गज़ल

पदम खतिवडा
डाँडापाखा चार्दै घाँस काटेको यादआयो
दाँयाँबाँया हात सार्दै डोरी बाटेको यादआयो

घाँसको भारीबोकी त्यो तारे भीरमा सधै
सुइसुइ सिठ्ठी पार्दै मैले ढाँटेको याद आयो

आँप र अमलाको फेदमा वसेर हामीले
झटारोले आँप झार्दै कोया चाटेको यादआयो

बालापनमा स्कुलबाट भागेर गुच्छा खेल्दै 
घरमाकुरा टार्दै बारीमा मकै छाँटेको यादआयो

इलाम चुलाचुली 
हाल दोहा कतार

SHARE THIS

Author:

Facebook Comment