Showing posts with label साहित्यिक. Show all posts
Showing posts with label साहित्यिक. Show all posts
गजल

गजल

पदम खतिवडा
हावा बाट बिजुली काहाँ बाल्दैछौ
हाम्रो देशको सम्पत्ति काहाँ हाल्देेैछौ

काठमाडौं भित्रपनी रेल गुडाउँ छौअरे
रेल गुड्ने बाटो आज काहाँ थाल्दैछौ

 गरिव जन्ता भोकोपेटमा काम गर्दैछन्
तिम्रा सन्तान बिदेश लगी काहाँ पाल्दैछौ

राहात आएको समान पनि वाँड्न सकेनौ
कुहाएर आधारातमा  काहाँ  फाल्दैछौ
 
   ईलाम चुलाचुली
       हाल दोहा कतार
गज़ल

गज़ल

पदम खतिवडा
डाँडापाखा चार्दै घाँस काटेको यादआयो
दाँयाँबाँया हात सार्दै डोरी बाटेको यादआयो

घाँसको भारीबोकी त्यो तारे भीरमा सधै
सुइसुइ सिठ्ठी पार्दै मैले ढाँटेको याद आयो

आँप र अमलाको फेदमा वसेर हामीले
झटारोले आँप झार्दै कोया चाटेको यादआयो

बालापनमा स्कुलबाट भागेर गुच्छा खेल्दै 
घरमाकुरा टार्दै बारीमा मकै छाँटेको यादआयो

इलाम चुलाचुली 
हाल दोहा कतार
गज़ल

गज़ल

दीपिका भुसाल
सक्छौ भने नयाँ वर्ष यसरि नै फूल्न सिकाउ
बार्है मास एकै नासले यो मनलाई झुल्न सिकाउ

जीन्दगी हो दु;ख पिडा हुन्छ त्यो त भोग्नु पर्छ
दु;ख ,खुशी पनलाई सधै एकै नाश डुल्न सिकाउ

दु;ख हुदा आतीन्छ त सुख हुदा मातिन्छ मन
धैर्यतालाई स्थिर राखी सधै मनलाई घुल्न सिकाउ
पर्बत
हाल इजरायल 
गजल

गजल

पदम खतिवडा
फुललेझै मान पाओस जिवनले नयाँ वर्षमा
 शुख  शान्ती  छाओस जिवनले नयाँ बर्षमा

 आइलाग्ने शत्रुहरूपनि आफै मासिएर जाउन
  सपना पूरागर्दै जाओस जिवनले नयाँ वर्षमा

 रमाइला  पलहरूलाई  साथमा  लिएर  सधै भरी
 संघर्ष को मैदानमा नआओस जिवनले नयाँ बर्षमा

 हरेक दु:ख लाई पोकोपारी खाडलमा मिल्काई
 शुखका ती पल ल्याओस जीवनले नयाँ बर्षमा

यसपालिको नव२०७३सालमा जस्तै सधैभरी
शुभकामना दिन भियाओस जिवनले नयाँ बर्षमा
इलाम चुलाचुली
हाल दोहा कतार 
गज़ल

गज़ल

पदम खतिवडा
जन्मीन नपाउँदै जाल भित्र पारिदियौ
तोतेवोली नआउँदै काल भित्र पारीदियौ

आफ्ना स्वार्थ पुरागर्न दानबझै आईलागेउ
उल्टोपाल्टी नचाँउदै छाल भित्र पारीदियौउ

पदेश को खाँचोथियो पाईला अघीबढाउन
राष्ट्रिय गाना नगाँउदै गाल भित्र पारीदियौ

संसारलाई चिनाउन असलकार्य गर्ने थीए
झुटाआरोप लगाँउदै ढाल भित्र पारीदियौ

धर्म कर्म सिकाएर शिक्षा दिन कन्जुस गरी
आजघरवाट भगाउँदै पाल भित्र पारीदियौ
ईलाम चुलाचुली
हाल दोहा कतार
 गजल

गजल

   पदम खतिवडा
बहत्तरको जस्तो  यहाँ  साल नआवोस
  त्यहीबेलाको जस्तो यहाँ काल नआवोस

भुकम्प अनी हावाहुरी असिना र पानी
 पोहोर जस्तो यहाँ कुनै छाल नआवोस

औषधी पनी नदिएर जन्तालाई सताउने
भारतको जस्तो यहाँ कुनै जाल नअावोस

आफ्ना स्वार्थ पुरागर्न गरिवका छोरामारी
नाकाबन्ध जस्तो यहाँ पर्खाल नआवोस

अहिलेका नेता हरु भष्टचारमा व्यस्त सधैं
भाबीआउने नेतालाई यहाँ गाल नआवोस
इमाम चुलाचुली
हाल दोहा कतार    
अनेसासको रंगिन काब्य उत्सब भव्यताका साथ  इजरायलमा सम्पन्न

अनेसासको रंगिन काब्य उत्सब भव्यताका साथ इजरायलमा सम्पन्न

मार्च २०
बसन्त ऋतुको आगमनसंगै मनाइने पर्व फागु पुर्णिमा ( होली ) र इजरायलमा मनाइने यस्तै प्रकृतिको रंगीन चाड ‘पुरिम’ को अवसर पारेर इजरायलको तेल अभिभमा एक भव्य साहित्यिक उत्सव यहि मार्च १९ का दिन सम्पन्न भएको छ । ‘रंगीन काव्य उत्सव’ नाम दिइएको सो साहित्यिक कार्यक्रम अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज इजरायल च्याप्टरले आयोजना गरेको हो ।

बिभिन्न चरणहरुमा सम्पन्न सो काव्य उत्सवमा गीत, संगीत, नृत्य लगायत इजरायलका श्रष्टा तथा साहित्यानुरागीहरुका काव्यवाचन प्रमुख आकर्षण रहेको थियो भने हालसम्म इजरायलमा रहेर साहित्यिक कृति या गीति संग्रह प्रकाशित गर्नु भएका श्रष्टाहरुको सम्मान, त्यसैगरी इजरायलका लागि नेपालका महामहिम राजदूतज्युको अभिनन्दन तथा अनेसास च्याप्टरको कार्यसमिति गठन लगायतका विविध साहित्यिक कार्यक्रमहरु सम्पन्न भएका थिए ।

नेपाली दुतावास इजरायलका महामहिम राजदूत श्री प्रल्हादकुमार प्रसाईको प्रमुख आतिथ्य तथा संयुक्त राष्ट्रसंघका डा. ध्रुव कोइरालाको विशेष आतिथ्य रहेको सो समारोह अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज इजरायल च्याप्टरका निवर्तमान अध्यक्ष कृष्णपक्ष थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

इजरायलका सबै संघ संस्थाहरुलाई निम्ता गरिएको सो कार्यक्रममा नेपाली दुतावास इजरायलका सहचारी भोजकुमार भट्टराई, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलका अध्यक्ष दिपकप्रसाद ओली, इजरायली नागरिक अधिवक्ता नाइफ़ आयुब अल्दा, इजरायलस्थित अन्य साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान इजरायलकी अध्यक्ष सुचित्रा खनियाँ र विश्व नेपाली साहित्य महासंघ इजरायलका उपाध्यक्ष दिपेन्द्र थापा, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रीय अध्यक्ष – रामशरण बानियाँ, काभ्लाओभेदकी सामाजिक सहजकर्ता तथा नारीका लागि नारीकी नीतु खतिवडा, सत्य साई सेन्टर तथा नारी आवाज इन इजरायलकी नेहा गुरुङ, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इजरायलकी अध्यक्ष लक्ष्मी अनुरागी, पर्वत सेवा समाजकी महासचिव – दिया चापागाईं तिवारी, रेडियो स्वतन्त्रका गणेश गौतम सागर, झापाली एकता समाजका अध्यक्ष भोला थापा, नेपाल इजरायल डट नेटका प्रधान सम्पादक श्रीकृष्ण भण्डारी लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महामहिम राजदूत श्री प्रल्हादकुमार प्रसाई र कार्यक्रमका सभापति कृष्णपक्ष थापाबाट पानसमा दीप प्रज्वलनका साथै नेपाली राष्ट्रीय गानबाट गरिएको थियो भने कार्यक्रमको संचालन गीतकार तथा अनेसास इजरायलका कोषाध्यक्ष सुमन कार्कीले गर्नु भएको थियो । कार्यक्रममा अनेसास इजरायलका उपाध्यक्ष तथा संस्थापक सदस्य कुमार पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्मा, पुर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका सदस्य ज्ञानेन्द्र गदालका साथै इजरायल च्याप्टरका संस्थापक अध्यक्ष सुनील संगमको शुभकामना संदेशसहित आरम्भ गरिएको सो कार्यक्रममा आकृति अधिकारी र पेमा लामाले आकर्षक नृत्य प्रस्तुत गर्नु भएको थियो भने हजुरी शाह कँडेल, भरत थापा असफल र गणेश गौतम सागरले गीत गाएर मिठो सांगीतिक प्रस्तुति दिनु भएको थियो ।

कविता वाचन गर्नुहुनेहरुमा कृष्ण कला वनेम, सानु खतिवडा, निता ढकाल, भोला थापा, राम ढुंगाना, नुतन भुसाल, विष्णु भट्टराई, नितु खतिवडा, सुचित्रा खानिया, निशा खनाल अर्याल, सिमा श्रेष्ठ, दिपिका भुसाल, केशु पोखरेल, सुभद्रा घिमिरे, सबिता अधिकारी घिमिरे, बिनु गुरूङ, बेलकुमारी घिमिरे, दिया तिवारी, सुरेन्द्र प्रसाई, भगवती बस्नेत, समाश्री, श्री कृष्ण भण्डारी, यश घिमिरे आफै उपस्थित भई आ आफ्ना गीत गज़ल कविता र मुक्तकहरु सुनाउनु भएको थियो भने समय अभावका कारण प्रत्यक्ष वाचन गर्न असमर्थ हुनुभएका वेदना उपाध्याय, श्रीकृष्ण अधिकारी तथा सावित्री लुइँटेल घिमिरेका रचनाहरु संचालकले पढेर सुनाउनु भएको थियो ।

इजरायलमा रहेर बिभिन्न साहित्यिक र सांगीतिक कृतिहरु प्रकाशन गर्नु भएका साहित्यकारलाई पनि यस काव्य उत्सवमा उहाँहरुको कृतिको कदरस्वरूप प्रसंशा गरिएको थियो । यसरी प्रशंसित हुनुहुने श्रष्टाहरुमा पुस्तकतर्फ – लक्ष्मी अनुरागी – (समय संयोग, किनारा), श्रीराम अधिकारी – (जल्छ मुटु भित्र भित्रै), सुचित्रा खनिया – (गोधुली गुञ्जन, मनफुल), निशा अर्याल – (जीवनलाई चियाउदा), भगवती बस्नेत – (रहर भो जिन्दगी, प्रेमदह, किनाराको मन), समाश्री – (वंशलोचन), शान्ति पाख्रिन – (निरिह समदृष्टि), बेलकुमारी घिमिरे – (नओभाएका आँखाहरु), बसु श्रेष्ठ – (प्यासी जिन्दगी ), कल्पना पौडेल जिज्ञासु – (भावनाका भेलहरु र जुन हराएको रात), विमला शर्मा ढुंगाना – (क्षितिजपारीको जुन), साबि पाठक – (चम्पाका हजार पाइला) , आर के शर्मा – (माधुर्य), सावित्रा लुइँटेल घिमिरे – (खोली बिनाको बगर), कृष्ण कला वनेम – (बिर्सिएका गीतहरु र अविश्वासको तरंग), हुनुहुन्थ्यो । त्यसै गरि सांगीतिक कृतितर्फ निता ढकाल – (भावना) , नवराज खड्का – (अनुभूति), सुमन कार्की – (तुलसा), नुतन भुषाल – (नुतन), कुमार आन्ग्दम्बे अबि – (संयोगवश), रजनी शर्मा – (तीज विशेष गीति एल्वम), रेशम छेत्री – (लोक गायक तथा संकलक ) पेमा लामा – (पेमा), इशा लावती – (पहिलो माया, परेली), अम्बेबर लिम्बू (मधुरस) हुनुहुन्थ्यो ।

संस्थाको स्थापनाकाल देखि योगदान पुर्याउदै आउनु भएका साहित्यिक व्यक्तित्वहरु नवराज आचार्य, यश घिमिरे र कुमार पौडेललाई अनेसास इजरायलका तर्फबाट विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको अर्को चरणमा नेपाली दुतावास इजरायलका महामहिम राजदूत श्री प्रल्हादकुमार प्रसाईलाई अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका तर्फबाट अध्यक्ष कृष्णपक्षले अभिनन्दन गर्नुका साथै इजरायलको सम्झनास्वरुप जेरुसेलम शहरको मुर्ति कुँदिएको प्रतिमा उपहार प्रदान गर्नु भएको थियो ।

प्रमुख अतिथिका तर्फबाट मन्तव्य राख्ने क्रममा राजदूत प्रसाईले कार्यक्रमको मिठो समीक्षा गर्दै काव्यवाचन गर्नेहरुको सिर्जनाको प्रशंसा गर्नु भयो । उहाँले संसार भर विस्तारित अनेसासको इतिहास लामो रहेको भन्दै इजरायलमा यस्तो प्रकृतिको कार्यक्रमको आयोजना गरिएकोमा खुसि व्यक्त गर्नु भयो ।

त्यसपछि कार्यक्रमका सभापति तथा अनेसासका निवर्तमान अध्यक्ष कृष्णपक्षले संस्थाका गतिविधिहरुको चर्चा गर्दै अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमितिको घोषणा गर्नुभयो । उहाँले कार्यसमितिका पदाधिकारीहरुलाई हार्दिक बधाई दिदै संस्थाको गरिमा र लक्ष्य प्राप्तिका लागि सदैव लाग्नु हुनेछ भन्ने शुभकामना पनि दिनु भयो ।

नयाँ कार्यसमितिमा अध्यक्ष – भगवती बस्नेत, उपाध्यक्ष – लक्ष्मी अनुरागी, महासचिव – निशा खनाल अर्याल, सचिव – दिपिका भुषाल, कोषाध्यक्ष – लीला रिजाल र सदस्यहरुमा सिमा श्रेष्ठ, निता ढकाल, नुतन भुषाल, दिया चापागाईं, आर के शर्मा, सुभद्रा घिमिरे, हजुरी शाह कंडेल हुनुहुन्छ । सल्लाहकारहरुमा डा. ध्रुव कोइराला, कृष्णपक्ष थापा, समाश्री, श्रीकृष्ण भण्डारी, सुवास खरेल, दिपक प्रसाद ओली, सुमन कार्की र यश घिमिरे रहनु भएको छ ।

श्रव्य दृश्य र फोटोग्राफीमा माला खनाल, नयन सापकोटाका साथै कार्यक्रम सुचारु रुपले संचालन गर्नका लागि बिपिन तामाङ्ग र भोजराज क्षेत्रीले उल्लेख्य सहयोग पुर्याउनु भएको थियो । साँझ पांच बजेसम्म संचालित सो काव्य उत्सव इजरायलको तेल अभिभस्थित सेन्ट्रल बस स्टेसनको एभेरेष्ट क्लबमा संचालन भएको थियो ।