विदेशीको इशारामा नाच्ने पार्टी कसरी खाँट्‍टी राष्ट्रवादी भयो ?

                                                                                                                               जनकमान डंगोल

अगी रांड जानिन,
पछी रांड मानिन,
बाघ लाग्यो घिच्च्याउन,
रांड लाग्यो चिच्च्याउन
..
यो प्रसिद्ध नेपाली उखान यतिखेर नेपाली कांग्रेसका नेताहरु माथि सत प्रतिसत लागु भएको ! नेपाली जनताले पटक पटक नेपाली कांग्रेसलाइ बहुमतको सरकार बनाउने मौका दिएको दिएको थियो ! जुन दिन बहुमतको सरकारमा नेपाली कांग्रेस पुग्छ त्यस पछी उसले जनतालाई गरेको बाचा, रास्ट्रीयता, प्रजातन्त्र समाजबाद सब बिर्सन्छ ! घात, प्रतिघात खुट्टा तानातानको खेलमा अल्झिन पुग्छ ! सत्ताको लागी देशलाई नै दाउमा राख्न बेर
लाउदैन ! नेपालको ईतिहासमा जति पनि ठुला रास्ट्रघाती सन्धि सम्झौता भएको त्यो सबै नेपाली कांग्रेसको पालामा भएको हो ! कोशी, गण्डक टनकपुर जस्ता ठुला नदीनाला भारतलाई बुझाएको तथ्यलाई पनि नेपाली जनताले देखे बुझेकै हो ! अझ त्यतिले पनि नपुगेर निजीकरण भन्दै देसको सबै ठुला उधोग धन्दा तथा कल कारखानालै कहिले पनि नउठ्ने गरि थला पारि दियो ! जसको कारणले गर्दा उक्त कल कारखाना मध्ये अधिकांस ठुला उधोग बन्द भएर आज हज्जारौ नेपाली कामदार बेरोजगार हुन बाध्य भएका छन ! त्यस पछी एमाले तथा हाल माओबादीले पनि कांग्रेसकै नीति बाटोलाई पच्छ्यायेका छन ! ‘रास्ट्रीयता, प्रजातन्त्र समाजबादयो कांग्रेसको मुलमन्त्र हो तर अहिले नेपाली कांग्रेसको नेताहरुलाई यसको अर्थ सोध्ने हो भने कसैले पनि यसको चित्तबुझ्दो जवाफ दिन सक्दैन ! जुन दिन नेपाली धर्ति बाट महामानव स्व.बि.पी. सुबर्ण, कृष्ण प्रसाद, गणेशमान, महेन्द्र नारायण निधिहरुले बिदा लिए त्यै दिन देखि नेपाली कांग्रेसको उक्त मुलमन्त्रले पनि बिदा लियो ! यदि उक्त मुलमन्त्र लाइ आत्मसात गरेको भए निजीकरण भन्दै उधोग धन्दा बिक्रि गर्दैन थिए, घात प्रतिघात खुट्टातानातान को खेलमा सरिक हुदैन थिए ! देसका कुख्यात भ्रस्टाचारी लाइ आम माफी दिएर ठुला ठुला पदमा विराजमान गराएर आफ्नो पार्टीमा हुल्दैनथे ! प्रहरी प्रशासनमा भाडभैलो मच्चौदैन थिए !
भारतीय कांग्रेस तथा समाजबादी नेताहरुको नक्कल गर्दै खादीको कोट सुकिलो कुर्था पाइजामा लाउदैमा ती कसरि खाँट्टी राष्टबादी हुन्छन ? ने नेपालको आफ्नै रास्ट्रिय पोशाक दौरा, सुरुवाल, ढाकाको टोपी कोट नभएको हो ? के हामीले अहिले सम्म नेपालि कांग्रेसको सभापति सुसिल कोइरालाले रास्ट्रिय पोशाक परै जावस टाउकोमा ढाकाको टोपी सम्म लगाएको देखेका छौ ? जसलाई आफ्नो देशको रास्ट्रिय पोशाकको महत्व नै थाहा छैन भने ती कसरि खाट्टी रास्ट्रबादी हुन्छन ? अनि त्यस्ता मुलिले आफ्नो पार्टीलाई कसरि रास्ट्रीयताको पाठ पढाउन सक्छन ?
हिजो पंचायती ब्यबस्थामा भारतीय लगायत कुनै पनि बिदेसिले नेपाली ठुला उधोगधन्दा कलकारखानामा पाइला टेक्न परे जावस हेर्न समेत सकेका थिएनन ! तर आज चलेका केहि उधोग कल कारखानाहरु सबै ठेक्का प्रणालीमा चलेका छन ! मालिक लाइ मन परुन्जेल काम पाउछन ! जुन दिन मालिकको नजरबाट गिर्यो त्यो दिन बाट बेरोजगार भयो भनेर जाने हुन्छ ! अत्याधिक मात्रामा भारतीय कामदार हुलेका छन ! मालिक भारतीय भए पछी उसले उसको देशको नागरिकलाई प्राथमिकता दिनु कुन चैँ ठुलो नया तथा नौलो कुरो भयो !
यति हुदा पनि नेपालि जनताले सहेकै थिए तर भारत सरकारको इसारामा रातारात धर्मनिरेपक्ष तथा गणतन्त्रको घोषणा गरे त्यो दिन बाट नेपाली जनताले सतप्रतिसत बुझेनेपाली कांग्रेस भनेको खाँट्टी रास्ट्रबादी पाटि नभएर बिदेशीको इसारामा चल्ने पार्टी पो रैछ” ! त्यसैलेरास्ट्रीयता,प्रजातन्त्र तथा समाजबादको मुलमन्त्रलाइ लत्याउदै बिदेसिको इसारामा नाच्ने पार्टी अब कसरि खाट्टी रास्ट्रबादी पार्टी भयो ? के नेपाली कांग्रेस खाँट्टी रास्ट्रबादी पार्टी रै ? के अब पनि नेपाली कांग्रेसलाई खाँट्टी रास्ट्रबादी पार्टी भन्न मिल्छ ?
www.facebook.com/janakmandangol
www.janakdangol.blogspot.com


SHARE THIS

Author:

Facebook Comment