– प्रशान्त महासागर
आमा
न शब्द हो
न कुनै
आकृति, फोटो नै हो
३६५ दिनमा,
एक दिन
माया देखाउनलाई
फोटो हेरेर रुनलाई
याद होला
अझै पनि
गाउँको चूल्होमा बस्दै
मेरो छोरो भोकै होला
मेरी छोरी भोकै छे सोच्दैछे होला
तर
छोराछोरी जीवनको दौडधूपमा
पीण्ड दिनु पर्ला भनी सहरमा धर्म फेर्दै होला
सहरकै गल्लि बजारमा
छाडिएका गाईवस्तु झै हुँदा नि सम्झनामा नहुनु
साथै
बृद्धाश्रममा छाड्न पुग्दा नि आमा नभन्नु
भगवान्, गाउँघरमा सड्दा नि
याद सहरको हुनु
अनि
शब्दमा सबै माया पोख्नु
कत्तिले त
गोहीको आँसु झार्नु पनि माया नै बनाउन थालेका छन्
आमा
न शब्द हो
न कुनै
आकृति, फोटो नै हो ।
प्रशान्त महासागर
हाल: काठमाण्डौ

Nepalese Rupee Exchange Rate