वीरगंज, १० साउन / प्रोफेसर देवेन्द्र मिश्रलाई अध्यक्षताको जिम्मेवारी दिंदै क्रान्तिकारी समाज पुनर्गठन भएको छ ।
वीरगंजस्थित गोपालमण्डलीमा सम्पन्न एक भेलाले देवेन्द्र मिश्रको अध्यक्षतामा १७ सदस्यीय समाजको पुनर्गठन भएको जनाइएको छ ।
पुनर्गठित समाजको उपाध्यक्षहरूमा अनलि कुमार सर्राफ, जयलाल साह र प्रमोद साह रहनु भएको छ भने असर्फी साह महासचिव रहेका छन् । त्यस्तै प्रवेश कुमार सर्राफलाई सचिव बनाइएको सो समाजको कोषाध्यक्षमा राजदेव साह तेली र सह कोषाध्यक्षमा मनोज कुमार सर्राफलाई चयन गरिएको छ । समसुल मियालाई प्रचार सचिवको जिम्मेवारी दिइएको सो समाजको कानुनी सल्लाहकारको जिम्मेवारी अधिवक्ता मेवालाल प्रसादलाई दिइएको छ ।
त्यसैगरी सदस्यहरूमा वसीर अहमद, प्रमोद गुप्ता, आनन्द गुप्ता, वीरचन्द श्रीवास्तव, ललन सिंह, धनजीव कुमार मिश्र रहेका छन् भने मदन मोहन गुप्तालाई वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको समाजका केन्द्रिय अध्यक्ष देवेन्द्र मिश्रले जानकारी गराउनु भयो ।
समाजमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक शोषण दमन, भेदभावको विरुद्ध जनचेतना जगाउनुका साथै आम नागरिकलाई क्रान्तिकारी बनाउने, समाजमा जागृति फैलाउने उद्देश्यले गठन भएको क्रान्तिकारी समाजका अध्यक्ष मिश्रले बताउनुभयो ।