श्रावण ११,
मुटुमा समस्या आएपछि पूर्व युवराज पारस शाहलाई राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशलन अस्पतालमा भर्ना गरिएको छ । मुटुको धड्कन अनियमित भएपछि उनी आइतबार मध्यान्ह अस्पताल भर्ना भएका हुन । स्वास्थ्य अवस्थामा सुधार आएकालले सोमबार साँझसम्म डाक्टरहरुको निगरानीमा सिसीयुबाट निकालिने बताइएको छ । सिसीयुबाट निकालेपछि पनि २ दिन चिकित्सकको निगरानीमा बस्नुपर्ने भएकाले अस्पतामै राखिने पारिवारिक स्रोतले जनाएको छ । पारसको मुटुको धड्कन नियमित राख्न पेसमेकर राखिएको अस्पतालका प्रवक्ता आरपी मैनालीले बताए । यस अघि थाइल्याण्डमा बस्दै आएका पारस मुटुसम्बन्धी समस्याका कारण पटकपटक अस्पताल भर्ना भएका थिए । पारसलाई भेट्न पत्नी हिमानी, बुबा ज्ञानेन्द्र र आमा कोमल अस्पताल पुगेका थिए ।