स्थानीय निकायहरुमा भ्रष्टाचारीहरुको चलखेल

बीरगंज / स्थानीय निकायमा हुने गरेको भ्रष्टाचारलाई समाप्त पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले सम्म आफनो सक्रियता देखाउन सकेका छैनन । भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई समाप्त पारि छाडनेृ आफनो प्रतिबद्धता जाहेर गरेका अख्तियारले अहिले सम्म जिल्ला विकास समिती पर्सामा छापामारी गर्न सकेका छैनन । जिजिसमा एकअर्ब भन्दा बढीको बजेट रहेकोले जिविसका भ्रष्ट स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदी र अन्य कर्मचारीहरुले लुटतन्त्र मचाउदै आइरहेका छन भन्ने कुरा जोसुकै पनि भन्न सक्छ । लेखा शाखामा कार्यरत कर्मचारीहरुले गाविसका सचिवहरुसंग कमिशन लिएर बजेट निकासा गर्नै गरेका छन । लेखा शाखाका कर्मचारीहरुले आफनो मनोपलिरुपमा कार्य गरेकाले सेवाग्राहीहरु निकै मर्माहित हुन पुगेको बेला अख्तियारले अहिले सम्म जिविसमा छापामार्नसकेका छैनन । पत्रपत्रिकाको विज्ञापन समेत दिन महिनो लगाउने लेखाशाखाका कर्मचारीहरुले अरु सेवाग्राहीहरुलाई कतिको मर्माहित पारीराखेका होलान भनेर सजिलै अनुमान लगाउन सकिन्छ । लेखाशाखामा कुनै पनि बजेट निकासा गर्नु पर्‍यो भने पहिले नै कमिशनको माग हुनेगरेका छन । जिविस पर्सामा कार्यरत कर्मचारीहरुको ठुल ठुला महल अहिले शहरमा रहेका छन । विगतका सालमा भ्रष्ट नेताहरुको संरक्षण प्राप्त भएकाले नै उनीहरुले अथाह सम्पति आर्जन गर्न सफल भएका हुन ।
जिविस पर्सामा आउनु भएको स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदी बीरगंज उपमहानगरपालिका कार्यालयमा २०५१ /५२ सालमा  कार्यकारी अधिकृत बनेर आउनु भएको थियो । उपमहानगरपालिकाकार्यालयले करोडौ रुपैयाँको चु·ीकर ठेक्कामा दिने गरेका थिए । मेयर, उपमेयर र प्रत्येक वडा सदस्यहरुले मासिक १ लाख देखि २ लाख सम्म लिने गरेका थिए । चु·िकरमा हुने गरेको भ्रष्टाचारलाई प्रश्रय त्यसबेलाको कार्यकारी अधिकृत सुवेदीले नै दिने गरेका थिए । चु·ीकरमा हुने अनियमितताको रकम मेयर उपमेयर लगायत वडा सदस्यहरुले मात्रै लिएका थिए । बीरगंजका नामुद पत्रकारहरुले पनि लिन सफल भएका थिए । चु·ीकरमा भ्रष्टाचार भयो भन्दै भन्सार एरियामा रहेको चु·िकर कार्यालयमा पुगेका पत्रकारहरुले धर्ना दिएको बेला ठेकेदार र वडा सदस्यहरुले पत्रकारहरुलाई मिलाउनको लागि कम्तिमा डेढ लाख भन्दा रकम दिएका थिए । तर त्यो रकम पत्रकारहरुले आपसमा बाँडफाँड गरेर लिएको थियो । चु·िकरमा मासिक रकम पनि पत्रकारहरुले पाउने गरेका थिए । लुटको धन फुफुको श्रद्धा सम्झीेर सबैले भ्रष्टाचार गर्न सफल भएको बेला कार्यकारी अधिकृत सुवेदी कसरी स्वच्छ इमानदार राष्ट्र सेवक भएर उपमहानगरपालिकामा काम गरेका हुन सक्छ । अरबौ रुपैयाँको भ्रष्टाचारमा संलग्न रहेका त्यसबेलाका कार्यकारी अधिकृत सु्वेदी पुन जिविस पर्साको स्थानीय विकास अधिकारी भएर आउनु भएको छ ।
जिविस पर्सामा नगरपालिका भन्दा बढि बजेट हुने गरेकाले स्थानीय विकास अधिकारीले बजेटमा नै आँखा गाडेकाले उनी आएका हुन । जिविस पर्सामा हुने गरेको भ्रष्टाचार अनियमितताको बारेमा देनिक प्रत्रिकाहरुले समाचार प्रकाशित गर्दै आइरहेका छन । स्थानीय विकास अधिकारी इमानदार भएको भए उनको बारेमा भ्रष्टाचारको बारेमा समाचार लेख्न आवश्यकता नै थिएन । जिविस पर्सामा कर्मचारीहरुले भ्रष्टाचार अनियमितता गरेर कमाउन सफल भएकाले समाचार बन्न पुगेको छ । स्थानीय विकास अधिकारी सुवेदीले विकासको नाममा बजेट सिधाउने र भ्रष्टाचार गरि अकुत सम्पपति आर्जन गर्न खोजेकाले नै उनी अहिले चर्चाको विषयमा पुगेको छ । अख्तियारले २०४७ सालदेखि स्थानीय निकायहरुमा हुने गरेको भ्रष्टाचार अनियमितता बारे छानविन गर्न सफल  भएमा अरबौ रुपैयाको रकम भ्रष्टाचार गरी सम्पति आर्जन गर्न सफल भएका ०४७ सालदेखिको मेयर उपमेयर, वडा सदस्यहरु सबै कारवाहीमा पर्न सक्छन । त्यस्तै गरि जिविसमा सभापति ,उपसभापति र जिल्ला एरिया सदस्यहरुले मचाएको खरबौ रुपैयाँको बजेटमा मचाएको भ्रष्टाचारलाई छानविन गर्न सफल भएमा सभापति उपसभापति एरिया सदस्यहरु सबै भ्रष्टाचारको आरोपमा जेल जाने थियो । राज्यको खरबौ रुपैयाँ भ्रष्टाचार गरि सम्पति आर्जन गर्न सफल भएका नेता कर्मचारीहरुको सम्पत्तिमाथि अहिले सम्म कारवाही गर्न नसक्नु अख्तियारको नियतमाथि पनि शंका गर्नु पनै बेला आएको छ ।

SHARE THIS

Author:

Facebook Comment