चार्ल्स डार्विनको विकाशवाद र हिंदूहरुको अवतारवाद

–प्रवीण अधिकारी
यस पृथ्वीमा जीव जन्तुहरुको कसरी प्रादुर्भाव हुन् पुग्यो ? कसरी तिनको विकाश भयो ? यो विषय सधैं विवादित रहेको छ ! नयाँ जीव जन्तुको उत्पत्तिको विषयमा चार्ल्स डार्विनले सन् १८५८ ईo मा 'प्राकृतिक वरण' (Natural Selection) को सिद्धांत प्रतिपादन गरेका थिए र १८५८ ईo मै एक पुस्तक 'जीवजातिको उद्भव', (Origin of Species), प्रकाशित गरेका थिए !

हाम्रो ऋग्वेद भन्दछ " सृष्टिको आदिकालमा न सत् थियो न असत्, न वायु थियो न आकाश, न मृत्यु थियो न अमरता, न रात थियो न दिन, त्यतिखेर " उ " मात्र थिए जसले वायुरहित अवस्थामा पनि आफ्नो शक्तिले श्वास फेरे ! त्यस बाहेक क्यै थिएन !’ ‘ब्रह्म त्यो हो जसबाट संपूर्ण सृष्टि र आत्माहरुको उत्पत्ति हुन् सक्छ ! विश्वको उत्पत्ति, स्थिति र विनाशको कारण त्यै ब्रह्म हो " .

ब्रह्मबाट आत्मा, आत्माबाट जगतको उत्पत्ति हुन् पुग्यो ! सुरुमा हिरण्यगर्भबाट अण्डाको आकारमा एउटा मुख प्रकट भयो ! मुखबाट वाक् इन्द्रीय , वाक् इन्द्रीय बाट ‘अग्नि’ उत्पति हुन् पुग्यो !त्यसपछि नाकको छिद्र ,नाकको छिद्रबाट प्रण , प्राणबाट ‘वायु’ उत्पन्न भयो ! त्यस पछि आँखो , आँखोबाट चक्षु (दृष्टि शक्ति) प्रकट भयो र चक्षुबाट ‘आदित्य’ प्रकट भए ! त्यसपछी ‘छाला ’, छाला बाट ‘रौँ ’ र रौंबाट वनस्पति-रूप ‘औषधिहरु ’ प्रकट भयो ! त्यसपछि ‘हृदय’, ‘हृदय’ बाट ‘मन, ‘मनबाट ‘चन्द्र’ उदित भए ! तदुपरांत नाभी , नाभीबाट ‘अपान’ र अपानबाट ‘मृत्यु’ प्रादुर्भाव भयो ! त्यसपछि ‘जननेन्द्रिय, ‘जननेन्द्रिय बाट ‘वीर्य’ र ‘वीर्य’ बाट ‘आप:’ ( जल या सृजनशीलता) को उत्पत्ति भयो !

यहां वीर्यबाट पुन: ‘आप:’ को उत्पत्ति भयो ! यहि आप: बाट सृष्टिकर्ताको आधारभूत प्रवाह भयो ! वीर्यबाट सृष्टिको ‘बीज’ तैयार भयो ! त्यसैको प्रवाहमा चेतना-शक्तिले पुन: आकार ग्रहण गर्न थाल्यो !यही चेतना-शक्तिलाई हिरण्य पुरुष भनियो !

अति सूक्ष्म रूपमा जीवनको उत्पत्ति भई सकेपछि वनस्पति , बोट ,,बिरुवा ,लहराहरुको उत्पत्ति भयो ! त्यसपछि एककोशीय र बहुकोशीय जीव जन्तुहरुको उत्पत्ति हुदै गयो ! यहि क्रममा माछोको उत्पत्ति भयो ! माछो पवित्र जलचर जंतु हो ! पानी भित्र माछो उत्पत्ति भएको ३ अर्व बर्ष अघिको घट्ना मानिन्छ !

वराह र कच्छप काल : 
वराह कालमा पृथ्वीको केहि भाग पानी भन्दा माथि देखिए पछि आदिकालीन वनस्पतिहरु उम्रिन थाले ! बिस्तारै बिस्तारै तिनले आफ्नो क्षेत्र बिस्तार गरे ! यी स साना घास र बनस्पति भित्र उभयचर प्राणी, किरा फट्यांग्रा आदिको उत्पत्ति हुनथाल्यो ! ती उभयचर प्राणिमा कछुआ सबै भन्दा विकसित प्राणी थियो र आदिकालीन प्रजाति मध्ये कोहि उसंग सिकेर पक्षी बने भने पृथ्वीमा रहने प्राणिहरुले पानी मै आफ्नो जरो फैलाउन थाले ! वराह, कछुवा र सर्पले पृथ्वीमा बिस्तारै आफ्नो जीवन बिस्तार गरे र किरा ,फट्यांग्रा ,माछा , कछुवा र सर्पहरुले आफ्नो प्रजातिहरू बिस्तार गर्दै लगे !


हिन्दू धर्ममा त्यस पछि दुई सिद्धांत प्रतिपादित भयो - १ . मान्छेलाई ईश्वरले बनाए भन्ने र अर्को , २ . क्रमिक विकाश हुदै माछोबाट मान्छे बने भन्ने !
१ . मान्छे ईश्वरले श्रिश्टि गरे : ब्रह्मबाट ब्रह्माको उत्पत्ति भयो र ब्रह्माले आफुलाई दुई भागमा बाँडे एक भाग पुरुष स्वायंभुव मनु र अर्को भाग स्त्री रूप शतरूपा भइन !आदि सृष्टिको उत्पत्ति हिमाली क्षेत्रमा भएको मानियो !
२ . मान्छेको बिकाश माछो जस्तो प्राणीबाट भयो : आजको मान्छे माछोको लाखौँ प्रजाति मध्ये एक विशेष माछोको बिकशित रुप हो ! विकास क्रममा उसले धेरै रुप बदल्यो !
वेदमा सृष्टिको उत्पत्ति, बिकाश , विध्वंस र आत्माको गतिलाई पंचकोशको क्रमले बताइएको छ ! पंचकोश यी हुन् - १ . अन्नमय, २ . प्राणमय, ३ . मनोमय, ४ . विज्ञानमय र ५ . आनंदमय ! त्यै पंचकोश लाई ५ किसिमको शरीर पनि भनिएको छ ! वेदको त्यो धारणा विज्ञानसम्मत छ पनि !

समय क्रममा पर्यावरणमा परिवर्तन आउदै गए पछि यी परिवर्तन अनुसार आफुलाई ढाल्न नसक्ने विलुप्त हुदै गए !आफु जोगिन सक्ने बिजेता भए !ती मध्ये माछो , सर्प, कछु्आ, गोही , किरा -फट्यांग्रा , कमिला ,माकुरा आज पनि छन ! मान्छे कसरी बने ? आज भन्दा अरबौं बर्ष पूर्व भगवान ले मनु रूपको प्रथम पुरुष तथा शतरूपा रूपको प्रथम स्वास्नी मान्छे रचना गरेर सृष्टि वृद्धि गर्ने दायित्व सुम्पिए ! यीबाट सनक, सनातन, सनन्तकुमार एवं सनन्दन नाम गरेका चार छोराहरु जन्मिए ! तर ती आजीवन ब्रह्मा चर्य पालन गर्न पुगे ! त्यस पछि नारद मुनि मृत्यु लोक मा आए ! नारद जीले पनि कसैसंग बिहे गरेनन ! त्यस पछि कश्यप ऋषि आए तीबाट अदिति एवं दिति सहित १६ ओटी पत्नीको सहयोगले देवताहरुको उत्पत्ति हुन् पुग्यो ! ईशा भन्दा लगभग ६०० मिलियन वर्ष पूर्व पृथ्वी र वायुमण्डल धेरै तातो थियो ! जीव जन्तुको बिकाश हुन् पाएन ! पृथ्वी करोडौं बर्ष त्यसै रह्यो ! बिस्तारै पृथ्वी सेलाउदै गएपछि जीवनको शुरूआत समुन्द्रको पानीमा हुन् थाल्यो ! समय र परिस्थिति फेरिंदै जाँदा केहि जीव जन्तु लुप्त भए भने केही नयाँ प्रजातिको उदय हुन् पुग्यो ! यसै कालखण्डमा जमीनमा बोट बिरुवा उम्रिन पुगे !

समय बित्दै गएपछी पर्यावरणमा परिवर्तन आउदै गयो ! यी परिवर्तन अनुसार समय अनुसार आफुलाई ढाल्न नसक्ने सधैको लागि लुप्त भएर गए ! जस्तो पर्यावरणमा आएको परिवर्तन सहन नसक्ता डायनासोर विलुप्त हुन् पुग्यो ! आज भन्दा ३० -४५ लाख वर्ष पूर्व टरशियरी काल आफ्नो अन्तिम चरणमा हुदा मान्छेको पदार्पण हुन् पुग्यो ! अफ्रीकी महाद्वीपको इथोपियामा पाइएको लुसी फोसिल र अर्दी फोसिल जुन क्रमशः ३२ लाख एवं ४४ लाख वर्ष पुरानो हो यस कुराको प्रमाण हो ! यो आदिमानवको प्राचीनतम फोसिल हो ! यी दुवै फोसिलको लम्बाई लगभग एक मीटरको थियो ! यस युगको मानव पूर्ण रूपले विकसित थिएनन ! शरीर पनि छोटो थियो ! जसरी जसरी समय बित्दै गयो मान्छेको शरीर र मस्तिष्कमा बिस्तारै बिस्तारै सुधार हुदै गयो ! पाषण युगको आदि मानवहरुको दिमाग विकसित हुन् लगभग बीस लाख वर्ष लाग्यो र ती मानवहरुले ढुङ्गाको हतियार बनाउन सिके र शिकारी युगमा प्रवेश गरे ! विकाशको प्राकृतिक प्रक्रियाको यो नै उदाहरण हुन् पुग्यो !

आधुनिक युगको मान्छे पाषण, तांबा तथा ब्रोन्ज युगको मानव भन्दा अत्याधिक सशक्त एवं बुद्धिमान छन् !आफ्नो विकसित मस्तिष्कको कारण, उसले सफलताको उचाई प्राप्त गर्दैछन ! आधुनिक मानवको खुट्टोले चन्द्र धरातल टेकी सकेको छ ! मंगल ग्रहमा पुग्नै आँटेको छ ! शत्रुलाई हराउन अब उसलाई अर्जुनको गान्डीव धनुष, भीमको गदा वा अन्य कुनै दिव्य अस्त्रको आवश्यकता छैन ! उसको लागि अणु बम्ब ,अन्तर्राष्टीय महाद्वीपीय मिसाइल, जस्ता हतियारहरुको आविष्कार भै सकेको छ !

अवतारवाद :
हिन्दुहरुको धार्मिक अवधारणाले विकाशको थ्योरीलाई सर्मथन गर्छ गर्दैन भन्नु भन्दा पहिले हिन्दू धर्मको पौराणिक कथाहरु अनुसार पृथ्वीमा रहेका आदि मानवहरु शारीरिक एवं बौद्धिक दृष्टिकोणले पूर्णतयाः विकशित तथा आजका मान्छेको तुलनामा अत्यधिक बलवान एवं सामर्थ्यवान थिए भनेर स्विकार्नु पर्ने हुन्छ ! हाम्रा पूर्वजहरु सगरमाथा हातमा उठाउन सक्थे र उफ्रेर समुन्द्र पार गर्न सक्थे भंनेकुरो हिन्दु धर्मका ग्रन्थहरु पढदा ज्ञात हुन्छ !


हामी हिन्दुहरुको दश अवतारको परिकल्पना मानव विकाशको प्रक्रियालाई समर्थन गर्ने परिकल्पना हो भनेर स्विकार्नु पर्छ ! किनभने दश अवतार मध्येको पहिलो अवतार माछो हो जो यसै पृथ्वीमा प्रकट भयो जसलाई मत्स्य अवतार भनेर हाम्रा धर्म ग्रन्थमा पुश्ट्याइ गरियो ! यसको अर्थ हो " हिन्दु माइथोलोजी " यस वैज्ञानिक सत्यलाई स्वीकार गरी यस पृथ्वीमा जीवनको सुरुवात पानी मै भएको थियो भन्ने कुरालाई स्विकार्द्छ भन्ने हो ! कच्छप या कछुआ भगवान बिष्णुको दोश्रो अवतार थियो ! यो अवतारले " एम्फीबियन प्रजातिका जीवहरु "को प्रतिनिधित्व गर्दथ्यो जो जल तथा जमीन दुवै ठाउमा रहन सक्दछ ! विकाशको थ्योरीमा तेश्रो क्रममा ती जीव जन्तुहरु आए जो जमिनमा मात्र उम्रिन , हुर्किन र फस्टाउँन सक्थे !

तेश्रो बराह अवतार ती जीव जन्तुको प्रतीक हो , जुन जीव जन्तु जमीनमात्र बाच्न सक्छ ! भगवानविष्णुको चौथो अवतार नरसिंह (आधा नर तथा आधा सिंह ) को रूपमा आएको कुरो हाम्रो पौराणिक ग्रन्थहरुले पुष्टी गर्दछ ! यो त्यस्तो प्राणी हो जो पूर्ण मनुष्य रूपमा मानव स्वरुपमा बिकशित हुन् सकेको थिएन ! यसै कारण आधा मान्छे तथा आधा सिंह जस्तो थियो ! यो विकाशको थ्योरीको स्वरूपको व्याख्या थियो ! समयको पाङ्ग्रो घुमी रह्यो जीव जन्तुको सुधार हुदै गयो ! हाम्रो पाचौं वामन (मान्छेको पुड्को स्वरुप ) अवतारले मानव विकाश प्रक्रियाको त्यस अवस्थालाई जनाउछ जतिखेर आदि मानव पूर्णरूपबाट मनुष्यको स्वरूप धारण गरिसकेको अवस्था हो ! तर छोटो कदको मानव भएकोले यसलाई वामन (पुडको ) अवतार भनिएको हो ! अब हेरम वैज्ञानिकहरुले खोजी गरेको मान्छेको पुरानो स्वरुप लूसी तथा अर्दीको फोसिलको कद पनि सानो नै थियो ! लूसी तथा अर्दीको छोटो कदले प्रमाणित गरेको छ कि हाम्रा प्राचीनतम पूर्वज ठूल ठूला मानव स्वरुपका थिएनन ! तिनको शरीर र मस्तिष्कको विकाश बिस्तारै विस्तारै हुदै गएको हो ! परशुराम छैठौं अवतारका थिए ! जो सम्पूर्ण मानवको रूपमा पृथ्वीमा आएको थिए ! त्यसपछि सातौँ ,आठौँ र नवौं अवतार पूर्णतया विकशित मानवको रुपमा भै सकेका थिए ! बिष्णुको दशौँ कल्की अवतार हुदा अझ विअशित मान्छेको स्वरुपमै हुनेछ तर कच्छप या मत्स्य रूपमा हुनेछैन ! यसरी भगवान विष्णुको दश अवतार पृथ्वीमा अवतरित भएको घटनाले मानव विकाशको थ्योरी लाई नै प्रमाणित गरेको छ भन्दा फरक पर्दैन !

विज्ञान भित्रको विज्ञान 
उन्नाइसौं शताव्दीका नाम चलेका वैज्ञानिकहरुका अनुसार हाम्रो पृथ्वी पांच अरब बर्ष पुरानो हो ! यस पांच अरब बर्षको पूर्वार्धमा अर्थात् दुइ -तीन अरब बर्ष सम्म हाम्री पृथ्वीमा कुनै जीव जन्तु थिएनन ! त्यसपछी करौडौं बर्ष सम्म वनस्पतिहरु र जानवरहरुमात्र अस्तित्वमा आएको कुरो प्रमाणित छ ! मान्छेको उत्पति लगभग पांच लाख बर्ष पुरानो हो र विकाश बिभिन्न भर्याङ्गहरु उक्लिदै आजको विकशित अवस्थामा आइपुगेको हो ! यस प्रक्रियामा दस हज़ार बर्ष पहिले मान्छेले आफ्नो अस्तित्व जमाएको हो ! दश हजार बर्ष पहिले भनौं वा आफ्नो प्रारम्भिक अवस्थामा पांच लाख बर्ष पहिले मान्छे अन्य रूपमा आएको थियो होला ! भनिन्छ हाम्रा पूर्वज बादर थिए रे ! त्यो बाँदर प्रजातिको विकाश पनि अनायास भएको होइन ! त्यो बाँदर स्वरुप पनि अन्य प्रजातिहरुबाट विकशित हुँदै भएको हो ! किनभने यस पृथ्वीमा जीवनको सुरुवात शुरूआत एक कोशिकीय जीवबाट पानीमै भएको हो भन्ने कुरा बैज्ञानिक अनुसन्धानले देखाउछ ! पानीमै एक कोशिकीय जीव पहिले अस्तित्वमा आएका हुन् त्यसपछी बहुकोशिकीय जीव ! पुराणहरुमा वर्णित दशावतार मान्छेको त्यै विकाश प्रक्रियाको प्रतीकात्मक वर्णन हो भन्दा अत्युक्ति हुदैन ! भगवान बिष्णुको दशावतारमा मत्स्य, कूर्म, वाराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि अवतारहरुको बर्णन कल्पना गरिनु आजको दिनमा अधि सान्दर्भिक देखिन्छ ! वास्तवमा दश दशावतार मान्छेको विकाशको विभिन्न अवस्थाहरु हो ! विज्ञान द्वारा यो सिद्ध भएको कुरो हो कि सृष्टि को विकाश अथवा जीवनको प्रारंभ पानिबातई भएको हो ! पहिलो अवतार मत्स्य एक जलीय जंतु हो ! द्वितीय अवतार कूर्म या कच्छप जल र थल दुवै ठाउँमा रहन सक्छ ! तृतीय अवतार वाराह या बदेल वा सुँगुर थलमा बस्न सक्छ !यसले मानव जीवन पानी बाट थल तीर विकाशित हुदै गएको संकेत गर्दछ ! मान्छेले आजपनि विकाश गरी रहेको छ तर एउटा जनावरबाट मान्छे हुनु पूर्व माझका दुई अवतार पूर्ण रूपले मान्छे होइनन ! चतुर्थ अवतार नरसिंह,आधा पशु हो भने आधा मान्छे हो , त्यहिनीरको पंचम अवतार वामन पनि मान्छेको शरीर सरह छैन ! छैठौं अवतार परशुराम रामको पूर्व अवस्था भन्दा हुन्छ ! परशुरामको नकारात्मकता सकिएपछि मात्र रामको सकारात्मकताको उदय हुन्छ ! सातौँ अवतार राम यद्यपि एक आदर्श पुरुष हुन् तर पनि आठौँ अवतार कृष्ण जुन कलाका साथ् यूक्त भएका छन् राममा त्यो गुण छैन ! राम को विकाश कृष्णको रुपमा भएको हो र कृष्णको नवौं अवतार बुद्धको रुपमा भएको हो ! तर पनि मान्छेको विकाशको अनंत संभावनाबाट तर्किन सकिने अवस्था छैन जुन कुरा कल्किको रूपमा ती अनन्त सम्भावनाहरुको खोजी हुँदैछ भन्ने कुरा स्वीकारिनु पर्छ ! 


प्राकृतिक सिद्धांतको पुष्टि गर्न Charles Darwin ले "जीवन-संघर्ष (Struggle for Existence) " भन्ने एक सहायक सिद्धांत प्रकट गरे ! जीवन संघर्ष जीवविज्ञानमा उपयुक्त हुने एक उक्ति हो , जसको तात्पर्य हो आफ्नो अस्तित्वकोलागि जीव जन्तुको परस्पर संघर्ष ! यस सिद्धान्त अनुसार प्रत्येक जीवमा प्रजनन द्रुत गतिले गुणोत्तर अनुपातमा भएर जान्छ ! तर जीव जन्तु जति संख्यामा उत्पन्न हुन्छन त्यतिकै संख्यामा उत्पन्न हुन् सक्तैनन् ! त्यसको कारण के हो भने जुन गतिमा तिनको उत्पत्ति हुन्छ र संख्यामा वृद्धि हुन्छ त्यै अनुपातमा तिनको वासस्थान र खानेकुरा वृद्धि हुन् सक्तैन ! जीव जन्तुहरु बस्ने स्थान र खानेकुरा सिमित भएर जान्छ यसकारण वासस्थान र खानेकुराकोलागि तिनले अनवरत संघर्ष गर्नु पर्छ ! यै संघर्षमा धेरै जीव जन्तुहरु मर्दछन भने केहि जीवित रहन पुग्दछन !यस प्रकार प्रकृति मा विभिन्न जीव जन्तुको संख्यामा एक किसिमको प्राकृतिक असन्तुलन बन्न पुग्दछ ! उदाहरणकोलागि हात्ती जस्तो मंद गतिले प्रजनन गर्ने प्राणी पनि यदि कुनै बाधा बिना कुनै गुणोत्तर अनुपातमा प्रजनन गर्न स्वतन्त्र छोडने हो भने चार्ल्स डार्विनले प्रष्ट्याउदै भनेका छन् एक जोडी हात्ती जसको आयु १०० वर्ष सम्म छ र ३० वर्ष को आयु पछि प्रजनन शुरु गरे त्यसले आफ्नो सम्पूर्ण जीवन कालमा जम्मा छ: बटा बच्चा दिनेछ र ती बच्चाले पनि त्यसका बाउ आमा झैं प्रजनन गर्न थाले आगामी ७५० वर्षमा ति सबै हातीहरुको संख्या एक करोड़ नब्बे लाख हुन् पुग्ने छ ! त्यस्तै एउटा माछोले एक ऋतुमा छ: करोड़ अंडा पारे र एक प्र नन कालको सबै अण्डा बाट संतान उत्पन्न हुन् सके र ती सबै जीवित रहें र सबैले प्रजनन अवसर पाए आउने पाँच पीढ़िमा त्यसको संख्या ६६ ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,०० ,००० हुन् पुग्नेछ !


माथि निर्दिष्ट गरिएको बर्ग मात्र होइन सबै बर्गको जीव मा प्रजनन छिटो छिटो हुन् पुग्छ ! यस कारण जीव जन्तुको यसरी बढेर जाने संख्या माथि नियंत्रण हुनु जरुरी ठानिन्छ , अन्यथा कुनै एक वर्गको जीव जन्तु यति धेरै बढेर जान सक्छ जसले गर्दा अर्को बर्गको जीव जन्तुकोलागि यस पृथ्वीमा स्थान पाउन गाह्रो हुनजान्छ ! तर त्यस्तो हुन् पाउदैन ! प्रकृतिले यसमाथी दरो नियन्त्रण गरेको हुन्छ ! किनभने जीव जन्तुको संख्या मा जुन गतिले वृद्धि हुन् जान्छ त्यै अनुपातमा तिनको खाने कुरा र स्थानमा वृद्धि हुन् पाउदैन र दुवै कुरो सीमित रहेका हुन्छन !यसै कारणले खाने कुरा र ठाउँकोलागि तिनीहरुमा द्वन्द चर्किन पुग्छ अर्थात परस्पर प्रतिस्पर्धा र संघर्ष चलन थाल्छ !यस संघर्षमा तिनै जीव जन्तुहरु सफल हुन्छन जसमा अन्य जीव जन्तु भन्दा बढि विशेषता र भिन्नता रहेको हुन्छ ! उदाहरणार्थ, वनस्पतिहरुमा अंकुर निस्के पछि खाद्य पदार्थ, घाम र प्रकाशकोलागि परस्परमा प्रतिस्पर्धा चल्छ र एकले अर्कोलाई पछि धकेल्दै आकाश तर्फ लम्किन्छां ! जुन बिरुवाहरु माथि जान सक्तैनन् ती छिमेकोको छायाँमा रहन बाध्य हुन्छन र तिनको वृद्धि हुन् पाउन् ! यस प्रतियोगितामा जुन बोट बिरुवा सफल हुन्छन ती मात्र जीवित रहन्छन अरु मर्दछन वा बढ्न नसकेर पुड्किञ्छन ! 

यसप्रकारको संघर्ष एकै वर्ग अथवा जातिका जीव जन्तुमा मात्र होइन वरु पृथक वर्ग या जाति संग पनि चलेको हुन्छ ! वस्तुत: जीवनसंघर्ष तीन प्रकारको हुन्छ :
क. एकलजातीय संघर्ष (Intra-specific struggle) 
ख. अंतरजातीय संघर्ष (Inter-specific struggle) 
ग. पर्यावरण संघर्ष (Environmental struggle)


एकै जाति या वर्गको जीव जन्तुहरुमा चल्ने संघर्ष -जस्तो मान्छे मान्छे विच ,कुकुर कुकुर बीचको संघर्ष अंतर्जातीय संघर्ष हो ! एकल जातीय संघर्षको तुलनामा अंतर्जातीय संघर्ष धेरै बढि चर्किने हुन्छ ! एक जातिका सबै सदस्यको आवश्यकता एकै खालको हुन्छ ! यसकारण ती मध्ये प्रत्येक ले तिनको आवश्यकताको पूर्ति गर्नका लागि हरेक पाइलामा संघर्ष गर्नु पर्छ ! अंतर्राष्ट्रीय युद्धको धमकि, अथवा युद्ध हुनु पनि जीवन संघर्ष हो ! यस्तो युद्ध प्राय:स दुई अथवा दुई भन्दा बढी भिन्न-भिन्न वर्ग ,जाति र जीव जन्तुमा चलेको हुन्छ ! न्याउरी र सर्प बीच, सर्प र भ्यागुतो बीच, कुकुर र बिरालो बीच अथवा बिरालो र मुसा बीचको संघर्ष यसका अन्तरजातीय संघर्षका उदाहरण हुन् ! यसमध्ये एउटा जीव जन्तु आफ्नो शत्रु पक्षबाट सधैं सुरक्षित रहन चाहान्छ र अर्को सधै आफ्नो शिकारको खोजीमा रहन्छ ! अत: यो संघर्ष शिकार र शिकारीको आपसी संघर्ष हो ! शिकारी र शिकारमा छलछाम अनवरत चलिरहन्छ !एउटा जोगिन चाहान्छ अर्को उसको खोजीमा ! यी दुवै संघर्ष बाहेक पर्यावरण संघर्षको सामना पनि तिनले गर्नु पर्छ ! यो संघर्ष तिनको प्राकृतिक वातावरण र परिस्थिति संग सम्बन्धित हुन्छ ! ती जीव जन्तुहरुको दैविक र भौतिक शक्ति जस्तो ब्याधी , आर्द्रता, शुष्कता, गर्मी, सर्दी, आंधी, तूफान, भूकंप, ज्वालामुखी , बिजलीको चम्काई , चट्याङ्ग , बाढी , घाम , लू इत्यादि हरुको पनि सामना गर्नु पर्छ ! यस प्रकारको संघर्षमा त्यस्ता जीव जन्तु मात्र जीवित रहन सक्छन जो आफ्नो प्रतिद्वन्दी भन्दा बीश अर्थात अलि बलिया हुन् सक्छन र खाश बलियाहरु मात्र त्यो संघर्षमा सफल रहन सक्छन ! जसरी एउटा कुशल कृषकले आफ्नो खेत बारीबाट कमजोर अथवा हानिकारक बिरुवा उखालेर फयाक्छ त्यसरी नै जीव जन्तुहरु पनि जीवनसंघर्ष गरी आफ्नो बासस्थानबाट उखालिञ्छन र योग्य , होनहार जीव जन्तुहरु मात्र विकशित हुन् सक्तछन् ! जसले गर्दा तिनको संख्यामा संतुलनको तारतम्य मिल्न पुग्छ ! जीव जन्तुको परस्पर संघर्षको कारण तिनको संरक्षणमा विशेषता अथवा भिन्नता उत्पन्न हुन् पुग्छ र त्यहि बिशेषता तिनको संतान मा सर्न पुग्दछ !यसरी पीढ़ी दर पीढ़ी अर्थात सन्तान दरसन्तान सम्ममा उन्नत विशेषता उत्पन्न हुन् पुगेर सुरुको जीव जन्तुहरु भन्दा भिन्न स्वरुपको हुन् पुग्छ र एउटा नयाँ जीव जन्तुको रुपमा स्थापित हुन् पुग्छ !

अधिकारीको फेसबुक वालबाट साभारः

प्रकाशन मितिः २०७२ फागुन ४ गते मंगलबार

SHARE THIS

Author:

Facebook Comment