस्तो 
देश को आन्द्रा भुडी 
छताछुल्ल परे जस्तो 
यस्तो यस्तो बाट 
कस्तो कस्तो
मुर्कुट्टा हरु लाइ 
देवता माने जस्तो { आफै अनुभब गरौ



मिन बहादुर थापा

प्रकाशन मितिः २०७3 वैशाख ०२ गते बिहीवार
गजल

गजल

जनतालाई चोट दिएर चल्दैछ कानुन 
 हातभरी नोट लिएर चल्दैछ कानुन
 
सरकार र नेताहरुको कुरैनगरम यहाँ 
मन्त्रीहरुलाई कोट सिएर चल्दैछ कानुन

विकास र राष्ट्रियताको नारा लगाउँदै
संविधान कै बोट खिएर चल्दैछ कानुन

सोझा सिधालाई गन्दैनन कसैले पनि यहाँ 
पसिना को लोट पिएर चल्दैछ कानुन



पदम खतिवडा
इलाम चुलाचुली
हाल: दोहा कतार

प्रकाशन मितिः २०७२ चैत्र २५ गते बिहीवार
गज़ल

गज़ल

  पदम खतिवडा
 सगरमाथा  लुट्नेहरू धेरै आए यहाँ
 हाम्रो देश  भुट्नेहरू   धेरै आए यहाँ

कैले स्वदेश कैले विदेश  छुपेर जानेले
सोझा जन्ता कुट्नेहरु धेरै आए यहाँ

अखण्ड को नारालगाइ राष्ट्रबादी हुनेले
बिचवाटोमै   छुट्नेहरू धेरै  आए  यहाँ

सत्यलाई लुकाएर असत्यको बाटो हिंडी
देशटुक्राउन  जुट्नेहरू धेरै  आए  यहाँ
  इलाम चुलाचुली
 हाल दोहा कतार     
गोर्खा सांस्कृतिक समाजमा दीपसागरको नेतृत्व

गोर्खा सांस्कृतिक समाजमा दीपसागरको नेतृत्व

सविता पोखरेल,
काठमाण्डौ । गोर्खाबाट काठमाडौं आएर नेपाली संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका स्रष्टा सर्जकहरुले गायक दीपसागर थापाको नेतृत्वमा गोर्खा सांस्कृतिक समाज गठन गरेका छन् ।

गोर्खा जिल्लाबाट काठमाडौं आएर साहित्य, गायन, बाद्यवादन, चलचित्र, नाट्य, अभिनय एवं गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका स्रष्टा एवं सर्जकहरुको छाता संगठनका रुपमा गोर्खा सांस्कृतिक समाज गठन गरिएको हो ।

गत कार्तिक २१ गते सुनिल लामिछानेको संयोजकमा गठन भएको तदर्थ कमिटिले गोर्खाली बृहत भेलाको आयोजना गर्दै संस्थागत रुपमा नयाँ कार्यसमिति गठन गरेको हो । शुक्रबार लेखनाथ साहित्य सदन नयाँ बजारमा भएको बृहत भेलाले सम्पूर्ण स्रष्टा सर्जक एवं सिर्जनाको क्षेत्रमा क्रियाशील कलाकारहरुलाई एकै छातामुनी समेट्न सफल भएको छ ।

समाजको अध्यक्षमा दीप सागर थापालाई चयन गरिएको थियो भने वरिष्ठ उपाध्यक्षमा सुमन बैरागी र मुना थापालाई चयन गरिएको थियो । त्यस्तै उपाध्यक्षहरुमा रञ्जिता गुरुङ, प्रेम अर्याल र मौसम गुरुङलाई चुनिएको छ । महासचिवमा सुनिल लामिछाने, सचिवमा सागर गुरुङ, कोषाध्यक्षमा वीरबल ढकाल, सहकोषाध्यक्षमा कोपिला गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा आमोश तामाङ, दिनेश थापा, मरिचमान श्रेष्ठ (बल्छी धुव्रे), लोक भट्ट, सुमन परियारलाई चयन गरिएको छ । गीतकार डा.नवी अधिकारी, विश्व देवकोटा, काजीबाबु अर्याल, गायक विरही कार्की, गायिका हरिमाया गुरुङ, संगीत व्यवसायी रामजी पन्त लगायत किमिटी गठनका लागि बनाइएको सल्लाहकार टोलीले सहमतीय प्रणालीबाट गोर्खा सांस्कृतिक समाजका पदाधिकारीहरु चयन गरेका थिए । त्यस्तै कमिटिको पहिलो बस्ने बैठकले कार्यसमितिमा विभागीय जिम्मासहित केही सदस्यहरु मनोनयन गर्नेछ ।

नमिलेका मनलाई मिलाउँदै संस्थागत हित हुने गरी सल्लाहकारहरुले समितिका पदाधिकारी गठन गरेका थिए । संस्थालाई सबै गोर्खालीलाई समेट्ने गरी फराकिलो बनाउँदै लैजाने र नेपाली गीतसंगीत, साहित्य, चलचित्र, नाट्य एवं वाद्यवादन, चित्रकला जस्ता विषयमा लागिपरेका सर्जकहरुको हक अधिकारका लागि लड्ने गरी संस्था गठन भएको बताइएको छ । कार्यसमिति चयन भएपछि सल्लाहकार विरही कार्कीले कार्यसमितिलाई गोर्खाली कलाकारको मन वचन र कर्मले गोर्खाको कला, संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने गरी सपथ खुवाएका थिए । तदर्थ समिति संयोजक सुनिल लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सुमन बैरागीले संचालन गरेका थिए । भेलामा गीतसंगीत एवं सिर्जनाको क्षेत्रमा क्रियाशील कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
भगवान्, तिमी किन कन्जुस भयौ

भगवान्, तिमी किन कन्जुस भयौ

                                                                                              – प्रशान्त महासागर
बुढीकी भाई !
मनुष्यले बनाउने मोटरहरुमा
आजभोली 
दुईचार इन्जिन हाल्ने समय आ’को बेला
भगवान् किन तिमी कन्जुस हुन्छौ
मलाई एउटा मात्र इन्जिन भा’को शरीर किन दिन्छौ
बुढीकी भाई !
त्यो पनि आधा घोडा शक्तिको
जब कि
प्रदुषण र दूर्गन्धित सोचसँग जुध्न
मलाई 
चार वेद झै
तिमीले चार घोडा शक्तिको
चार इन्जिनयुक्त मोटर शक्तियुक्त शरीर दिनुपर्छ नै
ता कि
बैंशमा गर्ने गल्तिलाई, शक्तिमा लत्तिने मतिलाई
अपमानलाई, भ्रमलाई
रिसराग, द्वेषलाई
निभ्दै गरेको दियोमुनिबाट 
देख्ने चेष्टा गर्न दुई आँखा अग्रसर हुन नपरोस् 
मति र गतिले सच्याउन सकूँ, स्पर्श गर्नु सकूँ
ना कि मर्मतमै
बुढीकी भाई !
एउटाको हिस्सा, अर्कोको निस्सा हुन नपरोस्
इन्जिनको स्वामी जीवन हो भने
आराध्य इन्जिनको मृत्यु हुन किन दियौ
बुढीकी भाई !
भगवान्, तिमी किन कन्जुस भयौ ।






प्रशान्त महासागर
हाल: काठमाण्डौ