गर्मीमा अण्डाको प्रयोग कत्तिको फाईदायुक्त छ, जान्नुहोस

कतै तपाईहरुले सुन्नु भएको होला गर्मीमा अण्डा खानु राम्रो हुदैन। रिसर्चरको भनाइ छ कि अण्डा गर्मीमा सेवन गर्दा शरीरलाई नोक्सान हुदैन। गर्मीमा अन्डाको सेवन गर्दा आवश्यक तत्वको पूर्ति  हुन्छ।
अण्डामा भिटामिन ए, डी र अन्य पोषक तत्वको भरपुर मात्रा हुन्छ। जसले शरीरलाई स्वस्थ राख्नमा मद्दत गर्छ। साँचो कुरा यो छ कि गर्मीमा अण्डाको सेवन गर्नाले गर्मि सँग जुध्ने क्षमता मिल्दछ र पाचनमा पनि सजिलो हुन्छ। यसले उर्जालाई सक्षम बनाउने र थकान हुन् दिदैन। गर्मीको दिनमा दुई अण्डाको सेवन प्रयाप्त हुन्छ।  यो भन्दा धेरै खानु हुदैन। जुन मानिसहरु शारीरिक परिश्रम जस्तै: जिम जाने, कसरत र कुश्ती गर्छन। उनीहरुले दिनमा ६ अण्डा सम्म पनि खान सक्छन। तर तपाईले त्यति मात्र खानु पर्छ, जति तपाईको शरीरले पचाउन सक्छ। कसैलाई काँचो अण्डा नै दुधमा मिलाएर खान मनपर्छ भने कसैलाई अमलेट बनाएर खान मनपर्छ। बच्चाहरु प्राय:जसो उसेनेको खान राम्रो मान्दछन। फ्राई गरेको भन्दा उसेनेको अण्डा स्वास्थको लागि राम्रो मानिन्छ। 

SHARE THIS

Author:

Facebook Comment