-प्रशन्त महासागर
नेपाल एउटा विश्व एक महत्वपूर्ण धार्मिक, बौद्धिक, सामाजिक साथै नैतिक चरित्रवान मूल्य र मान्यता भएको राष्ट्र हो । यहाँ कुनै कुरामा मिलावट छैन् । सबै वर्ग र जात सोझा र सिधा छन् । कसैलाई कसैप्रति बैर भाव छैन् भन्ने कुरालाई मैले मेरो भाषाले बारबार भनिरहनु पर्दैन । भौगोलिक सम्मान र आतिथ्य सत्कारको जुन परम्परा अझै पनि शेष छन् त्यो यथावत छन् नै । मात्र राजनैतिक उथलपुथलले केही फरक देखिएकोलाई भाषागत रुपमा अर्कै नामाड्ढन गरि सिमाड्ढन चाहनु एउटा स्वार्थ मात्र हो भने बाँकी सबै नेपाली नै हुन् ।
नेपाल एउटा उसको जन्मजात सुसम्पन्न कर्मथलो होस् जसको त्याग सोच्नु ऊ आफैंमा एउटा पीडा र कष्ट थपिनु हो । कमाई उल्टो एउटा खर्च नै हो जुन पूर्तिको लागि शायद एउटा सम्मान पनि हासिल नहुने कुरालाई निर्मूल हुनु पर्ने बृद्धाश्रम बृद्धिले सहजै देखाई रहेको म महसुस गर्दैछु र यो कुरामा म गलत अरु सही नै होस् भन्ने कामना सहित पूर्णरुपले निर्मूलको अपेक्षा पनि राख्दछु । यो कुरालाई म किन कोट्याउँदै छु भन्दाखेरि विशेषगरि नेपालीहरु आफुमा पवित्र, स्वच्छ, सफा हुँदा हुँदै पनि बाँच्ने केही तुच्छ तरीकाले गर्दा नराम्रो हुँदै गई रहेको बिर्सि बाँच्ने भन्दा पलपल मर्दैछन् ।
एकअर्काप्रतिको सम्मानबाट वञ्चित हुँदै गएको कुरालाई कहिल्यै आफ्नो कमजोरी र भूल स्विकारी आत्मालोचना गर्न सिकेनन् भने सिकाउने एउटा शिक्षा पनि हाल नेपालमा बिक्रीबाट सम्मानित हुँदै गई रहेको छ । यस्तो अवस्थामा पूर्वाधारहरु अन्ततिर मोडिनु र सम्मानको नाउँमा बृद्धाश्रमहरु व्यापक निर्माण हुनु र बालगृह स्थापित हुुँदै जानुले स्पष्ट पार्दै लगेको छ । यसमा दोष कसले भनि खोतल्नु हाम्रो मूर्खताले पनि यी कुराहरु बृद्धि हुँदै गएका छन् भने अर्को समय जसले एकबाट अर्कोलाई अर्कैमा रुपान्तरित गर्दै खोस्दै लगे यो भन्नुको अर्थ जिब्रोको स्वाद र बोलीले गरिने व्यवहारहरु फरक हुँदै जानु हो । र कत्तिले दु:खलाई मूख्य कारण पनि मानी बाँची मर्न पासोहरु तयार गरिंदै हिडेको पनि देख्न सकिन्छ साथै कत्तिले त आत्माहत्या जस्ता अपराधलाई आफ्नै नामको पर्चि हस्तान्तरण गरेको व्यापक कथाहरु छन् । यसलाई म नासमझपन नै मान्छु । र दु:खको सवालमा, मनुष्यसँग दु:ख भन्ने नै छैन् । जीवन जन्म पश्चात मनुष्यसँग व्यापक रुपमा काम हुन्छन् र त्यही कामलाई निर्वाह गर्ने बेला अनेक उल्झनहरु जीवनसँग हुर्कदै गर्दा हामीले केवल त्यो जीवनको मात्र कुरा गर्छौ जुन मृत्यु पश्चात त्यो कुनै माटो हावा या पानी वा कुनै आगो बनि बिलाउँछन् तर त्यो बिलाउनेसँगै हुर्केको खराब शेष रहन्छन् । कुनै अधुरो काम झै जुन आज नसकेको खण्डमा भोली पूरा गर्ने भन्ने नित्य नियम शेष रहे झै जस्ले जीवनलाई बारबार जन्मसँग जोडेर जिवन्त तुल्याउँछन् त्यस्मा पनि हामी आफ्नो स्वार्थ र अहम् भन्दा माथि उठेर कहिल्यै केही सोच्दैनौं, परिणाम जीवनविरुद्धका तीता कुराहरु नै हुन्छन् । त्यसले जीवनमा के सही र केही गलत भन्ने एउटा पाठलाई बिर्साइ दिन्छन् । फलत: परिवार जो जीवनसँग छ त्यो कुरालाई हामी परित्यागको तुलनामा विसर्जन गर्दै रम्छौ जुन दु:ख हो । त्यो दु:ख यहाँ भएको दु:ख होईन हामीले आर्जेको एउटा सुख भन्दै व्याख्यामा, दु:ख हुन गएको हो र हाम्रो जीवनले त्यस्ता दु:खहरु भोग्न कहिल्यै जन्मेका होईनौं भन्ने कुरालाई सर्वप्रथम बुझ्नुपर्छ । र अर्को आर्थिक दु:खको सवालमा, सर्वप्रथम त दु:ख कसरी जन्मियो भन्ने कुरालाई नै ध्यानमा राख्नु उचित हुन्छ त्यो भनेको एकअर्काप्रति बिकर्षण हुँदै गएको माया नै हो । र मायाकै सवालमा पनि पैसा र रुपमा फसेको धेरै कथाहरुलाई हामीले जन्माईयौं । यसको अर्थको रोपेको आफ्नै हुन्छ बारीको त्यो कहाँ अरुले हेरचाह गर्दैमा गहुँको ठाउँमा धान उम्रिने हो र ? वीउमा काँढा छरेर फूलको कल्पना गर्नु कहाँसम्मको उचित कुरा हुन्...।
अर्को विभाजन जसले हामीमा धेरै रुप र अंगहरु उत्पादन कार्यलाई गतिशील तुल्याए । र त्यसलाई जीवन दिन हामीले दुई नाउमा पाउ राखि आफ्नो यात्रालाई निरन्तरता दिन खोज्नु नै हो । सुख खोज्नको लागि दु:खलाई उत्पादन गर्नु हाम्रो विशेषता हुँदै गएको यथार्थता हामीले बिर्सिनु आजको जीवनको भएको छ । यी कुराहरु नेपाली जनमानसको आम जीवनमा कहिल्यै नभएको दु:ख हो जस्लाई दिन दुगुणा र रात चौगुणा उत्पादान गर्नमा सबै तत्पर रहे । यसले थप नयाँ नयाँ ढंग र प्रावधानका घरहरु उत्पादन हुँदै गए जुन कुनै बृद्धाश्रम त कुनै बालगृह नै राख्दै मनुष्यहरुले क्षणिक सुखलाई नै मान्यता दिंदै रमी रहे । यो भन्नु जीवनको सुक्ष्मतम कुराहरुलाई मान्यता दिन छोडेर अर्कै कुराहरुको टेवामा गुड्ने जीवनलाई घिसार्नु नै ठूलो संघर्ष ठाने त्यो मूर्खता हो । त्यसैले मायालाई माया गरौं र नेपाली कहिल्यै कुनै कुरामा दु:खी छैनौं भन्ने कुरालाई स्विकारौं । आफ्नो चरित्रलाई मूल्यवान, स्वच्छ र समृद्धि बनाउने कुरामा कहिल्यै सम्झौता नगरौं ।
संसारले हाम्रो अर्थतन्त्र कमजोर देखेर गरीब भन्ने गरेको कुरालाई व्यवहारले होईन भन्नलाई आपसी सद्भाव र आत्मा सम्मानलाई आपसी कलहमा कहिल्यै नत्यागौं । आज कोही पहाडमा त कोही तराईमा कत्ति त अझै पनि खोंच र हिमालमा आफ्नो जीवनलाई सार्थक तुल्याउन बाँची र जन्म जीवनलाई विस्तारमा लागी परेका छन् । त्यसैले एकलाई दुख्दा अर्को हाँस्ने आँखाहरु नेपालीहरुसँग छैन् भन्ने कुरालाई हामीले अब बुझ्नैपर्छ । विगतमा हामीसँगै धेरै नहुँदा पनि हामी सुखी नै छौं भने अब धेरै हुँदा किन दु:खी हुने ? भन्नुको अर्थ गरीब हामी कुन अर्थमा छौं जब कि सबै गरीब जो दुई छाकको लागि मरिमेटि रहे तिनीहरुले पनि भगवान्लाई किन्ने क्षमता राख्दछन् । त्यसैले अरुले के गरे भन्ने कुरामा कहिल्यै आफ्नो विवेकलाई नाश हुने कार्य नगरी आफुले आफ्नो लागि गर्न सक्ने कुनै क्षमतालाई सदा जिउँदो पारि नै बाँचौं र मायाभित्र पैसाको पहिरनलाई बहिष्कार गरौं साथै सम्मान र सद्भाव कम गर्ने कार्य जीवनमा कहिल्यै नगरौं । जीवनको लक्ष्य त्यो बिकारलाई निर्मूल पार्ने हुनुपर्छ जस्को कारण आँखामा आँसुले वास पाउने मौका नपाईयोस् । हुन त जीवन लामो छ जस्को कारण आवश्यक तत्वहरुको व्यापक माग पनि छन् तैपनि त्यो भौतिक तत्वहरु बौद्धिक कुशलताले क्षयीकरण गर्दै बाँच्नु सिक्नु नै जीवन जिउनु हो ।
prashantsharmila2@gmail.com
प्रकाशन मितिः २०७३ जेठ २७ गते बिहीवार