~बिम्मी शर्मा
अहिले सबैले आफ्नो लज्जा र विवेकको परित्याग गरिसकेका छन । कुनै कुकर्म गर्न अहिले कसैलार्इ लाज र घिन लाग्दैन, अनि जसले लाज र विवेकको परित्याग गर्छ त्यसको त विजय जहाँपनि, जसरीपनि निश्चित नै छ । जनताले बडो आड भरोसाले देशकालागि केही गर्लान भनेर दुर्इ दुर्इ ठाउं बाट जिताएर पठाएका डा. बाबुराम भट्टरार्इले तिनै जनतालार्इ निर्लज्जतापूर्वक ठेगाँ देखाउंदै आफ्नो मनपरी गरिरहेका छन् । आफना दलका कार्यकर्ता र ससुरालीलार्इ सत्तामा ढलीमली गर्न दिएर यसबाट आफ्नो प्रधानमन्त्रीको पद निष्कण्टक हुने र आफ्नो विजय निश्चित छ भन्ने ठानेर प्रधानमन्त्री भट्ट रार्इ मनलाग्दो बोलिरहेका छन् । भखैरै पत्रकार डेकेन्द्र थापालार्इ हामीले नै जिउंदै गाडेको भनेर स्वि कारी सकेका व्यक्तिलार्इ कारवाही गनर्ुको साटो प्रम भट्टरार्इ तीनलार्इ बचाउन लागिपरेकाछन् । उनी आफ्नो विकेकलार्इ तिलाञ्जली लिएर निर्लज्जतापूर्वक दोषीलार्इ कारवाही गरे प्रकिया भाँडिने अभिव्यक्ति दिर्इरहेका छन् । एउटा सरकाको नेतृत्व गरिहेको मान्छेले यस्तो बिद्रोहको कुरा गर्दा उसलार्इ दण्डित गर्ने न्यायालय खोर्इ ? यहाँ त न्यायालयले पनि आफ्नो विवेक गुमार्इसकेको छ ।
त्यति मात्र हैन भट्टरार्इको मन्त्रीमण्डलका अन्य मन्त्री र सचिवहरुले पनि लाज नामको वस्तुलार्इ त्यागि सकेकाछन् । देशको अभिभावकको रुपमा रहेका राष्ट्रपतिले पनि सहमति को सरकार बनाउनकालागि म्यादमाथि म्याद थपिरहेका छन् । किनकि राष्ट्रपतिलार्इ थाहा छ यसरी नयाँ सरकार गठनकोलागि म्याद थप्दै जाँदा उनको पदको पनि म्याद बढ्दै जान्छ अनि उनी लामो समय राष्ट्रपति पदमा आसिन भर्इ बसिरहने र निर्लज्ज हाँसो प्रदर्शन गर्दैछन् । भागयले राष्ट्रपति बनेका उनी देशको दुर्भाग्य को कारक बन्दैछन् । देशको शीर्ष आसनमा बसेकाहरु धृतराष्ट्र भैंm अन्धो भएर बसेकाछन् । द्रौपदीरुपी नेपाल आमाको र्इज्जत निलाम भर्इरहेको छ । कायर र निर्लज्ज जनता पाण्डव झैं निहुरिएर बसेकाछन् । सर्वाङ्ग भएकी महिलालाको लाज छोप्नु भन्दा उसको परिस्थिति र आर्तनादबाट आनन्द लिर्इरहेका छन । जनतामा अलिकति पनि विवेक र नैतिकता बाँकी छैन, तीनै जनता मध्येका केही नरपिशाचहरुले १०२ वर्षकी जिजुहजुरआमा उमेरकी अति वृद्ध महिला र पनातिनी उमेरकी ३ वर्षकी बालिकालार्इ आफ्नो अन्धो वासनाको शिकार बनाएका छन् । कन्यालार्इ देवी मान्ने र वृद्धालार्इ आमा मान्ने हाम्रो संस्कार मान्छेको विवेकमा लागेको धमिराले भताभुगँ भएको छ ।
यसरी लज्जाको परित्याग नेताले मात्र गरेका छैनन्, जनता पनि त्यतिकै विवेक शून्य र निर्लज्ज भर्इसकेका छन् । विगत केही दिनको घटनाहरुलार्इ केलाउने हो भने जनताले आफ्नो विवेक र लाज मात्र त्याग गरेका छैनन् कि उनीहरुले आफूलार्इ पशुको श्रेणी भन्दा पनि तल झारेकाछन् । एक तीन वर्षकी बच्चीमाथि उसलार्इ जन्मदिने बाउले लै जबरदस्ती गरेको छ । ३, ५, ६ र ८ बर्षका खेल्ने र खाने उमेरका अवोध बालिकाहरु आफ्नै घर र समाजमा सुरक्षित छैनन् भने यो समाज र देशमा अरु को सुरक्षित छ होला ? जन्मदिने अभिभावकले नै आफनी छोरीलार्इ जबरदस्ती गर्छन् जिउँदै जलाउँछन् भने ती अभागी छोरीहरुले आफ्नो सुखद भविष्यको के कामना गर्नु ? गर्भमा छोरी भएको थाहा पाउने बित्तकिै त्यसलार्इ निमोठेर फाल्नु र भ्रुण हत्या गर्नु नै बरु उचित छ ? ती भ्रुणहरुले कमसेकम बाहिरको संसार त देख्या हुदैंनन् न आफ्नो अभिभावकलार्इ नै चिनेका हुन्छन् । पुरुष भन्दा महिलाको संख्या घट्दै गर्इरहेको छ, उता महिलालार्इ जलाएर र जबरजस्ती गरेर सखाप पारिदैंछ । यो विवेकरहित मान्छे र समाजमा महिलाले बाँच्नु पनि बेकार छ ।
जनता वा नागरिक जहिले पनि सरकारलार्इ दोष दिन्छन्, तर के उनीहरु आफू ठीक छन् त ? सरकारले यसो गरेन, उसो गरेन, सरकार भ्रष्टचारी भयो भनेर विलाप गर्छन् तर आफै कुनै काम गर्नु वा गराउनुपर्दा घुष नलिएर वा दिएर गर्दैनन् । महँगार्इ बढ्यो भन्छन् तर के कारणले बढ्यो र किन बढ्यो भन्ने केलाएर सरकारको विरोध गर्दैनन् । लोडसेडिङ्ग बढ्यो देशमा अँध्यारोको साम्राज्य भयो भनेर कराउँछन् एकातिर अर्कोतिर खुरुखुरु बिजुलीको बील पनि तिर्छन् । यसरी लोडसेडिगँ बढ्यो भनेर विलौना गर्नुभन्दा सबै जनता एकजुट भएर बील नतिरे सरकारको आफै १२ बज्दथ्यो होला ? जनता आफ्नो दु:खले भन्दा अरुले पाएको सुखले बढी पीडित छन् । जनता हरेक नराम्रो काम आफु गर्छन् अनि सरकारसँग राम्रो गरोस् भन्ने आशा राख्छन् । नेता जन्मिदैनन्, हामी बीचबाटै, यहाँको हावापानी र संस्कारमा हुर्किएर शासन गर्न पुग्छन् । अब खराब हावापानीमा हुकर्ेको बिरुवाले राम्रो फल कहाँबाट दिन्छ त ? आजको नेता हिजोको जनता हो, पौने तीन करोड नेपालीमा केही लाख नेता र कार्यकर्ता होलान् । यदि जनता विवेकशिल भर्इदिए, सरकारलार्इ सराप्न छाडेर आफ्नो काम गर्न तिर ध्यान दिए ती नेतापनि केही बद्लिन्थे कि ? जनतालार्इ कुरा धेरै गर्न, अरुको काममा मिनमेख निकाल्न र अर्ति दिन मात्र आउंछ । जब जनता नै निकम्मा, निर्लज्ज र विवेकशून्य छन् भने त्यहाँका नेता वा नेतृत्व गर्ने र शासनमा पुगेकाहरु राम्रो र चरित्रवान कसरी हुन सक्छन् । हाम्रो देशका आजका नेता भनेको जनताले एेनामा हेरेको आफ्नो त्यो कुरुप अनुहार हो जसलार्इ देखेर जनता तसिर्दै छन् ।
भारतको राजधानी नयाँदिल्लीमा २५ दिनअघि गैंँगरेप गरेर हत्या गरिएकि ती बहादुर युवतीका साथी तथा त्यो दुश्कर्मका साक्षी युवकले आफ्नो अन्तरवार्तामा बडो मार्मिक कुरा भनेकाछन् । उनले त्यो घटना भर्इसकेपछि जब ती दुबैलार्इ राति नागैं पारेर ती नरपिशाचहरुले बसबाट फँयाकिदिए, त्यो बेला करिब अढार्इ घण्टासम्म गाडीमा गर्इरहेका व्यक्तिहरुसंग उनले आफुहरुलार्इ जीउ छोप्नकालागि लुगा र अस्पताल पुर्याउनलार्इ चिच्यार्इ रहे । तर कसैलेपनि उनीहरुको मद्दत गरेन, सबै नजिक आउँथे, गाडीको स्पिड कम गर्थे, पुलुक्क हेर्थे र आफ्नो बाटो लाग्थे । प्रहरी पनि घटनास्थलमा ढिलो पुग्यो, यकि कसैले आफ्नो गाडीमा पहिले नै एउटा सलले छोपेर ती दुर्इलार्इ अस्पलाल पुर्यार्इदिएको भए शायद ती युवती बाँच्थिन् होला । ती युवकले आफ्नो अन्तरवार्तामा त्यो दिन आफुले मान्छे र समाजको निर्दयीपन, प्रहरी र अस्पतालमा गरिने दुव्र्यवहार देखेर घिन लागेको बताएकाछन् । उनले पछि जति नै विरोध गरेर र मैनवत्ती बालेपनि त्योबेला कसैले आफ्नो सहायता नगरेको त्यो दिनको भयावह यथार्थतालार्इ बयान गरेकाछन् । के हाम्रो समाज पनि त्यस्तै छैन । कोही पीडित छ भने उसलार्इ मद्दत गर्नुको साटो झन पीडा थप्ने काम गर्छन् । बाटोमा कुनै दुर्घटना कसैसंग भयो भने वास्ता गर्दैनन् । को प्रहरी र अस्पतालको झण्झटमा परोस, भनेर निर्लज्ज भावले आफ्नो बाटो लाग्छन् । मात्र सिहंदरबार र बालुवाटारमा धर्ना बसेर केही हुन्न, मानिसको दु:खमा साथ दिन सक्नुपर्छ, साँचो र झुटोमा फरक छुट्याएर सत्यको साथ दिनुपर्छ तर यहाँ कोही कसको साथ दिदैंन ? सबैले आफ्नो लाजलार्इ त्याग गरिसकेका छन्, उनीहरुले विवेक र नैतिकता उहिले चिहानमा गाडिसकेकाछन् । जसले यी सबैको परित्याग गरिसकेको छ, उसलार्इ लाजघिन केही लाग्दैन, अनि उसको सर्वत्र विजय नै विजय हुन्छ ।
उनीहरु आफ्नो विजय भएको ठानेर उन्मत्त हुदैं अट्टहास गर्दै हिडंछन् ।