१० खर्बको बजेट: सर्वसाधारणमा हर्ष न विस्मात्

आर्थिक वर्ष २०७३ कालागि सरकारले कर्मकाण्डी बजेट संसदमा जेठ १५ गते तथाकथित गणतन्त्र दिवसका दिन औपचारिकताकालागि पेश गरेको छ । सो बजेटले सर्वसाधारण जनतालाई न हर्ष न विस्मात बनाएको छ । विगतमा झैं खर्च हुन नसक्ने, भइहाले पनि व्याप्त भ्रष्टाचार हुने सो बजेटले गिर्दो आयस्तरका नेपाली जनताको आर्थिक स्तर सुधारमा खासै कुनै भूमिका निर्वाह नगर्ने छर्ल·ै छ । यस बजेटलाई अग्रगामी प्रगतिशील बजेट मान्न सकिंदैन । सरकारको नीति, कार्यक्रम र रणनीति सबै हचुवा छन् । हचुवा पाराले बजेटबाट ठोस एवं उल्लेखनीय कार्य केही हुँदैन । विदेशीने युवाशक्तिलाई रोक्न सकिंदैन । कृषि उत्पादन वृद्धि र जलविद्युतको उत्पादनमा वृद्धि आउन सक्दैन । प्रस्तुत बजेटले अधुरा र अपुरो कार्य पूरा हुने, सरकारले भनेको गौरवका आयोजना पूरा नहुने देखिन्छ ।

सर्वप्रथम बजेटले जन परिचालन र जन सहभागितालाई प्राथमिकता दिन सकेको छैन । सर्वसाधारण खर्च बढेको छ त्यो खर्च हुन्छ । विकास बजेट सदुपयोग हुन नसक्ने बजेटको प्रवृत्ति छ । बजेटलाई सदुपयोग भन्दा कनिका छराईको हिसाबले अनुत्पादक बनाउने ध्येय छ । बजेट सत्तास्वार्थमुखी हो, जनमुखी होइन । बजेट ठूलो बनाएर के गर्ने, राज्य संचालन गर्ने नेता र दलका कार्यकर्ताको दिल खोटो छ । कर्मचारी तन्त्र कामै नगरी तलब मात्र पचाउने अवस्थामा पुगेका छन् । बजेटको अस्वभाविक वृद्धि, विदेशी ऋण र अनुदानको बढी आशा गरिएकोले बजेट महत्वकांक्षी छ । कतिपय बजेटमा भनिएका कुरा हावादारी पनि छ । बजेट कार्यान्वयनकालागि आवश्यक राजनीतिक वातावरण बनाउन कुनै प्रयास नगरिएकोले बजेट आउनकालागि मात्र आएको छ । यसबाट देश र जनतामा कुनै समृद्धि ल्याउने छैन । यथास्थितिको क्रमभंग भई आमूल परिवर्तनको अनुभूति कुनै पनि नेपालीले गर्न पाउने छैनन् । यो बजेटले महंगी, अभाव, घटाउने होइन, बढाउने छ । कुनै प्रकारको विकृति, विसंगति र अपराध हट्ने छैन । सीमित व्यक्तिहरुलाई कमिशन र भ्रष्टाचारबाट मोटाउने अवसर दिएको छ । विगतको परम्परा धानेको बजेटले नयाँ, नौलो, देश र जनतालाई तत्काल प्रत्यक्ष फाइदा पुग्ने, जनसन्तुष्टिको लहर उर्लिने किसिमको छैन । कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता वृद्धि गरिएको छ । पपुलिष्ट कार्यक्रमकालागि बजेट बढाइएको छ । नारा दिंदैमा बजेट खर्च भइ देश र समाजलाई फाइदा पुगिहाल्छ भन्ने छैन । कूल जनसंख्याको २५ प्रतिशतले  बजेटबाट फाइला लिएपनि ७५ प्रतिशत जनतालाई बजेटप्रति कुनै सरोकार छैन । गरिबलाई धनी बनाउने तर्फ बजेट लक्षित छैन ।

बेरोजगारलाई रोजगार बनाउनेतर्फ बजेट उन्मूख छैन । वैदेशिक रोजगारीबाट रेमिट्यान्स भित्रिएकोले बजेट पनि त्यसैमा आधारित छ । व्यवहारिक र वैज्ञानिक बजेट, प्रभावकारी बजेट मान्न सकिंदैन । यो विरोधकालागि विरोध गरिएको होइन । ठिक ढंगले कार्यान्वयन गर्ने क्षमता नदेखापरेकोले बजेट उपयुक्त मान्न सकिंदैन ।

भौतिक पूर्वाधारको विकासले मात्र देशको सर्वा·िन विकास हुँदैन । खोक्रो नारा दिएको छ । वृद्ध भत्ता बढाएकोमा सरकारले के के गरेजस्तो गरेको छ त्यो वृद्धिले के वृद्ध वृद्धाको जीवन सजिलैसँग टर्छ ? मानवीय विकासको क्षेत्रमा सरकार शिथिल छ । स्थानीय निर्वाचन गराउन छुट्याइएको बजेट कुनै पनि हालतमा खर्च हुने छैन । राजनीतिक अशान्ति रहेसम्म जतिसुकै राम्रो र उपयोगी बजेट ल्याएपनि त्यसको उपादेयता केही देखिंदैन । बजेटले आम नागरिकको भन्दा सीमित व्यक्तिकै ठूलो सेवा पुर्‍याउने निश्चित छ ।

प्रकाशन मितिः २०७३ जेठ २७ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment