पर्सा जिल्लालाई नै क्रिकेट र पढाईमा नयाँ परिचय दिदै विद्यासदन

अमित अग्रवाल९ माघवीरगंज ।  वीरगन्ज उपमहानगर पालिकाको मूर्लीमा रहेको विद्यासदन माध्यामिक विद्यालयले आफूलाई मात्र होईन अब त पर्सा जिल्लालाई नै नेपाल भरमा चिनाऊने काम गर्न थालेको छ । वीरगन्जमा रहेका निजि विद्यालयहरुको नाम लिदाँ विरलै सुनिने यस विद्यालयको नाम अहिले जिल्लाकै शान बन्न पुगेको मशसुस विद्याविदहरुले गर्न थालेका छन् ।
यस विद्यासदन माध्यामिक विद्यालयले पढाईका क्षेत्रमा पनि कम समयमा नै राम्रो पहिचान बनाऊन मात्र सकेको छैन राष्ट्रियस्तरमा नै पर्सा जिल्लाको नाम अगाडि ल्याएको छ ।  २०६९ सालको एस.एल.सी. परीक्षामा यस विद्यालयबाट परीक्षामा सहभागी भएकी बिद्यार्थी आँचल चौधरीले कूल प्राप्ताङ्क ९२ दशमलव १३ प्रतिसत नतिजा ल्याई नेपाल वोर्ड थर्ड एवं जिल्लामा छात्र तर्फ पनि पहिलो भएर पढाईमा समेत नयाँ परिचय थपी दिएको छ । राष्ट्रियस्तरमा अब क्रिकेट खेल मात्रमा नभई पढाईमा पनि पर्सा जिल्लालाई नयाँ बलियो प्रतिस्पर्धीका रुपमा खडा गर्न सफल भएको छ यस विद्यालय ।
त्यस्तै गरी बौद्धिक क्षेत्रमा क्वीएष्ट नेपालको आयोजना नेपाल जेसूट समाज र सेन्टजेभियर्स स्कूल जाउलाखेलले संयोजनमा २००८ नोभेम्बर १ देखि ८ सम्म चलेको चौथो राष्ट्रिय विद्यार्थी गुणीयचक्र २००८ सम्मेलन मा
यस विद्यासदन माध्यामिक विद्यालयका सहभागी बिद्यार्थी प्रथम भएका थिए भने काठमाण्डौमा नै सञ्चालित हर्लिक्स क्वीजमा समेत यस विद्यालयका विद्यार्थी सहभागी गई प्रथम पुरस्कार जित्न सफल भई सकेका देखिन्छन् । यसबाट विद्यालय पढाई एवं अतिरिक्त क्रियाकलापमा अगाडि रहेको कुरा स्पष्ट पार्न सकिन्छ ।
विद्यालयको बारेमा भन्नु पर्दा मिति २०५२ असार मा दर्ता भई हरेक बर्ष १÷१ कक्षा थप गरी २०६१ सालमा कक्षा १० को अनुमती पाएको यस विद्यालयले २०६१ साल देखि एस. एल. सी. परीक्षामा बिद्यार्थी सहभागी गराऊदै आएको थियो । जसमा २०६१ सालमा १० जना मध्ये ९ बिद्यार्थी सहभागी भई ७ जना दोश्रो १ जना पहिलो श्रेणी १÷१ जना अनुत्र्तीण÷अनुपस्थित २०६२ सालमा २ जना बिद्यार्थी सहभागी भई १ जना पहिलो र १ जना दोश्रो श्रेणीमा उत्र्तीण २०६३ सालमा १० जना बिद्यार्थी सहभागी भई ९ जना पहिलो र १ जना दोश्रो श्रेणीमा उत्र्तीण २०६४ सालमा ११ जना बिद्यार्थी सहभागि भई ६ जना पहिलो र ५ जना दोश्रो श्रेणीमा उत्र्तीण २०६५ सालमा ३१ जना बिद्यार्थी सहभागी भई १५ जना पहिलो १४ जना दोश्रो र २ जना तेश्रो श्रेणीमा उत्र्तीण २०६६ सालमा २३ जना बिद्यार्थी सहभागी भई २ जना विशिष्ट ८ जना पहिलो १२ जना दोश्रो र १ जना तेश्रो श्रेणीमा उत्र्तीण २०६७ सालमा १६ जना बिद्यार्थी सहभागी भई ५ जना विशिष्ट र ११ जना पहिलो श्रेणीमा उत्र्तीण २०६८ सालमा २२ जना बिद्यार्थी सहभागी भई १० जना पहिलो १० जना दोश्रो श्रेणी २ अनुत्र्तीण भएका २०६९ सालमा २९ जना बिद्यार्थी सहभागी भई ६ विशिष्ट १२ पहिलो र ११ दोश्रो श्रेणीमा उत्र्तीण भएको शैक्षिक प्रगतीको अभिलेख देख्न सकिन्छ ।
जिल्लाभरका विद्यालयहरुमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधीको प्रमुख दाबेदारमा रुपमा यस विद्यासदन माध्यामिक विद्यालयलाई नै मानिदै आएको छ । क्रिकेटको अविरल सफलताका सिढिको चढाईबाट स्थानीय स्तरमा ख्याती कमाएको यस विद्यासदन माध्यामिक विद्यालयले लगातार दुई पटक विद्यालयस्तरीय राष्ट्रिय छात्र क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गरी आफ्नो ख्याती राष्ट्रियस्तरमा पु¥याऊन सफल भयो भने विद्यालयस्तरीय क्रिकेट खेलमा बलियो प्रतिस्पर्धीका रुपमा पर्सा जिल्लालाई राष्ट्रियस्तर मै समेत चिनाऊन सफल भयो । त्यस्तै २०६९ बैशाखमा मलेशियामा सम्पन्न एसीसी यू१६ एलिट कपमा राष्ट्रिय टोलिमा यस विद्यासदन माध्यामिक विद्यालयका आशिफ शेख र अल्फाज मंसुरी सहभागी भएका थिए । उक्त एसीसी यू१६ एलिट कपमा नेपाली टोलिले फाईनलमा पराजित भई उपविजेतामा चित्त बुझाएको थियो । यसबाट क्रिकेट खेलको राष्ट्रिय टोलिमा पर्सा जिल्लाको दाबेदारीलाई कायम राख्दै समग्र जिल्लाको नाम अगाडि ल्याऊन सफल भएको देखिन्छ ।
हुनत पर्सा जिल्लामा हुने गरेका स्थानीय क्षेत्रका बिभिन्न क्रिकेट प्रतियोगिता मध्ये ठूलो मानिने त्रिलोक सिंह मेमोरियल रनिङ्ग नक आउट क्रिकेट टुर्नामेन्टमा पहिलो बर्ष २०६३ त्यसपछि क्रमश २०६४ २०६५ र २०६६ मा पहिलो स्थान हासिल गदै यस विद्यालयले आफ्नो क्रिकेट खेलको गरिमालाई अरु सामु पस्की रहेको थियो भने वीरगन्जमा रहेको यूनिसन विद्यालय समुहको आयोजनामा हरेक बर्ष हुने क्रिकेट प्रतियोगिताका हालसम्म सम्पन्न भएका १३ प्रतियोगिता मध्ये १२ ओटा प्रतियोगितामा पहिलो स्थान नै हासिल गर्दै आएको थियो ।
पहिलो पटक राष्ट्रिय स्तरको २०६९ मंसीर ३ गते दखि ८ गते सम्म वीरगन्जमा सम्पन्न विद्यालयस्तरीय राष्ट्रिय छात्र क्रिकेट प्रतियोगितामा पर्सा क्षेत्र नम्बर २ का तर्फबाट खेल्दै विद्यासदन माध्यामिक बिद्यालयले प्रथम स्थान हासिल गर्दै नयाँ कित्र्तिमान कायम ग¥यो भने फेरी दोश्रो पटक पुनः २०७० मंसीर १२ गते दखि १९ गते सम्म जनकपुरमा सम्पन्न विद्यालयस्तरीय राष्ट्रिय छात्र क्रिकेट प्रतियोगितामा पर्सा क्षेत्र नम्बर २का तर्फबाट खेल्दै विद्यासदन माध्यामिक बिद्यालयले प्रथम स्थान हासिल गरी आफ्नो कित्र्तिमानी कायम राख्न सफल भयो । २०६९ बैशाखमा मलेशियामा सम्पन्न एसीसी यू१६ एलिट कपमा राष्ट्रिय टोलिमा यस विद्यासदन माध्यामिक विद्यालयका आशिफ शेख र अल्फाज मंसुरी सहभागी भएका थिए । उक्त एसीसी यू१६ एलिट कपमा नेपाली टोलिले फाईनलमा पराजित भई उपविजेतामा चित्त बुझाएको थियो ।
यसरी क्रिकेट र पढाईको क्षेत्रबाट पर्सा जिल्लालाई समग्र नेपालभरमा नै चिनाऊने विद्यासदन माध्यामिक विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङ्ग २०६९ सालको जिल्लाको उत्कृष्ट प्रधानाध्यापकको सम्मानबाट शिक्षा विभागले सम्मान गरी सकेको छ भने पछिल्लो समयमा नवगठित विद्यालयस्तरीय क्रिकेट महासंघ पर्साको अध्यक्षमा विद्यासदन माध्यामिक विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङ्गलाई नै मनोनित गरिएको छ ।

SHARE THIS

Author:

Facebook Comment