– स्वयम्भुनाथ कार्की
राजनैतिक दलको, प्रजातन्त्रको अनि जनताको सर्वाधिकारको आफुखुशी र आफु अनुकुल व्याख्या गरेर आफैलाई मालिक ठान्नेहरुले सधै भट्याउने गरेको वाक्य हो “शंका नगर, संविधान दिन्छौं ” । योग्यताले दिईनु पर्ने तर राजनैतिक भागवण्डाले अपहरण गरेको कुनै पद आफ्नो भागमा पार्न यो मुलुकका बुद्धिजीविहरु चौविसै घण्टा प्रमुख भनिएका केहि दलका शिर्ष भनिएका केहि नेताहरुको प्रशस्ती गाउन तूछाड मछाड गर्देछन । उद्योगी व्यापारीहरु यी शिर्ष नेताहरुलाइ आफ्नो फन्दामा पार्ने मेसोमा तल्लिन छन । संचारजगत “सिताको लोभमा गीता” गाउने प्रवृति मौलाएको छ । यसो भन्दा आजकलको भाषामा मुर्ख भनिने “आत्माको आवाज” निर्देशितहरुको खडेरी नै परेको भने होईन , अनेकौ हण्डर खाए पनि, छाक टार्न कठिन हुूदै गए पनि यस्ता कथित “मुर्ख”ले आफ्नो अस्तित्व कायम राखेका छन । उनिहरुको मुटु कसैले नेपाल आमालाई अपशव्द बोल्दा नराम्ररी दुख्छ , तर मुलुकको प्रधानमन्त्रीे नेपाल टुक्र्याउने अभिव्यतिm दिनेलाई कारवाही गरिनु हुन्न भन्छन । नागरिकले न्याय माग्दै मृत्युवरण गर्दा यस्ता बुद्धिमानहरुलाई अतिसामान्य घटना लाग्छ तर मुलुकलाई नै अनेकौ अपशव्द बोल्दै सशस्त्र विद्रोहको निमित्त प्रशिक्षण दिदै हिडेकाले हिरासतमा गरेको अनसन खोलाउन मुलुकका मन्त्रीहरुको लर्को लाग्छ । अनि जनता पछि फर्केर भन्छन “शंका नगर, संविधान दिन्छौं ”।
नेपालीहरुले प्रशस्त संविधान पाईसकेका छन, पञ्चायती संविधान बाहेक अन्य कुनै पनि संविधानलाई दशक पार गर्न कठिन भएको छ । बरु तानाशाही भनिएको संविधान अन्तरगतको आवधिक निर्वाचन कहिले थाँती रहेन तर लोकतान्त्रिक भनिएका संविधान अन्तरगत राजनीतिकर्मीहरुको “ हलुवामाँडा” पाक्ने निकायको बाहेक सर्वसाधारणका चासोका निकायमा निर्वाचनको खडेरी मात्र पर्यो । त्यसैले नेपालीहरु संविधान देख्न नै मरिहत्ते गर्ने खालका हैनन । नेपालीले चाहेको कुरा एक वाक्यमा भन्न सकिन्छ त्यो हो, “आफ्नै थातवासमा बसेर आफ्नो सामथ्र्यले गौरवशाली नेपाली अनुभूत गर्दै जीवन यापन” । यही पाएनन भनेर आफ्नो निमित्त आफै संविधान बनाउने अधिकारको रुपमा संविधानसभाको परिकल्पना गरिएको हो । यस परिकल्पना अनुसार संविधानको खेश्रा कोरेर अनुमोदनको निमित्त आफु समक्ष पेश गर्न सभासदहरुलाई काम दिईएको हो, तर आफ्नो यो हैसियत चटक्कै भुलेर आफूलाई जनताको मालिक भएको जनाउने अति घमण्डी अभिव्यक्ति हो “संविधान दिन्छौं” भन्ने भनाई ।
दुई पटकसम्म निर्वाचन भएको संविधानसभाले आफ्नो क्षमता भन्दा धेरै काम गरेको छ । यसमा कुनै शंका गर्नुपर्ने ठाँउ नै छैन । गणतन्त्र कार्यान्वयन भयो, राजाको स्थानमा राष्ट्रपति राखिए । राजश्व संकलनमा बढ्यो, जनकल्याणकारी कामको निमित्त बजेट घट्यो । हजारौंले तन्नम आर्थिक स्थितिबाट सम्पन्नतामा पदार्पण गरे, लाखौं भएको सबै जसो गुमाएर वैदेशिक रोजगारीमा गए । संविधानसभामा राज्य पुर्नसंंरचनाको छलफल चल्दैछ, तर मुलुकमा धमाधम नगरपालिकाहरु घोषित हुूदैछन । राणाकाल बाहेक राजाहरुको अतिरिक्त दरवन्दी श्रृजना गरेर आफ्नालाई लैजाने हिम्मत नभएको विभागमा पनि मनमौजी अतिरिक्त दरवन्दी बनाउदै पदस्थापना गर्ने आँटिलो काम त केवल संविधानसभाको आडमा मात्र संभव थियो । सरकारी अस्पतालहरुको दवाइको बजेट कटाएर विदेशको महंगा अस्पतालमा “एपेण्डिसाईटिस”को अपरेसनको सुविधामा राजश्व खर्च गर्न पाउने सौभाग्य “जनताका छोराछोरी”ले पाए , सबैले होइन केही पं्रतिनिधि पात्र र परिवारले । यत्रो काममा व्यस्त हुूदा पनि अझ हिम्मत छ त्यसैले “शंका नगर, संविधान दिन्छौं” भन्छन भने त्यो भन्दा ठूलो वेइमानी अरु के हुनसक्छ ?
यो सबैको श्रेय राजनैतिक दलका शिर्ष नेताहरुलाई भन्दा ती नेताहरुले कुनै पद, शक्ति हड्डि झै फ्याक्लान र खाउूला भनेर तिनको स्तुति गायनमा प्रतिस्पर्धा गरिरहेका मुलुकका सार मानिने बुद्धिजीवि, संचार जगत, विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाका बलमा नागरिक समाज कहलिएकाहरुलाई ज्यादा छ । युवराज कुलतमा लागेर नसावाज भएको अनि एकमात्रा लागु पदार्थ सहित विदेशमा पक्राउ परेको कुरा भने उनलाई हदैसम्मको बद्नाम गर्न प्रयाप्त मानिन्छ तर नेपाललाई अश्लिल गाली गर्नेहरुलाई भने सम्पूर्ण सरकार नै मान पुर्याउन जान्छ । जनताले पुकारा गर्दा पनि झन गुप्तवासमा जाने पाखा लगाइएका राजा र उनको परिवारको खोइरो खन्न आफ्नो जीवनको लक्ष मान्नेहरुलाई अपराधिक पृष्ठभूमि भएकाहरु भगवान श्रीकृष्ण लाग्छन । मानविय कमजोरी तथा परिस्थितिको उपजमा भएको व्यक्तिगत भुल नेपालको अस्तित्वमा नै प्रश्नचिन्ह लाग्नेहरुलाई खाडी मुलुकहरुमा लागेको लर्को र त्यहावाट बाकसमा बन्द भएर, रस निचोरिएर खोस्टा सरह भएको अनुहार लिएर फर्केका नेपालीहरुको हालत मुलुकको अतित्वमा प्रश्न चिन्ह लाग्दैन ।
जनता जवजव आफुलाई अफ्ठ्यारोमा पाउछ आफ्ना ओरीपरी कोही तारणहार छ कि भनेर हेर्ने गर्दछ । यसैक्रममा उसले पाखा लगाइएका राजा र उनका परिवारबाट केही आशा गर्यो भने त्यो स्वभाविक पनि हो । नेपालको अस्तित्व सम्पूर्णरुपले धरापमा पर्दा त्यो परिवारलाई दुख त लागेको नै होला, शायद पुर्खाहरुको जमाना भएको भए मुलुक रक्षार्थ आफ्नो प्राण पनि बाजीमा राख्ने थिए होला । यत्तिको कुरा सहेर चुपलाग्न सक्नु त्यो परिवारको महानता होला तर सबैले यस्तै सोच्लान त ? शिर्ष नेता भनिनेहरुको छाति भित्रको मुटु नेपाली नै हो तर त्यसमा भएको नेपालीत्वको अनुभूति जनताले किन गर्न पाएका छैनन ? विद्वानहर समाजका मार्गदर्शक हुन यो पौराणिक कालदेखि स्थापित मान्यता हो , तर आफ्नो ब्रम्हले देखेको कुरा प्रष्ट राख्न के को लोभ वा त्रास छ ? कुनै लाभको आशामा आत्माको अवाज विपरित काम गर्दा के भोली उनीहरु कै सन्ततिले पनि निन्दा नगर्लान त ? यो कानै ट्टाउने बेसुरको राग “शंका नगर, संविधान दिन्छौं”लाई ऐना देखाउने क्षमता भएका कसैले त हिममत गरोस । तर अहिलेलाई त यी कसैले पनि हिम्मत गर्ने छाँट छैन शायद हिटलरको उदयको परिस्थिति यहि थियो र हिटलर कुनै राजपरिवार वा सभ्रान्त परिवारबाट आएको थिएन । श्रोतःजनआवाज
विराटनगर १
यो पनि पढ्नुस्
संचारमाध्यमले भ्रमको खेती गरी, डलर कमाउने धन्दा कहिले छोड्ने !!!
मुलुककै प्रथम प्रधानमन्त्री भिमसेन थापाको नियति युवराज पारसले भोग्नुपर्ने त होइन ।

२०७१।६।२६