यस अंकदेखि क्राइमचेक साप्ताहिक समाचारपत्र आठौं वर्षमा प्रवेश गरेको छ । अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचना हकको संरक्षण गर्दै देश र जनतामा विद्यमान सबैखाले विकृति र विसंगतिको भण्डाफोर गर्दै आएको यस पत्रिकाले पाठकहरूको मन जित्न सफल भएको छ । पाठकहरूले क्राइमचेकमा छापिएका समाचार र लेखहरू बडो अभिरुचिका साथ पढ्ने र पाठक प्रतिक्रिया जनाउँदै आएका छन् । यो हाम्रोलागि अति खुशीको कुरा हो । आठौं वर्ष प्रवेशका अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, सहयोगी, शुभचिन्तक सबैको उतरोत्तर प्रगतिको कामना गर्दै क्राइम चेक कतिपनि विचलित नभई निरन्तर पाठकहरूको सेवामा रहने प्रण गर्दछ । वीरगंजबाट थुप्रै साप्ताकि र दैनिक पत्रिकाहरू प्रकाशित हुँदै आएका छन् । यसै धरातलमा छुट्टै पहिचान र विशेषता बोकेर पाठकहरूका बीचमा क्राइमचेकले कलमयात्रा गरिरहेको छ ।
यस साप्ताहिकमा संलग्न संचारकर्मीहरूमाथि सत्य तथ्यमा आधारित समाचार प्रकाशित गर्दा पनि असमामाजिक तत्वबाट पटक पटक आक्रमण हुँदै आएको छ । सबैखाले अपराधीहरूका विरुद्ध क्राइमचेकमा एउटा बलियो शक्ति छ त्यो भनेको सत्यमा आधारित समाचार प्रकाशित गर्नु हो । “असत्य टिक्दैन, सत्य डग्दैन” भन्ने हाम्रो मान्यता हो । असत्य गर्नेहरूका बारेमा समाचार संकलन गरी छापिएका समाचारले असत्य गर्नेहरूको हानी–नोक्सानी, क्षति पुर्याउँदै आएको छ । क्राइम चेकबाट समाज र राष्ट्रका, अपराधीहरू, भ्रष्टाचारीहरू, कालाबजारीयाहरू, धर्मवेचुवाहरू, भ्रष्टाचारीलगायतका कुतत्त्वहरू डराउँदै आएका छन् । अबको पत्रकारिता एक्लो व्यक्तिबाट संभव छैन । सामुहिक प्रयास र दक्षता भएका संचारकर्मीको संलग्नता अनिवार्य छ । पत्रिका सशक्त ढंगले संचालन गर्ने जोश र जाँगर भएर पनि संस्थागत गर्न सकिएको छैन । संस्थागत प्रयासबिना अब एक्लो व्यक्तिबाट पत्रिकाको दिगो विकास नहुने स्पष्ट छ ।
जस्तो नाम उस्तै काम गर्न सफल क्राइमचेकलाई स्तरीय पत्रिका बनाउने चाहना पूरा गर्न अनेकौं चुनौतीको सामना गर्नुपर्दो रहेछ त्यो वातावरण वीरगंजमा बनिसकेको छैन । मुलुकमा विद्यमान बेथिति अन्त्य गरी आपसी भाइचारा र मेलमिलाप कायम गराउने अठोट लिएको क्राइम चेकले भ्रष्टाचार र भयमुक्त शोषणरहीत समुन्नत नेपाल बनाउन कला र शीप प्रदर्शन गर्नेछ । नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता र अखण्डतामा खलल पुर्याउन नदिन तराइ–मधेशको माटोमा रहेर क्राइम चेकले सक्दो प्रयास गर्दै आएको छ । भारतसँग खुल्ला सीमाना रहेको नेपालको तराइको भूभाग अति संवेदनशील छ । जिम्मेवार र जनउत्तरदायी प्रेसले मात्र राष्ट्रिय अभिभारा पूरा गर्न सक्दछ । क्राइम चेक सबै र सधैंकालागि लोकप्रिय र स्थापित बनाउन प्रेस आचारसंहिताको पालनसहित “देश र जनताको सेवा” हाम्रो उद्देश्य रहने छ ।
विभिन्न बाधा–अवरोधका बाबजुद क्राइम चेक आठौं वर्षमा प्रवेश गर्न सफल हुनुको सबभन्दा पहिलो श्रेय आदरणीय पाठकवर्गहरूमा जान्छ । त्यस्तै समय–समयमा विभिन्न विभिन्न खाले आलेख, विचार, समाचारलगायतबाट सहयोग पुर्याउनुहुने हाम्रा स्तम्भकारहरू, सल्लाहकार, समाचारदाता, बजारप्रतिनिधि, व्यवस्थापन समुह सबैको उत्तिकै योगदान छ । साथै विभिन्न शुभचिन्तक महानुभाव जसले समय समयमा क्राइमचेकको अविरल यात्राकोलागि सल्लाह, सुझाव एवं त्रुटी औंल्याइदिनु हुन्छ उहाँहरूको योगदान पनि क्राइम चेकको अहिलेसम्मको यात्रामा निक्कै महत्त्वपूर्ण छ । क्राइमचेकको अहिलेसम्मको यात्रामा सबै तह, तप्का, समुदाय, लिंग, वर्गबाट पाउँदै आएको विभिन्नखाले सहयोगका लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु । साथै मुलुकहितकालागि क्राइम चेकले लिएको अठोट पूरा गर्न आगामी दिनमा पनि यस्तैखाले सहयोग र हौसला प्रदान गरिदिनुहुनेछ भन्ने आशा एवं विश्वास लिएको छु ।
– सन्तोष कुमार मिश्र (प्रकाशक)
((प्रकाशित मिति:२०७२ साउन ०७ गते बिहीवार))
यो पनि पढ्नुहोस्...
पत्रिका संचालनमा अर्थको अभाव