बीस वर्ष पुरानो मुद्दामा महतो पक्राउ

रौतहट, ३ बैशाख । २० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । स्थानीय गाउँ विकास समिति माधोपुर २ निवासी नथुनी महतोको जाहेरीको अधारमा सोही स्थान वस्ने ५५ वर्षिय जमाहिर महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो ।

२०५३ साल भाद्र १२ गतेका दिन प्रतिवादी जमाहिर महतोले आफनै भान्जीलाई गोली हानी हत्या गरी फरार भएका थिए । जमाहिर महतो आफनो श्रीमति दिपिया देवी माथि घरेलु हथियारवाट गोली प्रहार गर्दा गोली निजको श्रीमतिको तिघ्रा भएर वाहिर निस्कदा सगै खडा भएकी जाहेरवालाको नातिनी तथा प्रतिवादीको भान्जी ३ वार्षिय सविता कुमारीको घाटीमा लाग्दा घटनास्थलमै मृत्यु भएको थियो ।

श्रीमान श्रीमति विच झगडा हुदा श्रीमति लाई हत्या गर्ने उदेश्यले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटनास्थलवाट फरार भएका महतोलाई खोज तलाश गर्ने क्रममा प्रहरीले सर्लाहीको सुन्दरपुर चौहर्वा गा वि स मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले वताएका छन ।
पक्राउ परेको महतोलाई कार्यालयमा राखेर अनुसंन्धानको प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । 

SHARE THIS

Author:

Facebook Comment