–स्वयम्भुनाथ कार्की
गाउँ फर्क राष्ट्रिय अभियान पञ्चायतको आलोचना गर्नेहरुको निमित्त सजिलो हतियार हुन पुग्यो । संविधानको दोश्रो संसोधनमा यसको आत्मा समाप्त गरेर यसलाई राजनैतिक ईकाइ बनाईएकोले यस्तो भएको हो । पञ्चायतको दर्शनले सिकाएको कुरा “पात्र हैन, कार्यको गुणदोषको आधारमा समर्थन र विरोध” सिद्धान्त अनुसार चल्ने हो भने राजा वीरेन्द्रको शासनकालमा विसं २०३२ मा भएको संविधानको संशोधनले व्यवस्थामा पुगेको चोटको विवेचन गर्नु नै पर्दछ । गाउँ फर्क राष्ट्रिय अभियान विशुद्ध चेतना प्रसारको सामाजिक प्रकृया थियो । यसको राजनीतिसंग कुनै सरोकार थिएन । सरकारी खर्च नगरी आफ्नो मुलुक, आफ्नो गाउँको निमित्त सक्षमले केही न केही गर्नु पर्दछ भन्ने यसको आधार थियो ।
यसका कार्यक्रमहरु र नीतिहरु कति राम्रा थिए भन्ने कुरा जान्न गाउँ फर्क राष्ट्रिय अभियानको कार्यक्रम पुस्तिका र एमालेले आफुले राम्रो गरेको भनेर देखाउने गरेको “आफ्नो गाउँ आफै बनाउँ”को कार्यक्रम तुलना गरेर हेरे पुग्छ । नीतिमा एक फरक भने छ, त्यो हो गाउँ फर्क राष्ट्रिय अभियानमा राज्यको ढिकुटी र श्रोत प्रयोग गर्न वर्जित थियो भने आफ्नो गाउँ आफै बनाउ राज्यको साधनश्रोतले सञ्चालन हुन्छ । अन्यथा कार्यक्रमहरु र ती कार्यक्रमहरुको आधार भने सिधै गाउँ फर्कबाट सारिएको महशुस हुन्छ । पुराना पुस्तकालय वा व्यक्तिहरु कसैसँग रातोलाई निलोले घेरेको गाता भएको गोजीमा अटाउनसक्ने त्यो कार्यक्रम पुस्तिका अझै पाउन सकिन्छ । खोजी गरेर पढेमा सत्य आफै उजागर हुन्छ ।
दोश्रो संसोधनमा गाउँफर्क राष्ट्रिय अभियानको सबैकुरा समाप्त पारेर यसलाई “पोलिट व्यूरो” बनाउनुको कारण भने यसको एक कार्यक्रम थियो । त्यो थियो, हरेक राजपत्रांकित अधिकृतले बर्षमा २ दिन बिदा लिएर आफ्नो बाहेक अन्य कुनै गाउँमा गएर केही न केही चेतनामुलक काम गर्नै पर्दथ्यो । त्यो २ दिन आफ्नो गाउँमा आएर काम गरेको कुराको प्रमाणपत्र त्यहाूको प्रधानपञ्चले दिन्थे । त्यो प्रमाणपत्र सम्वन्धित अधिकृतको व्यक्तिगत विवरणमा राखिन्थ्यो । यसको अनुपस्थितिले बढुवाआदि सुविधाको अवसरबाट वन्चित हुनु पर्दथ्यो । यो कुरा मन नपराउने अधिकृतहरुको कमी थिएन ।
आफ्नो गाउँको आवश्यकता अनुसारको कार्य, जो गाउँलेले आफै गर्न सक्छन् ती यसै अभियानको अन्तरगत गरिन्थे । सबैको अनिवार्य र वास्तवक श्रमदानबाट त्यो काम हुन्थ्यो । वर्तमानको जस्तो श्रमदानको नाममा पैसा दिएर अनुपस्थित हुन पाईन्न थियो । सशरीर उपस्थित भएर नाममात्रको श्रमदान गरे पनि त्यो कामले भएको निर्माण प्रति सबैको अपनत्व रहन्थ्यो । यहि नै गाउँ फर्क राष्ट्रिय अभियानको आत्मा थियो । आफ्नो गाउँ प्रतिको अपनत्वको भावना विकास गर्नु, आफ्नो स्थानको माया जगाउनु ।
यसले त्यस्ता बाटा, कुलो आदि बने जसलाई कुनै जिद्दिले मेरो जग्गा भनेर कुनै भाग रोकेर बर्षौदेखि बन्न दिएको थिएन । प्रत्यक्ष उपस्थित भएर आफ्नो गाउँ, आफ्नो ठाउँ र गाउलेलाई महशुस गर्दा उसको जिद्धि स्वयं समाप्त भयो । आफ्नै हातले बाधा हटाएर आफैले खुशी मनाएका ती क्षणहरु श्रमदानको निमित्त चन्दा दिएर पाउन सकिने थिएन । चन्दाले अन्य दिन नसक्ने गाउँलेहरुले हिनतावोध पनि गर्न परेन । यो समानताको आत्मिक आनन्द गाउँ फर्क राष्ट्रिय अभियानको देन थियो । कयौ समर्थहरुले यस्ता श्रमदान कार्यक्रमा खाजा र खानाको व्यवस्था गरेका खवरहरु पनि हुन्थे । तर उनीहरु आफ्नो सम्पत्तिको दवावले गाउँलेहरु नथिचिउन भनेर सतर्क पनि हुन्थे ।
पञ्चायतको यो एक अभिनव प्रयत्न थियो सबैलाई समान नागरिक अनुभुति गराउने । जनतालाई आफ्नो क्षमता र शक्तिको महशुस गराउने, अनि जे कुराको निमित्त पनि अरुको मुख नताकेर आफै गर्न उत्प्रेरित गरेर स्वावलम्वी बनाउने । दु:खको कुरा हो, यो कुरा केवल राजा महेन्द्रसम्म मात्र रह्यो । आलंकारिक राजतन्त्र भएको देशबाट उच्चशिक्षा हासिल गरेका राजा वीरेन्द्रले त्यहाँ राजपरिवारले काम गरेको देख्न पाएनन् । त्यसैले आफ्ना बाबुले शुरु गरेका कामहरुको गहिराईमा पुुग्न चाहेनन् वा सकेनन् । फलत उनको पालामा कुनै अधिकृतले गाउँमा काम गरेको प्रमाण पेश गरे पनि नगरे पनि फरक परेन । २०३२ सालको संशोधनबाट त यसलाई पोलिटब्यूरोको रुप दिईयो र पञ्चायतको निर्दलीयतालाई एकदलको स्वरुप दिईयो ।
दोश्रो अवस्थामा गाउँफर्क राष्ट्रिय अभियानले पहिले पाएको माया र स्नेह सबै गुमायो । पञ्च र महापञ्च पैदा भए । व्यवस्थामा काम गर्नेहरुलाई छान्ने काम गरेर यसले चाप्लुसी, चुक्ली र चाप्लुसीको प्रवद्र्धन गर्यो । वर्तमानमा पनि अनकन्टारमा भएका गोरेटो, घोरेटो, कुलो, पैनी आदिको वर्तमान उन्नत वा समाप्तीको रुप देखा पर्छ । त्यसको इतिहासमा गाउँफर्क राष्ट्रिय अभियानको श्रमदान थियो भन्ने जानकारी हुन्छ त्यसवेला गाउँफर्क राष्ट्रिय अभियानको पहिलोरुप थाहा भएकाको मनमा चसक्क बिझ्ने गर्दछ । नबिगारिदिएको भए आफ्नो गाउँ आफै बनाउ भन्ने कार्यक्रमको प्रेरणा श्रोत हुने यो अभियानले नेपाल पक्कै राम्रो बनाएको हुन्थ्यो ।
–बिराटनगर–१
प्रकाशन मितिः२०७२ माघ १४ गते बिहीवार