राजा ज्ञानेन्द्रको आह्वानः धर्म, संस्कृति र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शन तर्फ एक जुट होऔ

वीरगंज डेस्क
फागुन ०६
राजा ज्ञानेन्द्र वीक्रम शाहले धर्म, संस्कृति र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शन तर्फ एक जुट हुन सम्पूर्ण देशवासीमा अाग्रह गरेका छन् ।
फागुन ७ गते परेको श्री ५ त्रिभुवन जयन्ती एवं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा देशबासीका नाममा सन्देश दि‌ंदै उनले यस्तो आह्वान गरेका हुन् ।



उहाँबाट देशबासीको नाममा जारी भएको सम्बोधन जस्ताको त्यस्तै 


प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाई,

प्रजातन्त्र दिवसको यो सूखद अवसरमा हाम्रा जिज्यु बूवाराष्ट्रपिता श्री ५ त्रिभूवनको स्मरण गर्दै ज्ञात अज्ञात शहिद र प्रजातन्त्र प्राप्तिका निम्ती कृयाशिल सवै एतिहासिक व्यतित्व प्रति म हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।


नेपाल राष्ट्रको एकिकरण, प्रजातान्त्रिकरण, आधूनिकिकरण एवं मूलूकको अखण्डताको संरक्षण गरि प्रजातान्त्रिक राज्य प्रणाली स्थापनाका निम्ति हामीकहाँ भएको एतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ति समर्पित नेपाली जनता सवैको संयुक्त प्रयत्न रहेको हो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशिलताका लागी मैले आफू पन्छीएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ, तर राष्ट्रको सर्वोत्तम समुन्नतीको आकाक्षांवाट म पृथक छैन ।


दूर्भाग्यवस, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयां विधि एवं प्रकृया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हून नसक्नु सबैका लागी दुःखद कुरा हो ।

अहिले देशमा गतिहिनता, संवेदनहिनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । भविष्यको सून्दर सपना, शान्ति तथा स्थीरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत वनेको अनूभुती मैले गरेको छु ।
हामी नअल्मलिई राष्ट्रको भूवनोट, समाजिक स्वरुप, धर्म, संस्कृती र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शन तर्फ उद्द्धत हुन म सवैसँग हार्दिक आव्हान गर्दछू ।


श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन् ।

जय नेपाल ।

फोटो श्रोतः गुगल फाइल

SHARE THIS

Author:

Facebook Comment