– स्वयम्भूनाथ कार्की
प्रमुख भनिएका दल मध्ये एक एमालेका केपी वलीले “ सडकमा आन्दोलन गर्न गए हुन्छ” भनेर भुसको आगो सरहको आक्रोस बढायने काम गरे । उनीमात्र हैनन् यस्ता जनताको अबमूल्यन गर्ने बोली वोल्ने । चारदलका शीर्ष नेताहरु र उनीहरुको आसपासका सम्पूर्ण भारदारहरुमा जनताको तिरष्कार गर्ने यस्ता अभिव्यक्ति दिने प्रतिस्पर्धा नै चल्यो । त्यसैले मुलुकमा अहिले बलेको आगोको जिम्मेवारी त्यस्ता अभिव्यक्ति दिने कै हो । सबैले विवेक र संयम अपनाउनु पर्दछ भन्ने कुरामा विमति छैन, तर सबैमा नेताहरु पर्दैनन र ? मुलुकको वैधानिक सर्वोच्च मानिएको संविधानसभाको रोष्टमबाट आफ्नो मर्यादालाई नसुहाउने कुरा बोलिनु स्वयं संविधानसभाको पनि अपमान हो ।
अहिले प्राविधिक बहुमत छ भनेर ह्याकुलाको बलले मिचेर संविधान ल्याउन खोजिए पछि अब हाम्रो तिमीहरुलाई समर्थन छैन भन्न अर्को काल्पनिक निर्वाचन पर्खनु जनताले उचित ठानेनन् र सडकमा खुट्टाले मत व्यक्त गरे । जनताको यो अभिमतको सम्मान गर्नुको साटो आफुले बल प्रयोग गर्ने तर विवेक, संयमको पाठ पढाउने कुरा दुर्भाग्यपूर्ण हो । तर जनताले विवेक र संयमको साथ छोड्नु पर्छ भनिएको भने होईन ।
संवैधानिक इतिहासमा नेपाल एकपलको निमित्त पनि संविधान विहिन छैन । हरेक नयाँ आएका संविधानको खारेजीवाला धाराले आफुभन्दा पहिलेको संविधान खारेजी गरेको छ । नयाँ संविधान लागु हुनभन्दा पहिलेको पलसम्म पुरानो संविधान चाहे धुकधुकी मात्र किन नहोस जीवित रहेको अकाट्य प्रमाण हो । एकाएक हडवडी गरेर एक वाक्यको भए पनि संविधान तुरन्तै पारित नगराई नहुने किन भयो त ? हो यो भुईचालोले नै प्ेररित गरेको हो । तर, पुर्ननिर्माणको निमित्त प्रयोग हुने अरबौं रकममा हुने भागवण्डामा आफ्नो आकर्षक हिस्सेदारी खोजिएको कुरा लुकेको छैन ।
जनताको रगतले माटो भिजाउने यो पहिलो मस्यौदा हो । रक्तपात रोक्न संविधान निर्माण भएका इतिहास छन् । संविधान लागु भैसकेपछि त्यसको विरोधमा त नेपाल मै पनि रगत बगिसकेको छ । वर्तमानको अन्तरिम संविधान लागु हुने वित्तिकै मुलुकमा लागेको घाउको खाटा पनि राम्रेरी बसेको छैन । यत्रो लामो कष्ट पछि आउन लागेको संविधानको सर्वत्र स्वागत हुनु पर्ने नै हो तर त्यसको उल्टो किन हुँदैछ ? डोकाले छोपेर लुकाए भनेको अशोभनिय सच्चाई जनताले उदाङ्गो रुपमा देखेका छन । त्यसैले अहिलेको आन्दोलन कुनै मुद्दाको निमित्त होईन यो त व्यक्त गर्न सकिने वा नसकिने सबै जनअसन्तोषको प्रस्फुटन हो ।
मुलुकमा ठाँउठाँउ व्यक्त भईरहेका असन्तोष र विरोध एकै प्रकारका छैनन् । न कुनै तादम्यता नै देखिएको छ । विस्तारै आक्रोसको तारो प्रमुखदल सम्वद्ध संरचनाहरु हुँदैछन् । यी आन्दोलनहरुमा कुनै एकै प्रकारका दल वा समुहहरुको आव्हान र नेतृत्व पनि देखिएको छैन । यस अवस्थामा नेताहरुले जनता नभडकाउन दिएको चेतावनी आफैंमा अर्थहिन छ । मुलुकमा अझै कानुन छ, कानुन पालना गराउने निकायहरु छन् । स्वयं प्रमुखदलका लाखौ कार्यकर्ताहरु छन् । कसैले जनता भड्काई रहेको छ भने त्यसलाई कारवाही गर्नसक्ने प्रशस्त औजारहरु छन् ।
जनता विरोधमा उत्रेपछि सबै कुरा पुर्नविचार गर्न सकिन्छ र गरिन्छ भनेर लगातार वक्तव्य निकाल्न देखाएको जाँगर पुर्नवचार हुन लाग्यो भन्ने संकेत दिने काम गर्न किन प्रयोग भई रहेको देखिएको छैन । आगामी संविधानलाई ढुँगाको अक्षर कुँदेको हैन परिवर्तनशील छ भनेर भनिरहँदा संविधानसभा नियमावलीका केहि नियम निलम्बन गरेर अपनाईएको फास्ट ट्रयाक अमोघ जस्तो गरेर कार्यन्वयन गराईनु संयम र विवेक पक्कै होईन । आफु गरेको निर्णयमा अपनाएको बाटोमा अहिले नै कुनै पुर्नविचार हुनै नसक्ने संदेश दिने काम गर्दै जाने अनि संविधान चाहीं भविष्यमा अनुकुल बनाउँदै जाउला भनिदा पत्याउने आधार रहन्न ।
शुरुदेखि जनताले शान्तिपूर्ण तरिकाले भनेको कुरा सुन्न पनि नचाहेर, आफ्ना बाहुवली मार्फत मुख थुन्ने प्रयत्न गरेर अनि दम्भपुर्वक हुति भए आन्दोलन गर भनेर चुनौति दिए पछि यो अवस्थाको जिम्मेवारी अरुलाई दिन मिल्दैन । रगतको आहुती परेपछि मात्र संविधान जारी नहुन्जेल आवश्यक परिमार्जन गर्न सकिन्छ भनेर ओठे प्रतिवद्धता जनाईयो, तर काममा भने झन हतार गरेर आफ्नो स्वाथ्र्य सिद्धि गर्ने प्रयत्न भएको छ । छलफलको कर्मकाण्ड हतारहतार पुरा गरेर मस्यौदा समितिमा पठाएको कुरा यसैको प्रमाण हो ।
जनताको यो असंतोष र त्यसले जन्माएको आन्दोलन तुरन्तको प्रतिकृया हैन । भुसमा सल्केको आगो सरह भित्रभित्रै फैलदै गरेको असंख्य असंतोषहरुको परिणाम हो । यसमा मुखर भएका आवाजहरु त छँदैछन तर अहिलेसम्म मुखर नभएका आवाजहरु अझ धेरै छन् । भुसको आगो माथिबाट हालेको पानीले केवल माथिमाथि निभ्छ भित्र सुसुप्त सल्कीरहेकै हुन्छ । यो आगो मत्थर होला वा नहोला अहिले नै भन्न सकिने अवस्था छैन । कथंकदाचित मत्थर भै हालेछ भने पनि भित्र समाप्त भएको हुँदैन । यसलाई दम्भको मट्टितेल हैन संयमतापुर्वक विवकको उपचार आवश्यक हुन्छ ।
मस्यौदामा नै यत्रो रक्तरंजित विरोध भईसकेपछि संविधानसभामा जनताले जनताको निमित्त बनाएको संविधान भन्ने धारणा नै समाप्त भई सक्यो । नैतिकरुपले पहिलो पल्ट जनता विरोधमा आउने वित्तिकै सम्बोधन हुनु पर्ने थियो । त्यो नहुँदा संविधानसभा प्रयोजनहिन भैसक्यो । प्राविधिकरुपले जीवित रहेको संविधानसभाले नैतिकरुप मरेको आफ्नो आत्मा पुनर्जिवित गर्नु प्रयत्न गर्नु पर्ने हो । अहिले टाउको गनेर सावित गरेको दुई तिहाईले दिएको प्राविधिक वैधता दिगो नहुन पनि सक्छ । टाउको गनिएका सबै सभासद नेताहरुले जस्तो जनताको परवाह गर्न सक्ने नहुन पनि सक्छन । आफ्नो विवेक प्रयोग गर्ने र त्यो गर्न नपाए संविधानसभा छोडेर आफ्नो समाजप्रति वफादारी देखाउने सोच पलायो भने शीर्षनेताहरुको के हविगत हुन्छ त्यो त भविष्यले वताउँछ ।
नेपालमा विभिन्नकाल खण्डमा विभिन्न शक्ति पलाएका थिए । शक्तिको घमण्डमा चुर भएर मैले जे गरेपनि हुन्छ भन्नेहरु विलिन भएका छन । जनताको इच्छालाई सम्मान गर्नेहरुलाई जनताले सम्मान पनि गरेका छन । छ प्रदेश विभाजनमा पहिले गाली गरिएको कालखण्डको विभाजन कति विचार पुर्याएर गरिएको रहेछ भन्ने महशुस गर्नेको संख्या वढदो छ । १७ सालका भुतहरुको उल्लेखले त्यस कालखण्डको पनि निष्पक्ष विवेचन गर्ने आवश्यकता धेरैलाई महशुस भएको छ । प्रस्तावित संघीय संरचनामा १७ सालको छायाँ देख्नेमा चार दलका नै धेरै भएका छन् ।
यो मुलुक नेपालीहरुको डेरा हैन घर हो । यसको संरक्षण गर्नु पर्छ, यसलाई सजाउनु पर्छ भन्ने विवेक त नेपाली जनतामा देखिएको छ । यहि विवेकको आवश्यकता शीर्ष नेतामा हुनु पर्दछ ।
विराटनगर–१
प्रकाशन मितिः२०७२ भदौ ०३ गते बिहीवार
Add caption |