मुलुककै प्रथम प्रधानमन्त्री भिमसेन थापाको नियति युवराज पारसले भोग्नुपर्ने त होइन ।

–सन्तोषकुमार मिश्र
हालै पूर्व युवराज पारस लागु पदार्थ बेचबिखनको आरोपमा पक्राउ पर्यो ? भन्ने समाचारले मुलुकभित्र व्यापकता पाइयो । इन्टरनेटका सामाजिक संजालहरुभित्र मुलुक एवं मुलुकबाहिर छरिएर रहेका केही नेपालीहरुले आ-आफ्नो प्रतिकृयाले राजसंस्थाको दुर्गतितर्फ व्यापक प्रचारले मुलुकभित्र कौतुहलताको वातावरण सृजना भयो, किन ?
पूर्व राजा एवं पूर्व युवराज पारसको गुत्थी अर्थात पदवीरुपी शब्दावलीको सृजना कहाँबाट भयो ? राजा वा युवराज स्वतः पूर्वराजा वा पूर्व युवराज बनाउने विषय, वस्तु र पद होइ
न । पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारस अतितका पात्र होइनन् ।  कटू सत्य यो हो -  राजा ज्ञानेन्द्र र युवराज पारसलाई जबरजस्ती नियोजित तरिकाले इतिहासको पन्नामा अंकित गराइयो । इतिहास भनेको राजनीतिक होइन । इतिहासको पन्नामा राजा ज्ञानेन्द्रलाई राजा नै भन्ने छ र पारसलाई युवराज नै भनिन्छ । तर कहिं कतै नभएको देश नेपालमा राजालाई पूर्व राजा भनिन्छ । र उही इतिहासको पन्नामा राख्न मुर्ख्याईं गरिन्छ ।
इतिहासमा अंकित नेपाल राष्ट्रको प्रथम प्रधानमन्त्री भिमसेन थापा इतिहासको पन्नामा पूर्व प्रधानमन्त्री भिमसेन थापा हो भनि चरितार्थ कतै भएको छैन, किन ? देशहित र जनहितकालागि लागिपर्ने प्रथम प्रधानमन्त्री भीमसेन थापाको राष्ट्रवादी चरित्रले अन्ततः षड्यन्त्रको भूमरीको जालोभित्र जेलभित्रनै सेरिएर मृत्युवरण भएकै हो । राष्ट्रहित र जनहीतप्रति लागिपर्ने राष्ट्रवादी व्यक्ति वा संस्थालाई षड्यन्त्रपूर्वक तहसनहस गरी भौतिक रुपमा समाप्त गर्ने षड्यन्त्रकारीहरुको जगजगी हिजो पनि थियो, आज पनि छ र भोली अर्थात भविष्यमा पनि हुने नै छ भन्ने तितो चरितार्थ हालै पारस शाह पक्राउ शीर्षकको समाचारले गरेको छ ।
जब-जब मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिन्छ र नयाँ संवि
धान लेखन कार्यले गति लिन छोड्छ, तब-तब राजा ज्ञानेन्द्र एवं युवराज शाह अर्थात राजसंस्थाबारे एकसाथ टिभी च्यानल र ठूला ठूला मिडियाघरले व्यापक भ्रामक समाचार प्रकाशित गरी श्रव्यदृश्य देखाइन्छ र राजसंस्थाको भरपूर बदनाम गराइन्छ । किन ?
मुलुकलाई गति पनि दिन नसक्ने र संविधानसभाको नाममा चार वर्ष नौ महिना बितिसक्दा पनि लखनउ लूट मच्चाउन पल्केका पिपाशुहरुको भण्डाफोर गरी जनतासामू नाँगेझार गर्न नसक्ने संचारमाध्यमका कथित ठूला मिडियाघरहरु अर्थात टिभि च्यानलका मालिकहरु राजा ज्ञानेन्द्र र युवराज पारसबारे भ्रामक समाचार संप्रेषण गरी बदनाम गर्न किन उद्धृत छन् ?
युवराज पारस शाह थाइलैण्डमा लागु पदार्थ गाँजासहित पक्राउ शीर्षकको समाचार फोटोसहित देखाइयो । हुँदै नभएको उक्त घटनालाई वास्तविक घटना बनाई पारस शाह गाँजासहित पक्राउको समाचार संप्रेषण गरी प्रकाशित/प्रशारित गर्ने संचारमाध्यमहरुको नियत पित्त पत्रकारिता हो कि होइन ? पीत्त पत्रकारिताको घोर विरोध गर्ने तर पीत्त पत्रकारितामै समाहित भई पत्रकारिता पेशालाई मागि खाने भाँडोको रुपमा रुपान्तरण गर्ने र डलर कुमल्याउने षड्यन्त्रको जालो हो कि होइन ?
बाढिपहिरोले सुदुरपश्चिमका जनता राहत नपाएर रोइरहेका छन्, त्यस्तै राजधानी काठमाण्डौ नजिकै रहेको सिन्धुपालचोकमा हालै बाढि पहिरोले पीडित जनताहरु गाँसबासको ठेकाना नपाएर आहात भैरहेका छन् । उही बाढीपीडितको नाममा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा करोडौं रुपमा चन्दा जम्मा भइरहेका छन् तैपनि जनता राहत पाउनबाट बञ्चित छन् । कनिका छरेको भरमा राहत कार्य भएको ठान्ने कोइराला सरकार र प्रमुख प्रतिपक्षी दलहरुबारे प्रधानमन्त्री राहत कोषको छानबिन एवं अनुसन्धानमूलक सत्य तथ्य समाचार सम्प्रेषण गरिरहन नसक्ने असक्षम ठूला मिडिया संचारगृहहरु युवराज पारस शाहको बदनाम गरिरहने प्रवृत्ति कतै प्रथम प्रधानमन्त्री भीमसेन थापालाई जेलभित्र नै मृत्युवरण गराउने राष्ट्रघाती तत्वसँग अप्रत्यक्ष सांठगांठ त छैन ?
पारस शाह थाइल्याण्ड विदेशिन किन पर्यो ? बिनाकारण आफ्नो मुलुक छोडेर नेपालीहरु पक्कै पनि विदेशतिर लाग्दैनन् । दैनिक १५०० देखि २०००को हाराहारीमा नेपाली जनता राहदानी लिन पुगिरहेका छन् । किन ? गोलतन्त्रको स्थापनापछि मुलुक जिरो अर्थात शून्यमा पुगेको प्रत्येक नेपालीलाई पत्तो छ । र विवश भएर युवा, युवति, अधवैंशे अर्थात जोकोही नेपालीहरु विदेशीन लाचार छन् । यही मेसोमा पारस शाह पनि ज्यान जोगाउन थाइल्याण्ड पुगेको कुरा सबै जनतालाई पत्तो छ भने संचारमाध्यमहरुलाई पत्तो नहुने कुरै भएन । दाउद इब्राहिम अर्थात अन्तर्राष्ट्रिय कुख्यात डनको शिकार को को भए ? वरिष्ठ संचारउद्यमी अर्थात पत्रकार जमिम शाहको हत्या राजधानीमा दिउँसै भयो । दिउँसै रत्नपार्कमा मुस्लिम संगठनका अध्यक्ष फैजान अहमदको हत्या र पूर्वमन्त्री सलिम मियाँ अंसारीको छोरा एवं एभिन्यूज टिभीका तत्कालिन निर्देशक युनिश अंसारीलाई जेलभित्र नै गोली हानी हत्या गर्ने दुश्प्रयास प्रकरणको सिलशीलापछि पारस शाहको हत्या गर्ने दाउद इब्राहिमको नियतबारे त्यतिबेला ठूला संचारगृहहरुले व्यापकताकासाथ समाचार प्रवाह गरेकै हो । दाउदले नेपालीका छोराहरुलाई दिउँसै हत्या गर्दा पनि हत्यारा पक्राउ गर्न नसक्ने तत्कालिन सरकारको असक्षमता र संचारमाध्यमबाट पारस शाहको हत्या हुने आशंकापूर्ण समाचार प्रकाशितपछि त्रसित राजसंस्थाले युवराज पारस शाहलाई उपयुक्त सुरक्षित स्थल अर्थात मुलुकको रोजाईमा थाइल्याण्ड राष्ट्रमा पठाउनु परेको यथार्थता सारा नेपाली जनतासामु घामझैं छर्लंगिएको छ ।
तर यता आएर पटक पटक पारस शाह लागु पदार्थ सहित पक्राउ परेको समाचार प्रकाशित भएका छन् । ८ ग्राम, ४ ग्राम, ५ ग्राम लागु पदार्थ बेचबिखन गर्ने हैसियतमा पुगेकै हो त राजसंस्था ? राजसंस्था भन्नुको तात्पर्य हो युवराज पारस पनि राजा ज्ञानेन्द्रको छोरा भएकोले नै राजसंस्था भित्रको प्रमुख सहायक सदस्य पनि हुन् । यसर्थ राजा ज्ञानेन्द्रका एक्लो छोरा पारस शाह ४, ५, ६ र ८ ग्रामजस्ता सामान्य परिणामको लागु पदार्थ बेचेर जीवन यापन गर्नुपर्ने अवस्थााट गुज्रेकै हो त ? अवश्य पनि होइन । राजा ज्ञानेन्द्रका एक्ला सुपुत्र हुनुले पनि उनको आर्थिक हैसियत व्यापक नै छ । सगरमाथा शिखरलाई तिलको दाना सम्झिनु नै ठूलो मूर्ख्याईं हो । पारस शाहलाई तिलको दाना सरह पनि नगन्ने चौतर्फि दुष्ट्याईं कतै पारसलाई थाइल्याण्डमा पक्राउ गराई जेलभित्र नै सुनियोजित तरिकाले हत्या गर्ने  षड्यन्त्र नै हो, भन्ने आशंका प्रकाशित भ्रामक समाचारहरुबाट प्रष्टिन आउँछ ।
यसर्थ युवराज पारस शाहलाई नेपालमा नै बसोबास गराउने वातावरण सिर्जना गर्नु राजसंस्थाको प्रमुख कर्तव्य अर्थात टड्कारो खाँचो भएको छ ।
नयाँ संविधानलेखन कार्य अवरुद्ध हुनु, एकीकृत नेकपा माओवादीसहितका २४ दल आन्दोलनमा उत्रनु र यही समयमा काँग्रेसका जल्दाबल्दा नेताहरु हिन्दूराष्ट्रको माग राखी आन्दोलन अगाडी बढाउनुले पनि युवराज पारस शाहको जीवन सुरक्षित पक्कै पनि छैन र यतिखेर सुरक्षाको दृष्टिले पनि थाइल्याण्ड राष्ट्र सुरक्षित मुलुक पक्कै पनि होइन । समयमा नै सचेत हुनैपर्छ ।


SHARE THIS

Author:

Facebook Comment