– सन्तोष मिश्र
वि.सं. २०६३ को जनआन्द्योलनले जनताको संविधान जनताले बनाउने भन्दै संविधानसभाको निर्वाचन घोषणा गर्दै २३८ वर्षको शाहवंशीय राजतन्त्रको अन्त्य गर्यो । अन्तिम राजा श्री ५ ज्ञानेन्द्र अपदस्थ भए । राजासंस्थाका प्रमुख अर्थात राजा जनताको तहमा पुग्यो । नयाँ व्यवस्था, नयाँ संविधान, आयो तर देशमा शान्ति, सुव्यवस्था कायम हुन सकेन । सिंगो तराई मधेशका समग्र जनता अधिकारकालागि पाँच महिनादेखि आम हड्ताल जारी गरेका छन् । मधेश आन्दोलनसँग भारतीय अघोषित नाकाबन्दी पनि जोडिएर आएकोले सिंगो मुलुकको अर्थतन्त्र धारासायी भयो । मुलुकको विकास निर्माण ठप्प भयो ।
नयाँ संविधान लागु हुन नपाउँदै संशोधनको बाध्यतामा पुग्यो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्दै आएका तीन ठूला राजनीतिक दलले राजनीतिक र कुटनीतिक सन्तुलन कायम गर्न नसक्दा चरम भ्रष्टाचार, ढिलासुस्ती, अभाव, महंगीले जनताहरू अक्रान्त बन्दै पुरानै रजानीतिक शक्ति अर्थात राजतन्त्रात्मक शासन व्यवस्थाको स्मरण गर्ने र वर्तमान व्यवस्था भन्दा पूरानै संवैधानिक राजनतन्त्रात्मक व्यवस्था राम्रो भन्ने नेपालीहरूको संख्या बढ्दै गइरहेको छ ।
पूरानो व्यवस्था, २०४७ को संविधान र राजतन्त्र स्थापनाकालागि देशैभर सानो संख्यामा भएपनि जनताहरूले आवश्यक राजनीतिक गतिविधि बढाइरहेका छन् । तराइ मधेशका जनतामात्र होइन, देशभरका स्वतन्त्र राजनीतिज्ञ, वुद्धिजीवी र चेतनशील नागरिकहरू वर्तमान सरकार र संविधानबाट सन्तुष्ट छैनन् । कुनै पनि बेला तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादी गठबन्धनका विरुद्ध जनसंघर्ष उठ्न सक्ने र राजनीतिक दुर्घटना हुने, संघीय लोकतन्त्र धरापमा पर्ने संकेत मिलेको छ ।
गणतन्त्र स्थापना भएको १० वर्षदेखि सरकारले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छैन । आधुनिक नेपालको निर्माता पृथ्वी नारायण शाहले राष्ट्रिय एकीकरण गरेको नेपालमा नयाँ संविधान २०७२ ले तराइ पहाड र हिमाल भूगोलका नेपाली जनताहरूलाई भावनात्मक एकीकरण गर्न सक्नु पर्दथ्यो तर दुर्भाग्य र बिडम्बना भनौं चाहिने कुरा केही गर्न सकेन, नचाहिंने कुरा बढी गर्दैछ । जसको परिणाममुखी नतिजा देशमा हिन्दूराष्ट्र विस्थापित भई धर्म निरपेक्ष राष्ट्र भयो । धर्म परिवर्तन अभियान चलाइयो जसले गर्दा रातारात हिन्दू र वौद्धमार्गी क्रिश्चियन बने, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, राष्ट्रिय एकता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षाको चौतर्फि आवश्यकता बढ्दै गएको छ ।
वर्तमान विषम परिस्थितिबाट आजीत भएका नेपाली जनताहरू पूरानो, भरोसा योग्य, आस्थावान शक्ति राजतन्त्रप्रति आकर्षित हुन खोज्दैछन् । दुई विशाल छिमेकी भारत र चीन पनि पश्चिमा राष्ट्रहरूको धर्म परिवर्तन अभियान र नेपालमा उनीहरूको बढ्दो प्रभाव र नियन्त्रणबाट सशंकित छन् । बाहिरी मनले छिमेकीहरूले वर्तमान संविधान अन्तर्गतका राजनीतिक शक्ति, दलहरूलाई करबलले स्वीकार गरेपनि भित्रि ह्दयले स्वीकार गर्न सक्ने पक्षमा छैनन् ।
नेपालको राजनीति दुई विशाल छिमेकीको सहयोग र समर्थनको अति महत्व छ । देशमा संघीयताको नाममा जुन बखेडा खडा भइरहेको छ, संघीयता कार्यान्वयन हुन नसक्ने र अशान्ति र अस्थिरता कायम रहँदा बाध्य भएर नेपाली जनताले तेश्रो राजनीतिक शक्ति वा पुरानै संवैधानिक राजतन्त्र सहितको नयाँ ढंगको बहुदलीय व्यवस्थाको पक्षमा जनलहर तराई, पहाड हिमालबाट उर्लन सक्ने संभावना देखिन्छ ।
यसैबीच २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा अपदस्थ गरिएका राजा ज्ञानेन्द्रले जुन चेतावनीयुक्त अभिव्यक्ति दिएका छन्, यसले वर्तमान सरकार र शासक अनि पक्ष, विपक्ष दलहरूका नेताहरुलाई ठूलो चुनौती दिएको बुझ्न सकिन्छ । तरल र आन्देलित वर्तमान देशको राजनीतिक अवस्थामा राजा ज्ञानेन्द्रले दिनुभएको अभिव्यक्तिले पीडा, कष्ट र सास्ती खेपीरहेका सम्पूर्ण नेपालीहरूको ध्यान आकर्षित गर्न सफल भएको छ । ठूला तीन दलले संविधान बनाउने अवसर पाएर पनि कार्यान्वयन गर्न सक्ने कार्यशैली र क्षमता प्रदर्शन गर्न सकेनन् जसले गर्दा नेपालको राष्ट्रियता कमजोर बनेको छ । समयभन्दा बलवान केही हुँदैन, समयले कसैलाई पर्खंदैन । राजनीतिमा असंभव भन्ने केही हुँदैन, इतिहास दोहोरिएको इतिहास पनि छ ।
आधुनिक नेपालको संरचनाकालागि परम्परागत शक्तिलाई सम्मान गर्नुपर्नेमा, नयाँ शक्तिहरूको उत्ताउलोपन र खोक्रो राष्ट्रवादले देश नचल्ने स्पष्ट संकेत भएको छ । राजा ज्ञानेन्द्रले के कस्तो, को कसबाट दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनु पर्दछ भन्ने अभिव्यक्ति दिएका छन् । यस भनाईभित्र थुप्रै रहष्यहरू लुकेका छन् ।
वर्तमान सरकारमा रहेका राजनीतिक दल र विपक्षमा रहेका नेपाली काँग्रेसले २०६३ सालमा जनआन्दोलन चर्किरहेको अवस्थामा केही संझौता भारतलाई साक्षी राखेर राजासँग गरेको कुरा गर्भबाट बाहिर आइसकेका छ । भारतीय जनतापार्टीको मोदी सरकारले हिन्दू धर्म र राजतन्त्रको महत्व नेपालबाट नहराओस् भन्ने भित्रि इच्छा राखेको र सो कुरा संविधान बनाउँदा ख्याल नगरिएकोले पनि भारत चिढिएको चर्चा चलेको छ ।
नेपालको राजनीति भारत निर्देशित छ । ओलीको नेतृत्वको सरकारले भारतसँग घुंडा टेकेर आत्मसमर्पण गर्दछ कि नेपाली राष्ट्रवाद भनेर आफ्नो अडानमा दृढ रहन्छ यस घडीको प्रतिक्षा हुँदैछ ।
शाह वंशीय राजाहरूले जनताको इच्छा, चाहना, भावनाको कदर गर्दै आएको परम्परालाई बहुदलले निरन्तरता दिन सकेको छैन । पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहले भनेका छन्, “राष्ट्रहित र राष्ट्रवासीको सुख, समृद्धि र आत्मीय सन्तुष्टिको निम्ति जनताको नासो जनतालाई सम्पेर मैले दरबार छोडेको हुँ, सबैले बिचार गर्नुपर्ने कुरा के हो भने नेपाली घरबार छोडेको छैन ।” भन्ने कुरा अति महत्वपूर्ण र समसामयिक छ । राजा ज्ञानेन्द्रको सो अभिव्यक्तिबाट स्वतन्त्र, देशभक्त र राजभक्त नागरिकहरू हौसिएका छन् ।
राजनीतिका निर्णायक शक्ति जनता हुन्, परिवर्तनका संवाहक जनता नै हुन्, दलहरू र जनताको सम्बन्ध टाढिंदै जाने र, राजा र जनताको सम्बन्ध विकसित हुँदै जाने बेला आइसकेको छ ।
प्रकाशन मितिः२०७२ माघ ७ गते बिहीवार