Showing posts with label धर्म–संस्कृति र परम्परा. Show all posts
Showing posts with label धर्म–संस्कृति र परम्परा. Show all posts
संसारमै नि:स्वार्थ मायाकी खानी ‘आमा’

संसारमै नि:स्वार्थ मायाकी खानी ‘आमा’

–सीता पौडेल
आमा शव्द आफैंमा यति सुन्दर, परिपूर्ण र पवित्र छ कि लाख कोशिश गरेर पनि हामी अरु कुनै शव्दमा भेट्न सक्दैनौं । मायाकी खानी, ममतामयी आमा अनि उनको निश्चल र निस्वार्थ मायाको अगाडी अरु कुनै पनि यस्तो माया छैन जसको मायामा स्वार्थ नहोस् ।

उत्कृष्ट मानवजाती हामीमा मात्र नभई पशुपन्छीहरुमा पनि मादा प्राणीले आफ्नो सन्तानलाई त्यसरी नै माया गरि रहेको हुन्छ । चराचुरुङ्गीहरुमा पनि त जब सम्म बचेरोको पखेटा लागेर उड्न सक्दैन तब सम्म टाढा टाढाबाट आहारा खोजेर आफ्नो चुच्चोको सहायताले खाना ल्याएर बचेराको पेट भराउने गर्छिन् ।
आमा बिनाको घर र पानी बिनाको माछा उस्ता उस्तै हुन् भन्ने कुरा मात्र त्यो मानिसले बुझ्दछ जसले आमाको निस्वार्थ मायालाई बुझेर महसुस गरेको हुन्छ र उनको सामिप्यलाई आफ्नो सफलता मानेको हुन्छ ।
आमाले आफ्नो सन्तानलाई त्यतिबेला देखि निस्वार्थ माया गर्न थाल्छिन् जब देखि आफू गर्भवति भएको थाहा पाँउछिन् । नौ महीनासम्म गर्भ भित्र नै उनले आफ्नो सन्तानको स्वास्थ्य र सुरक्षाको लागि हरेक सावधानीहरु अपनाउन सुरु गर्छिन् ।

यो सुन्दर संसारमा आफ्नो सन्तानलाई ल्याउन उनले असह्य प्रसव वेदना सहदै जीवन र मृत्युको संघारमा उभिएर कठोर संघर्ष गर्छिन् । शिशुको जन्म संगसंगै उनका धेरै अभिभाराहरु बढ्न थाल्छन् तर ऊनी उफ्फ सम्म नगरी आफ्नो सन्तानलाई ज्ञान, शिक्षा, अनुशासन, संस्कार र सदाचारको पाठ पढाउँदै हुर्क्याउन थाल्छिन् । जतिसुकै दु:ख कष्ट आई परेपनि आफूलाई नै बिर्सेर सन्तानको पेट भर्न पछि पर्दिनन् ।

आमाको लागी हामी जति पनि बयान गरौं कम नै हुन्छ । दु:खद र यथार्थ कुरा के हो भने जब सन्तान बढ्दै जान्छ र उसका असीमित इच्छा र चाहनाले नेटो काटदै जान्छ, त्यतिबेला ऊ आमाको हरेक त्याग र समर्पणलाई भुल्दै सांसारिक र भौतिक मायामोहको खोजीमा भौंतारिन थाल्छ । ऊ ठिक त्यस मृग जस्तै हुन्छ जुन मृगले आफ्नै नाभिमा रहेको कस्तुरीबारे थाहा नपाएर कस्तुरीको बास्नालाई पछ्याउँदै वन भरि भौंतारिएको हुन्छ ।

  वृद्ध भई सके पछि तिनै ममतामयी आमा सन्तानको लागि भार बन्न पुग्छिन्, तिनका अर्ती उपदेश अब सन्तानलाई अपाच्य हुन्छ । तिनको समर्पण र त्यागको बदलामा बडो निर्दयीताका साथ उनलाई वृद्धाआश्रम लगिन्छ । उनले दिएका ज्ञान, उपदेश अनि सारा शिष्टता र संस्कारलाई बिर्सेर असभ्यता, अशिष्टता अनि विकृतिलाई भित्र्याउँछन् । सन्तान जति कपुत भएपनि आमाको मायामा कहिल्यै कुनै कमी आउँदैन बरु उनी चिन्तित बन्न पुग्छिन् तर सन्तान...?

आमाको प्रसङ्गमा मलाई आज आफ्नो जन्मभूमि, मातृभुमी नेपाल आमाको पनि कुरा गर्न मन लाग्यो । नेपाल आमाका हामी कपुत सन्तानले आज उनलाई त्यसरी नै धरधरी रुवाएका छौं । अती नै मनोहर र सुन्दरताले भरिएको उनको काखमा बसेर उनैले नै दिएको गाँस बाँसमा रमाउँदै उनैको अपमान गर्न कुनै कसर बाँकि राखेका छैनौं ।

धिक्कार छ हामी जस्ता कपुत सन्तानलाई  जसले आमाको संरक्षण गर्न जानेनौं र पटकपटक उनको छातीमा प्रहार गरिरह्यौं र अझै पनि गर्दै छौं । नेपाल आमाको सुन्दरताको चिरफार गर्दा के हामीमा अलिकति पनि अफसोस छैन ? छातीमा हात राखेर स्वच्छ मनले मनन गरौं यदि छ भने मातातिर्थ औंसीको शुभअवसरमा प्रण गरौं कि अब हामी असल सपुत बन्दै नेपाल आमाको आँसु पुछ्दै उनको मुहारमा उज्यालो र हाँसो ल्याउने छौं भनी ।

प्रकाशन मितिः २०७३ वैशाख २३ गते बिहीबार
राष्ट्रिय विभूति सीताको जन्म प्रसंगको चिरफार

राष्ट्रिय विभूति सीताको जन्म प्रसंगको चिरफार

-प्रवीण अधिकारी
उत्पति :
====
वाल्मीकि रामायणमा सीताको जन्म वैशाख शुक्ल नवमी र तिश्य नक्षत्रको योगमा भएको बताइएको छ भने निर्णयसिन्धु' को 'कल्पतरु'मा फाल्गुन कृष्ण अष्टमीको तिष्य योगमा भएको भनिएको छ ! जे सुकै भएपनि सीता नेपालकी छोरी थिइन् ! उनि आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीको प्रतिमूर्ति भएकीले नेपालको राष्ट्रिय विभूति हुन् पुगेकी हुन् ! उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृ वात्सल्य र करूणामयी व्यक्तित्व संसारभरी प्रसारित छ ! शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फाली र त्यस फालीबाट धर्तीमा निर्मित रेखा भएको देखिन्छ ! जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ ! वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण , देवी भागवत आदिमा फरक फरक कथा लेखिएका देखिन्छन !
कसैले मय दानवकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो भनेका छन् भने कसैले सीताको जन्म रावणकी धर्म पत्नी मन्दोदरीको गर्भबाट भएको हो भनेका छन् भने कसैले तत्कालिन समयमा बेथिति बढदै जाँदा सौनकादी ८८ हजार ऋषिहरूले रावणको वंशनास गर्ना निमित्त सबैले आफ्नो-आफ्नो रगत अली- अली निकालेर एक पञ्चरंगी डिब्बामा राखे ! रावणले त्यो रगतको भाँडो लिएर गई मन्दोदरीलाई राख्न दियो ! मन्दादरीले रिश्ले त्यो रगत पिईन्। केही दिन पछि मन्दोदरीको गर्भ रहयो र पेटको त्यो बच्चालाई एक घडामा राखी रावणले जनकपुरमा मिल्काए ! विदेहराज राजर्षी जनकले हलो जोत्दा माटो मुन्तिर हलोको फाली त्यसमा अड्किएको र त्यसबाट निस्किएकि कन्यालाई सीता भनिएको भनेर अधिकांस ग्रन्थहरुमा वर्णित भेटिन्छ ! यसरीहेर्दा कसैले कुनै अज्ञात कारणवश ती कन्या खेतमा फ्यालेको र संयोगवश तिनलाई जनकले भेटेको अथवा कसैले खेतमा फ्यालेको कन्या भेटेर राजा जनक समक्ष पुर्याएको पनि हुन् सक्ला ! कथैको कुरो गर्दा महर्षि कण्वले शकुन्तला यसरीनै पाएका थिए र पाएपछि पक्षिहरुले तिनलाई संरक्षित गरेको हुदा तिनको नाउँ शकुन्तला रहन गएको कुरो प्राचिन साहित्यमा वर्णित भेटिएtकै छ ! राजा जनकले घडा खोलेर हेरे पछि कन्या शिशु भएको थाहा पाएर लगेर आफैले पाले ! यस्तो अद्भुत मान्छेको जन्म प्रसंगमा धेरै मिथकहरु गासिनु स्वाभाविक भएको मान्नु पर्छ !
भगवान सीता र राममा समर्पण गरिएको दुइबटा ग्रन्थहरु - तुलसीदास द्वारा रचित ‘श्री रामचरित मानस’ र वाल्मीकि द्वारा रचित ‘रामायण’ हो ! यस बाहेक अरु ग्रन्थहरु पनि छन् तर वाल्मीकि कृत रामायणलाई सटीक ,प्रामाणिक र बिश्वाश योग्य मानिन्छ ! श्रीराम संग बिहे गर्दा सीता ६ वर्षकी थिइन् ! उनि १२ बर्ष सम्म दशरथको दरवारमा बसेर १८ बर्षको उमेरमा रामसंग बनबास लागेको प्रसंग बाल्मीकी रामायणमा उल्लेखित छ !
श्लोक
उषित्वा द्वादश समा इक्ष्वाकूणां निवेशने।
भुंजना मानुषान् भोगान् सर्व कामसमृद्धिनी।१ ।
तत्र त्रयोदशे वर्षे राजामंत्रयत प्रभुः।
अभिषेचयितुं रामं समेतो राजमंत्रिभिः।२ ।
परिगृह्य तु कैकेयी श्वसुरं सुकृतेन मे।
मम प्रव्राजनं भर्तुर्भरतस्याभिषेचनम्।३ ।
द्वावयाचत भर्तारं सत्यसंधं नृपोत्तमम्।
मम भर्ता महातेजा वयसा पंचविंशक:। ४ ।।
अष्टादश वर्षाणि मम जन्मनि गण्यते।।
तत्कालिन विज्ञानले के भन्छ ?
=====================
प्राचिन प्राणी शास्त्रले पृथ्वीबाट उम्रिनेलाई “उद्भिज्ज” भनेर घाँस , औषधि, तरु, लतालाई यस कोटीमा राखेको पाइन्छ भने मान्छे , पशु , जरायुज, अण्डज र स्वेदज प्राणिहरु ( मल मूत्रबाट उत्पन्न भएको ) मानी अन्तर्गत राखेको देखिन्छ ! मान्छेको वर्गमा परेर पनि सीताजीको उत्पत्ति पृथिवीबाट भएको हो भन्दा प्राकृतिक नियम बिरुद्ध हुन् जाने देखिन्छ ! यो मिथक कहिलेदेखि र के कारणले यसरी सुनाइयो ठ्याक्कै भन्न र प्रश्ट्याउन सकिन्न जबकि बाल्मीकि रामायण जस्तो प्रमाणिक ग्रन्थले सीताजीलाई अनेक ठाउँमा विदेहराज जनकको आत्मजा एवं औरस पुत्री तथा उर्मिलाको सहोदरा भनेर व्याख्या गरेको छ भने वैदेही ,जानकी आदि नाम पनि उनकैलागि प्रयोग भएको पाइन्छ –
वर्धमानां ममात्मजाम् (बाल० ६६ /१५ ) ;
जानकात्मजे (युद्ध० ११५ /१८ ) ;
जनकात्मजा (रघुवंश १३ /७८ )
महाभारतमा लेखिएको –
================
विदेहराजो जनक: सीता तस्यात्मजा विभो
(३ /२७४ /९ )
अमरकोश (२ /६ /२७ ) ले ‘आत्मज’ शब्दको अर्थ यस्तो लाएको छ –
आत्मनो देहाज्जातः = आत्मजः अर्थात जो आफ्नो शरीरबाट जन्मिएको छ , त्यो आत्मज हो ! आत्मा क्षेत्र (महिला ) को पर्यायवाची हो ; क्षेत्र र शरीर पर्यायवाची हो !
" क्षीयते अनेन क्षेत्रम "
महिलालाई क्षेत्र भन्नु पर्ने कारण र त्यसको अर्थ के हो भने महिलाहरुको शरीर संतान जन्मिएपछि क्षीण भएर जान्छ तर पुरुष बीजरूप भएकाले उनीहरु क्षीण हुदैनन् !
रघुवंश सर्ग ५ , श्लोक ३६ अनुसार –
ब्राह्मे मुहूर्ते किल तस्य देबी कुमारकल्पं सुषुवे कुमारम् ।
अत: पिता ब्रह्मण एव नाम्ना तमात्मजन्मानमजं चकार ।।
आत्मज या आत्मजा त्यसैलाई भन्न सकिन्छ जो महिला र पुरुषको रज-वीर्यको मिलन भएर त्यहीं हुर्की बढी गर्भाशयबाटै जन्म लिन पुग्छन ! किनभने संस्कृतमा ‘जनी प्रादुर्भावे’ बाट जननी शब्द बन्दछ ! त्यसैले जन्म दिनेलाई जननी भनिएको हो ! द्वापर्मा पालन-पोषण गर्ने " यशोदा " माता भनिएकी थिइन् तर जन्म दिएको कारण जननी देवकीनै भनिन्थिन ! बनवास कालमा अत्रि ऋषि आश्रममा सीता र राम पुग्दा अनसूया संग भएको कुराकानीमा सीताले भनेकी थिइन् –
पाणिप्रदानकाले च यत्पुरा तवाग्निसन्निधौ।
अनुशिष्टं जनन्या में वाक्यं तदपि में घृतम् ।।
अयो० ११८ /८ -९
विवाह समयमा मेरी जननीले अग्निका अघि मलाई दिएको उपदेश मैले बिर्सेकी छैन ती उपदेशलाई मैंले हृदयंगम गरेकी छु !
प्रश्नहरु :
----------
विहेको समयमा उपदेश दिने ‘जननी’ पृथिवी कसरी हुन् सक्छिन ?
छोरी बिदाई गर्दा रुने पृथिवी थीईन त् ?
फेरी राम र सीताको पाणी ग्रहण संस्कार गरिंदा रामचन्द्रको २२ पुस्ताको बंश वर्णन र सीताजीको २२ पुस्ताको वंश वर्णन गरिएको थियो ! यदि सीताजीको उत्पत्ति पृथिवीबाट भएको हुन्थ्यो भने पृथ्वी भन्दा पहिलेको पुस्ता कसरी ल्याउथे ? सीताजी पृथ्वीबाट जन्मिएकी हुन् भन्ने श्रोत विष्णु पुराण, अंश ४ , अध्याय ४ , वाक्य २७ -२८ देखिन्छ तर कुन अर्थमा र के उद्द्येश्यले सीता जन्मलाई त्यसरी वर्णन गरीयो यसै भन्न सकिने अवस्था छैन !
अयोनिजा शब्दको प्रयोग
================
हाम्रो परम्परा अनुसार यस काश्यपी सृष्टिमा जीवनको विकास क्रमिक रूपमा हुदै गएको हो !यो कुरो धेरै ग्रन्थहरुमा उल्लेखित गरिएको छ !श्रीमद्भागवत पुराणमा वर्णन गर्दै भनिएको छ -
सृष्ट्वा पुराणि विविधान्यजयात्मशक्तया
वृक्षान्‌ सरीसृपपशून्‌ खगदंशमत्स्यान्‌।
तैस्तैर अतुष्टहृदय: पुरुषं विधाय
व्रह्मावलोकधिषणं मुदमाप देव:॥ ११-९-२८
विश्वको मूलभूत शक्ति सृष्टिको रूपमा अभिव्यक्त भयो !यस क्रममा वृक्ष, सरीसृप, पशु, पक्षी, किरा , माकुरा , माछा आदि अनेक रूपमा सृजना गरीयो ! तर तीबाट पूर्ण चेतना अभिव्यक्त हुन् नसकेकोले मान्छेको श्रिश्टि गरीयो !
प्राणिहरुको प्राचीन वर्गीकरण पद्म पुराण र बिष्णु पुराण अनुसार
=========================================
अर्को कुरा हाम्रो परम्परामा जीवन प्रारंभ भएदेखि मानव जीवन सम्म पुग्न ८४ लाख योनि बित्यो ! आधुनिक विज्ञानले पनि अमीबा देखि मानव जीवन सम्मको यात्रामा १ करोड़ ४४ लाख योनि बितेको देखाउछ ! आज भन्दा लाखौँ बर्ष अघि हाम्रा पूर्वजले यो कुरो साक्षात्कार गरी सकेका थिए ! तिनले ८४ लाख योनिहरुको वर्गीकरण यसरी गरे-
समस्त प्राणीहरुलाई दुई भागमा बाँडे योनिज तथा आयोनिज भनेर ! दुईको संयोग बाट उत्पन्न वा आफै अमिवा जसरी बिकशित भएको !
यस बाहेक स्थूल रूपमा प्राणीहरुलाई तीन भागमा बाँडियो :-
जलचर - जलमा रहने सबै प्राणी !
थलचर - पृथ्वीमा विचरण गर्ने सबै प्राणी !
नभचर - आकाशमा विहार गर्ने सबै प्राणी !
यस बाहेक प्राणी उत्पत्तिको आधारमा ८४ लाख योनिहरुलाई चार प्रकारले वर्गीकरण गरियो !
जरायुज - आमाको गर्भबाट जन्म लिने मान्छे र पशु जरायुज !
अण्डज - अण्डाबाट उत्पन्न हुने अण्डज !
स्वदेज- मल, मूत्र, पसीना आदिबाट उत्पन्न हुने क्षुद्र जन्तु स्वेदज !
उदि्भज- पृथ्वीबाट उत्पन्न प्राणिहरु को उदि्भज वर्गमा परे !
विष्णु पुराणमा संख्याको आधारमा विविध योनि निम्नानुसार देखाइयो !
=============================================
स्थावर - २० लाख प्रकार
जलज - ९ लाख प्रकार
कूर्म- भूमि र जल दुवै ठाउँमा ९ लाख प्रकार
पक्षी- १० लाख प्रकार
पशु- ३० लाख प्रकार
वादर - ४ लाख प्रकार
शेष मानव योनि !)
पद्मपुराण अनुसार
============
यो प्रथ्वीमा एककोशिकीय, बहुकोशिकीय, थल चर, जल चर तथा नभ चर आदि अनेक प्रकारका जीव जन्तुहरु पाइन्छन ! इनको संख्या तथा वर्गीकरण हामी पद्म पुराणमा निम्नानुसार छ !
जलज नव लक्षाणी, स्थावर लक्ष विंशति , कृमयो रूद्र संख्यकः !
पक्षिणाम दश लक्षणं, त्रिम्शल लक्षाणी पशवः, चतुर लक्षाणी मानवः !!
अर्थ :
जलज = जलीय जिव/जलचर (Water based life forms) – ९ लाख
स्थिर अर्थात रुख ,बिरुवा (Immobile implying plants and trees) – २० लाख
सरीसृप= कृमी/कीरा ,माकुरा (Reptiles) – ११ लाख
पक्षी/नभचर (Birds) – १० लाख 1.0 million
स्थलीय/थलचर (terrestrial animals) – ३० लाख
मानवीय नश्ल (human-like animals) – ४ लाख
कूल = ८४ लाख ।
यस प्रकार ५००० वर्ष पुरानो एउटा श्लोकले यस पृथ्वीमा भएका सबै प्रजातिहरुको संख्या उल्लेख मात्र होइन त्यसको बर्गिकरण समेत गरिदिएको छ !
अब पुनः सीता जन्म तीर फर्कम ! सीताजीलाई धेरै ठाउमा अयोनिजा भनिएको भेटिन्छ ! सीता पृथिवीबाट जन्मिईन भन्नुको अर्थ उनि माता-पिता बिहिन अर्थात स्त्री-पुरुषको संयोग बिना जन्मीन भन्नु हो ! अयोनिज सृष्टि भनेको यही हो ! सृष्टिको आदि कालमा समस्त सृष्टि अमैथुनीनै हुने गर्दछ ! यहाँ यो कुरो जोड्नु सान्धर्विक नै हुन्छ की सृष्टि चाहे मैथुनी होस अथवा अमैथुनी – प्राणिको शरीर रचना परमेश्वरले माता पिताको संयोगले नै गर्दछन !तर दुबैमा के अन्तर छ भने आदि सृष्टिमा माता (जननी) पृथ्वी थिन र वीर्य संस्थापक सूर्य (ऋग्वेद १ .१६४ .३ ) हुन्थे !
“द्यौर्मे पिता जनिता माता पृथ्वी महीयम”
अर्थात सृष्टिको आदि कालमा प्राणिहरुको शरीरको उत्पादक पिता रूपमा सूर्य र माता रूपमा पृथ्वी नै हुन्थिन ! परमात्माले सूर्य र पृथ्वीको रज वीर्यको संमिश्रणबाट प्राणिहरुको शरीर बनाएको हो !जसरी अहिले बच्चाले आमाको गर्भमा आमाको शरीरको रस लिएर हुर्किन्छ र विकसित हुन्छ त्यसरीनै आदि सृष्टिमा पृथ्वी रुपी माताको गर्भमा हुर्किदै जान्छ ! सीताको जन्म सृष्टिक्रम चालु हुनु भन्दा पहिले र साँचो तैयार भएपछी त्रेता युगमा भएको थियो !यसर्थ सीता अयोनिजा थिइन् भन्न मिल्दैन ! जनक तिनका बाबु थिए र रामचरितमानस अनुसार सुनयना उनकी आमा थिइन् !
मेरो सबै साथीहरु संग अनुरोध छ लोकाचार , मिथक, दंतकथा आदिमा आँखा चिम्लेर होइन आफ्नो धार्मिक पुस्तक पढेर र सत्य इतिहास थाहापाई आफ्नो बुद्धि जागृत गरेर अरु साथी भाईलाई पनि जगाउनोस !ताकि कुनै पनि विधर्मीले हाम्रो सत्य इतिहास , महापुरषहरु र विदुषिहरुप्रति दोषारोपण गर्न नसकुन र हामी वेद रुपी ज्ञान विज्ञान तर्फ निःसंकोच फर्किन सकम !
(यो लेखको अनधिकृत प्रयोग नगर्न हुन अनुरोध गर्दछु-लेखक)
बिश्व हिन्दु महासंघको पश्चिमाञ्चलको भेला सम्पन्न,

बिश्व हिन्दु महासंघको पश्चिमाञ्चलको भेला सम्पन्न,

पोखरा, ७ चैत्र २०७२ ।
बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय कार्यसमिति बाँसबारीको आयोजनमा पश्चिमाञ्चल क्षेत्रीय भेला नयाँ समिति गठनका साथ आइतवार पोखरामा सम्पन्न भएको छ । भेलाको उद्घाटन महासंघका राष्ट्रिय सभापति निलप्रसाद भण्डारीले एक समारोह बिच गर्नुभएको हो ।
सो अवसरमा बोल्दै सभापति भण्डारीले बिश्वकै एकमात्र हिन्दुराष्ट्रको रुपमा रहेको नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरी इशाईकरण गर्न लागीएको आरोप लगाउनुभयो । भण्डारीले नेपाललाई बैदिक सनातन हिन्दु राष्ट्रको रुपमा स्थापना गर्नको लागी सम्पुर्ण ओमकार परिवारहरु संस्थागत रुपमा आन्दोलीत हुन आग्रह समेत गर्नुभयो ।
सो अवसरमा अखण्ड नेपाल पार्टीका सभाषद कुमार खड्काले हिन्दुराष्ट्र स्थापना गर्ने एजेण्डा सहित निर्वाचित भएका सभाषदहरुले समेत हिन्दु धर्मको बारेमा बोल्न नसकेको बताउनुभयो । सभाषद खड्काले हिन्दुहरुको भोटवाटै निर्वाचित एमाले, काङ्ग्रेसका सभाषदहरुले हिन्दु आन्दोलनलाई दिग्भ्रमित र खण्डीत तुल्याएको र हिन्दुवादीको खोल ओढेर हिड्ने कमल थापाले समेत धर्मनिरपेक्ष संबिधानलाई अनुमोदन गराएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसकी सभाषद सारदा पौडेल, ब्रामण समाज नेपालका निवर्तमान् केन्द्रीय अध्यक्ष प्राध्यापक डा. नारायण अधिकारी, क्षेत्री समाजका पुर्व केन्द्रीय अध्यक्ष प्राध्यापक डा. डिलवहादुर केसी, पुर्व मन्त्री एवं बिश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष दिनबन्दु अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोअवसरमा महासंघका उपाध्यक्ष नवराज केसीले बिश्व हिन्दु महासंघको निति र कार्यक्रमको साथै कार्यक्रमको चौचित्यताको बारेमा बोल्नुभएको थियो । बिश्व हिन्दु महासंघ नेपाल गण्डकी अंचल सभापति पुष्पराज पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कास्की जिल्ला सभापति सुशिलराज पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य महेउक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य महेश्वर पौडेलले डा. शास्त्रदत्त पन्त सहित तयार पारेको महासंघको भावि रणनिति र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा महासंघका केन्द्रीय सदस्यहरु क्रमशः गुणनिधि पन्थी, भवानीप्रसाद शर्मा, पुष्प भण्डारी, पदम पाण्डे, कल्पना केसी, लेखबहादुर टण्डन, बिष्णुबहादुर कार्की, मधुकला कुँवर, नन्दप्रसाद अर्याल, बिहंगम तिमिल्सीना र लुम्बिनि अंचल सभापति बेदराज घिमिरे लगायतले बोल्नुभएको थियो ।

यसैबिच सम्पन्न भेलाले लक्ष्मण थापा सभापति रहेको ३३ सदस्यिय बिश्व हिन्दु महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिको गठन गरेको छ । गठित समितिको सदस्यमा रुपन्देहीका अर्जुन गौडेल र अमृत मिश्र, स्याङजाका नारायण भट्टराई र पुण्यप्रसाद उपाध्यय, अर्घाखाँचीका टोमवहादुर क्षेत्री र शम्भु केसी, कपिलवस्तुका शिवनाारायण गिरी र नुमा बेल्वासे, नबलपरासीका एकमाया ढुंगाना र इन्द्र क्षेत्री रहनुभएको छ ।
त्यसैगरी उक्त समितिमा पर्वतका गंगाराज पौडेल र मानकुमारी गिरी, बागलुङका खुमप्रसाद पराजुली र यामवहादुर चर्माकार, गुल्मीका शंकर भण्डारी र सुवर्ण जुहारचन, पाल्पाका देवराज ढकाल र कृष्णा गिरी, कास्कीका शिवप्रसाद तिमील्सीना र हरिकृष्ण बराल र गोर्खाका हरि लामिछाने रहनुभएको छ । बाँकी १२ जना सदस्यहरु म्याग्दी, मुस्ताङ, मनाङ र तनहुँ, लमजुङ, गोर्खा जिल्लागत रुपमा मनोनित गरिने बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय कार्यसमितिले जनाएको छ ।


अभिनेता आनन्द भन्छन्, “फागु (होली)ले राष्ट्रिय एकता र भाइचारा कायम गरोस्”

अभिनेता आनन्द भन्छन्, “फागु (होली)ले राष्ट्रिय एकता र भाइचारा कायम गरोस्”

वीरगंज/नेपालीहरूको दोश्रो ठूलो चाड होलीको पूर्व संध्यामा फिल्म अभिनेता आनन्द चतुर्वेदीले शुभकामना सन्देश जारी गरेका छन् ।

०६८ सालमा नेपाली कथानक चलचित्र लंकाबाट अभिनय यात्राको थालनी गरेका अभिनेता आनन्दले रंगरोगनको पर्व होलीमा सबै देशबासीहरू आपसी एकता, भाइचारा कायम भई राष्ट्रिय एकता र विकासको बाटोमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।


फागु अर्थात होलीको अवसरमा अभिनेता आनन्दकोले दिनु भएको वक्तव्य....

भाषिक तथा सांस्कृति समागमबाटै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ । सांस्कृतिक विविधतालाई संवोधन गर्नाले राष्ट्रिय एकता समृद्ध हुन्छ । नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहु जातिय, बहुधार्मिक देश हो । १२८ जाति, ९२ भाषा, ९ वटा धर्मको साझा देश नेपाल हो । यिनीहरुको संरक्षण र सम्वद्र्धन गर्नु राष्ट्रको कर्तव्य हो ।

फागु पर्वमा (होली) हिमाल–पहाड–तराई एकजुट भएको हुन्छ । रंगको पर्व होलीमा समाजका सबै मानिस आपसी राग, द्वैष विर्सिएर मानवीय सद्भावका साथ नाँच्न उफ्रन, गाउ नै मस्त र व्यस्त हुन्छन् । होलीपर्वमा सबैले आ–आफ्ना व्यवसाय छाडेर होली पर्व मनाउन, गरिब केहि भेदभाव हुदैन, सबैले सबैसँग हात मिलाएको, गला मिलाएको पाइन्छ । फागु दुई दिन मनाइन्छ । चीर (सम्वत्) बाले पछि तराई मधेशमा फागु सुरु हुन्छ भने चीरपोले पछि पहाडी जिल्लामा फागु पर्व सम्पन्न हुन्छ । फागु पर्व मिठो खाने, राम्रो लगाउने पर्व पनि हो । सबैखाले पीडा, कष्ट, अभाव, रोग होली खेलेर नुहाए पछि पखालिन्छ भन्ने जन धारणा छ । यो सांस्कृतिक र धार्मिक प्राचीन काल देखि चल्दै आएको हो । एक हप्ता सम्म फागु पर्व मनाइन्छ । रंग र अबिर उडाउदै मनाइने फागु पर्वमा अविर जस्तै पैसा पनि उडाइन्छ । फागु पर्व महंगो छ । ऋणधन गरेर पनि फागु पर्व मनाइने चलन छ । मासु, च्यूरा, अन्य परिकार मालपुवा, पकौडा, सेल रोटी, पेय पदार्थ रक्सी वियर, हल्का पेय पदार्थ कोकाकोलाको बढी खपत हुने फागु पर्वमा महंगीले ढाड भाँचेको हुन्छ ।

फागु पर्वमा  केहि अस्वभाविक गतिविधि र विकृति, विसंगति पनि पाइन्छ । एक आपसमा शिष्ट तरिकाले अविर रंग आदान प्रदान गर्नु शुभकामना आदान प्रदान गर्नु नै फागुको विशेषताहो । होलीका गीतहरु त्यति कै गुन्जिएका हुन्छन् । लोक नृत्यहरु प्रस्तुत हुन्छन् । सिर्जनात्मक र रचनात्मक कार्यहरु फागुमा हुन्छन् । सबैको एउटै कामना हुन्छ सुख र शान्ति र समृद्धि । फागु पर्वले सकारात्मक सन्देश दिएको हुन्छ । परापूर्व काल देखि मनाइदै आएको फागु र्वमा केहि आधुनिकता र रौनकता थपिएको छ । फागु विशेष भनेर मिडियाहरुले पनि व्यक्तिकै महत्व दिएको छ । हामीले हाम्रो धर्म, संस्कृति मनाउन छाड्नु हुँदैन ।

धर्म, संस्कृति हाम्रो पहिचान हो । फागु हिन्दूहरुको पर्व भनिन्छ तर व्यवहारमा अन्य धर्मावलम्बी सबैलाई यस्ले प्रभावित पारेको छ । होली पर्वमा महिला दिदी बहिनीहरु पनि अनि उत्साही र उन्मुक्त हुन्छन् । वसन्त ऋतुको शुभागमनमा सबै मिलेर बस्नुपर्दछ । सबैले मिलेर काम गर्नु पर्दछ । एक आपसमा सुख, दु:ख बाँड्नु पर्दछ भन्ने चाहना र भावना लिएर मनाइने होली पर्वले सबैको मनलाई हर्षित र सन्तुष्ट पारेको हुन्छ । रमाइलो वातावरण कायम भएको हुन्छ । होलीमा गरिने खर्च अनुसारको आयश्रोत बृद्धि गर्ने तर्फ सबैले सोच्ने बेला आएको छ । ऋण गरेर होली पर्व मनाउनु पर्ने बाध्यतालाई तोडेर कम गरे रधन कमाउने, धन अनुसार होलीमा खर्च गर्ने परम्परा बसालिनु पर्दछ तव मात्र शान्ति र समृद्धि हामीले पाउने छौं । पहाडियाको होली, मधेशीको होली भनेर छुट्टा–छुट्टै दिनमा फागु पूर्णिमाका दिन र फागु पूर्णिमाको भोली पल्ट मनाइने चलनलाई तोडेर दुवै दिनमा दुवै ठाउँमा मनाउने नेपाली भएर मनाउने भावनात्मक एकीकरण हुनुपर्दछ ।



अन्त्यमा फेरी पनि  देश विदेशमा रहि बसि आएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सद्भाव, एकता, शान्ति, विकास र उतरोत्तर प्रगतिको कामना गर्दछु ।

(कलाकार महासंघमा सदस्य समेत रहेका आनन्दले केही वर्षको अन्तरालमा लंका, चेर्स, एस.पी खरेल, सडक छाप आदमी लगायत करिब आधा दर्जन नेपाली एवं भोजपुरी चलचित्रहरूमा अभिनय गरिसकेका छन् । )

(प्रस्तुत आलेखमा प्रकाशन गरिएका फोटोहरु विकास प्रजापतिले खिचेका हुन् ।)
चाडपर्व: अर्थ, उत्पत्ति, महत्त्व र मनाइनुको उद्देश्य

चाडपर्व: अर्थ, उत्पत्ति, महत्त्व र मनाइनुको उद्देश्य

-प्रवीण अधिकारी
नेपाल अनेकतामा एकताको अद्भुत संगम भएको मुलुक हो जँहा अनेक धर्म भाषा ,जाति , सम्प्रदायका मानिसहरु एउटै मालामा बिभिन्न फूल गासिएसरी रहेका छन् ! यांहाका हरेक जाति, धर्म र सम्प्रदायको आ आफ्नै सान्स्क्रित्तिक सम्पति छ जो बिभिन्न चाड पर्वको रुपलिएर हाम्रो समाज मा चलन चल्तीमा रहेको छ ! यस देशमा प्रसस्त जातजाति र उपजातिहरु छन् ! त्यसैको अनुपातमा ती चाड पर्वहरु मनाइञ्छन ! हाम्रो सामाजिक विभिन्नतालाई यिनै चाड पर्वहरुले एकाकार गरेको छ ! यो शिलशिला बर्ष भरीनै चलिरहेको हुन्छ !
चाड पर्वहरु मनाउनुको उद्देश्य :

हाम्रा प्रत्येक चाड पर्वहरु मनाउनुको पछाडी विशिष्ट अर्थ र अन्तर्निहित उद्द्येश्य रहेको छ ! त्यसको महत्व युगौ युग देखि जस्ताको त्यस्तै रहदै आएको छ ! यी चाड तथा पर्वहरुको अध्ययनले हामी ,हाम्रो समाज र हाम्रो समाजिकताको झलकलाई प्राचिन कालदेखि डोर्याएर ल्याएको छ ! नेपाली समाज , नेपाली राष्ट्रिय एकता र अखण्डताको शम्रिद्धिकोलागि यी चाड पर्वहरु महत्वपूर्ण खाँबोको रुपमा रहेका छन् ! हाम्रो धार्मिक समन्वय र सामाजिक एकताको प्रेरक प्रतिक भएका छन् ! हाम्रो सामाजिक सौहाद्तामा बेला बखत परेको खाडल पुर्दै ल्याएका छन् भने सामाजिक बनौटमा देखिएको मतभेद हटाउन मद्दत गरेका छन् ! यीनको क्रियाबिधि बिभिन्न रुपमा रहेको छ तर मूल्तत्व भने एउटै छ ! त्यसकारण यी हाम्रा संस्कृतिक सम्पति भई हाम्रो धार्मिक ,संस्कृतिक,सामाजिक र आध्यात्मिक मेरुदण्ड भई हामी नेपालीहरुको गौरवको रुपमा उभिएका छन् ! हामीमा मानवीय चरित्र निर्माण गराउनुमा यी चाड पर्वहरुको ठूलो योगदान छ !
उत्पत्ति :
हाम्रा चाड पर्वहरुको उत्पत्ति स्थानीय परम्परा, व्यक्ति विशेषबाट श्रीजना गरिएको संस्कृतिबाट भएको नभई सनातनी वैदिक धर्मग्रंथ, बिभिन्न धर्मसूत्र , पौराणिक कृत्य र आचार संहितामा उल्लेख गरिएका कृत्य हुन् !यिनलाई मनाउने शैली र नियम बैदिक र पौराणिक काव्यहरुमा उल्लेखित गरिएको देखिन्छ भने सूर्य , चंद्र ,तिथि र वारको संयोगात्मक र वियोगात्मक मानका रुपमा हाम्रा चाडपर्वहरु रहन पुगेका पाइन्छन !
महत्व :
चाड पर्व मान्छे मान्छे बीच, मान्छे र प्रकृति बीच सामंजस्य राख्ने माध्यम हो ! अझ भन्दा सम्पूर्ण ब्रह्मांडको कल्याण चिताउने माध्यम हो ! यसमा लौकिक कार्य र धार्मिक तत्व समावेश भएको छ ! यसबाट हामीले हाम्रो जीवनमा सच्चरित्र निर्माण गर्न मद्दत पाएका छौ भने आफु जन्मिएको समाजको उन्नति गर्ने हौशला पनि पाएकाछौ ! आपसी भाईचारा, स्नेह संबंध, सदाचरण आदि गुण अभिवृद्धि गरी ईश्वर व संस्कृति प्रति श्रद्धाभाव जागृत गर्न यी चाड पर्वहरुको ठूलो महत्व छ !
चाड र पर्व बिचको अन्तर :
हाम्रा चाड पर्वहरुले धर्म एवं आध्यात्मिक भावनालाई दर्शाएर हामीलाई यस लोक र परलोक सुधार गर्ने प्रेरणा दिएका छन् भने हाम्रो आध्यात्मिक उन्नतिमा सहायक भई हाम्रा घर परिवारका सबै साना ठूला सदस्यहरुलाई नजिक्याउने मिल जुल बढाउने , संगै बस्ने , एक अर्काको सुख र आनंदमा सहभागी हुने अवसर प्रदान गर्दै आएका छन् ! मानवीय उदारता, समग्रता, आपसी मायाँप्रेम तथा भाईचारा अभिवृद्धिको संदेश दिन सक्षम भएका छन् ! सूक्ष्म रूपमा चाड र पर्व बीच अंतर देखिन्छ ! ‘पर्व’ सामूहिक रूपले मनाउने कृत्य हो - जस्तो दशैं, तिहार, ऋषि तर्पणी, शिवरात्री, माघे संक्रान्ति भने ‘चाड’ शब्द ‘तिथि, वार र नक्षत्रको’ सामुहिक स्वरुप हो ! यो एउटा यस्तो योग हो जो प्राचिन कालदेखि आज सम्म एउटै प्रारम्भिक उद्देश्य प्राप्तिको लागि मनाउदै आइएको छ ! सबै चाड पर्व खास निश्चित तिथि र वार को योगमा आधारित भएको हुन्छ !
हिंदूधर्म आशावादी धर्म हो ! यसैकारण हाम्रो चाड भित्र विजय दिवश, जयंती दिवश आदि समावेश छन् ! हाम्रो चाड भित्र पराजय र निर्वाण दिवश समावेश गरिएको छैन ! केही चाड समग्र देश भित्र एक साथ् मनाइन्छ !
संदेश :
नेपालमा हरेक चाड पर्वको पछाडी धार्मिक अनुष्ठान हुने गर्दछ ! त्यसकारण प्रत्येक चाड पर्व का पछाडि वैज्ञानिकता लुकेको छ ! यी चाड पर्वहरुमा मौसम अनुसार व्रत, अनुष्ठान , खाने - लाउने , कसको पूजा गर्ने , कुरा पारम्परिक रुपमा रहेको छ भने प्रत्येक चाड पर्व व्रत-उपवासका पछाडी रहेका पौराणिक कथाहरुले मानव जीवन सुखी हितकर बनाउन संदेश छोडेर गएका छन् ! यी प्रत्येक कथा बोध हुन् ! नीति कथा हुन् ! हाम्रो स्वर संग गासिएका लोकविम्व हुन् ! यी सबै हाम्रो जन जीवन संग गासिएका छन् ! नेपाली समाज को सर्वाधिक बिश्वाश नातामा छ ! नाता गास्नु र त्यो नाताको मर्म निभाउनु नेपाली संस्कृतिको आदर्श हो ! हाम्रो संस्कृतिमा कोई स्वास्नी मान्छे स्वास्नी मान्छे मात्र होइन ती आमा हुन् , सहचरी हुन् ,बहिनी हुन् , पत्नी हुन् ,छोरी हुन् भने लोग्ने मान्छे पनि पुरुष मात्र होइन भाई हो , सहयात्री हो , छोरा हो, बाबु हो ! यी सबै कुरा गास्दा बन्न पुगेको हो हाम्रो परिवार ! त्यस्तै धेरै घर परिवार मिल्दा समाज तयार भएको हो ! त्यै ईकाई बढदै गैर राष्ट्र र राष्ट्रिय गौरव परम्परा बनेको हो ! जीवन पूर्ण बनाउन , सात्विक बन्न व्रत र चेतनामयी बन्न चाड र जीवन उत्कर्षको भेद थाहा पाउन हामीले जन्मोत्सव मनाउने गरेका हौ !
व्रतको प्रभावले हाम्रो आत्मा शुद्ध हुन्छ , संकल्प शक्ति बढ़छ , बुद्धि, सद्विचार तथा ज्ञान विकसित हुन् पुग्छ !परम्परा प्रति भक्ति र श्रद्धा बढेर जान्छ र प्रत्येक मानवले जान जीवनको प्रत्येक क्षेत्रमा कुशलतापूर्वक, सफलतापूर्वक तथा उत्साहपूर्वक काम गर्न सक्तछ ! जसले गर्दा उसले सुखमय दीर्घ जीवनकोलागि चाहिने आधार स्वयम् संग्रह गर्दै जन सक्तछ !