एनआरएनए इजरायलको मतपरिणाम सार्वजनिक

इजरायल/ विभिन्न विवादका बीच सम्पन्न भएको गैरआवासिय नेपाली संघ अर्थात एनआरएनएको इजरायलको निर्वाचन सम्पन्न भएको छ ।
दीपक प्रसाद ओलीलाई वर्ष २०१५–०१७कोलागि अध्यक्ष पदको जिम्मेवारी दिईंदै सम्पन्न निर्वाचनले वरिष्ठ उपाध्यक्षमा विशाल ज्ञवालीलाई निर्वाचित गरेको छ भने महिला उपाध्यक्षमा यमुना बस्नेत ढकाल बिजयी हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा छिरिङ लामा शेर्पा बिजयी भएका छन् भने महासचिव, सचिव र कोषाध्यक्ष पदमा क्रमशः तेन्जिङ्ग शेर्पा, विनोद घिमिरे र तारवा बहादुर काउचा निर्वाचित हुनु भएको एनआरएनए निर्वाचन समिति इजरायलका संयोजक नवराज खड्काले एक विज्ञप्तिमार्फत सार्वजनिक गराउनु भएको छ ।


निर्वाचन ससितिका संयोजक खड्काद्वार हस्ताक्षरित निर्वाचन परिणाम घोषणापत्र पाठकहरुकालागि जस्ताको तस्तै.....

बिषय – निर्वाचन परिणाम घोषणा गरिएको बारे

उपर्युक्त बिषयमा गैरआवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) इजरायलको (सन् २०१५ – ०१७)  कार्यकालको लागि गत १८ जुलाई २०१५ शनिवार तेलभिवमा सम्पन्न भएको निर्वाचनको मत गणना कार्य अन्तिम अवस्थामा पुगी ६१ मत मात्र गन्न बाँकि रहेको अवस्थामा गणना हुन बाँकी मतपत्र केही व्यक्तिहरुले खोसेर लगेको र उमेदवारहरुमाथि हातपात भएको दुखद् घट्नाका कारण निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा स्थगित गरेको कुरा सर्वबिदितै छ । सो घट्नाको बारेमा नेपाली राजदूतावासले इजरायलको सम्बन्धित निकायको ध्यानाकर्षण गराई यथासिघ्र दोषीलाई कार्वाही र पिडितलाई न्याय दिलाउनको लागि निर्वाचन समिति जोडदार माग गर्दछ । यस निर्वाचन समितिले कार्य प्रारम्भ गरेदेखि मतगणना हुँदासम्मको सम्पूर्ण क्रियाकलाप, उम्मेदवारहरुले विभिन्न चरणको आचारसंहितामा गरेको हस्ताक्षर र मत गणनाको परिणाममा गरेको हस्ताक्षर सहितको घट्ना विवरण तथा विभिन्न पदका उम्मेदवारहरुले प्राप्त गरेको मत, बदर भएको मत र गणना हुन बाँकी रहेको मतको सम्पूर्ण विवरण तयार गरी अन्तिम निर्णयको लागि गैरआवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) को केन्द्रिय कार्यालय टेकु काठमाण्डौमा पठाएको र एनआरएनएको सम्वन्धित क्षेत्रीय कार्यालयहरु, नेपाली राजदूतावास इजरायल र एनआरएनएकी केन्द्रिय प्रतिनिधि भगवती वस्नेतलाई समेत बोधार्थको लागि पेश गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । एनआरएनएको केन्द्रिय तथा क्षेत्रीय कार्यालयबाट अन्तिम निर्णयको लागि यस निर्वाचन समितिलाई प्राप्त भएको लिखित तथा मौखिक आदेश अनुसार र निर्वाचन समितिमा सुरक्षित रहेको प्रमाणको आधारमा महिला प्रतिनिधिका उम्मेदवारहरु संगीता देवी ओली र सुजाता गौतमको प्राप्त मत परिणाममा संगितादेवी ओली झिनो मत अन्तरले अग्रस्थानमा रहेपनि गन्न बाँकी ६१ मतले कुनै एक जनाको जीत सुनिश्चित नभएका कारण उक्त पदको मत परिणाम रद्ध भएको घोषणा गर्दै अन्य तपसिलमा उल्लेखित उम्मेदवारहरुले प्राप्त गरी सकेको मतलाई आधार मान्दा खोसिएको (गन्न बाँकी) मत प्रतिद्वन्दी उम्मेदवारहरुले सबै प्राप्त गरेको अबस्थामा पनि कुनै असर पार्न नसक्ने भएकाले निम्नलिखित व्यक्तिहरुलाई गणना गरिसकेको मत परिणामको आधारमा तल उल्लेखित पदहरुमा बिजयी घोषणा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै मतदान हुनु पूर्व निर्विरोध भई सकेका युवा प्रतिनिधि तथा सदस्यहरुको नामावली यस अघि नै सार्वजनिक सूचना द्वारा घोषणा गरी सकिएको व्यहोरा स्मरणको लागि पु:न जानकारी गराउदै सम्पूर्ण विजयी उमेदवारहरुलाई एनआरएनए निर्वाचन समिती इजरायल हार्दिक वधाई तथा सफल तथा उल्लेखनिय कार्यकालको लागि मंगलमय शुभकामना व्यक्त गर्दछ । साथै निर्वाचनको क्रममा उल्लेख्य  सहयोग गर्नुहुने सम्पूर्ण मतदाता,  उमेदवारहरु, लगायत नेपाली राजदूतावास इजरायलबाट पर्यवेक्षक तथा अनुगमनकर्ताको रुपमा खटिनुभएका अधिकारीहरु, संयुक्त राष्ट्रसंघिय चिकित्सक डा. ध्रुव कोइराला, हदासा हस्पिटल जेरुशलेममा कार्यरत डा. श्रीकृष्ण काशिछ्वा लगायत पर्यवेक्षणको लागि केन्द्रबाट खटिनुभएकी प्रतिनिधि भगवती वस्नेत,  एनआरएनए इजरायलका निवर्तमान अध्यक्ष सुवास खरेल लगायत सम्पूर्ण अतिथि तथा पर्यवक्षकहरु, संचारकर्मीहरु तथा स्वयंसेवक मित्रहरुप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरिन्छ ।

नवराज खड्का
संयोजक
एनआरएनए निर्वाचन समिति इजरायल




SHARE THIS

Author:

Facebook Comment