चर्चा “विश्व नर्स दिवस”को

–डा.अरुण कुमार सिंह

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमामा आज र नेपालमा विश्व नर्स दिवस मनाइँदैछ  । नर्सले गरेको सेवा अमुल्य छ यो सबलाई थाहा नै छ । सरकारी तथ्यांक अनुसार नेपालमा अहिले नर्सहरुको संख्या ४० हजारको हाराहारीमा रहेको छ । यो संख्याको एक प्रतिशतमात्रै पुरुष नर्सहरु छन् । नेपालमा विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्स सहित अन्य स्वास्थ्यकर्मीहरुको सहभागीतामा अभियानमूलक कार्यक्रमहरु गरी यो दिवस मनाइँदैछ । विश्व नर्स दिवसका अवसरमा बाल एवं मातृ मृत्युदरको न्यूनिकरण जस्ता महत्वपूर्ण प्रेरणा मिल्ने कार्यक्रम गरिन्छन् ।

नर्सिङ पेशालाई आकर्षक पेशा पनि भनिएको छ । महिलाहरुका लागि नर्सिङ पेशा आकर्षक पेशा बनेको छ । त्यहि भएर नर्सिङ सकेर विदेशिन चाहनेहरुको लर्को निकै देखिन्छ । नेपालभित्र भने नर्सिङ पेशा शहर केन्द्रीत बनेको पाइन्छ । नर्सिङ पेशा अहिले चिकित्सकीय सेवाको अभिन्न अंग बनेको छ । आम नागरिक र समुदायसँग नर्सहरुको सिधै सम्बन्ध हुने भएकाले स्वास्थ्य उपचारका शिलशिलामा नर्सहरुको भूमिकालाई महत्वपूर्ण मानिन्छ । विरामीहरुको उपचारका क्रममा नर्सको प्रत्यक्ष योगदान रहेको सबैलाई थाहा नै छ ।


नेपालभित्रका नर्सिङ कलेज तथा मेडिकल कलेजहरुबाट बर्षेनी पाँच हजारको संख्यामा नर्सहरु उत्पादन हुँदै आएका छन् । नेपालमा नर्सिङ पढाई हुने नर्सिङ कलेजहरु खुलेका छन् । निश्चित पाठ्यक्रम र अभ्यासपछि मात्रै नर्सिङ पेशाका लागि उत्पादित जनशक्ति योग्य मानिन्छ । नेपालमा नर्सिङ कोर्स तीन वर्षको रहेको छ । पढाई पुरा गरेका पेशाकर्मीहरुले नर्सिङ काउन्सिलबाट अनुमति लिएर मात्रै सेवा प्रवेश गर्नु पर्दछ ।

आजको दिन अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा यसवर्ष पनि मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाइँदैछ । आज अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) ले सन् १९६३ देखि विश्व नर्स दिवस मनाउन थालेको हो । आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । उनले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज समेत संचालन गरेकी थिइन् । यसै अवसरलाई आधुनिक र व्यवसायिक नर्सिङ सेवाको नयाँ मोड मानिएको छ ।

फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनको एक सम्पन्न परिवारमा भएको थियो । उनलाई ”लेडि विथ दि ल्याम्प” भनिएको छ । १९ औं शताब्दी मध्यतिर युरोपियन शक्ति राष्ट्रहरुबीच तीव्र टकराव भयो । सन् १८५३ देखि ५६ सम्म चलेको क्राइमेन युद्धका क्रममा धेरै नागरिकहरु घाइते भए । फ्लोरेन्सले ती घाइतेहरुको उपचारमा महत्वपूर्ण योगदान पुर्याएकी थिइन् । उनले युद्धका समयमा पनि रातारात घाइतेहरुको उपचार गरिन् । उनी राती लालटिन बोकेर घाइतेहरुको उपचारमा निस्कने हुँदा “लेडि विथ दि ल्याम्प” भनिएको थियो ।

नर्स–नर्सहरुबाट बिरामी र उनीहरुका आफन्तहरुप्रति खरो व्यवहार हुने गरेको गुनासो सुनिन्छ यस्तो नर्सले व्यवहार पनि परिबर्तन गर्नु पर्ने आज को जरूरी छ  । नर्सिङ पेशा अध्ययन गरेकाहरूमा कामको अभाव, चुनौती बढ्दो रहेकोले पनि नर्सहरूमा निरासा बढेकोले सरकारको ध्यान जानु पर्ने आजको अवश्यकता हो । अन्तयमा विश्व नर्स डेको अवसरमा सम्पूर्ण नर्सहरूलाई हार्दिक मंगलमय शुभकामना ।

(डा. सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बाल रोग विशेषज्ञ र ISPAD Fellow हुनुहुन्छ)

प्रकाशन मितिः २०७३ वैशाख ३० गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment