संगीतको क्षेत्र सगरमाथा चढेभन्दा कम संघर्षशील छैनः गायक कृष्ण काफ्ले

गीत–संगीत भनेपछि सबैको मन फुरुङ्ग हुन्छ । यो क्षेत्रमा लाग्नेहरुको संख्या कम छैन बजारमा । फरक यत्ति हो कोही सफल हुन्छन्, कोही असफल । यस्तै प्रतिस्पर्धाको बाजारमा पनि आफ्नो सुरिलो आवाज मार्फत श्रोताहरुको मन मुटुमा बस्न सफल गायक हुन् स्याङ्जाको रापाकोट ९ निवासी आमा फुलमाया काफ्ले र बुवा केशव प्रसाद काफ्लेका कोखबाट जन्मेका गायक कृष्ण काफ्ले । सुरिलो आवाजसँगै हँसिलो मुहार र मिजासिलोपनले सबैको मन जितेका उनले दर्जनौं भन्दा बढी गीतमा आफ्नो आवाज दिई सकेका छन् । उनले गजल र आधुनिक गीतमा आफ्नो स्वर बढी दिदै आहिरहेका छन् । साथै नेपाली फिल्म क्षेत्रमा समेत आफ्ना आवाज दिई सकेका, उनका गीतले हिजो आज नेपाली फिल्म क्षेत्रलाई समेत अझै प्रभावकारी बनाउँदै आएको छ । विश्वकै कान्छो निर्देशकले निर्देशन गरेको “लव यु बाबा”मा रहेको “मेरो मुटुको टुक्रा तिमी मेरो जीवनको सहारा हौ” भन्ने बोलको गीत श्रोताहरुले औधी रुचाएका थिए । र यति बेला “काफ्लेको मेरो पिक्चर हिट” भन्ने बोलको गीतले पनि चर्चाको शिखर चुमिरहेको छ ।
गिनिज बुक अर्फ वर्ल्ड रेकर्ड राख्न पाउदा सबै भन्दा सुखद र खुशीको क्षण बाताउने उनले संगीत माध्यमबाट श्रोताहरुको मन जित्दै अरु थुप्रै उपाधीहरु समेत हात पार्न सफल भएका छन् । मिहेनत, लगनशीलता र धैर्यता गीत संगीतमा मात्र नभई हरेक क्षेत्रमा अवश्यक रहन्छ भन्ने भावना भएका काफ्ले । हिजो आज स्टेज प्रोग्रामको लागी देश विदेशमा पुग्दै नेपाली संगीत प्रेमीहरुलाई संगीत मार्फत जनचेतना र मनोरंजन हुने किसिमका प्रस्तुती दिंदै आहिरहेका व्यस्त गायक हुन् ।

इन्डियन गायक सोनु निगम, अजित सिंहका ठूला फ्यान समेत रहेका काफ्ले नेपाली गीत संगीत बाजारका एक व्यस्त गायक समेत हुन् । उनै काफ्लेले छोटो वार्तालाप मार्फत अफ्नो सांगितिक यात्रा, यस क्षेत्रका चुनौती र अवसरकाबारेमा क्राइम चेक साप्ताहिक पत्रिकाको लागि दीपिका भुसालसमक्ष यसरी प्रस्तुत भए.....
 
कृष्णजी नमस्ते, साथै स्वागत छ
– नमस्ते, धन्यवाद ।
तपाईको प्रेरणाको श्रोत के हो ?
– मेरा घरपरिवार र साथीभाईहरु ।
– संगीत कोसँग सिक्दै हुनुहुन्छ ?
– म मेरा श्रद्धेय गुरु चण्डिप्रसाद काफ्लेसँग सिक्दै छु ।
संगीतमा लागेर बाँच्न सकिन्छ ? कतिको गाह्रो छ यो क्षेत्रमा लागेर जीवन जिउनको लागी ?
– आजको भोली नै थुप्रै पैसा कमाएर काठमाडौंमा घर बनाउन त सम्भव छैन तर अथक परिश्रम साधना र धैर्यता गर्न सकियो भने अवश्य बाँच्न सकिन्छ ।
पारिश्रमिकमा कत्तिको ठगिनु हुन्छ ?
– मेहनत गरे अनुसार पारीश्रमिक कमी भएको महशुस अवश्य हुन्छ ।
एल्बम निकाल्ने सोचमा हुनुहुन्छ ?
– गीत संगीतको अवस्था बुझेर एल्बमका साथ प्रस्तुत हुने सोचमा छु ।
तपाईंको चर्चामा रहेका गीतहरु ?
१. माया बस्यो जुनेली रातैमा (एल्वम पहिरो)
२. फूलजस्तो रुप तिम्रो ।
३. खाएको कसम फिर्ता ।
४. मेरो मुटुको टुक्रा तिमी ।
५. दुनियाँ सारा बिर्सेर ।
६. पावरफुल वैंशको झट्काले (चलचित्र दवावको टाइटल गीत)
७. यो जुनीमा तिम्रो मान्छे ।
८. तिमीलाई आफ्नो बनाउने ।
९. पिएको छु यो साँझमा
१०. आँसुमा डुबाउन्न भन्थ्यौ
११. आकाशका तारा झारी दिन्छु भन्दिन म
सुरुमा मेरो आवाजमा रेकर्ड भएको गीत दिपक भट्टको शब्द आफ्नै संगीतमा आँसुमा डुवाउन्न भन्थ्यौ बोलको गीत २०६५ सालमा ।
संगीतमा क्षेत्रमा प्रवेश कहिले गर्नु भयो ?
– गीतहरु सानैदेखी गुन्गुनाए पनि औपचारीक रुपमा २०६५ देखि प्रवेश गरेको हुँ ।
संगीत नै किन रोज्नु भयो ?
– जब मैले होस् सम्हाले त्यसैबेला देखि म भित्र एउटा संगीत प्रतिको मोह पाएँ । त्यसैले म यो क्षेत्रमा प्रवेश गरेको हुँ ।
कतिवटा गीत रेकर्ड भए ?
– चलचित्र आधुनिक, पप, लोक पप, देशभक्ति लगायतका सबै विधाका गीतहरु गरी दर्जनौ भन्दा माथि मेरो आवाजमा रेकर्ड भैसकेका छन् ।
संगीत क्षेत्र कतिको संघर्षको हो ?
– यो क्षेत्र एकदमै धेरै संघर्षको क्षेत्र हो । यहाँ प्रतिभा भएका व्यक्तिहरु पनि आर्थिक अभावमा पछि पर्छन् । र पैसा भएका व्यक्तिहरु पैसाको भरमा अगाडी बढ्छन्, लाग्छ संगीतको क्षेत्र सगरमाथा चढेभन्दा कम संघर्षशील छैन ।
संगीत के हो ? 
– संगीत एउटा यस्तो चिज हो जसबाट मान्छे त के पशु पनि मुग्ध रहन्छन् । समाजमा सकारात्मक परिवर्तन ल्याउने एउटा गतिलो कशी हो ।
नयाँलाई संगीतको क्षेत्र कतिको गाह्रो छ, कि छैन ?
– जुनै क्षेत्रमा पनि नयाँलाई गाह्रो त भै हाल्छ । अरु जस्तै यो क्षेत्रमा पनि एकदमै गाह्रो छ । नयाँ भएपछि राम्रो Quality भएपनि मान्छेहरुले नपत्याउने भएकोले यो क्षेत्रमा संघर्ष गर्न नयाँलाई एकदमै गाह्रो छ ।
मन परेको गायक र संगीतकार को ?
– मनपरेको संगीतकार र गायक भन्नु पर्दा प्राय: सबै गायक र संगीतकारलाई मैले सुन्ने गर्छु । सबै किसिमका गीतहरु सुन्ने र गाउने भएकोले मलाई सबै Patron का संगीतकार, गायकहरु मन पर्छन्, तर पनि मन पर्ने गायक भन्नु पर्दा नेपालको हकमा नारायण गोपाल, भक्तराज, र दिप श्रेष्ठ इण्डियाको हकमा सोनु निगम मेरो दिलमै बस्न सफल गायक हुनुहुन्छ ।
सबै भन्दा बढी खुशी अहिलेसम्म के मा पाउनु भयो ?
८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र “लव यू बाबा” जुन विश्वको कान्छो निर्देशकले बनाएको चलचित्र भनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स्मा रेकर्ड राख्न सफल भयो । जसले गिनिज बुक अफ वल्र्ड रेकर्ड पार्टी सिपेन्टको रुपमा प्लेब्याक सिंगरको हकमा प्रमाण पत्र पाएका छन् । जुन चलचित्रको टाईटल गीत (मेरो मुटुको टुक्रा तिमी) कृष्ण काफ्लेको आवाजमा रहेको थियो ।
अन्त्यमा तपाईलाई मन पर्ने कुराहरु ?
आफू फ्रि भएको टाईममा कुनै कार्यक्रमहरुमा सहभागी हुन पाउँदा मलाई धेरै खुशी लाग्ने र त्यसैमा म रमाउने गर्छु ।

प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment