नेपाल–भारत सम्बन्ध गम्भीर र संवेदनशील

नेपाल विश्वकै आँखामा छ र दुई ठूला शक्ति चीन र भारतको बीचमा  रहेको नेपालमा भारत विरोधी र चीन विरोधी राजनीतिक गतिविधि चलिरहेको छ  यो अविलम्ब रोकिनु पर्दछ । नेपाल अति सामरिक महत्वको स्थल हो । नेपालको भू–भाग क्षेफल सानो छ तर विश्व राजनीतिमा नेपाली भूभाको महत्व ठूलो छ ।
नेपाल भारत सम्बन्ध यतिखेर अति गम्भीर र संवेदनशील छ । दुबै छिमेकी राष्ट्रले नेपालबाट आफूलाई खतरा रहेको भन्दै सुरक्षाको प्रश्न तेस्र्याई गहिरो चिन्ता र चासो लिइरहेका छन् । नेपालमा राजनीतिक तरलता र लामो संक्रमणले गर्दा नेपालको राजनीति र परराष्ट्र नीीत असफल बनेृको पाइन्छ । नयाँ संविधान २०७२ को निर्माण र जारी पछि प्रत्यक्ष रुपमा नेपालको आन्तरिक मामिलामा पश्चिमा राष्ट्र, युरोपेली महासंघको अनावश्यक हस्तक्षेप बढ्दै गएकोले चीन र भारत दुबै नेपालको वर्तमान सरकारसँग असन्तुष्ट छन् ।

चीन र भारतको भ्रमण गरी प्रधानमन्त्री ओलीले स्पष्ट नपारेसम्म दुई देशबीचको सम्बन्धमा शंका, उपशंका र षडयन्त्रको कालो बादलले घेरिरहने देखिन्छ । वर्तमान सरकारमा रहेका दलहरूले दिगो रुपमा चीन र भारत दुई छिमेकी बीचको दृष्टिकोण सहितको नेपाल नीति सार्वजनिक गर्नु पर्दछ । आज राष्ट्रको संरक्षण र सम्वद्र्धैनमा जुट्नु पर्नेमा पहाड र तराई चिरा पार्ने, भारतको मुख ताक्ने, चीन र भारत बीचको सम्बन्ध बिगार्ने, देशको अर्थतन्त्रलाई तहस–नहस पार्ने राष्ट्रघाती काममा दलहरू लागेका छन् । सम्पूर्ण दलहरूबीचको एकता नै राष्ट्रिय एकता र सहमति हो ।

नेपालको भारत र चीनलाई हेर्ने नीतिमा हिमाल, पहाड र तराई मधेशका जनताको समान धारणा र सहमति हुनु पर्दछ तब मात्र राष्ट्रियता, कुटनीति र राजनीति मजबुत हुन सक्दछ । आज देशमा विद्यमान प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार र विदेशी दलालीबाट व्यक्तिवादी स्वार्थी प्रवृत्ति विकसित भई राष्ट्रिय स्वार्थ र सामुहिक स्वार्थ गौण बनेको छ ।
प्रधानमन्त्री ओली शुरुमा भारतपरस्त थिए, महाकाली असमान सन्धी भारतसँग गराउन उनले निर्वाह गरेको गलत भूमिकाको फल स्वरुप भारतले फाइदा लिएर पनि उनकै प्रधानमन्त्रीत्वकालमा भारतले आर्थिक नाकाबन्दी गर्‍यो ।
ओलीले राष्ट्रियतासँग सम्झौता गर्नु हुँदैन भनेर अडान लिए देशभक्त नेपाली जनताले साथ र समर्थन दिए । यतिखेर अग्नि परीक्षामा छन् । उनको नेपाली राष्ट्रवाद खोक्रो हो कि भारतीय विस्तारवादको उपनिवेशमा कैद हुने राष्ट्रवाद हो  यो भारत भ्रमणले छिनोफानो गर्नेछ । त्यसैमा ओली सरकारको आयु पनि तय हुन्छ । राष्ट्रवाद सत्तास्वार्थ वा व्यक्तिगत स्वार्थको औजार हुन सक्दैन । नेपाली राष्ट्रगवाद भनेको समग्र देश, सम्पूर्ण नेपाली जनताको आवश्यकता परिपूर्ति गर्ने हुनु पर्दछ । नेपाली राष्ट्रवादमा कहिं कतैबाट आँच पुग्न गए त्यसको विरोधमा नेपाली जनताको एउटै आवज र अडान हुनु पर्दछ । केपी ओलीको बोलीकै कारण भारतले मधेश आन्दोलनलाई ढाल बनाएर अघोषित आर्थिक नाकाबन्दी गरेको जग जाहेर छ ।

भारतसँग यथास्थितिको सम्बन्ध बिग्रिनुमा नयाँ संविधान जारी र मधेश आन्दोलन रहेको छ । नेपालको संविधान जारी हुँदा भारत किन रिसायो ? यसको कारण र प्रभाव बारेमा केपी ओलीले भारतमा स्पष्ट पार्नु पर्दछ । ओलीको भारत भ्रमणमा जानु अघि पर्याप्त गृहकार्य हुनु पर्दथ्यो हुन सकेन । मधेशवादी दलहरूसँग उनीहरूको जायज माग पूरा गर्ने सम्झौता हुनु पर्दथ्यो भएन । सत्ता पक्ष र विपक्ष दलहरूले भारतसँग हुने वार्तामा साझा एजेण्डा तयार गर्नु पर्दथ्यो त्यो पनि भएन । ओली अहिले कठघरामा उभिएका छन् । देशभक्त नेपाली जनताहरूले मुखमा रामराम बगलीमा छुरा बोक्ने, काम भन्दा कुरा ठूलो गर्ने, त्रित्राको मुखै बैरीजस्तो प्रवृत्तिको भारत भ्रमण सफल हुन्छ, राष्ट्रियताको रक्षामा नयाँ कोशेढुंगा सावित हुन्छ भन्ने विश्वास लिएका छैनन् ।

भ्रमण सफल पार्न नेपालको गुमेको अधकिार, सीमा अतिक्रमण, व्यापार घाटा, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप सदा सर्वदाका लागि सुनिश्चित हुनुपर्ने वातावरण र विश्वास कायम हुनु पर्दछ । नेपाल एक भूपरिवेष्ठित मुलुक हो । नेपालको समुन्द्रसँग सीमा जोडिएको छैन । नेपाल मोष्ट वाण्टेड फेवर्ड नेसन हो । व्यापार तथा पारवाहन सहुलियत सुविधा नेपाल र नेपालीले निर्वाध पाउनु पर्दछ । यो अन्तर्राष्ट्रिय कानुनी अधिकार हो । नेपाल र भारतका शासकहरूबीच अहिलेको जस्तो मतभेद र कुटनीतिक मतभेद हुँदै समग्र नेपालका सम्पूर्ण नेपालीलाई मानवीय संकटमा पार्नु हुँदैन । ओलीको भारत भ्रमण सफल असफल जे भएपनि राष्ट्र असफल हुनु हुँदैन । नेपाल र नेपालीलाई दु:ख दिने भारतीय नीति हुनु हुँदैन ।

प्रकाशन मितिः २०७२ फागुन ०६ गते  विहीबार

SHARE THIS

Author:

Facebook Comment