
सुमधुर स्वरबाट श्रोताहरूलाई तान्ने खुबी भएकी चर्चित गायिका बुनु उप्रेतीको नयाँ गीतको अडियो सार्वजनिक भएको छ ।
करिब दर्जनजति नेपाली गीतहरूमा उत्कृष्ट एवं सुमधुर स्वर दिइसकेकी गायिका बुनु उप्रेतीको सार्वजनिक भएको पछिल्लो गीत हो, “टुट्यो, टुट्यो, आकाशैको तारा टुट्यो” रहेको छ ।
कमला राईको उत्कृष्ट शब्द तथा बाबुल गिरीद्वारा संगीतवद्ध गरिएको सो गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको गायिका बुनु उप्रेतीले बताउनु भयो ।
वियोग एवं मार्मिक शब्दहरूबाट संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियो पनि चाँडै नै बजारमा आउने गायिका उप्रेतीले जानकारी गराउनु भयो ।