Showing posts with label प्रकाशकीय. Show all posts
Showing posts with label प्रकाशकीय. Show all posts
नवौं वर्षको प्रण

नवौं वर्षको प्रण

प्रकाशकीय
क्राइमचेक साप्ताहिक छापा माध्यमले राजनीतिक निरंकुशता, विद्यमान विसंगति, भ्रष्टाचार, कुशासन, तुच्छ व्यक्तिगत स्वार्थ, पार्टीगत विकृति, गुटगत स्वार्थ, विरुद्ध खबरदारी गर्दै राजनीतिक अधिकार तथा नागरिक स्वतन्त्रताको अधिकार प्राप्तिकालागि भूमिका निर्वाह गर्दै आएको छ । देशका सम्पूर्ण नागरिकलाई एकताको सूत्रमा बाँधेर शान्त, समृद्ध र आत्मनिर्भर नेपालको परिकल्पना गर्दै कलम संघर्ष गर्दै आइरहेको क्राइम चेक साप्ताहिकको नवौं वर्ष प्रवेशलाई साप्ताहिक परिवारले मुलुकको आर्थिक विकास र समृद्धि प्राप्त गर्ने वातावरण सिर्जना गर्न सक्दो भूमिका निर्वाह गर्नेछ ।

तराइ–मधेशमा रहेर आर्थिक अभावका बीच प्रेस स्वतन्त्रतालाई मजबुत बनाउन अनेकौं समस्या र चुनौतीको सामना गर्दै आफ्नो घोषित उद्देश्य, लक्ष्य र ध्येय पूरा गर्न र पाठकहरुकालागि यस साप्ताहिकलाई उपयोगी बनाउन सक्दो प्रयास जारी छ । वर्तमानको विश्लेषण र भविष्यको मार्गदर्शक बनाउने हाम्रो चाहना हो । जहाँ इच्छा, त्यहाँ उपाय, निरन्तरताले सफलताको शिखरमा पुर्‍याउँछ भन्ने कुरामा विश्वास गर्ने प्रकाशकले आफ्नो मार्गमा अविचलित रुपले अघि बढ्ने प्रयास गर्दा गर्दै पनि अनेकौं त्रुटी, कमजोरी, देखा पर्ने नै छन् । पाठकहरुको माया र सहयोग बिना पत्रकारिता दरिलो बन्न सक्दैन । दरिलो र मजबुत क्राइम चेकको जग बनाउन सामुहिक प्रयासको प्रयत्न गर्दा गर्दै संस्थगत पत्रकारिताको भूमिका निर्वाह गर्न खोजिंदै छ । आगोको झिल्का सानो भएपनि सुकेको खरमा सल्कन पायो भने क्षण भरमा सखाप पार्न सकेजस्तै पत्रिका सानो भएपनि साँघुरो क्षेत्रमा सीमित भएपनि प्रभावशाली सूचना र सन्देश, खोजी समाचार प्रकाशन गर्न सकिएमा सानो भएर पनि शक्तिशाली बन्न सक्दछ भन्ने विश्वास गर्दछु ।

पर्सा जिल्ला, देशकै प्रमुख प्रवेशद्वार वीरगंजमा राजनीतिका कारण निकै धमिलिएको छ । आर्थिक उन्नतिको मार्ग प्रशस्त हुन सकेको छैन । बिग्रिएको वातावरण बनाउन पत्रिकाले आवश्यक जनमत सिर्जना गर्न सक्दछ । अधिकार खोस्नेहरुका विरुद्ध लड्ने सशक्त माध्यम पत्रिका हो । अधिकार खोज्नेहरुकालागि बलियो हतियार पत्रिका नै हो । पत्रकारितालाई सहयोग गरेर, सदभाव राखेर सूचना र सन्देश ग्रहण गर्न पाठकहरुले सक्नु पर्दछ ।

यस क्राइम चेकलाई सदैव लेख, रचना, समाचार उपलब्ध गराउने, विज्ञापन दिएर सहयोग गर्ने, बेलामौकामा विभिन्न रचनात्मक सुझाव र सल्लाह दिने सम्पूर्ण महानुभावहरुप्रति कृतज्ञ रहने छु । पाठकहरुको रचनात्मक र सकारात्मक सहयोगबाट कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने  यस क्राइमचेक सबैकोलागि सधैंकालागि साझा पत्रिकाको रुपमा रहन चाहन्छ र आवाजविहीनहरुको आवाज बनि आत्मनिर्भरता, राष्ट्रिय एकता, स्वतन्त्रता र समृद्ध नेपाल निर्माणको महाअभियानमा लागिरहने प्रण गर्दछु ।

प्रकाशन मितिः २०७३ साउन ०६ गते विहीबार

क्राइमचेक आठौं वर्षमा प्रवेश

क्राइमचेक आठौं वर्षमा प्रवेश

यस अंकदेखि क्राइमचेक साप्ताहिक समाचारपत्र आठौं वर्षमा प्रवेश गरेको छ । अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचना हकको संरक्षण गर्दै देश र जनतामा विद्यमान सबैखाले विकृति र विसंगतिको भण्डाफोर गर्दै आएको यस पत्रिकाले पाठकहरूको मन जित्न सफल भएको छ । पाठकहरूले क्राइमचेकमा छापिएका समाचार र लेखहरू बडो अभिरुचिका साथ पढ्ने र पाठक प्रतिक्रिया जनाउँदै आएका छन् । यो हाम्रोलागि अति खुशीको कुरा हो । आठौं वर्ष प्रवेशका अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, सहयोगी, शुभचिन्तक सबैको उतरोत्तर प्रगतिको कामना गर्दै क्राइम चेक कतिपनि विचलित नभई निरन्तर पाठकहरूको सेवामा रहने प्रण गर्दछ । वीरगंजबाट थुप्रै साप्ताकि र दैनिक पत्रिकाहरू प्रकाशित हुँदै आएका छन् । यसै धरातलमा छुट्टै पहिचान र विशेषता बोकेर पाठकहरूका बीचमा क्राइमचेकले कलमयात्रा गरिरहेको छ ।

 यस साप्ताहिकमा संलग्न संचारकर्मीहरूमाथि सत्य तथ्यमा आधारित समाचार प्रकाशित गर्दा पनि असमामाजिक तत्वबाट पटक पटक आक्रमण हुँदै आएको छ । सबैखाले अपराधीहरूका विरुद्ध क्राइमचेकमा एउटा बलियो शक्ति छ त्यो भनेको सत्यमा आधारित समाचार प्रकाशित गर्नु हो । “असत्य टिक्दैन, सत्य डग्दैन” भन्ने हाम्रो मान्यता हो । असत्य गर्नेहरूका बारेमा समाचार संकलन गरी छापिएका समाचारले असत्य गर्नेहरूको हानी–नोक्सानी, क्षति पुर्‍याउँदै आएको छ । क्राइम चेकबाट समाज र राष्ट्रका, अपराधीहरू, भ्रष्टाचारीहरू, कालाबजारीयाहरू, धर्मवेचुवाहरू, भ्रष्टाचारीलगायतका कुतत्त्वहरू डराउँदै आएका छन् । अबको पत्रकारिता एक्लो व्यक्तिबाट संभव छैन । सामुहिक प्रयास र दक्षता भएका संचारकर्मीको संलग्नता अनिवार्य छ । पत्रिका सशक्त ढंगले संचालन गर्ने जोश र जाँगर भएर पनि संस्थागत गर्न सकिएको छैन । संस्थागत प्रयासबिना अब एक्लो व्यक्तिबाट पत्रिकाको दिगो विकास नहुने स्पष्ट छ ।

जस्तो नाम उस्तै काम गर्न सफल क्राइमचेकलाई स्तरीय पत्रिका बनाउने चाहना पूरा गर्न अनेकौं चुनौतीको सामना गर्नुपर्दो रहेछ त्यो वातावरण वीरगंजमा बनिसकेको छैन । मुलुकमा विद्यमान बेथिति अन्त्य गरी आपसी भाइचारा र मेलमिलाप कायम गराउने अठोट लिएको क्राइम चेकले भ्रष्टाचार र भयमुक्त शोषणरहीत समुन्नत नेपाल बनाउन कला र शीप प्रदर्शन गर्नेछ । नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता र अखण्डतामा खलल पुर्‍याउन नदिन तराइ–मधेशको माटोमा रहेर क्राइम चेकले सक्दो प्रयास गर्दै आएको छ । भारतसँग खुल्ला सीमाना रहेको नेपालको तराइको भूभाग अति संवेदनशील छ । जिम्मेवार र जनउत्तरदायी प्रेसले मात्र राष्ट्रिय अभिभारा पूरा गर्न सक्दछ । क्राइम चेक सबै र सधैंकालागि लोकप्रिय र स्थापित बनाउन प्रेस आचारसंहिताको पालनसहित “देश र जनताको सेवा” हाम्रो उद्देश्य रहने छ ।

विभिन्न बाधा–अवरोधका बाबजुद क्राइम चेक आठौं वर्षमा प्रवेश गर्न सफल हुनुको सबभन्दा पहिलो श्रेय आदरणीय पाठकवर्गहरूमा जान्छ । त्यस्तै समय–समयमा विभिन्न विभिन्न खाले आलेख, विचार, समाचारलगायतबाट सहयोग पुर्‍याउनुहुने हाम्रा स्तम्भकारहरू, सल्लाहकार, समाचारदाता, बजारप्रतिनिधि, व्यवस्थापन समुह सबैको उत्तिकै योगदान छ । साथै विभिन्न शुभचिन्तक महानुभाव जसले समय समयमा क्राइमचेकको अविरल यात्राकोलागि सल्लाह, सुझाव एवं त्रुटी औंल्याइदिनु हुन्छ उहाँहरूको योगदान पनि क्राइम चेकको अहिलेसम्मको यात्रामा निक्कै महत्त्वपूर्ण छ ।  क्राइमचेकको अहिलेसम्मको यात्रामा सबै तह, तप्का, समुदाय, लिंग, वर्गबाट पाउँदै आएको विभिन्नखाले सहयोगका लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु । साथै मुलुकहितकालागि क्राइम चेकले लिएको अठोट पूरा गर्न आगामी दिनमा पनि यस्तैखाले सहयोग र हौसला प्रदान गरिदिनुहुनेछ भन्ने आशा एवं विश्वास लिएको छु ।

– सन्तोष कुमार मिश्र (प्रकाशक)

((प्रकाशित मिति:२०७२ साउन ०७ गते बिहीवार))

यो पनि पढ्नुहोस्...

पत्रिका संचालनमा अर्थको अभाव
पत्रिका संचालनमा अर्थको अभाव

पत्रिका संचालनमा अर्थको अभाव

आजको दुनियाँ अर्थप्रधान दुनियाँ हो । अर्थले सबै क्षेत्रमा प्रभाव पार्दछ । अर्थको अभावमा संभव हुने कुनै काम छैन । पत्रकारिता अर्थ आर्जन गर्ने पेशा, व्यवसाय होइन । देश र जनतामा विद्यमान सबैखाले समस्याको समाधान गर्ने र शान्ति र विकासलाई सघाउने माध्यम संचार क्षेत्र नै हो । संचार क्षेत्रमा ठूलो श्रम र आर्थिक लगानी रहेको छ । नेपालमा संचारक्रान्ति कायम छ । एफएम रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन संचालनको अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । वाह्य शक्तिले आर्थिक सहयोग गरेर नेपालका धेरैजसो संचारमाध्यमलाई आफ्नो नियन्त्रण र प्रभाव राख्दै आएका छन् जसले गर्दा आफ्नै नेपाली पाठक र श्रोताको भरमा पर्ने संचारमाध्यम राष्ट्रिय स्वार्थको रक्षाकालागि भ्रष्टाचारको अन्त्यकोलागि हरबखत कलम संघर्ष गर्ने राष्ट्रवादी धारका संचारमाध्यम संचालनमा अर्थको निकै अभाव देखा परेको छ ।

संचारमाध्यम संचालनकालगि बलियो आधार भनेको विज्ञापन र सेवाको बिक्री नै हो । धेरै संचारमाध्यम भएकाले नेपाली पाठक र श्रोतको सहयोगले संचालन खर्च नधान्ने अवस्था छ । कतिपय संचारमाध्यममा कार्यरत संचारकर्मीहरू भोक–भोकै काम गरिरहेका छन् । सरकारले निर्धारण गरेको पारिश्रमिक दिने आधार थोरै पत्रिकासँग मात्र छ । पत्रकारिता पेशा अब संकटमा परेको आभाष हुन थालेको छ । विज्ञापन बजारको अभाव र अदृश्य सहयोगबाट पत्रिका कहिलेसम्म संचालन हुन सक्ला ?

प्रेस काउन्सिल नेपालले वर्गीकरणमा गर्दै आएको धाँधली, भेदभाव र पक्षपातले साना र साप्ताहिक पत्रिकालाई आहात पुग्दै आएको छ । नेपाल पत्रकार महासंघले साप्ताहिक पत्रिकाको संरक्षणकालागि आवश्यक पहल गर्न चाहेकै छैन । बरु महासंघका पदाधिकारीहरूले “पत्रपत्रिकालाई सरकारी अनुदान, बालुवामा पानी” भन्ने अभिव्यक्ति दिंदै आएकाले समानुपातिक विज्ञापन नीति पनि गर्भमै तुहिएको छ । राजनीतिक परिवर्तनकालागि पत्रपत्रिकाले पुर्‍याएको सहयोगलाई सरकारमा रहेका पार्टीका नेताहरूले पनि “खोलो तर्‍यो, लौरो बिर्सियो” ठानेका छन् ।

प्रेस जगतमा अनेकौं समस्या विद्यमान छन्, समाधानको पहल छैन । व्यवसायिक पत्रकारिताको नाराले साप्ताहिक पत्रिकाको प्रकाशनमा ठूलो चुनौति ल्याइदिएको छ । नयाँ र पुराना साप्ताहिक पत्रिका सबै मृत्यु श्ययामा पुग्दैछन् । भोली दैनिक पत्रिकाको पनि यही हाल हुनेछ । वीरगंजबाट प्रकाशित पत्रकात्रिका एक आपसमा मर्ज भएर संस्थागत रुप नलिने हो र कपिपेष्ट, अनलाइन समाचारमा आधारित पत्रिका बनाइरहने हो, गम्भीर चुनौतीको सामना नगर्ने हो भने क्राइम चेक मात्र होइन, आर्थिक अभावमा क्राइम चेक मात्र होइन, छिट्टै धेरै पत्रिका बन्द हुनेछन् । चेतनाभया ।

((प्रकाशित मिति:२०७२ साउन ०७ गते बिहीवार))
पर्सामा पनि बलात्कार भएपछि प्रहरी तात्ने हो कि ?

पर्सामा पनि बलात्कार भएपछि प्रहरी तात्ने हो कि ?

बाराको कलैयामा ६ वर्षे बालिकाको बलात्कार हुँदा त्यहाँको प्रहरी र प्रशासनिक निकाय मस्त निद्रामा छन्, दिनहुँजसो सो क्षेत्रका बालिकाहरु पढ्न भनि स्कूल कलेज जाने क्रममा त्यहाँका चुल्ठे मुन्द्रे, बदमास केटाहरुले जिस्काउने, यौन हिंसा, मानसिक हिंसा जस्ता कृयाकलाप गरेर मानसिक यातना र शारीरिक यातना दिइँरहँदा पनि प्रहरीले पत्तो पाउँदैन ।

त्यसैगरी पर्साको सदरमुकाम वीरगंज क्षेत्रका क्याम्पस र स्कूल जाने छात्राहरु दिनहुँजसो त्यस्तै प्रवृत्तिका व्यक्तिहरुबाट पीडित हुन थालेका छन्, ।

छात्राको घर वरिपरिबाटै स्कूल कलेजसम्म पछि गर्दै जिस्काउने क्रमले अहिले वीरगंज र अासपास क्षेत्रका छात्राहरु त्रास र भयको वातावरणमा बाँच्न बाध्य हुनु परिरहेको अवस्था छ ।

छात्राहरुले यसबारे आफ्नो घरमा बताउँदा पढ्न जान नदिइने हुन् कि भन्ने पीडा एकातर्फ छ भने पढ्न जाने क्रममा कुन बेला आफ्नो अस्मिता लुटिने हो भन्ने त्रासमा बाँच्न बिवश छन् ।

पर्सा प्रहरीले करिब दुई दर्जन भन्दा बढी सिभिलियन प्रहरीहरु परिचाल, लगायत अन्य ठूलो मात्राका गस्तीहरु गरीरहँदा पनि यस किसिमको अपराध बढ्दै जाँदा पर्सा प्रहरीको कार्य दक्षतामाथि प्रश्न चिन्ह उठ्न थालेको छ ।
पर्सामा पनि कोही बालिका बलात्कृत भएपछि मात्र पर्सा प्रहरी तात्ने हो कि भन्ने प्रश्न चौतर्फी सुनिंदै आएको छ । यसतर्फ पर्सा प्रहरीको ध्यान कहिले जाने हो ?
क्राइम चेक सातौं वर्षमा:प्रकाशकीय

क्राइम चेक सातौं वर्षमा:प्रकाशकीय

क्राइम चेक पत्रिकाले ६ वर्षको कालकाल पूरा गरी सातौं वर्षमा प्रवेश गरेको गरेको समाचार प्रकाशकीय स्तम्भबाट पाठकवर्ग तथा शुभेच्छुकमा अवगत गराउन पाउँदा क्राइम चेक परिवार आफैंमा गौरवान्वित भएको छ ।
सबै तह, तप्का र वर्गबाट समय–समयमा प्रदान हुने सहयोग एवं प्रेरणा हुँदाहुँदै पनि क्राइम चेक पत्रिकालाई थप स्तरीय बनाउन नसकेकोमा क्राइम चेक परिवार आफैंमा दु:ख व्यक्त गर्दछ । मुलुकमा राज्यले राज्य संचार गरि स्थापित गर्नुपर्ने दिगो राजनीतिक व्यवस्थाको कार्यरुप अर्थात् नयाँ संविधान निर्माण गर्न सकेको छैन । लामो संक्रमणकालको कालो आँधिबेहरीले अस्तव्यस्त एवं काकाकूलको स्थितिले चौतर्फि आर्थिक संकट गहिरिंदै गएको छ । भनिन्छ पत्रकारिता फस्टाउने मूल आधार भनेको औद्योगिक विकास हो । औद्योगिक क्रान्ति त छोडौं गणतन्त्रको मसिहा अर्थात प्रेरक राजनीतिक दलका नेताले नयाँ संविधान निर्माण गर्न सकिरहेका छैनन् । यसर्थ मुलुकको आर्थिक अवस्था ओरालोतर्फ लागेकोले नै संचारमाध्यमको मूल श्रोत पत्र–पत्रिकामा प्रत्यक्ष प्रभाव पर्नु स्वाभाविक पनि हो । यसर्थ आउँदो संविधान निर्माण कार्य पूरा होला यसैमा नै हामी आशावादी छौं र मुलुकले दिशाबोध लिने छ । मुलुकमा प्रकाशित पत्रपत्रिकाले पाठक वर्ग र अर्थात नेपाली जनताका चाहना अनुरुप स्तरीय पत्रकारिताको विकासको प्रारम्भ हुनेछ । यही नै वास्तविक यथार्थ पनि हो ।
समय, काल, परिस्थिति तथा घटनाक्रमको सूचना यथासक्य छिटो, छरितो र स्तरीय एवं विश्वसनीयता प्रदान गर्ने कार्यमा क्राइम चेक साप्ताहिक पत्रिकाले कुनै पनि कन्जुस्याईं गर्ने छैन भनि सातौं वर्षमा प्रवेश गरेको अवसरमा हामी सबै पाठक, शुभेच्छुक, एवं विज्ञापनदाताप्रति आभार प्रकट गर्दछु ।
अन्त्यमा, मोफसलबाट निस्किने पत्रपत्रिकालाई राज्यको हेपाहा दृष्टिको कोपभाजनमा परेको क्राइम चेक स्थानीय निकायको विज्ञापन तथा स्थानीय सरकारी तथा गैर सरकारी निकायबाट विज्ञापन तथा सहयोग नपाउँदा नपाउँदै पनि आजसम्म दु:ख, दर्द तथा कष्टमा सहभागी भई मद्दत एवं सहयोग पुर्‍याउनुहुने स्थानीय उद्योगी–व्यापारी तथा पाठकवर्गहरूप्रति क्राइमचेक साप्ताहिक परिवार हार्दिक आभार प्रकट गर्दछ । यहाँहरूबाट प्राप्त सहयोगले राष्ट्रहितको मुद्दामा निरन्तर कलम चलाउन उत्प्रेरित गरिरहने भएकोले आउँदा दिनमा पनि यसैगरी सहयोगको अपेक्षा राख्दछु ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्