रौतहट,९ माघ रौतहटको कटहरिया गाविसको लाल बकैया नदीमा निमार्णाधिन अवस्थामै भासिएको पुलको एउटा पिलर मर्मत नगरिकनै पुलको निमार्ण कार्य अगाडि बढाईएको छ । डिभिजन सडक कार्यालय हेटौंडाबाट ९ करोड ६० लाखको लागतमा निर्माण गर्ने
जिम्मा पाएको पम्पु कन्ट्क्सनले गुणस्तरहिन कार्य गरेकोले निमार्णधिन अवस्थामै पक्की पुलको ४ नम्बर पिलर भासिएको आरोप स्थानीयबासिन्दाले लगाएका छन् । रौतहटको कटहरिया गाबिस र शितलपुर बैरगनिया गाबिसको गम्हरिया टोल बिच रहेको बकैया नदीमा नौ वटा पिलर सहितको २ सय ५० मिटर लामो पुल ०६७ साल देखि निमार्ण भईरहेको छ । तर, गत साउनमा ४ नम्बर पिलर भासिएकोमा ठेकदारबाट मर्मत नगरिकनै पुलको निमार्ण कार्य अगाडि बढाइएको हो । उक्त पुल निमार्ण भएपछि रौतहट, पर्सा र बाराका २० गाउं विकास समितिका बासिन्दालाई प्रत्यक्ष फाईदा पुग्ने छ ।

Nepalese Rupee Exchange Rate