Showing posts with label इतिहास. Show all posts
Showing posts with label इतिहास. Show all posts
पञ्च कार्यकर्ताबाट पञ्चे, विद्यार्थी मण्डलबाट मण्डले

पञ्च कार्यकर्ताबाट पञ्चे, विद्यार्थी मण्डलबाट मण्डले

–स्वयम्भुनाथ कार्की

गुटगत स्वाथ्र्य र त्यसको संघर्षले नेपाली समाज आक्रान्त भै सकेको थियो । २०१५ सालको आम निर्वाचनमा १०९ स्थान मध्ये ७४ स्थानमा जितेको नेपाली कांग्रेसलाई आफ्नो सरकार बचाउन धौधौ परेको थियो । १९ स्थान लिएको नेपाल राष्ट्रवादी गोर्खा परिषद र नेपाल कम्युनिष्ट पार्टीका ४ जनाको समर्थन आवश्यक परेको थियो ।  यो कुरा स्वयं बिपी कोइरालाले आत्मवृत्तान्तको परिच्छेद ५३मा भनेका छन । अहिले जे भनिए पनि २०१७सालमा राजा महेन्द्रको सामुन्ने यस्ता अव्यवस्थाबाट मुलुकलाई बचाउन आफ्नो हातमा शासन लिनै पर्ने वाध्यता आईलागेको थियो ।

गुटगत संघर्षमा मुलुक र जनता गौण हुने परिस्थिति रोक्न दलविहिनता नै उनले उपयुक्त व्यवस्था देखे । तर राजनीतिकर्मीहरु कुनै न कुनै दलसंग आवद्ध थिए त्यसैले दलविहिनतामा राजनीति सञ्चालन गर्ने प्रयाप्त अनुभवी व्यक्तिहरु पाउन कठिन थियो । यसको हल परंपरागत संरचनालाई पुर्नवहाली गर्न मै थियो । परम्परादेखि पञ्चहरु मार्फत समाजको काम गर्ने चलनलाई नै राजनैतिक प्रणालीमा ढाले । पञ्च नाम नलिए पनि त्यो पद्धतिको प्रभावकारीता अहिलेसम्म छँदैछ । नागरिक समाज, बुद्धिजीवि आदिको नामले समाजमा गरिने काम त्यही प्रणाली हो । तर यस्ताको कुनै वैधानिक हैसियत नभएकाले जिम्मेवारीबाट पन्छन् सजिलो भएको छ । पञ्चायतमा भने जिम्मेवारी बहन गर्नुपर्ने गरेर वैधानिकता दिईएको थियो ।

राजनीतिमा अनुभव भए पनि वा नभए पनि आफ्नो समाजको भलो गर्न र सेवा गर्न स्वतन्त्र व्यक्तिहरु सफल भए । यस्ता व्यक्तिहरुलाई पञ्च कार्यकर्ता भनिन् थाल्यो । समाजमा उनिहरुले ईज्जत र प्रतिष्ठा कमाउन थाले । काम गर्न सघाउन हरेक एकाईलाई सचिव दिईयो । यस्ता सचिवहरुलाई तालिम दिन प्रशिक्षण केन्द्रहरु खोलिए । यी प्रशिक्षण केन्द्रहरुमा पञ्च कार्यकर्ताहरुलाई पनि प्रशिक्षण दिने वन्दोबस्त भयो । पढेलेखेका कम हुने त्यो समयमा मुलुकभरिका स्नातकहरुलाई पनि शासन व्यवस्थामा समेटने प्रयत्न भयो । राष्ट्रिय पञ्चायतमा स्नातकहरुले आफ्नो प्रतिनिधि पठाउने व्यवस्था बन्यो ।

विभिन्न वर्गलाई पनि मुलधारमा ल्याउन वर्गिय संगठनहरु भए । वर्ग संघर्ष भन्दा वर्ग समन्वयको बाटोले समाज र मुलुकमा प्रगति हुन्छ भन्ने सोच वन्यो । गुण र दोषको आधारमा, कामको आधारमा कसैको समर्थन वा विरोध हुनु पर्दछ भन्ने यो व्यवस्थाको मुल मर्म थियो । यसले यो मेरो मान्छे यो तेरो मान्छे भनेर टाउको गन्ने गुटगत राजनीति मौलाउन कठिन थियो । सबै कुरामा स्वतन्त्रता भए पनि गुट निर्माणमा बन्देज थियो, राष्ट्रघातमा बन्देज थियो, साझा आस्थाको अनादार बन्देज थियो । यसले पञ्च कार्यकर्तालाई समाजमा प्रतिष्ठा मिलेको थियो । गुण दोषको आधारमा साथ वा विरोध हुनाले स्वअनुशासित समाजको निर्माण हुँदै थियो ।

व्यवस्था, प्रणाली, काम, कर्तव्य तथा अधिकारको बारेमा कोही अनभिज्ञ नहोस भनेर पाठ्यक्रममा पञ्चायत पनि एक विषय राखिएको थियो । राष्ट्रलाई माया गर्ने, नैतिक र चरित्रवान पुस्ता तैयार हुन निमित्त कार्यशालाको काम गर्न राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल खडा गरियो । दु:खको कुरो यो भयो कि त्यो विद्यार्थी मण्डल मात्र केही बर्ष रह्यो अनि मण्डलेमा परिणत भयो । समाजलाई उज्यालो तिर डोर्‍याउने काममा सहयोग र निर्देशन पुगोस भनेर प्रशासन र पञ्चकार्यकर्ताहरुसँग गरिएको मण्डलको सहज पहुँचको दुरुपयोग भयो ।
केही चतुर पञ्चहरु, छट्टु प्रशासकहरुले विद्यार्थी मण्डललाई आफ्नो युवादस्तामा परिणत गरिदिए । सबै नेपालीको समान पहुँचको अवधारणमा निर्मित व्यवस्थामा महापञ्च बन्ने रोग लाग्यो । यस्तो बेलामा निर्देशन र नियन्त्रण हुनको साटो चाकरी चाप्लुसी र चुक्लीको भूमिका बलियो हुनलाग्यो । केही प्रशासक र महापञ्चका कारण पञ्चहरुले प्रतिष्ठा गुमाउदै जान थाले । उल्टो २०३२ सालमा संविधानको दोश्रो संसोधनले पञ्चायतलाई एक दलिय व्यवस्थामा परिणत गरिदियो ।

पञ्चर्‍यालीहरुको बाढी आउन थाल्यो । पञ्च सम्मेलनहरु आम घटना हुन लागे । जनतालाई गाडीमा कोचेर र्‍यालीमा भिड गरेर शक्ति प्रदर्शन गर्ने संस्कारको नेपालमा जन्मदाता तिनै महपञ्चहरु हुन । जनतामुखी भनेर आरम्भ गरिएको व्यवस्था त्यसको ठिक उल्टो केन्द्रमुखी बन्न पुग्यो । देश बनाउन सबैको बरावर हक भएको राजा महेन्द्रको कुरालाई पाखा लगाएर पञ्चायत नीति जाँचवुझ केन्द्र, अनि गाउँफर्क राष्ट्रिय अभियानको समाजिक स्वरुप मारेर इतर र भितर वर्ग पैदा गर्ने औजार बनाईयो । अब विद्यार्थी मण्डलले अपमानजनक नाम मण्डले पायो र पञ्चले पञ्चे हुनु पर्‍यो ।

यो विनाश गर्नेहरु भने पञ्चायत पछि पनि कुनै न कुनै रुपमा शासनको हिस्सा भई रहे । यो गणतन्त्रमा पनि तिनैको बोलवाला छ । इमान्दार पञ्च कार्यकर्ताको कमाई अपहरण गरेर पद र प्रतिष्ठा निरन्तर पाई रहेका छन । राजाको काम मान मात्र थापेर बस्ने हैन जनताप्रति मुलुक प्रति कर्तव्य पनि हुन्छ । यो कुरा सम्झाउन खोज्नेहरु महापञ्चका कोपभाजन भए । यो पञ्चबाट पञ्चे र विद्यार्थी मण्डलबाट मण्डलेमा भएको रुपान्तरण महापञ्च हुन पाएका पञ्चे र मण्डलमा ढलीमली गर्न पाएका मण्डलेहरुलाइ त फाप्यो तर पञ्च कार्यकर्ता र नेपाली जनतालाई भने पीडादायक भएको छ ।
विराटनगर–१

प्रकाशन मितिः २०७३ वैशाख २३ गते बिहीवार

थप लेखका थप लेखहरु निरन्तर पढ्न दिइएको फेसबुक पेज चन्द्रसूर्यका सिधाकुरा लाइक गरौं
राजा ज्ञानेन्द्रको शुभकामनाको पूर्ण पाठ

राजा ज्ञानेन्द्रको शुभकामनाको पूर्ण पाठ

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट
नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शूभकामना सन्देश

नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,

२०७२ लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपुगेका छौं । नववर्षको शुभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेका समस्त नेपालीहरुमा सुख, शान्ति, समुन्नतिको लागि कामना गर्दछु ।

विक्रम सम्वतले मिति, तिथि र नेपाली संस्कृतिलाई जोडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ । त्यसका लागि दक्षिण एसियाको भुराजनीतिक सम्वेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ ।

हामीको थियौं, कहां थियौं, अहिले कुन स्थितिमा छौं, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क–कसको कस्तो अर्गेल्याइँछ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको छ । त्यसैले स्वदेशको माटोमा दह्रोसंग खुटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।


आफ्नो भाषा, इतिहास र धर्म संस्कृतिहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन । जय नेपाल ।
राजा ज्ञानेन्द्रको शाही सम्बोधन

राजा ज्ञानेन्द्रको शाही सम्बोधन

२०६१ माघ १९ मा श्री ५ ज्ञानेन्द्रबाट देशबासीको नाममा भएको शाही सम्बोधन

“प्यारा देशवासीहरू,

१. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्वविदितै छ। नेपालको एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणको प्रत्येक मोडमा नेपाली जनता र राजा दुवै मिलेर निर्णायक भूमिका खेलेको इतिहास स्वयं साक्षी छ।

२. आज जनचाहनाबमोजिम देश र जनताका लागि शान्ति पुनःस्थापना गरी बहुदलीय प्रजातन्त्रको रक्षाका लागि फेरि एकपटक ऐतिहासिक निर्णयको घडीमा हामी आइपुगेका छौं। हत्या, हिंसा र विध्वंसले देशलाई विनाशको भिरालोमा पुर्‍याउँदा पनि देश र जनताको नाममा राजनीति गर्नेहरूले देश र जनताको हितप्रति आँखा चिम्लिन छाडेनन्। सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त्रको दुरूपयोग तथा देश र जनताको मूल्यमा व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्ने प्रतिस्पर्धाले परिस्थिति निरन्तर बिग्रने क्रम चली नै रह्यो। राजनैतिको नाममा कानूनी राज्यको सर्वमान्य मर्यादा पनि भंग गर्ने प्रयास भए। बहुदलीय प्रजातन्त्रको सार्थक अभ्यासद्वारा हाम्रा प्यारा जनताले सामाजिक, राजनैतिक एवं आर्थिक न्याय पाऊन् भन्ने हाम्रो चाहनाले मूर्तरूप लिन सकेन। जनहितमा निर्माण गरिएका विकासका पूर्वाधारसमेत ध्वस्त पार्नेजस्ता देश र जनविरोधी अपराध निरन्तर बढ्दै गए। आतंकवादविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति संगठित रूपमा प्रस्तुत हुनुपर्नेमा सत्ताको हानाथापमा लागेर सोझा कार्यकर्तालाई जनहितका लागि बनेका सुविधाहरू ध्वस्त पार्न उक्साउनुलाई नै नेताहरूले राजनैतिको नाम दिन थाले। यसरी निरन्तर बिग्रदै गएको अवस्थामा आतंककारी गतिविधिमा पूर्णविराम लगाएर शान्ति सुरक्षाको पुनःस्थापनाद्वारा जनचाहना पूरा गर्ने संकल्प लिनुपरेको छ।

प्यारा देशबासीहरू,

३. प्रजातन्त्र र प्रगति एक अर्काको परिपूरक हुन्। तर नेपालको विगत केही वर्षको तितो अनुभवले यसलाई असंगति सावित गर्ने चेष्टा गर्‍यो। सत्ताका लागि केन्द्रीत राजनीतिमा नै अल्मल्याएर बहुदलीय प्रजातन्त्रलाई अवमूल्यन गरियो। सरकार टिकाउने र फाल्ने होडमा संसदमा विकृति भित्र्याइयो। कुनै पनि प्रतिनिधिसभालाई आफ्नो अवधि पूरा गर्न दिइएन। प्रजातान्त्रिक प्रक्रिया बेथितिको निरन्तरताले अवरुद्ध हुन थाल्यो। जनताको आशा भंग गर्ने, भरोसा भत्काउने र प्रजातन्त्रमा नै वितृष्णा फैलाउने क्रम बढ्दै गयो। चुनाव गराउन नसकेपछि कसैप्रति पनि उत्तरदायी हुनु नपर्ने अप्रजातान्त्रिक सरकारको अभ्यास सुरु गर्ने तारतम्य मिलाउन खोजियो। जनप्रतिनिधिहरूको शून्यता सिर्जना गर्न सबै दल लिखित रूपमा एकजुट भए, तर यो शून्यता हटाउन मिलेर काम गर्न भने सहमत भएनन्। राजनैतिक दलहरूको संलग्नता र सहमतिमा भएको जनप्रतिनिधित्वबिनाको शासन व्यवस्थाको चाँजोपाँजो जनचाहना तथा बहुदलीय प्रजातन्त्रको मर्यादा अनुकुल थिएन। त्यसैले शीघ्रतिशीघ्र जनप्रतिनिधित्व प्रणालीलाई क्रियाशिल तुल्याउने उद्देश्यले प्रजातन्त्रमा निष्ठा राख्ने सबैलाई हामीबाट आह्वान गरिबक्सेका थियौं। आमजनता, जेठा नागरिक, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलका नेतालाई पटकपटक भेटेर जनमत बुझ्ने र जनचाहना तथा देशको आवश्यकता सम्झाउने प्रयास पनि गरिएकै हो। नेपाल र नेपाली जनताले भोग्नु परिरहेको अशान्ति र ध्वंसात्मक गतिविधिको अन्त गरी देशलाई शान्तिपूर्ण अवस्थामा फर्काउन अब ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनता र नेपालका हितैषीहरूको एकमात्र चाहना भएको तथ्य पनि सम्झाइएकै हो। शान्ति सुरक्षा कायम गरी आमचुनाव गराउन विभिन्न दलका नेतालाई कार्यकारिणी अधिकारसहित मन्त्रिपरिषद् गठन गर्ने अवसर पनि पटकपटक दिइएकै हो। तर परिस्थितिमा सुधार आउन सकेन। मिलेर सरकार नचलाउने, सत्ता बाहिर जाने बित्तिकै सरकारको विरोधमा उत्रने संक्रामक रोगले राष्ट्रिय राजनीतिलाई सिकिस्त बनायो। प्रजातन्त्रसमक्ष आतंकवादले तेर्साएको एकदलीय निरकुंशताको चुनौतीलाई निष्तेज तुल्याउने गम्भीर प्रयास हुनै सकेन। राष्ट्रिय सुरक्षाका विषयमा हलुका टिप्पणी गर्ने बानी हटेन। देश र जनताको सुरक्षाका लागि रातदिन क्रियाशील रहने सुरक्षा निकायका कर्तव्यनिष्ठ अधिकारी तथा जवानको देशभक्तिको सत्प्रयासमा बल पुर्‍याउने जिम्मेवारपन दलहरूमा देखिएन। देश र जनताविरुद्ध चलिरहेको विनाशको दुष्कर्मलाई सदाका लागि अन्त गर्न बहुदलीय प्रजातन्त्रवादीहरूबीच देशहितको बिन्दुमा निष्ठापूर्ण एकता कायम हुन सकेन। दलहरूले जनचाहनाअनुसार राष्ट्रिय प्राथमिकता ठम्याउन पनि सकेनन्।

४. नेपाली जनताले इतिहासमा यस्तो आतंक, सास्ती र शोषण कहिल्यै भोग्नुपरेको थिएन। अपराधीहरूबाट नै दण्डित हुनुपर्ने, आफ्नो वैध सम्पत्ति अपराधीले कब्जा गर्दा पनि जनताका नाममा सत्तामा पुगेकाहरूबाट संरक्षण पाउन नसक्ने, जनताको प्रतिनिधित्व गर्छु भन्ने दलहरू जनताको पक्षमा नउभिने दुरावस्था कुनै पनि प्रजातन्त्रले कहिल्यै पनि भोग्नुपरेको थिएन। नेपाली जनताको चाहना र राष्ट्र हितलाई बेवास्ता गरी प्रायोजित भीडलाई अघि सारेर व्यक्ति वा झुन्डको दुराग्रहलाई राष्ट्रिय एजेन्डा बनाउन सकिंदैन। देश र जनताको भविष्यप्रतिको दायित्वबोधले धेरैपटक घच्घच्यायो। परिस्थिति एउटा यस्तो नाजुक मोडमा आइपुग्यो, जब देश र जनताको हितमा जनभावनाबमोजिम निर्णय लिन हामी बाध्य हुनै पर्‍यो।

प्यारा देशबासीहरू,

५. राजा र जनताबीचको घनिष्ट सम्बन्ध नै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र निर्वाध सार्वभौमसत्ताको मुख्य कवच हो। देश र जनताको हितमा सदा समर्पित रहने राजसंस्था र देशभक्तिको संस्कार भएका जनता नै नेपाल अधिराज्यको इतिहासको गौरवमय परम्पराको निरन्तरतामा लोकसम्मतिअनुसार चल्नु नै राजसंस्थाको अपरिवर्तनीय प्रतिबद्धता रहँदै आएको छ। अधिनायकवाद वा निरंकुशता शाहवंशीय राजतन्त्रात्मक संस्कारकै असंगति हुन्। सामाजिक न्यायमा हामी विश्वास गर्दछौ। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै सबै नेपालीको अटल विश्वास तथा अपरिवर्तनीय प्रतिबद्धता भएको तथ्यसँग हामीले आफूलाई आत्मसात गरेका छौ। शक्तिको केन्द्रीकरण प्रजातान्त्रिक मूल्यविपरीत हो भन्ने हाम्रो ठहर छ। माथिल्लो तहदेखि तल्लो तहसम्म निर्वाचित जनप्रतिनिधिहरूका निकायलाई शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालनको सच्चा हकदार बनाएरमात्रै प्रजातन्त्रको सार्थक अभ्यास गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। कुनै पनि नेपालीले दुःख कष्ट भोग्नु नपरोस, सबैले सामाजिक, आर्थिक र राजनैतिक न्याय निर्वाध पाऊन् भन्ने हाम्रो चाहना छ। शासन सञ्चालनमा आफ्नो चाहनाको पूर्ण मान्यता तथा आफ्नो हितको पूर्ण संरक्षण भएको अनुभूति जनताले सधैं गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ। सबै देशभक्त प्रजातन्त्रवादीको संयुक्त निक्र्यौल, समझदारी र दूरदृष्टिबाट नेपाल अधिराज्यलाई परिपक्व प्रजातन्त्र र लोककल्याणकारी समाज निर्माणको फराकिलो राजमार्गमा उन्मुख गराउने हाम्रो चाहना छ। प्रजातन्त्रवादीहरूबीच राष्ट्रिय हितको मूल नीतिमा द्वन्द्व हुनै सक्तैन भन्ने हाम्रो ठहर छ।

६. नेपाल र नेपालीको हितका लागि दिगो शान्तिको पुनःस्थापना तथा सार्थक प्रजातन्त्रको अभ्यासबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन। राजसंस्था सस्तो लोकप्रीयताबाट होइन, नेपाल राष्ट्र र नेपाली जनताको सर्वोत्तम हित र निरन्तर उन्नतिबाट मात्रै निर्देशित रहन्छ। जनताको प्रभावकारी सुधारको चाहनालाई सबैले सम्मान गर्नै पर्दछ भन्ने हामीलाई लाग्दछ। कसैलाई पनि आफ्नो असहमति व्यक्त गर्न, निराशा प्रदर्शन गर्न हतियार उठाउने बाध्यता महसुस गर्नु नपरोस। जनताको शान्ति नखल्बलाईकन प्रभावकारी ढंगमा असहमति प्रदर्शन गर्ने अवसरको सुनिश्चितता होस भन्ने हाम्रो चाहना छ। प्रजातन्त्रको निष्ठापूर्ण अभ्यास, सार्थक बजारमुखी अर्थतन्त्र, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त विधिको शासन नै जनताको स्पष्ट चाहना हो। प्रजातन्त्रको माध्यमबाट जनतालाई सुखी बनाउनु, युवापुस्तालाई उज्ज्वल भविष्यप्रति आश्वस्त तुल्याउनु र नेपाललाई विश्व समुदायमा सम्मानपूर्ण स्थान दिलाउनु नै हाम्रो एकमात्र चाहना हो। हाम्रा सबै भाषा, सबै जाति, सबै संस्कृतिको समान उन्नतिबाट नै नेपाल अधिराज्यको विशिष्ट पहिचान कायम रहन्छ, सुदृढ रहन्छ।

७. सार्वभौमसत्ता निहित नेपाली जनताको चाहनाबमोजिम देशमा सकेसम्म शान्ति सुरक्षा कायम गरी २०६१ सालभित्र प्रतिनिधिसभाको निर्वाचन प्रारम्भ गर्ने दायित्व निर्वाहको गम्भीर प्रयास हुन सकेन, मतदाता र दललाई निर्वाचनमा सहभागी हुन तयार पारेर कानूनी, व्यवस्थापकीय, प्राविधिक तयारीमा जुट्नुपर्नेमा चुनावको शाब्दिक रट लगाएर, मौखिक तत्परता र आतुरता देखाउनमा नै समय खेर फालियो। राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७को मर्म र भावनाअनुरूप संविधानको धारा २७को उपधारा (३) लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशिल तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ। आगामी ३ वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधार गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन हुने मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ।

प्यारा देशबासी,

८. सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो। सफल प्रजातन्त्र नै सक्कली जनवाद हो। यस्तो जनहितकारी, परिपक्व एवम् सुसंस्कृत र सभ्य व्यवस्थालाई खल्बलाएर, निर्दोष जनतालाई आतंकित तुल्याएर, जनतालाई त्रसित पारी जबरजस्ती चन्दा संकलन गरेर, असहमत हुनेहरूको निर्मम हत्या गरेर, विद्यार्थीहरूलाई अपहरण तथा गुरुहरूलाई पाशविक व्यवहार गरेर, सिधा जनतालाई झूटो आश्वासन र सपना बाँडेर, जनताको हितमा बनेका विकास योजना ध्वस्त पारेर चलाइएको देश र जनता विरोधी अपराध अब बन्द हुनै पर्दछ। अब यस्ता देश र जनता विरोधी अपराधलाई कानूनबमोजिम कडा कारबाही गरिनेछ। हाम्रा सुरक्षाकर्मीलाई देश र जनताको हितमा अझै बढी सशक्त भई आतंकवाद समाप्त गरी शान्ति सुरक्षा पुनःस्थापना गर्न खटाइएको छ। मानव अधिकारको सम्मान र संरक्षणमा राज्यका सबै अङ्ग विशेषरूपमा सतर्क र सजग रहनुपर्दछ। तर राज्य र आतंककारीलाई एउटै तराजुमा तौलिनु न्यायोचित हुंदैन। प्रजातन्त्रमा विश्वास गर्ने सबै शान्तिप्रेमी नेपाली जनताले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सुरक्षाकर्मीलाई साथ दिएका छन् र दिने नै छन्।

९. बाटो बिराएर देश र जनताविरुद्ध हतियार उठाएका, शान्ति र प्रजातन्त्रविरुद्ध अपराधिक कार्यमा संलग्न रहेकालाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनैतिको मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्दछौं। देशभक्तिको मिलनविन्दुमा आफ्नो विचार मुखरित गर्न, आकांक्षा पूरा गर्न तथा देश र जनताको हितमा योगदान दिन सक्ने अवसरको सुनिश्चितता नै बहुदलीय प्रजातन्त्रको विशेषता हो। यो मौकाको उपयोग गरि राष्ट्रिय राजनैतिको मूल प्रवाहमा आउनेहरूका लागि राज्यका तर्फबाट सबै नागरिक सरह अवसर र अधिकार बिनाभेदभाव प्राप्त हुने आश्वासन दिन चाहन्छौ। देश र जनताविरुद्ध आतंककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानूनले छाड्ने छैन।

प्यारा देशबासी,

१०. आतंकवाद विरुद्ध नेपालको संकल्पलाई सराहना गर्दै उदारतापूर्वक साथ दिइरहेका मित्र राष्ट्र, विकास प्रयासलाई अगाडि बढाई राख्न सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ तथा वित्तीय संस्थालाई हामी धन्यवाद दिन चाहन्छौं। भौगोलिक रूपमा परिभाषित हुनै नसक्ने आतंकवादको जोखिमलाई आज विश्व प्रजातन्त्रले समेत भोग्नुपरेको छ। वास्तवमा सानो देश जति सुरक्षित रहन्छ, जति स्थायित्व अनुभव गर्छ, जति सम्पन्न हुन्छ, त्यति नै त्यस क्षेत्र र स्वयम् विश्वको सुरक्षा, स्थायित्व र सम्पन्नता सुनिश्चित हुन्छ भन्ने अनुभूति विश्व समुदायले गरी नै सकेको छ। यसै अनुकुल नेपाल आफ्नो हितमा र विश्व प्रजातन्त्रको हितमा आतंकवादलाई निष्तेज तुल्याउन कटिबद्ध भएको छ। नेपाल आफ्नो लागि शान्ति चाहन्छ, छिमेकीहरू र दक्षिण एसियाका लागि शान्ति चाहन्छ, विश्व शान्तिमा टड्कारो भइसकेको जोखिम हटाउन शान्ति चाहन्छ।

११. यसै क्रममा, बहुदलीय प्रजातन्त्रमा हाम्रो प्रतिबद्धता अपरिवर्तनीय रहेको तथा आर्थिक र संस्थागत सुधार जारी रहने, सार्वजनिक खर्चको उपयोग तथा सार्वजनिक सेवा प्रणालीमा सुधारका प्रयास अझै प्रभावकारी ढंगमा कायमै राखिने, बैंकिङ अनुशासन पुनर्बहाली गरिने, गरिबी न्यूनीकरणसम्बन्धी रणनीति तथा भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चालिने कुरा पनि उल्लेख गर्न चाहन्छौं। दिगो विकास अब नेपालको राष्ट्रिय एजेन्डा भएको छ। अब जनताको सुरक्षा र प्रजातन्त्रको भविष्यलाई जोखिममा पार्न दिइने छैन। नेपालविरुद्ध वा मित्रराष्ट्र विरुद्ध आतंकवादलाई नेपाली माटोमा आश्रय दिइने छैन। मित्रराष्ट्रहरूसँग वास्तविक र व्यवहारिक रूपमा आपसी हितका लागि सकारात्मक सम्बन्धमा जोड दिइनेछ।

१२. निरन्तर झांगिदै गएको भ्रष्टाचारले राजनीति र प्रशासनलाई दुषित बनाएकोमात्र होइन, प्रगतितर्फ अग्रसर हुनुपर्ने देशको पाइला पनि अवरुद्ध पारेको छ। भ्रष्टाचार हाम्रो समाजका लागि धमिरा सिद्ध भइसकेको छ। परिणामस्वरूप कानूनप्रति साधारण जनताको विश्वास धरमराउन थालेको छ। यसैले जनताको चाहना र सुशासनको प्रमुख आवश्यकता पूरा गर्न न्यायको सिद्धान्त उल्लंघन नहुने गरी भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम अविलम्ब चालिनेछ।

१३. प्रजातन्त्र जीवन शैली बनोस्, राजनीति प्रजातान्त्रिक मूल्य र मान्यताबमोजिम चलून्, सबैले सबै क्षेत्रमा प्रजातान्त्रिक विचार पद्धतिलाई इमानदारीपूर्वक अनुसरण गरून्, देश र जनताको हितले मात्रै सबैलाई सधैं निर्देशित गरोस् भन्ने नै हाम्रो चाहना हो। शान्तिपूर्ण वातावरणमा प्रजातान्त्रिक मूल्यहरूलाई जीवन्त तुल्याएर एक उन्नतशील एवम् विश्व समुदायमा सम्मानित नेपाल नै सबै नेपालीको भविष्यको परिकल्पना हो। मानव अधिकारको सम्मान र रक्षाले प्रजातान्त्रिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्नेमात्र हैन, २१ औं शताब्दी सुहाउँदो जीवन प्रणाली र सभ्यताको पनि विकास हुन्छ भन्ने हाम्रो विश्वास छ।

प्यारा देशबासीहरू,

१४. हामीबाट गरिबक्सेको निर्णयबाट जंगी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुन वा अल्मलिनुपर्दैन। आज नेपाल र नेपालीको भविष्यका लागि सर्वप्रथम हामी आफैंले कम्मर कसी अघि बढ्नुपरेको छ। स्वतन्त्र सञ्चार क्षेत्र प्रजातन्त्रको चेतना वृद्धि गर्ने माध्यम हुन्। राष्ट्रिय हितको संवर्धनमा यसको विशेष भूमिका रहन्छ। शासन शैलीसँगै जीवन पद्धतिलाई नै प्रजातान्त्रिक मूल्य र आदर्शबाट प्रेरित बनाउन सञ्चार माध्यमले सशक्त योगदान दिनेछन् भन्ने हामीले विश्वास लिएका छौं। यसै कुरालाई मनन् गरेर बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले आ-आफ्नो कर्तव्य पालन गर्नेछन र सबै देशबासीको साझा प्रयासबाट जनताको चाहना र देशको आवश्यकता पूरा हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौ।

१५. आज देशले स्पष्ट अठोट गरेको छ। यस अनुकूल निर्णय पनि भएको छ। अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ। देश आतंकवादको चपेटामा परेको बेलामा सम्पूर्ण शान्ति तथा प्रजातन्त्रप्रेमी जनता एक हुनै पर्छ। यसैले अब हामी सामूहिक विवेकबाट प्रभावित हौं, राष्ट्रिय दृष्टिकोणबाट परिचालित हौं। देश र जनताको शान्ति सुरक्षामा खलल पार्ने, प्रजातन्त्रलाई सार्थक बनाउने प्रयासमा छेकबार हाल्ने दुष्प्रयासलाई देश र जनताले सहने छैनन्। तर उदारताको नाममा हामीले हाम्रो जीवन पद्धतिको उच्चतम पक्ष अनुशासनलाई कहिले पनि बिर्सनुहुँदैन। २१ औं शताब्दीको विचार पद्धति पनि यही नै हो। नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि दोहर्‍याउन चाहन्छौ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।

जय नेपाल।”
“नबिराउनु नडराउनु” महेन्द्र दर्शन

“नबिराउनु नडराउनु” महेन्द्र दर्शन

स्वयम्भुनाथक कार्की
राजा महेन्द्रले शासनको बागडोर हातमा लिंदा स्वभाविक रुपमा नै सर्वत्र एक प्रकारको अन्यौलता थियो । यो अन्यौलता अस्वभाविक भने थिएन । पचास र साठीको दशकमा संसारमा धेरै परिवर्तनहरु भए । धेरै राजनैतिक नेतृत्व, व्यवस्था आदि परिवर्तन भए । यी हरेक परिवर्तनहरु हिंसात्मक नै भए, परिवर्तन पछि कतै विकरालरुपमा र कतै अलिअलि प्रतिशोधात्मक कारवाही भए । यो त्यो वेलाको र केही रुप परिवर्तनको साथमा वर्तमानको पनि प्रवृति हो । तर अनेकौ आशंका र अन्योलतालाई चिर्दै सत्रसालको परिवर्तनले त्यस्तो केही गरेन ।

शुरुमा केही सय मान्छे पक्राउ परे, यो पक्राउमा गोलीको त कुरै भएन लाठीसम्म चलेको पनि चर्चा वा प्रमाण पाईएको छैन । पक्राउ परेकाहरु कोही तुरन्तै छुटे भने बिपी लगायतका केही नेताहरु भने ढिलो छुटे । जो निर्वाशनमा गए त्यो स्वेच्छिक थियो, मुलुकमा रहन अनुकुल नभएर होईन । यस कुरालाई बिपीको आत्मवृत्तान्तको परिच्छेद ६१ को अन्त तिर उल्लेखित कुराले बल पुग्छ । विपी भन्दछन “तर हिन्दुस्थान गएपछि, त्यत्रा काण्डहरु गरेर फर्केर आउँदा, मलाई लाग्छ, एउटा आयाम विस्तारित भयो । हिन्दुस्थान जाने अरु कुनै कारण थिएन” ।

राजाले शासन हातमा लिएको बेलामा सबैजसो स्थानको नेतृत्व र असरदार तथा सामान्य सबै पदमा नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकाहरु नै थिए । तर राजालाई आफ्नो मान्छे भन्दा योग्य मान्छेको आवश्यकता थियो । त्यसैले अब व्यवस्था वदलियो आफूलाई के होला भनेर भयभित भईरहेकालाई राजा महेन्द्रले “नबिराउनु नडराउनु”  भन्ने दर्शन दिए । आस्था सिद्धान्त जे जस्तो  भए पनि देश हितमा सहकार्य गर्न आव्हान गरे । यो नै वर्तमानको आलोचित “महेन्द्रको राष्ट्रवाद” । आफ्नो शासनकाल भरी नै उनले हमेशा आफ्नो कामको आलोचना प्रति सहिष्णु मात्र भएनन् विवेचनले आवश्यक देखेको कुरा अंगिकार पनि गरे ।
केही अपवाद नभएका होईनन्, कुनै कुनै कुरामा कसैमाथि आस्थाको आधारमा कारवाही पनि भए । तर यस्तो कुराको जानकारी हुने वित्तिकै त्यस्ता कुराहरु रोकेका उदाहरण पनि पर्याप्त छन् । यहि कारण नै हो समय र परिस्थितिले एक अर्काको विरोधीको रुपमा खडा गरेका राजा महेन्द्र र वीपी व्यक्तिगत हैसियतमा भने मित्र थिए । बिपीको नेतृत्वको नेपाली कांग्रेसले हमेशा नेपालको एकताको सुत्रको रुपमा राजसंस्था देख्यो भने राजसंस्थाले लोकसम्मतिको अनुसार काम हुनुपर्ने प्रजातान्त्रिक प्रणाली शासन व्यवस्थाको अभिन्न अंग मान्यो ।

राजा र नेपाली कांग्रेसको लामो संघर्षको क्रममा दुवै पक्षबाट यी मान्यतालाई ठेस पुग्ने केही घटनाहरु नभएका भने होईनन् । तर यी घटनाहरु अपवाद थिए, बिपीले पनि नेपाली कांग्रेसका तर्फबाट भएका यस्ता घटनाहरुलाई यथासंभव सच्याए र राजसंस्थाले पनि त्यसै गर्‍यो । झलक्क हेर्दा विपरित जस्तो लाग्ने राजसंस्था र प्रजातन्त्र नेपालमा भने वास्तवमा एकअर्काका पुरक र आधार थिए । यहि नै मुल कुरा हो बिपीवादको । यी दुवैको द्वन्द्ववाट मथेर निक्लेको राम्रो कुराको प्रयोग र नराम्रो कुराको त्याग बिपीवाद हो भने बाटो निर्वाध बनाउन सबै कुरा समाप्त पार्दै लैजाने कुरा जिपीवाद हो ।

मुलुकको हितमा भएको कुरा आफु अनुकुल नभए पनि रहनु पर्दछ भन्ने बिपीको कुराको उल्टो आफु अनुकुल बनाउन सबै कुरा समाप्त पार्दै जाने गिरिजाको चिन्तन नेपाली काँग्रेसमा हावी भयो । जसरी भए पनि आफ्नो वर्चश्व कायम राख्न सफल भएको गिरिजापथलाई १३औं महाधिवेशनमा अहिलेसम्म खुम्चेर बस्नु परेको बिपीपथले चुनौति दिएको छ । तुरन्त व्यक्तिगत लाभ हुने गिरिजापथलाई मुलुक नीति सिद्धान्तलाई व्यक्तिगतलाभ भन्दा मुख्य मान्ने बिपीपथले प्रतिस्थापन गरिहाल्न संभव होला वा नहोला, तर बिपीपथ मुर्छाबाट जाग्नु पनि ठूलो कुरा मान्नै पर्दछ ।

त्यसमाथि राजा महेन्द्रको “नविराउनु नडराउनु” भन्ने दर्शन र मुलुक बनाउन हाम्रो हैन राम्राको खाँचो छ भन्ने उनको कार्यनीति पनि मिसाउन आवश्यक छ । यसो भएको अवस्थामा छिमेकीको त के कुरा पुरा विश्वको पनि नेपालीले परवाह गर्नु पर्ने अवस्था आउदैन । एक ट्यांकर इन्धनले मुलुक हल्लाउन सफल हुनु नै राष्ट्रवाद कमजोर हुनु हो । आन्तरिक रुपमा बलियो भएमा शरिरमा पनि कुनै रोगले आक्रमण गर्न सक्दैन । त्यस्तै आन्तरिक रुपमा वलियो भए राष्ट्रमा पनि बाहिरी शक्तिले खेल्ने मौका पाउन्न ।

राष्ट्र बलियो हुन नागरिकको एकता आवश्यक पर्दछ । अनि एकता फरक विचारलाई सहमतिको नाममा थिचेर हैन उसको सम्मान गरेर कायम गर्न सकिन्छ । सहमतिको नाममा बहुलवादलाई समाप्त पार्न अरु वा आफुलाई नै बदल्ने गिरिजापथले मुलुक कमजोर भएको अनुभूति नेपाली कांग्रेसमा पलाएको प्रमाणको रुपमा अहिले खुलेरै बिपीपथ र गिरिजापथको बहस प्रारम्भ भएकोलाई सकारात्मक लक्षण भन्न सकिन्छ । प्रजातन्त्रमा राष्ट्रवादको मुकुट लागोस यहि नै सर्वोत्कृष्ट व्यवस्था हो ।

विराटनगर–१
प्रकाशन मिति २०७२ फागुन २० गते बिहीबार
अरबलाई अरब किन भनियो ? हिन्दूहरुसँग अरवको के सम्बद्ध छ ?

अरबलाई अरब किन भनियो ? हिन्दूहरुसँग अरवको के सम्बद्ध छ ?

–प्रवीण अधिकारी
भृगु ऋषिका नाति शुक्राचार्यको छोरोको नाउँ " और्व " हो ! ऐतिहासिक रुपमा अरव ऋषि और्वकै नाउँबाट राखिएको हो ! "हिस्ट्री अफ पर्शिया" का लेखक साइक्सले उल्लेख गर्दै भनेका छन् अरबको नाम और्व ऋषिको नाउबाट राखिएको हो र विकृत हुदै "अरब" हुन् पुगेको हो ! हाम्रा पौराणिक ग्रन्थहरु अनुसार यस भूखण्डको उत्तर-पश्चिम क्षेत्रलाई इलावर्त भनिन्थ्यो जहाँ दैत्य र दानव रहने गर्दथे ! यो ईलावर्तमा अहिलेको रुसको एशिया खण्डको दक्षिणी-पश्चिमी भूभाग र ईरानको पूर्वी भूभाग समेटिएको थियो ! आदित्यहरु(देवगण)को वासस्थान नेपालको उत्तर-पूर्वमा रहेको हिमालय क्षेत्र हो ! बेबीलोनको प्राचीन गुफाहरुमा भेटिएको पुरातात्त्विक बस्तुहरुमा र गुफाको भित्तामा भेटिएका चित्रहरुमा भगवान विष्णु र हिरण्यकशिपुको भाई हिरण्याक्ष संग युद्ध गरेको चित्र भेटिएको कुरा कुनै पनि हिन्दूले बिर्सिनु हुदैन !


त्यतिखेर अरब ठूलो व्यापारिक केन्द्रको रुपमा थियो ! यसैकारण देव, दानव र दैत्य बीच इलावर्तकै कारण त्यसको विभाजनको बिषयलाई लिएर १२ पल्ट 'देवासुर संग्राम' भएको थियो ! देवताहरुको राजा ईन्द्रले आफ्नी छोरी जयन्तिको बिहे शुक्राचार्य संग गर्नुको उद्द्येश्यनै शुक्राचार्यलाइ देउताको पक्षमा ल्याउनु थियो तर शुक्राचार्यले मानेनन् ! शुक्राचार्य जिद्धि स्वभावका भएका हुँदा विश्व बिजेता दैत्यराज बलिले शुक्राचार्यले भनेको नमान्दा दिक्क मानेर उनि आफ्नो नाती और्व ऋषिका समिप अरब आइ १० वर्ष बसेका थिए ! साइक्सले आफ्नो इतिहास ग्रन्थ "हिस्ट्री अफ पर्शिया" मा लेखेका छन् 'शुक्राचार्य लिव्ड टेन इयर्स इन अरब'! अरबमा शुक्राचार्यको धेरै सम्मान गरिएको थियो ! शुक्राचार्यलाई सम्मान गरिएको ठाउँ लाइनै अहिले 'काबा' भनिएको हो ! त्यो कावा 'काव्य शुक्र' (शुक्राचार्य , उनलाई कवि पनि भनिन्छ ) को सम्मानमा निर्माण गरिएको आराध्य देव शिवको मन्दिर हो जुन 'काव्य' नाम पछि विकृत भएर 'काबा' हुन् पुग्यो ! अरबी भाषामा 'शुक्र' को अर्थ 'ठूलो ' अर्थात 'जुम्मा' यसैकारण भनिएको हो र यसै दिनलाई अर्थात 'जुम्मा' (शुक्रवार) लाइ मुसलमानहरु पवित्र दिन मान्दछन !
"बृहस्पति देवानां पुरोहित आसीत्, उशना काव्योऽसुराणाम्"-जैमिनिय ब्रा.(०१ -१२५ )
अर्थात बृहस्पति देउताहरुका पुरोहित थिए र उशना काव्य (शुक्राचार्य) असुरहरुका पुरोहित थिए !
प्राचीन अरबी काव्य संग्रह गंथ 'सेअरूल-ओकुल' को २५७ औं पृष्ठमा हजरत मोहम्मद भन्दा २३०० वर्ष पहिले ईसा मसीह भन्दा १८०० वर्ष पूर्व जन्मिएका लबी-बिन-ए-अरव्तब-बिन-ए-तुरफाले आफ्नो प्रसिद्ध कवितामा हाम्रो भूमि र वेद प्रति सम्मान गरेको कविता हेरम -
"अया मुबारेकल अरज मुशैये नोंहा मिनार हिंदे।
व अरादकल्लाह मज्जोनज्जे जिकरतुन।१ ।
वह लवज्जलीयतुन ऐनाने सहबी अरवे अतुन जिकरा।
वहाजेही योनज्जेलुर्ररसूल मिनल हिंदतुन।२ ।
यकूलूनल्लाहः या अहलल अरज आलमीन फुल्लहुम।
फत्तेबेऊ जिकरतुल वेद हुक्कुन मालन योनज्वेलतुन।३ ।
वहोबा आलमुस्साम वल यजुरमिनल्लाहे तनजीलन।
फऐ नोमा या अरवीयो मुत्तवअन योवसीरीयोनजातुन।४ ।
जइसनैन हुमारिक अतर नासेहीन का-अ-खुबातुन।
व असनात अलाऊढ़न व होवा मश-ए-रतुन।५ ।"

अर्थात-(१ ) हे हिन्दूहरु बस्ने पूण्य भूमि (मिनार हिंदे) तिमी धन्य छौ , ईश्वरले आफ्नो ज्ञानको लागि तिमीलाई छानेको हो ! (२ ) ईश्वरको ज्ञान प्रकाश, जुन चार प्रकाश स्तम्भ समान भई सम्पूर्ण जगतलाई प्रकाशित गर्दछ , यो हिन्दूहरु बस्ने (हिंद तुन) भूमिमा ऋषिहरु चार किसिमले प्रकट भए ! (३ ) र परमात्मा ले यस संसारका मान्छेहरुलाई आज्ञा दिएर भने वेद, जो दिब्य ज्ञान हो , सोही अनुसार आचरण गर ।(४ ) वेद ज्ञानको भण्डार साम र यजुर हो , जसलाई ईश्वरले प्रदान गरे ! यसैले , हे मेरा भाइहरु वेद निर्दिष्ट कुराहरु तिमीहरु पनि स्वीकार यसले हामीलाइ मोक्षको मार्ग बताउद्छ !(५ ) र बाँकी दुई रिक्, अतर (ऋग्वेद, अथर्ववेद) ले हामीलाई भ्रातृत्वको शिक्षा दिन्छन , यसबाहेक जो इनका शरण पर्न आउछन ती कहिल्यै अन्धकारमा छिर्दैनन !
इस्लाम धर्मका प्रवर्तक मोहम्मद वैदिक परिवारमा हिन्दू स्वरुपमा जन्मिएका थिए ! उनले आफ्नो सम्बन्ध हिन्दू परिवारको पारीवारिक परम्परा र वंश परम्परा संग तोड़ने बिचारले आफुलाई पैगम्बर घोषित गर्ने निश्चय गरे , उनको यो निर्णयले उनको तत्कालिन संयुक्त हिन्दू परिवार छिन्न-भिन्न हुन् गयो र काबामा रहेको ठूलो शिवलिंग (संगे अस्वद) रक्षार्थ हुन् गएको युद्धमा पैगम्बर मोहम्मदका काका उमर-बिन-ए-हश्शाम मारिन पुगे ! उमर-बिन-ए-हश्शामलाई अरब मुलुकमा तथा केन्द्र काबा (मक्का) मा यती धेरै सम्मान दिइन्थ्यो कि सम्पूर्ण अरबी समाज, जो भगवान शिवका भक्त थिए एवं वेद तथा हिन्दू देवी-देवताहरुका अनन्य उपासक थिए , उक्त शिव लिंगलाई अबुल हाकम अर्थात " ज्ञान को पिता " भनेर पुकार्थे ! पछि मोहम्मदको नयाँ सम्प्रदायले शिवलाई ईर्ष्या बश अबुल जिहाल " अज्ञान को पिता " भन्न थाल्यो !
मोहम्मदले मक्कामा आक्रमण गर्दा , त्याँहा बृहस्पति, मंगल, अश्विनी कुमार, गरूड़, नृसिंह आदिका मूर्तिहरु थिए र एउटा मूर्ति तत्कालिन विश्वविजेता राजा बलिको पनि थियो ! उनि दानी भएकोले तत्कालिन समाजमा प्रसिद्धि पाएका थिए त्यसकारण उनको एउटा हात सुनको राखिएको थियो ! 'Holul' को नामले चिन्हिने यो मूर्ति त्याँहा इब्राहम र इस्माइल मूर्त्तिहरुको छेउमै राखिएको थियो ! मोहम्मदले ती सबै मूर्त्तिहरु फ़ोड्फ़ाड गरेर त्यहींको ईनारमा फ्यालिदिए ! त्यसमध्ये पनि भाचिएको शिवलिंगको एउटा टुक्रा आज पनि काबामा छदै छ ! त्यै शिवलिंगलाइ प्रत्येक मुश्लिम व्यक्तिले सम्मानपूर्वक हेर्दछ र हज गर्दा प्रत्येक मुसलमानले त्यो कालो शिवलिंगलाइ 'संगे अस्वद' भनी आदर सम्मानका साथ् म्वाइ खान्छ !
प्राचीन अरबीहरुले सिन्धलाइ सिन्ध नै भने पनि हिन्दूहरु बस्ने ठाउँलाई चाहि हिन्द भने ! यहि कुरालाइ हाम्रा तताकथित बोक्रे बिद्वानहरुले सिन्धुबाट हिन्दू भएको भनि प्रष्ट्याए ! सिन्धुबाट हिन्दू भएको भंनेकुरो हास्यास्पदमात्र होइन अबैज्ञानिक पनि छ किनभने इस्लाम धर्मका प्रवर्तक मोहम्मद जन्मिनु भन्दा २३०० वर्ष अघि सम्म अर्थात लगभग १९०० ईश्वी बर्ष पहिला अरबमा हिंदू शब्द जस्ताको त्यस्तै आजकै अर्थमा प्रयोग हुन्थ्यो ! अरब मुलुकको प्राचीन समृद्ध संस्कृति वैदिक थियो ! त्यस बेला ज्ञान-विज्ञान, कला-कौशल, धर्म-संस्कृति कोलागि तिनीहरुको पूर्व संगको सम्बन्ध प्रगाढ थियो !
अरबी काव्य संग्रह ग्रंथ ' सेअरूल-ओकुल' को २५३ औं पातोमा हजरत मोहम्मदको काका उमर-बिन-ए-हश्शामको कविता छ जसमा उनले हिन्दू शव्दको प्रयोग आदर र सम्मानका साथ् गरेका छन ! 'उमर-बिन-ए-हश्शाम' को कविता नयी दिल्ली स्थित श्री लक्ष्मीनारायण मन्दिर (बिड़ला मन्दिर) को वाटिकामा रहेको यज्ञशालाको रातो ढुङ्गामा यस प्रकार लेखिएको छ -
" कफविनक जिकरा मिन उलुमिन तब असेक ।
कलुवन अमातातुल हवा व तजक्करू ।१ ।
न तज खेरोहा उड़न एललवदए लिलवरा ।
वलुकएने जातल्लाहे औम असेरू ।२ ।
व अहालोलहा अजहू अरानीमन महादेव ओ ।
मनोजेल इलमुद्दीन मीनहुम व सयत्तरू ।३ ।
व सहबी वे याम फीम कामिल हिन्दे यौमन ।
व यकुलून न लातहजन फइन्नक तवज्जरू ।४ ।
मअस्सयरे अरव्लाकन हसनन कुल्लहूम ।
नजुमुन अजा अत सुम्मा गबुल हिन्दू ।५ ।

अर्थात् - (१ ) त्यस्तो मान्छे , जसले सारा जीवन पाप कर्म र अधर्म गर्दै बिताएको छ, काम- क्रोध गर्दै आफ्नो यौवन बिताएको छ ! (२ ) यदि उ पश्चाताप गरी अरुको भलो गर्ने उद्द्येश्यले फर्किन चाहान्छ भने त्यस अवस्थामा उसको कल्याण सम्भव छ ? (३ ) भन्दै द्विविधामा रहेको व्यक्तिले यदि अशल नियतले शिवजीको पूजा गर्दछ भने उसले धर्म-मार्ग अंगाल्दा उच्च भन्दा उच्च पद पाउन सक्तछ ! (४ ) हे प्रभु ! मलाई सम्पूर्ण जीवन दिन नसके पनि एक दिन मात्र भएपनि हिन्दू मुलुकमा बस्न देउ त्याँहा पुग्न पाए मेरो मान्छेको चोला धन्य हुनेछ ! (५ ) त्यहाँ पुग्न पाए सबै शुभ कर्म प्राप्ति गर्न सक्थे आदर्श गुरूजनहरुको (गबुल हिन्दू) सत्संग गर्न पाउथे ! 

प्रकाशन मितिः २०७२ मंसिर २६ गते शनिवार

प्रस्तुत लेख प्रवीण अधिकारीको फेसबुक वालबाट साभार गरिएको हो ।
सत्र सालको चर्चित शाही घोषणाको चिरफार

सत्र सालको चर्चित शाही घोषणाको चिरफार

– स्वयम्भुनाथ कार्की

आम चुनावमा बहुमत प्राप्त दलको सरकार र संसद विगठन गरेर आफ्नो हातमा शासन लिंदा के कारण बताईएको थियो ? यो कदम केका निमित्त थियो र त्यसपछि भए गरेका कामहरु यो घोषणका परिपुरक थिए वा विपरित थिए ? यस्ता प्रश्नहरुमा कुनै विवेचन गर्न आवश्यक नठानिनु र सिधै यसलाई राजाको महत्वाकांक्षा मात्र भनिनु उचित हुँदैन । यो घटना र त्यसपछिको नेपालको शासन व्यवस्था अव इतिहासको सम्पत्ति भई सकेको छ । त्यसैले यसको समर्थन वा विरोधमा तर्क गर्नुको साटो यसको विवेकपुर्ण विवेचन गरिनु पर्दछ । यस्ता विवेचनले विगतबाट पाठ सिकेर उज्वल भविष्यको निर्माण गर्न सघाउ पुग्छ ।

सत्र साल पुष १ गतेबाट २८ साल माघ १७ गते राजा महेन्द्रको कार्यकाल रह्यो । यो कार्यकालमा भएका काम, त्यो कामको आधार भएको सोच राजा वीरेन्द्रको पालमा आमुल परिवर्तन भयो । केहि यस्ता परिवर्तन भए जसले मुल सोच र कार्यनीतिको विपरित जस्तो स्वभाव देखाए । त्यसैले १७ सालको निरन्तरता केवल २८ सालको माघसम्म मात्र मान्नु पर्ने हुन्छ । स्वयं राजा वीरेन्द्रको २८ देखि ५८ सम्मको कार्यकालमा पनि व्यवस्था स्थिर रहन सकेन ।

उनको कार्यकाललाई २८ देखि ३२, ३२ देखि ३६, ३६ देखि ४६ र ४६ देखि ५८ गरेर चार खण्डमा विभाजन गर्न सकिन्छ । यसको विवेचन यो आलेखको विषयवस्तु होईन । तर पनि परम्परागत मान्यता अनुसारको “सर्वोच्च संरक्षक राजा” भन्दा वेलाईतको “आलंकारिक राजा” हुन चाहेको जस्तो छनक भने पाईन्छ । ढुँगालाई पनि भगवानको प्रतिरुप मानेर त्योसंग पनि केही गर्ने आशा राखिने पुर्वेली संस्कारसँग आलंकारिक राष्ट्रप्रमुख व्यवहारिक हुँदैन थियो । वेलाईती उपनिवेश भएका मुलुकहरुमा लामो समय त्यहाँको आलंकारिक राजसंस्था मानेको बानी भएकाले भारत लगायतका मुलुकमा थपना राष्ट्रप्रमुखको अवधारणा सफल देखिन्छ । तर यो औपनिवेशिक अवशेष हो ।

१७ सालको घोषणामा भनिएको छ “ऐन र कानूनको मर्यादा नराखी छिटोछरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशका प्रशासनयन्त्र निस्क्रीय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरूपयोग हुँदा भ्रष्टाचार बढ्नुका साथै अनेकन भ्रान्ति पैदा गराई प्रशासन यन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रीमण्डल विल्कुल असमर्थ भएकाले र अराष्ट्रिय तत्वहरूले धैरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पुर्‍याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेका” । यस खण्डमा लगाईको कुनै पनि आरोपको खण्डन भएको छैन । बरु विभिन्न तात्कालिन नेताहरुले यस्तो अवस्था रहेको कुरा आफ्ना अन्तरवार्ता, लेख, अभिव्यक्ति आदिमा प्रकट गर्दे आएको भेटिन्छ ।

वीपीको आत्मवृत्तानका कयौं स्थानमा आफुले उचित लागेको काम गर्दा अरु कुनै कुराको परवाह नराखेको उल्लेख भेटिन्छ । जव कुनै सत्ता संचालकले आफुलाई उचित लागेको भनेर जसरी भए पनि आफ्नो मर्जीको काम गर्न थाल्छ तव त्यहाँ असामाजिक, अराष्ट्रिय, अवान्छित आदि तत्वहरुले परश्रय पाउने गर्दछन् । घोषणमा उल्लेख छ “देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समयसमयमा जनप्रतिनिधिहरू र सरकारमा रहेका व्यक्तिलाई समेत कर्तव्यबाट च्युत नहुने संकेत गरेको कुरा पनि सबैले सम्झेकै हुनुपर्छ” । यसको अर्थ राजाले आफुलाई तात्कालिन संविधानले दिएको सचेत गराउने जिम्मेवारी निर्वाह गरेका थिए ।

विभिन्न व्यक्तिहरुको सार्वजनिक भएका स्मरणहरुमा यसबेला राजाले केही कदम चाल्छन् भन्ने आशंका भएको कुरा आएका छन् । यो आशंका हुनुपर्ने गरेर केही न केही घटनाहरु भएकै हुनु पर्दछ भनेर गरिने अनुमान सहज अनुमान हो । थप भनिएको छ “विश्लेषण र वस्तुस्थितिको कार्यान्वयन बिना कोरा सिद्धान्तका आधारमा उठाइएका आर्थिक कदमले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दूषित वातावरणमात्र पैदा गरेकाले राष्ट्रको हित तथा प्रजातन्त्रका निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नहुने” । कार्यक्रम, योजना र घोषणहरु मुलुकको धरातलिय यथार्थ भन्दा “उडी छुनु चन्द्र एक” भन्ने सोचले प्रेरित भएको संकेत गरेको छ । कार्यकारी स्थानमा बसेर कल्पनाको उडानले विकृति निम्त्याउछ नै ।

परिवर्तनले राज्यका हरेक अंगहरुमा अन्यौलता ल्याउने गर्दछ । त्यसलाई पनि यो घोषणमा संवोधन गरिएको छ । संवोधन मात्र हैन त्यो अनुसार काम भएको कुराका प्रमाणहरु छरप्रष्ट छन् । घोषणा भन्दछ “यस व्यवस्थाबाट सरकारी, जंगी तथा निजामती कुनै कर्मचारीले आफ्नो जिम्मेवारी, कामकर्तव्यबाट विचलित हुनु वा अल्मलिनु पर्दैन र सबैले आ–आफ्नो स्थानबाट आफ्ना कर्तव्य पालना गर्नेछन् र साथै सबै देशबासीको सदिच्छाले नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ । परराष्ट्र विषयमा हामीले दृढतापूर्वका आफ्नो तटस्थता अपनाई सबै मित्र राष्ट्रसँग मित्रताको नीति नै कायम राख्नेछौं र हामी देशमा र विश्वभर शान्ति र मित्रताको कामना गर्दछौं ।”

यसरी यो घोषणा, यसपछिका व्यवहार आदि कुनै कुराले पनि आक्षेप लगाईएजस्तो जनताको अधिकार खोसेको पाईन्न । बरु जनतालाई दल, जातजाती, क्षेत्र आदि कुनै पनि भेदभाव वेगर राष्ट्रहितमा सामेल गरिएको पाईन्छ । जहाँसम्म बहुमत प्राप्त सरकार अपदस्थको कुरा छ वीपीको आत्मवृत्तान्तमा उल्लेखित कुरा नै यो प्रविधिक बहुमत थियो भन्ने प्रमाणित हुन्छ । विरोधी दलको नेता भरत शम्सेरको आफ्नो दलले वीपीलाई समर्थन गर्ने वाचा गरेपछि सरकार माथिको संकट टरेको थियो । व्यवहारिक र प्राविधिक बहुमतको यो फरकबाट आँखा चिम्लन मिल्दैन । एउटै कुरा भने सही हो राजा महेन्द्रले दल मन पराएनन्, दलले सर्वसाधारणको अधिकार हनन गर्दछ भन्ने मान्यता अन्तसम्म राखे ।

प्रकाशन मितिः २०७२ फागुन ०६ गते बिहीवार

(लेखकलाई फेसबुकमा फलो गर्न यहाँ क्लिक गर्नुहोस्)
फागु पूर्णिमाको पौराणिक, आध्यात्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व

फागु पूर्णिमाको पौराणिक, आध्यात्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व

–प्रवीण अधिकारी
फागु पूर्णिमा वा होली वशन्त ऋतुको सुरुवाती चरणमा  मनाइने पर्व हो ! हामी खश पर्वतेहरुले हाम्रो पात्रो अनुसार चतुर्दशी तिथिमा पूर्णिमा तिथि मिसिदा ( पूर्व विद्धा ) यो पर्व मनाउछौ भने तराइ क्षेत्रमा होलिका  दहन गरिने भएकोले पूर्णिमा तिथिमा परेवा तिथि मिसिएपछि (परा विद्धा ) मनाइने चलन छ ! पहिलो दिन सन्ध्याकालमा होलीका दहन गरिन्छ भने दोश्रो दिन अवीर ,रंग एक अर्कालाई लाएर अवीर र रंग खेल्ने काम गरिन्छ ! नेपाल   अधिराज्यको  तराइ  क्षेत्रमा  यो चाड मुख्यतः देवर भाउजु बीच रंग खेली मनाइने चाड भए पनि साथीभाई बीच आपसी मनोमालिन्य हटाउन खेल्ने चलन परापूर्व कालदेखि रहेको  पाइन्छ    !

कीर्णौःपिष्टातकौधैः कृतदिवसमुखैः कुंकुमसिनात गौरेः
हेमालंकारभाभिर्भरनमितशिखैः शेखरैः कैकिरातैः।
एषा वेषाभिलक्ष्यस्वभवनविजिताशेषवित्तेशकोषा
कौशाम्बी शातकुम्भद्रवखजितजनेवैकपीता विभाति। -'रत्नावली', १ .११

वैदिक र पौराणिक महत्व:
होली मनाउने वैदिक र पौराणिक मत दुवै  चलन  चल्तीमा  छन् !  वैदिक कालमा यो पर्व नवान्नेष्टि नामले चिनिन्थ्यो ! नेपालको तराई क्षेत्रमा यो  दिन खेतमा पाक्तै गरेका अधकल्चा अन्नहरू होलीका   डढाउन तयार पारिएको अग्निमा अर्पण  गरी प्रसाद स्वरुप खाने चलन चलाइएको देखिन्छ जसलाई  भन्ने गरिन्छ " ओराहा " ! त्यसरी पूर्ण रुपमा नपाकेको अन्नलाई " होला " भनिन्छ ! नयाँ अन्न "होला " अग्निलाई अर्पण गरी मनाइने भएकोले यो पर्व  होलिकोत्सव " हुनपुगेको हो ! प्राचीन संस्कृत साहित्यमा होलीको वर्णन गरिएको छ ! श्रीमद्भागवत महापुराणमा रशको समूहद्वारा  राशको वर्णन ,भगवान कृष्णको लीलाहरुमा होलीको वर्णन , ‘रंग’ उत्सवको वर्णन, कालिदाशको " कुमारसंभवम् "  तथा " मालविकाग्निमित्रम् " ऋतुसंहारमा एउटा सर्गनै ‘वसन्तोत्सव’ भनेर वर्णित भेटिन्छ !

सनातन हिन्दु ग्रन्थमा देवी देउताको मदन , राधा-कृष्णको मदन ,राम सीताको मदन ,उमा महेश्वरको मदन आदि अनेकानेक प्रसंग मिसाएर वर्णन गरिएको छ भने त्यै फागु  प्रह्लाद , हिरण्यकशिपु , आगोमा भस्म  नहुने होलीकाको कथामा प्रह्लादको अर्थ " आनन्द " हुन पुग्छ !  ऋष र उत्पीड़नको प्रतीक होलीका(बाल्ने दाउरा ) बल्दा प्रेम र उल्लासको प्रतीक प्रह्लाद (आनंद) अक्षुण्ण रहन गएको देखाइएको छ  !  होली पर्व प्राचीन भएपनि यसको स्वरुप र उद्देश्य समय संग बदलिदै गएको छ ! प्राचीन कालमा यो पर्व विवाहित महिलाहरुद्वारा  परिवारको सुख समृद्धिकोलागि खेलिन्थ्यो र पूर्ण चंद्रको पूजा गरिने चलन थियो कारण चन्द्रमा यै दिन जन्मिएका थिए !  होलीका दहन गर्ने दिन  सार्वजनिक स्थल या घरको छेउमा झंडा या डंडा गाडी   होलीका अग्निकोलागि दाउरा जुटाई अन्न डढाईने चलन थियो !

कंशको  निर्देशनमा राक्षशनी पुतना श्रीकृष्णलाई मार्न जाँदा उसले श्री कृष्णलाई विषपूर्ण दुग्धपान गराई  ! बालक श्रीकृष्णले उसको दूध चुस्दा चुस्दै  उ मरी र उसको शरीर पनि लुप्त भयो ! नन्द गाउ (मथुरा ) बासीले पुतनाको पुतला बनाई दहन गरेपछि मथुरामा होली मनाउन थालिएको प्रसंग जोडिएको पाइन्छ भने पार्वतीलाई मद्दत गर्न आएका कामदेव   भगवान शिवको तपस्या भंग गर्दा शिवजीको क्रोधबाट भष्म हुन् पुगेपछि शिवलाई शान्त गर्न  शिव र पार्वती बीच बिहे गराइएको थियो !  कृष्णले गोपिनीको बस्त्र हरण गरेको, विष्णु भक्त प्रल्हादलाई मार्न हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई आगोमा होमाएको जस्ता पक्षसँग पनि यो पर्वलाई जोडिएको छ ! फागु पूर्णिमा अर्थात मदनोत्सब वायु पुराण , भविष्य पुराण र महाभारतमा उल्लेखित पर्व हो ! महर्षि नारदको सल्लाहमा तत्कालिन राजा युधिष्ठिरले आफ्ना राज्यमा भएका सम्पूर्ण कैदीहरुलाई उनीहरुका बाँकी सम्पूर्ण कशुर माफ गरी आजैको दिन अभयदान दिएका थिए ! त्यहि अभयदान पाएको बेलादेखि फागू पर्व रंग खेलेर उन्मुक्त भावनामा मनाइने चलन चलेर गएको हो पनि भनिएको भेटिन्छ   !

जे सुकै भएता पनि विभिन्न ४ युग - सत्य  ,त्रेता  ,द्वापर  ,कलीमा होली बिभिन्न किसिमले बेग्लाबेग्लै नामले मनाउदै आइएको पाइन्छ  ! यो पर्व वशन्त ऋतुको संदेशवाहक पर्व भएकोले संगीत र रंग यसको प्रमुख अंग हो ! फाल्गुण  महिनामा मनाइएकोले  फाल्गुनी हुदै  फागु भनिएको हो ! यो पर्व नेपालमा  वशन्त पंचमीमा वशन्त श्रवण गरिसके पछी शास्त्रीय रुपमा  शुरु भएको मानिन्छ !

प्रतीकात्मक अर्थ

अग्निको वासनात्मक आकर्षणलाई प्रतीकात्मक रूपमा जलाएर साँचो प्रेमको विजय हुन् पुगेको खुशीयालीमा विजयोत्सवको रुपमा यो पर्व मनाउन थालिएको प्रसंग पनि कतै कतै उल्लेख गरिएको  देखिन्छ  भने मनुस्मृति अनुसार यसै दिन मनु जन्मिएको तथा ती मनुनै यस पृथ्वीका पहिलो मानव हुन पुगेको हुदा यसैलाई पृथ्वीमा मानव बंशको उत्पत्ति भएको दिन मानी यो उल्लास पर्व मनाउन थालेको बुझिन्छ  ! यसै दिन भगवान बिष्णुको नर-नारायण स्वरुपको जन्म भएको थियो भनेर भगवान विष्णुको २४ अवतार मध्ये चौथो अवतार मानी त्यसैको खुशियालीमा फ़ागु मनाइएको उल्लेख पनि पाइन्छ !

प्रणय ,प्रेम र शृंगार

फागुलाई मदनोत्सब भनिन्छ ! याँहा मदनको अर्थ हो प्रणय ,प्रेम र शृंगार ! हाँस र  हँसाउ , जसले रंग लाइदिञ्छ उसलाई रंग लाइदेउ , क्षमा गर सहनशील बन यसको मुख्य संदेश हो ! फाल्गुण पूर्णिमा चन्द्रमाको जन्म दिन हो ! नेपालमा फागू पूर्णिमालाई चीर पर्व  पनि भन्ने गरिन्छ !  फागु पूर्णिमा सद्भावको प्रतीक हो ! पूर्वा फाल्गुणी नक्षत्र पूर्णिमाको दिन रहन पुग्दा यो महिनालाई फाल्गुन भनिएको हो  ! फागु सालको परागकण पनि हो ! यसै  महिनादेखि साल फुल्न शुरु गर्छ ! थारू शब्द फल्ग्वाबाट फागु शब्द ल्याउदा यसको शाब्दिक अर्थ हुन्छ पहेँलो रङ ! फाल्गुण पूर्वा फाल्गुनी नक्षत्र हो वायुपुराणका निम्ति ! फाल्गुनीको अर्थ हो- जुन दिनको संस्कारले व्यक्तिलाई सुन्दर बनाउँछ ! फाल्गुन र लिंग पर्यायवाची पनि हुन् ! फाल्गुन शिवलाई विशेष पुज्ने महिना पनि हो । फाल्गुन सौभाग्य शयनको महिना पनि हो, त्यसैले  उन्मत्त  हुन्छ  फाल्गुने बैंस !  फागुपूणिर्मालाई चन्द्रमाको जन्मदिन पनि मानिन्छ, जुन नेपालका शिवको शिरको गहना पनि ठानिन्छ ! फागुने बैंस' थामिनसक्नु, सम्हालिनसक्नु हुने गर्दछ  नेपाली परम्परामा ! 'संस्कृत कोष' अनुसार अग्निमा डढाइएको अन्नलाई 'होलिका' भनिन्छ ! प्राचीनकालमा अग्निमा अन्नद्वारा हवन गरी अन्त्यमा यज्ञभष्म शिरमा लगाई मनाइने गरिन्थ्यो ! अहिले पनि यज्ञादी कर्म सकिएपछि डढेको चरु लाउने चलन छदैछ !

फागुको  महत्व / होली मनाउने पद्धति

चाड पर्व मनाउनुको पछाडी केही  नैसर्गिक, सामाजिक, ऐतिहासिक एवं आध्यात्मिक कारण रहन्छन ! यी चाड मनाउनुको पछाडी  चाड मनाउने व्यक्तिले उस्को सामाजिक जीवनमा  लाभ पाओस भन्ने अभिप्राय लुकेको हुन्छ ! फेरी चाड पर्व मनाइदा नै समाजको आध्यात्मिक उन्नति सम्भव हुन्छ ! त्यसकारण चाड पर्वको शास्त्राधार के हो थाहा  पाउनु जरुरी हुन्छ ! होली संक्रांति सरह कि देवी हुन् ! मानव शरीरको  षड्विकारहरु माथि  विजय प्राप्त गर्ने क्षमता होलीका देवीमा रहेको मानिन्छ ! त्यसैले मानव विकार माथि  विजय प्राप्त गर्न होलिका देवी संग प्रार्थना गरिन्छ ! अग्नि प्रति कृतज्ञता व्यक्त गर्नु यसको दोश्रो अंग हो ! होली अग्निदेवताको  उपासनाको एक अंग हो ! अग्निदेवताको उपासना गर्दा व्यक्ति बिशेषको तेजतत्त्व  बढन पुग्छ र  उसको रजो र तमो गुण घट्दछ ! त्यसकारण होलीका दहन रात्रीकालमा गरिएको हो ! पृथ्वी, पानी , तेज, वायु र आकाश यी पांच तत्त्वहरुको  सहायताले देव तत्त्वलाई पृथ्वीमा ल्याउने माध्यम यज्ञ हो ! पृथ्वीमा स्पंदन नहुदा त्रेतायुगमा  पंच तत्वमा  विष्णुतत्त्व प्रकट हुन् पुग्यो ! यज्ञको ज्वाला संगै यज्ञकुंडमा विष्णुतत्त्व प्रकट भएको दिन  फाल्गुन पूर्णिमाको दिन  थियो !  दुष्प्रवृत्ति एवं अमंगल विचार नाश गरी , सद्प्रवृत्तिका मार्ग देखाउने , ईश्वरीय चैतन्य प्राप्त गर्ने आध्यात्मिक साधनामा अग्रसर हुने ,अग्निदेउता  प्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो फागु ! गुईठा ,उखु ,सुपारीको पात , दाउराको सामाग्रीको साथै आबश्यक पूजा सामाग्रीहरु तयार गरी थाली, बेसार -कुमकुम, चंदन, फूल , तुलसी पत्र , अक्षता , अगरबत्ती , अगरबत्ती, फुलबाती, आरति , कर्पूर, कर्पूरार्ती, दियो ,सलाई कलश, आचमनी, पंचपात्र, ताम्रपात्र, घंटा,  तेल बाती, गुलियो परिकारको नैवेद्य तयारपारी  अग्निको पूजा गरिन्छ  !


फागु पूर्णिमानै मदनोत्सव

वशन्त पंचमीदेखि नै  मदनोत्सव मनाइने परम्परा  मान्छेको उत्पत्ति र उसको ऋतुकाल धर्म संग सम्बन्धित तुल्याइएको छ ! छः ऋतुमा बाडिएको मौसम संग हाम्रो परस्पर सहसंबंध स्थापित छ ! जसरी प्रत्येक  जीव-जंतुकालागि  भिन्न-भिन्न ऋतुहरु प्रकृतिले छुट्याइ दिएको छ त्यसरी नै हाम्रा  ऋषि मुनिहरुले वशन्त  ऋतुलाई मानव मात्रकोलागि छुट्याइएको हो ! ऋषि मुनिहरुले  वशन्त पंचमीको दिन देखि  हर्षोल्लासका  साथ्  मदनोत्सब मनाउने शंकेत गरे ! महको लागि माहुरीलाई यसैवेला आकृष्ट तुल्याए ! त्यसकारण    वशन्त ऋतु  मदनोत्सवको रुपमा रती  र कामदेवको उपासना पर्व मानिन  पुग्यो   ! त्यसैले हाम्रा पुर्खाहरुले वशन्त पंचमीमा सरस्वती र  कामदेवको  उपासना गर्न सिकाए   ! " भ्यालेन्टाइन  डे " उच्छ्रिङ्खलताको प्रतीक हो भने मदनोत्सव पति-पत्नी , सम्बन्धी  र नातेदारहरु  विचको मर्यादित आपसीप्रेम , अभिव्यक्ति एवं सुदृढ़ीकरणको शालीन पर्व हो !

" भ्यालेन्टाइन डे " को विपरीत मदनोत्सव विवाहोत्तर अथवा विवाहपूर्व संबंधकोलागि होइन यो विशुद्घ रूपमा दांपत्य संबंध बलियो बनाउने पर्व भएको कारण नैतिक-सामाजिक दृष्टिले पूर्ण रुपमा स्वीकार्य छ , श्रीमदभागवत महापुराण अनुसार, भगवान श्रीकृष्णले तिनलाई पति रूपमा चाहने गोपिनीहरुसंग यसै दिवशमा वृंदावनमा महारास गरे ! श्रीकृष्ण कामदेव भन्दा नि सुंदर भएकाकारण मदन मोहन अर्थात कामदेव लाई पनि मोहित गर्ने अथवा मन्मथ अर्थात सबै प्राणीहरुको  मनलाई मथने र कामदेवको मन मथने भनिएको छ ! ऋतूराज वशन्तको आगमन पछि  प्रकृतिमा कामदेवले वाण छोड़छन् रे  ! त्यसैकुरोलाई स्वीकार्दै मदनोत्सवको वर्णन गर्दै कालिदास भन्छन - मदनोत्सव, बसंतोत्सव, कामदेवोत्सव  लोकानुरंजनकोलागि हो !  तन र मन   मदनोत्सवको समयमा सर्वाभरण भूषित भएर घुम्दा अषोक वृक्ष फुल्न थाल्छ ! वशन्त र कामोत्सवको दुंदुभी बज्न थाल्छ ! त्यतिखेर हरेक दिन रात वशन्त युक्त हुन्थ्यो अहिले  होलिका या होलीको दिन आएर टुङ्गियो !

" काम " हिन्दु  दर्शनका  संपूर्ण पुरूषार्थहरुमा श्रेष्ठ पुरुषार्थ हो ! नर कामदेव स्वरुप  र प्रत्येक नारी रति हुन् !
 वशंतोत्सवमा काम र रतिको पूजा विधान समेटिएको हुन्छ ! उपनिषद, वेद, पुराणले काम प्रति सहजता देखाई प्रश्ट्याएको  छ ! त्यसैले कुमार चरित जस्तो ग्रन्थले होली र फागुको उल्लेख ' मदनोत्सव ' भनेर  गरिदिएको  छ ! वशन्त ऋतु कामको सहचरी हो ! यसैले वशन्त ऋतुमै मदनोत्सव मनाउने बिधान बताइएको हो !

हाम्रो संस्कृतिले  कामलाई दैवी स्वरूप मानेर कामदेवको रुपमा स्वीकार्यो ! काम विकृत हुन् पुग्दा भगवान शिवले आफ्नो क्रोधाग्निले ' काम ' लाइ भष्म गरे र  ' अनंग ' अर्थात अंग बिहिन  अवस्थामा  जीवित गरे  !  ' काम ' को सहचर्य उत्सव मनाउन थालियो  ! काम जब सम्म मर्यादामा रहन्छ त्यतिखेर सम्म त्यसलाई भगवानले  पनि विभूति स्विकार्द्छन ! कामले मर्यादा छोड़दा आत्मघाती हुन् पुग्छ ! शिवको तेश्रो नेत्र (विवेक) ले त्यसलाई भस्म गरिदिन्छ ! हाम्रा प्रत्येक चाड पर्व हाम्रो सांस्कृतिक चेतनाको प्रतीक हुन ! आशा , आकांक्षा , उत्साह अनि उमंग प्रदाता हुन ! इनले मनोरंजन , उल्लास एवं आनंद दिएर हामीलाई ,हाम्रो जीवनलाई सरस बनाउद  छन्   ! त्यसकारण युगौंदेखि चलेका हाम्रा सांस्कृतिक धरोहर , परंपरा , मान्यता एवं सामाजिक मूल्य मान्यताका मूर्त प्रतिविम्ब ठानिएका छन् ! यी चाड पर्व हामीलाई हाम्रो संस्कृतिको अंतर सम्बन्ध  दर्शन गराउने  तत्व हुन  ! सत् , चित , आनंद रूपी त्रिगुणात्मक ब्रह्मको एक अंग हुन ! त्यसैले हाम्रो चाडले  हामीलाई आनन्द दिन्छन !  मानव जीवनमा मंगल एवं सौभाग्यलाई आमंत्रित गर्दछन  !

होली वसंत ऋतुको यौवनकाल हो , ग्रीष्म ऋतुको  आगमनको सूचक हो ! यो ' नवान्नवेष्टि यज्ञ ' पनि हो ! फाल्गुन शुक्ल पूर्णिमाकै  दिन हाम्रा प्राचीन आर्य पुर्खाहरु नयाँ  अन्नको बाला बोकी अग्निहोत्र कार्य  गर्थे  ! यसलाई    ' यव ग्रहण यज्ञ ' भनिन्थ्यो  ! अन्नको  बालोलाई  संस्कृत मा ' होलक ' भनिन्छ  ! वसंत ऋतुमा सूर्य दक्षिणायणबाट उत्तरायण  हुन् पुग्छ ! फल-फूलहरु मा मुजुरा  लाग्दा  मौसममा ' अमृत प्राण ' भरिन्छ ! त्यसैले होली पर्व ' मन्वन्तर को आरम्भ  ' हुन् पुगेको हो ! रंगले भरिएको चाडले  जीवनलाई रंगीन बनाउछ ! आत्माको मधुरतम र प्रियतम भाव अनुभव गर्नु  यस  चाडमा  प्रकट हुने अनुराग हो !

अधिकारीको फेसबुक वालबाट साभार
नेपालको प्रधानमन्त्री एउटा राजदुतले चलाउने पद

नेपालको प्रधानमन्त्री एउटा राजदुतले चलाउने पद

–ज्ञानमणि नेपाल

नेपालीको मनमा अद्वितीय जागरण राष्ट्रियताको भावना जनताप्रतिको असीम आस्था समर्पण भाव उद्वेलित हुन् नसकेको भए नेपाल एकीकरण हुन् सक्थेन । मुगल र अँग्रेजको शक्तिलाई हाँक दिंदै र परास्त गर्दै हामी नेपाली हुन पुगेका थियौं । त्यसताका विदेशका राजनीतिकर्मी र व्यापारी, व्यवसायीलाई नेपाल प्रवेश निषेध गरिएको थियो । यस्तो हुदा पनि चीनसँगको युद्धको वेग रोक्न कर्णेल विलियम कर्कपेट्रिक (वि.सं. १८४९) र पछि नेपालमा चीनको प्रभाव रोक्ने उद्देश्यले कर्णेल विलियम डगलस नक्स (वि.सं.१८५९ देखि १८६० सम्म) गरी दुई जना विदेशी कूटनीतिकर्मीले नेपाल प्रवेश पाएका थिए ।

कर्कपेट्रिक आइपुग्नुभन्दा पहिल्यै चीनसँग सम्झौता भइसकेको हुँदा उनलाई नेपालमा एक महिना पनि बस्न नदी फिर्ता पठाइयो । कर्णेल नक्सले त इष्ट इण्डिया कम्पनीको कोठी खोल्न भनी त्यस बेलाका मुख्य शासक दामोदर पाण्डेहरूसँग लाख नेहोरा गर्दा पनि र मागे जति पैसा दिने लोभ देखाउँदा पनि सफल भएनन् । नेपालका राष्ट्रप्रेमी देशभक्त शासकबाट उल्टै दुत्कारिँदा तिरस्कृत भएर वर्षदिन पुग्दा नपुग्दै बिदा गरिए । पछि नेपाल–अंग्रेज युद्ध हुँदा नेपालको सुदूर पश्चिमको युद्धमोर्चा सम्हालेर बसेका बूढाकाजी वीर अमरसिंह थापालाई अंग्रेज अधिकारीले “किन युद्ध लडेर व्यर्थै जनधन गुमाउँछौ, आओ हामीसँग मिल, तिमीलाई तिमीले जिते जति पश्चिमी भूभागका राजा बनाइदिन्छौ” भने ।

अंग्रेजको यो प्रस्ताव बूढाकाजीले ठाडै अस्वीकार गरेर भने, हेर, आफ्नो राजा आफ्नो राष्ट्रको निकमहराम भएर गुलाम राजा हुनुभन्दा यस युद्धभूमिमा सके जितौंला नसके देशको बफादार इमानदार भएरै वीर सिपाही सरह वीरगति प्राप्त गरौंला । ब्रिटिस कम्पनीका अधिकारीले यस्तै साम, दान, दण्ड, भेद प्रयोग गर्दै भारतका धेरै राजा रजौटा नवावहरूलाई आफ्ना अधीन बनाएका थिए ।

पहिलेको पृथ्वीनारायणसँगको युद्धमा हार खाएपछि यस्तो प्रयोग गर्न भरमग्दुर प्रयास गरेकै हुन् तापनि वीर नेपालीहरूको असीम देशप्रेम उत्कट राष्ट्र भक्ति राष्ट्रियताका अगाडि ती प्रयोग ब्यर्थै भए । नेपाली शासकले त्यसबेला सर्वत्र स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रको ठूलो मान मर्यादा शानसौकत राखेको गौरव बढाएको थियो । तिनका अगाडि अहिले देशका शासकलाई के भन्ने ? यिनको तुलना नै गर्न गाह्रो छ । यिनले आफ्नो शासकीय गुण गौरव त राखेनन् राखेनन्, देशको मान मर्यादा राष्ट्रियतालाई पनि मटियामेट पार्न लागेका छन् ।

समयको क्रममा राजनीति चातुरी र कूटनीतिक खेलमा पछाडि पर्दा पछि नेपालको अग्रेजसँगको युद्धमा हार भयो । नेपालले आठ बुँदे सुगौली सन्धिमा हस्ताक्षर गर्नुपर्‍यो । फलस्वरूप वि.सं. १८७३ देखि अंग्रेज रेजिडेन्ट नेपालमा रहने प्रथाको सुरुआत भयो । तत्कालीन बेलायती सरकारको कूटनीति भनेको नेपालको संस्कृति र इतिहास बिगार्ने, विभेदका भावना बढाउने राष्ट्रवादी शक्तिलाई समाप्त पारेर नेपालको राष्ट्रियता कमजोर पार्ने नै थियो । तर पनि नेपाली अन्तर्मनमा राष्ट्रियताको चुरो मर्नेवाला थिएन ।

भीमसेन थापाले पछिल्लो कालमा आफ्नो भतिजाको नेतृत्वमा एक प्रतिनिधिमण्डल बेलायत पठाए । आठ सदस्यीय यस प्रतिनिधि मण्डलमा जङ्गबहादुर पनि थिए । कलकत्ता पुगेपछि प्रतिनिधि मण्डललाई बेलायतले राजप्रतिनिधिका रूपमा होइन, साधारण यात्रुका रूपमा व्यवहार गर्ने भयो भने पछि सो प्रतिनिधिमण्डल बेलायत नगई फर्केर आयो । देशको इज्जत मानमर्यादा नरहने भो भनेर ।

एकपल्ट जङ्गबहादुर गभर्नर जनरल भेट्न कलकत्ता गए । त्यसबेला तिनको राजधानी त्यहीँ थियो । गभर्नर जनरलसँग भेटमुलाकात र भलाकुसारी भयो । फर्केर आएपछि प्रत्युत्तरमा गभर्नर जनरल पनि जङ्गबहादुरलाई भेट्न आउने भए । आउनुभन्दा अगाडि नै परराष्ट्र सचिव आएर शिष्टाचार सिकाएर गए । यो पनि भने कि गभर्नर जनरललाई आउँदा तल फाटक बाहिरसम्म गएर सम्मानसाथ ल्याउनुपर्छ आदि । नभन्दै गभर्नर जनरल आउने बेलामा उनी आफंै म लिन जान्छु भनेर घोडा लिएर हिँडे । गभर्नर जनरल आइपुगे, आवासमा जङ्गबहादुर छैनन् । पछि हतारिँदै जङ्गबहादुर आइपुगे । ए म ता आवाससम्मै लिन जाऊँ भनेर हिँडेको त बाटो बिरिएछ भन्दै साखिलै बने । यसरी उल्टै आघा घन्टा पर्खाइदिए । गभर्नर जनरल बेलायत सरकारको प्रतिनिधि, म स्वयं प्राइमिनिष्टर हुँ भने उनलाई मैले किन स्वागत गर्न तलसम्म जाने भन्ने भाव जङ्गबहादुरमा थियो । उनले आफ्नो राज्य कालभर मानमर्यादा कायमै राखे, राज प्रतिनिधिकै सलामी पाए, ब्रिटिस अधिकारीले चाहेका सन्धिसम्झौता टारेरै छाडे ।

वीरशमशेरले अंग्रेज सरकारका सबै माग पूरा गरे । उनले चाहेका सन्धिसम्झौता पनि गरिदिए । तर उनले त्यस्तो मानमर्यादा पनि पाएनन् र राख्न पनि सकेनन् । यहाँसम्म कि सामान्य सत्कार र उचित सलामीसम्म पनि दिइएन । साधारण भारतीय रजौटासरहको व्यवहार उनलाई गरियो । यसबाट उनी अति नै दु:खी थिए । वि.सं. १९६७ को वैशाखदेखि बेलायतमा जर्जपञ्चम राजा भए । सो उपलक्ष्यमा दिल्लीमा दरबार लाग्यो । त्यस समारोहमा आमन्त्रित भएर नेपालबाट चन्द्रशमशेर गएका थिए । समारोहस्थल हलमा भारतका राजा रजौटा नवावहरूको पंक्तिमा चन्द्रशमशेरको स्थान निर्धारित गरिएको रहेछ । त्यो देखेर चन्द्रशमशेरले आफ्नो सिट छुट्टै पर सार्न लगाएर एक्लै बसे ।

कूटनीतिज्ञले त बुझिहाले, नबुझ्ने र सोध्नेलाई उनले भने, उहाँहरू ठूला बडा राजघरानाका राजाका पंक्तिमा म प्राइमिनिष्टर बस्न अयोग्य छु । पछि अंग्रेज अधिकारीसँग तपाईहरूको यस्तै व्यवहारले हामीलाई खिन्न तुल्याएको छ । मेरा दाजु वीरशमशेर तपाईहरूकै यस्तै रवैयाले गर्दा अपमान बोधको पीर खप्न नसकी चाँडै स्वर्ग भएका हुन् सम्म भनेका थिए ।

अन्तिम राणा प्राइमिनिष्टर मोहन शमशेर पनि आफ्नो मानमर्यादा कायम राख्न बहुतै ख्याल राख्थे । उस्तै थिए बीपी । परन्तु, अहिले यो क्रम भङ्ग भएको छ । नेपाली प्रधानमन्त्रीको विदेशमा त्यस्तो कुनै इज्जत मानमर्यादा राखिँदैन । उनीहरू वीरशमशेरका उत्तराधिकारीका रूपमा देखिन थालेका छन् । अहिले प्रधानमन्त्रीलाई स्वागत सत्कार गर्न सामान्य कर्मचारी वा सामान्य मन्त्री आउँछन् । देशका शासक मन्त्री प्रधानमन्त्रीको मानमर्यादा हुनु भनेको उनको मात्र होइन, देशको नै इज्जतको प्रतिष्ठाको सवाल हो । अहिलेका नेताहरूमा देशको छवि चम्कियोस् इज्जत बढोस् भन्ने कसैको चिन्ता छैन, त्यसतर्फ प्रयत्न पनि छैन ।

आफ्नो सत्ता स्वार्थ प्राप्ति हुन्छ भने जेसुकै भन्न गर्न तम्सन्छन् । सामान्य विदेशी कर्मचारीसँग पनि बडेबडे नेता हौं भन्ने पनि निहुरिन्छन् । खुसामद गर्न दौडिन्छन् । हाम्रो राष्ट्रियता दिन परदिन कमजोर बन्दैछ । देशको इज्जत प्रतिष्ठा घट्दो छ । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक आदि सम्पूर्ण क्षेत्रको स्थिति पनि यसरी नै खस्कँदो छ । सबैतिर लथालिङ्ग छ, देश कहाँ पुग्ने हो ? बडो चिन्ताको विषय छ ।

– प्रकाशित मितिः २०७२ फागुन ०६ गते बिहीवार
चार्ल्स डार्विनको विकाशवाद र हिंदूहरुको अवतारवाद

चार्ल्स डार्विनको विकाशवाद र हिंदूहरुको अवतारवाद

–प्रवीण अधिकारी
यस पृथ्वीमा जीव जन्तुहरुको कसरी प्रादुर्भाव हुन् पुग्यो ? कसरी तिनको विकाश भयो ? यो विषय सधैं विवादित रहेको छ ! नयाँ जीव जन्तुको उत्पत्तिको विषयमा चार्ल्स डार्विनले सन् १८५८ ईo मा 'प्राकृतिक वरण' (Natural Selection) को सिद्धांत प्रतिपादन गरेका थिए र १८५८ ईo मै एक पुस्तक 'जीवजातिको उद्भव', (Origin of Species), प्रकाशित गरेका थिए !

हाम्रो ऋग्वेद भन्दछ " सृष्टिको आदिकालमा न सत् थियो न असत्, न वायु थियो न आकाश, न मृत्यु थियो न अमरता, न रात थियो न दिन, त्यतिखेर " उ " मात्र थिए जसले वायुरहित अवस्थामा पनि आफ्नो शक्तिले श्वास फेरे ! त्यस बाहेक क्यै थिएन !’ ‘ब्रह्म त्यो हो जसबाट संपूर्ण सृष्टि र आत्माहरुको उत्पत्ति हुन् सक्छ ! विश्वको उत्पत्ति, स्थिति र विनाशको कारण त्यै ब्रह्म हो " .

ब्रह्मबाट आत्मा, आत्माबाट जगतको उत्पत्ति हुन् पुग्यो ! सुरुमा हिरण्यगर्भबाट अण्डाको आकारमा एउटा मुख प्रकट भयो ! मुखबाट वाक् इन्द्रीय , वाक् इन्द्रीय बाट ‘अग्नि’ उत्पति हुन् पुग्यो !त्यसपछि नाकको छिद्र ,नाकको छिद्रबाट प्रण , प्राणबाट ‘वायु’ उत्पन्न भयो ! त्यस पछि आँखो , आँखोबाट चक्षु (दृष्टि शक्ति) प्रकट भयो र चक्षुबाट ‘आदित्य’ प्रकट भए ! त्यसपछी ‘छाला ’, छाला बाट ‘रौँ ’ र रौंबाट वनस्पति-रूप ‘औषधिहरु ’ प्रकट भयो ! त्यसपछि ‘हृदय’, ‘हृदय’ बाट ‘मन, ‘मनबाट ‘चन्द्र’ उदित भए ! तदुपरांत नाभी , नाभीबाट ‘अपान’ र अपानबाट ‘मृत्यु’ प्रादुर्भाव भयो ! त्यसपछि ‘जननेन्द्रिय, ‘जननेन्द्रिय बाट ‘वीर्य’ र ‘वीर्य’ बाट ‘आप:’ ( जल या सृजनशीलता) को उत्पत्ति भयो !

यहां वीर्यबाट पुन: ‘आप:’ को उत्पत्ति भयो ! यहि आप: बाट सृष्टिकर्ताको आधारभूत प्रवाह भयो ! वीर्यबाट सृष्टिको ‘बीज’ तैयार भयो ! त्यसैको प्रवाहमा चेतना-शक्तिले पुन: आकार ग्रहण गर्न थाल्यो !यही चेतना-शक्तिलाई हिरण्य पुरुष भनियो !

अति सूक्ष्म रूपमा जीवनको उत्पत्ति भई सकेपछि वनस्पति , बोट ,,बिरुवा ,लहराहरुको उत्पत्ति भयो ! त्यसपछि एककोशीय र बहुकोशीय जीव जन्तुहरुको उत्पत्ति हुदै गयो ! यहि क्रममा माछोको उत्पत्ति भयो ! माछो पवित्र जलचर जंतु हो ! पानी भित्र माछो उत्पत्ति भएको ३ अर्व बर्ष अघिको घट्ना मानिन्छ !

वराह र कच्छप काल : 
वराह कालमा पृथ्वीको केहि भाग पानी भन्दा माथि देखिए पछि आदिकालीन वनस्पतिहरु उम्रिन थाले ! बिस्तारै बिस्तारै तिनले आफ्नो क्षेत्र बिस्तार गरे ! यी स साना घास र बनस्पति भित्र उभयचर प्राणी, किरा फट्यांग्रा आदिको उत्पत्ति हुनथाल्यो ! ती उभयचर प्राणिमा कछुआ सबै भन्दा विकसित प्राणी थियो र आदिकालीन प्रजाति मध्ये कोहि उसंग सिकेर पक्षी बने भने पृथ्वीमा रहने प्राणिहरुले पानी मै आफ्नो जरो फैलाउन थाले ! वराह, कछुवा र सर्पले पृथ्वीमा बिस्तारै आफ्नो जीवन बिस्तार गरे र किरा ,फट्यांग्रा ,माछा , कछुवा र सर्पहरुले आफ्नो प्रजातिहरू बिस्तार गर्दै लगे !


हिन्दू धर्ममा त्यस पछि दुई सिद्धांत प्रतिपादित भयो - १ . मान्छेलाई ईश्वरले बनाए भन्ने र अर्को , २ . क्रमिक विकाश हुदै माछोबाट मान्छे बने भन्ने !
१ . मान्छे ईश्वरले श्रिश्टि गरे : ब्रह्मबाट ब्रह्माको उत्पत्ति भयो र ब्रह्माले आफुलाई दुई भागमा बाँडे एक भाग पुरुष स्वायंभुव मनु र अर्को भाग स्त्री रूप शतरूपा भइन !आदि सृष्टिको उत्पत्ति हिमाली क्षेत्रमा भएको मानियो !
२ . मान्छेको बिकाश माछो जस्तो प्राणीबाट भयो : आजको मान्छे माछोको लाखौँ प्रजाति मध्ये एक विशेष माछोको बिकशित रुप हो ! विकास क्रममा उसले धेरै रुप बदल्यो !
वेदमा सृष्टिको उत्पत्ति, बिकाश , विध्वंस र आत्माको गतिलाई पंचकोशको क्रमले बताइएको छ ! पंचकोश यी हुन् - १ . अन्नमय, २ . प्राणमय, ३ . मनोमय, ४ . विज्ञानमय र ५ . आनंदमय ! त्यै पंचकोश लाई ५ किसिमको शरीर पनि भनिएको छ ! वेदको त्यो धारणा विज्ञानसम्मत छ पनि !

समय क्रममा पर्यावरणमा परिवर्तन आउदै गए पछि यी परिवर्तन अनुसार आफुलाई ढाल्न नसक्ने विलुप्त हुदै गए !आफु जोगिन सक्ने बिजेता भए !ती मध्ये माछो , सर्प, कछु्आ, गोही , किरा -फट्यांग्रा , कमिला ,माकुरा आज पनि छन ! मान्छे कसरी बने ? आज भन्दा अरबौं बर्ष पूर्व भगवान ले मनु रूपको प्रथम पुरुष तथा शतरूपा रूपको प्रथम स्वास्नी मान्छे रचना गरेर सृष्टि वृद्धि गर्ने दायित्व सुम्पिए ! यीबाट सनक, सनातन, सनन्तकुमार एवं सनन्दन नाम गरेका चार छोराहरु जन्मिए ! तर ती आजीवन ब्रह्मा चर्य पालन गर्न पुगे ! त्यस पछि नारद मुनि मृत्यु लोक मा आए ! नारद जीले पनि कसैसंग बिहे गरेनन ! त्यस पछि कश्यप ऋषि आए तीबाट अदिति एवं दिति सहित १६ ओटी पत्नीको सहयोगले देवताहरुको उत्पत्ति हुन् पुग्यो ! ईशा भन्दा लगभग ६०० मिलियन वर्ष पूर्व पृथ्वी र वायुमण्डल धेरै तातो थियो ! जीव जन्तुको बिकाश हुन् पाएन ! पृथ्वी करोडौं बर्ष त्यसै रह्यो ! बिस्तारै पृथ्वी सेलाउदै गएपछि जीवनको शुरूआत समुन्द्रको पानीमा हुन् थाल्यो ! समय र परिस्थिति फेरिंदै जाँदा केहि जीव जन्तु लुप्त भए भने केही नयाँ प्रजातिको उदय हुन् पुग्यो ! यसै कालखण्डमा जमीनमा बोट बिरुवा उम्रिन पुगे !

समय बित्दै गएपछी पर्यावरणमा परिवर्तन आउदै गयो ! यी परिवर्तन अनुसार समय अनुसार आफुलाई ढाल्न नसक्ने सधैको लागि लुप्त भएर गए ! जस्तो पर्यावरणमा आएको परिवर्तन सहन नसक्ता डायनासोर विलुप्त हुन् पुग्यो ! आज भन्दा ३० -४५ लाख वर्ष पूर्व टरशियरी काल आफ्नो अन्तिम चरणमा हुदा मान्छेको पदार्पण हुन् पुग्यो ! अफ्रीकी महाद्वीपको इथोपियामा पाइएको लुसी फोसिल र अर्दी फोसिल जुन क्रमशः ३२ लाख एवं ४४ लाख वर्ष पुरानो हो यस कुराको प्रमाण हो ! यो आदिमानवको प्राचीनतम फोसिल हो ! यी दुवै फोसिलको लम्बाई लगभग एक मीटरको थियो ! यस युगको मानव पूर्ण रूपले विकसित थिएनन ! शरीर पनि छोटो थियो ! जसरी जसरी समय बित्दै गयो मान्छेको शरीर र मस्तिष्कमा बिस्तारै बिस्तारै सुधार हुदै गयो ! पाषण युगको आदि मानवहरुको दिमाग विकसित हुन् लगभग बीस लाख वर्ष लाग्यो र ती मानवहरुले ढुङ्गाको हतियार बनाउन सिके र शिकारी युगमा प्रवेश गरे ! विकाशको प्राकृतिक प्रक्रियाको यो नै उदाहरण हुन् पुग्यो !

आधुनिक युगको मान्छे पाषण, तांबा तथा ब्रोन्ज युगको मानव भन्दा अत्याधिक सशक्त एवं बुद्धिमान छन् !आफ्नो विकसित मस्तिष्कको कारण, उसले सफलताको उचाई प्राप्त गर्दैछन ! आधुनिक मानवको खुट्टोले चन्द्र धरातल टेकी सकेको छ ! मंगल ग्रहमा पुग्नै आँटेको छ ! शत्रुलाई हराउन अब उसलाई अर्जुनको गान्डीव धनुष, भीमको गदा वा अन्य कुनै दिव्य अस्त्रको आवश्यकता छैन ! उसको लागि अणु बम्ब ,अन्तर्राष्टीय महाद्वीपीय मिसाइल, जस्ता हतियारहरुको आविष्कार भै सकेको छ !

अवतारवाद :
हिन्दुहरुको धार्मिक अवधारणाले विकाशको थ्योरीलाई सर्मथन गर्छ गर्दैन भन्नु भन्दा पहिले हिन्दू धर्मको पौराणिक कथाहरु अनुसार पृथ्वीमा रहेका आदि मानवहरु शारीरिक एवं बौद्धिक दृष्टिकोणले पूर्णतयाः विकशित तथा आजका मान्छेको तुलनामा अत्यधिक बलवान एवं सामर्थ्यवान थिए भनेर स्विकार्नु पर्ने हुन्छ ! हाम्रा पूर्वजहरु सगरमाथा हातमा उठाउन सक्थे र उफ्रेर समुन्द्र पार गर्न सक्थे भंनेकुरो हिन्दु धर्मका ग्रन्थहरु पढदा ज्ञात हुन्छ !


हामी हिन्दुहरुको दश अवतारको परिकल्पना मानव विकाशको प्रक्रियालाई समर्थन गर्ने परिकल्पना हो भनेर स्विकार्नु पर्छ ! किनभने दश अवतार मध्येको पहिलो अवतार माछो हो जो यसै पृथ्वीमा प्रकट भयो जसलाई मत्स्य अवतार भनेर हाम्रा धर्म ग्रन्थमा पुश्ट्याइ गरियो ! यसको अर्थ हो " हिन्दु माइथोलोजी " यस वैज्ञानिक सत्यलाई स्वीकार गरी यस पृथ्वीमा जीवनको सुरुवात पानी मै भएको थियो भन्ने कुरालाई स्विकार्द्छ भन्ने हो ! कच्छप या कछुआ भगवान बिष्णुको दोश्रो अवतार थियो ! यो अवतारले " एम्फीबियन प्रजातिका जीवहरु "को प्रतिनिधित्व गर्दथ्यो जो जल तथा जमीन दुवै ठाउमा रहन सक्दछ ! विकाशको थ्योरीमा तेश्रो क्रममा ती जीव जन्तुहरु आए जो जमिनमा मात्र उम्रिन , हुर्किन र फस्टाउँन सक्थे !

तेश्रो बराह अवतार ती जीव जन्तुको प्रतीक हो , जुन जीव जन्तु जमीनमात्र बाच्न सक्छ ! भगवानविष्णुको चौथो अवतार नरसिंह (आधा नर तथा आधा सिंह ) को रूपमा आएको कुरो हाम्रो पौराणिक ग्रन्थहरुले पुष्टी गर्दछ ! यो त्यस्तो प्राणी हो जो पूर्ण मनुष्य रूपमा मानव स्वरुपमा बिकशित हुन् सकेको थिएन ! यसै कारण आधा मान्छे तथा आधा सिंह जस्तो थियो ! यो विकाशको थ्योरीको स्वरूपको व्याख्या थियो ! समयको पाङ्ग्रो घुमी रह्यो जीव जन्तुको सुधार हुदै गयो ! हाम्रो पाचौं वामन (मान्छेको पुड्को स्वरुप ) अवतारले मानव विकाश प्रक्रियाको त्यस अवस्थालाई जनाउछ जतिखेर आदि मानव पूर्णरूपबाट मनुष्यको स्वरूप धारण गरिसकेको अवस्था हो ! तर छोटो कदको मानव भएकोले यसलाई वामन (पुडको ) अवतार भनिएको हो ! अब हेरम वैज्ञानिकहरुले खोजी गरेको मान्छेको पुरानो स्वरुप लूसी तथा अर्दीको फोसिलको कद पनि सानो नै थियो ! लूसी तथा अर्दीको छोटो कदले प्रमाणित गरेको छ कि हाम्रा प्राचीनतम पूर्वज ठूल ठूला मानव स्वरुपका थिएनन ! तिनको शरीर र मस्तिष्कको विकाश बिस्तारै विस्तारै हुदै गएको हो ! परशुराम छैठौं अवतारका थिए ! जो सम्पूर्ण मानवको रूपमा पृथ्वीमा आएको थिए ! त्यसपछि सातौँ ,आठौँ र नवौं अवतार पूर्णतया विकशित मानवको रुपमा भै सकेका थिए ! बिष्णुको दशौँ कल्की अवतार हुदा अझ विअशित मान्छेको स्वरुपमै हुनेछ तर कच्छप या मत्स्य रूपमा हुनेछैन ! यसरी भगवान विष्णुको दश अवतार पृथ्वीमा अवतरित भएको घटनाले मानव विकाशको थ्योरी लाई नै प्रमाणित गरेको छ भन्दा फरक पर्दैन !

विज्ञान भित्रको विज्ञान 
उन्नाइसौं शताव्दीका नाम चलेका वैज्ञानिकहरुका अनुसार हाम्रो पृथ्वी पांच अरब बर्ष पुरानो हो ! यस पांच अरब बर्षको पूर्वार्धमा अर्थात् दुइ -तीन अरब बर्ष सम्म हाम्री पृथ्वीमा कुनै जीव जन्तु थिएनन ! त्यसपछी करौडौं बर्ष सम्म वनस्पतिहरु र जानवरहरुमात्र अस्तित्वमा आएको कुरो प्रमाणित छ ! मान्छेको उत्पति लगभग पांच लाख बर्ष पुरानो हो र विकाश बिभिन्न भर्याङ्गहरु उक्लिदै आजको विकशित अवस्थामा आइपुगेको हो ! यस प्रक्रियामा दस हज़ार बर्ष पहिले मान्छेले आफ्नो अस्तित्व जमाएको हो ! दश हजार बर्ष पहिले भनौं वा आफ्नो प्रारम्भिक अवस्थामा पांच लाख बर्ष पहिले मान्छे अन्य रूपमा आएको थियो होला ! भनिन्छ हाम्रा पूर्वज बादर थिए रे ! त्यो बाँदर प्रजातिको विकाश पनि अनायास भएको होइन ! त्यो बाँदर स्वरुप पनि अन्य प्रजातिहरुबाट विकशित हुँदै भएको हो ! किनभने यस पृथ्वीमा जीवनको सुरुवात शुरूआत एक कोशिकीय जीवबाट पानीमै भएको हो भन्ने कुरा बैज्ञानिक अनुसन्धानले देखाउछ ! पानीमै एक कोशिकीय जीव पहिले अस्तित्वमा आएका हुन् त्यसपछी बहुकोशिकीय जीव ! पुराणहरुमा वर्णित दशावतार मान्छेको त्यै विकाश प्रक्रियाको प्रतीकात्मक वर्णन हो भन्दा अत्युक्ति हुदैन ! भगवान बिष्णुको दशावतारमा मत्स्य, कूर्म, वाराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि अवतारहरुको बर्णन कल्पना गरिनु आजको दिनमा अधि सान्दर्भिक देखिन्छ ! वास्तवमा दश दशावतार मान्छेको विकाशको विभिन्न अवस्थाहरु हो ! विज्ञान द्वारा यो सिद्ध भएको कुरो हो कि सृष्टि को विकाश अथवा जीवनको प्रारंभ पानिबातई भएको हो ! पहिलो अवतार मत्स्य एक जलीय जंतु हो ! द्वितीय अवतार कूर्म या कच्छप जल र थल दुवै ठाउँमा रहन सक्छ ! तृतीय अवतार वाराह या बदेल वा सुँगुर थलमा बस्न सक्छ !यसले मानव जीवन पानी बाट थल तीर विकाशित हुदै गएको संकेत गर्दछ ! मान्छेले आजपनि विकाश गरी रहेको छ तर एउटा जनावरबाट मान्छे हुनु पूर्व माझका दुई अवतार पूर्ण रूपले मान्छे होइनन ! चतुर्थ अवतार नरसिंह,आधा पशु हो भने आधा मान्छे हो , त्यहिनीरको पंचम अवतार वामन पनि मान्छेको शरीर सरह छैन ! छैठौं अवतार परशुराम रामको पूर्व अवस्था भन्दा हुन्छ ! परशुरामको नकारात्मकता सकिएपछि मात्र रामको सकारात्मकताको उदय हुन्छ ! सातौँ अवतार राम यद्यपि एक आदर्श पुरुष हुन् तर पनि आठौँ अवतार कृष्ण जुन कलाका साथ् यूक्त भएका छन् राममा त्यो गुण छैन ! राम को विकाश कृष्णको रुपमा भएको हो र कृष्णको नवौं अवतार बुद्धको रुपमा भएको हो ! तर पनि मान्छेको विकाशको अनंत संभावनाबाट तर्किन सकिने अवस्था छैन जुन कुरा कल्किको रूपमा ती अनन्त सम्भावनाहरुको खोजी हुँदैछ भन्ने कुरा स्वीकारिनु पर्छ ! 


प्राकृतिक सिद्धांतको पुष्टि गर्न Charles Darwin ले "जीवन-संघर्ष (Struggle for Existence) " भन्ने एक सहायक सिद्धांत प्रकट गरे ! जीवन संघर्ष जीवविज्ञानमा उपयुक्त हुने एक उक्ति हो , जसको तात्पर्य हो आफ्नो अस्तित्वकोलागि जीव जन्तुको परस्पर संघर्ष ! यस सिद्धान्त अनुसार प्रत्येक जीवमा प्रजनन द्रुत गतिले गुणोत्तर अनुपातमा भएर जान्छ ! तर जीव जन्तु जति संख्यामा उत्पन्न हुन्छन त्यतिकै संख्यामा उत्पन्न हुन् सक्तैनन् ! त्यसको कारण के हो भने जुन गतिमा तिनको उत्पत्ति हुन्छ र संख्यामा वृद्धि हुन्छ त्यै अनुपातमा तिनको वासस्थान र खानेकुरा वृद्धि हुन् सक्तैन ! जीव जन्तुहरु बस्ने स्थान र खानेकुरा सिमित भएर जान्छ यसकारण वासस्थान र खानेकुराकोलागि तिनले अनवरत संघर्ष गर्नु पर्छ ! यै संघर्षमा धेरै जीव जन्तुहरु मर्दछन भने केहि जीवित रहन पुग्दछन !यस प्रकार प्रकृति मा विभिन्न जीव जन्तुको संख्यामा एक किसिमको प्राकृतिक असन्तुलन बन्न पुग्दछ ! उदाहरणकोलागि हात्ती जस्तो मंद गतिले प्रजनन गर्ने प्राणी पनि यदि कुनै बाधा बिना कुनै गुणोत्तर अनुपातमा प्रजनन गर्न स्वतन्त्र छोडने हो भने चार्ल्स डार्विनले प्रष्ट्याउदै भनेका छन् एक जोडी हात्ती जसको आयु १०० वर्ष सम्म छ र ३० वर्ष को आयु पछि प्रजनन शुरु गरे त्यसले आफ्नो सम्पूर्ण जीवन कालमा जम्मा छ: बटा बच्चा दिनेछ र ती बच्चाले पनि त्यसका बाउ आमा झैं प्रजनन गर्न थाले आगामी ७५० वर्षमा ति सबै हातीहरुको संख्या एक करोड़ नब्बे लाख हुन् पुग्ने छ ! त्यस्तै एउटा माछोले एक ऋतुमा छ: करोड़ अंडा पारे र एक प्र नन कालको सबै अण्डा बाट संतान उत्पन्न हुन् सके र ती सबै जीवित रहें र सबैले प्रजनन अवसर पाए आउने पाँच पीढ़िमा त्यसको संख्या ६६ ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,००० हुन् पुग्नेछ !


माथि निर्दिष्ट गरिएको बर्ग मात्र होइन सबै बर्गको जीव मा प्रजनन छिटो छिटो हुन् पुग्छ ! यस कारण जीव जन्तुको यसरी बढेर जाने संख्या माथि नियंत्रण हुनु जरुरी ठानिन्छ , अन्यथा कुनै एक वर्गको जीव जन्तु यति धेरै बढेर जान सक्छ जसले गर्दा अर्को बर्गको जीव जन्तुकोलागि यस पृथ्वीमा स्थान पाउन गाह्रो हुनजान्छ ! तर त्यस्तो हुन् पाउदैन ! प्रकृतिले यसमाथी दरो नियन्त्रण गरेको हुन्छ ! किनभने जीव जन्तुको संख्या मा जुन गतिले वृद्धि हुन् जान्छ त्यै अनुपातमा तिनको खाने कुरा र स्थानमा वृद्धि हुन् पाउदैन र दुवै कुरो सीमित रहेका हुन्छन !यसै कारणले खाने कुरा र ठाउँकोलागि तिनीहरुमा द्वन्द चर्किन पुग्छ अर्थात परस्पर प्रतिस्पर्धा र संघर्ष चलन थाल्छ !यस संघर्षमा तिनै जीव जन्तुहरु सफल हुन्छन जसमा अन्य जीव जन्तु भन्दा बढि विशेषता र भिन्नता रहेको हुन्छ ! उदाहरणार्थ, वनस्पतिहरुमा अंकुर निस्के पछि खाद्य पदार्थ, घाम र प्रकाशकोलागि परस्परमा प्रतिस्पर्धा चल्छ र एकले अर्कोलाई पछि धकेल्दै आकाश तर्फ लम्किन्छां ! जुन बिरुवाहरु माथि जान सक्तैनन् ती छिमेकोको छायाँमा रहन बाध्य हुन्छन र तिनको वृद्धि हुन् पाउन् ! यस प्रतियोगितामा जुन बोट बिरुवा सफल हुन्छन ती मात्र जीवित रहन्छन अरु मर्दछन वा बढ्न नसकेर पुड्किञ्छन ! 

यसप्रकारको संघर्ष एकै वर्ग अथवा जातिका जीव जन्तुमा मात्र होइन वरु पृथक वर्ग या जाति संग पनि चलेको हुन्छ ! वस्तुत: जीवनसंघर्ष तीन प्रकारको हुन्छ :
क. एकलजातीय संघर्ष (Intra-specific struggle) 
ख. अंतरजातीय संघर्ष (Inter-specific struggle) 
ग. पर्यावरण संघर्ष (Environmental struggle)


एकै जाति या वर्गको जीव जन्तुहरुमा चल्ने संघर्ष -जस्तो मान्छे मान्छे विच ,कुकुर कुकुर बीचको संघर्ष अंतर्जातीय संघर्ष हो ! एकल जातीय संघर्षको तुलनामा अंतर्जातीय संघर्ष धेरै बढि चर्किने हुन्छ ! एक जातिका सबै सदस्यको आवश्यकता एकै खालको हुन्छ ! यसकारण ती मध्ये प्रत्येक ले तिनको आवश्यकताको पूर्ति गर्नका लागि हरेक पाइलामा संघर्ष गर्नु पर्छ ! अंतर्राष्ट्रीय युद्धको धमकि, अथवा युद्ध हुनु पनि जीवन संघर्ष हो ! यस्तो युद्ध प्राय:स दुई अथवा दुई भन्दा बढी भिन्न-भिन्न वर्ग ,जाति र जीव जन्तुमा चलेको हुन्छ ! न्याउरी र सर्प बीच, सर्प र भ्यागुतो बीच, कुकुर र बिरालो बीच अथवा बिरालो र मुसा बीचको संघर्ष यसका अन्तरजातीय संघर्षका उदाहरण हुन् ! यसमध्ये एउटा जीव जन्तु आफ्नो शत्रु पक्षबाट सधैं सुरक्षित रहन चाहान्छ र अर्को सधै आफ्नो शिकारको खोजीमा रहन्छ ! अत: यो संघर्ष शिकार र शिकारीको आपसी संघर्ष हो ! शिकारी र शिकारमा छलछाम अनवरत चलिरहन्छ !एउटा जोगिन चाहान्छ अर्को उसको खोजीमा ! यी दुवै संघर्ष बाहेक पर्यावरण संघर्षको सामना पनि तिनले गर्नु पर्छ ! यो संघर्ष तिनको प्राकृतिक वातावरण र परिस्थिति संग सम्बन्धित हुन्छ ! ती जीव जन्तुहरुको दैविक र भौतिक शक्ति जस्तो ब्याधी , आर्द्रता, शुष्कता, गर्मी, सर्दी, आंधी, तूफान, भूकंप, ज्वालामुखी , बिजलीको चम्काई , चट्याङ्ग , बाढी , घाम , लू इत्यादि हरुको पनि सामना गर्नु पर्छ ! यस प्रकारको संघर्षमा त्यस्ता जीव जन्तु मात्र जीवित रहन सक्छन जो आफ्नो प्रतिद्वन्दी भन्दा बीश अर्थात अलि बलिया हुन् सक्छन र खाश बलियाहरु मात्र त्यो संघर्षमा सफल रहन सक्छन ! जसरी एउटा कुशल कृषकले आफ्नो खेत बारीबाट कमजोर अथवा हानिकारक बिरुवा उखालेर फयाक्छ त्यसरी नै जीव जन्तुहरु पनि जीवनसंघर्ष गरी आफ्नो बासस्थानबाट उखालिञ्छन र योग्य , होनहार जीव जन्तुहरु मात्र विकशित हुन् सक्तछन् ! जसले गर्दा तिनको संख्यामा संतुलनको तारतम्य मिल्न पुग्छ ! जीव जन्तुको परस्पर संघर्षको कारण तिनको संरक्षणमा विशेषता अथवा भिन्नता उत्पन्न हुन् पुग्छ र त्यहि बिशेषता तिनको संतान मा सर्न पुग्दछ !यसरी पीढ़ी दर पीढ़ी अर्थात सन्तान दरसन्तान सम्ममा उन्नत विशेषता उत्पन्न हुन् पुगेर सुरुको जीव जन्तुहरु भन्दा भिन्न स्वरुपको हुन् पुग्छ र एउटा नयाँ जीव जन्तुको रुपमा स्थापित हुन् पुग्छ !

अधिकारीको फेसबुक वालबाट साभारः

प्रकाशन मितिः २०७२ फागुन ४ गते मंगलबार
सत्र सालमा प्रजातन्त्र अपहरण भएकै हो त ?

सत्र सालमा प्रजातन्त्र अपहरण भएकै हो त ?

– स्वयम्भुनाथ कार्की
पञ्चायतको समाप्ती पछि एकोहोरो रुपमा सत्र सालमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरे भनेर भनियो । पञ्चायती संविधानको तेश्रो संशोधन पछि “महपञ्च”मा पदोन्नती भएकाहरुले पञ्चायतमा प्रजातन्त्र नभएको कुरालाई मौन स्विकृति दिए । यो महपञ्चहरुको पञ्चायतलाई एकदलीय व्यवस्थामा रुपान्तरण गरेर त्यसको हैकम आफूसँग राख्ने दुस्प्रयास हुन सक्छ । गाउँफर्क राष्ट्रिय अभियानलाई “पोलिट ब्यूरो” रुपान्तरण महापञ्चहरुको त्यही प्रयासको नतिजा थियो । मुलत: पञ्चायतको जनसहभागितामा आधारित ढाँचामा कोही सानो वा ठुलो हुने गुञ्जायस नै थिएन । त्यसपछि त निर्वाचन र प्रजातन्त्र नेतातन्त्र अनि पछि दलतन्त्रमा परिणत भयो ।

विषय सत्र सालको थियो, तर पञ्चायती दर्शनले दिक्षित गरेको स्वभाव “गुण र दोषको आधार”ले कुनै कुराको एक पक्षको मात्र विवेचन गर्न रोक्छ । त्यसैले वर्तमानमा गणतन्त्रका पहरेदार बनेका त्यसवेलाका “महापञ्च”ले पञ्चायती प्रजातन्त्रको मुल स्वरुपमा गरेको बलात्कार उल्लेख आवश्यक भएको हो । यदि प्रजातन्त्र वा लोकतन्त्रको परिभाषा दल र दलका महन्तहरुको निमित्त जनताको उपयोग हो भने साँच्चै नै सत्रसालमा प्रजातन्त्र अपहरण भएको हो । तर “जनताको निमित्त, जनताद्वारा जनताले” भन्ने प्रजातन्त्रको परिभाषा मानिन्छ भने यसको निष्पक्ष विवेचन अनावश्यक छ । सत्र भन्दा पहिले र सत्रसाल पछिको सिद्धान्त र व्यवहार केलाउन नै पर्ने हुन्छ ।

पन्ध्रसालको आम निर्वाचन पछि नेपाली कांग्रेस प्रचण्ड बहुमतले सत्तामा आएको कुरो निर्विवाद सत्य हो । वीपीको आत्मवृत्तान्तमा वर्णित दुई घटनाको मात्र उदाहरण लिने हो भने पनि त्यो सरकारलाई काम गर्न राजाले पनि रोक्न सक्दैन थिए । यहाँतक की नेपाल अधिराज्यको संविधान २०१५ को धारा १६ मा उल्लेखित सरकारी कार्यसचालन विधि अनुसार राजालाई दिनुपर्ने जानकारी पनि नदिएर गण्डक सम्झौता गरेको उल्लेख बिपीले गरेका छन् । त्यस्तै आफू अरवियन राष्ट्रको भ्रमणमा रहेको बेलासम्म इजरायलसंग दौत्यसम्वन्ध थाँती राख्न राजाले गरेको अनुरोध नमानेर राजालाई अरवियन राष्ट्रबाट तुरन्त फर्किनु पर्ने स्थिति पनि पारेको कुरा सगौरव त्यही कितापमा उल्लेख छ ।

यहाँ यो कुराको उल्लेख त्यसो गरिन हुन्थ्यो वा हुन्नथ्यो भन्ने विवेचनको निमित्त हैन । बहुमत प्राप्त दलको सरकार कति बलियो थियो भन्ने प्रमाणको निमित्त उल्लेख भएको हो । त्यो प्रचण्ड बहुमत र निर्वाध शक्तिको उपभोग गर्दा पनि सरकार जोगाउन आवश्यक संख्या पुर्‍याउन विपक्षी दलको सांसदको आवश्यकता परेको थियो । तल्ला तहको निर्वाचनको त कुरै छैन स्वरुपको पनि कल्पना भएको कतै उल्लेख पाईदैन । संविधानले पनि केद्रिय सत्ताबाहेक अरुको परिकल्पना गरेको छैन । यसरी त्यो प्रजातन्त्रमा सर्वसाधारण जनताको अधिकार र सहभागिताको त कुरै पर जाओस स्वयं सत्ताधारी दलको सांसदको पनि कुनै अधिकार र सहभागिता व्यवहारत नभएको देखिन्छ ।

विपक्षी गोर्खादलको संसदिय दलको नेता र सत्ताधारी नेपाली कांग्रेसको संसदिय नेताको बाहेक अरुको कुरा नसुनिएको अवस्थालाई कुनै विधि वा नियमले संवोधन गर्न सकेको थिएन, न संवोधन गर्ने कुनै प्रावधान नै थियो । कुनै पनि काम गर्न केही रोकटोक नभएको यो परिस्थितिमा पनि जनतालाई अधिकार सम्पन्न गर्ने कुनै काम वा योजना त्यसबखत भएको उल्लेख कतै भेटिदैन । भाषणमा भने यस्ता कुराहरु प्रशस्त आउने गरेको पाईन्छ । भाषणमा आएका कुनैपनि जनहितका आश्वासन पुरा गर्ने तर्फ लक्षित केहि काम वा योजना नहुनुले त्यो पद्धतिमा जनतालाई दिने भनेको मुखले मात्र भएको देखिन्छ ।

सत्रसाल पुषमा राजाले सत्ता आफ्नो हातमा लिए पछि भने धमाधम स्थानिय संरचनाहरु तैयार गरिएको थियो । उन्नाईससालमा पञ्चायती संविधानले गाँउ पञ्चायतको अस्तित्व आफुमा अंगिकार गर्नु भन्दा पहिला नै त्यस्ता स्थानीय निकायहरुका निर्वाचन भएर काम शुरु भै सकेको थियो । पचासौं हजार जनप्रतिनिधिहरु निर्वाचित भएर अआफ्नो काम थालीसकेका थिए । विभिन्न तहमा आफ्नो मुलुकभर पचासौ हजार जनप्रतिनिधि निर्वाचित हुने र उनीहरुबाट स्थानियदेखि केन्द्रिय सरकारसम्म सञ्चालन हुने व्यवस्था कसरी प्रजातन्त्रको अपहरण हुन सक्छ भन्ने प्रश्नको उत्तर खोजिनु पर्दछ । नेपालको प्रथम जनगणनाले त्यसवेला कुल जनसंख्या ८४ लाख ३१ हजार भएको देखाउँछ ।

यो जनसंख्यामा करिव पचास, पचपन्न हजार प्रतिनिधि निर्वाचित गरेर राज्य व्यवस्थामा जोड्ने प्रणाली नै सही अर्थमा जनताको निमित्त जनताद्वारा जनताले चलाएको शासन हो । बहुदलको पुर्नस्थापन पछि यो स्थानिय निकायको निर्वाचनसम्म पनि हुन सकेको छैन । जुन स्थानमा पञ्चायतले निर्वाचित प्रतिनिधीको व्यवस्था गरेको थियो त्यो स्थानमा कर्मचारी वा भागवण्डाबाट दलहरुले चुनेको प्रतिनिधिले काम चलाईएको छ भने त्यो दलतन्त्र नै हो प्रजातन्त्र होईन । त्यसैले सत्रसालमा प्रजातन्त्र हैन दलतन्त्र अपहरणमा परेको हो । अनि २०४७ मा प्रजातन्त्रको हैन दलतन्त्रको पुनस्र्थापना भएको हो । वर्तमानमा यो दलिय तानाशाहीलाई लगाउने कुनै अंकुश छैन ।

विराटनगर–१
प्रकाशन मितिः २०७२ माघ २८ गते बिहीवार
स्थानिय सरकार: नगर, गाउँ पञ्चायत

स्थानिय सरकार: नगर, गाउँ पञ्चायत

–स्वयम्भुनाथ कार्की

नेपालको संविधान २०१९को प्रस्तावनामा भनिएको थियो “यस्तो व्यवस्था जनजीवनमा आधारित र परम्परा सुहाउँदो, तलैदखि उठी सम्पूर्ण जनताको क्रियाशील सहयोग पाउने र विकेन्द्रिकरणको सिद्धान्तलाई अंगाल्ने दलविहिन प्रजातन्त्रिक पञ्चायत प्रणालीद्वारा मात्र सम्भव छ” । यो कुरा नै पञ्चायत प्रणालीको मुल आधार हो । २०४७ को संविधानपछि उठेका र वर्तमानमा नेपाललाई नै अस्थिर हुने गरेर भैरहेका आन्दोलनहरुको भद्र माग पनि यही नै हो । केही परिमार्जन भने अवश्य छ, शक्तिको विकेन्द्रिकरणको स्थानमा संघीयता र दलविहिनको स्थानमा दलहरुको सशक्त उपस्थिति ।

आदर्शको कुरा जे जस्तो भए पनि नेपाली समाजमा कसैको वर्ण, जात, सम्प्रदायआदिले परस्पर द्वेश फैलिएको कुरा दुर्भाग्यपूर्ण सच्चाई हो । यस्ता कुराको बढ्ने मौका भनेको शासन व्यवस्थामा तल्ला तहका जनताले आफ्नो भूमिका नपाउनु, व्यवस्थाले व्यक्तिको जनजीवनमा र परम्परामा हस्तक्षेप गरेको अनुभूति हुनु आदि हुन् । तलैदेखिका जनताको सकृय सहयोग भनेको शासन व्यवस्थामा उनीहरुको भागिदारी हो । यसका निमित्त उनिहरुले निर्वाचनमा मतदान मात्र गरेर पुग्दैन । निर्वाचित गरेका प्रतिनिधिहरुले जनताको हित अनकुल काम गरुन भन्नलाई जनताको पहुँच पनि हुनु पर्दछ ।

शुरुशुरुमा सम्पूर्ण जनता सहभागि हुने गरेर गाँउसभा, नगरसभाहरु गरिनै पर्ने व्यवस्था थियो । बढ्दो जनसंख्याले यो कुरा अव्यवहारिक जस्तो हुनथालेपछि वार्ड भेलामा सबैको सहभागिताको व्यवस्था भयो । त्यसो हुँदा पनि कुनै व्यक्तिको गाँउ वा नगर पञ्चायतमा अधिकारपूर्वक प्रवेश र प्रश्न वा सुझाव राख्ने स्वतन्त्रताको रक्षा गरिएको थियो । आफ्ना निमित्त भनेर तर्जुमा गरिएका हरेक कुराको बारेमा प्रधानपञ्चलाई जहाँ उपलव्ध भए पनि जवाफ माग्ने अधिकार जनतालाई थियो । व्यवहारिक रुपमा यो अधिकार कतिले प्रयोग गरे कतिले प्रयोग गरेनन त्यो व्यक्तिको योग्यता र क्षमतामा भर पर्‍यो ।

स्थानिय सरकारको रुपमा स्थापित नगर पञ्चायतहरु नगरपालिका वा महानगरपालिका भए, गाउँ पञ्चायतहरु गाँउ विकस समितिमा घटुवा भए । जनताको सहभागिता भनेको निर्वाचनमा मत खसाल्ने र आफ्नो स्वत: हुनुपर्ने कामको निमित्त पनि जनप्रतिनिधिहरुको दैलोमा वा दलका नेताहरुको आंगनमा चाकरी गर्नेमा सिमित भयो । कयौं वर्षदेखि त जनताले न आफ्नो प्रतिनिधिलाई मत नै खसाल्न पाएको छ न चिन्छ नै । पहिले निर्वाचितको स्थानमा “टिके जनप्रतिनिधि” र पछि केन्द्रबाट खटाईएका कर्मचारीहरु जनसेवक भन्दा मालिकको भूमिकामा छन् ।

आफ्नो आवश्यकताको आधारमा के कसो गर्ने भनेर स्थानिय नीति बनाउने स्थानमा बसेका यस्ता मालिकहरु कहिले घर भत्काउने त कहिले घर उनीहरुको सनक बमोजिम नै सजाउनु पर्ने जस्ता तानाशाही उर्दि जारी गर्न तल्लिन छन् । करको मात्रा र दायरा हरेक पल्ट बढाइदै छ तर सुविधाको निमित्त जनताले आफैले पैसा उठाएर अपुगको निमित्त उनिहरुको चाकरी गर्नु पर्ने भएको छ । जनताको सहभागिता, जनताको हित आदिको निमित्त गठित यस्ता संरचनाहरु जनतालाई थिचोमिचो गर्ने थप माध्यम भएका छन् । जे जस्तो मनपरी गरे पनि जनताले तिनीहरुलाई दण्डित गर्न सक्दैन, केही प्रभावशाली नेताहरुको आशिर्वादले जनताप्रतिको उत्तरदायित्व समाप्त पारेको छ ।

पञ्चायतले स्थानिय सरकारको संरचना मार्फत सबैलाई क्रियाशिल गर्ने प्रयत्न थालेको थियो । तर, अहिले दलका कार्यकर्ताहरु पनि क्रियाशिल र साधारण भनेर छुट्याईएका हुन्छन् भने त्यहाँ सर्वसाधारणको पहुँच पुग्ने त कुनै संभावना नै रहन्न । जनताको अधिकारको व्याख्या केवल निर्वाचन भएको अवस्थामा मतदान गर्नुमा मात्र सिमित भएको छ । अझ रोचक कुरा त यसैलाई लोकतन्त्र पनि भनिएको छ । कुनै कुराको गाँठो पर्‍यो भने त्यसमा के गर्ने भनेर जनतालाई सोध्ने त कुरै छैन बरु केही शीर्ष भनिएका नेताहरुको जिम्मामा छोड्ने चलन छ । आश्चर्यको विषय नै हो, संसारमा कुन परिभाषमा जनअधिकारलाई शीर्षनेताको पोल्टामा हाल्नुलाई लोकतन्त्र भनिएको छ ?

मुसोलिनीको फासिष्ट दलको सिद्धान्त मध्ये एक हो, सय जना मुर्खले भन्दा दश विद्वानले सही निर्णय गर्दछन् । वर्तमानमा पनि त्यही सिद्धान्त अवलम्वन भएको छ, शीर्ष नेता बाहेक सबै मूर्ख । यो कुरा पञ्चायतमा संभव नै थिएन । स्थानिय सरकार भएका संरचनाहरु एकदिनको निमित्त पनि जनप्रतिनिधि विहिन हुनु हुदैन । सरकारको अवधारणा आउने वित्तिकै त्यो केवल जनताका प्रतिनिधिले चलाउने हो । टिके वा कर्मचारीले चलाएको संरचनाले सरकारले गर्ने काम गर्दा त्यो तानाशाही हुन्छ । त्यसैले पञ्चायतको अवधीभर स्थानिय सरकारहरु कहिल्यै जनप्रतिनिधि विहिन हुन पाएनन् ।

केही दिन निर्वाचन कुनै कारणले विलम्व हुँदा त्यो वेलामा कर्मचारीलाई जनप्रतिनिधिले प्रयोग गर्ने अधिकार हस्तन्तरण भएन । त्यसैले धक नमानी भन्न सकिन्छ स्थानिय सरकारको रुपमा नगर वा गाँउ पञ्चायतले मात्र काम गरेको थियो । नगरपालिका, गाँउ विकस समिति आदिले स्थानिय सरकारको रुपमा हैन केन्द्रिय सरकारका अरौटे भरौटेको रुपमा मात्र काम गरे । स्थानिय परिस्थिति, आवश्यकता, माग आदिको स्थानमा केन्द्रिय सरकारको आदेश, कुनै विदेशी निकायको परिकल्पनामा काम गरे र गर्दैछन् । उदाहरण नै चाहिने हो भने “गाउँ नगर साझेदारी” कार्यक्रमको अध्ययन गरे पुग्छ । यो कार्यक्रमको उदेश्य हेर्ने हो भने प्रष्ट हुन्छ ।   विराटनगर–१

प्रकाशन मितिः २०७२ माघ २१ गते बिहीबार

लेखकलाई फेसबुकमा फलो गर्न तल उनको नाममा क्लिक गर्नुहोस्...
–स्वयम्भुनाथ कार्की