वीरगन्ज/सुनचाँदी व्यवसायीलाई लुट्ने योजना बनाएका अपराधी समूहका
पाँचजनालाई प्रहरीले पक्राउ गर्न सफलता पाएको छ ।
वीरगन्जमा ठूलो लुटपाटको योजना सहित भारतीय अपराधीहरुको समूह प्रवेश गरेको सुचनाका आधारमा प्रहरी निरिक्षक मनोहर भट्टको नेतृत्वमा रहेको अपराध अनुसन्धान टोलीले माघ ४ र ५ गते नगरको बेग्ला बेग्लै स्थानबाट पाँचजना भारतीयलाई तीन वटा
कटुवा पेस्तोल, १२ वटा गोली सहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्सामा शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिहरुबारे प्रहरीले जानकारी दिएको हो ।
शंकास्पद स्थानहरुमा खोजतलाश गर्ने क्रममा लिङ्ग रोडस्थित रेडरोड गेष्ट हाउसबाट भारतको बेतिया जिल्ला रामनगर थाना निवासी २० वर्षिय छोटे खान, गोपालपुरका ३० वर्षिय सन्तोष राम, मझौलियाका २३ वर्षिय महम्मद समिर दुई थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ४ राउण्ड गोली सहित पक्राउ परेका हुन् ।उनीहरुले दिएको सुचनाका आधारमा शुक्रबार साँझ पौने सात बजे वीरगंज उप–महानगरपालिका वडा नम्बर ६ कुम्हाल टोलबाट भारतको बेतिया जिल्ला, लौरिया थाना निवासी ४६ वर्षिय अमर लाल सिंह र ४५ वर्षिय विपिन साहलाई १ थान नल कटुवा पेस्तोल र ८ राउण्ड गोली सहित पक्राउ गर्न सफलता मिलेको प्रहरी नायब उपरिक्षक राजेन्द्र विष्टले यात्रा डेलीलाई बताए ।ती पाँचैजना वीरगंजको मुख्य बजारका कुनै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरी सुन तथा नगद लुट्ने योजनाका साथ वीरगन्ज प्रवेश गरेको अवस्थामा पक्राउ परेको प्रहरीको दाबी छ । लुटपाट योजनाको मुख्य योजनकार अमर लाल सिंह रहेको दाबी गर्दै प्रहरीले अमरलाल सिंहले हत्या, अपहरण, रेल डकैतीको कसुरमा पटक–पटक भारतमा जेल सजाय समेत भोगी सकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।