
२०४६ साल पछी नेपालमा धेरै नेताहरुले सरकारी ढुकुटी रित्याएर विदेशको महंगा महंगा अस्पतालमा गएर औषधि उपचार गराए तर भोट दिने बिकट स्थानका गरिब जनताहरुले सिटामोलको अनुहार समेत देख्न पाएका छैनन । गरिबको चमेली बोल्दिने कोहि छैन भन्ने गीत यस्तै कारणले रचिएको होला ।
कांग्रेसी महिला नेत्री तथा पुर्व मन्त्रि सुजाता कोईराला गरिब घरानाकि हैनन । हाल स्तन क्यान्सर उपचारको लागी सरकार संग १ करोड मागेकी छिन । पार्टीका युवा नेता गगन थापा स्वास्थ्य मन्त्रि भए पश्चात सरकारी ढुकुटीमा ब्रम्हलुट मच्चाएको देखेर नेताहरुको उपचार खर्चमा अंकुस लाउन खोज्दैछन तर पार्टी सभापति देउवा देखि अन्य ठुला नेताहरु सुजाता कोईरालाको उपचार खर्चको लागी ५० लाख भए पनि दिनु पर्छ भनेर अड्डी कसेको समाचार यतिखेर छताछुल्ल भएर पोखिएको छ ।

नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्य मन्त्रि माननीय गगन थापाले स्वास्थ्य मन्त्रि हुनासाथ ‘अब देखि गरिब नेपालीहरुले रोगको कारणले अकालमा ज्यान गुमाउनु पर्दैन’ भनेर उद्घोष गर्नु भएको थियो ।
मा.स्वास्थ्य मन्त्रीज्यु आफ्नो भनाईमा अडिग हुनुहुन्छ भने ब्रेन ट्युमरले पिडित भै हाल आँखा पनि देख्न छाडेकी १२ बर्षे बालिका सरस्वती खड्काको उपचार राज्यले गरि दिएमा माननीय ज्युको बचनले यथार्तता पाउनुको साथै गरिब नेपाली जनताको कल्याण समेत हुने थियो ।
यो लेख हामीले सामाजिक संजाल फेसबुक प्रयोग्कर्ता श्री प्रितम के.सि को सहयोगमा तयार पारेका हौ ! फोटो तथा विवरण उपलब्ध गराउनु भएकोमा के.सी ज्यु लाई ई-कोशीको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ !
साभारः इकोशी